Poem : Co-Existence: A Futile Dream

~Purna Infada~

I am standing upright
Grazing at the moon
That glitters like silver in the sky
That is witnessing
The thick cloud getting sparse
And an looking at before me
A frozen Himalaya
A fire-like Terai
And evergreen hills
The eastern horizon spitting out sun Continue reading →

Posted in Poem | Tagged | Leave a comment

गजल : छुन मन लागेन !

~मबि सिंह~Mabi Singh 'Sirish'

मयल बनेका आफ्नै तन्तु छुन मन लागेन !
तिम्रा स्पर्श पाएका यी हात धुन मन लागेन !

वारिबाट उठाईएं पारिबाट भगाईएं
दशगजामा घर बनाउन मन लागेन ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कुलुङ भाषी गजल : खातोलोसो मिन्चाना

~उद्धव गदुहो कुलुङ~

दुख्वा मान्नतो साल्पा खातोलोसो मिन्चाना
ओ हाल्ला चिप्लेटि थोम्ला सपुलोसो मिन्चाना

हिक्सो केला वासो ता प्लास्टिक खुम्पा ना तुम्पा
चुङ हायाम ल हो मान्छुम्पा छुवोलोसो मिन्चाना Continue reading →

Posted in कुलुङ गजल | Tagged , , | Leave a comment

गीत : ए कान्छा, मलाइ सुनको तारा

~पासाङ्ग वाङ्ग वल~

केटी :
ए कान्छा, मलाइ सुनको तारा खसाई देउन।
केटा :
त्यो तारा मात्र होइन,जुन पनि झारीदिउला।

केटी:
[गाई गोरु बाधेर छिट्टै भेट्न आउन।
बाटैमा रात पर्ला,उज्यालैमा आउन।]… २ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

शान्ती गीत : सबलाई सुख होस्

~लक्ष्मण लोहनी~

सबलाई सुख होस्,
सबको जय होस्
हाँसुन धर्ती माता
ज्योतिर्मय होस् जीवन हाम्रो
जागोस् राष्ट्रिय गाथा । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : तिमी नै …

~कुन्दन काफ्ले~

तिमी नै गीत हौ, संगीत मेरो तिमी नै ।
तिमी नै प्रीत हौ, मनमीत मेरो तिमी नै ।
तिमी नै जीत हौ, अर्जित मेरो तिमी नै ।
तिमी नै हित हौ, सृजित मेरो तिमी नै ।

तिमी नै आन हौ, शान मेरो तिमी नै । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देशको भविष्य

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

समयले कुन रुप लिन थाल्यो अचेल
मुस्किल परेको छ पहिचान गर्न
सत्य बोल्ने मानिस भेट्टाउन
दुरुह नै भइसक्यो
देशको भविष्य निर्माण गर्न ।

देशमा अन्याय र अत्याचार
गोलबद्ध भएर बढिरहेछ दिनप्रतिदिन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : उकाली चढुँला ओराली झरुँला

~कृष्ण अविरल~

उकाली चढुँला ओराली झरुँला
सात भन्ज्याङ्ग भने पनि त्यो पनि तरुँला
तिम्रै लागि हो भने ज्यानै दिइदिउँला

भनौ भने जिन्दगीमा धेरै रुप देखें
तर मुटुभित्र बस्ने तिमी मात्रै भेटें हो
जे भन्छौ मानुँला बाचा नि गरुँला Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : उनलाई केटाहरु चिच्याएको मन पर्छ रे !

~मणि लोहनी~Mani Lohani

अन्ततः केशरा रानीले विवाह गरिन् ।

त्यो पनि आफ्नो नातिभन्दा मुस्किलले चार वर्ष जेठो केटोसँग ।

केशरा रानीको विवाहले सहरमा एक किसिमको सन्देह नै ल्यायो । सर्वत्र मानिसहरु कुरा गर्न थाले- ‘यो त अति नै भयो ।’

‘यसो नगरेको भए हुन्थ्यो ।’

‘विहे नै गर्नु थियो त आफ्नै उमेरका बुढाहरुसँग गरेको भए हुने नि ।’

केशरा रानीकै घरमा काम गर्नेहरु चाहिँ भन्दै थिए- ‘आ ठीकै भयो । सधैं नयाँ नयाँ केटा लिएर आइसिन्थ्यो । एक जना समाइस्यो बेसै भयो ।’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : केही किनारा लाग्नेछन्

~सन्तोष लामिछाने~Santosh Lamichhane

बेगसँग हुत्तिने शोषणको छाल बनेर
मानिसका मिहेनत बगाएर सोहोरौं भन्नेहरू
पसिनाले सिंचेर भर्खरी टुसा उम्रेका इमानलाई
जबर्जस्ति घुसपैठको आहालमा डुबाउँ भन्नेहरू
तेस्तो गर्न केहीको मन नमान्न सक्छ
तेसैले ती किनारा लाग्नेछन्

भोक, अभाव, अनि गरिबीका भावना छुँदै
मान्छेको फौज सँगालेर
शान्ति अनि सुव्यवस्था ल्याउने भनेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : नसम्झ मलाई

~दिनेश श्रेष्ठ~dinesh-shrestha

दिएको चिनो तस्बिर हेरि नसम्झ मलाई
आसुको थोपा झर्नेछ फेरि नसम्झ मलाई

भावीको लेखा कर्मको फल बोकेर सौगात
दुखको पला आउदा खेरि नसम्झ मलाई Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : बेनाम तिमीलाई

~प्रणिका कोयु~pranika-koyu

म जान्दिन कति कुरा
म बुझ्दिन कति कुरा
जब सम्म सिधै भनिन्दैन्नन ती
जब सम्म स्पष्ट सुनिन्दैनन ती

म जान्दिन कति कुरा
म बुझ्दिन कति कुरा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यक्षप्रश्न

~गणेश खड्का~Ganesh Khadka

युद्द आहात बस्तीको साक्षात् प्रतिनिधि
जीविकाको खोजीमा निरिह मुग्लानिएको कर्म योद्दा
एउटा यक्षप्रश्न सोधी पठाउँछ घर भँडुवाहरुको नाममा
खबरदार !
शान्तिको गीत गाउँदै धर्ती बोक्न चाहने
कयौं भयग्रस्त निर्दोष अनुहारहरुको कोहिनूर
युद्दोभिमानका क्षेप्यास्त्रहरुले नछेडिऊन् l
…
सावधान ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : को चुप्प बस्न सक्छ ?

~हस्तबहादुर केसी~ Hasta Bahadur KC

राष्ट्रिय स्वाधिनता माथि
धावा बोलीरहेको बेला
हाम्रो सिमानाहरु
पराइले मिचिरहेको बेला
हाम्रा नदीनालाहरु
पराइलाई बेच्ने तयारी भइरहेको बेला
हाम्रा जंगेपिलरहरु
पराइले गायब पारिरहेका बेला
हाम्रो प्यारो जन्मभूमि
पराइले अतिक्रमण गरिरहेको बेला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी नेपाली

~मनोज कफ्ले ‘मनसुन’~Manoj Kafle 'Monsoon'

तिमी पोख्रेली म स्याङ्गजाली
हाम्रो देश नेपाल हामी नेपाली

हिडौ सदभावनाको बाटो बनाई
या दंगाली होस् तिमी झापाली
हाम्रो देश नेपाल हामी नेपाली Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : जिउन सङ्घर्ष गर्दै नरेश शाक्य

~मोहन दुवाल~Mohan Duwal

कविताका हरफहरूमार्फत चिनजान भएका कवि नरेश शाक्य। जीवनमा थुप्रै खालका अनुभूतिहरू समेटेर कवि बनेका नरेश शाक्य। अनेकौं खालका दुःखकष्ट भोग्न पाएका कवि नरेश शाक्य। जनताका पक्षमा लाग्दालाग्दै, जनताका पक्षमा लेख्दालेख्दै कवि बनेका नरेश शाक्य। ठक्कर, षड्यन्त्र, जालझेलका अनगिन्ती अप्ठ्याराहरूसँग जुझ्दाजुझ्दै मानसिक चोट खपेर पनि जीवनलाई सङ्घर्षकै कठघरामा आफूलाई उभ्याएर कवि बनेका नरेश शाक्य। यिनले राजनीति गरे, समाजको देखरेख गरे, शिक्षण सेवामार्फत जीवन गुजारे, धेरै थोक गरे, गर्दागर्दै चोटहरू मनमा खोपेर कवितालाई जीवनसाथी बनाए।

यिनै कवि नरेश शाक्यको जन्म वि.सं. २००३ साल मार्ग महिनामा धरानमा भएको हो। गंगाप्रसाद र Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

गजल : साथ नमाग न

~नविन आचार्य ‘लेटांगे’~Nabin Acharya 'Letange'

म आफु नै अपांग छु , साथ नमाग न
यो बदनामै भै सकेको , जात नमाग न

अँध्यारोमै बित्ने गर्छन्,मेरा सबै पल्
खुशी भर्ने जिन्दगीका , रात नमाग न Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : पर्दा खोलि देउ !

~सजना गुरुङ~Sajana Gurung

पाप कति गर्छौ भित्र, अब पर्दा खोलि देउ !
छैन देश हिजो सरी , अब साँचो बोलि देउ !

कति मोह धन संग , सबै थोक बिर्सी दियौ
आज तिमी मोज गर , जन लाइ भोलि देउ ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : पूर्वलडाकूभित्रका उच्छ्वासहरू

~नीरज लवोजु~

१
तिमीलाई म त्यत्ति नै घृणा गर्छु
जति घृणा हामी उसलाई गर्थ्यौं।
अनिकाल लागेको भोको बस्तीमा
तिमीले पनि र
मैले पनि
एक–एक डोको सपनाको भारी
बोकेर थालेको यात्रा
तिमीले धान–चामलसँग साटेपछि
हामीले सँगै कुँडेको आस्थाको बुट्टा
बगरमा लेखेका
नामजस्तै भए – निरर्थक, निरर्थक। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रमिथसको आगो

~सुरेश बखुन्छे~

निष्पट्ट अँध्यारोमा
कहीं कतैबाट
टिलपिल टिलपिल बलेको
एउटा भुङ्ग्रो खस्दा
धेरैले उज्यालो र न्यानोको
महसुस गरेका थिए।

‘उज्यालो भयो,
अब त अँध्यारो नहोला (?) Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : सुटुक्क विभागको गुप्त विज्ञप्ति

~भैरव अर्याल~Bhairab Aryal

राष्ट्र परराष्ट्रमा खाली भएका, हाम्रा दाउपेचले खालि गरिने र निगाहले बढाइनेसमेत निम्नातिनिम्नदेखि लिएर उच्चातिउच्च ओहोदाका पद, प्रमोशन, सरूवा, बढुवा इत्यादिका निम्ति जो जे गर्नुपर्छ एकदम सुटुक्का– सुटुक्की गर्नुपर्ने हाम्रो समान उदारवादी सिद्धान्त छँदाछँदै हाम्रा केही उत्ताउला खालका साथीहरूले चतुर्याईं नपुर्याई खुलेआम गर्न लागेकाले यति छिटै नै हाम्रो धाक रवाफमा औँशीको ग्रहण लाग्ने डरदेखि तुरून्तातुरून्ती यो गुप्त विज्ञप्ति प्रकाशित गर्नुपरेको छ । अबदेखि हाम्रा प्राइभेट रूममा बसी पास गरेका नातावाद ऐन १९०३ नोकरी परिच्छेदअनुसार नातेदार, चाकडीदार र सम्पत्तिदारसमेत यी ३ दारका व्यक्तिलाई जहाँ जे सरूवा, बढुवा, नियुक्ति ग्यारेन्टी जे जति दिनुपर्छ सुटुक्का सुटुक्की दिनू । नोकरीका उम्मेद्वारहरूले पनि चाकडी, कोसेली, जीहजुरी स्तुति, प्रशंसा जे जे गर्नुपर्छ हाम्रा ससुराली या मामा ससुरालीमा गई गर्नू । त्यसो भए केरफ् श्रीमतीजीको शिफारिस मुताविक Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : ट्यापे अड्डा…

~गजेन्द्र बाेहरा~Gajendra Bohora

‘प्लीज के… ! लास्टै छ, रिचार्ज हाल्देऊ न…।’

दुई(तीन पटक चुरोटको धुलो टट्क्याउँदै गर्दा उसको मोबाइलमा म्यासेज टोन बज्यो ।

मोबाइलका ‘की’हरु बजेको आवाज आयो । सायद उसले लेखी होला ‘थ्याङ्क्स् डियर…।’ तर, मैले देखिनँ ।

साइडको टेबुलमा म कोक घुट्क्याइरहेको थिएँ ।

२९ बर्षको जीवनमा पहिलोपटक मैलेँ अथाहा पिएँ । महंगा वाइन, ह्वीस्की, थरिथरिका ‘लेबल’वाला रक्सीदेखि लिएर ठर्रासम्म छोडिएन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरणात्मक कथा : गीता दिदि अनि उजाड कटासे !!

~पौल भाट~Paul Bhat

अइया। …। म चिच्याए अनि आफ्नो पसल तिर दगुरे !!

मुठी भरि काजु  थियो अनि गाला मा चिमोटेको डाम !! आमा ले हेर्नु भो अनि भन्नु भो। । तँलाई थाहा छ त गीताले चिमोटेछ भनेर खुब जान्छस् त जाने बेला !!

म अढाई वर्ष को थिए !! १ नम्बर गल्ली को २३ औ पसल हाम्रो थियो अनि हाम्रो भन्दा ४ पसल पश्चिम गीता दि को पसल थियो !! पण्डितको मिठाई पसल को ठ्याक्कै  उता !! आमिर खान को पसल अघि अनि जोखे को पसल को यता !! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : अल्झें कता

~सुरेन्द्र महर्जन ‘अमर’~Surendra Maharjan 'Amar'

हिँड्दा हिँड्दै कहाँ पुगें पुग्नु थियोे कता अल्झें कता
बिरानो गाउँ भेटें को मान्छे छु यता मन पुग्यो कता ।

आफ्नो भन्ने धेरै भेटें झुठो सपनाहरू बाँड्ने कति
यस्तै होला दुनियाँ आफ्नो बनी पुर्‍याउँछन क्षति । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : गजलकार हुदैन

~डिएनके कुवँर~D N K Kuwar

काफिया मिलाउदैमा गजलकार हुदैन
समबन्ध टुट्यो भन्दैमा वारपार हुदैन

उज्यालो त जुनकिरीले पनि दिन्छ भन्छन
दियो भन्दैमा करेन्ट प्रभाह गर्ने तार हुदैन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

राजकुमार श्रेष्ठका एघाह्र मुक्तकहरु

~राजकुमार श्रेष्ठ ‘दीप’~Raj Kumar Shrestha 'Deep'

कैले कहि नपिएकै बिष पनी लाग्छ
जल्ने हरू जलेको नै ठिक पनी लाग्छ
ऊर्जा हरू मिल्दो रैछ यिनकै ताप बाट
यस्तै नभएमा जीबन फिका पनी लाग्छ !

गाऊँ उस्लाई टाढा भयो बेशी झरे पछी
पहेलपूर धान खेत आँगन परे पछी
भित्र्याएसी पुस्तौं पुग्ने आफ्नो भकारीमा
लौरो को काम के नै रह्यो खोली तरे पछी । Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

छोक : मृत्यू

~सागर कार्की~Sagar Karki

मलाई चितामा राख
जलाऊ
अनि
खरानी बनाई नदीमा बगाऊ
म त्यो पल फेरी बाच्नेछु
म धर्ती बनेर बाच्नेछु
मेरो मृत्यूमा शोक नगर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : बिस्तारै छायो

~नरेशदेव पन्त~

बिस्तारै छायो आँखामा अँध्यारो – आवाज मधुरो २
सुस्तरी सास हुँदै थियो फितलो २
आँशुको ओइरो २
बिस्तारै छायो आँखामा अँध्यारो – आवाज मधुरो

लिन मलाई कोही आइरहेछ – हात बढाइरहेछ २ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : दुख्छ छाति रातभरि

~दावा पाख्रिन~

दुख्छ छाति रातभरि मुटु फुट्ला जस्तै गरी
झर्छ आँसु घरि घरि कहिले नरोकेला जस्तै गरी

केही दिन र रात पनि बर्षौं झैं लामो लाग्छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : के भन्ने हाम्रो समय

~कुसुम गजमेर~

के भन्ने हाम्रो समय
के भन्ने हाम्रो समय दस मोहर महिनाको कमाई
हाम्रो जुगको पानी राम्रो
हाम्रो समय साच्चै रमाईलो

धाराको पानी कान्छी नानी बोकेको कम्मर मा
भुलेको छैनौं त्यो मिठो पानी अझ यो उमेर मा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : दिदी आइनन्

~अभय श्रेष्ठ~

१

पाँच वर्ष सुदिनले सपनामा दिदीलाई देख्यो। दिदीले दुवै हात माथितिर उचालिन्। चारैतिर डाँडाले थामेको आकाशलाई सजिलै छोइन् र धक्का दिइन्। आकाश त कता हो कता माथि पो धकेलियो। अनि दिदी आफैँ पनि बिस्तारै आकाशतिर उड्न थालिन्। दिदी टाढिँदै गएपछि तल जमिनबाट रुँदै सुदिनले भन्यो, ‘दिदी धेरै माथि नजाऊ, बादलले छोप्ला, तल आऊ।’

माथि आकाशमा बादलको पर्दा पन्छाउँदै दिदीले भनिन्, ‘मेरो प्यारो भाइ, म अहिल्यै आउन पाउदिनँ। तिमी वरिपरिका यी डाँडाले आकाश अड्याएका छन् भन्थ्यौ, पहिला त्यो हो कि होइन, तिमी आफैँ पत्ता लगाऊ। त्यसपछि तिम्रो जबाफ सुन्न म आउँछु।’

‘साँच्ची आउँछ्यौ?’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कल्पनाको डायरी

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

कल्पनामै
सक्दो हाँसियो
मुटुमा गहिरो भई गाडिएको मायाको खिल
मुटुमै कतै बिलादिन खोज्दै
कस्सी कस्सी हाँसियो
हाँसिहाँसी,
विछोडको मायाको मुुल्य चुकाउन पनि खोजियो
कल्पणामै तिमीसित
पुनः झुक्किझुक्कि माया पनि लाइयो
कस्सम् ! तिमी नवप्रेमी नभएपनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment