कविता : देश

~झलक आचार्य~

देश कहिल्यै नदुखोस
देश दुख्नुको सट्टामा
मेरो छाती दुखोस
मेरो छातीको उपचार हुनसक्छ

देश कहिल्यै नचर्कियोस
देश चर्किनुको सट्टामा
मेरो घरको भित्ताहरु चर्कियोस
मेरी आमाले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म त्यही हुँ तिमीले बिर्सीगएको मानिस

~हेमन यात्री~heman-yatri

धेरैपछि सम्झनाको साँघु तरेर
तिमीले मेरो बारे सोध्यो–
कसरी ढाटूँ म आफूलाई ?
तिमीले बिर्सीहिँडेको मानिस म होइन भनेर ।
सप्पै–सप्पै बिर्सीहिँडेको तिमीले
खै ! के सम्झ्यौ कुन्नी
दुर देशमा पुगेर ?

सुनकोशीमा बगेको सुनको पानी सम्झ्यौ कि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : उघ्रेको आकाश

~गीता पन्थ~Gita Pantha

छोरी पिकनिक र छोरा साथीहरूसँग स्वीमिङ्ग गएका थिए अनि श्रीमान् कलेजको मिटिङ्गमा । घरमा सघाउने नानी लुगा धुँदै थिई । टिभी हेर्न बत्ती थिएन । के गरुँ के गरुँ हुँदै छोरीको कोठामा छिरेँ । लथालिङ्ग तन्ना, किताब र कपडाहरू यत्रतत्र छरिएका रहेछन् । आज छोरीलाई सरप्राइज दिन भनेर मिलाउन थालेँ । सामानहरू यथास्थानमा मिलाएर तन्ना फेरिदिएँ । झयालका शिशाहरू पुछिसक्दा अलि थाके जस्तो भयो । यसो बेडमा पल्टेको सिरानी अग्लो जस्तो लाग्यो, छोरीको डायरी रहेछ । गल्ती गर्दैछु भन्ने थाहा हुँदा–हुँदै पनि पढ्न थालेँ ।

२६ असोज

कलेजमा मेरो मनसँग, स्वभावसँग मिल्ने साथीहरू अझ्ै भेटेकी छैन । केटाहरू संसारमा उनीहरूभन्दा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : विर्सेछ भन्दिहुन् !!!

~शान्तिनारायण श्रेष्ठ~shantinarayan-shrestha

संझना मनमा लिएर साँझमा, आउलान्कि आशले
नौ डाँडा पारी पर्खेकी होलीन्, ती मेरी मायाले
फुसको छानु छाएको उन्ले, चुहुन लाईसक्यो
अनार दाना साँचेको उन्लाई कुहुन लाईसक्यो ।

गै सक्यो दशैं तिहार फेरी, फर्केर आईसक्यो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : नहारेको मान्छे

~विप्लप प्रतीक~biplav-prateek

मैदानमा म एक्लै छु
र झयाल थुनेर घरहरूको
च्याइरहेछौ तिमीहरू ।

मलाई मान्छेहरूले तमासा हेरेको मन पर्छ
र मलाई लाग्छ
मान्छेहरू तमासा हेर्ने केवल एक हूल भीड मात्रै हुन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्यभामालाई सम्बोधन

~साम्ब ढकाल~Samba Dhakal

प्रस्थान विन्दुबाट तिम्रो नाममा
सत्यभामा
तिम्रो बिदाइमा
तिम्रै नामले अन्तिम सम्बोधन
गरिरहेछु ।
सत्यभामा तिमीलाई यो माटोले रोक्न सकेन
यी पाखापखेरा
यो बनेली गोरेटो
यो जुनेली आँगन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : अमेरिकामा सगरमाथाभन्दा माथि

~मनु ब्राजाकी~Manu Brajaki

कसैसित भेट कहिले, कहाँ र कसरी हुन्छ भन्ने कुरा नितान्त संयोग रहेछ । यस्तै संयोगवश हिरण्य भोजपुरे र मेरो भेट संयुक्तराज्य अमेरिकामा भयो । यो संयोग जुर्यो एउटा गजल क्यासेटको विमोचन कार्यक्रमद्वारा, जसका गजलकार र संयोजक हुनुहुन्थ्यो भूपेन्द्र महल । स्थान थियो एउटा नेपाली रेस्टुरेन्ट ‘याक एन्ड यती’, राल्सटन रोड, अरवाढा, कोलोराडो ।

