कविता : प्रलय वेदना

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

यस दुनियाँमा सुखदुःख दुईको गहिराइमा डुबियो खरुब,
दुःख भो अतिशय सुख भो अतिशय प्रभुले पु¥यायो मनसुव ।

विषको महको चाखी मिठास जगमा बसियो अन्धसरी,
तर प्रभुको क्यै चेत खुलेन अब दुःखीको लौ मसरी । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : निश्चय । अनिश्चय

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

गाउँमा भुकभुके उज्यालो फैलिइसक्दा नसक्दा एउटा गन्हाउने समाचार पनि फैलिसकेको थियो ‘साबित्रीकी मम्मीले छोरी पाइछे ।’ बिहान उज्यालो हुँदा ब्युँझेको यो समाचारले धारा, पाटीर्पौवा, खेतगरा, चियापसल आदि सबैठाउँमा आफ्नो आयतन ओगटिसकेको थियो ।

– ”बिचरो रामप्रसादले फेरि छोरी पाएछ ।”

– ”कठै धमाल्नी आमैको फेरि नातिनी भईछे , बिचरी १ नातिको मुख हेर्न नपाई मर्ने भई ।”

– ” ए फेरि छोरी पाइछे साबित्राकी मम्मीले ।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : नखाएको बिष

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

गल्ती मेरो हुदैहोइन तर किन दोष लाग्यो
मनबुझाउने के ले हजुर नखाएको बिष लाग्यो

बिस्वासको घरभत्क्यो बालुवाको महलसरी
मैले चिन्न नसकेको शत्रु रैछन वरिपरी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : टेरी भो अब

~लेख कार्की~lekh-karki

आमा भन्छिन् टेर्नै छोड्यो अटेरी भो अब
बाबा भन्छन् तेरो छोरो तन्नेरी भो अब ।

विज्ञानले त संसारनै साँघुर्‍याई दियो हेर्नुस
नेपाललाई कतार पनि मझेरी भो अब । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : घात

~कृष्ण वस्ती~Krishna Wasti_1

जिन्दगीको बाटो छेक्न,बस्यौ घात लाई ।
नागबेली नजरले, डस्यौ घात लाई ।।

देखाएर हातैभरि, चमेलीको तेल ।
झेल गरी तातो विष,घस्यौ घात लाई ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : पत्रकार / लेखक / नेता

~कात्यायन~dhanwantari-mishra-katyayan

– शुरूमा तीनै जना परम दुश्मन थिए; अहिले घनिष्ट मित्र !

– नेतालाई लेखक र पत्रकार चाहिने | लेखकलाई पत्रकार र नेता नभई नहुने | पत्रकार पनि लेखक र नेता नभई बाँच्नै नसक्ने |

– ऊ; नेताको गुणगान लेख्छ; केही कमाउँछ र उसलाई छपाउन लगाउँछ | Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लामो कथा : एक रात दुइ कथा..

~रजित ओझा~Rajit Ojha

भाग १

फेरी चुरोट को धूवाँ रुमलियो कोठामा । मलाई त्यो मन पर्दैन । तर एउटा मात्रै मन नपर्ने कुरा उसको !! मैले छेवैको झ्याल खोलेँ । हावा धेरै नै उग्र भएर बग्ने हुनाले मैले बन्द गरेको । पौषको महिना को चिसो हावाको उग्र रुप म सहन सक्दिन । साना तिना ज्याकेट हरु छेडेर छिर्छ । म उसलाइ गाली गर्न सक्दिन तर , अनुहार सुख्खा मायालाग्दो छ , त्यतिसाह्रो बोल्दैन उ , उसलाई चुरोट छोड भन्न पनि सक्दिन दिनका चौध पन्ध्र वटा फुक्नेलाई म कसरी छुटाउन सकुँला र !!!

“दाइ म पहिला चुरोट खान्नथेँ !” उसले आजको तेस्रो चुरोट मा सँधै जसो भन्ने वाक्य दोहोर्यायो । मैले झ्याल खोलेको देख्यो शायद । उसलाई गलत गरिरहेको छु जस्तो पनि लाग्छ तर छोड्न नसकेको बाध्यता बताउँछ उ !!! ठूलो कुरा हैन सामान्यतय मान्छे नशामा बाध्य नै हुन्छ । आज पिउँदिन भन्छ , फेरि भोलि देखि छोड्छु भन्छ यसो सोच्दा जीवन पनि त नशा हो , जिउँदिन भन्ने धेरै मान्छे भेटिन्छन् , तर पनि मान्छे जीउन बाध्य छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated Poem : Forget me

~Arun Budhathoki~
Translated by Yuyutsu Sharma

Forget me
as a dejected Moon,
stroking its silvery hair
praying for the lake
to stand still
before winter visits Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

गीत : कैले न आउने

~अनन्त निरौला~

कैले न आउने
भेट्न कैले न आउने
भन्दा भन्दा थाकिसके
बानि न जाने सानिको
भेट्न न आउने।

बोली मिठो सानिको
सुनि रहुँ लाग्ने हो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आरुको फूल

~त्रिभुवनचन्द्र वाग्ले~

दाजु अमारोको जुङाको रेखी नबस्दै
बैनी अरुबखडा सिउँदोभरि
सिन्दुर भरेर, अलिअलि नयन झारेर
मलाई हेर्दै गई
आमा शिशिरको प्रसुति वेदना निको नहुँदै
छोरी–आरुफूल शौभाग्यवती भइछ
लौ, मैले कानुनको ठेली पढ्न पाइन
बालविवाहलाई कुन भाषाले व्याख्या गरेको छ कुन्नी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : कस्तो भयो होला !

~सुरेन्द्र खौलराठी~Shree Surendra

महाकाली किनारको शहर कस्तो भयो होला !
लाग्छ संधै भिमदत्त नगर कस्तो भयो होला !

मनभरी माया बग्थ्यो क्याम्पस रोडमा हिड्दा,
कृष्णमन्दिर चौतारीको बर कस्तो भयो होला ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : पात्रको विद्रोह

~प्रतिमान सिवा~

तपाईं,
जे भन्नु हुन्छ भन्नुहोस्,
जे गर्नु हुन्छ गर्नुहोस्,
तर अब उप्रान्त,
म तपाईको लेखकिमा,
तपाईंको कल्पनमा,
अनी तपाईंले बुनेका सपनाहरुमा,
बन्दी भएर कठपुतली झैं , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : किन सम्झिदैनौ ?

~नरेन्द्र पराशर~Narendra Guragain 'Parasar'

छन्द : वसन्ततिलका

वर्षा हुँदा म त यता कति सम्झिराख्छु
हो रातको नीरवतासँग सम्झिराख्छु
पर्दैन रात कि त्यता किन सम्झिदैनौ ?
बर्सिन्न मेघ कि त्यता किन सम्झिदैनौ ?
।।१।।

ताराहरू चहकिँदा म त सम्झिराख्छु
हो फूल फुल्दछ यता म त सम्झिराख्छु
फुल्दैन फूल कि त्यता किन सम्झिदैनौ ?
देखिन्न जून कि त्यता किन सम्झिदैनौ ? Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

मुक्तक : राजनिति

~विनीत ठाकुर~Binit Thakur

राजनिति रगतको खोला होइन
जनता पडकाउने यो गोला होइन Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : म त्यसबेला तिम्रो सिपाही बन्नेछु

~दिलिप योन्जन~Dilip Yonjan

किन तिमी अन्धकारमा सधै बस्छौ
ठीकै छ
तिम्रो सहयोगी योद्धा हुँ म
सँगै नबसौला हुदैन
उज्यालोले त पोलेको छैन
आँखाहरु पट्टिले बाँधेको त छैन
दिनमै धुवाँ लगाइदिएको त छैन
आगोको ज्वाला नदेखेर त होइन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आसुँ झारौला

~आचार्य प्रभा~acharya Prabha

दु:खको भुमरी मन्डराए संगै आसुँ झारौला
पीर, ब्यथा भए पनि हासेर संगै टारौला

संघर्ष हो जीवन बुझे पछी बाँच्न गाह्रो मान्नु हुन्न
मरुभूमी झै हाम्रो छातीमा हिम्मत् को बीज सारौला Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : शुभकामना प्रेम पर्बको

~अशोक ‘खलानको मान्छे’~

परारै
उनी साथै हुदाँ सङै स्वस्थनि ब्रत लियौ
मैले उनि लाई रातो सारी र मजेत्रो दिय
उनी ले पान् शुपारी खिश्री मिश्री दिदै
अ मर प्रेम को कामना गरे थौ
सधै माया गरी रहने बाचा गरेथौ

