~आचार्य प्रभा~
उकालीमा तिम्ले हात दिइ अघी बडायौ
आखिर तल झार्नलाई भुइमै लडायौ
कहिले घाम ,कहिले पानी रैछ तिम्रो बानी
कहिले झार्यौ फेदमा,कहिले माथि चडायौ Continue reading
~आचार्य प्रभा~
उकालीमा तिम्ले हात दिइ अघी बडायौ
आखिर तल झार्नलाई भुइमै लडायौ
कहिले घाम ,कहिले पानी रैछ तिम्रो बानी
कहिले झार्यौ फेदमा,कहिले माथि चडायौ Continue reading
~स्नेह सायमि~
फेरी एक पटक खुलेको छ सपनाको बजार
आउनुस देख्नुस राम्रो सपना
र लेखिदिनुस उसको नाउमा
तपाइको कमसेकम अर्को पाँच बर्षको जिन्दगी
०००००००००००००००००००
तपाई चामल जस्तो केलाएर हेर्न सक्नु हुन्न
लुगा जस्तो छामेर अनुभब गर्न सक्नु हुन्न Continue reading
~गौतम ‘उदय’~
त्यति परसम्म जानै पर्दैन,हाम्रो आफ्नै जीवनक्रमलाई पछाडि फर्की हेरेमात्र पनि गनेर नभ्याइने परिवर्तनहरु भेटिन्छन् । संचार र चिकित्सा क्षेत्रमा त झन प्रत्येक दिन जसो बिकास र आबिश्कारको बिष्फोटन नै भएको छ भन्दा पनि अत्युक्ति हुँदैन । उड्ने कारका बिक्रिकक्षहरु खुलिसके । कम्पुटर स्क्रिनको एक छुवाईले भान्सामा खाना पाकी डाइनिंग टेबलमा खाना तयारी अबस्थामा हुन थाल्यो । दिमागमा एक शुस्म चिप्स राखेर सिकेको कुनै पनि कुरा मान्छेले आफ्नो जीवनकालभरि सम्झिन सक्छ अब । आइपीएस कोषबाट चाहिएका शरीरका अङ्गहरु बनाउन मिल्ने भयो। हुँदाहुँदा रगतको परीक्षणबाट मान्छेको आयु र उसलाई भविष्यमा लाग्न सक्ने रोग समेत बताउन सकिने भैसक्यो । Continue reading
~डा. हरिकुमार श्रेष्ठ~
आज एकछिन घोत्लिएर मनाङ जाँदाको विगतलाई खोतल्ने जमर्को गरेको छु । मनाङ् प्रवेश गरेको आज ३० वर्ष र ८ महिना पूरा भएछ । समयले कति छिटो डाँडा काट्दो रहेछ पत्तै भएन । त्यतिखेर भरखर प्रमाणपत्र तह (कृषि) अध्ययन पूरा गरी जागिरे जीवन यात्राशुरु गर्दै थिएँ । आफ्नै चाहनाअनुसारको हिमाल हाँसेको, डाँफे, नावर, चौँरी, याक, घोरल, मृग र भेडाहरू रमेको ठाउँमा घुम्न र सेवा गर्न मन लाग्यो । स्याउ, खुर्पानी, आरू, ओखर, उवा, जौ, फापर फुलेको, फलेको । झुलेको हेर्न मन लाग्यो । त्यस्तै, बुद्धको जन्मदेश नेपालको दुर्गम क्षेत्रमा बसोबास गरिबस्ने बुद्धका अनुयायीहरूसँग हातेमालो गर्दै अगाडि बढ्न मन लाग्यो । अझ हिमाली सिरेठो, हिमाली पानी र झरनासँग चुम्दै घुलमिल हुन मन लाग्यो । अनि सल्ला, भोजपत्र, धुपीको सितलतामा रम्न मन लाग्यो । Continue reading
~गीता थापा ‘दोषी’~
उसका बाउ साहुको भारी बोक्थे
आमा साहुको बाँझो बारी खनिदिन्थिन्
धान रोपिदिन्थिन् बिउ काडिदिन्थिन्
आमा बाउ दुबैले दश नङ्ग्रा ख्याउँदा समेत
बिहान बेलुकाको छाक मुश्किलले टर्थ्यो
००००००००००००००००००००००
पहेंली मकैको भात ढिँके नुन र खोर्सानीसँग … Continue reading
~पूर्ण ओली~
तिम्रो चौबीसौँ जन्मदिवस
आई गयो परी तिमीविना यो
हामीले यहीँ मनायौँ, तिमीले कहाँ मनायौ ?
चौबीसलाख पाला माझेर स्मृतिका
सङ्गालिएका अश्रुधारा खन्यायौँ
सल्कायौँ दिल फिजियो अँध्यारो
कहाली लाग्दो क्षण यो के बनायौँ Continue reading
~आर.एम्. डंगोल~
ढोकैमा थियो
इच्छाको बीभत्स लास
हत्यास्थलमा
हुलिया नरोकिकन बहिरहेको
बासी हावा पनि थियो
घरको भित्तामा थियो
समयसंग गरिएको इच्छाको हस्ताक्षर
Continue reading
~घनश्याम प्याकुरेल~
सम्झना आँखामा आईदिदा
ती दिनहरू मनमा अल्झिदा
ती दिनहरू रमाईला क्षणहरू
कहाँ गए मेरा मिठा अतित हरू?
कहिले उस्ले मलाई हेर्थी म उस्लाई हेर्थे Continue reading
~ज्ञानुवाकर पौडेल~
जिन्दगी छैन अचेल जिन्दगी जस्तो हेर्नुस् न !
मान्छे भो आज कति सस्तो हेर्नुस् न ! !
सामाजिक अभिशापका यी क्रूर श्रृङ्खलाहरू रोपे कल्ले ?
सुनेर पनि सब गर्छन् नसुने जस्तो हेर्नुस् न ! Continue reading
~पदम गौतम~
पर्खाल नाघ्नलाई भागेर हुन्न साथी
खोस्ने कुरा त खोसौं मागेर हुन्न साथी
फ्याँक्नै छ आज कालो, माटो रुँदै छ हेर
मान्छे सुतेर माटो जागेर हुन्न साथी Continue reading
~श्यामल~
जहाँ सरुवा भएर गयो, त्यहीँको समाजमा हराउँछ र लेख्छ। खजुरा बस्यो र लेख्यो ‘जहाँ पिँजडा पनि कैद छ’। अमेरिका गयो र लेख्यो दर्जनौँ कथा र केही उपन्यास, केही कविता। जहाँ गए पनि र जस्तोसुकै समाजमा भए पनि तिनीहरूभित्र पसेर तिनमा जीवित वा मुर्च्छित मानवीय संवेदनालाई स्पर्श गर्यो र आफ्नो सिर्जनशील चासोलाई जारी राख्यो। अरुले नदेखेका वा देखेर पनि वास्ता नगरेका विषयमा उसले मनमस्तिष्क केन्द्रित गर्योे। त्यसैले कवि विमल निभा भन्छन्, ‘पोटु जे लेख्छ, राम्रो लेख्छ। लेख्न सक्छ।’ पोटिला गाला भएको सुन्दर गोलो मुहारको हँसमुख साथी राजव। जसको अफिसियल–औपचारिक नाम जनार्दन पुडासैनी हो, तर बाबुको देवराज नामबाट कलमी गरेर उसले आफ्नो नाम बनायो। त्यसो त मलाई श्यामल नाम दिने पनि उही थियो। अहिले ऊ काठमाडौँ र अमेरिकाको बोस्टन ओहोरदोहर गरिरहन्छ। उसलाई आफ्नो नेपाल जतिसुकै दरिद्र, अव्यवस्थित र खराब नेताहरूबाट शासित भए पनि यसलाई गाली गरेर आफूलाई देशभन्दा माथि सम्झने रोगले कहिल्यै छोएन। Continue reading
~प्रकाश आचार्य~
मुटु नै सिरिङ्ग हुने गरि
चिसो सिरेटोका साथमा
धूमिल-धूमिल साँझमा
कठयांगरिदै बस्न पर्ने गरि
बिन्ती छ;
बेग्र गतिमा नझरीदेऊ न यसरी
ए झरी ।।
आकाशको गर्जनले कान फुटाउलाझैं गरी Continue reading
~दिलिप योन्जन~
दिनभरिको पसिनाले साटेको पिठो
तातो गाँससंगै झपक्क निदाउने कल्पना
साँझ नपर्दै हावा र पानीले छोप्ला भन्ने के थाहा?
स्याउला र चित्राले बनेको महललाई
डोब र किल्ला मात्र छोडेर उड्ला भन्ने के थाहा?
ताजमहलको कल्पना गर्ने दुखियालाई
बाच्ने आशामा रुने अबोध बालकको, के दोष? Continue reading
~डा. दीनबन्धु शर्मा~
अहङ्कार-दरबारहरू
लोभ पापका भारहरू
बढारिँदै छन् बाढीसँगै
उर्लिई युगका ज्वारहरू
भत्किँदै किल्लाहरू—-
शाश्वत भन्नु त केही छैन
मिथ्या हुन् सब सारहरू
नाटकलीला झिल्के नाच्यो
भाँचिन्छन् अब बारहरू
भत्किँदै किल्लाहरू—- Continue reading
~विमल निभा~
धेरै दिनपश्चात् मलाई
स्मरण भयो बाबुराम भट्टराईको
कुन्नि, कहाँ छन् कहिले उनी
र यहाँ म आफ्नो
चुँडिएको चप्पलको फित्ता
सिलाउन खोजिरहेछु यस बखत
यही चप्पल धारण गरेर खुट्टामा
पुग्नु छ मलाई कार्यक्षेत्र Continue reading
~घनेन्द्र ओझा~
गजल गेय विधा हो र यो गाइनुपर्छ, चाहे सङ्गीतमा (जसलाई ‘कवाली’ गायन भनिन्छ), चाहे स्वतन्त्र लयमा (यसलाई ‘तरन्नुम’ शैली भनिन्छ) । यसको आशय के हो भने गजलमा गेयात्मकता आवश्यक हुन्छ । गेयात्मकतालाई छन्द (बहर), लय, मात्रा इत्यादि जेजे नाम पनि दिन सकिन्छ तर लेखनमा छन्दको संरचना आफ्नै विशिष्ट प्रकारको हुने गर्छ । उर्दूमा बहर भनिन्छ छन्दलाई । बहर अथवा छन्द भन्नु नै आफैँमा लय हो । गण, मात्रा (संस्कृत पिङ्गल छन्दमा) अथवा रुक्न र अर्कान (उर्दूमा)को मेलबाट निर्माण हुने लय नै छन्द हो । गजल गेय विधा हुनुको अर्थमा यो लयात्मक या गेयात्मक हुनु अत्यावश्यक छ । लयविहीन गजल असल गजल मानिँदैन । लयलाई बुझाउने धेरै शब्दहरू छन् । बहर, छन्द, लय, मात्रा जेजस्ता नाम दिए पनि समग्रमा यी सबै लय वा गेयात्मकतालाई बुझाउने शब्दहरू हुन् । Continue reading
~हुसैन खाँ~
विकासका नै गहना लगाए
नौली सुनौली वधुझैँ सजाए
फेरिन्छ पक्कै रङ- रूप सारा
हुन्थिन् धराकी त यिनी सितारा
यो देशलाई दिलमा सजाऔँ
यो प्रेमबारी रसिलो बनाऔँ
आफन्त ठानीकन प्रीत लाऔँ Continue reading
~धनराज गिरी~
अभागी यो अयोध्यामा जन्मिएनन् राम
सधैँभरि अन्धकार उदाएनन् घाम
रमाउँछन् शुक्राचार्य एक्लो बृहस्पति
ब्ानिसक्यो देवभूमि दानवको गाम Continue reading
~बुद्धिसागर~
समयले आरुका रुखमा ‘हाइटेक सपना’ फुलाएको छ, आरुबारीमा । आरुबारी बसपार्कको उँभोतिर एउटा पीपलको रुख कसैलाई कुरेर बसेको छ, टुक्रुक्क । त्यसकै तल उमेरले धेरै रिंग्याएकाजस्ता वृद्ध पनि टुक्रुक्क बसेका छन् । के यिनले चिन्लान्, उनलाई ?
उनले भनेका थिए, ‘आरुबारीमा आएर जसलाई सोधे पनि भनिदिन्छन्, मेरो ठेगाना ।’
निर्धक्क आफ्नो ‘ठेगाना’ बनाएका उनी थिए- रमेश विकल । जो कोर्सका कथाहरूमा आफ्नो परिचय बोकेर कैलालीको मटेरामा पनि आइपुगेका थिए । उनको ‘मधुमालतीको कथा’ पढेर कयांै किशोर-किशारी रुन्थे । म पनि रुन्थें । Continue reading
~नाइलु क्याबचा~
बारीको डिलमा
कहिले बाली-नालिको
रक्ष गर्दै
कहिले चिसो बतासको
सर्कोमा फरफरिन्दै
यदा कदा बारीमा
चाहार्न आउने
घरबेटिको रमिता बन्दै,
घाम, पानी र
असिनाको वास्ता नगरि Continue reading
~प्रविण अर्याल~
हे मेरी प्रेमिका
नजाँउ मलार्इ छाडी अरूका
अतित संझेर रूनु पर्नेछ प्रेमीका
म र तिमी, जीवन साथसाथ
साठ्ठी विताउने रहर थियो,
तिम्रा दुर्इ दातको विच चुरोट राखी Continue reading
~सुरेन्द्र खौलराठी~
कहिले बिपनीमा आयौ कहिले सपनीमा आयौ !
धोका दिन किन मेरो जिन्दगीमा आयौ !
न दिनमा हास्न सक्छु न रातमा सुत्न सक्छु,
छटपटिमै बित्यो रात निदरीमा आयौ ! Continue reading
~घनश्याम प्याकुरेल~
खुशीको बयान कहाँ गरेर सकिन्छ ?
जब सोचेको र खोजेको सबै भेटिन्छ ।
समय एकनासले कहाँ चल्छ र खै ?
हिजो फ्याँकेको ढुङ्गा आज भगवान बन्छ। Continue reading
~राजकुमार मोक्तान~
सँगै छँदा माया दुख्या जस्तो लाग्दैनथ्यो
टाढा हुँदा तीरले मुटु छोचोलेको जस्तो भो
लाउँदा लाउँदै छुट्ने भए विछोडमा दुख्ने भए
खै माया केलाई लाई भो र?
वसन्तको मन्द हावा बग्छ उही श्वास रोकी Continue reading
~दिनेश अधिकारी~
उसलाई धेरै नामहरूबाट चिन्न सकिन्छ
ऊ दाउरे पनि हो
ऊ चाउरे पनि हो
ऊ काले पनि हो
अ?हरूबाट आफ्नो सक्कली नाम सुन्न
व्यक्ति, जसले बाबुको सराद्धे पर्खनुपर्छ
ऊ हर्कबहादुर हो
हर्कबहादुर कुनै अर्जुनभन्दा कम पौरखी छैन Continue reading
~अरुणबहादुर खत्री “नदी”~
नेपाली साहित्यका विभिन्न विधाहरूमा कलम चलाउँदै आएकी नारी साहित्यकार सुबिसुधा आचार्यको पछिल्लो कृतिको रुपमा फ्रन्टपेज नामक कथा सङ्ग्रह हालै प्रकाशित भएको छ । कथाकार सुविसुधाको अग्नियुद्ध र रहस्यमय भोगाइ नाम दुईवटा कथासङ्ग्रह यसअघि नै निस्केको थियो । नेपाली साहित्यमा सबैभन्दा बढी पढिने विधाका रुपमा आख्यान त्यसमा पनि कथालाई लिइन्छ । नेपाली समाजमा भेटिने विभिन्न प्रवृत्ति र चरित्रहरूलाई चित्रण गर्दै सुबिसुधाले कथाहरू बुनेकी छिन् ।
सामाजिक जीवनमा देखे भोगेको कलात्मक एवं सिलसिलेवार प्रस्तुति नै कथा हो । नेपाली साहित्यका उर्भरभूमि धादिङको केवलपुरमा जन्मिएर पाल्पालीसँग जीवनको साइनो गाँसेकी उनको यो कृतिभित्र सानीआमा, फ्रन्टपेज, पीडा आफैंभित्र, आरनका गोलहरू, रित्तो जिन्दगी लगायत विभिन्न Continue reading
~मणिराज सिंह~
बेथानचोक
हाम्रा पाइलाहरू
एकपछि अर्को गर्दै
छापिएका छन् बादलको शिरकभित्र
सिमसिमे वर्षात्ले रूझाएर
नयाँ नयाँ आयाम उघार्दै
ढुङ्गा–ढुङ्गामा कोरिएर
बतासझैँ भूगोलको दुर्गम छातीमा
घामजस्तै फुलेर
चित्रमय कोरिँदै
हर्षका चुचुराहरूमा
पसिनामा धारा पुछ्ने
शीतल, शान्त, स्वच्छ Continue reading
~निर्मोही व्यास~
१
“पुजिन्छन् जहाँ धूर्त, लुच्चा, अयोग्य
र हुन्छन् जहाँ दण्ड-भागी सुयोग्य
जहाँ ‘चाकरी’ योग्यताको कसी छ
जहाँ चेतना-सिर्जना अप्जसी छ
२
जहाँ राज गर्छन् छुचा केतु-राहु
जहाँ छन् कुँजा न्यायका हात-पाउ Continue reading
~रुमन न्यौपाने ‘अमन्त’~
“अझै थपँ”, कोकीलाले कानमै आएर फुसफुसाई ।
“हुन्छ”, मैले टाउकाले मात्र ईसारा गरे ।
उसले हरीयो सिसीबाट मेरो गिलासमा सम्पुर्ण थोपा झरे सम्म झार्ने कोसीस गरी ।
“तपाईको साथीहरु आएनन्” ? उसले सोधी
“सुपरभिजनको लागी बाहीर गएका छन्” । मैले उसको मुखमा पुल्लुक्क हेरेर जवाफ र्फकाए । Continue reading
~जीवन क्षेत्री~
दिल सल्काएर आगो तापिरहेछन्
एक हुल अभागी प्रेमीहरू
कल्पनाको आतङ्कमा डुबेर
सो कथित प्रेमको अमूर्त सागरमा
झिनो आशाको डुङ्गा खियाइरहेछन्
एक हुल अभागी प्रेमीहरू ।
संसार बिर्सने व्यर्थ कोशिस गर्दागर्दै
यथार्थको पर्खालमा पलपल ठोकिएर
जीवनको तलाउमा झरिरहेछन् Continue reading