कथा : टाइल्समा नाङ्गो पशु

~मनोज बोगटी~Manoj Bogati_1

‘आउ’ श्रीमती बुद्धले मलाई हातमा तानेर भित्र लगिन्‌।

एकापट्टिको भित्तै ढाक्नेगरी झुण्डाइएको बुद्धको ल्यामिनेशन अघि पुगेपछि तिनले ठूलो सास लिइन्‌।

यो कपिलबस्तु त होइन,
तर त्यस्तै उजाड ठाउँ हो।
यहॉं फूल देख्न पाइन्न।
घॉंस देख्न पाइन्न।
न जून देख्न पाइन्छ
न जून छेल्ने नेभाराको रुख।
यहॉं आकास देख्न पाइन्न।
घाम देख्न पाइन्न।
माटो देख्न पाइन्न।
…
मेरो जिउबाट आएको माटो गन्ध तिनले कसरी सुघिन्‌ मलाई थाहा छैन। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

स्रष्टा परिचय : एक ‘अराजक’ स्रष्टा दाहाल यज्ञनिधि

~पदम गौतम~

दाहाल यज्ञनिधिलाई यतिबेला एघार वर्षअघि फेरेको मिर्गौलाले फेरि दुःख दिन थालेको छ । औषधि खाइरहनु पर्ने र निकै थोकको परहेजमा रहनुपर्ने यी साहित्यप्रेमीलाई आफ्नो दुःख र पीडाको खासै मतलव छैन । हरेक मौका र सन्दर्भमा लोकतन्त्र र उच्चतम मानवीय गरिमाको रक्षाका लागि जोखिम मोलेर लडेका यी ‘जदौ बूढा’ मुलुकमा नागरिकको वास्तविक शासन व्यवस्था आए पनि एकले अर्कोलाई निषेध गर्ने परम्परा सुरू भएकोमा चिन्तित छन् । भन्छन्, ‘आजको चेतनाको बीउ महाकवि देवकोटाको के नेपाल सानो छ भन्ने निबन्धको सार हो तर हामी त्यसको ठीक उल्टोतिर गइरहेका छौं ।’ Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

Poem : Those veils

~Jiwan Kshetry~Jiwan Kshetry

Those veils,
that can hide a mountain
in an ocean of nothing.
Those veils,
that can keep the secrets,
which would otherwise explode.
That can change the black into white
Yes, those veils,
that can convert days into nights, Continue reading →

Posted in Poem | Tagged | Leave a comment

गजल : आगो बली रह्यो

~रवि प्राञ्जल~Ravi Pranjal

कतै भने पेटभित्र आगो बली रह्यो
कतै भने मात लागी मान्छे ढली रह्यो

एउटा सूर्य क्षितिजको समुद्रमा डुब्यो
अर्को सूर्य छातीभित्र अँझै जली रह्यो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : कसैले सोधे

~नरदेन रुम्बा~Norden Rumba_1

कसैले सोधे कुन हो तिम्रो गाउँ
काधमा न्यानो जहाँ घाम लाग्छ
स्वर्गको छेउ जहाँ मन लाग्छ
म भन्छु हजुर यही हो मेरो देश

कुरा नलुकाई भन्न मन लाग्छ
आँखा छ हाम्रो आँखा छ हाम्रो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

नियात्रा : चेपाङबस्ती चियाउँदै उपरदाङगढी

~वासुदेव गुरागाईं~Basudev guragain_Pindalu Pandit

१)

 ‘सर ! करसाहेबलाई त टाउको पो दुख्न थाल्यो रे । माथि जान सक्नु हुन्न जस्तो छ । र्फकने कुरा गर्दै हुनुहुन्छ । उहाँ त अझ निकै तलै पो हुनुहुन्छ त ।’ ‘स्वाँ स्वाँ’ गर्दै उकालो चुम्न आइपुगेका राजुको हतारहतारको वर्णन थियो यो ।  २०६८ असारको अन्तिम साता । नेपाली सेनाका प्रमुख सेनानी प्रमोद कार्की, साहित्यिक मित्र अनुपम ‘नवोदित’, राजु थापा मगर र म । यात्राको एउटै लक्ष्य बोकेर उकालिँदै थियौँ,- चितवनको शक्तिखोरस्थित उपरदाङगढी ।  उसो त उपरदाङगढी मैले उहिल्यै दस कक्षा पढ्दै गर्दा इतिहासका पानामा पक्कै कतै पढेको । त्यसका विषयमा त्यति विस्तृत बखान मैले यतिखेर बिर्सिरहेको थिएँ । उपरदाङगढी यतै Continue reading →

Posted in नियात्रा | Tagged , | Leave a comment

कविता : गाउँ

~कमल कुमार~kamal-kumar

मेरो गाउँ टाढा छ
मन बोक्छु डोकाभरि
सपना गाढा छ ।

बादलपारी शहर छ
उडी जाने रहर छ
म हिँड्ने बाटोमा
पहिरोको डर छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : ओराली लागेको हरिणको चाल भो

~आनन्द अधिकारी~ananda-adhikari

ओराली लागेको हरिणको चाल भो
बाँचुन्जेल सम्म पनि मरेको हाल भो
छल गर्यो मायाले

मुहार राम्रो शिरिश जस्तो जुन तारा हार खाको
त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरको वर पाको Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : किरा

~रन्जु ‘मार्ग’~ranju-acharya-marga

+’ए डल्ले, ल हिड बेसी |’

-किन र बा ?

+त्यहाँ हामीले धान रोपेका छौं |

-‘धान भनेको के हो बा ?’ आठ बर्षिय छोरा डल्लेको जिज्ञाशा बढछ |

+’सेतो चामल क्या !’बाबु झर्किदै भन्छन |

-‘सेतो चामल कस्तो हुन्छ बा ?’ Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : फूलफूलमा पातपातमा

~दिनेश अधिकारी~Dinesh Adhikari

फूलफूलमा पातपातमा पोखूँ जस्तो लाग्छ जोवन
मनभरि तनभरि शीतमाथि घाम सरी
फुल्न खोज्छ मेरो चाहना

हिजोभन्दा आज राम्रो लाग्न थाल्यो आफ्नै रुप
बात मार्न मन लाग्छ एकान्तमा आफैंसित Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लेख : द्वन्द्वको सफल चित्रण कसरी गर्ने : केही सूत्र

~मोहनराज शर्मा~mohanraj-sharma

द्वन्द्व कहाँ हुन्छ ?

द्वन्द्व कृतिको कथानकमा हुन्छ । कथानकको निर्माण घटनाहरूको विन्यासद्वारा गरिन्छ भने तिनै घटनाहरूमा द्वन्द्वको बीजारोपण गरी सङ्घर्षलाई पराकाष्ठासम्म पु-याइन्छ । घटना स्वयं होइन पात्रका माध्यमबाट घटित हुने हुँदा चरित्रमा पनि द्वन्द्व हुन्छ, तर विन्यस्त घटनाहरू अर्थात् कथानकका माध्यमबाट मात्र सङ्घर्षरत भएर उसले द्वन्द्वलाई साकार पार्छ । तसर्थ द्वन्द्वको अवस्थिति मुख्यत: कथानकमा हुन्छ ।

द्वन्द्व के हो ? Continue reading →

Posted in लेख | Tagged | Leave a comment

कविता : इन्द्रेणी

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
पग्ले सृजन–घन, हे साउन
रङ्ग–धनी
लच्की ललित रे चुली चुली
गाँसी, कलाकी
इन्द्रेणी !

ख.
वाष्पद्रवमा किरण–बुना यो
धनुष नवीन !
हान्दछ, कुसुमशर दृग–दिलमा !
झन्कार्दछ क्या
भाव नवीन ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

भोला सिवाकोटी ‘पुरानाघरे’का तेह्र हार्इकुहरू

~भोला सिवाकोटी ‘पुरानाघरे’~bhola-siwakoti-puranaghare

१
प्राचिन घाम
सभ्यता जलाउँदै
ओरालो लाग्यो ।

२
आँखाको फुलो
नउम्रिने बिउ भो
कुमारी मन । Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

कविता : कर्णालीको मलामी

~कुसुम ज्ञवाली~Kusum Gyawali

बोकेर मृत सपनाहरुको भारी
एकहुल बहिनीहरु झरीरहेछन ओरालो दक्षिणतिर
त्यो कात्रोले बेरिएको लास कसको हो ?
मलामी हिडेका बहिनीहरु को हुन ?
यसै भन्न मुस्किल छ ।

कसैले भन्छन् राज्यको लाश बोकेर दक्षिणी ओरालो झर्नेहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म के गरौं

~बिमल गुरुङ~bimal-gurung

एकाबिहानै यो के छट्पट?
के वाक्क
खुट्टा चट्टाईमा बजार्छु
थुक्छु भूईँतिर
एकाबिहानै यो के छट्पट
के गरुँ?

बानी बिगारी त्यो केटिले
संधै त्यसलाई देख्न पाए हुन्थ्यो जस्तो मात्र लाग्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रिठ्ठे

~अनिल नेम्बाङ~

उ बेलाको कुरा सम्झेर ल्याउँछु-
एक डबका पिएको घर छेउको मेलामा
रिठ्ठे पनि घाँडो भो’ समाजको- गाउँलेले कुरा काटे
अनि समाज तिर्खाउन मन लाग्यो।

अघिल्लो साल पनि एक खिल्लि धतुरो मुर्छित थिएँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : Phrases Of Selfishness

~Tiwari Jetha ‘Bipin’~

Everyone is busy in;
Picking & Plucking;
Digging & Dugging;
No-body cares;
About Any-body Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : भाग्न पाउदैनौ

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

सुन्दर फूलको थुड्गा नेपाल पत्र थुत्न लागी पर्यौ
आफ्नो स्वार्थ पुरा गर्न निर्दोष जनता सधै मार्यौ
चुँडी सयौ थरी फूलको माला आफू चैं नेता बन्यौ
गरी कुरा समानता असमानताको खाडल खन्यौ

नलेख्नु पर्ने किन लेख्यौ सम्विधान मैं ऊँच निच
चुक्यौ तिमी याँहा पनी मानवता छैन तिमी सित Continue reading →

Posted in कविता | Tagged | Leave a comment

थारू भाषी कथा : कमैया बस्तीम् भगन्वा

~कृष्णराज सर्वहारी~Krishna Raj Sarwahari

१

नेपालके मनै गरीब होके दुःख पइलाँ कहिके भगन्वा दानबीर बन्के अइलाँ । हुँकार आघे मंगुइयनके लाइन लाग गैलिन ।

– प्रभु मोर घर २ तल्ला किल बा । कम्तीमे ५ तल्ला टे बनाइ पाउँ ।

– प्रभु ५ ठो फेक्ट्री चल्टी बा, १० ठो ठपे पाउँ ।

– प्रभु नेपालमे ५ तारे होटल पर्लि बा, बिदेशमे डोसर होटल चलाई सेकुँ । Continue reading →

Posted in थारू कथा | Tagged | Leave a comment

कविता : विछोडको कहानी

~ललिता ‘दोषी’~lalita-doshi

जरुवा छ कि आँखाभित्र झर्छ सधैँ पानी
लाखौँ गरो कोसिस मैले सुकेनन् आँखाका यी नानी

फ्याँक्न खोजें जलन, पीडा तस्बिर निष्ठुरीको
जति बिर्सुं भने पनि गएन झझल्को उनको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कारागार भित्रबाट

~यल्जी विवश~l-g-biwash

म बुझ्दैछु-
किन लाग्छ ऐठन !

म बुझ्दैछु-
कसले देख्दैछ
मेरो सपना
भत्काउने सपना,
कस्ले तड्पाउँछ सपनामा
कस्ले तर्साउँछ बिपनामा !

मेरो दिमाग
कस्ले बोधो बनाइदियो
मेरो आँखा
कस्ले चिम्स्याइदियो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : तपाईं सीसी टीभीको निगरानीमा हुनुहुन्छ

~विनोदविक्रम केसी~Binod Bikram KC

फुक्काफाल हिँडिरहेछन् चोरहरू
खुलेआम घुमिरहेछन् हत्याराहरू
पुलिसचौकीकै छायामुन्तिर
निष्फिक्री चुरोट फुकिरहेछन् लुटेराहरू
निर्धक्क सिकारमा निस्किरहेछन् बलात्कारीहरू
हाकाहाकी हप्ता उठाइरहेछन् गुन्डाहरू
अलमस्त घूस खाइरहेछन् कर्मचारीहरू
र, यता
तपाईं सीसी टीभीको निगरानीमा हुनुहुन्छ Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : पानाकी मिस्सी

~रजित ओझा~Rajit Ojha

एक दाऊ होइन , दुई दाऊ होइन , सबै बाजी मारछिन
जब उत्रिन्छिन उनी खालमा सबैलाई धुलो पार्छिन
मेरी माया कस्ती राम्री राती अनी हिस्सी
जीवन भरी माल परेकी मेरी पानाकी मिस्सी

……………………………………..

मलाई थाः छ माया साथी केवल एउटा झमेला हो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बजारको रङ्गसित

~भिमा राई ‘तोलाछा’~bhima-rai-tolachha

मेरो सपनामा
मेरो विपनामा
पल-पल बितिरहेका
मेरा जीवनका अभिप्रायसित
संग्लग्न तिमी
तिम्रो सम्मोहनले छोएपछी
प्राप्तिका लिप्साले आकर्षित मस्तिष्क Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : राम्री नानी

~रञ्जुश्री पराजुली~Ranjushree Parajuli

आज नानी कता जान्छे
बुबुमाम सबै आफैं खान्छे
भोलि नानी अलि ठूली हुन्छे
पुस्तक च्यापी पढ्न जान्छे ।

हाम्रो सानी नानी धेरै ज्ञानी
झगडा नगरी पढ्न जाने Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

सूत्रकथा : भिटामिन

~देवराज आचार्य~devraj-acharya

”कहाँ जाँदै छस् ए राम भरोष ?”

”आँप बेच्न गैरहेको छु हजूर। आज बजारको दिन हो।”

मध्य तराईको एउटा भित्री गाउँ, धुलाम्मे सड़क। असारको चिलचिलाउदो घाम र लुकामारी खेल्दो बादल, त्यसकै छाता ओढी टाउकोमा एक ढाकी आँप बोकी ऊ बजार जाँदो छ । चप्पलबिहीन घामले डढेका उसका गोडा, च्यातिएको गन्जीबाट बाहिर हेर्न खोजिरहेका पिठ्यू र निधारभरी असरल्ल पसिना बोक्दै ऊ हिडिरहेको छ । गम्छाको बिडिया माथि ढाकी अडीरहदा बेला-बेलामा ऊ दुई हातले खैनी मोल्न भ्याउछ । Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

शशीकला थापाका तीन हाइकुहरु

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

१.
हिमाली चरो
चारोको खोजीमा
बालुवा माथि

२.
थाप्लोमा ऋण
अरबको जागिर Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

गीत : मन चर्किएको गीत

~कृष्ण वस्ती~Krishna Wasti_1

घाउमाथि अर्को मुठी नुन छर्किएको ।
लेख्नुपर्यो गीत मैले मन चर्किएको ।।

लास जल्यो ममताको कोख रित्तो पारी ।
विधुवाले सिन्दूर पुछी आँसुधारा झारी ।।
टुहुराको हातबाट बल्यो दागबत्ती । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

अनूदित कविता : जब तिमी शब्दहरुको गर्भधारण ग-र्यौ

~योङ्ग उइ चोइ~young-woi-choi
अनुवाद : भिष्म उप्रेती

जब तिम्रो आफ्नै किताब निकाल्ने
तीब्र इच्छाको गर्भधारण ग-र्यौ
र तिमीभित्रै
शब्दहरुले लात हानेको अनुभव ग-र्यौ
र तिम्रो साधनाको
तल्लो पेट बढेको स्पष्ट देख्छ्यौ
तिमी त्यो शिशुलाइ
तिम्रो सपनाको गर्भभन्दा पनि
ठूलो बृहत्तर संसारका लागि
जन्म दिन सक्दिनौ,
त्यो जिवित अंगलाइ
सधैँका लागि
अन्धकारमा राख्न सक्दिनौ / Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

स्रष्टा परिचय : प्रतिभाशाली व्यक्तित्व भुवन (सुव्वा) खरेल

~लता खरेल~bhuwan-subba-kharel

१. सामान्य परिचय

वि.सं. २०१५ साल कार्तिक ११ गते पिता नारायण हवज सुव्वा र माता कलावती सुव्वाका कोखवाट वर्माको मेम्यूओमा भुवन सुव्वाको जन्म भएको हो । तत्कालिन परिस्थिति र राजनैतिक अवस्थाका कारण वर्मावाट धेरै नेपालीहरु खेदिइ रहेका थिए । यसै क्रममा उनी वाल्यावस्थामा नै परिवार सँगै नेपाल प्रवेश गरिन् । भद्रपुर नगरपालिकामा अवस्थित शारदा वालिका विद्यालयमा वि.सं.२०२२ तिर भर्ना भई प्राथमिक शिक्षा अध्ययन गरेकी भुवन सुव्वाको वाल्यकाल भद्रपुर, पृथ्वीनगर वरपर तिरै वितेको देखिन्छ । वि.सं. २०३२÷३३ तिर मेची वहुमूखी क्याम्पस प्रवेश गरेकी Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

बहरबद्ध गजल : विचार र दृष्टान्त

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द : अनुष्टुप

बढी दानी बनी मात्रै भलो हुन्न समाजको
दानैबाट भयो अन्त्य महात्मा अङ्गराजको ।।

रूप शृङ्गार वा सज्जा भलो हुन्नन् सधैँभरि
लग्यो सौन्दर्यमा पग्ली सीता रावणले हरी ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : वेचैन

~हेमन यात्री~heman-yatri

जब निभिसक्छ घाम
हृदयको सन्दुकमा
साँझले बोकिल्याएका पक्षीहरू
अलाप्न थाल्छन्
भुलिसकेका भाकाहरू
मनको सङ्घार उक्लेर
सुसेल्न थाल्छन्

रातभरिको कहर
र सुसेल्छन्–
क्रमशः निद र सपनाहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment