कविता : मेरो नेपाल

~होम सुनुवार दसुचा~Hom Sunuwar Dashucha

धर्तीको कुना कुनाबाट हिमाल चिहाउँदै
झरनाको आनन्दित बहावमा नुहाएको
उकाली ओरालीका बरपीपल चौतारीहरुमा
बटुवाहरुसँग थकान मेटाएको
झस्याङ्ग सम्झन्छु मेरो नेपाल ।

ऋतुहरुको परिवर्तनसँगै
मौसमका स्वादहरुको तिर्सना आउने गर्दछ
बिना स्वादको काल्पनिक तृष्णाले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपालको राजनीति

~रामु गैरे~Ramu Gaire

हाम्रो देश अब त अपांग भैसक्यो
शान्तिको उपाधि पनि गैसक्यो
नेताहरुलाई आफ्नो खल्तीको चिन्ता छ
नेपालआमाले धिकार्न लागिसकिन
संसारमै नभाको यस्तो बन्द ,
सडक बन्द , बिद्यालय बन्द , अस्पताल बन्द
कहाँ सुनिन्छ नेपालमा सिबाये
कसले लिएर आयो !!
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : नियत

~जयराज भट्टराई~Jayraj Bhattarai

म सहिदगेटमा माइक्रोबस चढें । मलाई कीर्तिपुर जानुथियो । ड्राइभरछेउमै सिट भेटें । दक्षिण पट्टिको खुलाचौरमा सैनिकपरेड चलिरहेथ्यो । खलाँसी त्यतैतिर टोल्हाएको देखेर डा्रइभर बाहिर निस्क्यो । गएर त्यसका कानमा क्याराम खेल्दा औंलाले स्ट्राइकरलाई धकेलेझैं हिर्काइदियो । त्यो चीर निद्राबाट एक्कासी ब्यूँझिएझैं भयो । त्यो केटो त्यस्तै तेह्रचौधको थियो । कान छाम्दै आत्तिएर कराउन थाल्यो-”आउनुस ! आउनुस ! त्रिपुरेश्वर टेकु कालिमाटी अ…!अ…!” कालिमाटीभन्दा उताका स्टेसनहरु बिसर्ियो । ड्राइभरले फेरि टाउकामा ठुङ्ग हान्दै छुटेका स्टेसनहरु सम्झायो- “कुलेश्वर बल्खु कीर्तिपुर है कीर्तिपुर…।” त्यति बिसर्िएकोमा त्यस केटोले धत् भन्दै आफ्नै हातले आफ्नै टाउकामा धारेहात लगायो र उसैगरी कराउन थाल्यो- “त्रिपुरेश्वर टेकु कालिमाटी कुलेश्वर Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म घुमाउछु त्यो घण्टाघर को सुई

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

कोलाहाल त्यो एक्कासी ठप्प भईदीयो ।
कालो बादल निरशताको छप्प छाईदीयो ।
आत्तीयर कति त्यहाँ ककर्श रागमा गाउदैछन् ।
मंगल धुनले ढाकीदीन बडो जोर लाउदैछन ।

फाटेको जमिन भित्रै कति पसे रे ।
अस्ताएन सुर्य त्यहा कति डडे रे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Ruins of a Naked Poem

~Punya Gautam ‘Bishwas’~
Translated by Yuyutsu Sharma

A wounded mountain
ravaged by a landslide

a huddled hut
aflame from a corporate trickster

a green paddy field
upturned by a relentless floods Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

सूत्रकथा : विकल्प

~भूधरा उपाध्याय~bhudhara-upadhyay

– हरिले लोकसेवाको तयारी र बैदेशिक रोजगारीमा जाने तयारी एकैसाथ गर्यो।

– दुबै परीक्षामा अब्बल निस्कियो Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : क्युरियो

~विमल निभा~Bimal Niva

हिटलरले प्रयोग गर्ने गरेको
निजी रिभल्भर प्राप्त भयो भने
खुसीले पागत हुनेछन्
क्युरियोका धनाढ्य संकलकहरु
फराओनको राजछत्र,
सिकन्दरको घोडाको खुट्टाको नाल, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : कसै गरे पनि

~धनराज गिरी~Dhanraj Giri

ढल्दैन यो स्वाभिमान कसै गरे पनि
छातीमाथि देवेन्द्रको बज्रै परे पनि

भन्ने गर्थे बुढापाका हित हुने कुरा
मर्नुहुन्न मानवता जे-जे मरे पनि Continue reading →