परारै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दूधे बालक र कालीगण्डकी

~जीवन क्षेत्री~Jiwan Kshetry

सडक पेटीमा एक आमा
अबोध बच्चालाई कुटी कुटी
काखबाट जबर्जस्ती खसाल्छिन् ।
सानोचाहिँ बच्चालाई दूध नपुगेको बेला
ठूलोले दूधको आश गरेको देखेर
अर्कोतिर फर्केर आँशु खसाल्छिन् ।

देशमा गरिबी भो त के भो, सम्पदा छ,
द्वन्द्वको आगो सल्क्यो त के भो
समाधानको पानी छ
अपराधीहरूले शासन चलाए त के भो
समय छ
गरिबी, अन्याय र बेथिति हटाउन सक्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अभियुक्त मान्छेको बदनाम कथा

~प्रमोद स्नेही~

पृथ्वीको एउटै वृत्तमा
उभिएर आकाशको नीलो दहमा
पृथ्वीको धमिलो छायाँ
नियालिरहछे मान्छे ।

जीवनको उत्तरार्द्धमा
थुप्रै बाँकी रहेका
आफ्ना सपनाहरूलाई सलाम गर्दै
आफ्नै छायाँले बदनाम Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : सुन चाँदीको जलपले

~रुमानी राई~rumani-rai

सुन चाँदीको जलपले सजाउन त सक्तिन म
स्वार्थी हुन्छ मन हजुर रिझाउन त सक्तिन म ।

व्यवहारमा कहिलेकाही तलमाथि पर्न सक्छ
कहिले हाँस्नु पर्छ अनि कहिले रुनु पनि पर्छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : एक फन्को सभ्यता

~अनमोल कडेँल~Anmol Kandel

समय गिरफ्तार भएको समय ,
ढचक्! ढचक् ! ढचक !
एक लम्बा घुर्राइ घुरुर्र घुरेर ,
आफ्नो राजको घोषणा गर्छ एउटा बूढो बाघ ।
र भन्छ – समय भनेको मेरो पन्जा शिवाय केहि होइन ।

एक पटक त्रासले
जगंलको जम्मै पातहरुको अनुहार छामेर आउछ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पहराको साँघुरो बाटोमा

~मनु मन्जिल~manu-manjil

पहराको साँघुरो बाटोमा
हजुरसित भेट भएथ्यो …. !
सोचेको थें– हाम्रो भेट
कुनै सहरतिर हुन्छ होला
सोचेको थें– हाम्रो भेट
गाउँतिर हुन्छ होला !

मैले त चौतारो सोचेको थें
कुनै देउराली सोचेको थें Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : वेपत्ता मौसम

~ज्योति जङ्गल~Jyoti Jungle

यो साझमा
यादको हावा बोकेर
वेपत्ता मौसम आइपुग्यो ।

युद्धको कुहिरोमा
भविता खोज्दै हिंडेको
एउटा सन्तान
बेखवर कहां पुग्यो ?
कहां पुगे
बेपत्ताको छाती टेकेर
समयलाई शासन गर्नेहरु ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यसपालि गाउँको कविता गाउँमै छोडेँ

~साम्ब ढकाल~Samba Dhakal

पाठक महोदय,
मैले यसपालि गाउँको कवितालाई गाउँमै छाडेर आएँ ।

अघिपछि शहरलाई सुनाउन गाउँबाटै खुबै ओसारें कविता
गाउँमा फुक्काफाल हुने गरेका कविताका हुल शहरमा संकुचित बनाइए
धानका रोपोमाथि वयलीमा रमाइरहेका हावाका लहरहरूले कवितालाई शहर पठाउन मान्दै मानेनन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कीराहरू र दैलो

~मनोज बोगटी~Manoj Bogati_1

विचारको रुख ठाड़ो हुनै दिँदैनन्‌
कीराहरू
जरैबाट चड्छन्‌।पात खान्छन्‌। कोपिला खान्छन्‌।
बोक्रा खान्छन्‌

तलबाट जरा टोक्नेहरूले त्यहीँ सन्तान काड्छन्‌
अनि सन्तानैले टोक्छन्‌।

विचार लिङ्‌ठिङ्ग उभिन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : पागल र मानिस

~सन्जीव बंकिम~sanjib-shah-bankim

एक पागल थियो । उसलाई सबै पागल भन्थे । यति सम्म देवकोटा को पागल कविता पढेका समाजमा सम्मानित ब्यक्ती हरु पनि । जो जानी जानी निचा देखाउथे। उ पागल हासी मात्र दिन्थ्यो । उ हेला को पात्र न थियो । यक कारण उ यो स्मार्ट सिटि मा स्मार्ट थियेन । झुत्रे थियो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : निमेषभरको हाँसो

~लेनिन बञ्जाडे~Lenin Banjade

‘आमा! ल्याइदियू?’

कुराको सन्दर्भ बुझिनन् भाउजू।

तैपनि मन्टो हल्लाउनु गाह्रो काम होइन, हल्लाइदिइन्– ‘अहँ’।

‘अस्तिनै भन्याहैनियू ल्याइदिन्छु भनेर?’

‘के ल्याइदिने?’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सुसन राईका एघार मुक्तकहरु

~सुसन राई~Susan Rai

संस्कार भुली पप् गायौ गाना दोषी भयो
बस्त्र फाल्यौ नाङ्गियौ चाहाना दोषी भयो
के सम्झि यी यस्ता हर्कत देखाउँदैछौ
गल्ति गर्यौ पन्छियौ जमाना दोषी भयो

जन्मेर मान्छे फरक फरक पाटोमा जान्छ
कोहि पाठशाला त कोही बाटोमा जान्छ
केहि खास लाग्दैन, लोभ छैन आफ्नैपनी
आखिर जिन्दगी भन्नु मरेर माटोमा जान्छ Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : क्यामिला

~नरेश शाक्य~Naresh Shakya

क्यामिलाका आँखाहरूमा
उठिरहेछ छाल समुद्रको
गहिरा नीला आँखाहरूमा
तैरिरहेछ रंग सपनाको।
क्यामिलाका मनहरू
औधि भएर उठिरहेछन्
वर्षौंदेखिका दमित चेतना
विष्फोट भएर
क्यामिला आत्मसात् गर्न खोज्छे
आफ्नो देशको विशालतालाई, महानतालाई
पर्वतहरूको उच्चता
सागरको गहिराइलाई
गुम्फित भावनाका साङ्लाहरू
चुडाल्न खोज्छे
यो विभेदकारी संरचनाको। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : र,बिद्रोह यहिबाट सुरु हुन्छ……

~लारा राइ~Laxmi Rai 'LARA'

जनता,
नाङ्गो आङ्ग
भोको पेट
फुटेको कुर्कुचा
खिंईंदै गएको चप्पल
सडकमा
गर्छन् आन्दोलन
एक धर्सो सपना लिएर
नेताको विश्वासमा ।

नागरिक,
कालो चस्मा
सुकिलो सेतो बस्त्र Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~पौल भाट~Paul Bhat

मेरो स्वप्निल बगैचा को सुन्दर फुल तिमी ,
मेरो गहिराईको संतृप्त सन्तुस्टी तिमी ,
मेरा मिथक सपनाको साकार तिमी ,
मेरो सानो मन-राज्यको रानी तिमी , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : म पनि करोडपति, “क” मेटेर

~गजेन्द्र बुढाथोकी~Gajendra Budhathoki

पुसको दिन थियो, बाहिर सिमसिम पानी परिरहेको थियो । अफिस, भीमसेनस्थन पुग्नु पर्ने, न्यूरोड हनुमानढोकाभन्दा तल । एक त अत्यन्तै थोरै तलब, त्यसमाथि तीन महिना भएको थियो, नपाएको । तलब माग्न गयो, लेखापालले छैन भन्दै फर्काउँथ्यो । तलब पाइहाले पनि किस्ताबन्दीमा । यस्तो लाग्थ्यो, जिन्दगी नै मानौ किस्ताबन्दीमा चलिरहेको छ । बिहे गर्ने बेलामा सरसापट ऋण गरेर लिएको रकम तलब हात पर्नासाथ बुझाउनु पर्थ्यो, अनि त हात लाग्यो शून्यसरह नै हुन्थ्यो महिनाभर ।

बानेश्वरबाट न्यूरोडसम्म चल्ने ब्रिकम ट्याम्पुमा भाडा ५ रूपैयाँ थियो, त्यो तिर्ने पैसासमेत गोजीमा हुँदैन थियो । अनि बानेश्वरबाट हनुमानस्थान हुदै पुतलीसडक, बागबजार हुँदै एक घण्टामा अफिस पुग्थेँ । बाहिर पानी परिरहेको थियो (जनवरी वर्षा), छाता बोकी हाल्ने अवस्थाचाहिँ थिएन । सिमसिमे पानीमा रूझ्दै अफिस पुगेँ, Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment