गजल : भ्वाइलन बजायो

~राकेश कार्की~

भ्वाइलन बजायो बिरक्त तालमा कसैले
दु:खमा पर्यो की हार्यो माया जालमा कसैले

समुद्रको छेउमा एक्लै के के सोचेर
पर पर बगायो की आँशु छालमा कसैले Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : चश्माको स्टाइल पनि निकै फेरियो

~चिज कुमार श्रेष्ठ~

म त यस्तो भएँ
सवैभन्दा सस्तो भएँ
परदेसिएको पलछिनर्मै
जनै पनि फालि दिएँ कतै

कन्दनी त यस्तै उस्तै
हरि ओम् जप पनि हरायो कतै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : ऐना

~अनुकृतिका~

मैले मेरी आमासँग नारी जातिले विकास गर्न नसकेको कारण के हो ? भनेर प्रश्न गरें । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीति कविता : अब जीवनको हिसाब नखोज

~दीपक जडित~

बेहिसाब नै बितीसक्यो अब जीवनको हिसाब नखोज
जती दुख्नु दुखी सकें म , कति दुख्छौ – भनेर नसोध ।

सुनबुट्टे रहरहरु आंखैमा फुटेर रगतको आंशु झरीरहें
पाईला पाईलामा टेकेर आफैंले फूलाएको सपना मारीरहें Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

मुक्तक : जवाफ

~दिपक देवकोटा ‘दिपु’~

नयाँ ठाउ परिवेशमा माटो नबिर्स
स्वदेश प्रति कर्तव्यको पाटो नबिर्स
राम छाँया हो दुइदिनको Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : सहु, सहु…

~विजयसिंह थापा~

तिमी
तुरुन्त भीरबाट
हामफालेर मर
घर नजिकको गिजेरी रूखमा
झुन्डिएर मर
तर
चिन्ता लिएर नबाँच
प्लिज् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : कसम !

~सुको साइबर~

मान्छे त
मान्छे भइहाल्यो’नि !
भो
म मान्छेको कुरा गर्दिनँ ।
मान्छेकै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्रूँण

~गोपालप्रसाद पौडेल~

कुरा नसुन्ने अरुको, कुरा राख्ने आफ्नो ।
पूरा नहुने विषयमा, खोचे थाप्ने ज्याद्रो ।।
विषै सेवन गरेमा, कहाँ पो जिवन छर ।
विषै वमन गरेमा, कोही कसको रहन्न ।।

सत्य भावना आफुमा, सबै यहाँ आफन्त ।
आफु सत्य नभएमा, कोही हुन्न आफन्त ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई माफ गर

~सुषमा घिमिरे~

प्रिय,
मलाई माफ गर
सौभाग्य या भनौं तिम्रो दिर्घायुको मागमा
म भगवानको आडमा
अनशन बस्न सक्दिन
भोक त्याग्न सक्दिन
प्रिय, म व्रत बस्न सक्दिन ।

एउटा कालो रातमा, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : प्रीत लाए किन

~रोहित राना~Rohit Rana

जानिनजनि मैले प्रीत लाए किन
बिना सुर बिना ताल गीत गाए किन।

गल्ति त मेरो होइन समयको दोश थियो
झुठा बाचा अनि कसम रित लाए किन। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : दुखै दुखको खात लाग्यो

~देव गुरुङ~

जिन्दगीको गोरेटोमा दुखै दुखको खात लाग्यो
के गरेर पन्छाउने खै दशा साढे सात लाग्यो ।

ज्योतिषीलाई हेराउंदा भाग्यमानी हुन्छ भन्थे
अहिले भाग्य हेदा खेरी सवै झुटो वात लाग्यो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बाल कविता : हे असारे मासको भेल

~निलन कुमार थेच्वमि~

वर्षौं दिनको प्रतीक्षा पछि आएको भेल ।
सब किसान दाजुभाइको सुखमय मेल ।।
मिलिकन रोपाइगर्ने खेत खेतमा अचेल ।
स्वागत छ तिमीलाई यहाँ असारे भेल ।। Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : शहर

~मणिराज सिंह~Maniraj Singh

जताततै झिङ्गै झिङ्गा भन्किरहने
भित्रभित्रै धमिराले खाएर
आत्मग्लानीको ओढ्नेले मुख छोपेर
अग्निदहमा जलिरहेको
यो शहर
कंक्रिटको महलै महलको थुप्रोमा
कति समृद्ध
कति सुन्दर
र कति भव्य देखिन्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : रात

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

मेरो गाँउमा उदाउने घाम तिम्रो गाँउमा अस्ताउँछ
भए भरका पिडा बोकी रात मलाई जिस्काउछ

यात्रा हिड्दा जिन्दगीको, धेरै टाडा पुगिएछ
फर्की हेर्दा अतीतलाई, एकटुक्रा मन छुट्टीऐछ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : मसँग छैन रातो गुलाब

~रवि प्राञ्जल~Ravi Pranjal

मसँग छैन रातो गुलाब, भीरमा फुलेको फूल छ एउटा ।
सहेर आँधी-हुरी-बतास, पीरमा फुलेको फूल छ एउटा ।

म साँझ कुर्छु र रात कुर्छु, म जून हेर्छु र दाग पढ्छु,
छ दिलमा काँढा गडेको एउटा,शिरमा फुलेको फूल छ एउटा । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : अलमलिएको प्रदेसी

~पुरुषोत्तम सुवेदी~Purushotam Subedi

चाड आय जस्तो लाग्छ -कता कता यो मन भित्र ।
संस्कार संग मेल खाने -छैन कतै धार्मिक मित्र ।।

बढे जस्तो लाग्छ मलाई – नास्तिक को बाहुल्यता ।
आफ्नै टाढा लाग्छ मलाई -पार्टिबाजले कता कता ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : रहस्यको खोजी

~भूधरा उपाध्याय~bhudhara-upadhyay

– जनयुद्धमा बेपत्ता बुवाको खोजी गर्न राजधानी पसेको बिर्खे महिनौँ गाउँ फर्किएन।

– एक बर्षको छोरो बोकेर बिर्खेको खोजी गर्न उपत्यका Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

मनोज बोगटीका दश छोटा कविताहरु : ढुङ्गा

~मनोज बोगटी~Manoj Bogati_1

ढुङ्गा-१
उसको कठोरता
तिम्रै आँखाको दोष।

ढुङ्गा
कसैको घड़ेरी हो
घर हो, मन्दिर हो, शहर हो
ढुङ्गा कसरी कठोर हुन सक्छ?

ढुङ्गा पनि फुट्छ
तिम्रो मन जस्तै
विचार जस्तै
विश्वास जस्तै। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : पराजित मान्छेको आक्रोश

~ध्रुब सापकोटा~

ऊ ऐन मौकामा प्रमुख अतिथि हुन गएन । झूटको खेतीमा उसको विश्वास हटिसकेको थियो ।

उसका यी चरम पतनका दिन थिए । सक्रिय जीवनबाट उसले आफूलाई मुक्त गरसिकेको थियो । एकान्तमा रमाउने उसले बानी पारसिकेको थियो । ध्याननजिक बसेर भू-दृश्यमा ऊ घन्टौँ बिताउन सक्थ्यो । सेतो बादलले गाउँलाई ढाक्ने अनि त्यो डुलुवा बादल विस्तारै अलप हुने यो प्राकृतिक नियमको साक्षी बनेको थियो । यो डुलुवा बादलको छोटो जीवनको अनुभव गरेको थियो । त्यसबाट प्राप्त हुने अर्थहरू केलाउन र सदुपयोग गर्न सकिरहेको थिएन । ऊ आफैँ पतनको अवस्थामा थियो ।


परबाट एउटा मान्छे आउँदै गरेको उसले देख्यो । त्यो मान्छे उसको शत्रु थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ए नब युगकी जननी

~अशोक ‘खलानको मान्छे’~

एक बुद तिम्रो आशुको मत्लब
मेरो आशुको सहश्र् धारा हुन सक्छ
तेसैले बिन्ति रुने काम नगर है
तिमोती हरु जिबन मन्थन् मा उपयोग हुन सक्छ
सम्हाली देउ है
एक बुद तिम्रो…..

हजार कोप हरु सहन सक्छु म
आगोको बाटो हिड्न सक्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : पुच्छर भएको पार्टी

~पिँडालु पण्डित~Basudev guragain_Pindalu Pandit

उहिले उहिले उस्तै उस्तै छट्टूलाई उत्तिकै तौलेर नाम राख्नुपर्दा घिउबेचुवा र तरबारबेचुवा भनेर बूढापाकाले भत्रे गरेको आफ्नै कानले सुनेको । सुनेको प्रमाण म जुटाउन सक्तिन । बरु मौका परे त्यस्ता बूढाखाडालाई उपस्थित भने गराइदिन सक्छु । यो कुरा मैले किन ओकल्नु प¥यो भने भनिजात्रेको अनुपस्थितिमा सुनिजात्रेको कुरा सबैले पत्याइहाल्छन् भत्रे कुनै टुङ्गो छैन । एउटाले भनेको कुरा अर्काले सुत्रे र अर्काले भनेको कुरा फेरि अर्काले सुत्रे भएपछि अरे अरेकै भरमा गरेका कुरा भरेका पुस्ताले पत्याउनै पर्ने परम्परा बस्दै जान्छ । अनि नपत्याएर पनि के गर्ने ! त्यसैले अरेका कुरा गर्न सजिलो छ । अरेका कुरा गरेपछि न भत्रेले जिम्मेवारी लिनुपर्छ न सुत्रेले । त्यसैले अरेको कुरो पत्याए पनि हुन्छ नपत्याए पनि हुन्छ । त्यसो भए Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

लघुकथा : कृतिकारको कृति बिक्रीमा

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

पुस्तक बिमोचनको निमन्त्रणा पाएर एकदिन म प्रज्ञा भवन पुगे ।

प्रज्ञा भवनमा पुस्तकको विमोचन कार्यक्रम सकिएपछि मैले पुस्तक लेख्ने कृतिकारलाई अनुरोध गरेँ,”आज बिमोचन भएको एकप्रति पुस्तक मैले पढ्न पाउँ ।”

कृतिकारले उत्तर दियो,”सभाहलको बाहिर बिक्रीमा राखेको छ, किनेर लैजानुस न !”

“तपाईको पुस्तक पढेर समीक्षा लेखेर कुनै पत्रिकामा छपाउन दिन्छु नि,” मैले भने । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

बदलिन्छ घडी, बदलिईरहन्छ पला
तर, साक्षात्कारमा
तिनै सञ्चो-बिसन्चोका कुरा
कहिले दु:ख र सुखका कुरा
कहिले मिलन र विछोडका कुरा
कहिले काँढाघारीका कुरा
कहिले फूलबारीका कुरा
एकैछिन मनलाई शान्त्वना दिने कुरा। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : “निरीह समयमाथि” नियाली हेर्दा

~खिमानन्द पोखरेल~book-cover-ujjwal-gc-niriha-samay-mathi-geet

सर्वसाधारण व्यक्तिभन्दा धेरै फरक हुन्छन् सिर्जनशील व्यक्तिका विचारहरू । आफूले सिर्जना गरेका भावनाहरू बाहिर प्रकट गर्न चाहन्छन् यस्ता व्यक्तिहरू । असल र राम्रा काम गर्ने व्यक्तिलाई असल दर्जामै राख्नु पर्छ । असल काम गर्ने व्यक्तिलाई समाजले मान–प्रतिष्ठा र इज्जतको कदर समेत गर्दछ । आफ्नो जीवनकालमै केही गरेर समाजलाई गुन लगाउ भन्ने मान्छेलाई विरलै भेट्न सकिन्छ ।

जीवन मरण भन्ने कार्य सृष्टिकालदेखि नै चल्दै आएको कुरा हो । यो कसैले टारेर समेत टार्न सकिदैन । आफ्नो कार्यकाल सिद्धिएपछि छोड्नु पर्छ यो अनिवार्य पनि छ । मान्छे यी यस्तै परिधीमा रहेर केही गरेर छोडौ‘ भन्ने अभिप्राय पनि राख्दछ । यो अभिप्राय केवल मान्छे जातीमा मात्र हुन्छ । अन्य प्राणीहरूमा यस्तो इच्छा पटक्कै ह‘ुंंदैन र त्यस्ता प्राणीहरूले प्रकट गर्न समेत पनि जान्दैनन् यी कुराहरू । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : हराएका देवताहरू

~छविलाल कोपिला~chhabilal-kopila

निष्पट्ट अँध्यारो रातमा
एक हूल मानवाकृतिहरू
सीमानाको डिलसंगै
खोलाको बहाव जस्तै हिडिरहेछन् ।

यता, डेहुरारिक–पातामा,
बेटका–लाठी, सोनमुठ्–बर्हनी यथावत थियो,
गुर्बाबा, सौंरा, खेँखरी–मैयाँ र ढमराज पनि
आ–आफ्नै सिंहासनमा विराजमान थिए,
र चारैतिर सेनाहरु तैनाथ थिए । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

केस्रा : प्रतिज्ञा

~मीना पुमा राई~mina-puma-rai

तिम्रो समिपै आउँछु
चन्द्रमा बनि छाउँछु

जुनि जुनि भरीलाई
नछुट्ने मायाँ लाउँछु Continue reading →

Posted in केस्रा | Tagged | Leave a comment

कविता : खस्रो गुलाब

~सुरेस खनाल~

बास्ना आफ्नो ठाउँमा छ,
कोमलता आफ्नो ठाउँमा छ,
सौन्दर्य आफ्नो ठाउँमा छ,
र फक्रेर बिहानि बोलाउने
कोपिला आफ्नो ठाउँमा छ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : डेथ नोट्स र आशाहरू

~सुवास खनाल~subash-khanal

ए ! क्याप्सनमा ‘डेथ नोट्स’
लेखिएको लुगा लगाउने मान्छे
चिन्यौ तिमीले मृत्युलाई ?

यो कुन बाटो आउँछ र कतातिर जान्छ ?
यसको बास र ठेगाना कुन हो ?
यसलाई किन मन पर्दैन सपनाहरूको घर ?
वा रहरहरूको हिमाल ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : थाकेर आउँदैछु

~पदम गौतम~

एक्लो भएँ म एक्लो, थाकेर आउँदैछु
सम्झेर काख खाली, ताकेर आउँदैछु

बस्थ्यौ तिमी सधैँ नै, एक्लै उदास मान्दै
हाँसो खुसी वसन्ती, डाकेर आउँदैछु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : हजारीफूल झैं

~आनन्द अधिकारी~ananda-adhikari

हजारीफूल झैं बैश छ झुल्के घाम झैं जिन्दगी
तिम्रो र मेरो मायाको छैन है खोट केही पनि
कञ्चन पानी झैं, माया, कञ्चन पानी झैं

रोकेर रोक्न सकिन्न, समया धारा बग्दोछ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : एकलव्य

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

जबसम्म सक्षमहरु
समानताको हक दिलाउन छोडेर
समानता स्थापित गर्न छोडेर
धर्मको विपरित हुन्छ भन्ने भयले
अपराधको दाग लाग्छ भनी
गुरुदक्षिणामा आप्mनो बुढिऔंला दान गर्ने एकलब्यहरु
पुनः यस दुनियाँमा प्रकट भइरहन्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी नेपाली

~दिलिप योन्जन~Dilip Yonjan

छिटै देउ, देशलाई गती
गरी देउ, नेपालको प्रगती।

कति दिन, बिगार्छौ मती
आखिर देशकै हुन्छ बिगती। Continue reading →

Posted in कविता | Tagged | Leave a comment