~उत्तमकृष्ण मजगैंयाँ~

१९ औं शताब्दीदेखि एउटा छुट्टै विधाको रुपमा विकसित हुँदै गएको आधुनिक नेपाली कथाले एउटा निश्चित सिद्धान्त र गोरेटोबाट हिंड्दै प्रयोग र शिल्पका दृष्टिले आज निकै विस्तृत स्वरुप पाइसकेको छ । वर्तमान समयमा जीवन जति–जति जटिल र व्यस्त हुँदै गइरहेको छ त्यति नै कथा, लघु कथा (तथा सूत्र कथा पनि) निकै लोकप्रिय विधाका रुपमा स्थापित भइरहेको छ । नेपालको सन्दर्भमा हेर्दा कथाकार गुरुप्रसाद मैनालीको ‘नासो’ (विसं. १९९२) बाट थालनी भएको नेपालको आधुनिक कथा–यात्रा पुष्कर शमशेर, रुपनारायण सिंह, तारिणीप्रसाद कोइराला, दौलतविक्रम विष्ट, विपि कोइराला, गोविन्दबहादुर मल्ल ‘गोठाले’, मदनमणि दीक्षित, भवानी भिक्षु, रमेश विकल, इन्द्रबहादुर राई, डा. ध्रुवचन्द्र गौतम, पोषण पाण्डे हुँदै पारिजात, परशु प्रधान, Continue reading →