कथा : उन्मादी बायुको प्रभाब ।

~सन्तोष चिमरिया~santosh-chimoriya

तीन दिनदेखि लगातार झरी परिरहेको छ । एक त दशैको बेला त्यसमाथिको झरीले काठमाडौ बैराग लाग्दो गरि शून्य भएको छ । घरी घरी हुंईकिने एकाध ट्याक्सी र मोटरसाइकलले लामो सुन्यता माथी बेला बेला झिनो धावा बोलेको सिरक भित्रैबाट सुनिन्छ । निन्द्राले छोडेको धेरै नै बेर भएपनी आलस्यताले नछोडेकाले सिरक छोड्न सकेको छुईन । अब सिरक ओड्नै अल्छि लागेपछि भने उठेर पर्दा उठाएर बाहिर हेरे, झरी उसरी नै एकनासले परीरहेको रहेछ। पारी पट्टिको बसपार्कमा कार्तिके झरीले बिथोल्न नसकेको एउटै दैनिकी भनेको कुकुरहरूको मधुमास मात्रै रहेछ । एउटी साझा बेहुली लिएर झण्डै आधा दर्जन कुकुरहरू खाली भएको बसपार्कमा अल्छि लाग्दो गरि भित्र र बाहिर दुबै तिरको प्राकृतिक बहाब बिच समन्वय खोजिरहेका झै देखिन्छन् । सायद तिनीहरु भित्रको उर्जा र उष्णता बाहिरको झरीले रोक्न सकेको त छैन तर “डिस्टर्ब” चाहिँ पक्कै भएको हुनुपर्छ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भोक

~कार्तिकेय घिमिरे~kartikeya ghimire

गाउँमा हाट लागेको छ । रङ्गीविरङ्गी कपडा, खेलौना कचेडी मुरै सबथोक चौरमा बिक्रीका लागि राखिएका छन् । रामजनम अम्बा बेच्न आएको छ । आज ऊसँग उसकी छोरी रीतबा पनि आएकी छे । हाट बिस्तारै बिस्तारै बाक्लिदै जान्छ । ग्राहकहरू अम्बालाई कम फूलजस्ती रीतबालाई बढी हेर्छन् । रीतबा अम्बा बेच्न बसेकी छ । रामजनम पीपलको छहारीमा लम्पसार परेर सुतेको छ ।

दुखिया र चौधरी दारु बेच्नमै मस्त छन् । ग्राहकहरू दारुसँगसँगै दुखियाको जवानीलाई आँखामा घोर्लेर सर्लक्क पिउँछन् । “के हो चाचा तपाईंकी छोरी त ठूली भइछे नि !” प्रधानको बोली सुनेर चौधरी चाचा नमस्कार बजाउँछन् र फेरि आफ्नै काममा लाग्छन् । प्रधान अघौजी दुखियाको जवानी आँखाले पिएर बाटो लाग्छन् । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : सबै ॠणै ॠणमा

~आचार्य प्रभा~acharya Prabha

कार,मर्सिडिज,बीएम डब्ल्यु चड्छन सबै ॠणै ॠणमा
रेस्टुराँ र होटेल धाउछन सबै,सबै ॠणै ॠणमा

बार,डिस्को,क्लब धाउछन सबैजना मस्ती गर्छन्
सधैंभरी मीठो खोज्छन,सबै,सबै ॠणै ॠणमा Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : प्यारो अर्कै देश लाग्यो कि !

~बिस्नु प्रवा सापकोटा~bishnu-prawa-sapkota

दाई किन गाउँ फर्केनौ? प्यारो अर्कै देश लाग्यो कि !
गाउँको ढुङ्गा माटो भन्दा,शहरनै बेश लाग्यो कि !

आउँछु भन्थ्यौ जुन बोकेर, गाउँ घरको अँधेरिमा
फर्केनौत गाउँतिर खै,खुट्टामा कही ठेश लाग्यो कि ! Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : फागुन फुल्छ संसारसारा

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
फागुन फुल्छ संसार सारा
अत्तर छिटी ऐशको ।
रङ्गमहल यो कसको होला ?
परी–रानी बैंशको ।

ख.
रुपको शरम लाल लाल हुन्छ
फुस्केको छाती सँभाल्न ।
चुलबुल गुलाफ–कोपिलाले
सकिन सप्को बसाल्न ।
ग. लुक्ने कोशिश मोहिनीको
हावाले आधा तोडेर,
मुजुरा सब उचालिदिन्छ
बास्ना अबोला छोडेर !

घ.
नाइँ नाइँ गर्छे थुँगा राम्री
वृन्दावनलाई दोहराई ।
पुरुषले प्रकृति रँग्छ
पिचकारी क्वै छहराई ।


प्यारको बोट छ निबुवाको,
सेतो पत्ती, हरियो शूल !
शीतको दाना कसका निम्ति ?
जूनलाई हो कि ? आकाशफूल ?

च.
आजको दिन छ चरी–दिलको,
सुस्काए आलुबखडा !
आरु तिम्रो लाली राम्रो,
हावा म, केको झगडा ?

छ.
आजको दिन हो चुच्यौलीका
चिल्लो पल्लव पर्दामा !
नझस्कन गुलाफ मानी,
केशरको दाना झर्दामा !

ज.
संसारको आङन पुरानोमा
यही चिर नयाँ कहानी !
दाडिम ओठ चिल्लाबाट
चिप्लिन्छ मनको सपना नि !

झ.
हरियो, चिल्लो रेशम लगाई
झुप्पा सुन्दर कार्चोबी ।
बैंश उभिन्छिन् फूलको हाँगा
पक्री, स्वपना मनसूबी !

ञ.
यै इतिहास हो जीवनको रे !
यही वृन्दावन–कहानी
टुङ्गिनसक्ने, जुगजुगभन्दा,
सुन ए ! छिरबिर ढिस्कामाथि
जूर–जलपमा बैंश–रानी !

Posted in कविता | Tagged | Leave a comment

कथा : राधा-कृष्ण

~राप्रउ पोखरेल~raprau-pokharel

सनातन वैदिक धर्मका तीन अंग-ज्ञान, कर्म र भक्ति हुन्, जसलाई आत्मिक, भौतिक र दैविकको अर्थमा पनि लिन सकिन्छ । धार्मिक विश्वास र कृत्यले पनि तीनवटा मार्ग त्रिदेवका नामबाट शाक्त, शैव र वैष्णव छन् । तीनवटै सम्प्रदायले आफ्नो स्रोत र ऊर्जा वेदमै खोज्दछन् । ज्ञान,कर्म र भक्ति एकअर्काका सम्पूरक हुन् । वैष्णवकै यौटा उपशाखा श्रीकृष्ण सम्प्रदाय छ, जसलाई राधाकृष्ण सम्प्रदाय पनि भनिन्छ, जो भक्तिमार्गमा नै विश्वास गर्छ ।

नेपाललगायत उत्तरपूर्वी भारतको समाजमा यो सम्प्रदाय आ-आफ्नो सांस्कृतिक परिवेश र पद्धतिमा सर्वाधिक प्रचलित छ । विष्णु वैदिक देवता हुन् । श्रीकृष्ण विष्णुकै अवतार मानिन्छन् । तर अवतारवाद वैदिक परम्परा होइन । पुराण- साहित्यले अवतारवादको अवधारणा ल्याएको हो । तसर्थ श्रीकृष्णलगायत विभिन्न अवतार धारण Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माइती घर

~पुष्प भण्डारी~

परि उनको दैनिक घरायसी काम सकेर घाममा बसेर पढ्न लागेकि थिइन, माघको दिनमा कुनै साथीले ल्याइदिएको सुन्तला र निभुवा नजिकै थियो, बिहान भरिको चिसो भगाउन लाएको मोटा मोटा मोजा फुकाल्दै थिइन परि . “परि पानि आयो आइजो भर्न ” आमाले उसलाई बोलाउनु भयो . “बल्ल पड्न बसेको फेरी काम, कैले चै आनन्दले बस्न पाउनु? उफ्फ़ ,बा पनि घरमा नहुने भाइ बहिनि नि स्कुल जैले नि मा मात्र भएको बेल्ला आउछ यो पानि पनि . “

काठमान्डूको समस्या येही छ हप्तामा कैले एक पल्ट कैले दुइ पल्ट मात्र पानि आउछ, त्यो पनि घर भरि बसेकाहरुले थाप्नु पर्यो, फेरी उनको संगै फ्ल्याटमा पैला देखी बसेका नेवार संग पानि आए पिछे झगडा नपरेको दिन हुदैन थियो . सानै देखि तेही ठाउमा बसेको उनीहरुको परिबारसंग सानो सानो कुरामा पनि नेवार झगडा Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कविता : नेपाली हामी

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

प्यारो छ मेरो नेपाल
हिमाल छ शान गजुर
नाच्दछ डाँफे हिमाल
तराईमा नाच्छन् मयुर

पश्चिम देउडा बज्दछ
घन्किन्छ पूर्व सेलोले
गुन्जिने मैथली तराई Continue reading

Posted in बाल कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : काव्यमा खगोल-यात्रा

~प्रभा भट्टराई~prabha-bhattarai

कवि भुवनहरि सिग्देलको टतारा नखस्नु तिमी भिन्नखालको, रोमाञ्चक, नवीन खगोल यात्राकाव्य हो । यसले सिग्देललाई महाकाव्य, खण्डकाव्य, नव्यकाव्य र कवितासङ्ग्रहसमेत एक दर्जन काव्य कृतिका स्रष्टा बनाइदिएको छ । यसबाहेक एक कथासङ्ग्रह र एक उपन्यासको समेत रचना र प्रंकाशन सिग्देलबाट भइसकेको तथ्य यसै कृतिको पछिल्लो पृष्ठमा दिइएको सूचनाबाट थाहा हुन्छ । प्रस्तुत काव्य प्रकाशको गतिका निम्ति आइन्स्टाइनले प्रतिपाद न गरेको सूत्रबद्द मा आधारित रहेको छ । आइन्स्टाइनको उक्त सूत्र अनुसार पृथ्वीबासी र खगोलबासीको आयुमा समेत समयका कारण अन्तर हुने कुराका रोचक ढङ्गबाट उदाहरणसहित वैज्ञानिक पुष्टि गर्दै कविले यस काव्यमा एउटा उद्देश्यका लागि पृथ्वीको प्रलयपछि एउटा जोडी प्रकाशवर्षमा यात्रा गर्दै हिँडेको सन्दर्भ दिएका छन् । स्वरकल्पना र बैज्ञानिक तथ्यका बीचमा रहेको यो काव्यले विज्ञानवादी र ब्रहृमवादीका बीचको बाटो समान खोजेको छ र ब्रहृमवादीले मिथ्या प्रलाप र कल्पना मात्र ठानेका कुरालाई विज्ञानवादीले यथार्थमा उतारेका उदाहरणको चर्चा गर्दै कुनै न कुनै दिन प्रकाशवर्षको यात्रा सहज र यथार्थपरक हुनसक्ने तर्फसमेत कविले सङ्केत गरेका छन् । Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : एक दर्जन मृत कविहरु

~विमल निभा~Bimal Niva

मेरो साथीका लागि
मलाई खरिद गर्नु थियो एउटा बुसर्ट
एकातिर बाहुला नभएको बुसर्ट
जनआन्दोलनताका
महेन्द्रको सालिकनेर पुलिसको गोलीले
मेरो साथी ढलेको थियो
र उसको एउटा हात काट्नुप¥यो
त्यसबेलादेखि मेरो साथीलाई
अलि भिन्न प्रकारको बुसर्ट चाहिन्छ Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

समीक्षा : महाभारत, श्रीकृष्ण र कूटनीति

~चंकी श्रेष्ठ ‘अभय’~chanki shrestha - abhaya

भाद्र कृष्णाष्टमी नजिकिँदै गर्दा गाउँ–सहरका कुनाकाप्चा कृष्ण भजनले गुन्जायमान हुन थालेका छन्। हिन्दी सिरियलहरू श्रीकृष्णमय भइसके। प्रेमका ईश्वर अनि संसारमा अन्याय र पाप नाश गर्न आएका विष्णुका आठौँ अवतारका रूपमा कृष्णको आराधना गरिन्छ। आफ्नो आस्थाका युगपुरुषलाई पुज्ने र ईश्वरका रूपमा सम्मान गर्ने मानिसको अधिकारलाई म सम्मान गर्छु। म आफै पनि हिन्दू संस्कृति र परिवेशमा हुर्केको हुँ। तर, म पूराण युगलाई समाजशास्त्रीय आँखाले हेर्न रूचाउँछु। रजनीकान्त शास्त्रीको ‘हिन्दू धर्मका उत्थान और पतन’, देवीप्रसाद चट्टोपाध्यायको ‘लोकायत’, भारतको विश्व बुक्सका आलोचनात्मक प्रकाशनहरू मेरो दृष्टिकोणका सहायक हुन्।

कर्मयोग

‘गीता’मा कृष्णले अर्जुनलाई दिएको एउटा प्रमुख उपदेश हो, कर्म गर, फलको आश नगर। यसको अन्तर्य Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

स्वदेश गान : लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो

~माधबप्रसाद घिमिरे~Madhav Ghimire

लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो
हिमालचुली मन्तिर पानी भर्ने पँधेरो

लेकै हेर्यौ लाली गुराँस बेंसी हेर्यो प्याउली
पिरती बास्ने परेवा बिरह बोल्ने न्याउली Continue reading

Posted in नेपाली गीत | Tagged , | Leave a comment

संस्मरण : देवकुमारी थापा – सम्झनामा देउकी दिदी

~भिम प्रसाद घिमिरे~Bhim Prasad Ghimire

छात्रावस्थामा ‘भविष्य निर्माण’ भन्ने कथा पढ्न पर्दा मैले उक्त कथाकी रचयित्री पक्कै पनि शान्ति-प्रिया, विवेकशीला, नम्र, मिलनसार एवं सौन्दर्यप्रेमी हुनुपर्छ भन्ने लख काटेको थिएँ । र अहिले सो लखले उल्टै मेरो नाक काटिदिएको छ । देउकी दी मैले काटेको लखभन्दा पनि धेर स्निग्ध एवं स्वच्छ हुनुहुन्छ भन्ने छनक ‘देव निवास’ मा खुट्टा टेक्नासाथ पाइहालिन्छ- चारैतिर पर्खालिएको कम्पाउण्ड, तुलफूल र फूलपातले सिङारिएको परिवेश, मूल ढोकाको नजीकै दलान अनि खुडकिलामा थप-थप राखिएका फूलका गमलाहरू । तर कोठाभित्र पस्नासाथ भित्तामा अति नै भव्य पाराले झुण्डयाइएको तरवार देख्नासाथ तपाईँ हामी झसङ्गनि सक्छौ- यो के उदेक !

फूलको बीचमा तरवार कसरी देखिदै छ । हाम्रो यो प्राश्निकताले दीर्घजीवि बन्ने मौका पाउँदैन । जवाफ यस्तो पाउनेछ – त्यो त भिनाजुको पो, मेरो कहाँ हो र । उहाले दोस्रो विश्वयुद्धमा जापानसँग लडदा ट्रफी पाएको । यस्तै अरू दुइटा पनि थिए । तर ती चोरिए ।

माथिका १ सय ३८ शब्द

Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : अभिमन्यू

~इन्द्रकुमार श्रेष्ठ “सरित”~

कहाँ, कहिले र कोद्वारा चक्रव्युह बिछ्याइएन ?
कहिले रणसङ्ग्राममा
कहिले सन्धिसम्झौताहरूमा
कहिले गालीमा त कहिले मिठो बोलीमा
पटकपटक भएको छ षडयन्त्र
सहकार्यको अभिनयमा कहाँकहाँमात्रै धोका भएन ?

पाइलापाइलामा बिछ्याइएको छ बम Continue reading

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : March 27, 2003

~Buddhi Sagar Chapagain~
Translated by Yuyutsu Sharma

In the fast fading blood
has been drenched the empty vacuum flask,
the lost ring
and the ladyfinger close by
has been blown off by the bullet.
Under the merciless sun
in a sea of seething sands
are swimming corpses of our troops. Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

थारू भाषी मुक्तक : सिम फे किन्देनु

~सगर कुस्मी~

तुहिनसे बाट कारक लग सिम फे किन्देनु
गलेम लागेन पाउडर, क्रिम फे किन्देनु
अकेली रहो संग नै पके Continue reading

Posted in थारू मुक्तक | Tagged | Leave a comment

लघुकथा : भूमिका

~महेन्द्र महक~

ऊ क्रान्तिकारी शिक्षक हो । आफ्ना हकअधिकारका बारेमा ऊ सचेत छ । ऊ एउटा निजी विद्यालयमा कार्यरत छ । निजी विद्यालयहरुमा शिक्षकलाई रैतीसरह दलाउने र थोरै मात्रै पारिश्रमिक दिने गरेको कुराले उसलाई आन्दोलन गर्न बाध्य पारेको छ । ऊ यतिखेर शिक्षक हकअधिकारका लागि आन्दोलनरत छ ।

ऊ विद्यार्थी पनि हो । क्याम्पसमा ऊ विद्यार्थी नेताको रुपमा परिचित छ । निजी विद्यालयहरुले शुल्कबृद्धि गरेपछि उसको विद्यार्थी संगठन त्यसको विरोधमा उत्रिएको छ । अचेल ऊ निजी विद्यालयहरुले अभिभावकका ढाड भाँच्ने गरी असुल्ने गरेको चर्को मूल्यबृद्धिको विरोधमा छ । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

पौराणिक नैतिक कथा : ब्राह्मण, चोर र ब्रह्मपिशाच

~उमाशङ्कर द्विवेदी~

कुनै शहरमा द्रोण नाम गरेको एउटा अत्यन्त निर्धन ब्राह्मण वास गर्दथे । जजमानी तथा समाजमा भिक्षा मागेर उनी आफ्नो जीविका चलाउँथे । आफ्नो जीवनमा उनले कहिल्यैपनि सफा–सुकिलो लुगा, कपाल र जीउमा तेल, सुगन्धित द्रव्य, माला, आभूषण तथा पानजस्ता विलासी सामग्रीको उपभोग गर्न पाएका थिएनन् । उनका दार्‍ही, जुँगा, कपाल तथा नङ सधैं बढेका हुन्थे । गर्मी, वर्षात् तथा जाडोको प्रचण्ड मारले उनको शरीर सुकेर हाडको ढाँचाजस्तो देखिन्थ्यो । ब्राह्मणको यस प्रकारको दीनता देखेर उनका कुनै दयालु जजमानले ठूलो कृपा गरेर दुईटा बाच्छा दान दिएक ा थिए । ब्राह्मणले ठूलो मनोयोग तथा परिश्रमका साथ घाँस, पिना, दाना आदि सामग्रीहरू ख्वाएर बाच्छाहरूलाई सानै उमेरदेखि पालेर हृष्टपुष्ट पारेका थिए । अब बाच्छाहरू मूल्यवान बलिष्ठ गोरु बनिसकेका थिए । व्यापारीलाई महँगो मोलमा बेचेर राम्रो पैसा पाउने आशमा ब्राह्मणदेव पर्खिबसेका थिए । Continue reading

Posted in नैतिक कथा, पौराणिक कथा | Tagged , | Leave a comment

कविता : मेरो काबुल शहर

~लेखनाथ काफ्ले ‘राजन’~

अझै,सम्झिरहन्छु रमादानमा सजिएको त्यो शहर
इद-उल-फित्रमा रमाएको छ बर्से मेरो छोरो
बाबुजिका तरविह नमाजका रुक्न र दुवाहरु
मेरी बेगमले बनाएका सेहरी सुहुरका स्वादहरु
हो अझै सम्झिरहन्छु ,

“बजु बिस्मिल्लाह”का ध्वनिहरु गुन्जिने त्यो शहर Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : आवाज राम्रो कोइलीको

~प्रमोद स्नेही~

आवाज राम्रो कोइलीको, नचाई मयुरको
कम्ति माया लाग्दैन हौ मलाई हजुरको

मैले हेर्ने आँखा हजुर, मैले पुज्ने देउता
मनमा सधैँ बसिरहने हजुर नै हो एउटा
वास्ता छैन मलाई बरु, सुनकै गजुरको Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

Story : A Microbus

~Bikrant Koirala~Bikrant Koirala

A dirty looking boy with a pair of greased jeans, soiled shirt and an old stained white and black handkerchief tied around his neck shouts aloud standing near a microbus. His right hand full of cheap rubber bracelets that run from his wrist nearly up to his elbow bangs the exterior of the microbus. Sometimes in the middle he stops shouting to spit on the floor and then he again continues his shouting and banging. He puts his finger deep inside his hair, scrubs his scalp and then stares at his blackened nails. With not even a centimeter gap between any of the adjacent passengers, Continue reading

Posted in Story | Tagged | Leave a comment

कविता : नेतालाई स्यालुट छ

~कुन्दन काफ्ले~

नेता ज्यूका लागि भने हरक्षण अप्रील फूल छ ।
भाषण उनको सुन्दा खेरी भोकाले भोक भूल छ ।
लठ्ठ पार्ने बोली उनको सुन्दै भाग्य खुल्छ ।
हिंसा फैलाउने बोली साँच्चै त्यो अतुल छ ।

खाँटी हैन ढाँटी हिड्ने, उनको जो वसूल छ ।
ढाँट्न उनले तिर्नू पर्ने, रकम न महशूल छ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : जिज्ञासा र परिणाम

~गौरव विडारी~

विद्यालयबाट छुट्टी भएर प्रज्ञा घर आइसकेकी हुन्छे । खाजा खाएर बैठक कोठामा बसेर गृहकार्य गर्दै छे । छेउको सोफामा उसकी ममी टिभी हेरेर बस्दै छिन् । मामु† बच्चा कसरी जन्मिन्छ ?एक्कासी एघार बर्षे छोरी प्रज्ञाको यस्तो कुरा सुनेर रम्भा आश्चर्यमा परिन् । छोरीको यो प्रश्नको जवाफ उनले दिन सकिनन् । छोरीले फेरी उही प्रश्न गरी । भन्नुस् न मामु बच्चा कसरी जन्मिन्छ ? तँलाई अहिले किन चाहियो ? खुरुखुरु पढेर बस् न । बुझ्ने उमेर भएपछि आफै बुझ्छेस् । तेरो नचाहिएको प्रश्नको जवाफ दिने समय मसँग छैन । गृहकार्य गरेर बस् अहिले । धेरै नकरा भन्दै छोरीलाई हप्काउँदै रम्भा त्यहाँबाट उठेर भान्छाकोठा तिर लागिन् । प्रज्ञालाई आफ्नो मामुको गाली खानुपर्दा त्यति नमज्जा लागेको थिएन, जति आफूले खोजेको प्रश्नको उत्तर नपाउँदा लागेको थियो । केही नबोली चुपचाप बसिरहेकी छे प्रज्ञा । सोच्दै छे अझ पनि, बच्चा कसरी जन्मिन्छ ? किन मामुले मलाई यसको उत्तर नदिएर गाली गर्नुभो ?

प्रज्ञाको साथी जेसिकाले आफ्नो ममीले बच्चा पाएको कुरा आज दिउँसो विद्यालयमा गरेकी थिई । त्यो बेला Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : कुरो त यसो पो?

~कृष्ण वस्ती~Krishna Wasti_1

गाउँमा बाघ मारिएको हल्ला फिंजियो ,
नाचगान गर्दै मान्छेको भीड धुरियो , Continue reading

Posted in कविता | Tagged | Leave a comment

भलाकुसारी : म ‘सम्राट’ नभएर ‘विद्यार्थी’ हुँ : ज्ञानुवाकर

~मनोज न्यौपाने~manoj-neupane

ज्ञानुवाकर पौडेलवि.सं. २००४ सालमा काठमाडौँको गौशालामा जन्मनुभएका ज्ञानुवाकर पौडेलको अन्य विधामार्फत् साहित्यमा प्रवेश ज्ञानेश कान्तिपुरेका नामबाट वि.सं. २०३० मा भए पनि, गजलमा प्रवेश चाहिँ २०३५ साल असारमा अभिव्यक्तिमा प्रकाशित छ शेरको गजलबाट भएको हो । यस ‘मधुपर्क’ मासिकमा उहाँको गजल सर्वप्रथम २०३७ सालमा प्रकाशित भएको हो । उहाँका ‘खण्डहर नयाँनयाँ’ (२०४८) र ‘जिन्दगी छैन अचेल जिन्दगीजस्तो’ (२०६८) गरी दुई गजलकृति प्रकाशित छन् । गजलकार पौडेलसँग मधुपर्कका लागि मनोज न्यौपानेले गर्नुभएको विधावार्ता :

तपाईं गजल लेखनमा किन आकषिर्त हुनुभयो ? Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

कविता : फूलमायाले छोरालाई भन्छिन- कमसेकम जुवा त खेल

~अनिल नेम्बाङ~

धन बहादुर नाम जस्तै थिए-
तीन तले घर, नब्बे मुरी कुत आउने खेत,
धपक्क बलेकी श्रिमती-अरु के कुरा गर्नु।

६२ सालमा-
जुवामा च्याखे थाप्दा एक हल गोरु पनि जोडे
हौसिएर त्यहि दिन देखि उनले कौडि समाए
जुवा खेल्न नजान्ने धन बहादुर- Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अधुरो सपना

~जे. एन. दाहाल~

बगर छेउको क्याम्प । बाक्लै टाँसीएका माटाका घरहरु । नजीकको टीमाई खोलाले ल्याएको चिसोसंगै एक दम्पती विछ्यौनामा नजीक भए ।दुवै अँध्यारो कोठाबाट प्वाल परेको छाना माथी पूर्णीमाको आकाशमा जून हेर्दै थिए। यतीकैमा साउती गर्दै रमाले भनीन्, ‘विवाह भएको दुई साल भयो ,अझै सन्तान भएको छैन।’ यसो भन्दै गर्दा उनी गम्भीर भई रुन्चे मुख पारीन्।

‘किन त्यसो भन्छौ रमा ,दुई मात्र वितेको हो। होला नी तिन पुग्दा सम्म।’ श्रीमान चाँहीले सान्त्वना दिए।

‘प्रत्यक भेटमा आफन्त र क्याम्प भरीका साथीहरुले सोध्छन्।म के भनौं उनीहरुलाई… ?’ Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बाल्यकालको प्रेम..

~करण घिमिरे~

अरु दिन जस्तो त्यो दिन पनि उज्येली कक्षा ९ को झ्याल बाट चियाइरहेकी थियिन ..१० सम्म मात्र अध्यन हुने स्कुल निकै पुरानो भइ सकेको थियो भानु माध्यमिक लेखिएको बोड पनि कलर उत्रिएर थापना को लागि मात्र राखेको जस्तो लाग्थ्यो झ्याल हरुका पनि केही केही सराहरु भाँचि सकेका थिए ..

स्कुल ब्य्बस्थापन को पनि त्यसमा केहि दोष थिएन ..पटक पटक फेर्दा पनि झ्यालका सराहरु पढ्न अल्क्षी लाग्ने साथी हरु समय सकिनु पुर्ब नै झ्याल देखि झोला छिराएर भाग्न सजिलो होस भन्ने हेतुले जानी जानी भाँच्ने गर्थे मानौ यस्तो लाग्थ्यो प्रतेक कलाशका झ्याल हरु बाहिरि दृश्य हेर्न अनि हावा आवत जावत को लागि होइन झोला हरु छिराउने मार्ग बनाइएको हो जस्तो लाग्थ्यो Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : हाम्रो संसार हुन्थ्यो

~जीरन जार राई “संकल्प थुलुङ”~Jiran Jar Rai 'Sankalpa Thulung'

ढुङ्गा भित्र ईश्वर भए ढुँगा हाम्रो संसार हुन्थ्यो
त्यसैले त चारैतिर ईश्वरको हुंकार हुन्थ्यो ।

साधनाको सागर भित्र मौलाएका पुष्प कमल
मनसंग मन गाँसी सुवास बाँडे अपार हुन्थ्यो । Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : संस्करणमा

~रजित ओझा~Rajit Ojha

भाग १

फेरि पानी पर्यो।वाटो हिलो भएको छ। मोटरसाइकलले वाटोको छातिमा वनाएको डोव गहिरिँदै छ। घाइते वाटोले लक्ष सम्म के पुर्याउला र खोई? मेरो झ्यालको सेतो पर्दा भिजेर अझ सफा देखियो। आकाशको सेतो वादल जस्तै. उड्ने सिमलको भुवा जस्तै हावाले जता हल्लाइदियो त्यतै हल्लिन्छ अल्लारे पर्दा। वाहिरका दृष्यहरु पानीमा ओसिला देखिए। म चियाको कप लिएर झ्याल नजिकै गएँ सँधै जस्तै,वाटो सुनसान हुँदै छ। कसैकसैको वाध्यता वाहेक कुन रहरले पो डोर्याउला र यो हिले वाटोमा !

“जहिले हेर्यो झ्यालमैँ , खै के देख्छे यसले झ्यालमा !” आशाले कोठामा छिर्ने वित्तिकै अचम्म मान्दै भनेकी थीई।

मैले आशा तिर एक पल्टलाई भए पनि नजर तेर्स्याएँ। उसको कपाल भीजेको थियो। वाहिरवाट आएकी होला ! लख काटेँ। उसको पहेँलो कुर्ताको फेर पनि भिजेछ।आज सवै चिज भिजेका छन् ।मान्छेको मन पनि शरिर Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : राण शक्ति/देशभक्ति

~रामेश्वर राउत ‘मातृदास’~rameshwor-raut-matridaas

जाग्न सकोस् हृदयमा हरपल परम शक्ति
सृष्टि/आकाश अमर हुन्छ प्राण देशभक्ति

देश नै हो जीवनको लक्ष्य-मूल बाटो
देश नै हो जीवनको प्राणेश्वर माटो Continue reading

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : सपना

~कुमार काफ्ले~kumar-kafle

-वलवीर दिनभर काम गरेर साँझ भान्सामा बस्दा कहिले भान्से आमा त कहिले श्रीमतीले भरपेट अघाउँजी खान नपाएपछि सुन्दर सपना सजाउँदै विदेशियो।

-विदेशमा लगातार ड्युटी र ओटी गरेर रगत पसिनासँग पैसा साट्थ्यो र श्रीमतीको नाममा पठाउँथ्यो। Continue reading

Posted in सूत्रकथा | Tagged | Leave a comment