~सत्यनारायण दहित~
प्रदेशसे आइतुँ डाई आब महजन्वक् ऋण चुकाब ।
लावा चोलिया गोनियाँ किने हसुलिया बजार जाब ।
बर्का बन्वम खर काटे बाबै आब जाई नै परहींन, Continue reading
~सत्यनारायण दहित~
प्रदेशसे आइतुँ डाई आब महजन्वक् ऋण चुकाब ।
लावा चोलिया गोनियाँ किने हसुलिया बजार जाब ।
बर्का बन्वम खर काटे बाबै आब जाई नै परहींन, Continue reading
~घनश्याम प्याकुरेल~
धेरै फरक होला तिमी र म बिच
केही उस्तै कुरा हरु पनि होला।
तिमी खुशी हुँदा म रोएको पनि हुन सक्छु नि।
तिम्रो ओठको मुस्कान हराउने पो हो कि भन्ने चिन्ताले ।
साँच्चि फरक छ नि है।
तिमी रुँदा म हाँसेको पो छु कि शायद ।
मैले बोलाउँदा तिमी नबोल्नु ।
मन को कुरा लुकाउनु।
कहिले नखोल्नु । Continue reading
~खिमु केसी~
‘बन्दुस, बन्दुस ल्याइदिनुस् न बाबा ।’
छोरोको अफर आजभोलि यही हुन्छ । बजार जान थाल्यो कि उसको अफर सुरु हुन्छ । खै बाजे जस्तै हुने पो हो कि ?
उसका बाजे मतलब मेरो बुबा रिटायर्ड प्रहरी । राती सुत्दा पनि बा जय नेपाल सर भनेर सुत्छ । बाजेलाई बा भन्छ ऊ ।
नातिले जय नेपाल भनेर सुनायो भने बा साह्रै खुशी । सायद बालाई पुराना दिनहरु फ्ल्यास ब्याक हुन्छ होला । सिपाहीहरु खुट्टा बजारेर जय नेपाल सर भनेको । तर बूढालाई अहिले जय नेपाल भन्ने त्यही नाति भा’को छ । Continue reading
~राजेश रुम्बा लामा “अतृप्त”~
तेल थपी दिने भए,दियो बलि रहन्छ
अन्धकारलाई चिर्न,आफु जली रहन्छ !
त्यसरी नै मान्छेको पनि,साथ दिने भए
सुख-दु:ख यसै नि,जीबन चली रहन्छ !! Continue reading
~आषिश श्रेष्ठ~
निर्लज्ज भयौ तिमीहरू बेश्या जस्तो
सुख मिल्ला कि जनतालाई ईष्या कस्तो
गल्ती हाम्रै हो, यिनलाई कुर्सिमा बसाउनु Continue reading
~लक्ष्मी प्रसाद देवकोटा~
क.
ओखरको त्यो हाँगामाथि
कुखुराहरुले कनिका चोर्दा,
ब्रह्मवेला झुकी सोहोर्दा,
दोसाँध हुँदामा दिनको जाति,
मारी एक चरीले गोली,
मीठो, तीखो, भनूँ के ? साथी !
मीठो, तीखो, भनूँ के ? साथी !
धोबिनीले पगली बोली !
ख.
डोली डोली जब त्यो बोली !
खुल्न नसक्ने दुनियाँ खोली ! Continue reading
~टेकब कोइराला~
दश बजेभित्रै कार्यालय छिरिसक्नुपर्ने भएकोले पनि दायाँ–बायाँ नहेरिकन लम्किएको होला। नत्र त ऊ बाटामा हिँड्दा घर, पर्खाल, साइनबोर्ड, मान्छे, मोटर, पसल सबैलाई एक एक नजर लगाउँदै हिँड्ने मान्छे हो। ऊ पर पुगुञ्जेलसम्म हेरिराखेँ मैले।
“कति बज्यो होला?” मैले कुनै अर्को दिन सिंहदरवारको पूर्वी गेटबाट भित्र छिर्दै गर्दा अनायासै सोधेको थिएँ। उसले त्यस दिन कपाल अरु बढि छोट्याएको थियो। टि–सर्ट, जिन्स र कन्भर्स सुज। सदाभन्दा छरितो देखिएको थियो। छड्के पारेर ब्याग भिर्नु उसको पहिल्यैदेखिको बानी झैं देखिन्थ्यो। मेरो जिज्ञासा धेरै दिनसम्म जिज्ञासाकै रुपमा रहिरहन सकेन। एकदिन पत्ता लगाएको थिएँ त्यो झोलामा के हुने गर्छ भनेर। कलम, कापी, कर्ण शाक्यको सोच, एउटा ताजा खवरपत्रिका, स्ट्यापल मेशिन, क्यालकुलेटरदेखि लिएर काइँयो, खानेपानी Continue reading
~चण्डी सुवेदी~
महाकवि देवकोटा
लक्ष्मी पूजामा जन्मेर पनि
लक्ष्मीले कहिल्यै साथ दिइनन्।
कवि बनेर ज्यान पाल्नु
देवकोटालाई एकादेशको कथा भयो।
यहाँ कलम को कदर कहाँ छ र?
मरिसकेपछि शालिक बन्छ,
सभा गोष्टी हुन्छ, प्रवचन छाटिन्छ्न्।
तर बाच्दा कवि नै कवि हुन्छ,
न त कविताले ऊ कार चढ्न सक्छ,
न त कविताले ऊ घर किन्न सक्छ, Continue reading
~अतित मुखिया~
पतिसा काढेर वर्तमान
स्वप्निल भविश्य बेसाउने
शिमापारीका खेतला हामी
दरमायोका गोठला हामी ।
मतलबि चाणक्यहरु
बैदेशिक रोजगारको पसल थापेर
दिवास्वप्न बाँडदै Continue reading
~पौल भाट~
मैले सोचे ,
के सोचे ,
के बिचारे ,
यही हो त ,
अब सकियो त,
यो के सुरु हो ?
कि अन्त ?
के पाए ? Continue reading
~सुभाष लामिछाने~
गाउँभरि लोके दाइ एकाएक ‘सेलिब्रेटी’ भएका थिए । हरेकका मुखमा लोके दाइ नै झुण्डिएका हुन्थे । चौतारोमा गएर नेताजी स्टाइलमा गफ छाँट्नु लोके दाइको दैनिकी जस्तै भएको थियो ।
बाफरे बाफ, तिनलाई सुन्ने भीड पनि कत्रो हो ! लंगौटिया यार नरेसँगै भीडको रमिते बन्न म पनि चौतारोमै कैयौंपटक हाजिर भएँ । हुन पनि चिनिदै नचिनिने भएर फर्केका थिए लाहुरबाट ।
टाउकामा क्यापटोपी, जीउमा जिन्सको पाइन्ट र लाम्बाउले रातो सर्ट, काँधमा गीत बज्ने रेडियो, नाडीमा सिको फाइब अनि गोडामा गोल्डस्टार ! Continue reading
~जीवन दहाल~
“बाबु मलाइ पनि एकपट्क कुरा गराइदेउन तिम्रो फोनाँ”-पशुपति बृद्धाश्रमको प्राङ्गणमा मोबाइलमा कसैसँग कुरा गरिरहेका बेला एउटी बृद्धाले अनुरोध गरिन ।
बृद्धातिर फर्किएर हेरे,अनुरोध गर्ने बृद्धालाइ मैले कहिल्यै देखेभेटेजस्तो लागेन तर अपरिचित मान्छेको फोन मागेकामा र संन्सारैले माया मारेर त्यागेजस्ती यी बुढिआमै कसलाइ फोन गर्न चाँहदी हुन भनेर आश्चर्य नलाग्ने कुरै थिएन साथै मैला लुगा, जिङ्ग्रीङ्ग परेको कपाल ,बृद्धावस्थालाले लग्लग् कामेर थिग्र्याउँन मुस्किल परिरहेको शरीर र कारुणिक स्वरले भनें मलाइ द्रबिभुत गरि छोड्यो । अनि मैले सकेसम्म नरम स्वर बनाएर उनले फोन गर्न चाहेको मानिसको जानकारी लिने उद्देश्यले सोधे-“कसलाइ फोन गर्न खोज्नु भएको र ! आमा ?” Continue reading
~प्रमिशा केसी~
‘करुणा, के छ हालखबर ?’
अचानक आएर त्यो बाइक छेवैमा अडियो, अनि हेल्मेटको पर्दा छिचोल्दै मसम्म आइपुग्यो त्यो सम्बोधन । अचम्म मान्नु स्वभाविक हो मैले, न परिवारमा कसैको बाइक छ अरुलाई झैँ सधैँ स्कुल–कलेज पुयाइदिन, न कुनै प्रेमी नै छ मेरो जसले मलाई लिफ्ट दिनु आफ्नो बाइकको धर्म सम्झेर रोकोस् मेरो लागि । तब यो को हो जो रोकियो मेरो लागि ?
ए, आकाश दादा, हजुर पो?’
‘अँ, को भन्ठान्यौ र?’ Continue reading
~सरु पोखरेल~
बर्षौं अगाडिको त्यही अनुहार छ आँखा अगाडि । दुरुस्तै नाक, आँखा, अनुहारको बनौट र उसको जस्तै लामो कपाल अनि उस्तै तेज र कान्ति भएको मुहार । अन्तर्वार्ता लिइरहेको छु । लिखितमा छनौट भएका जवानहरुमध्ये यतिखेर यो केटी छे मेरो अगाडि ।
त्यतिखेर हामी एउटै उद्देश्य लिएर उभिएका थियौं । जीत दुवैको लक्ष्य । तर पछि उसको हात आत्मसमर्पणका लागि उठ्न बाध्य भएका थिए । मेरा दुवै हातले बन्दुक सोझ्याएका थिए उसको छातीमा । बाटुलो अनुहारमा थेप्चो नाक, चिम्सा आँखा र ती आँखाभित्र पक्कै ज्वाला पनि थियो जो अँध्यारोमा त्यति देखिएको थिएन । तर ऊ काँपेकी थिई, रिसले हो वा डरले । भित्रैबाट थरथराएकी थिई । Continue reading
~पुष्कल श्रेष्ठ~
”होइन, हुँदै होइन, यी सबै झूठ कुरा हुन्।’
”…………………………..”
”चौधहजार मानिसको ज्यान जानेगरी भएको महान् जनयुद्धको यत्रो अपमान? हाम्रो बलिदानको यत्रो मानमदर्न? तँलाई बाँच्ने हक छैन। ल अब तँ मर्न तयार बन्।”
”………………………………….”
”मेरो गर्दनमा हात नलगा। हेर! हेर!! म फेरि भन्दैछु, मेरो गर्दनमा हात नलगा।” गर्जनसिंह सपनामै जोडजोडले कराउँछ। Continue reading
~क्षितिज मगर~
सम्झिन्छिन् आज । शायद बेस्सरी नै ।
आज सम्झिन्छिन्, घातका चुपीले धसेका आफ्ना अतीतलाई, अपूर्ण सपनालाई, जबर्जस्त सम्झिन्छिन्– जीवनभरि काँडाझैं बिझाइरहने पहिलो प्रेमलाई । उनले अर्थात् दिलकुमारीले ।
कहिले सपनाझैं लाग्छ– आङ सिरिङ्ग–सिरिङ्ग हुने । कहिले लाग्छ– अहिले नै पो हो कि जस्तो लाग्ने आँखाबाट समुन्द्र नै छचल्काइदिने । हिजोआजझैं लाग्छ त्यो समय । तर समयको कुइनेटालाई उनका उमेरले निकै पर छाडेर आइसकेछ । फेरि पनि उनका मनमा बसेका खतहरु अझै ताजै छन् । मानौं कि जीवनका सर्वाधिक मूल्यवान् गहना हुन्, जसलाई आफूसँगै बोकेर आएकी छिन् दिलकुमारीले । Continue reading
~अनिल चौधरी~
आपन भाषाहे छातीसे लगुइयन्,
आपन अङ्नाहे देउना-बेब्री से सजुइयन्,
कौन गल्लीमे हेराइल बटो,
कौन कोन्टीमे खुस्टल बटो,
दिन महिना बरस बीत गैल्,
अब ते तोहार पहिचान फेन मेट गैल् /1/ Continue reading
~अनन्त निरौला~
तिमीलाई मन भरि राखेर
अस्ति नै मन शान्त भा’को बेला
शब्दहरु सुस्तरी केलाउँदै जोड्दै जाँदा
तिमी कविता भएर निस्केथ्यौ।
अनि फेरि एक दिन बेलुकी पख
निलो आकाशमुनि
पोखरीको डिलमा बसेर Continue reading
~अनिल नेम्बाङ~
पछ्याउँदै
तन्नेरी लौरोलाई
पुग्छु फेदमा
लालुपातेको।
पन्छाउँछु लौरो
अनी बिसाउँछु
छेवैमा आफुलाई। Continue reading
~प्रल्हाद पोखरेल~
तन्नेरीजनहीन गाउँघर छन् रित्ता भकारी किन ?
पैराले पुरिएछ खेत गतिलो बाँझै छ बारी किन ?
निर्धो रुन्छ अरण्यरोदन कठै ! सुन्दैन कोही किन ?
रोएझैँ किन देखिँदैछ पछुतो मानेर गोही किन ?
चारैतर्फ कुनीतिको दबदबा फैलेर आयो किन ?
निर्धो भै असहाय नीति बिचरो चौपट्ट रोयो किन ?
साँचो नैतिकता निरीह बबुरो झोक्री बसेको किन ?
बाङ्गाकै बलियो छ शासन सधैँ सोझो फसेको किन ? Continue reading
~Nakul Silwal~
Translated by Yuyutsu Sharma
We aren’t aware
of the hands that take pride
in building passages
we are forced to take.
We do not know
nature of the substance, Continue reading
~पुस्कर सिङ्गर~
कुलोको सङ्लो पानी जस्तो
कहिल्यै बग्न जानेन
खेततिर
कृषिप्रधान देशको
कृषिमन्त्रीको नियत।
किन आएँन बग्दै बग्दै
कुलोको पानीसितै
तिम्रो खेतको अनुहार हेरेर
देशले खाँका कोरेका Continue reading
~सुरेन्द्र ईङ्नाम~
तिमी आयौ वहार ल्यायौ मेरो आँगनमा,
खुसी ल्यायौ उमंग ल्यायौ दुःखी जीवनमा
भत्किएथे मनहरु उजाड उजाड थियो
कहाँ थियौ आजसम्म मनले खोज्दै थियो Continue reading
~रामकृष्ण वान्तवा~
प्राणीमध्य बुद्धि विवेक भएको मानिस
बुद्धि भएर गर्दैन पुण्य किन – मानिस
धेरै छ यहा गर्ने गरी कुनै साध्य छैन
केही गरी जाउँ जन्मेर मर्नु मात्र हैन
प्राणी जन्मेर मर्नु त संसारको रितै हो
अमर नाम राखी जानु अतिनै राम्रो हो Continue reading
~दुर्गा राई~
जन्म र मृत्यूको साँध यो जिन्दगी, त्रासै त्रास,
प्रहर प्रहर बिताई रहेछु आज बगदादको बास्,
यहाँ कतै कुनै भरोसा छैन, जे पनि हुन सक्छ,
पाईला पाईलामा फैलिएको छ मृत्युको सन्त्रास्, Continue reading
~घनश्याम प्याकुरेल~
कस्तो हुन्थ्यो होला जीवन सम्झना बुझेको भए?
तिम्रो मेरो संसारको कल्पना बुझेको भए।
च्यातिसक्यो होला नक्सा तिम्रो मेरो प्रेमघरको
बन्थ्यो अलिसान महल भावना बुझेको भए। Continue reading
~दीप हाँडिगाउँले~
अफिसबाट सबै निस्किन थाले। प्रकास पनि उठ्यो। मनमा के के गुन्दै कुर्सीमा अड्काएको ज्याकेट लगायो। “घर जान ला?” संगै काम गर्नेले औपचारिकता पुर्याउँदै सोध्यो। “अँ” भन्न त भन्यो प्रकासले तर आफैलाई सोध्यो फेरी “कस्को घर?”
बाउले उ त्रि-चन्द्रमा हल्लिदै गर्दा उस्लाई र दाईलाई छुट्टाईदिएका थिए। बस्न त सबै त्यति बेला एउटै घरमा बस्थे तर उस्को र उस्को दाईको छुट्टा छुट्टै घर थियो। दुईटै घरहरु भाडामा दिएको थियो। त्यसबाट आउने भाडा पनि दाजु भाईकै जिम्मा लगाईदिएका थिए बाउले।
“आखिरी ढिलो चाँडो यो दिन आईहाल्छ –” भन्दै बाउले त्यति छिट्टै किन अंशबण्डा गर्देको होला भन्ने जिज्ञासुहरुको टिप्पणीलाई सम्बोधन गरेका थिए। Continue reading
~मबि सिंह~
नआउने तिमीलाई लाख बोलाउन मन लागेन !
आंगनमा रातभरि पर्खेको जून छुन मन लागेन !
जांदै नजाने भनेका कति पक्की रङ्ग पखालें
तिम्रो स्पर्श पाएका यी हात धुन मन लागेन ! Continue reading
बिहानै देखि छोरि चिन्तित् थिई। एक त टोफलको टेस्ट त्यसै टेन्सन् मा हुने अर्को बिगत हफ्ता देखि तराई आन्दोलनको कारण मोटर साइकलमा थोपो पेट्रोल् थिएन।
“ड्याडी ! कसरी जाने होला, ज्ञानेश्वर् सम्म, त्यसै त टेन्सन्, त्यसमाथि हडताल् बन्द यही बेला पर्ने भने?”
“बाहिर् रिङ रोड सम्म हिड्ने, अनि बस् सस्, ट्याक्सी टेम्पू जे भेटिन्छ त्यही समात्ने।”
“बरु आज म नि अफिस जान्न, हिजै खबर् गरिसके। संगै जाउला। काठमाडौको सिचुवेशन भदौरे मौसम भन्दा पनि अनिश्चित छ। कहिले कुन चाहि पार्टीको जुलुस् हुन्छ, कहिले कुन पार्टीको हुलुस्। केहि भयो कि तोड्-गोड् Continue reading
~सुरेस खनाल~
हरेक साँझ, मनभरि भएका
गुनासोहरु केलाउँछु
र म पाउँछु आफूलाई;
कहिले परिचितहरुका जालहरुमा जेलिएको,
कहिले जीवनका सवालहरुले घेरिएको,
कहिले एक्लोपनाका हालहरुमा हराइरहेको,
र कहिले,
जवानीका जंजालहरुले बिथोलीरहेको! Continue reading
~पूर्ण इन्फादा~
सडक किनारमा उभिएका
यी वर्गभेद मान्छेहरू
छेर्केर तीतेपातीको झोल
खोजिरेहका छन्- हजारौं वर्षदेखि
एउटा भयानक आँधी
सांस्कृतिक अस्मिता
आगोको हुँकार
वर्ग दर्शन
नूतन भूगोल Continue reading