हिरण्य भोजपुरेलाई मैले लेकाली समूहका गायकका रूपमा पहिलेदेखि नै चिनेको थिएँ । साथै उहाँका दाँैतरी गायक गणेश रसिकलाई पनि । गणेश रसिकलाई भने नामले चिन्यामात्र होइन, प्रत्यक्ष भेटघाट पनि भएको हो, साझा प्रकाशनमा महाप्रबन्धक छँदा तर दुवैजना लेकाली समूहका गायकमात्र नभई लेखक/साहित्यकार पनि हुनुहुँदोरहेछ । यो कुरा रसिकका सन्दर्भमा काठमाडौँमा छँदै थाहा थियो भने भोजपुरेका सन्दर्भमा अमेरिका आएपछि ज्ञात भयो । Continue reading →

Posted in संस्मरण | Tagged , | Leave a comment

हरिकृष्ण काफ्लेका दुई मुक्तकहरु

~हरिकृष्ण काफ्ले~

तिमी आँसु–आँसु भन्छौ, म हर्षको कुरा गर्छु
पतन अवनति छोडी, उत्कर्षको कुरा गर्छु,
पराजित मानसिकतां उन्नतिको बाधक हुन्छ,
म उत्साह उमङ्ग र सङ्घर्षको कुरा गर्छु । Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

पुस्तक समीक्षा : दुई गीति संग्रह

~आनन्द राई~

मानवीय भावनाका भुल्काहरू बान्की मिलेर आउँदा गीत बन्छन्। त्यस्ता गीतले स्तरीय संगीत र मीठो गला पाए भने ती कालजयी हुन्छन्। तर, सबै राम्रा गीतले त्यस्तो संगीत र गला पाउँछन् नै भन्ने छैन। त्यसैले कागजमा पढ्दा वा एकान्तमा गुनगुनाउँदा शब्दहरू स्वतः लय र तुकबन्दीका सुरमा मिल्दै गए वा मानवीय भावनाका विशेष अभिव्यक्ति बने भने त्यस्तो लेखनीलाई पनि गीत मान्नुपर्छ। तर, गीतको नाममा तानतुन पारिएका सबै लेखनी भने गीत हुन सक्दैनन्।

गीत सिर्जनाको यो सामान्य मान्यताका आधारमा हेर्दा २०६८ जेठ र फागुनमा प्रकाशित गीति संग्रह जूनको बस्ती र संवाद लाई मध्यमकोटिका कृति मान्नुपर्छ। बैतडीको रिमका पद्मराज जोशी स्पन्दनले संवाद मा राम्रा Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कथा : अव्यक्त प्रेम

~पुष्पलता आचार्य~

त्यो मध्यरातमा मैले उनलाई बेस्सरी रुवाएँ। के मैले ठीक गरें र? यतिका वर्षसम्म मैले आफ्नो मनको कुरा मनमै कुवाएर राखेथें भने अझैपनि मैले राख्न सक्नुपर्थ्यो। तर किन सकिनँ? व्यर्थै भने झैं लाग्यो, उनलाई कुरा।

हुन त उनलाई ती कुरा थाहा नभएको भने पक्कै पनि होइन। उनले थाहा नपाएझैं गर्नु उनको शालीनता मात्र थियो होला। किनकी मलाई पनि विश्वास छ उनी पनि मलाई मन पराउँछिन भन्ने कुरा।

यो कस्तो परिचय हो हाम्रो? नजिकै भएर पनि टाढा धेरै टाढा………। एकप्रकार परिचय नै नभएजस्तो। फेरि कताकता आफ्नै निकटको सम्बन्धजस्तो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तारा टिपूँ टिपूँ भन्थें

~रवि प्राञ्जल~Ravi Pranjal

तारा टिपूँ टिपूँ भन्थें जून झरेछ
सपनीमा भेटूं भन्थें नीद खुलेछ ।।

पछ्यौरीको हावा लाग्यो मनको तरेलीमा
हराएछ आँखा मेरो तिम्रो परेलीमा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : बच्चा चोर्ने आइमाई

~टेकब कोइराला~Tek B Koirala

रेल आज पनि खचाखच भरिएको छ। जनकपुर–जयनगर रेल सेवा। नेपालको पहिलो र एकमात्र रेल सेवा। यसले बेग्लै किसिमको इतिहास रचिसकेको छ। जुगौंदेखि जनकपुर–जयनगर हजारौं लाखौंपटक ओहोरदोहोर गरेर आफैमा कीर्तिमानी काम गरेको मात्र होइन, यसको अनेकन गुणहरु छन्। यात्रुहरुको सुविधाका लागि गुड्दागुड्दै पनि ओर्लेर ‘पाँचमिनेट’ गरेर फेरि चढ्न सकिने गरी रफ्तारलाई नियमन गरिदिन्छ। शिशा–पर्दा खोल्ने र बन्द गर्ने झण्झट छैन। चारैतर्फ खुल्ला भएकोले हावा सजिलोसंग ‘पास’ हुन्छ। वर्षामा पानी पनि ‘पास’ हुन्छ। टाढैदेखि सजिलै चिन्नको लागि डिब्बाको बोक्राभरि अमूर्त चित्रहरु पोतिएका छन्। चित्रकारहरु तिनै यात्रुहरु हुन्। जसले पान थुकेर, सिँगान पुछेर, उल्टी लत्पत्याएर, नास्ता खाइसकेपछि हात त्यहीं भित्तामा पुछपाछ गरेर आदि अनेक तरिकाबाट श्रमदान गरेकै छन्। रंग लगाउने खर्च जोगाइदिएकै छन्। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फर्केपछि

~अकेला यात्री~akela-yatri

एकान्तमा एक्लै………
यो अँध्यारो रातमा उज्ज्यालो खोज्दै छु
अबेरतिर चल्ने हावाको स्पर्श
मेरो निधारमा आएर ठोक्कियो
र एक झरी बर्षात् बगेर गयो
स्तब्ध तालहरूमा गएर डुब्न मन लागेको छ ।

सुदुरबाट आएका कर्याङकुरुङ ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

यात्रा संस्मरण : भानुतीर्थको यात्रामा

~निर्मोही व्यास~Nirmohi Vyas

२०४८ साल असारको २८ गते। बिहान ६ बजेको समय। सात दिन जति पहिलेको आपसी सल्लाह र निधोअनुसार केशव दाइ (डा. केशव उपाध्याय) र म असार २९ गते भानुजयन्तीको साइत पारेर रम्घादर्शन गर्न जाने आफ्नो वर्षौदेखिको सुकुमार धोको मेट्न सहयात्रामा निस्कन्छौं कााधमा एकुन्टा झोला भिरेर। बस चढ्न लाग्दा म गद्गद्हुा दै आकाशमा धुम्मिएको कालाम्मे बादललाई मन्दाक्रान्ता छन्दमा सम्बोधन गर्छु:

रम्घा रम्यं प्रियचुादिसरित्सेवितं काव्यतीर्थं
नैपालानां कवि कुलगुरोर्भानुभक्तस्य धाम
दिदृक्षुच्छे श्चेञ्चलत्व भो कालिदासस्य मेघ
यानं पश्यन्पदमनुसरन् केशवव्यासयाश्चे।।१

वीरगञ्ज पुगेपछि पोखराको बसभित्र छिरेर अघिल्तिर ढोका छेउको सिटमा पस्छौं। ८:३० बजे बस गुड्छ, Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : बडा घरको बडै चाला…

~निर्मोही व्यास~Nirmohi Vyas

“काला गए गोरा आउँछन्” सुन्दा दिन–राती
पर्खी बस्थेँ स्वागतमा लाखबत्ती काती

नआउन्जेल को हो, के हो, आएपछि था भो
यस्ता गोराभन्दा बरु काला नै पो जाती Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नै मृत्युमा हाँस्छ कलम

~काप्पोबा चुम~Kaappabo Chum

कतै सुनामी आउन खोजे झैँ
कतै बिनासकारी भुकम्प आउन खोजे झैँ
तिमी भयभित छौ
तिम्रो ज्यान खतरामा छ
तिम्रो अस्तित्व खतरामा छ
जो यो धर्तीले सहिरहेको छैन ।
तिमी भयवित छौ
तिमी आफैसँग तर्सिरहेको छौ
तिमीलै आफ्नै समाज यमराज लाग्दैछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : मेरो देशको गीत

~त्रिभुवनचन्द्र वाग्ले~

हिमालले सिकायो गर्वले उठ्न
विनम्रतामा तराईले झुक्न
परन्तु सिकाए नेपाल आमा
नेपाली भई एकतामा जुट्न………………..२

चिनारी काली पश्चिममा कुद्छ Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

बाल नाटक : बाल अधिकार

~एकु घिमिरे~eaku-ghimire

एउटा कक्षाको दृष्य । केटाकेटीहरू हल्ला गरिरहेका । यत्तिकैमा शिक्षकको प्रवेश ।

विद्यार्थी -(सबैजना एकसाथ उठेर) गुड आफ्टरनून  सर ।

शिक्षक – (हातको लौरो बेन्चमा आक्रोशित हुदै बजाउँदै ) के को गुड आफ्टरनून  ? एकछिन अघि हल्ला गर्ने बाँदर तिमीहरू नै हैन ? आज सबका सबलाई  धुलाई हुन्छ । म पल्लो कक्षामा पढाउँदै छु भन्ने याद नगरी हल्ला गर्छौ  ? आज सबलार्ई म ठीक पार्छु । एकदिन कक्षामा सर नहुँदा मेलाबजारमा जस्तो हल्ला गर्ने ? ( फेरि हातको लौरो बेन्चमा आक्रोशित हुदै बजाउँदै ) कुन कुन हो अघि सारो सारो गीत गाउँदै  टेवल ठटाउने ?

विद्यार्थी – (कोही बोल्दैनन् ) Continue reading →

Posted in बाल नाटक | Tagged | 1 Comment

छन्द कविता : समीपता

~गौरव विडारी~

छन्द : शार्दूलविक्रीडित

पर्खेकी तिमीले मलाई कति भो निन्द्रा भुली रातको
साँचेकी कहिले मलाई भनि यो तन्ना नयाँ खाटको ।।
नाघेकी छलले डराई मनले भत्क्यो सिमा साँधको
बोलेकी जब अङ्कमाल गरदै ताला खुले बाँधको ।।१।।

कस्तो यो मधुरो प्रकाश जुनले छर्दैछ सौभाग्यको
लुट्दो हो धरती अकाश पनि ता सामीप्य आनन्दको ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : रहर

~मसान उपासक~masan-upasak

यो विर्सदै गरेको समय तिम्रो हो
माफ गर! म वर्तमान भोगीरहेको छु ।

मध्यान्नमा यात्री पर्खिरहेको उदास मूल बाटो
साँझमा एक्लै छाडिएको घाँसी कुुवा
यात्री हिडेको सडकमा सुसाइरहेको हावा
भानु, कहाँनेर तिम्रो गाउँ सुखी देखिन्छ।

इमानमा किसान माटो बोकेर रुनुपर्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बस्छन्

~गुरुप्रसाद कुमाल ‘बुलबुल’~guru-prasad-kumal-bulbul

दिनभरी ठुङ हानेर बस्छन् ।
टाउकोमा जुम्रा मारेर बस्छन् ।

काम धन्दा केही हुदैन घरमा
छिमेकीका कुरा काटेर बस्छन् । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : ल्याप्चे

~रन्जु ‘मार्ग’~ranju-acharya-marga

सायद …..त्यो दिन उनले घरपेटीले भाडा मागेका छन् भनेर छोरालाई नसुनाई दिएकी भए ……!

छोरा घरमा नआएको तीन दिन भैसकेको थियो | आमाको मन भतभती पोलिरहेको थियो |उनी कहिले कौसीमा जान्थिन, कहिले झ्यालबाट हेर्थीन| उनलाई न भोक थियो न प्यास थियो |उनी कहिले आफ्नो भाग्यलाई धिकार्थिन त कहिले आफ्नो बुद्दिलाई | कहिले लामो सुस्केरा छोडदै पश्चतापमा डुब्थिन |

+’बाबु ,कहा गएका थियौ यतिका दिन सम्म ?’-बाटो हेरिरहेकी आमा अचानक तेस्रो दिनको साँझ छोरा घर आएको देखेर खुशी हुदै सोधिन् | Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : धेरै चोटि आँखा जुध्यो तर

~बुद्धवीर लामा~buddha-bir-lama

केटा-
धेरै चोटि आँखा जुध्यो तर तिमी हाँसेनौ
दुई दिनको जिन्दगीमा केके हुने हो
हाँसी राख न माया बोली राख न
केटी-
धेरै चोटि भेट भयो तर वाक्यै फुटेन
बोल्न त मन लाग्छ बोली फुटेन
हाँसु कसरी माया बोलुँ कसरी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कविता : मीठो सेल रोटी

~रञ्जुश्री पराजुली~Ranjushree Parajuli

दसैं सकिई तिहार आयो रमाइलो भयो
चारैतिर वरिपरि झिलीमिली भयो
माला राम्रा मखमली गाँस्ने बेला आयो
अनरसा र सेलरोटी पाक्ने बेला आयो

चामल पीठो गाईघ्यू बन्दोबस्त भयो
सेल मीठो पार्न भनी सख्खर चिनी आयो Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : उत्तरदान

~चंकी श्रेष्ठ ‘अभय’~chanki shrestha - abhaya

आमाको औंला समाएर
सैसैला खेल्दै गर्दा
म थिएँ कर्कलाको पातमा जमेको शीतजस्तै ।

जबसम्म आमा हुनुहुन्थ्यो
मेरो अगिपछि
क्रूरताहरू निषेधित थिए
तिनका विरूद्ध गर्नुभएको थियो आमाले प्रतिकार ।

त्यो दिन
काँगियो फूलको बोटमुनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : कस्तो तक्दिर यो ?

~सीता थारू ‘निश्छल’~sita-nischal

कोही जाग्ने कोही सुत्ने कस्तो तक्दिर यो ?
थुक्क ! मिलेर पनि छुट्ने कस्तो तक्दिर यो ?

जिन्दगीको डोरी बलियो बनाउँदा–बनाउँदै,
आधा त्यो बाटोमै टुट्ने कस्तो तक्दिर यो ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

सुनुवार भाषी गीत : मिथोस

~थरि कयाबा~

इन लाँ रिमतिके रिमतिके पेरसास नाँ तासला
मुकु जिशो मिच निमफा इन कलि मिमशा सेँसास ।।१।।

रिससे गेरससे कुरदिथदे ङोन तेमेते लाइँतिनि
रिमचारिमशो इन लाँ द, अँयकलि मिमशा मजाअ्नि ,
गोइनु रिशशो गेरशो नातनेलल दुमशा लितेमे मसथेास Continue reading →

Posted in सुनुवार गीत | Tagged | Leave a comment

लघुकथा : जागिर

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

दीपेन्द्र र उसकी पत्नी उमा दुवै जागिरे हुन् । दीपेन्द्रको भाइ प्रकाशचाहिँ बेरोजगार थियो । दीपेन्द्रले प्रकाशलाई स्नातक तहको अध्ययन पूरा गरेपछि भन्यो – “अब तैले पनि जागिर खोज्नु पर्यो, त्यत्तिकै घरमा बसेर केही फाइदा छैन ।”

“हुन्छ दाइ अब म कस्सिएर पढेर लोकसेवाको परीक्षा दिन्छु र नाम निकाल्छु” प्रकाशले भन्यो ।

प्रकाशले कस्सिएर पढ्न थाल्यो र गोरखापत्रमा लोकसेवाको विज्ञापन हेर्न थाल्यो र दरखास्त दियो । परीक्षा Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मेरी छोरी

~सुबेश घिमिरे~subesh-ghimire

मेरो स्यानो जिन्दगीमा खुशीको,
छर्दै मीठो वासना पालुवाको-
सानी – सानी अप्सरा वर्लिएर,
सज्जा दिंदा जिन्दगी भो बिभोर ॥१॥

इन्द्रेणी झैं सप्‍त – रंगी खुसीको-
चढ्यो‌ लाली आज मेरो धरामा,
नौला – नौला स्वप्न उद्‌घोष साथ-
झुल्क्यो मेरो जिन्दगीमा प्रभात ॥२॥ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सुनुवार भाषी कविता : गार

~सुर्य प्रकाश सुनुवार चेरेहामसो~

आमके निततेक देललो बाअ्शाइयो
निशशा बाअ्ने माचाबबा,
रापचा दा एर ङा ल्वो,
खोइल बा ङाना पोः राबबा ?
बिचाःरा गार !
जाचा यो जाइबा,
कोजाइयो कोलशोन बाअ्ब,
तारना गिश जाऽपतु ङानाइयो Continue reading →

Posted in सुनुवार कविता | Tagged | Leave a comment

कविता : समकालीन वाणी

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

के के न धमाका मच्चाउला जस्तो
आकाशका तारा खसाउला जस्तो
परिवर्तनका
फाट्टफुट्ट झिल्का पँजाउने नाउँमा
बस्तीकै अमर शान झैं,
गजक्क, गुराँस फुल्ने थुम्कामा
डोजरले थुतुनो बजारे पनि
चारहाते कच्ची सडक
झुपडीका बलेनीसम्मै उतारे पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : यो देश मेरो देश

~दिनेश अधिकारी~Dinesh Adhikari

यो देश मेरो देश
म राख्छु शिरमा यसको गरिमा
यही हो मेरो आस्था आशेष !

म स्वप्न बुन्छु यही देशसँग
म भर्छु तनमा यसकै उमङ्ग Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment