लोक कथा : पुन र वनमान्छेको कथा

~जसबहादुर महतरा~

धेरै-धेरै पहिले बाजे-बराजुका पालामा हालको रिप गा.वि.स.मा पुनहरुको ठूलो बस्ती थियो । त्यस बस्तीमा रानी पुन, खानी पुन र गौ पुन नामका तीन व्यक्तिहरु विशेष प्रसिद्ध थिए । तिनीहरु सहोदर दाजुभाइ नै थिए । तीमध्ये रानी पुन मांसाहारी थियो । उसले भोक लागेको बेलामा गाई पनि खान्थ्यो । एकपटक ऊ बिरामी परेर बेस्सरी दुब्लाएको थियो तैपनि घरमा विभिन्न थरि काम भएकाले अरुले घरको काम गर्नुपर्ने हुँदा रानी पुनलाई नै गाई चराउनका निमित्त वनमा पठाइयो । उसले भुगाडेका वनमा गाई चराउन लग्यो ।

मध्यान्हको समय थियो । घाम टण्टलापुर रुपमा लागिरहेका थिए । गाईहरु हरियो घाँसमा आनन्दले चरिरहेका थिए । अकस्मात त्यहाँ एउटा डरलाग्दो वनमान्छे आयो र रानी पुनलाई समातेर आफ्नो ओढारमा लग्यो । त्यो ओढार बाक्लो वनको माझ र डरलाग्दो पहराको बीचमा थियो । ओढारमा पुरयाएपछि त्यसले रानी पुनलाई Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

नियात्रा : एउटा अविस्मरणीय यात्रा

~पुष्पलता आचार्य~

२०६५ साल मङ्सिरको महिना थियो । रम्घा, लमजुङ, न्यौपाने वेसी माइतीघरको आँगनबाटसाँझको बेलामा गहु्रङ्गो मन लिएर म आफ्नो गाडीतर्फ लागें । मन भक्कानिएर आयो । आँखाबाट आँसुका बलिन्द्रधारा बषिर्न थाले । हातगोडा शिथिल हुँदाहुँदै पनि मैले गाडी दु्रत गतिमा कुदाएँ ।आफ्नो माइती गाउँबाट ज्यामिरे खोलासम्म पुग्दा झमक्कै साँझ परिसकेको थियो । त्यस जङ्गलमा चराचुरूङ्गीहरू कराइरहेका थिए । त्यहाँ बाघ पनि आउन सक्थ्यो किनकी जङ्गल निकै घना थियो । अघिपछि त्यस जङ्गलको बाटो हिँड्न दिउँसै डर लाग्थ्यो । आज मलाई भूत प्रेतको डर छैन । न त बाघ भालुको नै । मनमा चिन्ता बढेपछि कसैको केही डरलाग्दो रहेनछ । बरू आफ्नै सन्तापले मनलाई डढाइरहन्थ्यो । उडाइरहेको यो मनको सन्तापलाई कम गर्ने प्रयासमा एउटा क्यासेट एल्बम झिकेर बजाएँ । मरूँ कि के गरू ? भइरहन्थ्यो । गीत बज्नथाल्यो । Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : बाँकी रहेछ

~निश्चल काउचा~Nischal Kaucha

जिन्दगीमा अझ धेरै जँघार तर्न बाँकी रहेछ
त्यो भन्दा पनि ठुलो कुरा अझै मर्न बाँकी रहेछ

निरन्तर हिडिरहेछु जिन्दगीका उकालीहरू
अझ धेरै जिन्दगीका ओराली झर्न बाँकी रहेछ Continue reading

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : समकालीन नेपाली कविताका प्रवृत्ति

~डा. खगेन्द्रप्रसाद लुइटेल~Dr. Khagendra Prasad Luitel

१. समकालीनताको अभिप्राय र व्याप्ति

समकालीन/समसामयिक शब्द contemporary को नेपाली रूपान्तर हो । समकालीन र समसामयिक शब्द पर्यायवाचीका रूपमा देखापर्छन् । समकालीन/समसामयिकको तात्पर्य समान, उही वा एकै समय, बेला वा बखतको भन्ने हुन्छ । सन्दर्भ र प्रसङ्गअनुसार समसामयिक शब्दको प्रयोग अहिलेको, उहिलेको र एकै समयको भन्ने अर्थमा गरिए पनि खासमा यस शब्दले अहिलेको समय वा वर्तमानलाई बुझाउँछ । साहित्यिक इतिहास र समालोचनाका क्षेत्रमा अहिलेको रचनालाई समकालीन÷समसामयिक रचना भन्ने गरिए पनि यसले वर्तमानकालीन वmुनै विषयवस्तु, व्यक्ति, वृmति, प्रवृत्ति, समयावधि आदिलाई समेत बुझाउँछ । Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : भुकम्प

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

हरेक साँझ विहान यहाँ भुकम्प आउंछ÷जान्छ
खाना खाने वेलामा आउंछ
पसलमा तरकारी किन्दा जान्छ
आधा खाली पेट एटलासमा संधै भुकम्पको प्रभाब छ
छोराछोरीको स्कुलको शुल्क तिर्दा भुकम्प जान्छ
अस्पतालमा भर्ना हुंदा भुकम्प जान्छ
फरक एत्ति हो त्यतिखेर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : किन मुस्कान

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
किन ? वयसी ! भन
यस जनपथमा,
चोछर्यौ, चिनेझैं, मृदु मुसकान ?

ख.
पल्लव अधर सरस लम्याउँछ, कुन स्वपनाको मधुर उडान ?
दिनको मुटु पनि डुब्दछ जलमा,
प्यार गरेझैं हिम–चूलीसँग,
सुम्पी, जलेको प्राण !
मेरो पनि यो जगयात्रामा नहोस् रुधिरको प्रस्थान !

ग. Continue reading

Posted in कविता | Tagged | Leave a comment

मैथिली मुक्तक : ऋतुराज वशन्त

~विनीत ठाकुर~Binit Thakur

फूल प्रकृतिकेँ श्रृंगार छी हम
बगियाकेँ सुन्दर उपहार छी हम
केव तोरु नै Continue reading

Posted in मैथिली मुक्तक | Tagged | Leave a comment

कथा : एउटा अपूरो कथा

~विक्रम तिमिल्सिना~Bikram Timilsina

‘दादा, अब तपाई सधैँ यहीँ बस्नुस् न है ?’

‘किन र नानु ?’

‘तपाई साथीजस्तै लाग्नु हुन्छ क्या ।’

‘भाडामा बस्ने मान्छे, के भन्न सक्छु र ? अनि तिम्रा अरु साथी छैनन् ?’

‘अहँ छैनन्, अझ तपाईजस्ता त छँदै छैनन् । त्यसैले त कर गरेकी । कोशिस गर्छु त भन्नुस् ।’

‘हुन्छ बाबा, म सकेसम्म यहीँ, तिम्रै घरमा बस्ने छु ।‘

‘तर दादा, यो घरलाई ‘तिम्रो घर’ नभन्नुस् न, प्लीज ।’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बहरबद्ध गजल : प्रेमका आलीहरू

~हुसैन खाँ~hussain-khan

भत्किँदैछन् प्रेमका आलीहरू
खेत खाए खेतका बालीहरू ।

यो जमाना पारि आफ्नो हातमा
मख्ख पार्दैछन् यहाँ झयालीहरू । Continue reading

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : नेपाली मर्म

~गौरव विडारी~

छन्द : शार्दूलविक्रीडित

नेपाली घर आँगनी सब तिरै छायो चुनावी धुँवा
खोक्रा भाषण घन्किए जब सधैँ छैनन् विकास्का कुरा ।।
नेता बन्दछ माननीय जनता दासी हलिया झुमा
के बन्ला कुन चालले मुलुकका भञ्ज्याङको टाकुरा ।। १ ।।

मर्छन् भोक र रोगले जनहरू पीडा छ गाँऊ भरी
जान्छन् देश विदेशमा धनहरू केही कमाऔँ भनी ।। Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

लघुकथा : अब हाम्रो पालो

~एकदेव अधिकारी~Ek Dev Adhikari

‘के हामी सँधै यिनीहरूको दास बनेर बस्नुपर्ने हो ?’ सिन्थेक्सले रोष प्रकट गऱ्यो ।

‘हैन साथीहरू हो, अब ईँटको जवाफ पत्थरले दिनुपर्छ ।’ अमोरेक्सले विद्रोहको विगुल फूक्यो । सबै बिद्रोहीहरू एक स्वरमा अमोरेक्सको सुझावप्रति समर्थनमा तालि बजाए । भेलाले सिन्थेक्सको नेतृत्वमा बिद्रोहको सुरूआत गर्ने निर्णय गर्यो ।

सिन्थेक्सले बिद्रोहको गुरूयोजना सबै समक्ष प्रस्तुत गऱ्यो Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कुलुङ भाषी गजल : मोरोकफोसे आयय

~केडी रेम्नीसीङ~

आना कोङ ननतोकची मोरोकफोसे आयय,
नतोयो पिक्तो ततोकची मोरोकफोसे आयय ।

हाल्लोसो इची सुर मइचु पिक्तो चयोतितो,
तुप्खाचिलो पतोकची मोरोकफोसे आयय । Continue reading

Posted in कुलुङ गजल | Tagged , , | Leave a comment

कथा : आवरण

~रजित ओझा~Rajit Ojha

जाडो महिनाको पारिलो घामको मज्जानै वेग्लै ! स्कुलको चौरीमा हरियो घाँसमा शित सुकेपछि वसेर घाम ताप्नु मेरो दिनचर्या भैसकेको छ।किन पर्छ शित हरेक दिन सुक्नलाई? जव जव म घाँसलाई शितले स्पर्श गरेको देख्छु, मनमा अनौठो विचार आउँछ। माया त क्षणिक नै हुनुपर्छ, अनि पो सुन्दर देखिन्छ।स्पर्श छोटो समयकै हुनुपर्छ अनि लगाउँछ काउँकुति स्पर्शले।म शित हेरीरहन्छु, हेर्दा हेर्दै शित सुक्छ।मनमा त्यसै त्यसै काउँकुती लाग्छ।त्यो शितले मलाई नै छोएजस्तो लाग्छ।

“यसपाली मिसलाई क्लास कम परेको पनि रमाइलो भएछ, मोवायल खेलायो, घाँसमा वस्यो अनि घाम ताप्यो !” सन्जय सँधै जस्तै आज पनि मलाई जिस्क्यायो।कालो भए पनि हिस्सी परेको छ मोरो, म सँग जिस्किन खोज्छ सँधै।म बुझ्छु उसका कुरा,खासै सुन्दर नभए पनि उसका लागि जिस्किन मिल्ने म मात्रै छु।अनि वोलिचालि Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : ठट्टा

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

कृष्णप्रसादले आफ्नो पदोन्नति भएको खुसीयाली मनाउँदा आफूसँगै बसेर कामगर्ने सीतारामलाई भने,”सीतारामजी, तपाईलाई म आज बियर खुवाउँछु । तपाईले बियर खान सक्ने जति खुवाउँछु है ।”

सीतारामले उत्तर दिए,”सर मैले बियर खान छाडेको दस वर्ष बित्यो । म बियरको सट्टामा कोकोकोला वा कुनै अरु पेयपदार्थ खान्छु ।” Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : त्यो बगरे

~कृष्णराज खनाल~krishnaraj-khanal

‘आजकल खोई त देखिँदैन नि !’

‘के ?’ मैले सोधेँ ।

‘त्यही के तिम्रो साथी ।’

‘अहँ मैले बुझिन ।’

‘के नबुझेको जस्तो गरेको । तिम्रो त्यो खोटारो के खोटारो !’

ए ! त्यो मेरो मोटरसाइकलको कुरा गरेको ? Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तिम्रो त्यो हँसिलो मुहारको

~शम्भुजित बास्कोटा~shambhujit-baskota

तिम्रो त्यो हँसिलो मुहारको
झझल्को जब आँउदा
बिछोडका कुरा कल्पिन थाल्छन्
तिम्रो तस्वीरले चित्त बुझाउँदा

सजाय मैले भोग्नु नै पर्छ विश्वास गर्नाले
परायालाई आफन्त ठानी मुटुमा राख्नाले Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : मेरो प्रेमको दुश्मन पीआर र ग्रिनकार्ड

~शाश्वत अज्ञात~

उ भन्थी ‘यसै गरी सधै प्रेम गरी राख ल मलाई’ हुन पनि उसितको यो नाता जोडेपछि म आफै फुरुग्ङ थिएँ। प्रेममा पर्नुको मज्जा र कल्पनाको दुनियाँमा शैर गर्नुको रोमाञ्चकता ! आहा !

फेरि बोली, ‘कसम खाउ, तिमीले मलाई कहिले छोड्ने छैनौ’

‘तिम्रो कसम बाबा, तिमी मेरी प्यारी हौ । जुनी जुनी मेरी।’

कतै कुनै सिनेमामा सुनेको डाइलग तुरुन्तै याद आयो तुः फरर भनिदिएँ। मख्ख परी, गजक्क परी। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहमति

~प्रदीप नेपाल~

रात बिस्तारै उकालो लाग्दै थियो । ‘इन्डियन क्विजिन कर्नर’मा जमेर बसेका थिए चार जना । नाम जे भए पनि विदेशी रक्सीको रङ पहेँलो हुने भयो । सेकुवा भन्नेबित्तिकै जीव्रोमा पानी आउने नै भयो । एक टुक्रो सेकुवाले दुई पेग तान्न भ्याइरहेका थिए तिनीहरूले ।

‘चूक भयो हामीबाट’ बाहिरको चिसोलाई पनि चुनौती दिने स्वरमा ओभरकोट लाएको ठूल्टाउकेले भन्यो, “यो आन्दोलन हाम्रो मात्र होइन, सिंगो मधेशका जनताको हो भनेर हामीले कसैलाई विश्वास
दिलाउनै सकेनौँ ।”

सन्नाटा छायो टेबलमा । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तराजु

~राम श्रेष्ठ~

कसैको बन्छु भनेर कहाँ हुदो रैछ र..।
यो त सब भाग्यको कुरा पो रैछ नि..।।
कसैलाई आफ्नो बनाउन आफु कसैको हुने हो र..।।।
माया जोखिने तराजु त होइन, निश्चय नै साईनो हो..।।।।

खुशी बाडे बढ्दै जन्छ, दु:ख बाडे मेटिन्छ..। Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : बाटै भरि फूल छर्छन्

~नविन आचार्य ‘लेटांगे’~Nabin Acharya 'Letange'

पै’ले आफ्नो बनाउन , बाटै भरि फूल छर्छन्
तृप्ति मनको मेटिएसी , भमरा झैँ बसाँई सर्छन्

जब जब निस्ठुरीलाई,भुल्न भनि ‘गजल’ लेख्छु
थाहै नपाई पाना भरि , सम्झनाका मोती झर्छन् Continue reading

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : नियात्रामा नयाँ रङ

~शार्दूल भट्टराई~book-cover-ishan-gautam-mayalu-batas-anu-rangaharu-niyatra

युरोप सुन्दर छ। त्यहाँको कुरुपतालाई त्यहीँको सौन्दर्यले लुकाएको छ। युरोप सम्पन्न छ। त्यहाँको विपन्नतालाई त्यहीँको सम्पन्नताले किचेको छ। युरोप समृद्ध छ। त्यहाँका अभावहरुलाई त्यहीँको समृद्धिले थिचेको छ। युरोप शान्त छ। त्यहाँको अराजकता र अशान्तिलाई त्यहीँको कडा सुरक्षा र नियमकानुनले बाँधेको छ।

युरोप घुमेर आउनेहरुको अनुभव र प्रतिक्रिया यस्तै सुनिन्छ। सवैको यस्तै नहोला। तर धेरैको यस्तै सुनिन्छ। शायद, ईशान गौतमले पनि यस्तै खालको अनुभव र अनुभूति सँगालेका छन्। उनको नियात्रा कृति ‘मयालु बतास अनि रङहरु’ पढ्दा यस्तै महसुस हुन्छ।
विद्यावारिधि गर्न अष्ट्रिया पुगेका ईशान गौतम विद्यावारिधिको उपाधिमा डा.ईशान मात्र बनेर फर्किएनन्, उनी Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : दयाराम र राजारामहरू यो देशका भरोसा

~मदनमणि दीक्षित~madan-mani-dixit_large_1979bs

सोह्र महिना पहिले मुटुको विचलन रोगले गर्दा तीन पटक अस्पतालमा बस्नु परेर घर फर्किएपछि लेख्ने क्षमता गुमे पनि मैले पढ्नेमा आफ्नो समय खर्च गरें । मेरो निम्ति अर्को कुनै उपाय छँदा पनि थिएन ।

दशरथ पुत्र रामचन्द्र, तिनकी पत्नी सीता र अपहरणकर्ता रावण आदि सम्वन्धी कथा महाभारतमा छ । वाल्मिकीले उक्त कथाको आधारमा रामायण महाकाव्य नै लेखे । ती दुइ कृतिमा रहेको कथामा के कस्ता समानता र भेद छन् भन्ने प्रश्न मनमा उठेकोले पोहोरको तिहार पछि सो विषयको तुलनात्मक अध्ययनलाई मैले अगाडि बढाउन सकिन । महाभारतको अठारै पर्व कतै पनि न बिर्राई पूरै पढें मैले, आठौं पटक महाभारतको पूर्ण पाठ पढेको थिएँ । राम कथा बारे तुलनात्मक अध्ययन गर्न महाभारतको पूर्ण पाठ पढ्नु अत्यावश्यक छैन तथापि ‘इतिहास’ भनिएको र विश्वकै सर्वोच्च महत्वको त्यो महाग्रन्थले मलाई त्यसै त्यसै तान्दै लग्यो अन्त्य सम्म । Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

लघुकथा : समय

~अन्जना पौडेल~Anjana Poudel

एउटा स्कूलको कार्यक्रममा मलाई प्रमुख अतिथीको रुपमा आमन्त्रण गरिएको थियो । मलाई अन्य दुई ठाउँका कार्यक्रममा पनि निमन्त्रणा थियो । मैले पढाएकी बिधार्थीको स्कूलको कार्यक्रममा म पहिले गएँ । खै किन किन अनौठो लागि रहेछ आजको दिन केहि भेट्टाएर सन्तुष्ट भए जस्तो केहि गुमाएर आफैंलाई रित्याए जस्तो । बषौं पछिको यो आकस्मिक भेटले म आज पुराना यादहरुमा चुर्लूम्म डुवी रहेको छु ,मानौं मलाई अव ती रुमानी पलहरुबाट कसैले अलग्याउन सक्दैन ।

आसन ग्रहण गर्ने क्रममा जव उस्को नाम उचारण गरियो,मेरो मनमा हलचल पैदा भयो । उ अतिथीको रुपमा टुप्लुक्क त्यहाँ टप्किदा म झल्याँस्स भएँ । पहिले उ नैं हो कि हैन भन्ने दोधारमा परें, कतै मेरा बुढ्यौली लागेका अाँखाले धोका त दिएनन् ?साँच्चै उ नै त रैछे,उ संग अनायस एक टकले एकछिन आँखा जुधे,र केहि अप्ठ्यारो Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : आमा

~कुन्दन काफ्ले~

आमा ममताकी खानी तिमी हौ ।
दिने यो जीवन, जवानी तिमी हौ ।
सुनौलो इतिहाँस कहानी तिमी हौ ।
काली, दूर्गा, माँ भवानी तिमी हौ ।

हे जीवन दाता, जननी हे माता ।
तिमी हौ विद्या, तिमी नै विधाता । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कामना गर्ने कुरा

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

महत्वका छेऊनेर बहन्छु
सम्भावना भएकैलाई म भन्छु
नयाँ वर्ष
प्रत्येक नयाँ पलमा
यो बोली
देव-वाणी होस्
यो कामना
शाश्वत, जादुमयी पुगोस्
Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मुक्ति

~देवकुमारी थापा~Dev Kumari Thapa

कर्ण लम्पसार परेर ओछ्यानमा पल्टिरहेका थिए। उनको हाड र छाला भएको शरीर देख्दा कुनै दिन उनी खाइलाग्दा युवक प्रसिद्ध धावक भनेर पत्याउन गाह्रो पर्थ्यो। केही समय अघिसम्म कर्ण नेपालका प्रसिद्ध धावक तथा पुरस्कार विजेता थिए। बलिया, अग्ला, गोरो वर्णका, फरासिला कर्ण कटुवाल जीवनसँग लपक्क टाँसिएर त्यसको भोग गरिरहेका थिए। स्वास्थ्य, पैसा, साथीभाइ, प्रसिद्धि – सबै थियो उनको, अझ त्यसमा थपिएको थियो – शिक्षित, सुन्दर जीवनसङ्गिनी। प्रेमविवाहपछि पनि उनीहरूको प्रेम सेलाएन बरु जरा गाड्दै बलियो भएर त्यो सम्बन्धलाई थेगेको थियो।

कसैलाई त सुखैसुख हुन्छ एक थरी भन्थे। आफ्नो-आफ्नो भाग्य। भाग्यवादी भन्थे तर सधैँ सुखैसुख कसैलाई पनि फाप्दैन भन्ने कुरो भावीलाई मात्र थाहा थियो। कर्णको जीवन बिथोल्न त्यो अफाप एक्कासि देखापर्‍यो। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

केस्रा : प्रहार

~रुमानी राई~rumani-rai

हाे,अति भएपछि अस्त्र उठाएँ
प्रतिकारमा तिमीलाई झुकाएँ

कति बस्नु म, अत्यचार सहेर
कैंयाैं प्रहार छातिभित्रै छुपाएँ Continue reading

Posted in केस्रा | Tagged | Leave a comment

कविता : अपेक्षित जागरण जनताको

~प्रकाश प्रधान~

राष्ट्रिय रङ्मञ्चको नयाँ पर्दामा
सहमति समावेशी सहयोगी सामञ्जस्य
आदि इत्यादिको खोजी त्यहाँ हुँदैछ
जहाँ मन मस्तिष्क र मनसायको मेल
असम्भव जस्तै सावित हुँदैछ
अब दलित स्वार्थन्धता र ध्रुवीकरणले
समीकरणको सैद्धान्तिक नारा कहाँ पुग्यो कहाँ
यो असम्भव प्रयासले कसलाई कहाँ पुर्‍याउने –
यो अन्तहीन नाटकको दर्शक जनताको
धैर्य र आशाको पुर्तिविहीन प्रतीक्षा
अर्को अच्चम्मित आर्श्चर्य भइरहेछ Continue reading

Posted in कविता | Tagged | Leave a comment

बाल नाटक : पर्दाभित्र

~अशेष मल्ल~ashesh-malla

उद्घोषकः अब हाम्रो नाटक सुरु हुन्छ । सबैजना हल्ला नगरी बस्नुहोला । सुरु हुन्छ नाटक । यो नाटकको शीर्षक हामीले राख्न भ्याएमा छैनौँ । किनभने नाटक लेख्दा लेख्दै यस नाटकका नाटककार जरुरी कामले गाउँ जान पर्‍यो । गाउँमा टेलिफोन छैन । सम्पर्क गर्ने कुनै उपाय पनि छैन । उहाँले नाटक त लेख्नुभयो, शीर्षक राख्न भ्याउनु भएन । सोधौँ भने उहाँसँग सम्पर्क नै गर्न पाएको छैन, कसरी सोधौँ ।

नेपथ्यमा केही हल्ला सुनिन्छ । हल्ला बन्द । हल्ला बन्द । हल्ला नगर्नु होला ।

(नेपथ्यबाट अझ चर्को स्वरमा हल्ला) । Continue reading

Posted in बाल नाटक | Tagged | Leave a comment

कविता : राजीको नाममा

~धुस्वां सायमि~dhuswan-sayami

तिम्रो
आगमनको सूचना
जब मेरो घरसम्म पुर्‍याउँछ हावाले
मेरो आँगन
तिमीलाई अभिवादन गर्न
एक्लोपनको उदासी भुलेर फक्रिन्छ
र, मलाई यो
पनि थाहा छ –
जब-जब म सोच्दछु तिमीसम्म आउन Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मृत्यु अनुभव

~दिपक घिमिरे~

म मरेको पनि वर्ष दिन पुग्न थालेछ ।

सोच्छु, समय बित्न कति नै लाग्दोरहेछ र ? हुन त म मरेकोलाई समय चाँडै बितेजस्तो लागेको हुन पनि सक्छ । बाँचेकाहरुलाई यही समय कटाउन कति गाह्रो भएको होला ।

ओहो ! ट्राफिक प्रहरीले मेरै फोटोलाई ठूलो बनाएर चोक–चोकमा राखेको रहेछ । बोर्डमा आफैलाई देखेर दङ्ग भएँ पहिलोपटक । धत्तेरी ! कति नराम्रोसँग मरिएछ ।

आजभोलिका तन्नेरीहरु मेरो फोटो देखेर तर्सिन्छन् होला कि नाई ? Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहवास

~हिरण्यकुमारी पाठक~hiranya-kumari-pathak

प्रतिदिनको ताडना र लाञ्छनाले असहय भइसकेको थियो मुनाको मन । विवाह गरेको ६ वर्षमा पनि एउटा सन्तान दिन नसक्ने ! यस्ता वचन सुन्दासुन्दा उनको कान टट्याइसक्यो, हृदयमा सुल घोपेझैँ चस्स-चस्स बिझाउन थालिसक्यो । सन्तानको आवश्यकता र चाहना प्रत्येक स्त्रीलाई अवश्य हुन्छ । सन्तानबिना, मातृत्वको सुखबिना अरू संसारिक सुख सबै-सबै फिका हुन् ।

मुनाको हृदय पनि यस कुराले चिमोटिरहेकै थियो, तर के गर्ने ! लामो सास फेरेर मन बुझाउनु सिवाय अरू केही समाधान थिएन । विवाहको दुई वर्षपछि नै सन्तान नहुँदा, जँचाउन दुवै पति-पत्नी डाक्टरकहाँ गएको सम्झना बारम्बार आइरहन्छ उनलाई । त्यस दिन डाक्टरले मुनामा हैन, प्रजनन शक्ति श्रीमान् नरेशमा छैन भन्ने रिपोर्ट देखाउँदा पतिको अनुहारमा आएको उतार-चढाव आज पनि उनका सामु ताजा छ । घरमा सबैका सामु मुनाले पनि केही भनिनन् । उनको श्रीमान्को यही निर्देशन थियो रिपोर्टबारे । त्यस रात नरेशले आफ्नो कमजोरी अरू कसैलाई नभन्नू भनेर मुनासँग वाचा पनि लिए । मुनाको स्त्री हृदयले के गरोस् ? Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment