कविता : जिन्दगी

~दिलिप योन्जन~Dilip Yonjan

उज्यालो र कोलाहलमा बिलाउन
सधै सधै म आसाको त्यान्द्रो लिएर
अभाबको समाधन खोज्दा खोज्दै
मिरमिरे देखि गोधुली रक्तिम किरणसम्म
बाटो दोबाटो अनि गल्ली हुदै
वारि छितिजबाट पारि छितिजसम्म Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : नरिसाउन

~केदार श्रेष्ठ “गगन”~Kedar Shrestha 'Gagan'

तिम्रो नाममा गजल लेखेँ नरिसाउँनू सवि
मलाई जस्तै उसलाई नरुवाउनू सवि ।

तथानाम गाली गर्दै हिड्छौ अरे मलाई
अरु जे गर तस्वीर चाहिँ नजलाउँनू सवि । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

थारू भाषी बालकथा : पश्तो

~छविलाल कोपिला~chhabilal-kopila

‘अई ! ऊ लवन्डा हेरो कैसे–कैसे करटा ?’

‘अई ! के हो ?’

‘के रही, सझ्लान बर्किक छुट्की दुलरुवा छावा हुइन्, उहे हरबरिया, के रही ।’

‘यी, दबवा पैनाहस्, यकर दाई–बाबा कुल नै हेर्ठुइस् कि का ?’

‘हेर्हिस् नै, नै देख्ठो दाई ओत्ठहें ठिल्कल् हेर्टिस् ।’ Continue reading →

Posted in थारू बालकथा | Tagged | Leave a comment

मनु लोहोरुङ राईका छ हाइकुहरु

~मनु लोहोरुङ राई~Manu Lohorung Rai

हिउँदे याम
परदेशको घाम
मनैमा शीत

चिसो रातमा
ओढेर यादहरु
बिहानी कुर्दै Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

गजल : हर्ष देख्दिन म

~अतित मुखिया~Atit Mukhiya

चारैतिर बिस्मात मात्रै हर्ष देख्दिन म
उमंग बोकी भित्रिएको वर्ष देख्दिन म

विदेशतिरै पलायन छन् पौरखी हत्केला
उन्नति र प्रगतिलाई सधैं देख्दिन म Continue reading →

Posted in गजल | Tagged | Leave a comment

केस्रा : घर

~मीना पुमा राई~mina-puma-rai

उजाडिए पछि बस्ने घर
कठै भन्ने अब कोनै छ’र

चौतारीको सितल नै मीठो
पिपलुलाई साहारा बर Continue reading →

Posted in केस्रा | Tagged | Leave a comment

कविता : एउटा र्स्पर्श

~अशेष मल्ल~ashesh-malla

एक दिन अचानक
शहरका चौबाटाहरुमा
हाम्रा मृत शरीरहरु
वेवारिस पल्टिएका हुनेछन्
र हामी हाम्रै लाश अघिल्तिर
उभिएका हुनेछौँ लाचार ।

एक दिन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दिनेशसिंहको जुत्ता पसल

~साम्ब ढकाल~Samba Dhakal

केही समयदेखि मेरो शहरमा
दिनेश सिंहले जुत्ता बेचिरहेको छ ।

दिनेश सिंह जुत्ता बेच्छ केवल जुत्ता बेच्छ
दिनेश सिंहको नजरमा खुट्टा बेच्नु हुन्न
दिनेश सिंह खुट्टा बेच्दैन जुत्तै बेच्छ ।

दिनेश सिंह जुत्ता बेच्नु र खुट्टा बेच्नु बिल्कुल फरक हो भन्छ
दिनेश सिंह मान्छेले जुत्ता लगाएको मन पराउाछ
दिनेश सिंहले नाङ्गा खुट्टा कहिल्यै मन पराएन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मस्र्याङ्दी नदी

~भीष्म उप्रेती~Bhishma Upreti_1

मस्र्याङ्दी नदी
हिउँ पग्लेर मात्र बगेको होइन
तिलिचो ताल बगेर मात्र बनेको होइन ।

पिसाङ, तिलिचो र गंगापूर्ण हिमालहरू
र तीसँगै जोडिएका अन्य पहाडहरूसँग
भन्नलाई अनेक कथाहरू छन्
कसरी तिनीहरू उभिए दृढतापूर्वक
र बेसहारा मानिसहरूलाई बास दिए
मानिसका दुस्मनजस्ता Continue reading →

Posted in कविता | Tagged | Leave a comment

हास्यव्यङ्ग्य कथा : हजूरबाउको भूत

~मुन पौडेल~

उमेरले पचासमा टेक्नासाथ कुखुरे बैँस एक पटक फेरि उर्लेर आउँदो रहेछ कि क्या हो, आफूमा पनि सोह्र वर्षे जोश फेरि फर्केर आएको हो कि जस्तो भइरहेको थियो । रङ्गीचङ्गी चिजहरूमा बढी आँखा जान खोज्न थालेको थियो भने छेउछाउका तरुनीहरूतिर, ठसक्क परेका अधबैँसेहरूतिर कर्के नजर दौडन खोजिहाल्थ्यो । यस्तो पहिले हुँदैन्थ्यो । घरमा भएकी एक थान झन्डै एक कुइन्टलतर्फ ठ्याम्मै मुन्टो सोझ्याउन मन लाग्दैनथ्यो । यो पचास लागेपछि त उसको पनि अलिकता भाउ बढेर आएको देख्दा यो मन भन्ने कुरोे पनि बुझिनसक्नु रहेछ जस्तो लागिरहेको थियो । मन त्यसै त्यसै सन्किन लागेकै थियो, त्यही बेला कताबाट हो हाम्रो वंशावलीको एउटा पुस्तक कसले हो घरमा छोडेर हिँडेछ । के रहेछ त भनेर यसो पल्टाई हेरेको त मन त झन् बहुलायो नै भने पनि हुन्छ । Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

चिन्तन : मिथकको महायात्रा

~सेवा भट्टराई~

मिथकमा आधारित आख्यानहरु महाभारत र रामायणमा केन्द्रित हुन्छु । एउटा व्यासको भनिएको महाभारत छ, एउटा बाल्मिकीको भनिएको रामायण । यीनैलाई आधार बनाएर अरु किताबलाई तुलना गर्दैछु ।

मिथकीय लेखनको कुरा गर्नुअघि मिथक के हो ? बुझ्न जरुरी छ । मिथक भनेको लेखिएको कथा मात्रै हो की हामीले सुनेको र बुझेको कथा पनि हो ? महाभारत र रामायणमा जे लेखिएका छन्, हामीले सुनेको र बुझेको भन्दा निकै फरक पनि हुन सक्छन् । मिथकमा पुनःलेखन आजमात्रै होइन, मिथकको शुरुवातदेखि नै भइरहेको छ । र, पुनःलिखित संस्करण झनै शक्तिशाली भएर आएका पनि छन् ।

जस्तैं, लक्ष्मण रेखा भन्ने प्रसंग । बाल्मिकी रामायणमा लक्ष्मण रेखा भन्ने नै छैन । यस्तो सुन्दा त्यो रामायण हो Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

लघुकथा : युवा पुस्ता

~शरद देवकोटा~

यो युग युवा पुस्ताको । यो समय युवा पुस्ताको । देश चलाउने युवा पुस्ताले । संविधान बनाउने युवा पुस्ताले । सरकारमा युवा । सांसदमा सभासदहरु युवा । डाक्टर, इञ्जिनियर, शिक्षक सबै पदमा युवा । यो परिवेशमा युवा पुस्ताबिना विकास असम्भव । निर्माण अपुरो । सिर्जना अधुरो । आउनुहोस् हामी सबै युवाहरु हातेमालो गर्दै अगाडि बढौं । युवा एकता जिन्दावाद !

मञ्चमा यस्तै विचार व्यक्त भइरहेका थिए । मञ्चको कार्यक्रम थियो विद्यालयको वार्षिक उत्सवको । कार्यक्रममा प्रमुख अतिथि युवा । सभाध्यक्ष युवा । सञ्चालक युवा । यता पनि युवा उता पनि युवा । कार्यक्रम भव्य । मञ्च भव्य । स्रोता दर्शकमा उत्साह । आयोजकमा उमंग । मन्तव्यसँगै तालीको स्वर लयबद्ध । सांस्कृतिक Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : तिम्रो एक्लो निर्णयले

~भावेश भुमरी~bhabesh-bhumari

तिम्रो एक्लो निर्णयले हुनु घाइते भा’छु
तिम्रै प्यारको जाहेरीमा हाजिर हुन आ’छु

जेल हाल या त नेल अब तिम्रो खुसी
म बाँचुला तिम्रै छेउमा पिरो आँसु पुछी
तिमीबाट एक्लिएँ म मलाई एक्लै पा’छु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : वास्तु मिलेको घर

~माधवप्रसाद दाहाल~

मंसिरको महिना लगनको महिना पनि भएकोले दोस्रो सातातिर छोरी नाता पर्नेको बिहेमा सहभागी हुने मौका जु¥यो । विवाहको दिन बिहानसम्म निमन्त्रणा नपाएका अंकलहरुलाई मैले नै घरमै गएर छिटो खबर गरिदिने जिम्मेवारी समेत पाएपछि अंकलजीको घर पुग्नुपर्ने भयो ।

निमन्त्रणा खबर लिएर अंकलको घरमा गएको त इजारवाला लामो कट्टु र वनियान मात्र लगाएर अंकलले घरकै छेऊमा भएको ट्वाइलेटका इँट्टा झिक्दै भुइँमा गर्न थालेका ।

कार्डबिनाको निमन्त्रणा खबर दिएपछि अंकललाई सोधें, ‘अंकल ट्वाइलेट किन भत्काउन लाग्नु भो त ?’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

स्रष्टा परिचय : लामखुट्टेलाई टोकाउनुभन्दा रातभरि कविता लेख्थेँ

~कृष्णराज खनाल~

राष्ट्रकवि माधव घिमिरेको जीवन कठिन सङ्घर्षको कथा हो । ९० वर्षअघि लम्जुङको पुस्तुनमा जन्मिनुभएका Madhav Ghimireराष्ट्रकवि घिमिरेको ८८ वर्ष सङ्घर्षमा बितेको छ । नेपाली काव्य र यसका पाठकलाई कहिल्यै नबिर्सने अद्वितीय र कालजयी छन्दोवद्ध रचना उपहार दिन सफल राष्ट्रकवि अन्ततः नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिसम्म हुनुभयो । जुन उहाँको गुप्ततवरको योगसाधना, त्याग, समर्पण, इमान्दारीता, सङ्घर्ष र दुखलाई सहजै टेक्नसक्ने क्षमता नै हो दुःख ।

दुई वर्ष पुग्दा नपुग्दै आमाको वात्सल्य गुमाएका घिमिरेलाई केही वर्षपछि ठूलाबाबुले ‘तैँले त जीवनमा केही गर्नै सक्दैनस्, गोठालाको छोरो गोठालै हुने भइस्’ भनेर बारम्बार भनेकै कारण उहाँमा सानैदेखि नजानिँदो इखले बास गरिरहेको थियो । कविका बाबु गौरीशंकरलाई पनि तेरो छोराले के गर्न सक्छ र ? भन्ने खालका कटु वचनले बिझाइरहेको थियो । पाँच छ वर्षको उमेरमा नै रूद्री Continue reading →

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

कथा : युद्धमा बेचिएको यौवन

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

दाई जाने हो ?

जिवनले मेरो एकोहोरो पना लाई भंग गर्दै भन्यो साँझको खाना खाएर थ्रि नट थ्रि राइफल लाई बेडको कुना तिर राखेर कलकलाउँदो श्रीमती र तोते बोल्ने छोरालाई घरमा छाडेर माओवादी युद्दको उद्गम स्थल रोल्पामा फसेको मेरो जिवनको छुटकाराको लागी अवशरहरू सोच्दै थिँए । बाहिर कतै टाढा पड्किएका बम र बन्दूकका आवाजहरू मेरो कानमा लगातार प्रतिध्वनि भैरहेको थियो ।

काँहा जाने ? उसलाई हेर्दै भने

दाई पनी काँहा रे ? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सेदोका : अकर्मण्य देश

~शान्तिनारायण श्रेष्ठ~shantinarayan-shrestha

क्यार्नु भाइ हो !
अकर्मण्य देशको
मुद्दा भाषा भेषको Continue reading →

Posted in सेदोका | Tagged , | Leave a comment

लघुकथा : आकाश

~माधवलाल कर्माचार्य~madhablal-karmacharya

आँधी, बेह्री र बादलले वातावरण खलबलिनसम्म खलबलियो ।

प्रकृति विचलित भइनन् पटक्कै जसलाई जे गर्न मन लाग्यो गर्न दिई नै रहिन् । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : होस गर

~मनु ब्राजाकी~Manu Brajaki

पानी खाँदा सर्किएला होस गर
तीर्खा फेरि फर्किएला होस गर ।

बाँचेजस्तो मर्न कहाँ सजिलो छ,
काल पनि झर्किएला होस गर । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : आफै भेट्न आऊँ कि कसो

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

वास्ता तिमीले गरिनौ खै, आफै भेट्न आऊँ कि कसो
व्यस्तता यो थाँती राखी, एउटा पाईला धाऊँ कि कसो
**
साता मात्र हुन्थ्यो कहाँ, महिनौं भईगो पर्खी आ’को
शुन्यता यो चिरीवरी, एउटा माया लाऊँ कि कसो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘वनकुसुम’ महाकाव्यमा प्रकृति प्रयोग

~प्रा.गोपीकृष्ण शर्मा~book-cover-laxmi-prasad-devkota-bankusum_mahakaba

महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६-२०१६) प्रकृतिका कवि हुन् । यिनका प्रायः कविता-काव्यहरूमा प्रकृतिको महिमा गाइएको छ । सुन्दरीजल, सन्ध्या, झञ्झाप्रति, रानीवनमा, ज्वरशमना प्रकृति आदि कविताहरू प्रकृतिकै महत्व दर्शाउने गरी प्रस्तुत भएका छन् । कुञ्जिनी, म्हेन्दु, लूनी आदि खण्डकाव्य र शाकुन्तल, वनकुसुम आदि महाकाव्यहरूमा कविले विभिन्न कोणबाट प्रकृतिको महिमागान गरेका छन् । शान्त-स्निग्ध प्रकृतिका साथै उग्र-क्रूर प्रकृतिको चित्रण पनि यिनका काव्यमा पाइन्छ । महाकवि देवकोटाले तन्मय र मन्मय दुवै खालका प्रकृतिको प्रयोग गरेका छन् । नेपाली कविता साहित्यमा लक्ष्मीप्रसाद देवकोटा शिखर पुरुष हुन् । त्यसैले उनले चराहरूजस्तै कविले बोल्नुपर्छ भन्ने कविवैशिष्ट्यको उल्लेख गरेका छन् । ‘चराको बोली पछ्याउने देवकोटा प्रकृति प्रयोगका अविजेय प्रतिभा हुन् । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गीति कविता : माया

~सोम खनाल~som-khanal

खरानी भयेरै जाउन मनका तुच्छ तिर्सना
स्वार्थ बिलायेर जओस हराउन पाप र घ्रिणा
माया फैलियेर हुर्क्योस झाङियोस छाहारी बनी
बनोस् आदर्स चौतारी त्यै स्वच्छ छाहारी मुनी ।

श्रीजना श्रोत हो माया सास्वत जीवन सार हो
प्रेरणा दीप हो माया उन्नतीको आधार हो
सुख्खा खडेरीमा माया चीसो भुल्भुले मूल हो Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : निन्द्रा

~आस्था लस्पाली सुनुवार~

मैले सुनें – उठ !
सबै उठे – जाराकजुरुक !
कोहि आधा निन्द्रामै उठे
कोहि निन्द्रा पुराएर उठे
कोहि निदाउन नपाइ उठे ।
जबरजस्ती निदाउन लगाए हामीलाई
ननिदाए –
चिसो खोरमा कोच्ने धम्की दिए
भोकभोकै बस्नुपर्ने धम्कि दिए
बिष खुवाएर मार्ने धम्की दिए
हामीलाई निन्द्रा नलाग्दा, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : शिखरलाई नाग्छु

~राजेन्द्र थापा~Rajendra Thapa

शिखरलाई नाग्छु भनि
म त टेक्छु उकालीमा
उकालीले टेकिदिन्छ
बरा मेरै छातीमा
छाती होइन भुईँ हो यो
टेक टेक सबले टेक
आफन्तैले पनि टेक
पराईले पनि टेक Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : हारिरहने उमेद्धार

~तिपाहाङ्ग फियाक~Teepahang Fiyak

केहि पानाहरु भेटिए। मैले कुनै समय कुनै मोडमा केहि लेखेको रहेछु। शुरुमा आफैले पढे। त्यसपछि एकदम घनिष्ट मीत्रलाई पढन दिए। अनि डियरनेपाललाई पठाए – तपाईले पनि पढिदिनु हुन्छ कि भनेर।

‘तिम्रो व्याग हेरुनँ।’

‘के भनेको?’ व्याग पर सार्दै उसले भनी।

मैले मूण्टो अर्कोतिर घूमाए। उसले मेरो अनुरोध शब्दमा वुझेन । ठिकै छ। ईशारा गर्दा पनि वुझेन । मलाई खूव चिढिन मन लाग्यो। सुतेकोलाई व्यूझाउँन सकिन्छ, सुत्या जस्तो गर्नेलाई….??? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : धोका दियौ तिमीले

~बुद्धवीर लामा~buddha-bir-lama

धोका दियौ तिमीले कलेजोमा घाउ लाग्यो
बिछोडको गोलीले बदनामको दाग लाग्यो

बसुँ आफ्नै घर छैन जाऊँ घुम्ने ठाउँ छैन
मरुभूमि जिन्दगीमा तिम्रो न्यानो साथ छैन
आँसु दियौ तिमीले मुटुभित्र चोट लाग्यो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : भरिया, ज्यामी, इत्यादि

~क्षेत्र प्रताप अधिकारी~Chetra Pratap Adhikari

डोकोमा गाउँ बोकेर
उकालो लागेको धनमान
ठाँटी पाटीमा कतै
एक बर्को शान्ति ओढेर
निर्धक्क
थकाइ निदाउँछु भन्छ
भरियाले चाहेको त्यत्ति हो ।

डल्ला फर्काइफर्काई घाममा
अधियाँ जोतिरहेको हर्षबहादुर
सुस्केरा रोपेर टारीमा
जीविका फलाउँछु भन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : फक्रिएन गुलाब

~सन्तोष खतिवडा~Santosh Khatiwada

गोडा फाट् सतर्क म्याथ टिचरले पिटी खेलाउनु हुन्थ्यो । १० मिनेटको पिटी खेलपछि राष्ट्रिय गान गाएर सबै जना आफ्नो आफ्नो क्लासमा छिर्ने गर्दथ्यौं । म कक्षा ८ मा पढ्थेँ अनि उनी कक्षा ७ मा पढ्थिन । हाम्रो उचाइअनुसार सानाहरू अगाडि उभिन्थे अनि ठूलाहरू पछाडि । उनी सानी थिइन् मसंगैको लाइनमा तर अगाडि हुन्थिन् । राता रिवनले दुइ वटा मसिना, सुन्दर चुल्ठा टाउकोमा बनाएकी हुन्थिन्, मलाई तीण् राता रिवनका फूलहरू लालिगुराँस जस्तै सुन्दर लाग्दथ्यो । उनका गोरा गलामा, साना साना मोतीका सेता माला, दिनको उज्यालोमा पनि चम्किएर मेरो आँखासम्म आउँथे । उनका सर्ट र स्कर्टमा क्रिजहरू असाध्यै मिलेका हुन्थे, सफा मुहारमा वचपना मात्र हुन्थ्यो, शालिन र शुशील थिइन् उनी । म उनलाई प्रेम गर्थें । म मात्र हैन मेरो कक्षा र उनको कक्षाका अरु १० जनाले उनलाई प्रेम गर्थे ।

एउटा साथीले प्रथम १० को लिष्ट निकाल्यो । आश्चर्य उसको लिष्टमा म १० औं स्थानमा मात्र थिएँ । मैले बनाएको लिष्टमा म प्रथम थिएँ तर उनको लिष्ट, उनीसंगै थियो । त्यहाँ म नहुन पनि सक्थेँ । बाल शुलभ Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

सुनुवार भाषी कविता : आँके तेलमेर

~सुर्य प्रकाश सुनुवार चेरेहामसो~

मुलाअ्त सिनाअ्त
सिरमि सेअ्दिब मुरपुकि
ताँ दोतथ योलमा मे,
सिरमि सेअ्ब मुर माबाअ्थु
अ्वाकि पूmइल सिरमि वाःशा
चोअ्ने दुमतेअ्म ने…,
तोअ्शिल नु सेरेम पूm
बोइशशा हेमतेअ्म ने…,
साइ थोचे सम आइदि खिँऽ, आइथा खिँऽ, Continue reading →

Posted in सुनुवार कविता | Tagged | Leave a comment

गीत : जिन्दगी खोला जस्तै बगिरहेछ

~यादव खरेल~yadav-kharel

जिन्दगी खोला जस्तै बगिरहेछ
अतृप्त प्यास लिई
पुग्ने कुनै ठाउँ छैन बासको आश लिई
यो चुपचाप बगिरहेछ, बगिरहेछ, बगिरहेछ ।
जिन्दगी खोला जस्तै बगिरहेछ ।

जो रातभरि बिहानीको आशमा बग्यो
बालुवाको गर्भभित्र प्यासमा बग्यो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीलाई हेर्ने

~सोहनी शाह~

तिमीलाई हेर्ने यी आँखामा धोको अँझै छ बाँकी
तिम्रो मायामा अंगालिने रहरहरू झनै छ साथी

सँगसँगै पाइला सार्ने चाहना गहिरो छ
सँगै जीवनको पाइला मेट्ने धोको झनै धेरै छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

निबन्ध : जीवन , मोड र प्रवाहहरु

~कुमारी लामा~kumari-lama

बिहानीले झिसमिसे उज्यालोको घुम्टोबाट आफ्नो सुन्दर मुहार चिह्याउदै गर्दा एउटा भर्खरै जुङ्गाको रेखी बस्दै गरेको सुकुमार ठिटो आफूभित्र सङ्गालेको विशाल  सपना जत्रै भारी साइकलमा हाली एउटा किराना पसल अगाडि टक्क अडियो । उसको साइकल पाउरोटी, पप केक र अन्य यस्तै बिस्कुटहरुको ठूलो झोलाले थिचिई त्यस पसल अगाडि ठिङ्ङ उभिएको थियो । त्यो केटॊ केही प्याकेट पाउरोटी र पपहरुले आफ्ना हातहरु भर्दै पसलतिर लाग्यो । केही क्षणमा नै कताबाट हो कुन्नी एउटा कालो रङ्को ठूलै कुकुर बेतोडले हानिएर साइकलनिर आइपुग्यो अनि आँखा झिमिक्क गर्न नपाँउदै उफ्रिएर एक प्याकेट पाउरोटी मुखमा च्यापी दौडिहाल्यो । यी सब यति छिटो भयो कि त्यस केटोले केही गर्नै भ्याएन । कुकुर निकै पर पुगी सकेपछि मात्र बल्ल त्यस केटो दौडिएर अलि परसम्म पुग्यो तर कुकुर आँखाबाट ओझेल भइसकेको थियो । केटोको पराजित आँखाहरु एकपटक साइकलतिर दौडियो अनि एकपटक फेरि Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment