Tag Archives: कुसुम ज्ञवाली – Kusum Gyawali

कविता : कर्णालीको मलामी

~कुसुम ज्ञवाली~ बोकेर मृत सपनाहरुको भारी एकहुल बहिनीहरु झरीरहेछन ओरालो दक्षिणतिर त्यो कात्रोले बेरिएको लास कसको हो ? मलामी हिडेका बहिनीहरु को हुन ? यसै भन्न मुस्किल छ । कसैले भन्छन् राज्यको लाश बोकेर दक्षिणी ओरालो झर्नेहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : मैनबत्ती र केटी

~कुसुम ज्ञवाली~ मेरा हरेक कुमारी सपनाहरु यसरीनै पग्लिरहन्छन् जसरी पग्लिरहेछ यो मैनबत्ती मेरा अल्पविकसित सपनाहरुमा ह्वार्रह्वार्रती आगो लागेको देखेर तपतप रोइरहेको छ यो मैनबत्ती वा निकालेर बिद्रोहको अग्नीज्वाला आफै गलिरहेछ मैनबत्ती यही निर्क्योल गर्न पढिरहेकी छु मेरा आदिम इतिहासका अन्तिम … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : समवेदनाका सन्देशहरू

~कुसुम ज्ञवाली~ हरेक विहान झिसमिसेमा त्रासदीको तुवाँलो वीच थरथर काप्दै मैले खवर कागत पल्टाउँछु र खोज्छु आफ्नै नामका समवेदना सन्देशहरू म वेदना हीनताको समवेदनाका प्रायोजित शब्दहरूवीच

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : प्रभु र प्रधानमन्त्री

~कुसुम ज्ञवाली~ सिहदरवार अगाडि एउटा पनि गाडि थिएनन् नत मान्छे नै थिए, माइतिघर मण्डलाबाट म एक्लै अगाडी जादै थिएँ, सर्वोच्च अदालतनेर साँढेमा चढेको जटाधारी अर्ध नग्न मानवाकृति देखेपछि पहिले त मलाइ त्यो शिवको मूर्ति हो भन्ने लाग्यो तर त्यो म … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मदिरा निषेध

~कुसुम ज्ञवाली~ “भोकै बस्न परेको भा बरु बसिन्थो। आज एक थोपो मुखाँ परेको भा, गाईको मासु खाने। ए काली ए गीलास भा यसो घाँटी भिजाम् त ” सन्तरामको मदिराको गहीरो तलतल बोल्यो। “क्यार्नु साइलादाई ! स्कुलको फिस तिर्न भनेर पारेको, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रभु र प्रधानमन्त्री

~कुसुम ज्ञवाली~ सिहदरवार अगाडि एउटा पनि गाडि थिएनन् नत मान्छे नै थिए, माइतिघर मण्डलाबाट म एक्लै अगाडी जादै थिएँ, सर्वोच्च अदालतनेर साँढेमा चढेको जटाधारी अर्ध नग्न मानवाकृति देखेपछि पहिले त मलाइ त्यो शिवको मूर्ति हो भन्ने लाग्यो तर त्यो म … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सुनौलो चश्मा

~कुसुम ज्ञवाली~ अत्यन्त पुरानो मानव सभ्यताको बारेमा पुरातात्विक अध्ययनार्थ उत्खनन गर्दा लालपुरमा अनैाठो शक्तिशाली चश्मा भेटिएको कुरा त्यहाँका राजाको दरवारमा मात्र पुगेन, छिमेकी राज्यमा पनि पुग्यो। त्यो चश्मा लगाउँदा जे चितायो त्यही कुरा चलचित्र जस्तै गरी देख्न सकिने कुरा पनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

एकता नगर

~कुसुम ज्ञवाली~ ढुङ्गे युगमा पशुपंक्षी, मानव सबैको आपसमा खुबै झगडा परिरहन्थ्यो, एक-अर्कोबीच मारामार परिहन्थ्यो । मान्छेको बस्ती देखेपछि जनावर डराउँथे, बाघहरुको ओडार देखिपछि मान्छे डराउँथे । एक-अर्काबीचमा सधैँ तनाव भइरहन्थ्यो । यसरी एकै जङ्गलमा तनाबीच बाँच्नुपर्दा सबैलाई दिक्क लागेको थियो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कार्यवाही सिफारिस

~कुसुम ज्ञवाली~ एउटा राष्ट्रिय दैनिकले छापेपछि सुनुवाई भयो, चौथो अंगको दवाव शक्ति वास्तवमै प्रभावशाली हुन्छ। पत्रकारले आफ्नो मतराखे। राजधानीको एउट होटेलमा बसेर भविष्यवाणी गर्ने, सबै खाले रोग निको पार्ने र सम्पूर्ण मनोवैज्ञानि समस्या वा सामाजिक समस्या ग्यारेण्टीकासाथ समाधानको नाममा ठगी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

नारी आकर्षण

~कुसुम ज्ञवाली~ “होस्टेलको कोठा हो यो फिल्महल होइन बुझिस्” होस्टेलका वार्डेन सरले भित्तामा टासिएका चलचित्रका उभिनेत्रीका तस्विरहरू तर्फ लक्षित गर्दै छ कक्षामा तेस्रोपल्ट फेल भएको झ्वाँकमा शिशिरलाइ थर्काए । भित्तामा, किताबमा, कापिका हरेक ठाउँमा उहि नायिकाको फोटो । शिशिरको डायरीमा, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

अर्को अवतार

~कुसुम ज्ञवाली~ धुपको धुवाँले रंगमगिने थुम्को विस्फोटनको धुवाँले ग्रस्त बनेको छ। युद्धको विभिषिका भित्र पिपलडाँडा व्यारेक आज अन्तिम युद्ध लडिरहेको छ। वादल लागेको थिएन तैपनि सपोर्ट फोर्स लिएर आएको हेलिकप्टर बस्न सकेन डाडाँमा। सुरक्षाकर्मीसँग गोलि सकिएको आभाष पाउनासाथ “लङ रेञ्ज” … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

अमूर्त यौन

~कुसुम ज्ञवाली~ “यो त अति भयो, कहिले जिब्रो पड्काउँदै पिछा गर्ने, कहिलै भित्तामा चाहिने लेखेर टाँस्ने अब त हुँदाहुँदा यस्तो सम्म पनि गर्न लाज नमान्ने। यस्ता कुरा सहेर एक बसिँदैन, दुई बसिँदैन, तीन बसिदैँन कन्या क्याम्पसकी युवा नेतृ लिपिष्टिक माथि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कार्यकर्ता

~कुसुम ज्ञवाली~ चारैतिर मध्यरातको अन्धकार व्याप्त थियो। अन्धकारमा अलमलिएको मान्छेको ठूलै झुण्ड पहाडको फेदमा बिचलित मनस्थितिमा देखिन्थे। केही युवाहरुले हतासमा आत्महत्या गर्ने असफल प्रयास पनि गरे अन्धकारमा। मार्गहिन र दिशाहीन मान्छे गन्तव्यको बोध नभए पछि यो हतासा स्वाभाविक पनि लाग्थ्यो। … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

शान्ति छाएको गाऊँ

~कुसुम ज्ञवाली~ शान्ति सम्झौता स्वागतमा गरिएका ठूलाठूला झाँकी र जुलुसहरुको क्रम टुङ्गी सकेको थिएन । जताततै उत्साहका वातावरण देखिएको थियो । गाउँजान नपाएका जनता गाउँ र्फकन पाएकोमा आल्हादित थिए । सबै संसदीय पार्टी कार्यकर्ताहरु गाउँ फर्कने क्रममा थिए । सशस्त्र … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

रालो

~कुसुम ज्ञवाली~ मुसाहरूले आन्दोलन गरेको थाहा पाएर बिरालो मुसाको आन्दोलन दबाउने षडयन्त्रमा व्यस्त थियो। मुसाहरूले सम्झौताबाट उल्लु बनाउन सकिने निष्कर्षका कारण गोलमेचमा बस्न बिरालो राजी भयो। बिरालोबाट घाइते भएर पनि बाँचेका मुसाहरूले विरालाको घाटीमा घण्टी झुन्ड्याउनै पर्ने माग राखे। एउटा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

भगवान

~कुसुम ज्ञवाली~ सन्तेकामी पण्डित घनश्याम गुरुभन्दा कम धार्मिक थिएन । क-ख नपढे पनि अनुभवको विद्वान थियो ऊ । एकदिन सन्तेकामी पशुपतिनाथ भगवान्को दर्शन गर्न नेपालतिर हिँड्यो । बसपार्कबाट ओर्लदा खर्चको लागि ल्याएको पैसा चोरियो । भोको सन्तेलाई एक गिलाससम्म चिया … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

थोत्रो घर

~कुसुम ज्ञवाली~ “हजारौ सहयोद्धाहरुको बलिदान पनि यो महानक्रान्ति भएको हो । हामीले विश्वलाई देखाइ दिनेछौं । तिनी विदेशीहरुको सहयोग नभएपनि हामीले हाम्रो मुलुकको भाग्य र भविष्य निर्माण एक्लै गर्न सक्षम छौं ।” …….. मेरा प्रिय सहयोद्धा साथीहरु हो ! हामीले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

सन्देश

~कुसुम ज्ञवाली~ फूलपातीको दिन म घर पुगेँ । पुग्नासाथ मेरा बालसखा शर्माको घर पुगेँ । विधवा श्रीमती र ५-६ वर्षो छोरो नफर्किने पति/पिताको आगमन पर्खेझैँ बसेको थिए । ‘आमा ! बुबा किन दसैंमा पनि घर नआ’को ?’ छोराले सोध्यो । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गणतन्त्रको संस्कृति

~कुसुम ज्ञवाली~ लालपुरमा संविधान सभाको परिणामले गणतन्त्र घोषणा भयो । देशबाट सामन्तवाद अन्त भएको विधिवत घोषणा भयो । दरवारको वारेमा जीवनभरि अध्ययन गर्दागर्दै दशकौं विताएको बलबहादुर अत्यन्त उत्साहित भयो । जीवनभर दरवारको अपमान, अत्याचार र भेदभावले आजित भएको बलबहादुरले साँचो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अबिराम श्रङ्खला

~कुसुम ज्ञवाली~ सान्दाइ अति नै प्रतिभाशाली व्यक्ति हुन् भन्ने कुरा उनका हरेक परीक्षाफलहरुले बताउँदछन् । सिमेन्ट कारखानामा इन्जिनियर भएर गएपछि उनी सबैका आँखाका नानी भए । कुल्ली, पाले र तल्लो तहका श्रमिकको वेदना र पिरलोलाई लिएर सान्दाइले आन्दोलनको नेतृत्व सम्हाले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सम्बिधान

~कुसुम ज्ञवाली~ परिवार थिएनन, छोराछोरी थिएनन, नीजि आफ्नो भन्ने केही थिएन उनको। सामाजिक परिवर्तन र चेतनाका लागि उनले आफ्नो सिङ्गो जीवन अर्पेका थिए। जीवनभरको परिश्रम र समर्पणलाई उनका साथी संगी सहयात्रीले सघाएर सहयोग गरेको रकमको अक्षयकोश चल्थ्यो, त्यसबाट आज सयौं … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नाता

~कुसुम ज्ञवाली~ ‘एक्सक्यूजमी !’ ‘ओवर हेड क्रसिङ्ग ब्रिज’ मुनी धमिलो उज्यालोमा कुनै नारी स्वरले म टक्क उभिएँ । ‘जाने हो ?’ उसले सोधी । मैले ‘हो’ भनेँ । ‘होटल कि कोठा ?’ ‘कोठा ……. । पूरै रातको एक हजार हुन्छ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

नभाँचिने लौरो

~कुसुम ज्ञवाली~ “हेर्नुस ! कमरेडहरु हामी लोकतान्त्रिक बन्न व्यवहार पनि लोकतान्त्रिक हुनुपर्छ । मार्क्सवाद व्यवहारपरक दर्शन हो । व्यवहारमा उतारेर मात्र लोकतन्त्रलाई सफल बनाउन सकिन्छ ………. ।” सहभागीहरुले कमरेडका कुरा तालिले समर्थन गरे । “लोकतन्त्र भनेको समानता, पारदर्शीता, र सुशासन … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

साँघुरो

~कुसुम ज्ञवाली~ त्यतिखेर मेरो कोठा साँघुरो थिएन । म सङ्ग खाट, पलङ वा दराज थिएन । म सङ्ग गाडि, मोटरसाइकल वा साइकल पनि थिएन । कोठामा सोफा, कुर्ची, टेबल, टुल नहुदा मेरो कोठा रित्तै थियो तर पनि उ मेरो कोठामा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शहीदले बिर्सेको गाउँ

~कुसुम ज्ञवाली~ भीरमुनि खोरियामा आइपुग्दा जिपको टायर पञ्चर भयो । झमक्क साँझ परिसकेको थियो । परपरसम्म कतै घर नदेखेपछि म उकालो लागेँ । एक त भरखर-भरखर मोटाएको मान्छे, त्यसमाथि नयाँ गाडी किनेदेखि हिँड्न भनेपछि मरेतुल्य हुन्छु । एउटा झुप्रोमा पिलपिले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

स्वाभिमानी कवि

~कुसुम ज्ञवाली~ “आँखा बाँधेर बन्दुकका कुन्दाले हिर्काउँदा करङ भाचिएको छ। म सोझो गरी बस्न सक्तिन। आन्द्रामा घाउछ, लठ्ठि कोचेर यातना दिए, दिशा बस्न पनि असहज छ। टाउकोमा चोटैचोट बेहोस हुने गरी कुट्थे हरेक दिन। ती टाटेपाटे कपडा लगाउने जल्लादहरूले। मेरा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

अन्ध विद्रोह

~कुसुम ज्ञवाली~ ऊ सानै देखि सुन्दर चित्र बनाउन अभ्यस्त थियो । उसले पढ्न थाल्दा अगाडी आइ परेका रामायण, महाभारत र गीता पढ्यो । उसले गरुड पुराण र भागवत पुराण सुन्यो । अनि उसले थुप्रै पौराणीक पात्रहरुको चित्र कोर्‍यो, देवी, महाकाली, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

शालिकको मुखाकृति

~कुसुम ज्ञवाली~ –“….उहाँ जस्तो महान निस्वार्थ नेताको अभाब सधै खट्कीरह्यो हाम्रो आन्दोलनमा” दिबंगत नेताको योगदान बारे नेताका सहकर्मी एकजना बृद्ध कार्यकर्ताले टिप्पणी गरे। साठीऔँ जन्मदिवशका अबसरमा आयोजित कार्यकर्मको थालनी गर्न प्रमुख अतिथि महासचिब कमरेड नआइपुगेको अबसरलाई उपयोग गर्दै सहभागीहरु आपसमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment