~लक्षीराम आचार्य~
एउटा क्रान्ति नदी
बग्छ सदा सर्वदा
हिमालको काखदेखि
पुग्छ पहाड कन्दरा
भेट्छ यात्राबीच
असंख्य सहयात्री लटरम्म Continue reading
~लक्षीराम आचार्य~
एउटा क्रान्ति नदी
बग्छ सदा सर्वदा
हिमालको काखदेखि
पुग्छ पहाड कन्दरा
भेट्छ यात्राबीच
असंख्य सहयात्री लटरम्म Continue reading
~निश्चल काउचा~
जुनकिरी हुँ म
मलाई चन्द्रमा मन पर्दैन
जुन अर्काको उज्याँलोमा चम्किन्छ
जुनको प्रकाश बादलले छेक्न सक्छ
औशीले लुकाउन सक्छ
म स्वतन्त्र छु
जता पनि उडन सक्छु
मेरो उज्याँलोले
भ्यागुताहरु तर्सन्छन् Continue reading
~रुमानी राई~
याे मन तिमीलाई नै खाेजिरहन्छ
हरपल तिम्रैबारे साेचिरहन्छ ।
उदास उदास भईदिन्छ याे मन
एकैछिन तिमीलाई सामु नदेख्दा
उजाड उजाड लाग्छ सारा संसार Continue reading
~लक्षीराम आचार्य “अविरल”~
गुफाभित्रबाट
फ्याउ फ्याउ ओकल्दै
पुकारि ंदैछ यहाँ
निस्पट्ट कालरात्रीमा
ब्वाँसाहरुको लोकतन्त्र
विहानीको सपनामा
छेदक लगाउँदै अन्धकारमै Continue reading
~राहुल पुन~
शायद,
तिमीलाई लाग्दो हो
कतै हराए जस्तै
कही लुके जस्तै
पक्कै तिमी सोच्दा हौं
यतै विलिन भए जस्तै
अन्तैतिर भागेजस्तै
तर, तिमीलाई लागेजस्तो
तिमीले सोचेजस्तो Continue reading
~राजिव घिमिरे~
कुनै शनिबार कान्तिपुर कोशेलीमा पढेको थिए, ‘एउटा युवकको जीवनमा ४ वटा कुरा महत्त्वपुर्ण हुन्छ- घडि, रेडियो, साइकल र युवती ।’ समय सँगै यी प्रतिनिधिहरुको स्वरुप फेरिएको छ तर महत्त्व जस्ताको त्यस्तै । म जति नै साधु भएर हिडें पनि यी चार कुराको महत्त्व मेरो जीवनमा पनि उस्तै नै छ। म बिराटनगर चाहेका/नचाहेका, रोजेका/नरोजेका कारणहरुले पुगेको थिए; जागिरको क्रममा । त्यो ठाँउ न मेरो बाध्यता थियो न त नै रोजाइ । तर त्यो समयमा म त्यहि थिए र त्यो नै वास्तविकता थियो। एक्लो मान्छे र अफिसको इन्टरनेट । डेरा छिटो जाने हतार पनि खासै थिएन । मेरो डेरा जाने समय एकदमै अनियमित हुनु स्वाभाविक थियो ।
एक दिन डेरा मा त्यसै पल्टेको थिए, अफिसबाट आएर । मेरो कोठाको ढोकामा कसैले नराम्रो संग हिर्कायो । Continue reading
~विक्रम सुब्बा~
लेखिँदैछ अब एउटा नयाँ किताब
मानिसहरू भन्दैछन् –
किताबको कुनै पनि अध्यायमा
राजाका जुँगावाला टोपीले शिर उठाउँने छैन
रानीका कुटील मुस्कान कतै पोतिने छैन
युवराजका कामुक ठट्टाहरूको विवरण लेखिने छैन
युवराज्ञीको शिरमा दैवी शक्तीको ताज पहिर्याइने छैन
के के होला त त्यो किताबमा ?
Continue reading
~पद्मावती सिंह~
नदी भएर बग्दै थिए आफ्नै यात्रामा
अनायास ठोक्किन पुगेँ लहर बनी किनारामा
लहरलहर ब्युझिरहेँ हरेक ठोक्काइमा
किरण किरण नुहाइरहेँ न्यानो अङ्ग़ालोमा Continue reading
~रामचन्द्र कार्की~
तिमीसँग खेलेको हिजै जस्तो लाग्छ,
कोलमा उखु पेलेको हिजै जस्तो लाग्छ ।
चिच्याउदा तिमी फुकाइ दे थे मैले,
लहराले जेलेको हिजै जस्तो लाग्छ । Continue reading
~नवीन विभास~
न भत्कन सकेको, न सप्रन सकेको एउटा छाप्रो । नुन बोक्न हिडेका हटारु अभरमा बस्ने ‘हाट’को बासजस्तो ।
जिन्दगी कमैयामै बिताए उनले । कति वर्ष ? उनीसँग हिसाबकिताब छैन । आफू कमैया बसेका जिम्दारका नाउँसमेत सम्झना छैन । जति जिम्दार फेरिए, उति फेरिएका उनका नाउँको पनि सम्झना छैन । न उनको आफ्नै नाउँ छ, न गाउँ छ, न उनको देश छ । न आफ्नो भन्नलायक बाँकी छ, कुनै रहर आफ्नो ।
उनको सबैभन्दा पछिल्लो नाउँ हो– पटवारी1को मन्ला2 । Continue reading
~आर.एम्. डंगोल~
सुकुलको तहमाथिबाट खबरदारी गरिरहेका
बेवारिसे औँला-हत्केलाहरू
संविधानको त्यान्द्रो चपाउँछन्
र, उग्राउँछन् आराम गरीगरी
समयको यो सुकुल
रोगी संविधानजस्तै अझै खिइँदै छ
यद्यपि, त्यसैमाथि बसेर Continue reading
~अनिल नेम्बाङ~
गलामा सेतो हिमश्रिङ्खलाको हार
हरियो पहाड-पर्वतको फरिया-चौबन्दी
ठाउँँ ठाउँमा लालिगुराँसको बुट्टा
बुर्कामा रङ्गिचङी डाँफेहरुको बिट
सिम्रिकको बाटुलो टिका
अनी लमतन्न मधेशको बाह्र हाते पटुकी
आहा! कती सुहाएको
तर, Continue reading
मेरा धेरै सपना अधुरै छन्, तर म बन्द बाकसभित्र थुनिएको छु !
बन्द बाकसभित्र निस्सासिनुको पीडा भोग्नुभएको छ ? म अहिले भोग्दैछु ।
तपाईं मसँग असहमत पनि हुनुहुनेछ कि– म बोल्न सक्छु ! तर म आज बोल्नेछु । तपाईंलाई म सत्य सुनाउने छु । एउटा लामो यात्रापछिको थकाइ म निस्सासिएर मेट्दैछु । म जीवनभर मान्छेको दास भएर बाँचें । आज यो बन्द बाकसभित्र भए पनि मेरो स्वतन्त्रता फुकेको छ । मसँगै मान्छेहरुले सर्वाधिक मन पराएको पुस्तक Continue reading
~ध्रुब सापकोटा~
कमान्डर उसको सामुन्नेमा थियो । त्यसैले फौजी शैलीमा सलाम ठोक्यो । उसले टाउको मात्र हल्लायो ।
“तिमी हो अहिलेको कमान्डर -” उसले प्रश्न गर्यो ।
“हजुर सर †” त्यसले जवाफ दियो । “तिमीहरू कति जना छौ यहा“ काम गर्ने -” उसले प्रश्न गर्यो ।
“१७ जना ।” कमान्डरले जवाफ दियो ।”तिमीहरूको काम के हो -” उसले प्रश्न गर्यो । Continue reading
~विमल निभा~
पहिले ऊ जन्म्यो
त्यसपछि उसका इच्छाहरु
विस्तारै–विस्तारै
ऊ चाहन्थ्यो
आकाशजत्रो कसौंडीमा
भात पकाउन
र धरतीका समस्त भोकाहरुलाई
पेटभरि खुवाउन
ऊ भेंडाहरुसँग Continue reading
~लक्की चाैधरी~
बजारमे हल्ला बा,
कति हुँ
आइल बा भ्यालेन्टाइन !
एहोर ओहोर हेर्नु
कोनुवा कप्चा निहर्नु
नै लागल नजर कहुँ
मनहे पुछ्नु
खै, कहाँ बा भ्यालेन्टाइन !?
बजार चोक
चिया पसल, सडक गल्ली Continue reading
~शिवराज पन्थी~
सिंढी चढ्दै थिए बु्ज्रुकहरू
मह काढ्नका लागि
रित्ता हात चाट्दै
इतिहासको रूखमा
धमिराको गोलो लागेको बेला
अरिंगाल उडेर
कल्पवृक्षमा डेरा स-यो
घर नजिकैको चौतारमा विराजमान Continue reading
~यादव खरेल~
अनौठाको रोगी छ डेँगू
उसलाई मन लागे स्वस्थ बन्छ !
उसलाई मन लागे बिरामी पर्छ !
हुकुम प्यारो डेँगूलाई
दरबार हुकुम गर्छ, डेँगू हाजिर
डेँगूलाई ज्वरो आउँदैन !
कट्वालहरू हुकुम गर्छन्, डेँगू उपस्थित
डेँगूलाई पेट दुख्दैन !
साम्राज्यवाद हुकुम गर्छ, डेँगू कुदेर पुग्छ
डेँगूलाई दम बढ्दैन ! Continue reading
~कार्तिकेय घिमिरे ~
नमस्ते म आशा हुँ ।
अहिले म काठमाडौंको एउटा विद्यालयमा कक्षा सातमा पढ्छु । मेरो विद्यालय एकदमै रमाइलो छ । चौरमा थरीथरीका फूल फुलेका छन् । सर मिसले पनि मलाई एकदमै माया गर्नुहुन्छ । मेरो कक्षाका साथीहरु पनि सबै मिलनसार छन् । तर मलाई सँधै मेरो विद्यालयको गेटमा नपुगुन्जेलसम्म दिक्क लाग्छ । डर पनि लाग्छ । विद्यालय पुगेपछि भने म दंग हुन्छु । खुसी हुन्छु ।
म विद्यालय जाने बेलामा किन दिक्क हुन्छु ? किन डर लाग्छ मलाई ? तपाईंलाई जान्न मन लाग्यो होइन ?
ल सुन्नुस्, आज म तपाईंलाई सत्य कुरा भन्छु ः Continue reading
~अरुणबहादुर खत्री “नदी”~
साना साना नानी हो
पढ्ने धेरै गरे है
धेरै धेरै पढेर
बुद्धिमानी बने है ।
आफूभन्दा ठूलालाई
गर्नुपर्छ मान है
सानासाना विद्यार्थीले Continue reading
~Bhupi Sherchan~
Translated by Yuyutsu Sharma
Daily in my dreams
young mothers come and like a lunatic
“O now my milk is of no value,
nor there remains now any meaning of my motherhood”
start singing this song
and start showing me their unfed breasts Continue reading
~महेन्द्र महक~
आफ्नो सम्पूर्ण राज्य हारेका थिए युथिष्ठिरले जुवाको खालमा । अन्ततः द्रौपदीलाई पनि दाउमा लगाएका थिए । द्रौपदीलाई पनि हारे । दुःशासनले द्रौपदिको चिरहरण गरेपछि मात्रै महाभारतको सूत्रपात भएको हो क्यार !
यो पौराणिक कथा थियो । जहाँ जुवाडे युथिष्ठिर र पाण्डवसँग दाउ लगाउनका लागि पत्नी थिइन्– द्रौपदी । तर यस युगको ग्याम्बलर लोकेन्द्र काजीसँग द्रौपदी थिइनन्– कमसेकम परदेशको यस ठाउँमा ।
त्यसैले खल्तीमा भएको चारहजार दुईसय दिराम लङ्गुरबूर्जामा हार्यो। र, चुपचाप कोठा फर्कियो । Continue reading
~राम श्रेष्ठ~
उनको पर्खाइमा साँच्चै कती रात बिते,
कती ॠतु गए, कती फुल फुले,
तर आँउछु भनेर नआउने निस्ठुरी,
फुलमा भमरा भुले झै बिदेशमै भुले।।
उनको नाममा साँच्चै कती चिठ्ठी कोरेँ, Continue reading
~मनु वि.क.~
छिन्नभिन्न टुक्रा टुक्रा हुने भयो राष्ट्रियता
नेपालीलाई भाँड्न आयो नेपालमा संघीयता
सबै मिली बाँधेका नेपाली हौं हामी
नेपालीको एकतालाई फाँड्न आयो संघीयता Continue reading
~मुरारीराज मिश्र~
पैसाको लागि – यहाँ इमान बेचिन्छ,
स्वार्थको लागि – यहाँ कानून मिचिन्छ,
यो विडम्वना नै भनुँ काठमाण्डौंको लागि
सत्यको वकालत गर्नेहरुलाई
यहाँ पद र शक्तिको हतियारले थिचिन्छ ।
यहाँ – जताततै टुटफुट छ, Continue reading
~खिमु केसी~
अर्लाम बज्यो पाँच बजे । पूरा रिङ सकियो । ब्यूँझिइनन् रीता । अर्लाम बन्द भयोे । दश मिनेट पछि पुनः बज्यो घण्टी । रीता मस्ताराम । बिछ्याउनमा । यो पटकको घण्टीले पनि उसलाई ब्यूँझाउन सकेन । रातभरको ह्याङओभर अझै हटेको थिएन । आठ बज्यो । बिहान पौने छ बजेको क्लास । जनतन उठि सवा दुइ घण्टापछि । शरीर लामो गरी तन्काइ । छिरी बाथरुममा । कक्षामा उपस्थित हुन सकिन ऊ ।
केही समयपछि भान्सामा गई । केही थिएनन् केवल राती खाएका जुठा भाँडा र वियरका बोतलबाहेक । छेउछाउमा चुरोटका ठुटाहरु । तनाव भयो । ड्रेसिङ रुममा गई । ड्रेस चेञ्ज गरी । व्याग बोकेर निस्की रुमबाहिर । मोबाइलको किप्याडमा नरेको नम्बर डायल गरी । ‘म सानेपा चोकमा छु प्लीज आ’न ।’ रीताले फोन काटी । Continue reading
~होतराज पौडेल~
मनकुमारीले सालको पातको मुठो फुकाउँदै भनी, ‘त्यो केटो शिवप्रसादकै छोरा हो, हिजो भर्खर काठमाण्डूबाट आ’को रे । नपत्याए तल्लोघरे काइलीलाई सोध न ।’
मनकुमारीको कुरालाई सही थप्दै चमेली भाउजूले पनि अर्को कुरा जोड्न पुगिन्, ‘त्यतिमात्र कहाँ हो र ? त्यो त विदेशमा पढेर धेरै ठूलो मान्छे पनि भएछ । पैसा पनि कमाएको छ रे टन्नै । अनि हेर न त्यो मोटर पनि कत्ति राम्रो छ, महँङ्गो पर्छ होला नि ?’
धर्मेकी आमाले टपरी र बौता सम्हाल्दै माला बनाउँदै थिइन् । मानांै उनले अरुको कुरा सुनिराखेकी छैनन् । बरु कुन्नि के कुरा मनमा खेलाउँदै छिन्, घरि कपालको चुल्ठो फु Continue reading
~उमाशङ्कर द्विवेदी~
कुनै पोखरीमा एउटा भारुण्ड चरा निवास गर्दथ्यो । उसको भुँडी एउटै भए पनि मुख दुईवटा थियो । एक दिन समुद्रको किनारमा डुलिरहँदा उसले एउटा अमृततुल्य फल फेला पार्यो जुन समुद्रको लहरले किनारामा ल्याइ पुर्याएको थियो । त्यस फललाई खाँदै उसको एउटा मुखले भन्यो–वाह, मैले समुद्रको लहरले बगाएर किनारामा ल्याएका सयकडौ अमृततुल्य फल खाएको छु तर यस फलको स्वाद त दिव्य तथा विलक्षण छ । यो देववृक्षको फल पो हो कि ? यस्तो स्वादिलो फल मैले आजसम्म खान पाएको छैन । Continue reading
~निर्मोही व्यास~
आँखा खोल्दा पनि हजूर, चिम्लिराख्ता पनि हजूर !
जैले पनि जता पनि झलझली हजूरैहजूर !
सपनीमा सँगै हजूर, बिपनीमा सधैं हजूर !
सम्झनाको देउरालीमा रातोदिन हजूरैहजूर !
अचम्मै पो हुँदो रैछ पिरतीको टुना हजूर ! Continue reading
~दावा पाख्रिन~
भिज्यो सिरानी रातमा उनको याद
भिज्यो सिरानी रातमा उनको यादमा – 2
आहै एक्लो रातमा
दुख्यो बिरानी छातीमा नौनी मुटुमा
आहै एक्लो रातमा
भिज्यो सिरानी रातमा उनको यादमा
आहै एक्लो रातमा । Continue reading
टकटक..टुकटुक…..भालेको डाँक भन्दा पहिले नै सडक बज्न थालेको थियो । ‘अरे के भएछ ?‘ कहिल्यै त्यति चहलपहल नहुने विष्णुमती किनार । आफ्नो प्लाष्ट्रिकको झुपडी डगमगाए झैं लागेर उसका आँखाहरु बिस्तारित भए । शीत पोखिनाले भत्किएको पीच पनि निख्खर कालो टल्किएको थियो । उसले देख्यो- सडकमा राता, नीला, हरिया, पहेंला रंग रंगका चप्पल र जुत्ताहरु फटाफट हिँडिरहेका थिए । कहिँ चप्पल पनि हिड्छन् त ? तत्काल आफ्नै बेबकूफिमा हाँसो उठ्यो उसलाई । अनि नजरहरु सरे यताउता ।
सडकमा निस्कनेहरु बाक्लिएछन् । त्यो चहलपहलमय वातावरणमा झुत्रामैला लुगा लगाएका मान्छेहरुको पनि उल्लेख्य सहभागिता थियो । कसैका हातमा राता झण्डा थिए । कसैले लठ्ठि टेकेका थिए त कोही पर्चा बाँड्दैपनि थिए । अझ उदेकलाग्दो कुरो, चप्पल र जुत्तासँगै धेरै खाली खुट्टाहरु पनि जुर्मुराएका थिए । Continue reading
~शिवराज पन्थी~
तिमी र म
फरक फरक जातका मान्छे रे ¤
हैसियत छैन रे मेरो
उठबस गर्ने तिमीसँग
न हात मिलाउन लायक ठानिन्छ
न त दुई हात जोड्ने शिष्टता नै
तिमी एक कित्ताको Continue reading