चलचित्र गीत : कसरी भनु म, मनको कुरा यो

~कुसुम गजमेर~

कसरी भनु म, मनको कुरा यो
पहिलो पहिलो माया हजुरलाई
भनी दे न ए चरी मेरो हजुरलाई ।

सिरिरी लाग्छ पगली पवन
नयाँ नयाँ लाग्छ धरती गगन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

पुस्तक समीक्षा : राजधानी छिरेपछि राष्ट्रभक्तिपूर्ण सङ्ग्रह

~अरुणबहादुर खत्री ‘नदी’~Arun Bahadur Khatri 'Nadi'

महोत्तरीमा जन्मिएर ललितपुर इमाडोल २ मा बसी निरन्तर आफ्नो कवि व्यक्तित्व विकास गर्ने प्रतिभा हुन् मणिराज सिंह । उनको राजधानी छिरेपछि नामुब कवितासङ्ग्रह दोस्रो कृतिको रूपमा प्रकाशित भएको छ। यस कृतिभन्दा अगाडि उनले लेखेको अक्षर खुर्पा र खुकुरीहरू नामक कवितासङ्ग्रह २०६५ वैशाखमा निस्केको थियो । प्रस्तुत कवितासङ्ग्रहमा जम्मा सत्चालीसओटा समसामयिक कविता सङ्ग्रहीत छन् । सबैजसो कवितामा कवित्व प्रबल रहेको छ भने ूपतन्त्र गद्दलयको मिठास पनि पाइन्छ । राष्ट्रप्रेम राष्ट्रिय अखण्डता र स्वाधिनताका स्वरहरू यत्रतत्र सर्वत्र पाउन सकिनछ उनका कवितामा देशभक्तिको भावना छ भने देश दुखेको पीडा पनि छ । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

गजल : तिमी कहाँ थियौ ?

~सीता थारू ‘निश्छल’~sita-nischal

जिन्दगीमा हाले चिठ्ठा, तिमी कहाँ थियौ ?
तिम्रै लागि माँगे भिक्षा, तिमी कहाँ थियौ ?

हातमा लिएर बरमाला र सिंदूर–थाली
घरि–घरि थापें टीका, तिमी कहाँ थियौ ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : बजाउँदा बजाउँदै

~नरेशदेव पन्त~

बजाउँदा बजाउँदै जिबन बित्यो ।(२)
गाँउदा गाउदै जिबन बित्यो । (२)

अब म गाँउदिन प्रीतका गितहरु
अब बजाँउदिन मायाका धुनहरु ।
मेरा गला थाकीसके ।
मेरा हातहरु काँपीसके । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

पुस्तक समीक्षा : हास्यव्यङ्ग्यको स्वादिलो ‘चड्कन’

~मोहनराज शर्मा~mohanraj-sharma

हरिकला अड्बाङ्गे घोडा कुदाउने बिछट्टकी घोडचढी हुन् । यिनी कहिले पिठ्यूँमा गजक्क बसेर, कहिले कोखातिर लरक्क लर्केर, कहिले पेटमुनि लिपिस्सै टाँसिएर अनि कहिले पुच्छरमा तुर्लुङ्ग झुन्डिएर घोडा हाँक्ने काम गर्छिन् ।

‘अड्बाङ्गे घोडा’ अमिल्दो र अप्ठ्यारो हुन्छ । लेखनमा हास्यव्यङ्ग्य त्यस्तै खालको घोडा हो । व्यक्ति वा वस्तुको अमिल्दोपनलाई विषय बनाइने हुँदा हास्यव्यङ्ग्य अड्बाङ्गो भई लेख्नाका निम्ति निकै गाह्रो हुन्छ, तर लेखिएपछि यसलाई सबैले मन पराउँछन् । पाठकहरूबाट अत्यधिक मन पराइने र रुचाइने भएको हुँदा हास्यव्यङ्ग्यलाई लोकप्रिय रचनाप्रकार मानिन्छ । ‘घोडचढी’चाहिँ अड्बाङ्गे घोडा चढ्ने हास्यव्यङ्ग्यकार हो । ऊ साधारण नभएर बिछट्टको हुन्छ र उसले अड्बाङ्गे वा अमिल्दा व्यक्ति एवं वस्तुबारे सिपालु कलम घुमाएर घत र घाउ पार्ने ढङ्गमा लेख्छ । त्यस्तै घोडाको ‘पिठ्युँ, कोखा, पेट, पुच्छर’ आदि चाहिँ हास्यव्यङ्ग्यात्मक Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पौराणिक कथा : पुनर्मूषिको भव

~उमाशङ्कर द्विवेदी~

गङ्गाको तीरमा जप, नियम, तप, स्वाध्याय, उपवास आदि योग क्रियामा लागेर पवित्र जल तथा वनका कन्द, मूल, फल खाई जीउ सुकाई तपस्यारत केही ऋषिहरूको परिपूर्ण एउटा आश्रम थियो । त्यस आश्रमका कुलपति याज्ञवल्क्य नाम गरेका ऋषि थिए । एक दिन प्रात:काल गङ्गास्नान पछि देवता तथा पितृहरूलाइ आचमन, पाद्य तथा अघ्र्य दिन उद्यत रहेका ऋषिको अञ्जुलिमा चिलले आफ्नो चुच्चोमा च्यापेको एउटा मुसाको बच्चा संयोगवश खस्न पुग्यो । ऋषि ध्यानमग्न अवस्थामा रहेका तथा अञ्जुलीमा सल्बाबलाइरहेको कुनै जीवित प्राणीको शिशुको प्राप्तिको आभास पाएर चकित भई हेर्दा त त्यो जीव मुसाको बच्चा पो रहेछ । ऋषिलाइ करुणा लागेर हृदय दया प्लावित भएर आयो । पूजा गर्ने बेला त्यस मुसाको बच्चालाई एउटा वटपत्रमाथि राखेर पुन: स्नान, आचमन तथा प्रायश्चित गरेर आफ्नो Continue reading →

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

गीत : सपनीमा तिम्लाई

~टंक सम्वाहाम्फे~Tanka Samwahangfe

सपनीमा तिम्लाई देखी वर्वराएछु राती
व्युँझी खोजे अध्यारो मै पाउँनलाई कति

मोहनी पो लायौ कि तिमी नै तिमी देख्छु
एकान्तको सुसार्इमा पनि तिम्रै वोली सुन्छु
भेट नहुँदा त्यसै त्यसै देख्दो रहेछ छाती Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : रक्सीको मात

~प्रणिका कोयु~pranika-koyu

रक्सीको मात?
मिठो हुन्छ
तिम्रो माया जस्तै
आफ्नोपनमा रत्ताउने

रक्सीको मात?
तितो हुन्छ
तिम्रो तिरस्कार जस्तै
चुपचाप निल्नु पर्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : नेपाल सुनौलो

~सजना गुरुङ~Sajana Gurung

छन्द – मत्तकासिनी

वीरैले बनाको नेपाल सुनौलो |
त्यागैले सजाको नेपाल सुनौलो |

तोड्ने त्यो नसोचौ मोती सब एकै
धागोमा लगाको नेपाल सुनौलो | Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो देश कतै भेटिएन

~सागर कार्की~Sagar Karki

बिचरी माईली काकी-
महाकालीको किनारमा जिन्दगी खोज्दैछिन् अझै ।

भन्छीन्,
यो माटो होईन
मेरो छोरा-बुहारीको अस्तु हो ।
मेरो नातीको दुई भित्ते ज्यान
अनि मेरी नातीनीको काँचो बोली Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : असहज निकटता

~सीता अर्याल~Sita Aryal

लण्डन सहरको पिकाडेली सकर्सतर्फ विषेश जरुरी काम भएकाले म सधैँभन्दा केही मिनेट छिटै घरबाट निस्केँ। मलाई ननिस्कियुन्जेल निकै तनाव महसुस भैरहेको थियो कारण निकले फोन गर्छ कि भनेर। उसले फोन गर्यो भने घन्टौंसम्म पनि राख्नै मान्दैन। निकको आदतले मलाई छक्क पारेको छ। टेलिफोनबाट पनि यति लामो गफ गर्ने मान्छे मैले कतै देखेको छैन। उसले समयको महत्व बुझेको महसुस उसँगको एक वर्षो सङ्गतको अन्तरालमा पनि मैले अनुभव गर्न सकिन। मैले कैयौं पटक सम्झाएँ पनि तर मुसुक्क हाँसेर टारिदिन्छ। म मनमनै उप्रति मुरमुरिएकी हुन्छु। भेट्ने वित्तिकै सम्झाउँछु। गाली पनि गर्छु भनेर कस्सीएको मन उसको सामुन्ने पर्ने वित्तिकै गरुडको अगाडि र्सपजस्तै हुन्छ। उसको रुपनै त्यस्तै छ। जो पनि उप्रति सम्मोहित हुन वेरै लाग्दैन। उस्का सुनौला केशरासी जस्ले निधारसम्म टेक्न आइपुगेका छन्। कुइरा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कार्यपत्र : साठीको दशकमा नेपाली उपान्यास : एक सिंहावलोकन

~महेश पौड्याल~Mahesh Paudyal

सबैभन्दा सुलभ र प्रजातान्त्रिक साहित्यक विधा भएकै कारणले उपन्यासले पाठकसँग सम्वन्ध स्थापित गर्नुपर्छ । आवरण, सकारात्मक समीक्षकबाट उद्धृत गरिएका हरफ जस्ता अनेक प्रकारका बाह्य प्रभावहरूले यस सम्बन्धलाई सहज या कुण्ठित तुल्याएको पनि हुनसक्छ । तथापि, उपन्यासले संसारमा आफ्नो बाटो आफैँ स्थापिन गर्न सक्नुपर्छ ।
— जोन म्युलान (हाउ द नोवल वक्स)

यस कार्यपत्रले साठीको दसकमा नेपाली उपन्यासको क्षेत्रमा देखिएको संख्यात्मक र गुणात्मक परिवर्तनको सामान्य मूल्याङ्कनको जमर्को गरेको छ ।  तर विषयको बृहत्ता र यस कार्यपत्रले समेट्न अपेक्षित व्यापक धरातललाई दृष्टिगत गर्दा  यस कार्यपत्रको सीमाक्षेत्रभित्र धेरै कुरालाई सम्वोधन गर्न नसकिने हुँदा केही प्रतिनिधि उपन्यासको बाहेक सबै उपन्यसाको नाम लिनु वा संश्लेषण गर्नु अथवा नेपाली भाषाका अतिरिक्त Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

अनूदित कथा : च्यांग्रा : ट्य्राफिक प्रहरी

~सेर्गेइ बारुझ्दिन~
अनु. कृष्णप्रकाश श्रेष्ठ.

हिमालयका पहाडहरुमा रहेको सानो मुलुक नेपालको राजधानी काठमाडौंमा सडकहरु ज्यादै साँगुरा छन् । तर ट्य्राफिकहरुको भने घुइँचो रहन्छ । मोटरगाडीहरु प्रशस्तै छन् । त्यसैलै त्यहाँ पैदल हिंड्नु नै बढी राम्रो हुन्छ ।

हामी काठमाडौं उत्रेको पहिलो दिन नै म शहरमा डुल्न निस्कें । साँगुरा तर चहलपहलपूर्ण सडकहरुले मलाई केन्द्रतिर कतै डोर्याएर लगे । म त्यतैतिर लम्किएँ । एउटा फराकिलो चोक आइपुग्यो । देब्रेतिर विशाल घाँसको मैदान थियो भने दायाँतिर राजदर्बार, अनि अगिल्तिर चाहिं मोटरगाडीहरुको लाम, साँढे र राँगाहरुको बगाल, साइकल र गाडा तान्ने मानिसहरुको घुइँचो । Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

सूत्रकथा : उपहास

~कुमार काफ्ले~kumar-kafle

-महिलाहरू जोयालाई अपमानजनक रूपमा देश निकाला गरिएको विरोधमा र पीडकलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन गरिरहेका थिए।

-आन्दोलनले गति र उग्ररुप लिएपछि सरकारले धरपकड र नियन्त्रण गर्यो। Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : कति

~विमल निभा~Bimal Niva

कति एसिडका बोतलहरु,
चिसो सिमेन्टको कोठा
र विषकन्याहरु कति
कति हाडहरुका पिरामिड,
बौलाहा हात्तीको दौड
र कोतपर्वहरु कति
कति इलेक्ट्रिक सक,
शरीरमा नीला–नीला डाम Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : छाडा गाली

~केदार शर्मा~

मेरा शिष्ट, सभ्य र शालीन पाठक
तपाईँ जस्तै म पनि कवितालाई आदर गर्छु
अत्यन्त सम्मान गर्छु शब्दशिल्पलाई
कवितालाई अपशब्दहरूले बिटुल्याउनु हुन्न
वाग्देवीको कृडास्थल हो कविता, फोहोर पार्नु हुन्न
तपाईँका सामु मैले मेरो रिस देखाउनु हुन्न
मैले त शिष्ट शब्दहरू खिपेर हिर्काउनु पर्छ रिसै उठ्यो भने पनि
मैले लेखेको कविता त सबैले सबैका सामु पढ्न सक्ने हुनुपर्छ…
Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : ए कान्छी मायाको ढोका

~सुधा बस्नेत~

ए कान्छी मायाको ढोका खुल्लै छ
आऊ न तिमी आऊ न
देउराली पाखैमा झझल्को आँखैमा
यो मायाले किन सताउँछ

चुल्ठोमा लाली गुराँस सिउरेर तिमीले मस्की मस्की हिंड्दा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : झण्डा फहराइरहेछ

~बिमल गुरुङ~bimal-gurung

झण्डा फहराइरहेछ
घडीको काँटा
कबिता गुन्गुनाउँदै सडक हिंडिरहेछ
बतास चलिरहेछ
टेलिफोनको पोलमाथि
हँसिया र हतौंडाको रातो झण्डा फहराइरहेछ

आकाशलाई रातले हिर्काइरहेछ
आकाशको आँखाभित्र पिडापूर्ण आँसुको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्रा

~सुवास भट्ट~

म एक लामो यात्रामा
मिल्टनको प्याराहाइज खोज्दै
निरन्तर एक लामो अनि
कठिन बाटोमा हिंडिरहेछु ।
मेरो बाटोमा तलवारहरू छन्
धारिला तरवारमा टेक्दै,
म कुनै घाउहरूको पर्वाह नगरी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : द्वन्द्वकालको एकाङ्गी नालीबेली

~रामेश्वर बोहरा~book-cover-dipendra-rokaya-nafa-ko-jindagi-ekanki

माओवादीको हिंसात्मक विद्रोहका बेला त्यही पार्टीसँग सम्बद्ध पत्रकारहरुले भोगेको नियतिको शब्दचित्र हो, दीपेन्द्र रोकायाको पुस्तक नाफाको जिन्दगी। पुस्तकमा प्रहरी हिरासतमा उनले पाएको यातनाको बेलिबिस्तार छ।

हुम्लाको विकट गाउँमा बिरामी बाबुलाई भेट्न काठमाडौंबाट नेपालगञ्ज हुँदै कोल्टी (बाजुरा) विमानस्थल पुगेका उनलाई माओवादी नेता नेत्रविक्रम चन्द (विप्लव) भएको आरोपमा विमानस्थलमै समातियो। त्यसपछि उनले भोग्नुपर्‍यो, आङ नै सिरिङ्ग पार्ने यातना। पुस्तक मूल रूपमा यसैमा केन्द्रित छ।

पत्रकार भए पनि लेखकले सबै ठाउँमा आफूलाई माओवादी कार्यकर्ताको रूपमा मात्र प्रस्तुत गरेका छन्। Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

मैथिली मुक्तक : प्रिय प्राण हमर

~विनीत ठाकुर~Binit Thakur

अहाँ छी जीनगीक चान हमर
अहीँ पर सदिखन ध्यान हमर
ई मधुर Continue reading →

Posted in मैथिली मुक्तक | Tagged | Leave a comment

सुनुवार भाषी कविता : लाँ कोःशा

~होम दासुच सुनुवार~

थोचे थोचे दिश थोचे
गोमि रिम-ताङ लाँ कोःशा
नाः दाम-ना दाम-ना नाः सोशा
मि-चिइयो ब्ला ब्ला दुम-ता
एर ओत-थि गेत-थि लुअÞच लाँ कोःशा ।

माग्लुम-सिबा दे तुइश-शो हाना Continue reading →

Posted in सुनुवार कविता | Tagged | Leave a comment

कविता : म लेख्दिन भन्छु तर आफैं लेखिँदो रहेछ

~प्रेम प्रसाद पौडेल~prem-prasad-paudel

आजभोलि म लेख्दिन भन्छु
लेख, रचना र कविता
लेख्दिन भनेर लेखिरहँदा
आफैं लेख वा कविता बनिँदो रहेछ
म लेख्दिन भन्छु तर आफैं लेखिँदो रहेछ ।।१

खै मलाई थाहा छैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कार्यपत्र : आधुुनिक नेपाली लघुकथामा दार्शनिक चेतना

~पुष्करराज भट्ट~pushkar-raj-bhatta

१.१ विषय परिचय
आधुुनिक नेपाली लघुकथाले आधुनिक कथातत्वले परिपूूर्ण भएका, क्षीण कथानक, सिमित परिवेश एवम् पात्र भएका नेपाली भाषामा लेखिएका लघु आख्यानात्मक रचनालाई बोध गर्दछ । दर्शनले जीवन जगतमा उत्पन्न चेतनालाई विवेचना एवम् विश्लेषण गर्ने कार्य गर्दछ । “आधुुनिक नेपाली लघुुकथामा दार्शनिक चेतना” भन्नाले आधुनिक कथातत्वले परिपूूर्ण भएका, क्षीण कथानक, सिमित परिवेश एवम् पात्र भएका नेपाली भाषामा लेखिएका लघु आख्यानात्मक रचनामा अभिव्यक्त दार्शनिक चेतनालाई बुुझाउँछ । नेपाली साहित्यमा विशेषतः आधुुनिक नेपाली लघुुकथा लेखनको प्रस्थानबिन्दुु मानिएको पूूर्णप्रसाद ब्राह्मणको झिल्का (२००७) को प्रकाशनसँगै दार्शनिक चेतनाको प्रभाव पर्दै आएको छ । यसै सन्दर्भमा आधुुनिक नेपाली लघुुकथाको विकासक्रममा अभिव्यक्त साहित्यिक दार्शनिक चेतनाको अध्ययनका क्रममा Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कविता : आमा

~त्रिभुवनचन्द्र वाग्ले~

हिउँदका चीसा रात
कहाँ पाउनु मातृवात्सल्यको न्यानो काख
शिशुहरू बेबी क्यारियरमा
मातृ–काखको ताप धिताइरहेका छन्
कुकुरका छाउराले मम्मीको काखबाट
बेबी क्यारियरमा ब्यङ्ग्य भरिरहेका छन्
आमाको मान्यता र शिशुको मूल्य विषयक कविता लेख्न बस्दा
मौनता सिवाय विषय फुर्दैन, फुर्दै फुर्दैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मेरो दोश्रो प्रेम

~सिमियोन रोक्का~Simiyon Rokka

मलाई उसले छोडेर गएको पनि धेरै भएछ तै पनि उसका यादहरु आँखामा अझै झल झली आउछन । भनिन्छ पहिलो प्रेम जसै गरे नि भुल्न सकिन्न अनी पहिलो प्रेम जस्तो अर्को प्रेम गर्न सकिन्न । अनी भन्छन जीवनमा साचो प्रेम एकचोटी मात्र हुन्छ । शायद त्यसैले होला मैले उसलाई भुल्न नसकेको ।

म पसलमा बस्न मन नलागी नलागी बसिरहेको थिए ।

“दाइ मलाई ! कुर्था देखाउनुस् न ! ” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : असल मान्छे छान

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

आए बथान नेताका चुनावमा भोट मलाई भनी
दौडी रहेछन् गाँऊ गाँऊमा जनता फकाउँदै यिनी
आश्वासन विकासका गाँऊमा छर्न पछी परेनन्
दिएकै हो भोट पहिले पनी विकास शुन्य गरेनन्

आयो चुनाव जब छिमेकमा वैरी भाव बड्दो छ
सम्बन्ध रगत कै नातामा पनी विश्वास घट्दो छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : मेरो राल्फाली मञ्जुल !

~गणेश रसिक~

बागबजार सिटीम्याक्सको सभाकक्षा ४ चैत ०७३ । मञ्चको दाहिने भागमा राखिएको ड्यासमा बोल्नका लागि उभिएका छन् सम्मानित व्यक्तित्व । सम्पूर्ण दर्शकका आँखा, कान र मन केन्द्रित छन् तिनै व्यक्तित्वको अनुहारमा । कतिले नाम सुनेका, नदेखेका, कतिले उनको किताब पढेका, नभेटेका ।

कतिचाहिँ वर्षौंपछि भेट्न र मञ्चमा देख्न पाएकामा खुसी छन् । सभाकक्षमा ठूलो उत्सुकता छ, जिज्ञासा छ । लाग्छ– अब विगत दिनहरूमा झैँ उनले आकर्षक रूपमा धाराप्रवाह बोल्नेछन् । आफ्ना जीवनका भोगाइ र अनुभूति सबैलाई बाँड्नेछन् । गीत गाएर वा कविता वाचन गरेर सबैलाई मन्त्रमुग्ध पार्नेछन् ।
तर अचम्म † आज उनको आँखामा कुनै उत्साह देखिएन । हिजोझैँ चञ्चलता, ओठमा मुस्कान, हर्ष र खुसी–भाव केही देखिएन । मूर्तिवत् ठिंग उभिएको शरीर । शिरमा कालो भादगाउँले टोपी । पेन्टसर्ट र कालै कोटको पहिरनमा टाढैबाट ठम्याउन सकिने व्यक्तित्व । अचम्मैको आचरण गर्न थाले तर… । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : निर्लज्ज युद्द

~डा मधु माधुर्य~

“अँ, २ घण्टापछि मलाई फोन गर्नुस्।”

यो थियो राती ३ बजेतिर आएको फोन उचालेर ” हेलो, नमस्कार, को बोल्नु भएको? ” बोल्दाको पूरा जवाफ ।

अति नै चिसो, अभिवादनबिहीन त्यो जवाफ घनघोर घृणाको मृत र रुखो अभिब्यक्ति थिया । मानवीय मूल्य, मान्यता र नैतिक आचारको पूर्ण बिघटन टड्कारो रुपमा प्रकट हुन्थ्यो त्यस्मा । त्यसपछि जति नै ओल्टे कोल्टे फेरे पनि निदाउन सक्दैन वीर बहादुर र मध्यरातपछि अरु २ घण्टा जाग्राम बस्छ ऊ ।

-” हलो, नमस्कार, म वीर बहादुर बोलेको हजुर..। ” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : नाटकले दिएको सास्ती

~अशेष मल्ल~

जतिबेला म त्रिवि कीर्तिपुरमा एमए पढ्न भर्ना भएको थिएँ, त्यो समय भनेको पञ्चायती राजको उत्कर्ष कालखण्ड थियो । मुलुकमा वाक् स्वतन्त्रता लगभग प्रतिबन्धित अवस्थामा थियो । पञ्चायतको एकतन्त्रीय शासन पद्धतिको सीमाभन्दा बाहिर जानेहरूका लागि अग्नि–परीक्षाको समय थियो, त्यो ।

म सम्झन्छु, बीपी कोइरालाहरू भारतबाट स्वदेश फर्कंदै थिए । हामी विद्यार्थीहरू उनको स्वागतमा एयरपोर्ट पुग्यौँ । भोलिपल्ट त्रिवि कीर्तिपुरस्थित अध्ययन भइरहेको हाम्रो कक्षाकोठाभित्र तत्कालीन पञ्चायत समर्थक विद्यार्थी मण्डलका युवाहरू एकाएक पस्दै एयरपोर्ट जानेहरूलाई तान्दै चउरमा ल्याउन लागे । विद्यार्थी नेता बलबहादुर केसी मुख्य नेता भएका नाताले ती सबै उनीमाथि जाइलागे । बीसौँ मण्डले युवाहरू उनीमाथि Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

सुनुवार भाषी गीत : सेरेम फु बेाइमात

~थरि कयाबा~

इनकलि लेा का देङदेङ केाँ , सेरेम फु बेाइमात इन रूमि,
निकवाक हारशा पसतन पाइनुङ ,इन नमला जुउताव अँ थुँमि ।।१।।

पासेकुसे सेथ हिरसाङ वाकिवाकि , इनकलिला पित मिमचा ,
रिमचा रिमताङ चेरे नाति ,मुलैनु , दुमति गेा अँ गिचचा ।।
इनकलि अमकेन सेलु देङानु , कलागे सुरमि पामतेम मुरूमि , Continue reading →

Posted in सुनुवार गीत | Tagged | Leave a comment

बाल गीत : बालक तारा

~सुभाषचन्द्र भण्डारी~

बालक तारा टिलपिल गर्छौँ
मातृभूमिका सन्तति हौँ
उन्नति पथको सपना देख्यौँ
मङ्गल ग्रहमा वास बस्यौँ
फुल्नु छ कोमल हृदय बगैँचा
छर्नु छ शान्ति–सुवास
शक्ति उचाल्ने साहस देओस्
पुर्खाको इतिहास Continue reading →

Posted in बाल गीत | Tagged | Leave a comment