कविता : दश छुट्टीहरु

~अर्जुन खालिङ~Arjun Khaling

पहिलो छुट्टीमा
बिजमलालले-
चुक्ता गरयो-लगेको रिन

दोश्रो छुट्टीमा
खरको छानोलाई ‘चेदर’ बनायो

तेश्रो छुट्टीमा
बाध्यो हात-गोडा

चौथो छुट्टीमा
खोज्यो डेरा काठमाडौंमा
बिजमफूललाई बनायो आधुनिक

पाचौ छुट्टीमा
गरयो घोर्ले
छोरोको फुर्तिलो न्वारान
दियो देउसीमा गतिलो दान

छैठौ छुट्टीमा
बुझायो बोर्डिङ्को बिकासे बिल
बिजमफूललाई
भर्ना गरयो बिउटिसियन कोर्समा

सातौ छुट्टीमा
भाईलाई कलेज हाल्यो
बैनीको बिहा भो

आठौ छुट्टीमा
फाल्यो क्यान्सरसङ्गै
आमाको पाठेघर
काट्यो अल्सरसङ्गै बाउको आन्द्रा

नवौ छुट्टीमा
तिरयो पोइला गाको बिजमफूलको रिन
बाँकी राख्यो छोराको फिस !

अहिले बिजमलाल
दशौ छुट्टीमा छ

र आको छ गाउ
गर्न बाउको किरिया
र बनाउन -छोराको पासपोर्ट !!

This entry was posted in कविता and tagged . Bookmark the permalink.