~आचार्य प्रभा~
भएभर को बल्बुत्ता ले मेरो खुट्टा तान्न खोज्यौ
ठुलै अपराधी ठानी मलाई कैदिलाई झै बान्न खोज्यौ
मन मा त्यस्तो जलन रैछ् मुखले भने भै हाल्थ्यो
तर किन ? निशाना बनाइ तीखो बाण ले हान्न खोज्यौ Continue reading
~आचार्य प्रभा~
भएभर को बल्बुत्ता ले मेरो खुट्टा तान्न खोज्यौ
ठुलै अपराधी ठानी मलाई कैदिलाई झै बान्न खोज्यौ
मन मा त्यस्तो जलन रैछ् मुखले भने भै हाल्थ्यो
तर किन ? निशाना बनाइ तीखो बाण ले हान्न खोज्यौ Continue reading
~अनिल नेम्बाङ~
म पात
हरियो रहिन्जेल
कहिल्यै नछाडुँला झैँ
समाते’थ्यो च्याप्प
उ त्यो वृक्षले।
बतास पनि फकाउँदै
कहिले सुस्तरी
कहिले बेस्सरी
आईपुग्थ्यो नचाउन। Continue reading
~प्रमोद स्नेही~
तिम्रो पछ्यौरी ओढाउनु मेरो लाशमा
मृत्युपश्चात् भेट्ने मीठो आशमा
चट्याङ पर्यो मेरै छातीमाथि
पिरतीको फूल झर्यो दैव मधुमासमा Continue reading
~घनश्याम प्याकुरेल~
तस्वीर बनि आँखामाझ बस्नेहरु तिनै हुन्।
मायाँको गाँठो बलियोसँग कस्नेहरु तिनै हुन्।
जिन्दगीभर हाँसेर बिताउँनु पर्छ भन्थ्यो जस्ले
आँसु नै बनेर आँखाबाट खस्नेहरू तिनै हुन्। Continue reading
~भिम बहादुर थापा~
संझनाको डिलमा खुनी, तिम्रै छायाँ लुकेर गो
रञ्जनाको राग थुनी, थुप्रै आँसु सुकेर गो
**
अचाक्ली यो पीरको पिरो, रसादीले मेट्ला के र
प्रतिक्षाको पाल मुनि, थुप्रै वाचा झुकेर गो Continue reading
~प्रकाश आचार्य~
बाहिरी माहोल रमझम रमझम भै’रहँदा
आजको दिन, एक्लै बन्द कोठामा
सुँक्क सुँक्क गर्दै अश्रुधारा बहाउँदै
भिजेका परेली लिएर
बसिरहेकी होलिन्; ” बेहुली “।।
नवीन वस्त्रमा सुशोभित भैरहँदा
उनका हस्तहरु सुन्दर मेहेन्दीले Continue reading
~अनन्त निरौला~
न धर्ती मेरो
न आकाश नै
न यी बीच बुर्कुसी मार्ने
पवन र जूनका किरण नै
न यो गाँऊ मेरो
न गाँऊ छेउको घर नै
न यो पोखरी मेरो
न पोखरी डिलको
वरपिपल नै Continue reading
~पूर्ण ओली~
मेरो फोनको लामो घण्टी उताबाट रिसिभ हुनेबित्तिकै मैले तताइहालेँ, “सिडियो साब्, ६ त बज्नै आँट्यो ।”
चैत्र महिनाको बिहानको ६ बज्न भने अझै २० मिनेट बाँकि छँदै थियो ।
उताबाट सिडिओसाबको जवाफ आयो, “म त रेडी भैसकेँ । अहिल्यै हिँड् भने पनि हिड्न तयार छु । अनि सबै साथीहरुलाई एकपटक फोन लगाउनुभो त ? जाने ईच्छा गर्ने साथीहरु कोही नछुटून् नि फेरि ।”
मलाई विश्वास लागेन, यति सखारै नुहाइधुवाइ सिध्याएर सिडिओ साब् तयार भैसक्नु भयो होला र ? उहाँ यस रमणीय जिल्ला रुकुम टेकेको एक हप्ता पनि नपुगेकोले उहाँको आनीबानी सबै थाहापाइसकेको पनि थिएन Continue reading
~निरज थापा~
माटोमै उम्रन्छ
सुनको बोट
देशको डाइमन्ड सपना।
माटो भेटेपछि नै तपाईँको घर बनिन्छ
महल बनिऩ्छ
ढुङ्गालाई अड्याएर राख्ने जिम्मेवारी पनि छ
माटोलाई
माया गरेर राख्छ कोखिलामा।
माटो खाएर हुर्कन्छ हाम्रो Continue reading
~कुमारप्रसाद कोइराला~
१. विषय प्रवेश
साहित्यलाई काव्य, नाटक, आख्यान र निबन्ध गरी चार विधामा वर्गीकरण गरिन्छ । आख्यानभित्र उपन्यास, लघुउपन्यास, कथा र लघुकथा पर्दछन् । त्यसैले लघुकथा आख्यानको उपविधा हो । यो कथाभन्दा सानो हुन्छ । कम्तीमा एउटा लक्ष्यमा पुग्ने र अर्को त्यसमा व्यवधान पु¥याउने दुइटा विपरीत खालका यथार्थ वा कल्पित घटना अथवा अवस्थालाई कार्यकारणको शृङ्खलामा बाँधी तिनको तानातानमा चरम अवस्थाको सिर्जना गराई तिनबाट एउटा परिणाम पनि देखाउन सक्ने आख्यानको लघुतम रूप वा रचनालाई लघुकथा भनिन्छ । आख्यानकै संरचनामा यो रचिन्छ । यसमा विचार वा सारवस्तु, कथावस्तु, पात्र, परिवेश, कथयिता, उद्देश्य, भाषाशैली जस्ता संरचनात्मक तŒव हुन्छन् । लघुकथा अनेक प्रकारको हुन्छ र अनेक ढङ्गमा लेखिन्छ । पढ्न थोरै समय लाग्ने, थोरैमा जीवनको मर्म व्यक्त गर्न सक्ने, चिरकालपर्यन्त प्रभाव पार्न सक्ने आदि विशेषताले गर्दा वर्तमान समयमा यसको महŒव दिनानुदिन बढ्दै गएको र यो लोकप्रिय र उर्वर भइरहेको पनि पाइन्छ । Continue reading
~अन्ना आख्मातोभा~
अनुवाद : सुमन पोखरेल
त्यस्ती पो ठानेछौ तिमीले त मलाई ।
तिमी मलाई चटक्कै बिर्सन सक्नेछौ,
र
म चाहिँ अनुनय गर्दै रुनेछु,
र
आफूलाई समाप्त गर्नेछु, भन्ठानेछौ । Continue reading
~दिल साहनी~
भाषा सम्बन्धमा के कुरा पनि साँचो हो भने कसैले कसैमाथि कुनै भाषा जबर्जस्ती थोपर्न खोज्दछ भने जनतामा त्यस भाषाप्रति भएको आकर्षण पनि विकर्षणमा फेरिन सक्दछ ।
तराईमा जनगणना भइरहेको अवस्थामा केही मधेसवादी दलहरूले मैथिली, भोजपुरी, अवधि, थारू मातृभाषा हुने नेपाली नागरिकलाई जबर्जस्ती हिन्दी भाषालाई मातृभाषाका रूपमा लेख्न लगाएको र त्यसको प्रतिरोध त्यहाँका जनताले गरेको कुरा प्रचारमा आएको छ । यस घटनाले मेरा मनमा अनेक तरंग पैदा गर्यो । यिनै मधेसवादी दलहरूले खस शासकहरूले मधेसी जनता र जनजातिमाथि जबर्जस्ती खस (नेपाली) भाषा थोपरेको आरोप लगाइरहेको अवस्था छ । तर, फेरि यिनै मधेसवादी दलहरूले मधेस तराईका मैथिली, Continue reading
~उज्ज्वल जी.सी.~
१.
झुल्क्यो बिहानी
काउकुती लागेर
सूर्योदयको ।
२.
रुँदैछ देश
एकता बाङ्गिएर
विकास ठप्प ।
३.
वमन गर्छ
अँध्यारो कुवाभित्र
निरोगी माछो । Continue reading
‘आउँदो दसैँको ‘को जाग्रत ?’ पूर्णिमाको अघिल्लो दिन सबैजना नुवाकोट जानुपर्छ । अन्यत्र कुनै कार्यक्रम नराख्नु होला ।’
काठमाडौँ सीतापाइला निवासी साढुदाजु गोविन्द खनाल र दिदीको अनुरोध थियो यो । कुरो २०६७ असार साउनतिरैको हो । दसैँको यो पूर्णिमा पथ्र्यो कार्तिक ५ गते । यति अगाडिदेखिको निमन्त्रणा !! म छक्क परेँ । बोली, व्यवहार र कर्म सबैमा साह्रै सज्जन र सरल मान्छे गोविन्द दाई । छलकपट, रिसराग र दुष्ट्याइँ उहाँको शब्दकोशमा छैन । हुँदैन पनि । उहाँको यो निमन्त्रणा सहर्ष स्वीकार्ने सोच हुँदाहुँदै पनि मैले कारण जात्र चाहेँ ।
सोधेँ,— ‘ दाई, अहिल्यैदेखि समय बैना मारेर निम्ता गर्नु पर्ने के छ र त्यस्तो कार्यक्रम ?’ Continue reading
~रवि प्राञ्जल~
पानी भित्र ढुङ्गा राखी पकाएको मात्र रैछ ।
पिँध मुनि चिसो आगो लगाएको मात्र रैछ ।
झरेको त्यो फूलमाथि पोखिएछ शीत भन्थेँ,
फूल सम्झी काँढाले आँसु बगाएको मात्र रैछ । Continue reading
नेपाली गद्य साहित्यका महान् शिल्पी, निबन्ध, नियात्रा र संस्मरणका क्षेत्रमा सिद्धहस्त वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माको नवीनतम कृतिका रूपमा २१ गद्य रचनाहरूको पुस्तक ‘चरी भरर’ पाठकसमक्ष आएको छ । नमस्तेदेखि आँसु छचल्किँदै जान्छसम्म दर्जनौं गद्य कृति पस्केर नेपाली साहित्यका गद्यका पाठकलाई लठ्याउन सफल डा. तारानाथ शर्माको प्रस्तुत कृतिलाई विषय र शैलीको पूर्ववत् उचाइमा राखेर भन्दा उहाँको जीवनका उतार- चडावका दस्तावेज, निजी जीवनका घनघोर पीडाहरू, पाताल अर्थात् अमेरिका पुनः भासिनुपर्ने वाध्यकारी अवस्था, असन्तुष्टि, आक्रोश, आवेग र अन्तरमनका ज्वारभाटाका रूपमा लिएर हेर्नुपर्ने हुन्छ । यहीरूपमा हेर्दा मात्र यो कृतिप्रति न्याय हुन्छ, अन्यथा पाठक निराश हुने अवस्था आउन सक्छ । Continue reading
~मकुनी निरौला~
मुर्कुट्टाहरूको बस्तीमा
खप्पर र हड्डी मात्र हुँदारहेछन्
यिनै खप्पर र हड्डीमा राजनीतिको
जोड-घटाउको खेल हुँदोरहेछ ।
कात्रो र कफनको व्यापारमा
मालिङ्गो बाँसको ब्याड बनाई
शक्तिहीन मर्ुदामाथि
वषर्ात्को भेल बगाउँदोरहेछ Continue reading
~विनय कसजू~
कथा नसुनी मायालाई निँद लाग्दैनथ्यो । साँझ दूधभात खाएपछि ऊ ओछ्यानमा पल्टन्थी । अनि मैले उसलाई कथा सुनाउथेँः–“राजकुमारीले भ्यागुतोलाई माया गरेर म्वाई खाई । अचानक भ्यागुताको रुप फेरियो । राजकुमारीको हातबाट भ्यागुता बिलायो । उसको अगाडि सुन्दर राजकुमार उभियो ।”
ऊ यस्तै कथा सुन्न रुचाउँथी । तर कथा टुंगिन नपाउँदै माया निदाइसक्थी । उसले पूरै कथा कहिल्यै सुन्न भ्याउन्नथी । माया निदाए पनि मैले कथा बीचैमा रोक्दिनथेँ । कोठामा मेरो कथा सुन्ने अरु पनि हुन्थे ।
मायालाई कथा सुनाउन म कोठामा पस्दा मेरो पछिपछि टाटे कुकुर र पाटे बिरालो पनि आउँथे । टाटे भुइँमा Continue reading
~मुक्तिनाथ शर्मा~
असार आएको छ यो वर्ष
त्यसैले यहाँ छाएको छ हर्ष ।
असारमा मानु खाएर मुरी उब्जाउन
किसानहरू गर्ने गर्छन् संघर्ष । Continue reading
~रामचन्द्र खतिवडा~
“आज त पटक्कै व्यापार भएन नि ” – धनेले भन्यो ।
हिजो त पाँच हजारको कपडा बेच्दा तीन हजारसम्म फाइदा भएको थियो । बेलुका हिसाब गर्दा पच्चीस हजार फाइदा भएछ । एउटा सामान्य रेडिमेड पसल गरेर बसेको धनेको कुरा सुन्दा हरि तीनछक Continue reading
~अभय श्रेष्ठ~
अँध्यारो सडकमा एउटी किशोरीलाई कारले ठक्कर दियो । किशोरी लर्बरिँदै उठी र सहयोगका लागि रुँदै ऊतिर गई । कारले किशोरीलाई फेरि जोडले ठक्कर दियो र टाप कस्यो । अगाडि हिँडिरहेको मानिस पूरै दृश्यको साक्षी थियो । उसले झोलाबाट क्यामेरा झिक्यो र सटासट दस, बाह्र सट फोटो खिच्यो, कागजमा केही टिप्यो र हिँड्यो ।
महानुभावहरू, म थिएँ लोपोन्मुख जंगली जनावरको श्रेणीमा पर्ने अनौठो पत्रकार जसलाई समयले सके दुनियाँकै विरक्त पात्र साबित गरिदिएको थियो । खगेन्द्र थापामगरको नाम संसारकै होचो मान्छेका रूपमा गिनिज बुकमा लेखाउने प्रयास हुँदै थियो । संसारकै सबैभन्दा विरक्त मान्छेका रूपमा मेरो नाम लेखिन सक्छ कि सक्दैन ? प्रश्नको सिरुपाते खुकुरी बारम्बार मनको गमलामा उम्रिरहन्थ्यो । Continue reading
~कुमार कान्छा~
जिन्दगी को के भर छ र
आज वर भोली को पर
ए माया मारेर X2
नजाउ मलाई एक्लै पारेर ।।
वैश जाला पानी झैँ तर्केर
गयो जोवन आउँदैन फर्केर
भाग्य भन्नु हातै ले लेखिन्न Continue reading
~आनन्द पी राई~
सन् १८१४–१६ को नेपाल–अंग्रेज युद्धताका नेपालीहरू इष्ट इन्डिया कम्पनीको नोकरीमा जान थाले। अंग्रेजहरूले उत्तरपूर्वी भारतमा चिया, कुइनाइन, कुँयर खेती र निर्माण कार्य थालेपछि कृषि–पशुपालनमा सिपालु नेपालीहरू दार्जीलिङदेखि ब्रह्मपुत्रको किनारसम्म फैलिए। कम्पनीको सेवाबाट निवृत्त र दुई महासमरमा गएका गोर्खालीहरू पश्चिममा देहरादुन–भाक्सुदेखि पूर्वमा बर्मासम्म छरिए। त्यस्तो ऐतिहासिक घटनाक्रमको घानमा परेका तिनीहरू समृद्ध नेपाली लोकसंस्कृति बोके पनि भौगोलिक–राजनीतिक रूपमा नेपाली रहेनन्, आफ्नो परिचयमा ‘प्रवासी’ उपसर्ग झुन्ड्याउनुपर्ने भयो।
आज कर र रहर दुवैले ‘प्रवासी नेपाली’ भएकाहरू पूर्वमा जापान, पश्चिममा अमेरिका, उत्तरमा रसिया र Continue reading
~सुर्य प्रकाश सुनुवार चेरेहामसो~
मेको आँ देल,
मेकेरे सुनी बुरुउरुमि ’लाँऽका ग्लअ्बा,
केरेरेरेरे… पा….।
न्हाँऽ जुअ्तानु बिः बाछा ग्लिअ्बा
बाँऽ…बाँऽ… पा ।
तारना मेकेरे च्युँ च्युँ ग्लिअ्ब च्युँऽनापुकि,
मेको आनके देल माबाअ् बा ,
चारो गेतेक दा एर ङा ल्वो, Continue reading
~क्षेत्र प्रताप अधिकारी~
पटुकामा
अनिकाल कसेर
कर्णाली रोएको बेला
म हुम्ला लेखिरहेछु
मेरो कविता –
समोसा भैदिएको भए
अक्षरका डल्लाहरू
केही त्यता पठाएर
केही यता बेचेर
कम्तीमा पनि
समोसा साहू त भइँन्थ्यो
त्यस्तो केही भएन
म बाँझो कवि
थारो कविता लेखिरहेछु । Continue reading
~एकु घिमिरे~
सर्वाधिक विक्री हुने अन्तराष्ट्रिय दैनिक ‘फलानो ‘ मा आज ब्यनर न्यूजको शीर्षक छ ‘फलानो कविताका फलानो कवि फलानो अन्तराष्ट्रिय कविता प्रतियोगितामा प्रथम , देसको नाम राख्न सफल।’ शीर्षक लगत्तै कविता पनि राखिएको छ-
फलानो
फलानो बाद -जिन्दाबाद
फलानो बाटो -मूर्दाबाद !
फलानो, फलानो -राष्ट्रबादी
फलानो ,फलानो -देशघाती ।
फलानोको झन्डा रगतको
फलानोको झन्डा जगतको
फलनो -फलानो हाम्रो हो
फलानो , फलानो राम्रो हो । Continue reading
~Buddhi Sagar Chapagain~
Translated by Yuyutsu Sharma
Every morning
my mother looks into
the other end of the sky
and says— Look son,
even last night sky got aflame.
I do not understand a thing.
What I do understand is— Continue reading
~सरिता तिवारी~
हे देवी !
देखाइदेऊ
यो दैत्यहरुको साम्राज्यमा
तिम्रो बिराट काली रुप
दुई हातमा चम्चमाइरहेको त्रिशुल
क्रोधले धप्धपाइरेका आँखा
रगत लप्लपाइरहेको जिब्रो
घँुडा घुँडा छुने खप्परको माला
भष्मले पोतिएको अर्धनग्न जिउ ! Continue reading
~दिनेश अधिकारी~
देश एउटै हो भन्नुहुन्छ
झण्डा एउटै हो भन्नुहुन्छ
कानून एउटै हो भन्नुहुन्छ
सरकार एउटै हो भन्नुहुन्छ
तर हामी
किन आकाश-पाताल
जस्तै फरक छौं
तपाईको शरिर हो कि लुगाबाट Continue reading
~स्वप्निल स्मृति~
तिमीलाई बिदा गर्न
कुनै रोमान्टिक कविको
कविताले नै
काम चल्ने हो
दुर्भाग्य !
म फरक तरिकाले सोच्छु
जुन मेरो आदत हो ।
कुनै डाँकु होस् या सन्त Continue reading
~आर. आर. चौलागाईं~
हो, तिमीले ठिक भन्यौ साथी !
तिम्रो कवितामा कला छ
मेरो कवितामा नारा छ ।
तिम्रो कविताले भोकाहरूको
भोक
लेख्दैन
नाङ्गाहरूको आङ लेख्दैन
प्यासीहरूको प्यास लेख्दैन
दुःखीहरूको सुस्केरा लेख्दैन
तर Continue reading
~फूलमान वल~
लाली गुरासजस्तै
रातो गाला
झनै रातो हुनेगरि
किन बेस्सरी दौडिरहेछ आज
यो लेकाली हावा ?
दोर्जेगाङलाई चुमेर
उड्दै उड्दै आइपुगेको
यो भुईं कुहिरो
काउकुती चलाउनेगरि
किन मातिरहेछ बेस्सरी ? Continue reading