Tag Archives: लेनिन बञ्जाडे – Lenin Banjade

कथा : फिलिम

~लेनिन बञ्जाडे~ “बसन्ते, एक… एक… एक ही रास्ता लाग्यो …।” रमेशले एकाएक गाउँ थर्कायो। एक हप्तादेखि चित्रहार मा अजय देवगन र रविना टण्डन नाचेको हेर्दा–हेर्दा हामी वाक्क भइसकेका थियौं। अजय देवगनले फूल और काँटे देखि रमेश र मेरो मनमा हुन्डरी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निमेषभरको हाँसो

~लेनिन बञ्जाडे~ ‘आमा! ल्याइदियू?’ कुराको सन्दर्भ बुझिनन् भाउजू। तैपनि मन्टो हल्लाउनु गाह्रो काम होइन, हल्लाइदिइन्– ‘अहँ’। ‘अस्तिनै भन्याहैनियू ल्याइदिन्छु भनेर?’ ‘के ल्याइदिने?’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रङ्गबिनाका जीवनहरु

~लेनिन बञ्जाडे~ टिरङ…टिरिङ…टिरिङ “हलो” “हजुर .. ए हुन्छ ल” “ए विज्ञान, फोन छ” घण्टी बज्नुअघि र पछि एकतमासको फरक छ परिवेशमा। बज्नुअघि जुरुक्क उठ्छु, पछि थचक्क बस्छु। यसपालि पनि बजेन घण्टी मेरो लागि। “रोल्पा जानुपर्छ अब त, यता बसेर हुने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आऊ, माटो छँदै रोऔँ

~लेनिन बञ्जाडे~ कतिकतिखेर चल्ने हावालाई लामखुट्टेले बेलाबेलामा माथ खुवाइदिन्छ । भुँ…भुँ…भुँ… । बिघ्न तातो मौसममा बिघ्न ताता ‘लामखुट्टे’- साइरन बजाउँदै घरि यता टोक्छन्- घरि उता । छिप्पिनसकेको रात । लू लाग्ने तातो हावामा एकरित्त आनन्दको अनुभूति छैन । ‘जानेबेला भइसक्यो, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नीलो भ्यान र एकतारेहरु

~लेनिन बञ्जाडे~ ‘यिनै हुन्, हाल् यिन्लाई…..’ अचानक कम्ब्याट डूेसवालाले हामीतिर औंला सोझ्याउँदा मनमा ढ्यांग्रो ठोक्नु स्वाभाविक थियो हाम्रा लागि । अलिक मात्तिएजस्तो, अलिक आत्तिएजस्तो कम्ब्याटवालाले मलाई फर्सीझैं उठायो- जुरुक्क । भिनाजु अलिक गह्रौं थिए- लतारे उनलाई । ‘के भो के … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आरक्षण

~लेनिन बञ्जाडे~ एनसेल साहित्य मेलामा छोरो लिएर गएँ ! फर्किँदा सिमसिम पानी पर्यो । छोरालाई मूल गेटको पेटीमा राखेर ट्याक्सी रोकें । ७-८ वटा ट्याक्सी ‘मिटरमा नजाने’ भनेर हुइँकिए । बिहान आकाश चंगा थियो, छाता लैजाने लेठो गरिएन । प्रज्ञा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आत्मालाप : ऐँठन

~लेनिन बन्जाडे~ एक साँझपछिको रात। चकमन्न अँध्यारोमा भुकिरहेका कुकुरलाई सायद हाम्रो बिछोड असह्य थियो। बाँसघारीमा रातभरि एकनास र एकसुरले बजिराख्ने कीरा सायद हाम्रै पो कापन्तुरामा अडेस लागेर मधेस र्झन खोज्दै थिए। अब त यो सन्नाटा पनि आफ्नो रहन्न ! बूढी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मसिहा

~लेनिन बन्जाडे~ जमुनिया मर्‍यो ! चैतको हुरी झैं बत्तिएर आएको बीभत्स र डरलाग्दो खबरले मन्ते एक्कासि चिसियो । भर्खरै खटियामा सुस्ताउँदै गरेको मन्ते जुरुक्क उठ्यो र भीमसामु ठिंग उभियो । यो अनपेक्षित र मुटु चिर्ने खबर थियो । “दैवा रे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अफेयरगन्ज

~लेनिन बञ्जाडे ~ बिहान नउठ्दै प्रमिलाले फोन गरी । भनेको थिएँ– घरमा हुँदा कहिल्यै मोबाइलमा घण्टी नबजाउनू । मोबाइल मेरै सिरानीमुनि थियो, भाइब्रेसनमा । घण्टी बजेको सुनेर बूढीले उठाएको भए सिधै उचालेर पछार्थी । मोबाइलमा भाइब्रेसन र साइलेन्ट मोड यस्तै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फ्लाइट नम्बर ७१७

~लेनिन बन्जाडे~ कान धुम्म भयो एक्कासि– राति सालघारीमा कतै कीरा कराएजस्तो शून्न। पोखरीभित्र कतै डुबुल्की मारेजस्तो। एकछिन अघिसम्म पनि काम त्यसैगरी धुम्म थिए, कपास कोचेझैं, पोखरीमा डुबेझैं। आँखा खोल्न सकिनँ। आँखीभौं टन्कियो। छामेँ, पानीझैं थियो केही। आँखा चिम्लिँदा परेलाको पृष्ठभूमिमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मान्छे जागेको दिन

~लेनिन बन्जाडे~ दराजबाट खुत्रुके खसेर एकैसासमा भुइँमा बजारिएर फुटेपछि छोरोलाई च्याप्प समातेर घोप्टो परेँ। ऊ दुइटा हातले आँखा छोपेर मेरो छातीमा लपक्कै टाँसियो। घर यसरी हल्लिएको थियो मानौं ऊ र म फनपार्कको रोटेपिङमा डराईडराई मच्चिरहेछौं। संसारमा सबैभन्दा बलवान र शक्तिशाली … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डल्लो

~लेनिन बन्जाडे~ पहिलो दिन : ब्लड बैंकको गेट छिरिनसक्दै ऊ अत्तालियो। छपक्कै छरिएका बाइक देखेर अन्दाज लगायो– कम्तीमा २ घन्टा उसको पालो आउँदैन। कीर्तिपुरबाट बाइक चढेदेखि अहिलेसम्म लगभग १० पटक घन्टी बजिसकेको थियो मोबाइलमा। हतारोले गोजीसम्म हात पुर्याटउन पाएन। पार्किङको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment