कविता : फुलको कुरा

~दिलिप योन्जन~Dilip Yonjan

तिमी गर्छौ फुलको कुरा
आफ्नो खिल निस्केको छैन!

तिमी गर्छौ जुनको कुरा
आफ्नो टेक्ने धुलो छैन!

तिमी गर्छौ चौरासी बेन्जनको कुरा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : औंठीसँगै हराएको माया

~शीतल शर्मा~

“उइस यू अ भेरी ह्याप्पी बर्थडे म्याडम” !

मेरो जन्मदिनमा सबैभन्दा पहिला फेसबुकको वालमा यहि शुभकामना आएको थियो उसको । मैले धन्यवाद लेखेर रेसपोन्स गर्ने निधो गरें र लेखें । सन्दर्भ त मेरै जन्मदिनको थियो¸ असोज सात गते । त्यस दिन मेसेज त आएको थियो¸ तर दिउँसोसम्म कुर्दा पनि उसको कल आएन । कुर्न त कुरिरहेकै थिएँ उसको कलको तर बेलुकासम्म पनि कल आउदै आएन । सट्टामा “आजको जन्मदिन राम्रै भयो होला¸ कोसँग मनायौ¸ बधाई छ” भनेर मोबाइलको मेसेज बक्समा लामो मेसेजले टिङ्गटिङ्ग आवाज दियो । मलाई त्यसको जवाफ दिनुपर्छ जस्तो लागेन किनभने मैले मेरो जन्मदिन ऊ बाहेक अरुसँग मनाउने गरेको नै थिइन¸ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नयाँ इतिहासको जन्म

~आचार्य प्रभा~acharya Prabha

नयाँ इतिहास जन्म दिनेहरु हो
सारा संसारलाई चकित गरी
नयाँ जन्म लिएकाछौ ,
त्यसैले…….जन्मेको सारलाई
सार्थक गर्न तिमीहरुले
नयाँ पालुवाको श्रीजना
गर्नुपर्छ
नयाँ बिहानिको ढोका
उघार्नु पर्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : बोझ

~सुषमा मानन्धर~Shushma Manandhar

फुटबलको साह्रै क्रेजी ऊ। पहिले पहिले त उमेरमा अलि खेल्थ्यो पनि तर अब शरीर र समयले नदिएर अचेल फुटबल खेलबाट सन्यास लिइसकेको छु भन्दै आफूलाई चित्त बुझाउन थालेको छ। वर्ल्डकपको बेला उसलाई अरु के चाहियो र ? ऊ जति बेला पनि टिभी कै अगाडि आँखा तानिरहेको हुन्छ। उसको चिया,चमेना र खाना खाने काम पनि कोठा मै टिभी हेर्दाहेर्दै हुन्छ। गएको रात पनि फुटबल म्याच हेरी अनिंदो बसेको उसले सवा दशमा अफिस आई मेचमा बस्न नपाउँदै चुटकी बजाई लामो हाइ काढ्यो। रातभरि बसियो तैपनि आफूले समर्थन गरेको टीमले जित्‍न सकेन, उसलाई यसैमा थकथक छ। “थुक्क,कस्तरी खेलेका बजियाहरुले ! कम्तिमा एउटा गोल त फर्काउनु पर्थ्यो।” ऊ आफै गन्गनायो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : बुद्धको देशमा

~निर्मोही व्यास~Nirmohi Vyas

छन्द : स्रग्विणी

१
बुद्धको देशमा युद्धको जग्जगी
सिद्धको भेषमा गिद्धको बिग्बिगी
जाल बुन्दो छ झन्झन् खुनी माकुरा
निल्नलाई सधैँ शान्तिका आँकुरा

२
डुक्रँदै छन् मदोन्मत्त साँढेहरू
छन् मुसार्दै जुँघा धूर्त ढाडेहरू Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : थुनेर राखेको अक्षर

~सिमियोन रोक्का~Simiyon Rokka

उता आमाको कोठाबाट आवाज आयो, ” अंकित ! त पढ्दै त छस ? ” एक्कासी उसले आफ्नो हातबाट मोबाईल फालेर किताब लिएर बस्यो अनी भन्यो ” अह ममी ! ” आज उसलाई पढ्न मन पटक्कै छैन, हुन त आज मात्र होइन अकसर उसलाई पढ्न मन पटक्कै हुन्न, तै पनि घरमा ममीको सपना धेरै पढ्ने र ठुलो मान्छे बनाउने छ । ममी कै लागि भए पनि किताब समाउनु र पढेको जस्तो जस्तो गर्नु उसको दिनचर्या हो । आमाको सपना छोरालाई इन्जिनियर बनाउने छ, तर छोराको इक्ष्या भने पढाई तिर भन्दा पनि चंगिचंगी संसारतिर नै छ । स्कुलबाट आउने बितिक्कै घरबाट बाहिर निस्कन नपाउने नियमसंग निस्सासिसकेको अंकितको उमेरहरु अब १७ पार गर्दै छन । उसका भावना ममीले कर लगाउने किताबका पाना भन्दा बाहिरको संसारसंग लडिबुडी गर्न गैराख्छन । घरीघरी आफ्नै शरीरका Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : हावासरी डुल्दैछु म

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

बोली तिम्रो बिझ्दा आज, हावासरी डुल्दैछु म
अजम्बरी भन्ने माया, दु:खभरी भुल्दैछु म
**
बाध्यता यो लेख्नु पर्यो, यथार्थता खोज्छु भन्दा
निष्ठुरी त्यो भुल्न छायाँ, घुम्तीभरी घुल्दैछु म Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : समय

~निश्चल काउचा~Nischal Kaucha

समय आफ्नै गतिमा दौडिरहेछ
सेकेण्ड, मिनेट , घण्टा गर्दै
पात्रोका पानाहरु पल्टाउदै
दिन , महिना , वर्ष बितेको गनिरहेछु
म भ्रममा बाचिरहेछु
आफ्नै आयु घर्कीरहेको
हिसाब गर्न भुलिरहेछु

समय परिबर्तनशिल छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म आफ्नै देशसँग असन्तुष्ट कवि

~प्रमोद स्नेही~

मेरो देशसँग
म असन्तुष्ट छु ।
ज्यादै नै असन्तुष्ट
जुन देशमा म जन्मो
त्यही देशले
मलाई अराजक कवि बनायो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भूत स्वर

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
थिए सिकन्दरका जुँघा
क्या बाघका !
करमा कस्तो करवाल !
मुठी कस्ता !
लाख, लाखका !

ख.
झोक्रिरहन्थ्यो, झोक्रिरहन्थ्यो,
लहडी एक !
भाग्यो केही ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : हैसियत

~कुमार काफ्ले~kumar-kafle

फेसबुकले धेरै साथीसंगीहरूसँग भेटघाट र भलाकुसारी गरायो।धेरै राम्रा,केही नराम्रा साथीहरू थपिए मेरो जीवनमा।पहाडको एउटा दुर्गम गाउँमा सरकारी विद्यालयमा शिक्षण गर्ने म फुर्सदमा कथा,कविताहरू लेखि टोपल्थें।यसै सिलसिलामा मेरो सङ्गत साहित्यकै क्षेत्रमा क्रियाशील मित्रहरूसँग बढ्दै गयो।

एकदिन साथीहरूले राजधानीमा साहित्यिक भेटघाट कार्यक्रम गर्ने कुरा राख्नु भो।म पनि कार्यक्रममा जान उत्सुक थिएँ।कहिल्यै नदेखेका,नभेटेका साथीहरूसँग भेटिने,चिनजान बढ्ने लोभले म त्यहाँ जान लालायित थिएँ।

घरमा श्रीमतीलाई भनें,पर्सि म काठमाडौं जान्छु है! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

