गजल : बल्यो र रोयो

~सुनील पुरी~

मैनबत्ती बल्यो र रोयो
मनको घर जल्यो र रोयो ।

घामले छेक्यो यो धर्तीलाई
यो जिन्दगी गल्यो र रोयो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : अन्यायी न्यायाधीशहरु

~गौतम ‘उदय’~Gautam 'Uday'

“धरमपुरको बालधरलाई मझुवा गाउँमा बाँधेर राखेको छ रे !” आश्चर्यको तर हँसिलो मुद्रामा भन्यो अमरले उमेशलाई । अमरलाई पनि थाहा थिएन खास कारण । उसलाई पनि राप्ती नदीपारिको राष्ट्रिय निकुन्जबाट दाउरा खोजेर मझुवा गाउँको बाटोहुँदै आउँदा त्यहाँ थुप्रै मान्छे जम्मा भएका र बालधरलाई चौतारे जेठाको घरभित्र बाँधेर राखेको कुरा एक चिनेकी महिलाले भनेकी थिइन | ती महिलालाई कारण थाहा भएको थियो तर उनी गाउँले परिबेशमा हुर्केकी र घटनाको प्रकृतिले गर्दा खुलस्त पार्न असजिलो भएर त्यसो भनेकी थिइन् | कारण नबताई अमरलाई नै “बरु जानुस् न, खास के भएको रहेछ बुझेर हामीलाई पनि भन्नुस्“ भन्दै आफ्नो घरतर्फ लागेकी थिइन उनी | Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : दशगजावारि

~आर.एम्. डंगोल~

एकजना जँड्याहाले मेरो हातबाट
मेरो कविताको एउटा शिर्षक खोस्यो
र, ठूलो स्वरले पढ्यो-
दसगजावारि …
र, थप्यो एक हरफ-
‘कालापानीपारि’

म झस्किएँ
मेरो अधुरो कविताको शिर्षक Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : स्मृति

~सीता अर्याल~

जुनेली रात, बन्द झ्यालको कन्चन शिसाबाट बाहिर नियाली रहेकी हुन्छु । निद्रा पटक्कै छैन । बाह्र बज्ने तरखरमा छ । विस्कन्सन डेल्सको एउटा रिशोर्ट– चुलाभिष्टा । नयाँ ठाउँ नयाँ अनुभव, मनभित्र सोचाईका भङ्गालाहरु पनि अनगिन्ती उर्लिरहेछन् ।

आआफ्ना आबस्यकता अनुसारका क्षमता भएका सुइट केही दिनका लागि रेन्टमा लिएर बस्न सकिँदोरहेछ । बिदा मनाउँनका लागि परिवार सहित होटलमा गै बस्दा पारिवारिक वातावरण नहुने मात्र नभै महङ्गो समेत हुँने हुँदा अत्यधिक मानिसहरुले खासगरी यस किसिमको वसाई मन पराउँदा रहेछन् । यही क्रममा हामी पनि एउटा सुविधा सम्पन्न सुइटमा रह्यौँ । त्यहाँको मुख्य विशेषताहरु मध्ये ईन्डोर वाटर पार्क एक हो । यो संसारका ठुला वाटर पार्कहरु मध्येमा नै पर्दो रहेछ । हिउँ पर्ने मौसम भएकोले आउट डोर वाटर पार्क भने सन्चालनमा Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : तर त्यहाँ जून छैन

~पदम गौतम~

आकाश त स्वच्छ नै छ तर त्यहाँ जून छैन
यस्तो लाग्छ आजभोली देशमा कानुन छैन

शहर नै पूरै आज लासैलास भए पनि
अझै यहाँ भनिदैछ हत्या अनि खुन छैन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

Translated Poem : Incarnation of Hunger

~Hari Adhikari~
Translated by Yuyutsu Sharma

Dust-colored, fragile-limbed,
and of medium height,

these wandering women
are my weakness

and my lost pride too.

Bare to the bone,
foul-smelling and famished, Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : अन्यौल मन

~प्रतिमा श्रेष्ठ~

चारैतिर अन्धकार छाएको छ
कसको आकृति कस्तो छ
ठम्याउन गाह्रो भो, त्यसैले
मन सशङ्कित छ
मन भयभीत छ,
कसलाई आफ्नो ठान्ने ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : गुगल सर्च गर्दै

~नवीन विभास~

बारी पनि बाझा छन् । बाझा छन्, आलु लाउने खोर्रे पनि ।

मनबारीका के कुरा ।

गाउँमा अचेल यस्ता समाचारचाहिं सुनिन्छ:

फलानो हिजो मात्र अरबबाट आइपुगे गाउँमा वा आइपुगे बाकसमा । सुनिन्छ, फलानोको अरब उड्ने पखेटा पलाएछ । फलानो तीन बर्ष बढाएर नागरिकता बनाउन गए, अरब उड्नलाई । लडाइँमा मारिएका फलानोका पत्नी फलानीले आत्महत्या गरिन् । फलानो सहिदका बाआमाले माखा हाँक्छन् । यस्तो खासखुस पनि चल्छः फलानो अरबेको जोइको चक्कर फलानो ब्यारेक वा पुलिसचौकीको लाहुरे (सेना वा पुलिस) सित वा फलानो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोबिश्लेषणात्मक कथा : उ र मेरो दोष !!

~राजिव घिमिरे~

‘भाउजु, Company चाहिन्छ भने भनौं है ।‘

यो सुन्ने बित्तिकै मेरो होस ठेगानमा रहेन । रिसले कान राता भए । उठेर एक चड्कन लगाउन पनि सकिन । उ अझै म तिर हेर्दै थियो । कसरि सकेको होला भन्न । मेरो रिस बढ्दै गयो । मैले उसको त्यो कुटिल हेराई सहन सकिन । सोफा बाट जुरुक्क उठें ।

‘तपाईं आफ्नो बाटो जानुस’ यति मात्र भन्न सके ।

मेरा आँखि भौं माथि उठेका थिए । नाक का पोरा ठुला भएर, आफ्नै सास को तातो अनुभव भईरहेको थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कविता : आयातित र प्रायोजित सपनाहरु

~निश्चल काउचा~Nischal Kaucha

अचेल मान्छेहरू भन्छन
मान्छेका सपनाहरू पुरापुर आयातित र प्रायोजित छन्
कसैले भन्छन
दक्षिणी बायुबाट आयातित र प्रायोजित छ
कसैले भन्छन्
उत्तरी बायुबाट आयातित र प्रायोजित छ
कसैले भन्छन्
पश्चिमी बायुबाट आयातित र प्रायोजित छ

मान्छेहरू सपनाका पहाड उक्लिदा गुल्टिए पछि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छविलाल कोपिलाका पन्ध्र मुक्तकहरु

~छविलाल कोपिला~chhabilal-kopila

बचपनका ती सबै प्रहर विरानो लाग्दैछ ।
उसैगरि बसेको त्यो घर विरानो लाग्दैछ ।
के गर्नू ? समयले सबै भत्काएपछि यहाँ,
कैयौं पिपलहरुलाई वर विरानो लाग्दैछ ।

सोच्दैछु भोलि बिहान हुन्छ या हुँदैन ।
यसैगरी यौटै शिरान हुन्छ या हुँदेन ।
विचरा ! त्यो झुपरी, संधै गाली पाउँछ
यसको आज निदान हुन्छ या हुँदैन ।

उडाएछन् कति काला धनहरु । Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : के दसैँ ? के तिहार ?

~निर्मोही व्यास~Nirmohi Vyas

खोक्रो नाता हुनु–नहुनुको हुन्छ औचित्य के र ?
‘बोक्रे मायाँ’ पछि कुदिरहे जिन्दगी जान्छ खेर
आफन्तीका मधु–मिलनमा खुल्दछन् चाडबाड
आफन्ती नै रिपु** बनिगए के दसैँ ? के तिहार ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देशमा शान्ति

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

आज मेरो मन
किन हो कुन्नि
देशको चिन्ताले
दुखिरहेछ
प्रत्येक दिन बिहान
शान्तिका प्रतिक परेवा
मेरो घरको कौसीमा
उडेर आइरहन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पत्रकार नभएको भए म

~त्रिभुवनचन्द्र वाग्ले~

पत्रकार नभएको भए सायद
म साहित्यकार हुन्थें कि
साहित्यकार हुन नसकेको भए
म सायद शिक्षक हुने थिएँ कि
अथवा शिक्षक हुन नसकेको भए
राजनीतिमा जम्ने थिएँ कि म
सांसद वा मन्त्री पो बन्ने थिएँ कि,
पत्रकार नभएको भए सायद
यतिखेर म सूचना विभागको कार्ड झुण्ड्याएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : तीन साँढेहरु र स्याल

~उमाशङ्कर द्विवेदी~

कुनै वनमा तीनवटा साँढेबीच एक आपसमा मित्रता थियो । तीनै साँढेहरू एक अर्कासित कहिल्यै पनि छुट्टिदैनथे । वनका कलिला घाँसपात तथा स्याउला मिलीजुली चर्थे, खान्थे । स्वच्छन्द घुमाइ र प्रशस्त खवाइका कारण तङ्ग्रिएर ती साँढे बेला–कुबेला कराएर वनका अन्य प्राणीहरूलाई तर्साउँदथे । मोटा घाटा तथा हृष्टपुष्ट ती तीन साँढेहरू फुर्सत्को क्षण पोखरीमा पानी खाई ढिस्को थुम्काहरूमा सिङले हानेर वा एक आपसमा सि·ौरी खेलेर समय बिताउँदथे । अन्य वन्य प्राणी उनीहरू सि·ौरी खेल्दा वा ढिस्को थुम्कामा सिङले हानेको देखेर तर्सिएर भाग्दथे । उनीह Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : जीवनबोधका कविताहरू

~प्रमोद स्नेही~

नेपाली साहित्यमा कविता विधा अत्यन्तै लोकप्रिय भइकन पनि बिक्रीको हिसाबले कविताका पुस्तकहरू कम मात्रामा बिक्री हुन्छ भन्ने यथार्थ आज पनि हामीमाझ कटुसत्य भएर बाँचिहेको छ । यही यात्रामा भज्याङमा उभिएर कवितासङ्ग्रह बोकेर उदाएका छन् कवि अच्युत घिमिरे । कविता साधनामा प्रतिवद्ध कवि अच्युत घिमिरेको भज्याङमा उभिएर कविता सङ्ग्रहभित्र वर्तमान समयको सिङ्गो प्रतिविम्ब उपस्थित भएको पाइन्छ । कवि स्वयम् युवा भएको हुँदा कवितामा कतै प्रेम, कतै विद्रोह र मानवीय स्वभावहरू सूक्ष्मरूपमा चित्रण भएको कवितामा भेटिन्छ । यसै कृतिभित्रबाट उनको कविताको एक अंश ः Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गीत : आमा को मन

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

आशिसको टिको थापेर भन्थेऊ परदेशमै कमाउने
धेरै दिन बित्यो कहाँ पुगेऊ बरा खबरै नआउने

भुल्दिन भन्थेउ जहाँ गएपनी आमाको माया यो
लेकको कुहिरो बेशीको घाम बर,पिपल छाया यो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : आमा

~अभिमन्यु निरवी~Abhimanyu Nirabi

चिसो एक साँझ । रेस्टुरेन्टको भित्ताहरूमा कोरिएको अब्स्ट्रयाक्ट चित्रकलामा एक नजर फ्याँक्यो सुनयले । पृष्ठभूमिमा बजिरहेको प्रेमिल धुनको सुरमा टाउको दायाँबायाँ हल्लायो र सामु बसेकी प्रेमिकाको आँखामा हेर्‍यो । चोरायो आफूलाई । डुब्यो भित्र कतै । त्यही पल मोबाइल बज्यो ।

सुनय झस्क्यो । प्रेमिका पनि झस्की ।

‘कसको ?’ प्रेमिका आवेगमा आई ।

‘आमाको,’ सुनयले मोबाइलको डिस्प्ले हेर्दै भन्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वृद्धा आमा र अनुत्तरित प्रश्न

~भूमीश्वर पौडेल~

बिहान ५ बजे
जेठ महिना

पशुपतिनाथ मन्दिरको दक्षिण गेटअघि उभिएको छु । पछिल्तिरबाट ओम् नमः शिवायको मन्त्र गुञ्जिएको छ । मानिसहरू त्यही मन्त्रको धुनमा आफ्ना पदचाप मिलाउँदै छन् ।

कतै खुट्टाहरूको दौड त भइरहेछैन पशुपतिमा ? मान्छेहरू जीवनलाई नै दौड सम्झिरहेजस्ता देखिन्छन् ।
बिहानको चिसोचिसो हावाले ज्यानमा स्फुर्ति दिलायो । मन चंगा भयो ।

त्यहि चंगा मन माग्दै गरेकी एक वृद्धा आमातर्फ मोडियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : अमेरिकामा आमा

~खिमानन्द पोखरेल~book-cover-bharati-gautam-americama-aama-upanyas

अमेरिकामा आमा भारती गौतमको संस्मरणात्मक उपन्यास हो । यहाँ भारती गौतमले नेपाल छोड्दाखेरीको पिडा र अमेरिकामा पुगीसके पछि छोरा छोरीलाई पढाउँदा आफूले गर्नु परेको मिहेनतका बारेमा चर्चा परिचर्चा गरिएको देखिन्छ । बाबु आमाको लागि छोरा छोरीभन्दा ठूलो विषय केही हुदैन भन्ने कुरा यस पुस्तकको औपन्यासिक परिवेशले नै झल्काउँछ । छोरा छोरीहरुको लागि जसरी आमा अमूल्य प्यारो वस्तु लाग्छ त्यस्तै आमाको लागि आफ्ना छोरा छोरीहरु आँखाको नानी भएर हृदयमा बस्न सफल भएका हुन्छन् । यहाँ यतिखेर भारती गौतम अमेरिका बसेर छोरा छोरीलाई कलेज पठाउँदा सामान गाडिमा बोकेर उनिहरुलाई आफूले विदाई गर्नु पर्दाका कुराहरु उल्लेख गरिएको छ भने उनिहरुलाई होष्टलमा छोडेर फर्कदा घर नै रित्तो भएको महसुस यतिखेर आमा भारतीले गरिरहेको बुझिन्छ । यस्तै भारती गौतमको अतितको ऐनामा विभिन्न दृश्यहरु देखा परेका छन् । घरमा कामकाज गर्ने पट्टी सबैको ध्यान गएता पनि पढ्नु पर्छ भन्ने भावनाले भारती गौतमलाई घच्घच्याईरहेको देखिन्छ । हजुर आमा दमको विरामी बाबु पेटको विरामी हुँदा हृँदै पनि भारती गौतमले आफूले Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : होइन म आमा कसैकी!

~प्रणिका कोयु~pranika-koyu

कसले भन्यो म मान्छे हुँ ?
तिमीले भन्यौ म छोरी हुँ – अर्काको घर जाने
हुन्छ भनें घरधन्दा सिकें
गाईवस्तुलाई झैं गोठ सारिदियौ
म गएँ लुरूक्क तिलहरीको पासोमा बाँधिएर

उसले भन्यो तँ स्वास्नी होस् – मैले तेरो जिम्मा लिए
हो त भनें र छायाँ बनें नतमस्तक
सम्हाल्दै उसलाई सशरीर हराएँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : मेरो पाङ्ग्रेलाई कस्तो छ आमा ?

~रमेश विकल~Ramesh Bikal

आलोकले एक दिन स्कुलबाट घर आउँदा एउटा सानो छाउरो लिएर आयो । उसको मनमा धुकचुक थियो । भुस्याहा छाउरो बोकेर आयो भनेर आमाबाले केही भन्नुहुने पो हो कि ! गाली पो गर्नुहुने हो कि ? तर आमाबाले त्यस्तो केही गर्नु भएन । बरु बाले खुसी हुँदै भन्नुभयो ‘अहो ! कति राम्रो छाउरो रहेछ, कहाँबाट ल्याएको ।’

‘स्कुलबाट बाबा !’, आलोकले भन्यो, ‘त्यहाँ स्कुलमा नि साथीहरू यसलाई दुःख दिइरहेका थिए । लट्ठीले पिटिरहेका थिए, घोचिरहेका थिए । त्यसैले मैले पैसा तिरेर ल्याएको । उनीहरू बदमास छन् । जसलाई पनि दुःख दिन्छन् । त्यसो गर्न हुँदैन हगि बाबा ?’, आलोकले बाबासँग जिज्ञासा राख्यो ।

‘हो त्यसो गर्नु हुँदैन’, बाले भन्नुभयो, ‘बरु त्यस्ता दुःख पाएका निर्धाहरूलाई माया गर्नुपर्छ, दया गर्नुपर्छ । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : तरकारी पकाइरहेकी मेरी आमा

~बिमल गुरुङ~bimal-gurung

च्वाईं … च्वाईं …
आमा तपाई तरकारी पकाइरहनु भएको छ
यता मेरो मन दुखिरहेछ
तपाईलाई सताउन मन लाग्छ
तपाई रिसाएको हेर्न आनन्द लाग्छ
तपाई भन्नु हुन्छ
म तपाईंसंग कहिल्यै तपाइलाई सन्तोष दिने कुर गर्दिन
ज्ञानी कुराहरु गर्दिन
तर, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : आमालाई चिठी

~भुवनहरि सिग्देल~bhuwanhari-sigdel

छन्द : रुपामाली

(१)
आमा ! बाँच्ने खोजी गर्दैमा
चिन्ता बढ्थ्यो बामे सर्दैमा
भोकै पर्दा उठ्ने ज्वालाले
रोपेजस्तो हुन्थ्यो भालाले

(२)
देखा पथ्र्यो आफ्नै दोबाटो
खोस्री भन्थ्यौ पाटो त्यै माटो
घैया छर्र्थेँ तिम्रो साथैमा
गुन्द्र्री ओढी सुत्थेँ रातैमा Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : धिक्कार्दी हुन मेरी आमा

~भुपेन्द्र महत~Bhupendra Mahat_1

स्वयम्भूको आँखाले नदेखेर हो कि
तुवाँलोले छेकिएर हो कि
आफ्नै ईतिहासको पाना मेटिए पछी
आफै बुनेको सपना फुटे पछी
जथाभाबी चर्किएका आशाहरु
एकचोटी आँखले छुन खोज्दी हुन मेरी आमा
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा दुर्बिन भित्र

~योगेश ढकाल~

एक ब्रिध आमा
साथमा कालो दुर्बिन
न्याय र अन्याय छुट्ट्यौने
बिबेक शिल स्योम्भु का दुइ आँखाको
सम्भवत अर्को पर्यायवाची
कालो दुर्बिन भित्र
ब्रिध आमको दुई आँखा ।।।।

शायद उनी जन आन्दोलन भाग-२ लाई आत्मसाथ गर्दै होलिन
सामाखुशी एक उर्बर भुमि
मन को आँखा ले कैद गर्दै हुन त्यो जन उभार Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा,सपना र नानीहरु

~आस्था के.सी.~Aastha KC

सखारै एकाबिहानै
एकहुल चराहरु चिरबिर चिरबिर गर्दै आए
हाम्रै आँगनको डिलसम्म
र ब्युँझाए तिनले
मस्त निदाईरहेका स साना नानीहरुलाई ।

नानीहरु सुतिरहेथे
र सुति सुति सपना देख्दैथिए । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : चिन्ता छ आमालाई

~बिस्नु प्रवा सापकोटा~bishnu-prawa-sapkota

छोरो कुलतमा फस्छ कि, चिन्ता छ आमालाई
हिडदा भिरबाट खस्छ कि, चिन्ता छ आमालाई

काखी च्यापी बैगुनिलाई, हसाउदै बैरि सारा
आफ्नै मान्छेलाई डस्छ कि, चिन्ता छ आमालाई Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : आमा तिमी समुन्द्र हौ

~आचार्य प्रभा~acharya Prabha

आमा —
तिमी समुन्द्र हौ
त्यसैले त —,
शान्त लहर भै बगिरहेछौ
सुस्त —सुस्त,
न त कहिल्यै थकानको महसुश गर्यौ
न,त उर्लिदो भेल बनेर तिमीले
साराको सपना बगायौ ,
बरु —आफु निश्चिन्त बनेर
किनारालाई साथ दिइ बगिरह्यौ / Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आउँछु आमा म आउँछु

~रामचन्द्र कार्की~Ram Chadra Karki

आउँछु आमा म आउँछु,
आफ्नै खेतबारी
अनि बनपाखामा धाउँछु ।
यहाँ त, बाँच्न नै रुनु परेको छ,
आँशुले मुहार धुनु परेको छ ।
प्रजातन्त्र आयो भन्छन्,
गणतन्त्र आयो भन्छन्,
राजा प्रजा भए भन्छन्।
तर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : एक प्रेम कथा मेरो पनि

~सुशीलराज रेग्मी~

श्रीगणेश, हिन्दू धर्मअनुसार कुनै चिज सुरू गर्नु भन्दा अगाडि प्रयोग हुने शब्द, अनि ‘श्री’ सुरूवात को पनि सुरूवात । म उसको पहिलो प्रेम, यानि प्रेमको सुरूवात, उसको जीवनमा आएको खुसीको क्रम यानि खुसीको सुरूवात । हाम्रो सम्बन्धले उसमा छाएको सफलता यानि सफलताको सुरूवात । मुख्य कुरा हाम्रो प्रेमपछि उसले जीन्दगीलाई हृदयदेखि नै धन्यवाद भनेको थियो, लाग्थ्यो प्रेमपछि नै उसले जीवन पाएको छ वा भनौँ जीवनको सुरूवात । म उसका लागि एक सुरूवात थिएँ । सट्टामा उसले मेरो नाउँ नै ‘श्री’ राखिदियो ।

‘श्री’ मलाई राजले राखिदिएको नाउँ । अनि राज मलाई माया गर्ने मान्छे । भन्नुहोला अनि तिमीले माया गर्ने मान्छे चाहीँ को नी ? त्यो पनि राज नै हो । हाम्रो प्रेम एकतर्फी थिएन । म पनि राजलाई उत्तिकै Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली लघु-उपन्यास : बारवालीको डायरी

~सुशीलराज रेग्मी~

साँझको लज्जा अधेँरी, कतै धिप–धिप त कतै झकमक्क बलेको काठमाडौं । चारतले घरको सेपिलो कोठा, बेरोजगारीमा पिल्सिएको म अनि प्रेममा रुमलिएको मेरो रुम पार्टनर । गाउँबाट ल्याएको भटमास र आलुको तरकारीसँग मोबाईलको उज्यालोमा बेलुकाको छाक टारेपछि जुठो भाँडो बाटामा खाँदेर हामी आफ्नै तुनेलोमा निस्कने तयारीमा छौँ । उसो त ऊ अक्सर खाना सकिनुसँगै मोबाईलमा खासखुस सुरु गरिहाल्थ्यो आज सायद रिचार्ज सकिएछ क्यार मसँगै बाहिर निस्कियो । ऊ त्यही नजिकैको पसल तिर सोझियो म चाहिँ केही बेर सितल-पैदल गरेर फर्कने सोचले अघि बढेँ ।

महाबौद्धको साँघुरा गल्लीहरुमा घरी बोनस र कमिशन सम्झँदै मुस्कुराउँदै हिडेका कर्मचारी त घरी नाम्लाले थिचिएको टोपीले पसिना पुछ्दै हिँडेका भरियाहरुसँग ठोक्किँदै चुरोटको तल्तल मेटाउन निस्केको म भिड छिचोल्दै ठमेल तिर सोझिँदै थिए । उसो त ठमेलका डिस्को Continue reading →

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment