Translated Poem : Water Well of Darkness

~Tanka Uprety~
Translated by Yuyutsu Sharma

Once in, I switched
the lights on and darkness
leapt out of the windows, frantic.

Also turned the lights outside on,
darkness ran off,
clambered up the fence
and sat on it, a frightened beast. Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : चप्पल र कपडा

~कल्पना किरण~kalpana-kiran_jeevan-adhikari

त्यो चुडेको चप्पलको तुना,
पोलेर गासेको अस्ति मात्रै हो जस्तो लाग्छ,
तर अहिले यी काला पाऊहरुमा “नाइकी” आइसक्यो,
तर मेरो देश अहिले पनि, चुडेकै चप्पलमा लम्किरहेको छ !!

काखीमा उध्रेको लुगामै कट्यो हाम्रो बाल्यकाल
आजकल यहि बदन ब्रान्डेड कपडामा बेरिने भैसक्यो
तर देशले आफ्नो च्यातिएको महिलो कपडा अहिलेसम्म फेर्न सक्या होइन !! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हण्डर

~महेन्द्र प्यासी~

खोल्न खोच्छु मनका कुरा तिमि तर्काइ दिन्छेउ
हराउाछु भावनामा अफलाइन बसीदिन्छेउ

पिडाहरु मुटुभरी कति राखि रहुँ
ब्याधाहरु खोजि हिड्छु तिर खाइमरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दु:खको वर्णमाला

~केशव सिलवाल~

वर्षौंदेखि घोकिरहेका छौँ
जोसुकैले पढ्न नसक्ने
यो दुःखको वर्णमाला

त्यति सहज हुँदैन
दुःखका अक्षरहरु पढ्न
बाहिरजस्तो देखिए पिन
अर्कै हुन्छन् भित्रका अक्षरहरु
हिमाल र पहाडका अक्षरहरु पढ्न Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशको प्लटिङ्ग

~मुरारी राज मिश्र~

राजनीतिक दलहरु–
हाउजिङ्ग कम्पनी र पोपर्टी डिलरमा
परिणत भएका छन्
अनि, नेताहरु नियुक्त भएका छन्
त्यस्को प्रोप्राईटरको पदमा,
मेरो देशको जमिनलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : समानता

~नकुल सिलवाल~Nakul Silwal

अकास्सिएको छ चङ्गा
कुनै बाज हवाइजहाज जस्तै
अवतरणको तयारीमा छ
आफ्नो पञ्जाले
कुनै रक्ती भोजन
उठाउन सक्छ, सक्दैन
खरायो लुकाउँदै छ
आफ्नो प्राणसहितको शरीर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

जयदेव गोविन्दका २० हाइकु

~जयदेव गोविन्द~Jaydev Gobinda Acharya

बतासे बैंस
आँखाभरि बादल
झरी दरर !

शून्य बगर
विदीर्ण काकाकूल
“नवीन युग !” Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

कथा : खजुरबोटेको रंग

~जयराज भट्टराई~Jayraj Bhattarai

खाटमाथि जिउज्यान फ्यालेर निर्जिवझैँ लमतन्न पल्टिएका छौँ- ताताघाम मुन्तिर दिनभर बेल्चा चलाएका तीन हत्तु जवान।

कोठालाई साँघुरो बनाउने तीनओटा फलामे खाट तीनकुनामा सजिवझैँ गजधम्म सुतेका छन्। हेर्दै शङ्का लाग्छ- ती खाट कुनै प्रतिनिधि नेपालीको डल्ले ज्यान नापेर बनाइएको हुनुपर्छ। खाटको लम्बाइमा कन्जुस्याइँ झल्किन्छ- म भन्दा चारऔँला मात्र बढ्ता अग्लो छत्रेको गोलिगाँठो मुनिको भाग खाटबाहिर बेसहारा तेर्सिएको छ। चौडाइमा पनि कन्जुस्याइँ झल्किन्छ- चिलले पँखेटा फिँजाएजस्तो हात फैलाएर सुतेको डिल्लेको कुइनु देखि हत्केलासम्मको भाग लत्रिरहेको छ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : रमिता

~प्रतिमान सिवा~

खै……. ? ?
कसले,
कसको,
पानी छोयो रे !
खै ………? ?
को,
कसको,
घर भित्र पस्यो रे !
पक्कै पनि, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : जय होस् !

~मुकुन्द आचार्य~

बिहार भारतका एक नामूद पाकेटमारले आफ्नी पत्नीलाई मीठो पारामा फकाए– “लौ यी गहनाहरू राम्ररी राख । यी सबै गहना तिम्रै लागि हुन् । गहनाको पोको राम्ररी राख ।”

बिचरी पत्नी द· परिन् । उनको खुशी र आश्चर्यमिश्रित स्वर सुनियो– “कहाँबाट हात पार्नु भो ? गहनाहरू त सबै नयाँ र राम्रा छन् ।”

पतिले भने– “सबै माईको कृपा हो ।” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : प्रेसिडेन्ट क्लिन्टन

~विमल निभा~Bimal Niva

प्रेसिडेन्ट क्लिन्टन
मसँग भेट गर्न चाहन्छ
तर फुर्सद छैन मलाई
मलाई लेख्नु छ एउटा कविता
कविता मन पर्दैन
प्रेसिडेन्ट क्लिन्टनलाई
त्यसैले मेरो कविताको विरोधमा
केही भन्न चाहन्छ मसँग
प्रेसिडेन्ट क्लिन्टन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : नयाँ भङ्गिमाको खोजीमा अग्रसर

~श्यामल~book-cover-harihar-timilsina-gau-haraeko-sanjh

एकाएक तिमीले मलाई
घृणा गर्न थालेपछि
मैले मेरो प्रेमको शक्ति थाहा पाएँ ।

(समाधि नजिक उभिएर)

कुनै पनि कविले आफ्नो काव्य रचना कौशलको माध्यमबाट पाठकसँग उसको समय र समाजलाई सम्बोधन गर्दै अर्थपूर्ण संवाद गरेको छ कि छैन भन्ने कुरा अत्यन्त महत्वपूर्ण हुन जान्छ । अमेरिकी स्वप्नद्रष्टा कवि वाल्ट व्हिटमन होऊन् वा नेपाली स्वप्नद्रष्टा कवि गोपालप्रसाद रिमाल, सबैले आफ्नो समयसँग संवाद गरेको हुनुपर्छ । कविताको सार्थकताको खोजी तसर्थ समयको सापेक्षमा हुने गर्छ । तथापि वर्तमान समयले आगतलाई आफ्नो समयको पदचिन्ह छोडेकै हुन्छ । इतिहासहन्ता वा इतिहासद्रोही कसैलाई यसमा विमति भए पनि, समाजको जस्तै कविताको पनि एक सुदीर्घ परम्परा छ । सामान्य बुझाइ छः कविता साधारण अभिव्यक्तिको भाषा होइन Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

नियात्रा : प्यूठानमा सांस्कृतिक यात्रा : एक अनुभूति

~रेम राना~

गत ०६८ मंसिर २८ र २९ गते दाङमा सम्पन्न रक्तिम अभियान, केन्द्रीय समितिको बैठकले पौषदेखि जेष्ठसम्मको कार्यतालिका निश्चित गरेको थियो । जसअनुसार, पौष १५ देखि माघ महिनासम्म केही जिल्लामा केन्द्रित गरी सङ्गठनात्मक अभियान सञ्चालन गर्ने ठेगान गरेको थियो । मलाई प्यूठानको जिम्मा दिइएको थियो । मोहनविक्रम सिंह, खगुलाल गुरूङ, मोहन वैद्य, मणि थापाजस्ता दर्जनौँ नेता÷कार्यकर्ता जन्माएको जिल्लामा सङ्गठनात्मक जिम्मा लिएर भ्रमण गर्न पाउँदा मैले आफैमा गौरवको अनुभूति गर्न पुगेको थिए । Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

हास्य गीत : सिङ्गडामा आलु हुन्छ म:म: भित्र मासु

~निश्चल श्रेष्ठ~

सिङ्गडामा आलु हुन्छ म:म: भित्र मासु
छोरी चै लाटी रैछ चलाख रैछ सासू
(रेलिमाई)X3

कपाल भित्र चायाँ हुन्छ मान्छे पछी छायाँ
ब्युटी केटी देखे पछी लाग्छ उस्कै माया
(रेलिमाई)X3 Continue reading →

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीति कविता : मजदुरको गीत

~रेशम वि.सी.~

हत्केलामा ठेला पारी पसिनाका धाराहरू
चुहाउँदै दिन बिते थिए असीम सपनाहरू
रगत सुक्यो भाई हो हाम्रो फर्किएनन दिनहरू
काला बादल घुमिरहे शिरमाथि हाम्रो बरू

पिठँयूमा बोकी दुधे बालक भोकले रूँदा पनि Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : राष्ट्रप्रेम छचल्किएको गजल संग्रह

~नारायण योगी~

गजल संग्रह “हृदयका विम्बहरू”को केस्रा केलाउनु अगावै गजल साहित्यको बारेमा संक्षेपमा प्रकाश पार्नु सान्दर्भिक ठानेर मैले त्यसबारेमा केही कुराहरू उल्लेख गर्न चाहन्छु ।

नेपाली साहित्यमा कविता, नाटक, आख्यान, निबन्ध आदि विधाको विकास तीब्र गतिमा हुँदै आएको छ भने, अर्कोतिर परिधिय विधाहरू गीत, गजल, स्मरण, नियात्रा, आत्मकथा, जीवन दैनिकी, रेखाचित्र, पत्र आदिको पनि छुट्टै अस्तित्व देखिएको छ । नेपाली भाषामा गजलको लिखत प्रचलन इतिहास करिब एक सहस्त्राब्दीदेखि हुँदै आए तापनि यसले विगत केही समयदेखि उत्साहजनक रूपमा गति पकेको छ । अझँ भनौं देशव्यापी रूपमा नयाँ नयाँ आस लाग्दा प्रतिभाहरूको आगमन सँगै यसको भविष्य सुन्दर सम्बृद्ध बन्ने सम्भावना पनि त्यत्तिकै बढेर गएको छ । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : युगको गति

~बाबुराम आचार्य “विकल्प”~

चरक्क चर्केको जेठमासको घामले
नदीका पानीको बहाव ह्वात्तै घटेको छ
खडेरीको मारमा परी चिसो पानीका मूलहरु
तातोतातो वाफमा परिणत भईरहेछन्
तलाउ र खोल्साका पानी सुकिरहेछन्
धर्तीको बाँझो कोख गर्मी सहन नसकी
फाटिरहेछ, चर्किरहेछ, दुखिरहेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रातको वेश्यावरण !

~शिव प्रकाश ~

रातको उन्मत्तता पिएर
मदोन्मत बाँचेको शहर
दुर्गन्धित ति हरेक साँझहरु
विहानीले पाखाल्न सकेको छैन
साँझका ति टाटा
रातका ति राग
यौवन निचोरिएका अँध्यारोका ति पीडा
बन्दबजारभित्र खुल्ला छ
वाध्यता बाँचेका जीवन
उम्लिएका यौवनका विचित्र विनिमय
यौन नायक-नायिका
मान्छेका आकृतिमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तुषाराहरु

~सुरेस खनाल~

तुषाराहरु,
मेरा कल्पनाका ओसलाई
कण कण गर्दै,
चिस्याउँदै जान्छन्!
यथार्थहरु,
जुन मलिलो देखिँदै थिए
हिजो सम्म; Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : चिटिङ

~भूधरा उपाध्याय~bhudhara-upadhyay

– चिटिङ गरेर सधैँ अब्बल नम्बर ल्याउने कुलबिरेले पर्याप्त धन दौलत कमायो र एेस आरामको जिन्दगी बितायो।

– मृत्युसैयामा Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : भिक्षुणी र रोगी युवक

~चंकी श्रेष्ठ ‘अभय’~chanki shrestha - abhaya

नदी किनारमा
एक रोगी युवकलाई
नदेखेझैँ गरेर
जब तिमीसँगै
पानीमा हेलिएर म पारि पुगेँ
र, मनको आँखाले देखेँ,
करुण संगीतझैँ अस्फुट प्रार्थना गरिरहेका
उसका असहाय आँखा ।

मसँग छन्
अँझै एक जोर स्वस्थ पाखुरा
र, एक स्वस्थ युवतीको अदम्य साहस
करुणा र प्रेमको दीक्षा लिएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : जून लागेपछि

~घनेन्द्र ओझा~ghanendra-ojha

अँध्यारो त्यो आकाशमा जून लागेपछि ।
खुबै राम्री देखिइछ्यौ सुन लागेपछि ।

बदनामी मात्र पाएँ तिम्रो लागि बाँच्दा
यस्तै हुन्छ सायद धेरै गुन लागेपछि । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : परिणत घर भएछ

~ज्ञानुवाकर पौडेल~<Gyanuwakar Paudel

खण्डहरमा परिणत घर भएछ
हताहत यहाँ धेरैको रहर भएछ

द्रौपदी लुटिँदा बीच बजारमै
अन्धो कृष्णजीको नजर भएछ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरा नजर्मा राम प्यारा छन्

~मोतिराम भट्ट~Motiram Bhatta

यता हेर्‍यो यतै मेरा नजर्मा राम प्यारा छन्
उता हेर्‍यो उतै मेरा नजर्मा राम प्यारा छन् ।

यसो भन्छौ त फल्फुल्मा उसो भन्छौ त जल्थल्मा
जता हेर्‍यो उतै मेरा, नजर्मा राम प्यारा छन् । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : आमा तिमी धादिङ

~नवराज लम्साल~Nabaraj Lamsal

बूढीगण्डकी र आँखुको दोभान । कञ्चन पानी तर छुट्टँिदैन नीलो हो कि कालो । पानी आफैँसँग आफैँ अँगालिँदै र फैलिँदै, सुनिन्छ स्वाँस्वाँको सुसाइ र मीठो संवाद । प्रेम बाँड्नु त त्यस्तो पो जसरी आँखुले बूढीगण्डकी र बूढीगण्डकीले आँखुलाई बाँडेको छ । मौनताले नै मौनता चिरेको त्यो एकान्त, त्यहीँ हराउँछ एकान्त पनि आफैँ र मौन संवाद गर्छ खै कुन्नि कोसँग !

सल्यनटारको पुछार, बुटार हो यो र यो नरसिंहधामका रूपमा परिचित छ । यसका गतिविधिहरूले गति लिन थालेको त्यति भएको छैन । धर्म, संस्कृति, प्रकृति, पर्यटन र विकाससँग जोडेर नरसिंहधामको यात्रा अघि बढाइएको छ । २०६७ मा सप्ताह पुराण, कवि गोष्ठीलगायतका विविध कामहरू गरेर यसलाई बढी Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

हुसैन खाँका दुई रुबाईहरु

~हुसैन खाँ~hussain-khan

वासन्ती बाग मा चरा उस्तै छन
झन काडे झारका गरा उस्तै छन
पालो पालो मजा लिने नेता मा
सामन्तीवाद का जरा उस्तै छन्

आस्थाको बांध भद् किएको छ कतै Continue reading →

Posted in रुबाई | Tagged | Leave a comment

प्रकाश पौडेल ‘माइला’का छ हाइकुहरु

~प्रकाश पौडेल ‘माइला’~Prakash Poudel Maila

मायाको चिनो
जाइफूल फक्रेछ
तृष्णा मेटियो

विशुद्ध माया
आगलागी हुर्कदै
टालो फाटेछ Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

गीत : के गर्दै होली मायालु मेरी

~दिनेश अधिकारी~Dinesh Adhikari

ढोकामा बत्ती कोठामा बत्ती
शहरभरि झलल बत्ती
तैपनि आँखाभरि आँखा उज्यालो छैन
सम्झन्छु खाली घरकै टुकी
के गर्दै होली मायालु मेरी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीति कविता : मेरो मन

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

मेरो आँखाभरि आँसु
मनभरि छ खोला
बगिदिन्छु छल्केर
के सम्झेर होला ।

पूणिर्माको रात पनि
औंसीको झैं लाग्यो Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

गीत : पुरानो डुंगा

~बि. बि. थापा~

पुरानो डुंगा पानीको छाल पार गरुँ कसरी
उनी छिन पारी तरेर लौन (भेटुँ म कसरी)२
पुरानो डुंगा

बिधिले यस्तो अन्न्याय गरी झुक्क्ययो मलाई -२ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : ऊनि , म र पौल्सर

~रजित ओझा~Rajit Ojha

ट्राफिक सिग्नल जस्तै थियो उनको लिपस्टिक पनी, परै बाट रातो ! किन दल्छन् केटीहरु यती धेरै लिपस्टिक ? कृत्रिमता, कृत्रिमता अनी मात्र कृत्रिमता !!! म छक्क पर्छु !

“अहो मनोज सर, आरामै ?” उसले म कुर्सिमा बस्ने बित्तिकै अनायासै मुस्कुराउँदै भनी । अहँ तिमीलाई देखे पछि फेरी मेरो ब्लड प्रेसर बढ़न थाल्यो भन्न मन लागेको थियो तर सकीन ……..

“हेर्नुस न हिजो भर्खर काभ्रे फिल्ड पुगेर आएको, खुट्टा सुन्नीएर मेरो त बिजोग भयो नी मनोज सर!” उसले मलाई फेरी पनि बोल्ने मौका दिईन ।पेशा ले उ एउटा इन्भाइरोमेन्टलीस्ट र म इन्जीनीयर । उसलाई जती फिल्ड जाँदाको अनुभव छ, मलाई पनी छ ! तर पनि उसले सुन्निएको खुट्टा देखाउन मलाई खुट्टा तेर्स्याइ, किन हो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अकविता

~अनिल नेम्बाङ~

अठार कोरीको लैनो भैँसीलाई हैजाले उडाए देखी
परदेश बतासिएको छु
आधा रातमा कुकुर भुके मेरो बाटो नहेर्नु आमा
भैँसीले पनि बेच्दो रहेछ हामीलाई त
बुढि औँलाको मसी आलै छ, साहुको तमसुक च्यातिए पछि आउँला।

उल्कै भो’ गाँठे! Continue reading →

Posted in कविता | Tagged | Leave a comment