गीत : बजाउँदा बजाउँदै

~नरेशदेव पन्त~

बजाउँदा बजाउँदै जिबन बित्यो ।(२)
गाँउदा गाउदै जिबन बित्यो । (२)

अब म गाँउदिन प्रीतका गितहरु
अब बजाँउदिन मायाका धुनहरु ।
मेरा गला थाकीसके ।
मेरा हातहरु काँपीसके ।
हे….हे…हे…..हे….

फुलाउँदा फुलाउँदै ओईली झर्यो ।(२)
नियाल्दा नियाल्दै ओझेलमै पर्यो । (२)
अब फुलाउँदिन आशाका फुलहरु ।
अब डुलाउँदिन प्यासी नजरहरु ।
मेरा बहारहर मरीसके ।
मेरा प्यासहरु बगीसके ।
हे….हे…हे…..हे….

बजाउँदा बजाउँदै जिबन बित्यो ।(२)
गाँउदा गाउदै जिबन बित्यो । (२)
अब म गाँउदिन प्रीतका गितहरु
अब बजाँउदिन मायाका धुनहरु ।
मेरा गला थाकीसके ।
मेरा हातहरु काँपीसके ।
हे….हे…हे…..हे….

शब्द : नरेशदेव पन्त
स्वर / संगीत : नबिन के भट्टराई

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.