थारू भाषी मुक्तक : सडकमे अइठाँ

~छविलाल कोपिला~chhabilal-kopila

कबो जाति विरोधी कबो अतिजाति सडकमे अइठाँ
देखो यहाँ घेंघा फुलैटी उहे राष्ट्रघाती सडकमे अइठाँ
यी देशके शासक ओस्ते हम्रहिन भेंरी नै कहल हुइही Continue reading →

Posted in थारू मुक्तक | Tagged | Leave a comment

बिस्नु प्रवा सापकोटाका पन्ध्र मुक्तकहरु

~बिस्नु प्रवा सापकोटा~bishnu-prawa-sapkota

एउटा पर्खाल नाग्दैमा तगारो कहाँ सकिन्छ र
एउटा रात ढल्दैमा अँध्यारो कहाँ सकिन्छ र
पाहिलै पिच्छे होसियार हुनु जरुरी छ यहाँ-
एउटा भिर छिचोल्दैमा अफ्ठ्यारो कहाँ सकिन्छ र ।।

दुई किनार जोडीएपछी पुल जन्मिन्छ
खडेरिमा खडेरी बर्सेपछी मुल जन्मिन्छ
देख्यौ माया कती शक्तिसाली हुँदो रैछ- Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : हिमाली प्रेम!

~केडी रेम्नीसीङ~

दिनभरी हिँडेपछि साँझमा बल्ल पुगिन् उरुको घर, भाईबहिनीहरु सोलारको उज्यालोमा घरभित्रै खेलिरहेका देखिए । पेमाले बाहिरैबाट बोलाएँ, ‘उरु’

कोही बोलेनन् ।

दुईजना बच्चा भने ढोकामा निस्किए, पेमाले सोधे, ‘ऊरु खै त?’

उनीहरुले आमा माथिल्लो घरतिर भनेर जानकारी दिए । भित्र पसेर बस्दा नबस्दै ऊरु पनि आइपुगे । उनी भने ऊरुको घरको सजावट देखेर छक्क पर्दै थिइन्, Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : हाँसको अण्डा

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

कवि रमेशप्रसादलाई उसको आमाले भोलि शनिबार म्हेपीमा लगेर चढाउन दुईटा हाँसको अण्डा किनेर ल्याइज भनिन् । कवि रमेशप्रसादले एउटा पसलबाट नब्बे रुपैया तिरेर दुईटा हाँसको अण्डा किनेर घरमा लग्यो ।

घरमा उसकी आमाले सोधिन्,“खै देखा त तैंले कस्तो हाँसको अण्डा ल्याएको रहेछस् ?”

उसले हल्लिएको अण्डा किनेर ल्याएको रहेछ । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

यात्रा संस्मरण : आत्मीय अँगालोमा बाँधिएको  वृहत् साहित्यिक यात्रा

~राजेन्द्रप्रसाद अर्याल~

ड्यासबाट बोल्दाबोल्दै कवि मञ्जुलको गला अवरुद्ध भयो । वाक्य फुट्न सकेन अनि द्रविभूत हुनुभयो । दर्शक दिर्घातर्फ मौनता छायो । सबै स्तब्ध देखिन्थे । तीस सेकेण्ड जतिको यो दृष्य तथा अवस्थाबाट मञ्जुल सम्हालिनु भयो । एक्कासी यथावस्थामा आई आफ्ना चञ्चल भावभङ्गीमा छोटा तथा चुट्किला दुईवटा कविता सुनाएर ड्यासबाट बाहिरिनुभयो ।

प्रशङ्ग दुई दिने गोरखा साहित्यिक यात्राको हो । २०६४ असार १ मा सुरुभई २ गते सम्पन्न भएको गोरखा साहित्यिक मञ्च, काठमाडौंले आयोजना गरेको काठमाडौं–गोरखा–काठमाडौं साहित्यिक यात्रामा साहित्यकारहरु, पत्रकारहरु लगायत ४५ जना जतिको सहभागिता रहेको थियो । काठमाडौंको सोह्रखुट्टेबाट सुविधायूक्त टुरिष्ट बस र एउटा कार प्रात: ९.३५ बजे गोरखाको लागि प्रस्थान गर्‍यो । पाएक पर्ने गौंडा, चोक र बाटोहरुबाट साहित्यकारहरु थपिनेक्रम तब बन्द भयो जब थानकोट चेकपोष्टबाट वरिष्ठ साहित्यकार मोदनाथ Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

लेख : बीपीको साहित्यमा मधेस

~बिजेता चौधरी~

मिश्रित सामाजिक व्यवस्था भएको क्षेत्र मधेसमा मैथिली, भोजपुरी, थारु, अवधिलगायत भाषाभाषीको बाहुल्य छ । आफ्नै संस्कृति, संस्कार र सभ्यताले परिचित छ मधेस । फागुको रंग र विद्रोहको आक्रोश उस्तै छ । झिझिया नृत्य, दाहाको गीत र जितियाको रागसँगै पीडाको गान पनि उस्तै छ ।

मधेसका ती आफ्नोपनवाला ब्रान्डको वर्णन र चर्चा नेपाली आख्यानमा विभिन्न समयमा हुँदै आएको छ । यस्तै कथाहरूको एउटा संग्रह ‘तराई मधेसका कथाहरू’ (सम्पादक परशु प्रधान) प्रकाशित भइसकेको पनि छ ।

साहित्यकारहरू राजेन्द्र विमल, ध्रुवचन्द्र गौतम, सनत रेग्मी र नयनराज पाण्डेका मधेसकेन्द्रित उपन्यासहरूले हिट खाइरहेकै छन् । Continue reading →

Posted in लेख | Tagged | Leave a comment

कविता : घडीको कथा

~जीवन क्षेत्री~Jiwan Kshetry

पत्थरको चट्टानबीच
वसन्तको के खोजी गर्छौ
ए साथी हो ।

ढोंग नगर
पत्थरबीच फूल फुल्ने भए
शिशिर सकिएर किन वसन्त आउनुपथ्र्यो
शीत र हुस्सूबीच
मुनाहरू टुसाउने भए
पारिलो घामको प्रतिक्षा किन गर्नुपथ्र्यो
साथी हो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा मान्छे!

~दिवाकर स्वप्नील~Diwakar Swapneel

पर चोकमा यौटा मान्छे
जिङरिङ कपाल,झुस्स दाह्री र जुँगा,
सुनौला दाँतका लहर
ढुँडी परेको गोब्रे गन्ध!
मानौ ग्रामीणता खन्याए झै ऊभरि!

मलाई मन पर्यो उसको अत्तर
भनौ मन पर्यो जीवनशैली!
धेरै पाएँ परिचय उसको,
बगरल्ती फिजीएकोथ्यो खुल्ला किताबसरि
आफ्नो पहिचान आफ्नै धरातलमा! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : दुर्योधनको नियति

~निर्मोही व्यास~Nirmohi Vyas

२०५८ सालको पहिलो साताको प्रारम्भमा म पीएच.डी.को प्रवेशपरीक्षामा सफल भएको खबर पाएर भर्ना हुनका लागि काठमाडौं आएको थिएँ । विद्यावारिधिको अध्ययन गर्ने वर्षौंअघिदेखिको आफ्नो बलियो धोको पूरा हुने साइत जुरेकोमा खुसीले झुसी थिएँ । काठमाडौं टेकेको भोलिपल्ट दस बजे नै कीर्तिपुर गएर त्रि.वि मानविकी तथा सामाजिकशास्त्र सङ्कायको कार्यालयमा पुगेर आवश्यक प्रक्रिया पूरा गरी नामाङ्कन गराएँ । शोधनिर्देशक चयनका लागि आवेदनपत्र भरेर बुझाएँ । परिचयपत्र बनाएँ र समयको ठयाम्मै दुइ दशक लामो अन्तरालपछि फेरि विद्यार्थी बनेर आफ्नो पचास वर्षो उमेर स्वाट्टै पच्चीस वर्षा झरेको रोमाञ्चक अनुभूति सँगालेर मख्ख पर्दै त्यहाँबाट बाहिरिएर आफ्ना अन्य व्यावहारिक अल्झाहरूलाई सुल्झाउनतिर व्यस्त भएँ केही दिन । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

सूत्रकथा : सपना

~भूधरा उपाध्याय~bhudhara-upadhyay

– स-साना भाइबहिनी ठूल्ठूलो स्वरले कक्षामा सश्वर बाचन गर्दै थिए – ‘हम हिन्दूस्तानी हें। हमरा देशमे गौतम बुद्धने जन्म लिया हें। हमरा देश माहान हें ……।’

– म शिक्षिका लौरोले बेञ्चमा ठटाउँदै चियाएँ – ‘हाम्रो Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : हर्षको आँसु / विष्मातको आँसु

~कात्यायन~dhanwantari-mishra-katyayan

– ऊ पढ्नमा जेहेन्दार थियो | समयलाई आफ्नो पोल्टामा पार्यो | उच्च शिक्षा अध्ययनकोलागि अमेरिकाको कुनै प्रतिष्ठित विश्व-विध्यालयमा जान तारतम्य पनि मिलायो |

– सपरिवारसहित आमा पनि विमानस्थलसम्म उसलाई पुराउन जानु भयो | विदाइको अन्तिम क्षणमा हर्षको आँसु झार्नु भयो | Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

Translated Poem : O Children of Partridges, Quails and Sacrificial Buffaloes

~Bhupi Sherchan~
Translated by Yuyutsu Sharma

O unfortunate children
of partridges, quails and sacrificial buffaloes,

be it the German attack,
Burma’s turbulent borders,

the rubber forests of Malaya,
Nefa’s or Ladakh’s battlefields of fire, Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : मेरो सांसद मित्र

~विमल निभा~Bimal Niva

मेरो सांसद मित्रलाई
अचेल के भयो ?

ऊ दुवै आँखा चिम्लेर मुस्कुरायो
अहिले पनि यो देशमा केही हुनसक्छ
ताराहरु झरेर आकाश रिक्त भयो
उज्यालो हरायो Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

बाल एकाङ्की : नाम तिम्रो काम हाम्रो

~नन्दलाल आचार्य~

पात्रहरू
छात्रहरू : नवीन, नरेश र निमेष
छात्राहरू : आयुषी, आभा र प्रिन्सिपल

(शिक्षक अनुपस्थित कक्षाकोठा । अघिल्ला डेक्सबेन्चहरू भाँचिएका छन् । अटेसमटेस भएर विद्यार्थीहरू पछिल्ला डेक्सबेन्चमा बसेका छन् । कक्षामा अरू खाली डेक्सबेन्च भए पनि रित्ता छन् । त्यहाँ कोही बस्न रुचाउँदैन । फराकिलो गरी बसेमा त्यहाँ कसैले हल्लाखल्ला मच्चाउन नसक्ने ठहर उनीहरूको छ ।

कक्षामा थुप्रै विद्यार्थीहरू छन् । तीमध्ये छात्रहरूमा नवीन, नरेश र निमेष अनि छात्राहरूमा आयुषी र आभामात्र बोल्छन् । उनीहरू नै आआफ्ना समूहका लिडर हुन् । Continue reading →

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

Translated Poem : City’s Evening Lights

~Chunky Shrestha~
Translated by Yuyutsu Sharma

The evening city’s lights
were blown off, they murdered
supremacy of the ultimate truth.
Carrying their smarting snouts
soaked in blood, the wolves stalked Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

लघुकथा : आमा फेरी पनि ठगियौं हामी

~एन पी भावी~narayan-pangeni-bhawi

पाल्पाको एक महंगो होटल अगाडी दुई गाडी मान्छे आएर ओर्लिए । ठूला ठूला व्रिफकेशहरु लिएर ओर्लिएका मान्छेहरु कुनै विदेशी थिएनन् । सभ्रान्त परिवारका जस्ता देखिने उनीहरुलाई देखेर आफ्नै मुलुकको आन्तरिक पर्यटकको लख काटें ।

उनीहरु ओर्लिए लगत्तै होटल परिसर बाहिर जिल्लाका एक हुल सुरक्षाकर्मीहरु प्रहरीको गाडीबाट ओर्लिए । अब भने यी कुनै पर्यटक होइनन् सरकारी निकायका कुनै उच्च पदाधिकारी हुन् भन्ने अड्कल लगाए । सरकारी ओहदाको को हुन् भन्ने बुझ्ने प्रयत्न गर्दा उनीहरु त नयाँ संविधान बनाउनका लागि गाउँ आएका सभासदहरु पो रहेछन् । बुझें गाउँ आएका सभासद्हरु केही समय होटलमा आराम गरी जनमत लिन गाउँ जाने होलान् । निकै थकित जस्ता देखिने उनीलाई देख्दा गाउँमा विहान देखि बेलुका सम्म टन्टलापुर घाममा Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

स्वदेश गान : पहाड झुक्नुपर्छ आँधी रोक्नुपर्छ

~दिनेश अधिकारी~Dinesh Adhikari

पहाड झुक्नुपर्छ आँधी रोक्नुपर्छ
हामी युवा जुटेपछि काँडा फुल्नुपर्छ

पहराको शक्ति खेल्छ हाम्रो नसा नसामा
पहराको माया हुन्छ हाम्रो चौडा छातीमा Continue reading →

Posted in नेपाली गीत | Tagged , | Leave a comment

कविता : अनि …….

~राम श्रेष्ठ~

गुनासोमा होइन यो जिन्दगी,
बाँचेकोछु गर्वमा अनि साहसमा,
अँधेरो र कम्जोरीमा त पक्कै होइन,
झन चम्किलो अनि सक्षमताको आसमा,

अँधेरोमा पनि त मानिस बाँचेकै हुन्छ,
पिडामा पनि अनि कती जलनमा पनि,
नशामा लर्बरिदा पनि त बाँचेकै हुन्छ,
अनि हारमा पनि र पस्चातापमा पनि, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : जङ्गल जीवित छ

~मनोज न्यौपाने~manoj-neupane

मान्छेभित्र अझै जङ्गल जीवित छ
र त पाइलैपिच्छे ऊ विभाजित छ ।

दुनियाँ बदलियो भन्नु मात्र हो
पुरानै दुःखले जो कोही आजित छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

अनूदित कविता : प्रेम गितिका (१७)

~पाब्लो नेरूदा~Pablo Neruda
अनुवादः डा. दीपक खड्का

तिमीसंग बसेको मेरो माया
परिचित
गुलाफको रंग र मणिको चमकमा
बसेको माया जस्तो
छैन ।

यो त कुनै
अपरिचित र खतरनाक कुरासंग बसेको Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : केइ-हैना !

~पूर्ण ओली~Purna Oli

“ए.. ए.. ए.. यसमा नचड् । यो बस कइँ जाँदैन भन्या, काँ जान्चस् ? “

“कइँ पनि हैन ।”

“स्साला ! यो तेरा बाउको सम्पत्ति हो ? उस्सै कोच्चिन खोज्छ । खुरुक्क निक्लीजा बाइर ।”

म एउटा नगरबसको बायाँपट्टिको अगाडिबाट प्रथम सिटमा बसेर यो तमासा हेरिरहेको छु । गोँगबू नयाँबसपार्कबाट चक्रपथ परिक्रमाको लागि बिहान १० बजे छुट्ने यो नगरबसको लागि म नै पहिलो यात्री हुँ ।

“ए दाइ, तपाईँ पछाडिको सिटमा जानुस् त । के लेखेको छ यता पढ्नु भएन ?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment