गजल : गाउँ भुलेपछि

~रवि प्राञ्जल~Ravi Pranjal

उजाड हुन्छ बनै प्रिये ! गाउँ भुलेपछि
उदास हुन्छ मनै प्रिये ! गाउँ भुलेपछि ।

देखावटी हाँसो हाँस्छ सधैँ भरि शहर
पिरले सुक्छ तनै प्रिये ! गाउँ भुलेपछि। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : उत्सर्गभित्रको कथा

~उज्ज्वल जी.सी.~ujjwol-gc

जिन्दावाद र मुर्दावादका नाराहरु बढ्दै थिए – जुलुसमा । सुरजित देशको लागि आपूm र आफ्नी आमाको विवशताहरु बिर्सदै जोशको शिखरमा पुगि चर्को स्वरमा नाराहरु दिँदै थियो ।

जुलुसको विकराल स्वरुपमा तर्सदै लाठीहरु उठे । शाहसी ढुंगाहरुका क्रमिक प्रहारले लाठीहरु पराजित हुदै जमिनमा लम्पसार परे । पराक्रमी भनाउँदा बन्दुकहरु उठे – जुलुसलाई तितरवितर पार्न । आकाशमा गोली चल्यो । धैर्यको ढाल बोकेको जुलुस हच्किएन । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लेख : सफल शीर्षक कसरी राख्ने : केही सूत्र

~मोहनराज शर्मा~mohanraj-sharma

कुनै कृतिको नामलाई शीर्षक भनिन्छ । प्रत्येक कृतिका माथ वा शीर्षमा रहने यो अङ्ग ज्यादै महत्त्वपूर्ण हुन्छ । शीर्षकलाई आधा रचना नै मानिने हुँदा लेखकले शीर्षकद्वारा आफ्ना कृतिको नामकरण खुबै सोचविचारका साथ गर्नु पर्छ ।

शीर्षक आकर्षक हुनु पर्छ, तर त्यसभन्दा बढी सार्थक हुनु आवश्यक छ । शीर्षक र कृतिमा विभिन्न खालको सम्बन्ध हुन्छ र यो सम्बन्ध नै सार्थक शीर्षक राख्ने आधार बनेको हुन्छ । सम्बन्ध र आधारका दृष्टिबाट शीर्षकहरू निम्नलिखित प्रकारका हुन्छन् :

१.सामञ्जस्यमूलक शीर्षक : कृतिको विषयवस्तु, पात्रनाम, स्थाननाम आदि र शीर्षकमा मेल वा सामञ्जस्य हुन्छ, जस्तै—विषयवस्तुका सामञ्जस्यमा राखिएका ‘बसाइँ, छिमेकी, पागल, विश्वव्यथा, मुग्लान, कमरेड भाउज्यू, खलङ्गामा हमला’ आदि, पात्रनामका सामञ्जस्यमा राखिएका ‘मुनामदन, मधुमालती, भक्त भानुभक्त Continue reading →

Posted in लेख | Tagged | Leave a comment

गजल : बात लाग्छ अचेल

~रुमानी राई~rumani-rai

बोल्नै हुन्न मैले बात लाग्छ अचेल
अपजस मात्र ताँत लाग्छ अचेल ।

केही पाउन आफैलाई त्यागे पनि
यहाँ शून्यशून्य हात लाग्छ अचेल । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : मुस्कानले जन्माएका संघर्षहरु-२

~छोगेल मोक्तान~tshogel-moktan

तिमी हाँस्दा चन्द्रमा हाँस्ने गर्थ्यो
तिमी रूँदा आकाश रूने गर्थ्यो ।

तिम्रो रूप र जूनको ज्योति
हरबखत खोज्ने गर्छु ।
तिम्रो आँसु र आकाशको झरी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

मुक्तक : ताल उही छ

~चित्र लक्ष्मी~chitra-bahadur-chaudhari-laxmi

माछा फेरिए ताल उही छ
मान्छे फेरिए ताल उही छ
क्रान्तिको बातै Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

छोक : स्वार्थ

~टिका भुषण दाहाल~tika-bhushan-dahal

एउटा मान्छे आयो
उसले बारी पायो
एउटाले उसलाई मल दियो
अर्कोले पाऩी
तेस्रो आयो रोप्ने बिऊ दियो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अक्षरहरु

~सुरज राना~Suraj Rana

कागजको छातिमा राजमार्ग बनाएर
अक्षरहरुले महायात्रा गरे पछि मात्रै
कागज बाइबल बन्यो
कागज कुरान बन्यो
कागज त्रीपिटक बन्यो
कागज गीता, पुराण र महाभारत बन्यो
आज यिनै कागजहरुको थुप्रोलाई ढोगे पछि
मान्छे इसाइ बन्छ
मान्छे इस्लाम बन्छ
मान्छे बौद्द बन्छ
मान्छे हिन्दु बन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : साइबर क्याफेमा

~दिपेन घिसिङ्~deepen-ghising

आउँछे
घर झर्ने बाटो बिर्सिएर
काँचुली युनिफारमको फेर्न नभ्याई
पिठियूँ
हत्केलाभरि
छरपस्टिएका खाता-किताबमा
हतारिँदैछ पस्नलाई
साइबर क्याफे।

बस्छे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अबोध मुस्कान र युद्धका कथा

~युवा अज्ञात~

अनुहारहरुमा सधैं
युद्धकै त्रासदी देख्ने आँखाले
तिम्रो तस्बिरमा केवल निश्चलता देखे
अबोधता र कोमलता देखे
तब मैले आफ्नै बालपन सम्झिएं
कुनैदिन म पनि तिमी जस्तै थिए
मनै देखी हाँस्दथें
दिलै खोलेर मुस्काउथें
हो
मेरा मुस्कानहरुले पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : कवितामा दर्शन: अश्वमेध यज्ञका घोडाहरू

~रमण घिमिरे~book-cover-dr-dubasu-chettri-ashwamegh-yagyaka-ghodaharu-kabita

कुनै युग थियो, आफ्नो साम्राज्य विस्तार गर्न विशेष लक्षणयुक्त घोडालाई स्वतन्त्र छाडिन्थ्यो। त्यो घोडा जुनजुन देशमा जान्थ्यो, या त त्यस देशले हार स्वीकार गर्नुपर्थ्य या घोडा छोड्ने राज्यसँग युद्ध गर्न तयार हुनुपर्थ्य। एक वर्षसम्म यो क्रम जारी रहन्थ्यो र अन्त्यमा दिग्विजय प्राप्त गरेपछि ‘अश्वमेध यज्ञ’ गरी त्यही घोडालाई यज्ञमा बलि चढाइन्थो।

यस्तै अश्वमेध यज्ञका घोडाहरूलाई पात्र बनाएर कवि दुबसु क्षेत्रीले एउटा लामो काव्यसिर्जना गरेका छन्, अश्वमेध यज्ञका घोडाहरू ।

११ मुख्य शीर्षक र ८० वटा उपशीर्षकमा अश्वमेध यज्ञका घोडाहरूको संरचना तयार पारिएको छ। आरम्भमा ‘तेस्रो आँखा’ १, २, ३ र ४ अनि चौथो आँखा १, २, ३ र ४ गरी आठवटा र ‘युद्धविरुद्ध उभिएका अश्वमेध यज्ञका Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : सन्तोषको सास

~बिन्दु प्याकुरेल ‘लुना’~Bindu Pyakurel 'Luna'

लक्ष्यविहीन यात्रा झैँ लाग्ने सँधैको हतारो, सँधैको हतारो जिन्दगीबाट उसले प्राप्त गर्ने भनेको अपार्टमेन्ट हुँदै घर, त्यसपछि भौतिक सामाग्रीहरु हुनेछन्। यसको लागि प्रताप सँधै व्यस्त हुन बाध्य हुनुपर्नेछ , ऊ आफै पनि व्यस्त हुनु पर्नेछ। २-३ वर्षपछि सन्तान जन्माउने योजना छ उनीहरुको। दूधे बच्चालाई ‘ शिशु स्याहार केन्द्र’ मा राखेर आमा मान्छे काममा खट्नु परेको उसले देखेकी छ। शायद उसलाई पनि यसै गर्नुपर्ने होला। हुर्कँदै गएका सन्तान र मातापिताबीचको सम्बन्धमा कटुता आएको उसले प्रशस्तै सुनेकी, देखेकी छे। त्यो मातापिताले सन्तानलाई पर्याप्त समय दिन नसक्नुको परिणाम थियो। उसका भोलि बच्चा जन्मिएपछि प्रताप र उसले पर्याप्त मात्रामा समय दिन नसके त्यस्तै कटुता नहोला भन्न सकिँदैन। समाज उही हो, वातावरण उही हो, जीवन उही हो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उज्यालोको एकालाप

~अरुणा बैद्य~aruna-vaidya

आकाशबाट घाम बर्सिरह्यो बिहानदेखि नै
एक बाल्टिन घाम थापेर
रातका लागि जोगाऊँ भनेको घाम आफैँ
‘उज्यालो खोज्नु छ
बस्नु हुन्न राति, कर्फ्यु छ’
भनेर बाल्टिनलाई छोडेर गयो
चिसो बाल्टिन, रित्तो बाल्टिन
उज्यालो थाप्ने रहर कठै…! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : शैशवका तीन पुस्ता

~मदनमणि दीक्षित~madan-mani-dixit_large_1979bs

म जन्मिएको ८६ वर्ष पूरा हुन लाग्यो । म पछिका पनाति र पनातिनी गरी तेस्रो पुस्ता चलिरहेछ । केही दिन भयो मेरो नातिनी ज्वाइँसित कुरा हुँदै थियो । आफ्ना साढे दुई वर्षको उमेरका बम्बई छँदाका सम्झनाहरू बारे चर्चा गरेँ । ती सम्झनाहरू मेरो मस्तिष्कमा ताजै छन् तथापि आजका शिशुहरूका सम्झनासित दाँज्दा आजका शिशुहरू कति फरक र उमेरअनुसार पाका चिन्तनमा पुगेका रहेछन् भन्नेबारे हाम्रा चर्चा चल्दै रहे ।

म सात वर्षको छँदा ग्रामोफोनको सङ्गीत सुनेको थिएँ र घरकी सेविका मालतीसित यो कसरी बोल्छ भनी सोधेको थिएँ । “बाबु यसभित्र साना मान्छे लुकेका छन्, त्यही लुकेका मान्छेले गीत गाएको हो” भनेकी थिई Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

चिजु श्रेष्ठका तीन हाइकु

~चिजु श्रेष्ठ~

शहर हेर्ने
यो बुढेसकालमा
मेरो रहर ।

सारै नै राम्रो Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

बाल कथा : असल बाटो देखाउने छोरी

~अज्ञात~

एक ठाउँमा कमला नाम गरेकी एउटी पढेलेखेकी शिक्षित महिला थिइन् । उनका दर्ुइ सन्तान थिए – छोरी सुनीता र छोरा सुरेश । सुनीता दस वर्षी थिई । ऊ चार कक्षामा पढ्थी । उसको दाइ सुरेश चार कक्षामा पढ्थ्यो । उनीहरूको बुबा अर्थात् कमलाको श्रीमान एउटा सरकारी कार्यालयमा अधिकृत थिए । जाडोको लामो छुट्टी थियो । सुरेश चाहिँ काकाको छोरासँग खेल्न रमाउँथ्यो । ऊ घरमै बस्न रुचाउँदथ्यो । उनीहरू कहिले कम्प्युटर खेल्ने, कहिले टिभी हर्ेर्ने, कहिले गिटार बजाउने गर्दथे तर सुनीताको केटी साथी कोही पनि थिएन ।

एकदिन कमलाले सुरेशसित भनिन् “आज म बच्चाहरूको एउटा कार्यक्रममा जाँदैछु तिमी दाजुबहिनी घरमै मिलेर बस है ।” Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

अमर त्यागीका एघार सेदोकाहरु

~अमर त्यागी~amar-tyagi

दसैँ-तिहार
हिन्दूत्वको जुहार
हर्षानन्द अपार

शरद्मौसम
सौन्दर्य सरगम
मृदुल रमझम ! Continue reading →

Posted in सेदोका | Tagged , | Leave a comment

अनूदित कथा : विक्रमादित्य, बूढी र सराय रोहिल्ला

~हरिश नवल~
अनु. : महेन्द्र महक

हठी विक्रमादित्यले एकपटक फेरि बेतालको लाशलाई रुखबाट ओराल्यो र काँधमा बोकेर हिड्यो, सदाझैं मौन । बेतालले केही समयपछि भन्यो, ‘तँमाथि मलाई दया लाग्छ । बाटो काट्न सजिलो होस् भनेर तँलाई म आज तेरै दिल्लीमा भएको एउटा घटना सुनाउँछु । दिल्लीको एउटा चर्चित ठाउँ छ, सराय रोहिल्ला । यहाँ बशेसरनाथ आफ्नी श्रीमती र छोराछोरीसँग बस्छ । उसको आर्थिक हैसियत– लोअर मिडिल क्लासको मान्छे हो । उसका दुई दाजुहरु छन्, जो दिल्लीमा नै फरक–फरक ठाउँमा छुट्टाछुट्टै बस्दै आएका छन् । उनीहरुकी एउटी मात्र बहिनी छ, जो विवाहपछि श्रीमान्सँग हापुडमा बस्दै आएकी छ । यी चारै जनाकी आमा मेरो यस कथाकी नायिका हुन् ।’ Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

लघुकथा : सोख

~माधवप्रसाद दाहाल~

सोख पनि अचम्मको नसा रहेछ । कसैलाई कुकुर पाल्ने सोख, कसैलाई हेभी मोटरसाइकल घुइकाउने । कसैलाई गाडी (कार) किन्ने त कसैलाई धेरैभन्दा धेरै केटीसाथी बनाउने सोख । (महिला पाठकहरुले मलाई माफ गर्नुहोला– तपाईंहरुको बारेमा अर्को कुनै मौका मिले चर्चा गरौंला ।)

सहर बजारमा आजभोलि घरको गेटमा ‘कुकुरदेखि सावधान’ लेखिएको प्रशस्तै देख्न सकिन्छ । उहिले–उहिले कसैसँग रीस उठ्यो भने गाली दिन ‘तँ कुकुर’ भन्ने शब्द प्रयोग गरिन्थ्यो । कतै–कतै त्यो अद्यापी छँदैछ । तर, कुकुर शब्दको प्रयोगदेखि सावधान हुनुपर्ने बेला भइसकेको छ । कुकुर शब्दले आजभोलि गल्ली–गल्ली डुल्ने, छेऊमा पिसाब फेर्ने, विष्टा खाने भन्ने मात्र अर्थ दिदैन । यो त आजकल सभ्यताको प्रतीक हुँदैछ, त्यो पनि सहरिया जगतमा । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

देउडा गीत : कठै दैन प्रदेशी-लाई

~मान बहादुर के.शी. ‘देउडाप्रेमी’~Muskan Bahadur KC 'Deudapremi'

बाली बैश पराया देश दु:खका छन् खात
आफ्ना पन पराई हुँदा कोई हुदाईन साथ

बाह्र घण्टा खाई नखाई मजदुरी गर्नुछ Continue reading →

Posted in देउडा गीत | Tagged | Leave a comment

गजल : धेरै यो मूटु दुखेर रोए!

~हरी गौतम~Hari Gautam

धेरै यो मूटु दुखेर रोए….!!
गई एकान्तमा लुकेर रोए….!!

आफन्त पराई जस्को नि हेला,
सबै मै तीर जुटेर रोए……!! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : डिभी पुराण !

~सन्तोष चिमरिया~santosh-chimoriya

श्री गणेशाय नम:

शास्त्रमा देबहरुका पनि देब श्री महादेवका अनेकौं रुप , लिला र महिमाको बर्णन छ । शास्त्री नै नभए पनि यस्ता परमदेबको महिमागान गाउन मलाई सोमबार नै आउनु पर्छ भन्ने छैन । आज शनिबार गाए नि हुन्छ । पहिले पनि फेसबुकेश्वर महादेव र डलेरेश्वर महादेबको महिमागान र आरती गरेकै हुं । अस्ति श्रावणमा मात्रै पनि श्री लैनचोलेश्वर महादेवको महिमा कहेकै हुं । यो थितिले आजपर्यान्त श्री महादेवका महिमागान गाउनुको पुन्यफलले गर्दा यो पापी भक्तलाई फेरि पनि प्रभुको अर्को रुपको दर्शन गर्ने मौका मिलेको छ । ओहो मेरो अहोभाग्य ! आजपनी प्रभुको महिमा गाउन पाए । आज चाहिँ ,गल्ली र बाटाहरुमा , फुटपाथ र चौकहरुमा , आकासेपुल र पार्कहरुमा जतासुकैबाट प्रकट हुनु भएर दरिद्रजनका दरिद्र हर्न , भोकाका भोक र गरिबका कष्ट हर्नकै लागि यो हिमवत खण्डमा प्रकट हुनुभएका श्री डिभेश्वर महादेवको महिमागान गाउन हेतु उपस्थित भएको छु । सबै भक्तजनहरुले हात हातमा डिभी साईजको फोटो र फारम लिएर ध्यानसंग सुन्नु होला ।

कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्तेमुनी ! Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मेरो धरातल

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

तिमी
अनि तिम्रो प्रतिबीम्ब
तिम्रो उदाशिनता
म
केलाउँछु निस्फीक्री संग
तर म
खेल्दा खेल्दै हारीसकेको ।
झर्दा र्झदै फुल्न खोज्ने ।
अष्पस्ट पराजय,
र्दुबोद मनस्थिति,
अब,
एक्लै धरातलमा उभीन सक्दिन ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

साहित्यकार जी.सी. को स्वास्थ्योपचारको निम्ति सहयोग आव्हान

साहित्यकार जी.सी. को स्वास्थ्योपचारको निम्ति सहयोग आव्हान:
==========================================================

साहित्यकार उज्ज्वल जी.सी. क्यान्सर रोगबाट पिडित भै बिगत चार महिनादेखि भारतको नयाँदिल्ली स्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् | पेटको आन्द्रामा देखिएको भयावह रोग क्यान्सरको उपचारको निम्ति व्यक्तिगत खर्चबाट धौधौ परिरहेको अवस्थामा देशविदेशमा रहेका नेपाली दाजुभाइ दिदीवहिनीहरुबाट आर्थिक सहयोगको अपेक्षा गर्न वाध्य भएका छन् उनी |

एउटा साहित्यकार, जसले विगत चार दशकदेखि लेखनका माध्यमबाट नेपाली भाषा साहित्यको निरन्तर सेवा गरिरहेको छ, उसको जीवन बचाउनु भनेको पनि नेपाली भाषा-साहित्यको उत्थानमा योगदान पुर्याउनु नै हो | तेसैले, उदार हृदयका साथ हामी आफुले सकेजति आर्थिक सहयोग गरौँ, एउटा साहित्यकारको जीवन बचाउँ | यसका निम्ति देशविदेशमा रहनुहुने सबै महानुभावहरुसंग हामी हार्दिक आग्रह गर्दछौं |

निम्न लिंकमा Click गरेर सहयोग गर्न सकिनेछ | धन्यवाद !

https://www.gofundme.com/help-ujwal-gc-to-fight-cancer Continue reading →

Posted in Misc | Leave a comment

Translated Poem : I am Syria speaking

~N. B. Ghimirey~
Translated By: Denuka Rai

Where the days begin with bombs,
Night bid in bullets.
Where the sun rises – American,
Moon rises – Russian.
I am Syria speaking,
I am Syria crying.

My hands are their weapons,
My feet their vehicle.
My nose their position taking place, Continue reading →

Posted in Translated Poem | Tagged , | 3 Comments

बाल गीत : पहाडकी नानी

~महेश पौड्याल~Mahesh Paudyal

पहाडकी नानी, क्या राम्रो बानी, नहाँसी नबोल्ने
हिउँ गोरो जिउमा, चौबन्दी चोली, क्या राम्रो सुहाउने ।

सलल बग्ने कोसीको पानी आँखामा झलझली,
हिमाली हावा श्वासमा तिम्रो, गाउँदछ सुसेली । Continue reading →

Posted in बाल गीत | Tagged | Leave a comment

कथा : सिपाही र जुलुस

~डा. देवीप्रसाद सुवेदी~dr-devi-prasad-subedi

हाम्रो बटालियनको एक जत्था कुनै निर्दिष्ट ठाउँमा पुगेर सडक – सडक मार्चपास्ट गर्दै आफ्नो शिबिरतिर फर्कदैँ थियो । त्यसो त कुनै पनि सैनिकको जीवन – गति र दैनिक कार्यतालिका सबै निर्दिष्ट नै हुन्छन् । एउटा निर्दिष्ट ठाउँमा पुग, निर्दिष्ट काम पूरा गर र फेरि निर्दिष्ट ठाउँमै फर्क । यो कुरा खानपिनदेखि लिएर हरेक दैनिक कार्यक्रममा लागु हुने कुरा उस्तै मान्छेले पत्याउने छैन । यस्ता कुराहरू अरूलाई सुनाउनमा त्यस्तै सिपाहीले मात्र उत्सुकता देखाउन सक्छ जो आफ्नो मूल्यप्रति अलिकति पनि विश्वस्त छैन । तर मलाई भने अझै पनि कताकता कुत्कुती लागेर आउँछ यस्ता कुराहरूबाट । यद्यपि म सुरूमा सिपाही भर्ती हुँदाको भन्दा धेरै अभ्यस्त भइसकेको छु निर्दिष्ट कामहरू तुरून्त पूरा गर्न । सुरूमा कुनै काम तुरून्त गर्न आनाकानी गर्दा मैले धेरै पटक आफूभन्दा माथिका अफिसरहरूको लठ्ठी खाएको छु र बुटको चोट खपेको छु । एकदिन मैले मेरो अफिसरको बुटमा पालिस लगाउनु थियो तर मलाई त्यो अफिसरप्रति घृणा लागेको हुँदा मैले जानीजानी केही ढिलो गरिदिएको थिएँ । घृणा गर्नुको कारण थियो – ऊ अरू अफिसरहरूले भन्दा बढी फोहरी शब्दहरू Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : रेली खोला बगर

~कुसुम गजमेर~

रेली खोला बगर काफल पाक्यो लहर
माया आऊ न बस न लाग्यो रहर

खोलाको किनार हाराहारी माया सराबरी
बैंशमा कस्तो रोग लाग्यो हावा सरर Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जुनी जुनीलाई मेरी उनीलाई

~सुरेन्द्र राना~surendra-rana

जुनी जुनीलाई मेरी उनीलाई
अरुलाई होइन चोखो माया मेरी उनीलाई
केहि क्षणलाई होइन मेरो माया
जुनी जुनीलाई मेरी उनीलाई

जुनेली रातको शीतल पलहरु
उषाको लालीको हो गुलाबी रङ्गहरु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : नेतृत्व

~रन्जु ‘मार्ग’~ranju-acharya-marga

+’तपाई को हो ?’

-‘म नेता हुँ !’

+’कस्तो नेता ?’

-‘देशलाई नेतृत्व दिने नेता !’ Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : मन त कतै छोडिएछ

~दैवज्ञराज न्यौपाने~daibgya-raj-neupane

हेर्दा-हेर्दै दोबाटोमा अर्कै बाटो मोडिएछ
पाइला अघि सारे पनि मन त कतै छोडिएछ

छोडिएको मन छ मेरो त्यहीँ कतै राखिदिनू
पल्लाभित्र परेलीका सम्झनाले ढाकिदिनू Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लेख : नेपाली साहित्यिक पत्रिका र साहित्यिक पत्रकारिता

~रोचक घिमिरे~rochak-ghimire_large_1998bs

नेपाली पत्रकारिता बारेको चर्चामा साहित्यिक पत्रकारितालाई सामेल गरिएन भने त्यसको चर्चा अधुरो मात्र होइन निरर्थक नै ठहरिने छ । वास्तविक तथ्य के हो भने नेपालमा होस वा विदेशमा नेपाली पत्रकारिता विधाको थालनी नै साहित्यिक पत्रकारिताबाट भएको हो । वि.सं.१९५५ मा पं.नरदेव मोतीकृष्ण शर्माको सम्पादनमा पाशुपत प्रेस काठमाडौँमा मुद्रित भै निस्केको ‘सुधासागर’ साहित्यिक पत्रिका नेपालको सबभन्दा जेठो र पहिलो पत्रिका हो । त्यसो त ‘गोरखा भारत जीवन’ नामक साहित्यिक पत्रिका ‘सुधासागर’ भन्दा पहिल्यै नै वि.सं.१९४३ मा बनारसबाट निस्केको मानिन्छ । तर तत्कालीन केही पुस्तकमा त्यसको विज्ञापन देखिनु बाहेक हालसम्म त्यसको मुद्रित प्रति फेला परेको छैन । ‘सुधासागर’ र Continue reading →

Posted in लेख | Tagged | Leave a comment