गजल : शत्रु आज ठान्यौ किन

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

तिम्रै फेरमा फुल्थें सँधै, शत्रु आज ठान्यौ किन
भावनामा भिजी आ’को दिलमा ढुङ्गा हान्यौ किन
**
बुझ्झकीको बहाना त्यो, आँखै अघि अल्झियो कि खै
विश्वासभित्र बल्दो माया, विवादभित्र तान्यौ किन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : दश छुट्टीहरु

~अर्जुन खालिङ~Arjun Khaling

पहिलो छुट्टीमा
बिजमलालले-
चुक्ता गरयो-लगेको रिन

दोश्रो छुट्टीमा
खरको छानोलाई ‘चेदर’ बनायो

तेश्रो छुट्टीमा
बाध्यो हात-गोडा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : केही त छ

~टिका भाई ~tika-bhai

यो आफ्नै रहरले बसेको बस्ती होइन
यो कुनै जादुले बनेको शहर होइन
केही त छ
ती मेहनती मान्छेका हत्केलाहरूमा
केही त छ
त्यो चाम्रिएका ठेलाहरूमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाको अन्तर्वार्ता

~सङ्गीत श्रोता~Sangeet Srota

सक्छौ भने बाबु,
सुनाइदेऊ
मेरो बेथालाई उल्था गरेर
छापिदेऊ
यो पिरको फोटो खिचेर !

मेरो भत्केको छिया–छिया मुटु
लैजाऊ र जोडिदेऊ
क्रान्तिकारी विधायकको छातीमा
गहभित्र पिलिएको मेरो बह
टाँगिदेऊ
नवनियुक्त मन्त्रीज्यूको कलेजी कुनामा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलको माला

~केशव शिलवाल~keshab-silwal

तपाईं जो घाँटी भरि-भरि
अनुहारै छोप्ने गरी
भिरेर फूलको माला
जाँदै हुनुहुन्छ देशको सपथ लिन

यस्तो लाग्छ-
तपाईं जाँदै हुनुहुन्छ
कुनै एउटा खतरनाक युद्धमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जीउनुका क्रम उपक्रमहरु

~टंक सम्वाहाम्फे~Tanka Samwahangfe

पछ्याउदा पछ्याउदै
गोरेटाहरुले
आफ्नो स्वरुप बदल्न थाले पछि
अनगिन्ति उकाली र आरालीहरु आउन थाल्छन्
अनगिन्ति घुम्ति र मोडहरु छाउन थाल्छन्
तव जीउने क्रमका सीधा धर्साहरु
अस्वभागीक रुपले
वाङ्गोटिङ्गो वन्न थाल्छन्
अनि नचाहेरै पनि संकट मोलेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : साहित्य श्रस्ठाहरु लाई मेरो नमस्कार

~पुरुषोत्तम सुवेदी~Purushotam Subedi

प्रेमलाई दिगो बनाउन कलम चलाऊनेहरुलाई
संस्क्रिती सभ्यता र भाषाको भावनामा डुबी
चेतना लाई समाजमा पस्कन
कलम चलाऊनेहरुलाई
अज्ञान र गरिविको समस्या समाधान गर्न
आधा पेट खायर भय पनि खाली पेटहरुको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : साँझपखकी नर्तकी

~प्रकाश आचार्य~

इन्द्रेणिका रङ्गहरू मिसिएको
रंगीन केश पालेकी,
तारामण्डलका ताराहरु चम्केसरी
चमक्क चम्किने भेष पहिरिएकी ,
मौशम खुल्दा मुसुक्क मुस्कुराउने
हिमालझैं दन्तलहर खोलेर हाँसेकी,
हिउँपर्दाको बखत् यत्रतत्र
हिउँ नै हिउँले जमीनलाई पोतेसरी
मुलायम ओठलाई
लपक्कै लिपिस्टिकले पोतेकी, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गौथली

~विप्लब प्रतीक~biplav-prateek

अष्टमानको पसलमा
फेरि आए गौँथलीहरू—
जसरी आउँथे वर्षैपिच्छे, वर्षौंदेखि
र ऊ बस्ने चकटीमाथिको दलिनमा
बनाउन शुरु गरे गुँड ।

हरेक वर्ष यसरी नै आउँछन्
असनका पसलहरूमा
र, रत्तिभर नडराइकन शुरु गर्छन्
बनाउन गुँड । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जसरी चिच्याइरहेछन् म्यानमारका भिक्षुहरू

~राजव~Janardan Pudasaini Rajab

हिटलरसग मिल्ने
मार्कोससग मिल्ने
चाउचेस्कुसग मिल्ने
कस्तो राष्ट्रपतिको अनुहार देखिने हो शासनमा
देखियो भने के गर्ने –
सम्पर्ूण्ा भूगोल थर्किने गरी चिच्याउने
स्वतन्त्रता … स्वतन्त्रता … स्वतन्त्रता

कही त्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा, त्यो आएन

~कृष्णराज खनाल~krishnaraj-khanal

आमा, त्यो आएन
हो, बा त्यो आएन
त्यो अब आउँदैन होला
त्यो आउला र
उज्यालो छर्ला भनेर सबैले पत्यायौँ
तर त्यो त
कालरात्री बनेर छिर्यो हाम्रो मझेरीमा,
हाम्रा अभिलाषाहरु गल्र्याम्गुर्लुम ढल्यो
त्यसले अधर्मसित लड्न पनि सकेन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल र मान्छे

~मनु लोहोरुङ राई~Manu Lohorung Rai

अचेल मान्छेहरुले
फूल मन पराउँदैनन्
कि फूलले मान्छे
मन पराउँदैनन्
फूल र मान्छेबीचको
वैमनश्यता बढेर
अनगिन्ती मलामी विचारहरु
जन्मिरहेछन्– एकोहोरो,
त्यही एकोहोरो
जन्मिएका विचारहरुको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एक हस्को सम्झना

~साम्ब ढकाल~Samba Dhakal

मसँग तिम्रालागि दिन केही बाँकी छैन
सिर्फ सम्झनाका केही हिक्का बाडुली
सपनाका बहुरङ्गी तरङ्गहरू
र एक हस्को सम्झना ।
आठै प्रहर जागा हरिया पहाडका टाकुरीमा अल्झेका ध्वाँसे बादलका लर्कन
ठेसै लागे पनि हिँडौहिँडौँ लाग्ने उबडखाबड ढुङ्गेबगर
कत्तिखेर बगाउनै तम्तयार जीवन जत्तिकै सक्रिय सङ्लो / मैलो खोलो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सूर्यास्तअघि

~भीष्म उप्रेती~Bhishma Upreti_1

जीवन त साह्रै सुन्दर रहेछ ।
सिङ्गै उमेर
तँछाडमछाडमै बित्यो
खेदो खनेर अर्कालाई
गाली गरेर अर्कालाई
काटेर रुखहरू
नासेर मूलहरू
अहंको कालोले
धमिल्याएर प्रेमको निर्मल पोखरी
सिङ्गै जीवन त Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मनको उच्छ्वाश

~आचार्य प्रभा~acharya Prabha

मलाई यत्तिखेर,
भुई कुहिरो भएर उड्न मन लागेको छ
अँ ह —आकाशिन मलाई मन छैन
म ,निस्तेज भएर नै रमाउन चाहन्छु
म ,देउरालीलाइ चुम्न चाहन्छु
भञ्ज्याङलाई अङाल्न चाहन्छु
भीर,पाखासँग मीत लाउन चाहन्छु ।
मलाई यत्तिखेर क्षितिज भएर
हाँस्न मन लागेको छ , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नैतिक उपचार

~पुरुशोत्तम सुबेदी ~Purushotam Subedi

मानिसको दुस्मन त रोग हो – सकेसम्म यसको उपचार गर ।
बरु अन्धबिश्वासी त तिमी हौ-अरुलाई विश्वाश दिने काम गर ।।

भन्छौ तिमी अरुहरुलाई बैरी -खुद दुस्मनी सांधेकाछौ तिमीले नै ।
शान्तिको बिगुल फुक्दै बाचा -गर्छौ तयारी गृहयुद्धको तिमीले नै ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नखोज्नु मलाई

~बिजय कुमार श्रेष्ठ~bijay-kumar-shrestha

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभुमिमा हर्राई सकेछु
नसम्झिनु है मलाई कुनै खुशियालीमा
म त दुःख र आँशुको सागरमा पो डुबी सकेछु।।

नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : जिन्दगी

~कृष्ण वस्ती~Krishna Wasti_1

निधारमा मुस्कुराउँने टिकुलीको दाम ।
के दिऊँ म जिन्दगीलाई सुहाउँदो नाम ?

साँझपख जगाइने आरतीको ज्योति ।
हातजोडी देउरालीमा चढाइने पाती ।।
तापूँ-तापूँ भन्दाभन्दै अस्ताउने घाम । Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : मेरो राजधानी काठमाण्डौ

~गुरु गोपिलाल~

देख्दिन कतै हरियाली अचेल,
जताततै कन्कृट्
अनी सिमेन्ट्का सम्रचनाहरु
ठडिएको मात्र देख्छु म त
ती अग्ला अग्ला रुखहरु खोइ
कहाँ गए प्रकृती लाई स्वच्छ राख्ने ।

होईन कि म अन्तै कतै आए ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मालिकले लिन खोजेकै हो

~हस्तबहादुर केसी~ Hasta Bahadur KC

मालिक यहाँ आउन चाहन्थे
र आए पनि
नोकरले मालिकलाई
आएको देख्न चाहन्थे
र भेट्न चाहन्थे
देखेर भेटे पनि
मालिक र नोकले के खोजेका थिए त –
मालिकले लिन खोजेकै हो
नोकरले पनि दिन खोजेकै हो
मालिकले लिनका लागि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आकृती

~काप्पोबा चुम~Kaappabo Chum

हाम्रो सामुन्ने एउटा ढुङ्गा छ
त्यही ढुङ्गा भित्र एउटा आकृती छ
त्यो आकृती हाम्रो ईतिहास हो
हो –
त्यो आकृतिलाइ चिन्नु छ
चिनेर चिनाउछ
किन कि त्यो हाम्रो पहिचान हो
त्यो हाम्रो अस्तित्व हो ।

तर
हामी सबैले त्यो ढुङ्गा मात्र देख्छौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हिंडिरहनु

~लक्ष्मण श्रेष्ठ~Laxman Shrestha

आउलान् हजार चुनौती
बाधा र बिघ्नहरू
तिमी हिंडिरहनु
हिंडिरहनु।

आशाको ज्योति बाल्दै
अन्धकारको पहाड ढाल्दै
आफ्नै आत्माको मसाल बालेर
दुःखलाई पुछ्दै हत्केलाले
निराशालाई पन्छाउँदै मन्छाउँदै
तिमी हिंडिरहनु
हिंडिरहनु। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अरुणझै उठेको छु

~वैरागी जेठा~bairagi-jetha

देसको प्रभात सँगै
म ,अरुणझैँ उठेको छु
लाल यात्रीहरू लिएर
माओको सपना लिएर
मेरा बेसीहरू तिर झरेको छु
म घुमी रहेछु
मेरा पहाड तिर
तरुणो बैँस त्यागेर
सबै बन्दीगृह त्योडेर
म Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ नेपालको व्यङ्ग्यचित्र

~गणेश खड्का~Ganesh Khadka

साइँली बज्यै !
नातीको फोटो हेरेर किन रुन्छ्यौ बेकार,
सतीले सरापेको देशमा अब फेरी तिम्रो श्राप…!
चुपो लाग, यहाँ बोल्नु हुँदैन
अपहरित तिम्रो नाती कहिल्यै फर्केर आउँदैन
यो नयाँ नेपाल हो l
…
ठुलीकान्छी भाउजू !
छोराको लुगा सुँघ्दै घोप्टो परेर किन भक्कानिन्छ्यौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बग्नु

~नरेश शाक्य~Naresh Shakya

निःसर्त बगेँ
थाहा छैन कहाँ पुग्ने हो ?
जीवन बगेर
यतिका सङ्घर्षहरूको परिणाम र परिणति
के हुने हो ?
कसका लागि ?
अनिश्चित नै म बग्दैछु ।
म र्झन तैयार भएँ
ओर्लन शिखरबाट
कोलाहलसहित
निनादसहित Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो लुते कुकूर मरेछ

~भूपेन्द्र काफ्ले ‘नयन’~Bhupendra Kafle 'Nayan'

त्यो दुई नम्मरको गल्लीमा पुच्छर हल्लाउने
आफ्नै छाती घाउ बनाइ गीटार बजाउने
सडकको आदिबासी त्यो लुते कुकूर मरेछ
आज विहान चौबाटोमा प्राण त्याग गरेछ

झुस्स परेका ति रौँहरु निथ्रुक्क भएछन् शितमा
एकनासले नयनहरु टोलाएछ्न बिरहको गीतमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मातृभूमिको माटो रुन्छ !

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

कसले सुन्छ ? कसले सुन्छ ?
मातृभूमिको माटो रुन्छ !
तुहिनाचलले आफ्नो छाती, च्याती, च्याती,
उर्वर साधन पारे छरवर !
स्वर्गका नव किरणहरुका फेर समाती,
मन्त्रै साधी
समाधि बाँधी—
वर्षा, वज्र, विजुलीहरुका मन्त्रोच्चारणहरुले बाँधी,
नटिनीहरुकन बोक्न लगाए, भारी लादी,
छरछर भन्दै वरपर, वरपर,
छालहरुका करले छरवर,
भविष्यको एक लहलह स्वपना कल्पिरहेथे ती तुहिनाकर, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कर्णाली दुखिरहेको छ

~विजय महर्जन ‘श्रीजय’~Bijay Maharjan

कहिले खडेरीमा
एक छाक अन्नको आशमा बाचेँको छ
कुपोषित कर्णाली
कहिले हिउँदमा
प्रकृतिको बलात्कार सहेर बसेको छ
कहिले ग्रिष्ममा
एउटा भेडासँग नूनको विनिमय गर्न
उत्तर धाएको छ
कहिले दशैमा
जूनको उज्यालोसङ्गै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : निराश जिन्दगी

~ढक बहादुर बस्नेत ‘आकाश’~Dhak Bahadur Basnet - Akaash

जती हिडुं लक्ष्य खोज्दै
लक्ष्य भेटिएन
मरुभुमीको यात्रामेरो
कहिल्यै सकिएन
तिर्खाएर छटपटिन्छु
पानी भेटिएन
दुई आँखाको आँशुले
मेरो तिर्खा मेटिएन
जता हेर्यो पराई मात्रै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तारा र जून

~सागर कार्की~Sagar Karki

जव दुर आकाशमा
म आफैलाई खोज्दछु
तब लाखौ ताराहरु बिच
एउटा मुहार देख्छु,
मेरो मुहार जस्तै उसको मुहार Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : साबधान लामखुट्टेहरू

~रामचन्द्र कार्की~Ram  Chadra Karki

क्रान्तिको नाँउमा
चिच्याटलाग्दो बिगुल फुकेर
रगत चुस्न नखोज लामखुट्टेहरू
तिमीहरूको सुँडको तिख्खरता
सजिलै नाप्छ हाम्रो शरीरले ।

ओसिलो र चिस्यानको बास
छिनमै सागर र मरुभुमी बन्नेछ,
त्यति बेला दया त मलाइ लाग्नेछ तिमीहरू माथी
किन की तिमीहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्धकी हाँसो

~आचार्य प्रभा~acharya Prabha

उत्कट अभिलाषाको कमारो भएर होइन
जिउने आधार खोज्न
म,
आफ्नो भुगोलरेखाको सीमाबाट
बाहिरिएकिछु मलाई लालिगुराँश,चाँप् ,चमेलिको मोह
किन थिएन र ?
अनी………सेता अग्ला हिमालहरुको
दृश्यले किन मोहित थिइन र ?
तर………फूलको सौन्दर्य र सुगन्धले
गाँस पुग्ने भए, Continue reading →

Posted in कविता | Tagged | Leave a comment