~मिलन वान्तवा~
बाइफाली
आइमाईजस्तो
फालाकफिलिक गरिबस्छ
पुरुषार्थी
भनाउँदाहरूका अघिपछि
र सबैलाई
उत्तेजित बनाइरहन्छ।
पुतलीजस्तो Continue reading
~मिलन वान्तवा~
बाइफाली
आइमाईजस्तो
फालाकफिलिक गरिबस्छ
पुरुषार्थी
भनाउँदाहरूका अघिपछि
र सबैलाई
उत्तेजित बनाइरहन्छ।
पुतलीजस्तो Continue reading
~पुरुषोत्तम सुवेदी~
लिलाममा राखिएको
झण्डा कुल्चदै
मार्चपास गर्यो
याङ्कि सैनिक टुकडीले
पञ्जशेर उपत्यकामा
र ढोका बन्द गरे
बुर्कामा छोपिएका महिलाले
तर मिसवर्ल्ड, मिसयुनिभर्स
ब्युटिपिजेन्टका शृङ्खला Continue reading
~विमल आचार्य~
शंकरदेव क्याम्पसबाट अहिलेको सर्वनाम थिएटरसम्म आइपुग्ने भित्री बाटो छ एउटा । त्यही बाटो आउँदा दाहिने मोडिएपछि सुरु हुन्छ घुमाउरो गल्ली । नामै घुमाउरो भएपछि कति चोटि घुम्ने, कति चोटि अलमलमा पर्ने, कति चोटि निहुरेर हिँड्ने, कतिचोटि दिउँसै टर्च बाल्ने भनेर मैले भनिरहन परेन।
गल्लीमा हिँड्दाहिँड्दै माथिबाट कसैले पिच्च थुकिदिन वा मुख कुल्ला गरिदिन नि सक्छ । माथि हेरेर आँखा तर्दातर्दै अगाडि वा पछाडिबाट साइकल टिनिन्न टिनिन्न बज्न पनि सक्छ । साइकल पनि पास हुन नसक्ने जिरो लेनको गल्ली हो यो । यही गल्ली त होला भनेर सरासर हिँड्नुभयो भने अलि पर पुगेर फरक्क फर्किनु पनि पर्ला, किनभने धेरै बाटाहरू घरमा पुगेर टुंगिन पनि सक्छन्। Continue reading
रेखा त्यहाँबाट यहाँ सम्म
कोरीएर आएको रहेछ
किनकी मैले रेखालाई सुम्सुम्याउँदा
त्यहि कुरा थाहा पाए
एउटा विन्दु अनेकौं रेखा
र अनेकौं रेखाका अनेकौं विन्दुहरु
जहाँ उहिलेबाट अहिले सम्म
अहिलेबाट उत्तर भविष्य तिर
विद्यमान हुँदै जाने यी रेखाहरु
जन्मेपछि कहिल्यै मेटिदैन रहेछन्
किनभने जुनवेला परिकल्पना गरिएका Continue reading
~बाबु त्रिपाठी~
चराहरू भएनन् भने,
सिङ्गो ब्रहृमाण्डबाट कविहरूको निशान मेटिन सक्छ
धैरैले बिहान भएको चाल नपाउन सक्छन्
मान्छे मन खोलेर हाँस्न बिर्सिन सक्छ
र, बात नलाग्ने गरी चोरिएका
गीतका सरगमहरू हराउन सक्छन् ।
जे पनि हुन सक्छ
जस्तो कि Continue reading
~भिम बहादुर थापा~
तिम्रो गुणगान सुन्दा धेरै, आज मुहार हेर्न आएँ
धोको मेट्ने माया रोज्दा, खानु गोता फेर्न पाएँ
**
मैले सोच्ने सुख मात्रै, के हुन्थ्यो र जिन्दगी यो
नौजालभित्र लड्दै बढ्दै, तिम्रो बखान केर्न आएँ Continue reading
छम छम नाच्छु म त
खुशी हुँदै बाँच्छु म त।।
छोटो किन पार्नु आयु
सकेसम्म साँच्छु म त।। Continue reading
~आचार्य प्रभा~
म प्रतियोगी बन्न सक्छु
तर ………..प्रतिष्पर्धी बन्न सक्दिन
मैले कबितालाई दाउमा राखेर
कसै सँग बाजी जित्नु छैन
”कबिता ”त स्वच्छ, साचो भावना
अनी समाजको दर्पण हुनु पर्दछ
न कि ………कसैको कलमको आसुँ जित्ने लक्ष
यदी ……..उसो हो भने त
आफ्नो सन्तानलाई दाउमा राखे सरह भो नि ! Continue reading
~डिल्ली मल्ल~
निष्ठूर पृयसीको पर्खाइमा
पर-परसम्म नजर डुलाइरहेको
कुनै व्याकुल प्रेमीजस्तै
हामी पर्खिरहेछौँ निरन्तर निरुत्तर
विकट विगतको समृद्ध सपना
र, गन्ती गरिरहेछौँ हर सेकेण्डहरु
वटुवाहरु आइरहेछन्-गइरहेछन्
गइरहेछन्-आइरहेछन् र नापीरहेछन् Continue reading
~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~
डेङ्गु
अर्थात
डेन्जर गन्ध
डेड्ली गन्ध
होसियार!चुनावको स्याल बनेकाहरु
आज सिहदरवारमा छन् ।
डेङ्गु सक्रमित अझै सत्तामा छन् ।।
राख्ने/टिकाउने दुबै
डेङ्गु-सत्ता
डेङ्गु-हत्या
डेङ्गु-भत्ता
डेङ्गु-मत्ता
सयौ डेङ्गुधारीहरु अझै सत्ताको उपचारले बाँच्न खोज्दैछ ।
लामखुट्टेलाई छिमेकीबाट आमन्त्रण गरेर पनि नाँच्न खोज्दैछ ।। Continue reading
~हरी गौतम~
जिन्दगी पनी छेपाराको चाल हुदैछ.!!
यो तक्दीर कीन?वेहाल-वेहाल हुदैछ.!!
खै कसैगरी सुल्झाउन सकीन मईले.”
अल्झीएर,जस्तै..माकुराको जाल हुदैछ.!! Continue reading
~मुरारी ढुङ्गेल~
पहाडको दिनचर्या अति कष्टकर । घाँसदाउरा र मेलापातमा उकालो-ओरालो नै मेरो जीवन बनेको थियो । बाल्यकालमै बाबु गुमाएँ । आमाको वृद्ध अवस्था छ । सानी बहिनी सुशीलाको भर नभए पनि दुःखमा साथ दिन्थी । सानो भाइ परिवारकै कान्छो थियो । तैपनि परिवारको गरिबीलाई बुझ्थ्यो ।
खेतबारी थोरै थियो । त्यो पनि बिस्तारै रोशी खोलाले निलिदियो । बचेखुचेको घरबारी पनि भाइबहिनी र मेरो पढाइमा धितो राखियो । दु:ख-सुख मैले आईए सम्म पढेँ । बहिनी ९ कक्षा र भाइ ६ पढ्दै छन् ।
बिहान-बेलुका चुलो बलेको दिन मन त्यसै हर्षित हुन्थ्यो । असार-साउनमा बनिबुतो गरेर काम चलाए पनि पनि Continue reading
~रुपाबुङ शुष्मा~
यस्पालिको छुट्टिमा पल्टन बाट आउदा कुन ब्राण्डको पर्फ्युम ल्याईदिउ भनेर तिम्ले सोध्नु
अनि हुत्तिएर एकहुल हावा सरर मेरो झ्याल बाट छिरेर
अस्ति तिम्ले छोडेर गाको हरियो पाङ्रे लुगाबाट पसिनाको बास्ना मेरो नाकैमा टास्सिनु
कस्तो सम्योग !!
बिजुली चम्किनु र गाडाङगुडुङ आकाश कराउनु जस्तै
बादल लाग्नु अनि पानी पर्नु जत्तिकै मिलेको सम्योग!
अलि अलि बैरिको गन्ध
अलि अलि बारुदको गन्ध
अलि अलि बाध्यताको गन्ध
अनि अलिकती बहादुरिको गन्ध Continue reading
~प्रसन्न घिमिरे~
नबोल्ने
नरुने
कुनै
रुवाबासिको हर्कत नगर्ने
केही गर्दै नगर्ने त ईश्वर हो अझैँ
त म ईश्वर भएको छैन ।
पानीकै मात्रा बेसिनै सहि
दूँध लिएर
आउँछ
मृत सपनाहरूको फोहरनै Continue reading
~निश्चल काउचा~
सिमा स्तम्भहरु मेरै छात्तीमा ढाल्दा
जुगौ देखी पुर्खाको रगत ,पसिनाले सिञ्चेको लाजपुर्जा
बिहान उठदा किर्ते हुँदै सप्तकोशीमा बग्छ
आफ्नै आखाबाट बगेको सप्तकोशीको पानी
म अञ्जुलीले उघाउन सक्तिन
बेबारिसे देशको किर्ते मनुवा म
अस्रुधारा आशु बगाउदै Continue reading
~श्रीबाबु कार्की ‘उदास’~
एकै दिन हेरेँ मैले, नवजात शिशु र अस्ताउँदै गरेको घाम। कहीँ उदाउँदै गरेको भविष्य त कहीँ अस्ताउनै लागेको घाम। दुवै विरोधाभास भयो मलाई। दृश्यहरू भिन्न थिए।
भिन्न थियो परिवेश।
आफन्तको स्वास्थ्यलाभका लागि टिचिङ हस्पिटल पुगेको थिएँ, एक दिन। अनायास एउटा सानो बच्चा च्यापेर र्फकंदै गरेकी ममतामयी आमालाई देखेँ। आँखामा उनका थुप्रै सपना बिउँझिएको पाएँ। नवजातप्राप्तिको खुसी उनको अनुहारमा प्रस्टिन्थ्यो। मैले भूपीको कविता ‘मैनबत्तीको शिखा’ सम्झिएँ। Continue reading
~आचार्य प्रभा~
फुले होलान ढकमक्क बगैँचामा मखमली
त्यही फूलमा देख्दैछु म भाईको मुहार झल्झली
–
टाढा भयौ त के भयो ?सम्झना साथै छ
बढीरहोस् तिम्रो मनमा तिहारको दुबो हल्हली Continue reading
~केडी रेम्नीसीङ~
सानीवामी नाक्का मान्तुप छुये होगो हेप्लो,
सम्तुमाखेर मिक्वा छुना हुप्से होगो हेप्लो।
खोलोपिकाङ कोप सानिवा होप पिकाङ सते,
गोपाक रिङ पयाम्दो योउ सिप्प नाम मते । Continue reading
~हेमन यात्री~
उस्तै छु म आजपनि
आइरहेछ स्मृतिमा अतीत
जीवनका कुनै एकबेला
टुप्लुक्क पुग्थ्यौं तिमी
मेरो घरको आँगनमा
र समयको बुई चढेर लेखेट्थ्यौ दिनभरि
घर छेउछाउ लुकिबसेको एकान्त,
साँझपख जब कतै फर्कनुहुन्थ्यो आमा Continue reading
~कल्पना आचार्य ओली~
तिम्रा ति शब्द भरि प्यार छ अनगन्ति
तिम्लाई हेरि बाँच्ने आधार छ अनगन्ति
मेरो दिल मेरो धडकन किन तोडिस दैव
उनि संग नहुनुको मेरो हार छ अनगन्ति Continue reading
~अविर खालिङ~
पन्जाबिको पन्जाब हजुर गोर्खालिको गोर्खाल्यान्ड्
यही हाम्रो प्राण हजुर त्यही हाम्रो ज्यान ।
पहाड्देखी सुनकोश्सम्म हाम्रो साँध सिमाना
बिदेशी त होईनउ हामी देशकै गहना
देश आमाकी छोरा हामी ,देशको हामी शान् Continue reading
~गोविन्ददेव आचार्य~
छन्द :- मालिनी
हर किसिम बनाए व्यासले नै पुराण
लगनसित बने ती सृष्टिका प्राण प्राण
गहन लय तिनैमा झल्किए गाउँ-देश
अब नव रचनामा लेख्नु नै के छ शेष ?
परहित, शुभ वाणी, शास्त्रका मूल मर्म
कपट र परपीडा वञ्चना पापकर्म
जति थपघट लेख्यो कथ्य आकार एकै
जति कलम कुदायो भाव वा सार एकै ।। Continue reading
~प्रदीप नेपाल~
नेपाली भाषामा पृथक् परिचयको उपन्यास हो, गुलरको फूल । नेपालतिर नारायणी भनिएको नदी सिमाना काट्नेबित्तिकै भारतमा किन गण्डक हुन्छ भन्ने बालसुलभ प्रश्नको खोजीलाई तपाईंले उपन्यासको एउटा परिचय भनिदिनुुभए हुन्छ । यो उपन्यासमा सिमानाकृत र सिमान्तकृत दुवै खाले जनताको एउटै परिचय छ । उपन्यासकारले लेखेका छन्, ‘यहाँ लेखिएका प्रत्येक शब्द पात्रले बोलेका छन्, ती सबै मनमस्तिष्कमा अभिलिखित थिए । तिनै शब्दमा शक्ति भर्ने कामका साथै लिपिबद्ध गरिएको मात्र हो ।’
गुलरको फूल नेपाल–भारत सिमानाको वारिपारि बस्ने गरिब मानिसहरूको कथा हो । नागरिकताको व्यथा बोकेको कथा हो । कथामा चार परिवार छन् । कथामा माओवादी आन्दोलन र मधेस आन्दोलनको पीडा र विस्थापन पनि छ । कथामा गौनाको पीडा छ र त्यो पनि नागरिकतासँगै जोडिएको छ । Continue reading
~मधुवन पौडेल~
‘एकजना नेपालीको लास आइपुगेको छ रे एयरपोर्टमा !’
‘कहाँबाट नि ?’
‘इराकबाट भन्छन् !’
‘हाम्ले हेर्ने हो र ? चूप लाग्नोस् ! थाहै नपाएजस्तो गर्ने नि !’
अफिसभित्र छिरेको मात्र थिएँ, सेक्रेटरी मसँग गलफत्ती गर्दै थियो। प्रखर गर्मी Continue reading
~उत्तम न्यौपाने~
मानवता, प्रजातन्त्र र विश्व शान्ति
तेरो चाहना
हामी पनि त्यही चाहन्छौं
विश्व भातृत्व, विश्व शान्ति
फरक यति मात्र हो
तँ शान्ति फैलाउन
एसएलआर पड्काउँछस् Continue reading
~राहुल पुन~
पार्टीभित्रै उपपार्टी गुट उपगुट छौ जुटौ भने
जसरीनी मिल्नैपर्छ सत्तामा जान नपाइने फुटौं भने
नफुट्नु नजुटन् निल्नु न ओकल्नु घाँडो भा’छ
फेरि पार्टी सानो हुन्छ विचार नमिलेनी छुटौं भने Continue reading
~मदनमणि दीक्षित~
महाकवि लक्ष्मीप्रसाद देवकोटा साहिँलो छोरो हुनुहुन्थ्यो । उहाँको जेठो दाजु लेखनाथ देवकोटा ‘जिन्सीअड्डा’ भन्ने सरकारी कार्यालयमा काम गर्नुहुन्थ्यो । त्यो अड्डको मुख्य काम नेपालबाट विदेशतिर वस्तुहरूको निकासी र पैठारी गर्ने जिम्मा पाएको थियो । त्यो अड्डाको मुख्य हाकिम अर्थात् आजको भाषामा डाइरेक्टर जनरल प्रधानमन्त्री चन्द्रशमशेरको साहिँलो छोरो केशरशमशेर जङ्गबहादुर राणा थिए तर मैले बाल्यकालमै थाहा पाएअनुसार तिनी कहिल्यै पनि जिन्सी अड्डामा हाजिर भएनन्, अड्डाका हाकिम र सबै कर्मचारीहरू निजको घर केशरमहलमा सातामा एकपटक जाने गर्दथे ।
मेरा पिता जिन्सी अड्डाका हाकिम हुनुहुन्थ्यो । उहाँको दर्जा अड्डाको खरदार भए तापनि लेखनाथ देवकोटाले मेरा पिताको मातहतमा रहेर काम गर्नु पर्दथ्यो । त्यसैबेला लेखनाथ देवकोटाले आफ्नो साहिँलो भाइ लक्ष्मी प्र Continue reading
~बालकृष्ण सुनार~
विद्यालयमा इन्टरभल घण्टीको आवाज आउँछ, टिङ..टिङ..टिङ.. । सबै जना विद्यार्थीहरू बाहिर मैदानमा निस्कन्छन् । केही घरबाट ल्याएको खाजा झोलाबाट निकाल्दै खान थालिरहेका छन् । केही रूपैया भएकाहरू नजिकै रहेको क्यान्टिनमा खाजा किनेर खँँदैछन् । चर्को गर्मीको समय छ । काल्चे दमाईका छोराछोरीहरू झुत्रा, मैला टालेको ड्रेस लगाएर बाहिर निक्लन्छन् र अफिस कोठाको अगाडिपट्टि राखिएको पानीको घैटोतिर पाइला अगाडि बढाउँछन् । उनीहरू दुवै जनालाई पानी प्यासले आकुलव्याकुल बनाएको छ । अन्य विद्यार्थीहरूले घैटोबाट पानी निकाल्दै आफ्नो प्यास मेटिरहेका छन् ।
काल्चे दमाईका छोरी भुन्टी र छोरा च्यामे पनि पानी पिउनलाई घैटोको नजिक मात्रै के पुगेका हुन्छन्, नजिकै Continue reading
~गुरुप्रसाद कुमाल “बुलबु”~
जसलाई देशको माया छैन त्यसलाई बाँचेर के काम ?
जसको कुनै महत्व छैन त्यसलाई साँचेर के काम ?
जातभातको रुपमा देशलाई टुक्रा–टुक्रा पार्छन् भने
सयौं थुड्डा फूलका हामी एउटै माला गाँसेर के काम ? Continue reading
~मनमाया वि.क.~
चारैतिर बगरेको घुइँचो थियो
बधशालाको एउटा कुनामा सीता थिइन
ठाउँ ठाउँमा छोपिएको
कहीं कहीं देखिएको अर्धनग्न शरीर
वरपरि झिंगाहरू काँपिरहेका लुगलुगी
स्वादिलो जिब्रो लिएर
कालरात्रीको सुनसान सन्नटा Continue reading
~Yuyutsu Sharma~
The flowers in their baskets
do not smell of crisp books
or rhymes that sing of flowers of freedom.
Pale as pulp of their wiped out eyes
these are stones of destiny
heavy from watery weight of their juvenile dreams Continue reading
~महेन्द्र भण्डारी~
१. विषय परिचय
‘घाम झुल्कनुअघि’ र ‘वाध्यता’ कथा मातृका पोखरेल (२०२३ असार ९) को घाम झुल्कनुअघि कथा सङ्ग्रहमा प्रकाशित कथा हुन् । मातृका पोखरेल आधुनिक नेपाली कथाको उत्तरवर्ती चरणको र ७० को दशकमा कलम चलाउने प्रगतिवादी कथाकार हुन् । उनका सेतो दरवारको छेउबाट कविता संग्रह (२०५६) यात्राको एउटा दृष्य कविता संग्रह (२०६०) अनुहारहरु कविता संग्रह (२०६८) कविता र कविताहरु प्रकाशित छन् भने उनको Continue reading