Posted in गजल | Tagged | Leave a comment

स्रष्टा परिचय : भाषिक कालको विश्लेषणमा डा. तिमल्सिना

~नवराज लम्साल~dr-mohan-timilsina

डा. मोहन तिमल्सिना संस्कृत भाषाका ज्ञाता, अङ्ग्रेजीका अध्येता र नेपाली भाषासाहित्यका प्राध्यापक हुन् । खरा र नीडरपनाका डा. तिमल्सिनासँग जति मात्रामा व्याकरणगत चेतना र भावगम्भीरताको सूक्ष्म अध्ययन छ, त्यति नै मात्रामा काव्यिक कोमलता र भाषा वैज्ञानिक दक्षता छ । भाषिक कालको विश्लेषण नामको अनुसन्धानात्मक ग्रन्थ प्रकाशन गरेर उनले आफ्नो अध्ययनशील र अन्वेषक व्यक्तित्वको पाटो सार्वजनिक गरेका छन् । उनले व्याकरणका क्षेत्रमा अत्यन्त जटिल, कठिन र गहन मानिने भाषिक कालको विवेचनासम्बन्धी नवीनतम क्षितिजको उद्घाटनमा ‘उल्लेखनीय योगदान’ (प्रा.डा. रामचन्द्र लम्साल, भाषिक कालको विश्लेषण भूमिका) गरेका छन् । Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

गजल : झरेर आउँछिन् ममा

~घनेन्द्र ओझा~ghanendra-ojha

सुटुक्क रातमा उनी झरेर आउँछिन् ममा
र, नीँद रातमा त्यसै हरेर आउँछिन् ममा ।

छ ज्योति पूर्णचन्द्रको र मोहनी छ चालमा
र, लाडिँदै र मस्किँदै सरेर आउँछिन् ममा । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : राष्ट्र पीडा

~हुसैन खाँ~hussain-khan

यताउता जतासुकै कुरा चल्यो फसादको
कि अन्ध भो स्वदेश यो हुरी चल्यो विषादको
चुसेर रक्त दीनको मजा लिने मनुष्य हो
मनुष्यलाइ विश्वमा सताउने मनुष्य हो

अधर्मको बजार नै मनुष्य भैसक्यो यहाँ
सिपालुको कटार नै मनुष्य भैसक्यो यहाँ
रवाफले सितार नै मनुष्य भैसक्यो यहाँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : रहुँ प्रेमले नै

~कृष्णहरि बराल~Krishnahari Baral

गीत तिम्रै गाई रहुँ प्रेमले नै
प्रीत चोखो लाई रहुँ प्रेमले नै

अन्धकारमा जूनेलि भै तिमीभित्रै
स्वप्न बन्दै छाई रहुँ प्रेमले नै Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : सिंहदरवारलाई मेरो झुप्रोको मित्रता प्रस्ताव

~अनिल नेम्बाङ~

सिंहदरबारको झ्यालबाट नदेखिएको मेरो गाउँ छ,
बर्षौँ बितेछ। तर,
-महाजनको सुट सिउने दर्जि दाजै अझै नाङ्गै रहेछन्।
-दुनियाको महल बनाइदिने कर्मि काकाको छानो उस्तै चुहिने रहेछ।
-खेत खिइएर बगर बन्न लागेछ तर कार्बारी बाजे अझै भोकै बाँझो फोर्दारहेछन्।

मलाई उत्तर चाहिएकोछ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : यो रेडियो नेपाल हो

~बुद्धिसागर~Buddhisagar

घरमा एउटा मात्र रेडियो थियो । बा राति पौने नौ बजेको बीबीसी नेपाली सेवा सुनेपछि मात्रै निदाउनुहुन्थ्यो । त्यसैले रेडियो राति बाकै सिरानमा हुन्थ्यो । म बा-आमाको ओच्छ्यान छेउमा ठडिएको ठूलो आलमारी पछाडि सुत्थें । घरका सबैमा चाँडै सुतेर चाँडै उठ्ने बानी थियो । म भने राति ढिला सुत्थें र ढिला उठ्थें । त्यसैले म राति खुसुक्क आउँथें र बाको सिरानबाट रेडियो तानेर आफ्नो सिरानमा पुर्‍याउँथें ।

एकदमै मधुरो आवाजमा रेडियो सुन्थें । रेडियो नेपाल राति ११ बजे बन्द हुन्थ्यो, त्यसपछि म सर्टवेभमा च्यानलहरू खोज्थें । कति भारतीय च्यानलहरू टिपिन्थे । म १ बजेसम्म सुन्थेँ । बिहान धार्मिक कार्यक्रम सुन्न बा मेरो सिरानबाट रेडियो लैजानुहुन्थ्यो । पछिपछि त नियमजस्तै भयो । बा निद्रामा हुँदा म रेडियो तान्थें, म निद्रामा हुँदा बा । मौनतामै हामीबीच सहमति भएजस्तै भयो । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

स्वदेश गान : नेपालीको छातीमा हिमाली छायाँ छ

~लक्ष्मण लोहनी~Laxman Lohani

नेपालीको छातीमा हिमाली छायाँ छ
नेपालीलाई नेपालको बिछट्टै माया छ

जनक जन्मे यही देशमा वुद्ध जन्मे ज्ञानी
बीरहरूको रगतले सिंचिएकी रानी Continue reading →

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गीत : तिमी यसै लजायौ म उसै धकाएँ

~दिनेश अधिकारी~Dinesh Adhikari

तिमी यसै लजायौ म उसै धकाएँ
नबोल्यौ तिमी नै न मैले बोलाएँ
कति स्वप्न आए परेलीमा बस्न
नसोध्यौ तिमीले न मैले सुनाएँ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

मैथिली कविता : संघर्ष

~विनीत ठाकुर~Binit Thakur

संघर्षक पथ पर
हौसला बुलन्द अछि
जीत आव लग अछि
नै कानु माय
जल्दिए लौटव हम
अधिकार प्राप्तिक संग
अहाँक शरण मे । Continue reading →

Posted in मैथिली कविता | Tagged | Leave a comment

अनूदित कथा : सुखी परिवार

~लु सुन~Lu Xun
अनुवादक : हरिहर खनाल

“… अभिव्यक्तिको इच्छाले नै लेखकलाई लेख्नका लागि प्रेरित गर्दछ । स्तो काम सूर्यको प्रकाश जस्तै उज्यालोको अनन्त स्रोतबाट निस्केको ज्योतिपुन्जजस्तै हुन्छ । दर्शनढुंगामा चकमक ठोस्ता निस्केका आगाका झिल्काहरूसित यसलाई तुलना गर्न मिल्दैन । यस्तो मात्रै साँचो कला हो र यस्तो लखक मात्र सच्चा कलाकार हो । … तर मैले आफूलाई कहाँनिर राखु ?”

यस्तो सोच्तासोच्तै ऊ ओछ्याउनबाट एक्कासी उफ्रेर तल झ¥यो । उसको परिवारको भरणपोषणका लागि उसले जसरी हुन्छ । सिर्जनात्मक काम गरेर वा लेखेर केही कमाउनुपर्छ भन्ने कुरा उसको मनमा लाग्यो अनि उसले उसको कृतिको पान्डुलिपि यसपालि “सुखी मासिक” मा पठाउने निर्णय ग¥यो । त्यसको कारण के Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

गजल : किन कर्की हिर्‍यौ ?

~पूर्ण ओली~Purna Oli

यो मुटुमा ठेस लगाई अस्ति तर्की हिर्यौ
नजरिलो घाउमाथि भ्रम छर्की हिर्‍यौ ।

निस्सासिएँ भेटको ढोका बन्द भाको ठानेँ
त्यै ढोकाको कापबाट हिजो फर्की हेर्‍यौ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : यात्रा र हेराई

~अनन्त निरौला~

कतिले अझै नेपाल सड़क मा सिर्फ
बुङ्गबुङ्गती उड्ने धुवाँ र धुलो देख्लान
खाल्डा र खुल्डीहरु देख्लान
मैले चावहिल गल्ली कि बुढि आमा र
उनले सड़क किनार
बिक्री मा राखेकि
डोको भरिको
हरियो ताजा रायोमा
उनको जाँगर र मेहनत देखेको छु। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भुतपूर्व प्रेमिका

~सुरेस खनाल~

अलिकता म हड्बडाएँ,
अलिकता म झस्किएँ।
आत्तिएकै त म हैन,
तर, अलिकता म धकाएँ।

मान्छेको भिड थियो
एकछिन अघि सम्म।
अहिले भर्खर, म एक्लिएँ।
मुख रसिलै थियो शायद; Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : के बुझिन

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

कोसँग, खोल्यौ के बुझिन
बैंशमा पोल्यौ के बुझिन
**
सार्थें कि सपनी तिमीलाई
घमण्ड घोल्यौ के बुझिन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : खान्छौ कति मेरो देशलाई

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

मखलेलमा मेवा जस्तो खान्छौ कति मेरो देशलाई
तिम्रै बाऊको पेवा जस्तो ठान्छौ कति मेरो देशलाई
**
आशै-आश बक्रबास भो कानून छैन वशमा कतै
सन्की तालमा सुर्किनीले बान्छौ कति मेरो देशलाई Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : आउँछौ कि त यो होलीमा

~दिवाकर स्वप्नील~Diwakar Swapneel

प्रतिक्षा छ आज मलाइ आउँछौ कि त यो होलीमा ।
समृद्धिका रङ्गहरु ल्याउछौ कि त त्यो झोलीमा ।

बेरङ्गको भो माया प्रिती रङ्ग भरे कस्तो होला ?
मुहारमा अलिकति हाँसो छरे कस्तो होला?
मिठो मुस्कान् लठ्ठ धुन सुन्न पाउँ त्यो बोलीमा
प्रतिक्षा छ आज मलाइ आउछौ कि त यो होलीमा । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : जिन्दगीको गन्तब्य

~दिलिप योन्जन~Dilip Yonjan

जिन्दगीको गन्तब्यमा
शिखर चुम्ने चाहना
ठेलेर स्टार्ट हुने खटेरा गाडी झै भयो
जति जति गति बड्दै जान्छ
भाबनाहरु हावामा उड्न थाल्छ
उकाली, ओराली अनि घुम्तिहरुमा
गुड्दै रोकिन्दै बिभिन्न गतिमा
कहिले एक्सिलेटर, ब्रेक Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मौन छन् मेरा रहरहरु !

~सजना गुरुङ~Sajana Gurung

तिम्रो साथ छुटेपछि मौन छन् मेरा रहरहरु !
आफ्नो ले नै लुटेपछि मौन छन् मेरा रहरहरु !

दुख: खट्ने सहासिलो योमन आज ऐनासरी
सौ टुक्रा भै फुटेपछि मौन छन् मेरा रहरहरु ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो जिन्दगी

~रामचन्द्र कार्की~Ram  Chadra Karki

क्यारी हेरुँ जिन्दगीलाई, माकुराको जालो जस्तो,
टन्न रक्सी धोके पछि, निस्किएको राल जस्तो ।
हात रोकेँ खुट्टा बढ्छ, खुट्टा रोकेँ टाउको
चैतमास आँधिसग,ै उडिजाने पाल जस्तो ।

क्षणिक छ कि दिर्घकालीन, सागरको छाल जस्तो,
ढुङ्गो कुटि सरापिने, तुच्छ तुच्छ गाल जस्तो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सस्कार अनी रीत बनी

~आचार्य प्रभा~acharya Prabha

दसैं तिहार आए अब सस्कार अनी रीत बनी
देउसे भैलो घुम्न थाले, तिहारको मीठो गीत बनी

भेट,घाट रमाइलो र मेवामिस्ठान् भोजन गर्दै
खुशीयाली छर्न थाले ,एकर्काको हीत बनी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : यो बर्ष हाम्रै हित बनेर आउनेछ

~आचार्य प्रभा~acharya Prabha

बिस्म्रीतीको धुलोमा
पुरिँदै,धसिँदै
अनि कुना,कन्दरा र डाली डालीमा
लहराउँदै आयो भन्छन्
नयाँ बर्ष/

मनमष्तिस्कमा
बिझाउंदै,पोल्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : देशको बेहाल भयो

~राजेश नेपाली~

उठ हे देश प्रेमी यहाँ देशको बेहाल भयो
संघीयताका नाममा धेरै चारैतिर जाल भयो

टुक्रने भो नेपाल पक्कै सामन्त जाल हानेको छ
मनपरी राज्य माग्दै आज कोलाहल भयो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

Translated Poem : Rainbow of Dasani’s Skirt

~Shyamal~
Translated by Yuyutsu Sharma

From the fury
of the blistering winds
flutters Dasani’s skirt,

like a failed nation’s flag
wavers Dasani’s skirt

Million brutal kicks it has survived
water wells of blood it has shed
so many rapes Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : एशिया

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

अमृत कलकल वाणी !
ज्वालामुखको तिम्रो माला, द्धीपपुञ्जको भूषण ।
“आमा” भन्दछ आधा मानव, लाख विहङ्गम वाणी !
अगणित तिम्रा राष्ट्र–अङ्गमा जागृतिको छ तरङ्ग,
रङ्ग छ एक बिहानी !
जाग जाग हे !

शिखर लाग हे !
चिरनिद्रित दृग मिच ज्ञानी ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment