कविता : दीप

~अनुकूल प्रकाश~Anukul Prakash

म मा पाप छैन ,म निस्पाप,
जलिरहेछु,बलिरहेछु !
म मा कलंक छैन, म निस्कलंक,
जलिरहेछु,बलिरहेछु !
म मा स्वार्थ छैन,म निस्वार्थ,
जलिरहेछु,बलिरहेछु !
म मा डाहा छैन, इर्श्या छैन,
न घामसित ,न जुनसित
न घामको प्रचण्ड कीरणसित,
न जुनको शीतल आलोकसित,
म त तिम्रा हर सुख र दु:ख का पलहरुमा,
तिम्रा हर एक शुभ कार्यकलापहरुमा ,
तिमीले मेरो उपस्थिती जसरी गराउँछौ ,
म निर्वाध,निर्धक्क जलिदिन्छु,बलिदिन्छु,
मेरो बरकतले भ्याएसम्म,तिमीलाई उज्यालो दिन्छु,
मेरो बरकतले भ्याएसम्म,तिम्रो बाटो उज्ज्वल बनाउँछु,
मेरो बरकतले भ्याएसम्म,तिम्रो आश मर्न दिन्न,
म माध्यम हुन चाहान्छु……………
तिम्रो आत्मा र परमात्मा मिलनको ,
तिम्रो सफलताको ,तिम्रो दिर्घायुको ,
तिमीभित्र उग्ने, हर स-चेतनाको,
शान्ती ,सद्भभाव र एकताको ,
र माध्यम हुन चाहन्छु असल प्रेरणाको,
मलाई सकार तिमी चोखो मनले,
मलाई थाहा छ मेरो अस्तित्व रहन्न ,
तिमीलाई सानो टुक्रा प्रकाश छरेर,
म आफु खरानी हुन्छु!
फेरी पनि म……………
निस्पाप, निस्कलंक, निस्वार्थ,
जलिरहेछु…………
बलिरहेछु…………
त्यागमा सन्तुस्टिको बिम्व बोकेर !!!!

***

November 5, 2008
चितवन,नेपाल

(स्रोत : माइ संसार डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.