~सगुन श्रेष्ठ~
झल्यास्स बिउँझिन्छु । मैनबत्तीको मधुरो प्रकाशमा कुनाबाट दृष्टि फ्याँक्छु । केहि पाउँदिनँ । खाली नीरव शून्य छ । प्रयासका क्रममा निरन्तरताको मरूभूमि निर्माण गरी केही पाउने आशा गर्छु । अहँ ! शून्यशून्यको गोलाद्र्ध छ त्यहाँ । अतीतका तितामीठा क्षणहरु सम्झिन्छु । कहिले मधुर मुस्कान आउँछन् भने कहिले युद्धको खड्ग देखा पर्छ । हुनत म पनि खुब स्वागत गर्थें मुस्कानलाई । चपाउथेँ, म्वाईं खान्थँे र पिउथँे उसका मादकताहरु । र त आउँदै छन् रङ्मङिएर यी क्षणहरु …. ।
मनमा कताकता घृणा जागृत हुन्थ्यो, अट्टहास फिँजिन्थ्यो आमाको मुहार आफ्ना अगाडि पाउँदा । जीवनका रथमा सारथीको कमी महसुस हुन्थ्यो । गुलाबको फूलमा सुगन्ध अनुपस्थित हुन्थ्यो । गगनका ताराहरु ओइलिन्थे । उनको मुहार आफ्ना सामु उपस्थित हुँदा । कहिलेकाहीँ सोच्थेँ आखिर उनको देन नै के बाँकी रह्यो मेरा लागि ? यही नाङ्गो सडकको बास ? अहँ, त्यस्ता पापीबाट संसार टेक्नुको कुनै अर्थ बाँकी छैन । आखिर सडक सडक नै हो । खाते खाते नै हो । मैले सडकलाई जतिसुकै सुगम भने पनि खातेसँग सडकको सरल Continue reading