पुस्तक समीक्षा : श्रेष्ठ ललित निबन्ध ‘मैले नदेखेका हिप्पी’

~राजेन्द्र पराजुली~book cover - Shekhar Kharel - Maile Nadekheko Hippi - nibandha

केही वर्षअघिदेखि नेपाली पुस्तकबजारमा निबन्ध टाक्सिंदो र उपन्यास फस्टाउँदो अवस्थामा छ। पठनसंस्कृतिले फड्को मारेको भनिएको समयमा निबन्ध निम्छरो बन्न पुगेको छ। यसको मूल कारण सङ्ख्यात्मक मात्रै होइन गुणात्मक निबन्धको अभाव हो। यस्तो अवस्थामा आएको शेखर खरेलको ‘मैले नदेखेका हिप्पी’ ले नेपाली निबन्धलाई एक तह माथि उकास्ने क्षमता देखाएको छ। १३ वटा निबन्धको यो सङ्ग्रहले लामो खडेरीलाई ओसिलो बनाएको मान्न सकिन्छ।

लेखकले निबन्ध भनेका संस्मरणात्मक शैलीका यी रचना वास्तवमा ‘रम्य रचना’ हुन्। आत्मपरकतामा उनिएका हरेक रचनाले उन्मुक्त उडान भरेका छन्। शेखरले स्व–अनुशासनमा रहेर व्यक्तिगत स्वाधीनताको चिन्ता र Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : भानुभक्त बाजे

~राजमाया पुतवार~

एकादेशमा एउटा बाजे थियो । उसको नाउँ भानुभक्त थियो । लौ भएन, एकादेशमा एउटा भानुभक्त थियो, ऊ बाजे थियो । खै के खै के । भानुभक्तको कथा लेखुं कि बाजेको । उस्तै उस्तै हो नानु भनेझैं पो भयो ।

कथा भानुभक्तकै लेख्छु अब । एकादेशमा एउटा भानुभक्त थियो । उसको घरमा घाँस थिएन । ऊ काठमाडौंका कुनै रइसको छोरा थियो, जो घाँस किनेर घरमा गाईबस्तुलाई ख्वाउँथ्यो । अनि अर्को पात्रचाहिँ घाँसी । ऊ पनि काठमाडौंमा भरखर ओर्लेको श्रमिक । अरु केही काम नपाएर ऊ काठमाडौंका गल्लीगल्लीमा Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

सूत्रकथा : छायाँ

~भूधरा उपाध्याय~bhudhara-upadhyay

प्रेमिका : बादलतिर इसारा गर्दै -‘हेर त कति ठूलो हात्तीजस्तो!’

प्रेमी : ‘ हा हा हा काहाँ हात्तीजस्तो हुनु नि ! Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : वनस्पति र आतंकवाद

~विवश वस्ती~

मेरो एकजना भरपर्दो मित्र छन्- वनस्पति विशेषज्ञ । धेरै वर्षदेखि वनस्पतिको क्षेत्रमा आफ्नो विशेषज्ञता अर्पण गर्दै आइरहेका छन् । उसको काम गराई शैलीबाट म मात्र होइन, सिंगो देश नै कृत् छन् भन्नुपर्छ । परार सालमात्रै राष्टूको तर्फबाट उनले एउटा आकर्षक पुरस्कार समेत पाएको थियो । करीब एक महिनासम्म त पत्र-पत्रिकाका पृष्ठहरु उसलाई दिइएका बधाईहरुले टनाटन भएका थिए । उसलाई दिइएको पुरस्कारको राशीभन्दा बधाई दिनेहरुले गरेको खर्च चौब्बरभन्दा बढी नै हुनसक्ने मेरो अनुमान छ ।

एकदिन म उसको निवासस्थानतिर लम्किएँ । उद्देश्य सिर्फ भेटघाट गर्नु मात्रै थियो । त्यसबाहेक मसित अरु कुनै मौलिक एजेण्डाहरु थिएनन् । करिव पाँच घण्टाअघि मात्र हामीबीच भेटघाट कार्यक्रम तय भएको थियो, आकस्मिक रुपले । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिम्रै प्रतीक्षा

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

तिमी आउँछ्यौ भनेर
दृढतापूर्वक म प्रतीक्षामा बसिरहेछु
तिमी आउने बाटो चियाएर
आँखा बिछयाएर बसिरहेछु
तर तिमी आउन सकिनौ
न कुनै खबर न कुनै सन्देश पठायौ
कैयौँ महिना, वर्षहरू बित्दै गए
जीवनका कैयौँ मोडहरू पार भइसके Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : पर्दा पछाडि

~लक्ष्मण श्रेष्ठ~Laxman Shrestha

‘जे जे हुने हो हुन्छ यहाँ पर्दा पछाडि नै
दुखेर कोही रुन्छ यहाँ पर्दा पछाडि नै’

क्यान्टिनको वुफरमा गीत बजिरहेछ। चियाको चुस्की लिंदै सुनिरहेछु म। जेठको महिना बिहानदेखि नै उखरमाउलो गर्मी छ। क्याम्पसमा चल्ने उत्तरी हावा पनि लाग्छ हडतालमा छ। झुक्किएर आउँछ बेलाबखत। क्यान्टिनको झ्यालनेरै चौरमा फुलेको गुलमोहर हेर्दै साथीहरूलाई पर्खिरहेछु म। गीत बजिरहेछ–

‘यो रङ्गमञ्च झुट हो, भ्रम हो र व्यर्थ हो
माकुरो जाल बुन्छ यहाँ पर्दा पछाडि नै’
Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : मञ्जुलको आत्मवृत्तान्त

~सञ्जीव शर्मा~book-cover-manjul-pahad-jasto-bato-jasto-ma-biography

मृदुभाषी कवि, लेखक तथा एक जना धुरन्धर राल्फालीका रूपमा मञ्जुललाई नचिन्ने पठित नेपाली कमै होलान् । राल्फा कालमा उनले लेखेका र गाएका प्रगतिशील गीतहरू अझ्ै नबिर्सेर गुन्गुनाउने अपठितहरूको सङ्ख्या पनि ठूलै हुनुपर्छ । कवि तथा राजनीतिकर्मी कुन्ता शर्मासँगको लम्बेतान पारपाचुके मुद्दाबाट पनि मञ्जुल टीकाटिप्पणी र चर्चाको पात्र नै बने । तिनै मञ्जुलले आफ्नो आधा आत्मवृत्तान्त ‘पहाडजस्तो–बाटोजस्तो म’ सार्वजनिक गरेका छन् । यस कारण आधा आत्मवृत्तान्त कि यसमा कवि, कविता र सौन्दर्य चेतले पूर्ण युवकको अनुभूतिहरू मात्र समेटिएको छ, मञ्जुलको पछिल्लो जीवनबारे केही छैन ।

भोजपुरको एउटा पण्डित परिवारका मेघराज उपाध्याय अर्थात् मञ्जुलले पुस्तकको प्रारम्भ आफू जन्मे–हुर्केको गोगने गाउँको सम्झ्नाबाट गरेका छन् । आफूमा पहाड पनि जन्मेको ठान्ने लेखक धरानमा पढ्दै Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : सराब पिएर

~छविलाल कोपिला~chhabilal-kopila

स्याल यहाँ बाघ बन्छन्, सराब पिएर
मदहोसमा के के बोल्छन्, सराब पिएर

बनाउँछन् आफै, दुनियाँका नियमहरु
लाज बिना आफै तोड्छन्, सराब पिएर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : गयौ मानी झर्को

~मीना पुमा राई~mina-puma-rai

साँचो माया खेल भो तिम्लाई गयौ मानी झर्को
मभन्दा नि खुसी दिने होलान् कोही अर्को

छियाछिया हुन्छ मुटु वेदनाको तीर लाग्दा
एकान्तमा टोलाइरहन्छु वियोगसँगै पिर लाग्दा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : हजूर बादलुको ताँती

~निर्मोही व्यास~Nirmohi Vyas

म त काकाकुल, हजूर बादलुको ताँती
प्यास मेट्ने आसमा छु सधैँ दिन–राती
0
हिजोमात्र होइन हजूर ! आजमात्र होइन
जीवन यो भोलि पनि हजूरकै थाँती Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : थिचेजस्तै अग्ला–अग्ला पहाडले

~निर्मोही व्यास~Nirmohi Vyas

खासै प्रसन्नता दिन्नन् मलाई चाडबाडले
उल्टै, लाग्छ थिचेजस्तै अग्ला–अग्ला पहाडले
0
विधर्मी हैन, प्यारो छ मलाई निज संस्कृृति
किन्तु विकृतिले मेरो बिग्रेको छ मनःस्थिति Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : डुलकचन्द्र डुम्रेको हक

~रामप्रसाद गौतम~

छ जनाको टोलीमा आँखा पनि उनैसँग जुधे, कुरा पनि उनैसँग मिल्यो।

जिन्दगी अचार न हो। कहिले घाम कहिले पानी, कहिले जन्ती कहिले मलामी।

यस पटक एउटा परियोजनाले के-के तथ्याङ्क जम्मा पार्न हो कुन्नि, गाउँतिर पठायो। यी एनजिओका न उद्देश्य बुझिन्छ, न बुझेर केही टुङ्गो लाग्छ। दाम पाइन्छ, गइन्छ।

बाटा खर्च, खाना खर्च र सामान्य औषधी उपचार खर्चबाहेक दिनको चोखो ३५ सय रुपियाँ। भत्ता। मोराहरूलाई कसले दिन्छ कुन्नि पैसा! कहाँबाट ल्याउँछन् एनजिओ भन्नेहरुले पैसा! ड्याम्म पैसा दिन्छन्। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : केही गर्नु पर्छ

~रुमानी राई~rumani-rai

अब देशकाे लािग केही गर्नु पर्छ
मर्न परे देशकै लागि मर्नु पर्छ ।

त्याे हिमाल याे पहाड अनि तराई
अाफ्नै दाजुभाईमा नबनाैं पराई
रगतकाे हाली अब खेल्दै नखेलाैं Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : झ्याल,बगर र कथाहरू

~सुवास खनाल~subash-khanal

जबजब झ्यालमा पर्दाहरू हट्छ
न्तब त देखिन्छ
डाइनिङ्ग टेबलमा खान तयार गरेर राखिएको
मासुका टुक्राहरूजस्तो
एकटुक्रा आकाश
एकटुक्रा जमिन
एकटुक्रा सडक
एकटुक्रा बगर
र
सडकमा लापर्वाह सुतिरहेको रक्सीले मातेको मान्छे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नाटक : आऊ हामी सँगै हिंडौ !

~गणेश खड्का~Ganesh Khadka

पात्रहरु :

१) बौद्द भिक्षु
२) युवक ( प्रभाकर )
३) युवती ( अनामिका )
४) युवक २
५) बृद्द
६) पत्रीका व्यापारी

( दृष्‍य – १ ) Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

कविता : मृत्यु र म

~उर्मिला थपलिया~Urmila Thapaliya

कृत्रिम सपनाहरूलाई
तिलाञ्जलि दिँदै
मृत्युलाई आफ्नै घरमा बसेर कुरिरहेँ
सयौँ पत्रहरू पठाएँ
ऊ आउँदै आएन
म
मृत्युलाई आफ्नो बनाउन चाहन्थँे
म
मृत्युलाई आलिंगन गर्न चाहन्थेँ
उसलाई भेटेर
उसैमा लीन हुन चाहन्थँे
तर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : भुईचाँलो: परीचित मृत्यु

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

एउटा जिबनले मृत्यु ढकढकाई रहेछ….

ढकढक मृत्युको ढोकामा ….ढकढक स्वर्गको  ढोकामा । म एउटा सम्पादीत अशं आफ्नै पारामा गाँउदै छु । साँझ क्रमश एउटा भयानक रात तिर धकेलिदै छ । अनुदित हुँदै । एकछिन अघी सम्म बाहीर सडकमा चटकेहरु निर्लज्ज भएर एउटै प्रकृतीको  चटक देखाईरहेका थिए । म मेरो नाङ्गो आँखाले त्यो सब पर्दा भित्र बाट चियाँउदै छु । अहीले टेबलमा ह्विस्की को बोतलहरु ठडिएको देख्दैछु । चुरोट को बट्टाहरु यत्रतत्र छरिएको पाँउछु । म त्यसलाई संगेल्ने बिचार बनाउँदनि । जिबन यसै पनी छरीएको छ । लापरबाही पाराले । तिमीले रचनात्मक जिबन जिएको छौ भनी कसैले सोध्न आएनन् त्यसैले म यसै गरी जिउन चाहान्छु । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : साँढेको साम्राज्यमा भक्लु मुसहर

~मणिराज सिंह~Maniraj Singh

जीवनसित जोतेर
खेत र बारीका पाटाहरू
बाढीको चपेटामा परेर
समयसितै खिइदै गए
मनका हरियालीहरू
हिलाम्य पारेर पानीले
आफ्नै अनुहार
लथालिङ्ग बनाएको देखेर
भक्लु मुसहर
इन्तु न चिन्तु भएको छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शून्य समय

~राज आशातीत~raj-ashatit

नाम दियौ तिमिले!
एक,दुई,चार,छ,दस अनि बार्ह ..
तर
कहिले पो अंटायो र उ तिम्रा क्याल्कुलेटरहरुमा!?

खाली खोपडी,
बेमौसमी …
सिरीष झैं
झरेर बांकी, डांठहरु!
संगै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : Your Blank Message

~Dr. Deepak Khadka~

Not like a night
With pre-positioned stars and moon
Or with the sun borne sky
Sometime at the noon

It was rather like a dawning sky
Fresh, clear, silent and quiet
Or tranquil, relaxing, waiting
For something- like a twilight Continue reading →

Posted in Poem | Tagged | Leave a comment

निबन्ध : के सारो हाउ …..

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

‘के सारो हाउ !’ यो पूर्वतिरको जनजीवनमा प्राय बोलिने वाक्य हो । यसलाई कतिपयले थेगोको रूपमा पनि प्रयोग गर्छन् । पूर्वमा पनि अझ घरानका मानिसहरूको जनजिब्रोमा सजिलै झुण्डिने वाक्य हो यो । आफूलाई कुनै कुरा चित्र बुझेको छैन भने वा अलिक बढी नै लागेको छ वा नकारात्मक भावाना पोख्नुपर्यो भने अलिक स्ट्रेस दिएर यो वाक्य बोलिन्छ – ‘के सारो हाउ…।’

जब म घर पुग्छु साथीहरू सँगको भेटघाटमा हराउँछु अनि यो ध्वनि श्रवण गर्न बाध्य हुन्छ ।’के सारो हाउ… फोनसोन पनि छैन । ‘के सारो हाउ…˜ माया मारेको ।’

मलाई भन्न मन लाग्छ ‘हो साथी जीवन सारो नै रहेछ । ओखर भन्दा पनि सारो । पीडाको धनले जति हाने पनि Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : कुन्नी के तन्त्र ?

~आषिश श्रेष्ठ~Ashish Shrestha

तुईनको छैन है भर,
नदी तर्न छ है कर
नयाँ नेपाल दु:ख पुरानै, सुख बिरानै
नयाँ नेपाल आशु शिरानै, मुटु चिहानै
चुइएको छ है झुप्डी,
म्याद सकिएको आउछ ओखति
ब्टाला नाच्छन बढाका थपडि
छिनी कलम्, दिए फलाम Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरो भूल के थियो ?

~केदार श्रेष्ठ ‘गगन’~<Kedar Shrestha 'Gagan'

टाढा बसी तड्पायौ मेरो भूल के थियो ?
एक नजरमै फसायौ मेरो भूल के थियो ?

बोलीमै लठ्ठिए म वहकिएँ कि अलिकति
पाताल सम्मै धसायौ मेरो भूल के थियो ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : लिएर एउटै नारा

~गुरुप्रसाद कुमाल ‘बुलबुल’~guru-prasad-kumal-bulbul

उठौं अब हामी सबै लिएर एउटै नारा
जागौं सकल नवयुगका, युवा हामी सारा

समाजको छुवाछूत अन्त्य गर्नलाई जागौं,
देश र सभाको रंग फेर्र्ने हाम्रो अभिभारा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बाल कविता : चरी

~ललिता ‘दोषी’~lalita-doshi

चिरविर, चिरविर गर्दै गाउँछे
चरी आँगनीमा
चारा टिप्दा छर्छे विस्कुन
कहिले कुनाकुनीमा ।

भुर्र यता, भुर्र उता
गर्दै नाच्छे चरी
सधैँजसो लिइजान्छे
चारा चुच्चाभरि । Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

गजल : न पीडितलाई पाल छ

~प्रमोद स्नेही~

सिटामोल छैन घाइतेलाई, न पीडितलाई पाल छ
मूर्ति भाको छ राज्य, यो देशमा बडो कमाल छ

माटोभित्र गुहार भन्दै जीवन माग्दैछ कोही
उद्धार भन्छ, उद्धारभन्दा स्वार्थ अनि जाल छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

नेपाली शुद्धलेखनका सामान्य आधार

~कृष्ण वस्ती~Krishna Wasti_1

———————————————–
शब्दको शुरु र बीचमा इकार ह्रस्व हुने नियम
———————————————–

1 नेपाली भाषाका धेरैजसो शब्दका शुरु र बीचमा इकार ह्रस्व हुन्छ :-मितिनी, बहिनी, सिन्की, मानिस, दाहिने, सिन्कौली, माहिलो, साहिंलो, रसिलो, सेपिलो, छिमेक, दिदी, ढिंडो, झुसिलो, अमिलो आदि ।

2 प्राय: आगन्तुक शब्दको शुरु र बीचमा इकार ह्रस्व लेखिन्छ :- हस्पिटल, इन्जिनियर, सिनियर, रेडियो, कमिसन, टिचर, डिनर आदि । Continue reading →

Posted in लेख | Tagged | Leave a comment

कविता : उसको हाँसो

~जीवन शर्मा~

मेरो कपाल फूल्न थालेको देखेर
उ हर्षित भएको होला ?
मैले चपाउने धारिला दाँतहरू
फुस्केको देखेर
अझ खुशी भएको होला
अनि मैले टेक्दै हिंड्ने
वैशाखी भाँचिन थालेको देखेर
दुईचार फन्का नाँचेको पनि होला ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : अँगालोमा खोजेँ

~रवि प्राञ्जल~Ravi Pranjal

मुटुभित्रै तिमी रैछौ अँगालोमा खोजेँ
चेतनामै तिमी रैछौ दियालोमा खोजेँ

बिना रात आकाशमा उदाउँदैन जून
सारा जीवन तिमीलाई उज्यालोमा खोजेँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : घनघोर हो भूल

~रामेश्वर राउत ‘मातृदास’~rameshwor-raut-matridaas

जीवन सङ्लो समुद्र यो अजम्बरी फूल
साझा घर धरती आकाश एउटै मानव मूल

अग्लिएर हिमालझैँ मुस्कान चुलीचुली
अन्धकारको बादल च्यात्न हरफल लागौँ खुली
निरीहमै बस्नु कठै घनघोर हो मूल Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : आँखा भइयो

~जीरन जार राई “संकल्प थुलुङ”~Jiran Jar Rai 'Sankalpa Thulung'

बैंश छदा सब्को लागी आँखा भइयो
रंग गयो सबैबाट पाखा भइयो ।

सबै राम्रा देख्छन् सब्को बैंश छदा
त्यहि रंग भए सम्म काखा भइयो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : जवानीको मात

~सुबेश घिमिरे~subesh-ghimire

तिमी त त्यसै-त्यसै
निश्छल, निश्कपट अनि
निश्कलंक थियौ ।
मरो जीवन इतिहासमा
मेरो प्रेमको प्रथम
पूजा थियौ; अर्चना थियौ !
निश्छल अनुहारमा
हृदयको अनन्त गहिराईबाट
उब्जिएको खुशी
हाँसोको रुपमा कुँदिदा Continue reading →

Posted in कविता | Tagged | Leave a comment