~लक्की चाैधरी~
राष्ट्रपति मुखर्जीको, घुमघाम गजब ।
नेपाली स्वागतको, तामझाम गजब ।
सुरक्षा हो कि सास्ती, बुझ्न सकिएन
सर्वसाधारणमा सरकारी, लगाम गजब । Continue reading
~लक्की चाैधरी~
राष्ट्रपति मुखर्जीको, घुमघाम गजब ।
नेपाली स्वागतको, तामझाम गजब ।
सुरक्षा हो कि सास्ती, बुझ्न सकिएन
सर्वसाधारणमा सरकारी, लगाम गजब । Continue reading
~Bimal Nibha~
Translated by Yuyutsu Sharma
The killer has withdrawn
from the scene of oppression,
leaving behind
a sea of silences,
a confluence
of items elemental.
Some of the items had special significance Continue reading
~एम के कुसुम्या~
निदेलसे घरक मनै छोर्देम कठु जाँरक भंक्री
कबु काल रिस लग्था फोर्देम कठु जाँरक भंक्री
मै मटोर्या अस्त बातु जाँर निहोक निसेक्तु मै
देना बा त देओ नै त चोर्देम कठु जाँरक भंक्री Continue reading
~राजेन्द्र खरेल~
मन्त्रीजीको छोराको अपहरण केस अनुसन्धान गर्न मलाई दश दिनको म्याद दिएर मन्त्रीजीको गृहजिल्ला पठाइएको छ । ६ दिनभित्रै म केसको जरासम्म पुगेको छु तर केसको जरा यसरी बाङ्गिएको होला भनेर मैले कल्पना गरेको थिइनँ । अपहरणकाण्डको प्रकृति र जटिलताले मलाई थोरै अप्ठ्यारो, थोरै भावुक, थोरै डर र धेरै दुःखमिश्रित संवेगको मोडमा ल्याएर उभ्याएको छ ।
उसको रुन्चे अनुहार आँखा अगाडि फनफनी घुमिरहेछ । उसको रोदनमिश्रित आवाज मेरो कानमा बजिरहेछ, “म निर्देष छु सर, मलाई केही थाहा छैन ।”
मेरो अगाडि एउटा डायरी छ । पुरानो त्यो डायरीले हाम्रो कमजो Continue reading
~उमाशङ्कर द्विवेदी~
ऋषि अयोदधौम्यको अर्को शिष्यको नाम उपमन्यु थियो । आचार्यले उपमन्युलाई गाईवस्तुको हेरचाहको जिम्मा दिएका थिए । उपमन्यु दिउँसभरि गाई चराएर बेलुकापख ऋषिको आश्रममा फर्की आई गुरुलाई नमस्कार गर्यो ।
आचार्यले सोधे–बाबू, तिमी निकै मोटोघाटो तथा बलवान देखिइरहेका छौ । तिमीले के खाने पिउने गरेका छौ ?
शिष्यले भन्यो–गुरुज्यू, म भिक्षा मागेर खान्छु । Continue reading
~मोहन बिर साउँद~
हरियो फुलको डाली, माथीमा फुल फुल्यो को।।
घर बारी भयाको मान्क्षे, बाईर मन डुल्यो को।।
बासना बेस्सरी आउछ, फुल भाडि र बोट।।
बिईर दन्त झल्क्याकै छ, मन मुटुमा चोट ।। Continue reading
~संकलन: धर्मराज थापा~
नेपालीले माया मार्यो बरि लै
नेपालीले माया मार्यो बरि लै २
जन्मेको देशलाई नेपाली भेषलाई २
नेपालीले माया मार्यो बरि लै
हिडेको बाटो बारीको माटो
हसियाँ नाम्लो मकैको आँटो
वनको सिठी मेलाकी ठिटी
ऐंसेलु दाना दिउँसोको खाना
नेपालीले माया मार्यो बरि लै Continue reading
~प्रकाश सुनुवार ‘निराकार’~
तेलखानी विनाको नेपाल
आज इराक हुनुपरेन
वारुदको तुवाँलो भित्र रुमलिनु परेन
हिटलरी दमन भन्दा दर्दमुलक
भयँकर अमेरिकी सेनाको
पदचापद्धारा कुल्चिनु परेन
तर
साम्राज्यवादीका कमाराहरु Continue reading
~पदम गौतम~
तिमी जता पुग्यौ त्यतै पछ्याउँदै म आउँछु
मधेसमा, हिमालमा, पहाडमा म धाउँछु
म प्रेम पुज्दछु सधैँ र प्रेममै हराउँछु
अझै उही चरीसरी म प्रेमगीत गाउँछु Continue reading
~दिलिप योन्जन~
आखैमा लुकाई मुटुमा राखे, हितैको मायालाई
बिरानो बनी बिलौना पोख्छे, दुनिया हसाई
मायैमा हुन्छ अन्जानको भुल, बेदना पोख्नु
दुखेको आत्मा आसुले धुई, फुलैले सजाउनु।
पिडा बाडे सान्ति मिल्छ, पिडा मै नडुब्नु
धुखेको मुटु मायाले धुनु, निस्ठुरी नहुनु Continue reading
~बिस्नु प्रवा सापकोटा~
न आँखा आँखा जस्तो,न नाक नाक जस्तै छ
मुहार, हात, खुट्टा,शरीरको हालत उस्तै छ
मान्छेको चित्र बनाउ भनेको ‘के हो छोरा यो’?
छोरो मुस्कुराउदै बोल्यो ‘बा मान्छे यस्तै छ’।।
बाघलाई बाख्राले तर्साउदैन
खडेरिमा पहरा सर्साउदैन
यती कुरा बुझिराख्नु भाई
पहिरोले फूल बर्षाउदैन।। Continue reading
~कुमार काफ्ले~
र त्यसपछि धेरै वर्षमा त्यो सुन्दर गाउँ जुर्मुरुराउन थाल्यो।
छिन्नभिन्न भएका महिलाहरू विस्तारै एकत्रित हुन थाले।स्यारोन र निकिताले अगुवाइ गरेर टोलटोलमा आमा समूह गठन गरे,प्रत्येक हप्ताको शनिबार समूहको बैठक राखी महिला अधिकार, महिला स्वास्थ्य र घरेलुु तथा यौन हिंसाको बारेमा प्रशिक्षित गर्न थाले।त्यस काममा उनीहरूलाई सरिता,सीता, मञ्जु,पवित्रा,पार्वती र ललितमायाहरूको साथ थियोे।स्वास्थ्य चौकीका कर्मचारी,विद्यालयका शिक्षिकाहरू र गोमाहरूले पनि उनीहरूको यस अभियानमा दरिलो साथ दिएका थिए।
शनिबारको लागि अग्रिम तयारी उनीहरू अघिल्लै साँझ स्यारोनको घरमा बसेर विषय उठान,त्यसमाथि गहन छलफल र अन्त्यमा निष्कर्ष निकालेर छुट्टिन्थे।गम्भीर विषयमा छलफल, बहस गरिरहदाँ बेलाबेलामा रमाइला Continue reading
~लक्ष्मण लोहनी~
ए, को त्यो ?
धत् लाटा
त्यो त नेता !
त्यो को नि ?
नेतालाई जिताउने जनता ।
यो चवन्नी कार्यकर्ता
यसले चार खण्डको एक खण्ड पाउँछ Continue reading
बिश्राम लिएको छ चक्काले
जुन बयल गाडीको हो ।
कसैले नसोचोस्
समुद्रभित्र डुबेको छ
संधैको निम्ति बत्ती ।
बत्ती आफैंमा प्रज्वलित हुन्छ Continue reading
~गोविन्द नेपाल~
यसपटक
आफ्नो अर्को नहेरौँ
कालो गोरो नहेरौँ
अग्लो होचो नहेरौँ
दुब्लो मोटो नहेरौँ
चुच्चा-थेप्चा नाक नहेरौँ
चिम्सा-बाटुला आँखा नहेरौँ
मंगोल-आर्य अनुहार नहेरौँ Continue reading
माय मिथिलाकेँ संतान अहाँ
राखु पूर्वजकेँ मान अहाँ
छोडि़कऽ Continue reading
~रुमन न्यौपाने ‘अमन्त’~
मक्कीएको हाड लिई
म बाँचेको धेरै भयो ।
सस्तिएको भाउ माझ
म बेचिएको धेरै भयो ।
मेरो अस्तित्व छारो भएनी
स्वतन्त्र उड्न कहाँ सक्छु र ।
आफ्नै नृत्याङ्गनमा
म चिप्लिएर के भयो । Continue reading
भाग १
कथाका स्वरुप एक हुन्नन् । कथा त भन्ने मान्छेको भावना अनुसारले वंगिन्छ। कथा त एउटा ऐना हो सुनाउने मान्छेको मनको । उसको मनमा के खेलिरहेको छ , कथा त्यसै अनुसार चित्रण हुन्छ।कथा वाचकले धमिलिएको दिनमात्रलाई पनि रात वनाउन सक्छ अनि जुनलागेको रातलाई समेत दिन मानिदिन सक्छ। यो कथा को अर्को पाटोको हो । यो सावित्रीको कथा हो ।
सावित्री, नाम उसको वाउले राखेको, पण्डितजीले सा वाट उठ्ने नाम राख भनेर अनुमति दिएपछि। हुन त साह्रै खुशी थिएन सावित्रीको वाउ, छोरो चाहिएको थियो उसलाई । त्यसैले होला नाम पनि पुरुषको सुरक्षा गर्न सक्ने स्त्रीको राखिदियो। मृत्युको मुखवाट पनि पुरुषलाई तानेर ल्याउन सक्ने स्त्री वनाइदियो नाम राखेर । जन्मेको एघार दिन देखी नै उ सावित्री वनी । Continue reading
~Pramod Snehi~
Translated by Yuyutsu Sharma
In the remote mountain villages
little children are playing
in the dust of the famished streets.
And uninterrupted
in the vivid mirrors
of their eyes are dancing
stunning sequences of a beautiful hunger.
More than hunger
of a loaf of bread
an ache of a sweet hunger of dreams Continue reading
~लक्षीराम आचार्य “अविरल”~
रणमैदानमै डुबुल्की मार तिमी
हजारौं मोर्चा लड,
अनि हजारौं हारका बिचमै
सुनौलो जीतको संसार खोज
त्यही सपना सहितको रमणिय
वगैचाको यात्रा रोज
डुल्दाडुल्दै वगैचामा तिमीलाई Continue reading
~प्रमोद स्नेही~
नाङ्गो मान्छेहरूको शहरमा
स्वयं लाजले आत्महत्या गर्यो ।
कपडाहरू दन्त्यकथाहरूमा
परिभाषित भए ।
केही मान्छेहरू राम्रा
र महँगा कपडाहरू
लाएर पनि
सर्वाङ्ग नाङ्गो छन् । Continue reading
~Krishna Bhakta Shrestha~
Translated by Yuyutsu Sharma
A vulture’s first
peck is at the eyes,
the eyes that see
the iridescence of the spectrum of life.
Haphazardly
it pounces and snaps, Continue reading
~Bikrant Koirala~
Blood all over, I am covered in blood. My hands are red, my clothes wet with blood. I look my image in the pond, blood runs down the cheeks and drips off my chin. I wash my hands and face with the water. I again look at my image. The colour doesn’t fade away. I rub hard, very hard with a stone. It doesn’t work either. I jump into the pond to wash myself. At an instance the water turns red, a pool of blood, I want to get out of it but something pulls me inside. I struggle, the thing pulls me more and more. I swallow blood, I choke and suddenly I wake up.
I am sweating, sweating a lot. I reach for the lighter under my pillow, light the tuki on the table. Beside me, my wife is in deep sleep. Not disturbing her, I quietly Continue reading
~मनोज न्यौपाने~
रातमा पनि फुलिरहेछ गुलाफको फूल
चँद्रमालाई हेरिरहेछ गुलाफको फूल
रिसाएकी प्रेमिकालाई फकाउनलाई कोही
छानीछानी चुँडिरहेछ गुलाफको फूल Continue reading
~सोम डेमनडौरा~
चैतको महिना । दिउँसोको बाह्र बजेको छ । घाम पनि चर्किंदो छ । कोहि खेतमा तोरि उखेल्दै छन् त कोहि मसुरो । कोहीभने घरमा आइसकेका छन् घाम मार्न । जोतपुरको किसानहरुको दिनचर्या नै यहि हो । फाटफुट दुई तीन घर बाहुनक्षेत्रीका छन् । बाँकि सबै थारुका घर छन् ।
बुक्रिहान घरका किसन्वा बगर्वाको खट्यामा झोक्राएर बसेका छन् । किस्निन्या घरको ढोकानिरै सुखुनको अँख्वारी गर्दैछिन् । चर्को घाम भएकोले बाटोमा मान्छेको आवतजावत पनि कम छ । त्यसो त उनिहरुको घर चल्तिको बाटोमा पनि छैन । अर्थात् गाउँको सहायक बाटोमा उनीहरुको घर छ । लगभग गाउँको पुछारमा छ उनीहरुको घर ।
“अलपनिरञ्जन । भगवान भोलेनाथ आपका दया करें । Continue reading
~विशाल दर्लामी~
जब हुलका हुल
युवाहरु आँखामा
बलिन्द्र आँशु लिंदै
आफू जन्मिएको
माटोलाई
बाईबाई गर्दै
मरुभूमिमा भित्रिन
बाध्य हुन्छन् Continue reading
~भिम बहादुर थापा~
सोझो हुनु अभिसाप भो, कपट कै रजाईं भो
मान्छेभित्र मान्छे भेट्ने, मेरो आशा थकाई भो
**
सप्रियो कि मान्छे भन्थें, दिलको छुरा ताजै रैछ
साँचो नाता पलाउला कि, व्यर्थै मेरो सोधाई भो Continue reading
~मनु वि.क.~
रिङदै घुम्दै आयो तीज नेपालीको आँगन
गीत गाउ दिदी बहिनी सँगै नाचौं न
नेपालीलाई दिदीबहिनी साह्रै दुःख भएको
हेर न शान्ति देशमा छैन आएको Continue reading
~राजेन्द्रप्रसाद अर्याल~
हामी बेलायत त पुग्यौ त घुमफिर गर्ने प्रशस्त समय थिएन । यस समस्यासँग परिचित विमल, विकल र विनयले न्यून समयको अत्यधिक उपयोग गर्ने कार्यक्रम तय गरें । एक बिहान हामी लन्डन सहरको साउथलतर्फ लाग्यौं । हामी जति अगाडि बढ्थ्यौं, सिनुका वरिपरि उडेका गिद्ध र चिल सरह हवाइजहाजहरू आकाश मार्गको नजिक देखिंदै आए । संसारकै अति व्यस्त विमानस्थल ‘हिथ्रो’ साउथल नजिकै पर्दो रहेछ । हुन पनि हिथ्रो विमानस्थलमा जहाज अवतरणको चाप यति धेरै हुँदो रहेछ कि पालो पर्खने क्रममा तिनीहरू आकाशैमा लामबद्ध हुन बाध्य हँुदा रहेछन् । केही समयमा नै हाम्रो गाडी साउथल पुग्यो । वासस्थान ग्रिनफोर्डबाट त्यति टाढा रहेनछ साउथल ।
साउथलको वरिपरि विचरण गर्दै गयौं । त्यहाँको अवस्था हेर्दा मलाई आफ्नो देशको नजिक पुगे जस्तो लाग्यो । Continue reading
~गुरुप्रसाद कुमाल “बुलबुल”~
उठौं अब हामी सबै लिएर एउटै नारा
जागौं सकल नवयुगका, युवा हामी सारा
समाजको छुवाछूत अन्त्य गर्नलाई जागौं,
देश र सभाको रंग फेर्र्ने हाम्रो अभिभारा Continue reading
~गीता थापा ‘दोषी’~
दिदी ! तपाईको छोरा… जुठेल्नामा भाँडा माझिरहेका बेला अकस्मात चिरपरिचित आवाज निस्कियो । अड्किदै निक्लिए झैं लाग्ने त्यो पुरुष आवाजले मेरो ध्यान तानियो । म वरिपरीको वातावरणलाई कालो बादलले ढप्पक्कै ढाक्यो । आँखाका उजेलो झ्याप्पै निभ्यो। आफूलाई सम्हाल्दा सम्हाल्दैपनि चर्को स्वरले चिच्याउँन पुगेँ- के भयो मेरो छोरालाई ? हस्पिटल लानु पर्ने भयो । एम्बुलेन्समा राखिएको छ । तपाई पैसा र ओड्ने ओछ्याउने लिएर चाँडै चोकमा पुग्नु रे । त्यति भनि राखेर उ बाटो लाग्यो।
म जड्वतरुपले उसका शब्द गम्न थालेँ । ‘एकक्षण अगाडि वनभात खान जान्छु भन्दै मेरो छोरो आँगनमा बुर्कुसी मार्दै थियो । उसको एकहोरो जिद्दीको अगाडि मैले घुँडा टेक्नु परेथ्यो । त्यसैले नाइनास्ती नगरीकन पछाडि भिर्ने झोलामा प्लेट, चम्चा, र ग्लास, राखेर राम्रो सँगले जाँनु भनि उसलाई साथीहरुका माझ छाडेर म Continue reading
~आचार्य प्रभा~
धेरै आँखा आए यहाँ बास दिन्छु भनी
धेरै हात धाए यहाँ साथ दिन्छु भनी
कस्को विश्वाश गरिकन बास माग्नु मैले
कस्को भर परिकन साथ माग्नु मैले Continue reading