कविता : धोखा आफ्नैबाट

~प्रणिका कोयु~pranika-koyu

“सुन बरी लै
सुन बरी लै”
काम चोरियो मेरो
कस्तो कस्तो तरिकाले
श्रमिक मलाई बनाएर
अर्कैको नाम राखेर
आज के के गरियो मेरो श्रमको उपहास गरियो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : म त पहिरोभित्र छु

~राजेन्द्र थापा~Rajendra Thapa

म त पहिरोभित्र छु झन झन गहिरोभित्र छु
सपना देख्ने आँखा बस्यो
म त झन झन कुहिरोभित्र छु

फूल त मेरो होइन शीत पनि मेरो होइन
सुस्केरा मात्रै होइन गीत पनि मेरो होइन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : सुट्टामार

~राजव~Janardan Pudasaini Rajab

सुट्टामार बारे मलाई पटेलले सुनाएको हो। मेरो जानकारीमा त ऊ टम कार्सन थियो। उसले आफ्नो नाम यै भनेको थियो। साँवलो रंगको उसलाई देखेको साँझ्देखि नै म ऊसँग नजिकिन उत्सुक थिएँ। त्यो साँझ् पनि ऊ मेक्लिन पार्कको झाडीपट्टिको त्यै बेञ्चमा झोक्राइरहेको थियो। तर, त्यो साँझ् म उसलाई हेर्दै आफ्नै हिसाबले टहलिरहें। यस्ता धेरै साँझ्पछि मात्र म ऊ नजिक पुगेको हुँ।

अक्सर साँझ् म मेक्लिन पार्कमै टहल्छु। लगभग एक माइल लामो र आधा माइल चाक्लो यो पार्क भीडभाड नहुने एकदम शान्त ठाउँ हो। सुरक्षित पनि मानिने यो पार्कमा मानिसहरू अबेरसम्मै कुदिरहेका, टहलिरहेका हुन्छन्। पार्क पछाडि सघन झाडी छ। म उसलाई अक्सर त्यसभित्र फुत्त पसेको देख्थें। केहीबेर झाडीमा बिताएर ऊ फेरि त्यै बेञ्चमा फर्कन्थ्यो। बेञ्च र झाडीबाहेक पार्कको अरू ठाउँसँग उसको सम्बन्ध देखिएन। झाडीसँग उसको के नाता जोडिएको छ भन्नेमा म उत्सुक थिएँ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कविता : आहा ! हाम्रो नेपाल

~सहिर प्रजापति~

बिहानीको त्यो उषाको किरणझै रंगीन नेपाल
हिमालको अथक बग्ने पानीझै शीतल छ नेपाल
घामपानी र कुहिरोमा रम्ने मयुरझै छ नेपाल
सयौ जातजातिले भरिएको आहा कति राम्रो छ हाम्रो नेपाल ।

हिमाल, पहाड अनि तराईलाई अगालेको नेपाल Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

कथा : दुर्भाग्यको रूवाइ

~वनमाली निराकार~banmali-nirakar

पिठ्यूँमा रूकसाइट झोला भिरेकी २४÷२५ बर्षकी एउटी युवती चार÷पाँचवर्षको बालकलाई हातले डो¥याउँदै गाउँ पस्ने ठूलो चौतारीमा लामो सुस्केराका साथ बस्न आइपुग्छे । ऊ निःशब्द रोइरहेकी थिई । आँखाबाट आँसु बगिरहेका थिए । चारैतिर सुनसान थियो । साँझ पर्नपर्न लागेको थियो । अचानक आएको आवाजले युवती झस्की ।

‘सुन्तली, आखिर तँ घर फर्किइस् हैन ?

आज दश वर्षपछि कसैले उसलाई उसको वास्तविक नामले सम्बोधन गरिरहेको छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुझेको मन, रुझेको दसैँ…

~विनिता दाहाल~

मौसम जस्तै यसपालि दसैँमा हाम्रो मन पनि रुझेको छ । पोहोरजस्तो सपरिवार हामी मामाघर गएनौं । ममिले टीकाको दिन सजाउने गरेको पूजाकोठा सफा गरेँ । कुनाकाप्चा धेरै कसिंगर जमेको रहेछ । सफा गरेँ । तपाईँको तस्बीर भगवानहरुकै लहरमा राखेँ । मैले पहिल्यै राख्न खोजेको थिएँ । दाईले मान्नुभएन । सायद विहान उठ्ने बित्तिकै तपाईँको यादले सताउँछ भनेर सायद । तर मलाई लाग्यो तपाईँ अब हाम्रो मनमा सजिनुपर्छ । भगवानहरु जस्तै पुजिएर ।

आमा गुमाएको यसपालिको दसैँ । मेरो मात्रै होइन बुवा दाईको पनि मन थामिएको थिएन । आज विहानै देखि हामी हाम्रो स्मृतिमा अझै गाढा भएर आउनुभयो । हामीले एकअर्कासँग आखाँ जुधाउनै सकेनौं । दाईले पनि आँखा छलेरै ‘अफिस गएँ है’ भन्नुभयो । बुवा दिनभर घरमै सुत्नु भयो । म पुराना फोटो हेर्दै वितेका वर्षमा फर्किएँ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पशुपति आमा

~सिमाना आत्रेय~simana-atreya

बिहानको चिसो मौसम म सबेरै पशुपति जान हिडेँ नुवाइधुवाइ गरेर । घडीले पाँच ठोक्दै थियो । लामो दिन भएर हो कि छिट्टै बिहान हुन्छ आजकाल । नानी ए नानी म गए पूजा गरेर आउँछु । उठेर कसेर लगाएस् नि । घरमा लच्छिन बस्छन् । म हातमा पूजाको थाली समातेर ममीले जस्तै गरी बहिनीलाई झक्झकाउँदै भने । सपना बोली या विपनामा हुन्छ भनी । म सरासर भर्याङ्ग ओर्लिएँ र पिच बाटो पछ्याउँदै हिडिरहेँ ।

मेरो विचार हिँडेरै पशुपति पुग्नु थियो किनकी पहिलो कुरो त म मोटी थिए र अर्को कुरा ममीले भनिरहनुहुन्छ कि खाली पेटमा पैतालाले टेकेर पुगियो भने जेजे माग्यो त्यहीत्यही पुग्छ । मलाई माग्नु थियो ब्याचलर पास भएको सर्टिफिकेट । पि पि पि गाडीको चर्को आवाज कानै खाने । पछाडि फर्केर हेरें । अधबैँसे मान्छे, अति सभ्य र सुशिक्षित अनुहार । भर्खरै चट्ट पारेर आएका कपाल र दाह्री । मुसुक्क हाँस्दै त्यो मान्छे बोल्यो – ए नानी त तरुनी भइचन् । तिमी हरीहरकी छोरी होइनौ । मन नलागेरै भए नि हो भने । मलाई चिनिनौ नानी । के चिन्थ्यौ सानी थियौ अचेल चिनिनै नसकिने भइछ्यौ । म ममताको ड्याडी । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : देश दुखेका “आत्मालाप”हरु

~अरुणबहादुर खत्री “नदी”~book-cover-gorkhe-sailo-aatmalapko-chanda-kabita

नेपाली साहित्यको साधना र सिर्जनाको क्षेत्रमा आफ्नो जीवनका साढे चार दशक बिताइसकेका गोर्खे साइँलोको आत्मालाप नामक विभिन्न छन्दमा लेखिएका कविताहरुको कवितासङ्ग्रह २०७२ सालमा प्रकाशित भएको छ । यस कविता सङ्ग्रहभित्र उनीद्वारा लेखिएका विभिन्न शीर्षकका ६२ वटा कविताहरु राखिएका छन् । उनले कविता, कथा, गजल, लघुकथा, निबन्ध, हाइकु र समीक्षा विधामा पनि कलम चलाउदै आइरहेका छन् । आत्मालापभित्र देश दुखेका गन्थनहरु छन् । नितान्त व्यक्तिगत गन्थनहरु पनि छन्, पारिवारिक गन्थनहरु छन्, भुइँचालाका गन्थनहरु पनि छन्, जननी एवम् जन्मस्थलका गन्थनहरु पनि छन्, भ्रष्टाचार एवम् भ्रष्टाचारीका् गन्थन छन् लोक-परलोकका गन्थन पनि छन् । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : सम्बन्ध

~यादव देवकोटा~Yadav Devkota__2

शिशिर ऋतुको मौसम । सडकभरी हुस्सु दौडिरहेछ र ढाकिएको छ क्षितिजसँगै सिगों शहर । भुईकुहिरोको आक्रमण र चिसोको प्रकोपले मान्छेको मनका रहरहरु सिरक ओढेर बसेको छ । अघिल्लो साता लगातार पानी परिरह्यो र दिनदिनै जाडोले च्याप्दै लगेको छ चार भञ्ज्याङ्गभित्रको खाल्डोलाई ।

‘अझै घाम नलाग्ने भो टाटीमा’–अबिराम गुन्गुनाए । दिनहरु निरसपूर्ण रुपमा बितिरहे । घरछेउको विण्णुमति उसैगरी निसासिँदै बगिरही । सडकमा चल्मलाएका अलिअलि मान्छेहरु पनि सेताम्ये हिउँले छोपिएझैँ छोपिए तुषारोले ।

बिबाह गरेको बर्षदिन नपुग्दै Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रक्सीको मात

~बासु ढकाल~ Basu Dhakal

मात्तिनु राम्रो हो वा होइन यो अनुसन्धानकै विषय हो । कसैले मात्तिनुलाई राम्रो कुराको रूपमा पनि लिएका छन् । एकछिन हल्का मात्तिएर आफैभित्र हराउदा मान्छेले संसारिक दुःख भुल्छ रे तर सगसगै आˆनो दुःख भुल्ने बहानामा परिवार वा समाजलाई दुःख दिनु भनेको चाहि झन् दुःखको भारी बोक्नु हो भन्ने कुरा पनि आउछ । हुन त मात मदिराको मात्र हुदैन । धन सम्पत्तिको मात पनि चानचुने हुदैन । किनकि ठूल्ठूला विश्वयुद्धको सुरुवात धन-दौलतले भरिपूर्ण देशहरूबाटै भएको थियो । साथै रूप र लावण्यको मातले पनि ठूला-ठूला युद्ध निम्ताएको छ । तर्क गर्नेहरू भन्छन्- द्रौपदीले दुर्योधनको सामु आˆनो रूपको मात प्रदर्शन नगरेकी भए सायद महाभारतको युद्ध हुदैन थियो कि ? तर हामी चल्तीको भाषामा मात्तिनु भनेको मदिरा सेवन गरी बहकिनुलाई नै लिन्छौं ।

फेरि अहिलेको आधुनिक जमानामा कसैको जीवनयापनको औकात नाप्नु पर्‍यो भने उसको भोजमा राखिएको रक्सीको स्तरबाट परिचान गर्ने गरिन्छ तर यही मदिराले हाम्रोजस्तो गरिब मुलुकमा कतिको घर बरवाद गरेको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : मधुपर्कसँगको साइनो

~गोविन्द गिरी प्रेरणा~Gobinda GIri Prerana

मधुपर्कसँग मेरो साइनोको नालीवेली खोतल्ने हो भने ३५ वर्षअघि पुग्नुपर्ने हुन्छ । साँच्चै ३५ वर्ष अघिको त्यस कालखण्डमा पुग्नु भनेको अमला चपाएर पानी पिउनुजस्तै हो । यो स्वाद त्यसैलाई थाहा हुन्छ, जसले यस्तो स्वाद लिएको हुन्छ ।

मधुपर्कसँगको साइनो काठमाडौँमा जोडिएको हो, त्यतिवेला म विपन्न परिवारको विपन्न सहर हेटौंडाबाट सम्पन्न र सभ्य राजधानी सहरमा आज्ञाकारी सन्तान र अनुशासित छात्र हुने अभ्यासमा थिएँ ।

मानशम्सेरको मानभवनवाट मीन शम्सेरको मीनभवनमा सरेको थियो तत्कालीन पाटन क्याम्पस, नेपाल कमर्स क्याम्पसको नयाँ नामसहित । प्रवीणता प्रमाणपत्रस्तर अथवा पुरानो आईकम तहको विद्यार्थीे थिएँ र त्यतिबेला व्यवस्थापनको पढाइमा पनि नेपाली विषय पढ्नु पर्दथ्यो । हामीलाई नेपाली पढाउने गुरु हुनुहुन्थ्यो कोमलना Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

सुनुवार भाषी कविता : गसुम सुम्ती…

~डा.लाल श्याँकारेलु रापचा~Dr Lal Shyaankarelu Rapchaa

मोलाङ योलाङ लिख खम्ति
प्लोँइताङ मुल्केम ओल दुम्ति ।
ओल ओल दुम्श्या गसुम सुम्ती ……..
।१।
लिम्ति प्लेत्ति मसेत्ति
लोः या प्लोँइश्या दरलेत्ति ।
रिमाचेमा प्लेँश्या गसुुम सुम्ति …. … Continue reading →

Posted in सुनुवार कविता | Tagged | Leave a comment

गीत : यस्तो पनि हुँदो रैछ

~यादव खरेल~yadav-kharel

यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिले कहिले
कसैलाई माया गर्नु एउटा भुल गरे मैले

मेरो जस्तो माया दिने तिमीलाई हजार होला
तिम्रो लागि मेराजस्ता हजार हजार मुटु रोला Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हाम्रो सुन्दर संसार थियो

~दिनेश सुब्बा~dinesh-subba

हाम्रो सुन्दर संसार थियो, हुरी आई उडाई दियो
दुई मुटुको मिलन थियो, सपना जस्तै उडी गयो
अब हाम्रो माया, आकाश धर्ती हो

हरियाली बनपाखाको, भेट हाम्रो आलै थियो
चढाएको भाकल हाम्रो, देउरालीलाई थाहै थियो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

छन्द कविता : साथी

~सोम खनाल~som-khanal

छन्द : शार्दूलविक्रीडित

साथी सम्पती हुन् अमूल्य दीलका, सद्भाबका मूल हुन्
धर्ती यो फूलबारी हो, सखीहरू फूलबारीका फूल हुन्
ऐना हुन् गुण-दोष दर्शाइदिने सच्याउने ब्यक्ति हुन्
सच्चा मित्र पबित्र निर्झर सरी उत्साह र शक्ति हुन् ।

साथी हुन्न कदापी दुष्ट कहिलै न दिन्छ कष्ट कतै
स्वार्थी हुन्न कदापी इष्ट कहिलै उ हुन्छ प्रष्ट सधै
साथी सुन्छ सधैं अदृष्य मनका कुरा छिपेका सबै Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : मातृत्व

~सुषमा मानन्धर~Shushma Manandhar

धेरै दिनदेखि पानी पर्न सकिरहेको छैन। आकाश धुम्मिएको पनि दुइ चार दिन नै भैसक्यो। न राम्ररी घाम लाग्छ न पानी नै पर्न सकेको छ। बाहिर कौसीका गमलाहरु पानी नपाई सुक्न थालिसके। काठमाडौँमा खानैलाई त पानीको हाहाकार छ, बोटलाई पानी दिनु त्यसपछिका कुरा भयो उसलाई।

आज भरेसम्ममा पानी पर्छ जस्तो छ, बिहानैदेखि थुप्रै काला बादल मडारिरहेका छन्। ऊ आकाश हेर्दै सोच्छे, पानी परे हुन्थ्यो, धुलो र फोहरहरु पखालिन्थे। सास फेर्न समेत गाह्रो भैसक्यो,प्रदुषित हावामा। निस्सासिएला जस्तो छ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कठै जुम्ला

~कमल कुमार~kamal-kumar

डाँफे लेकमा
उड्दथ्यो,
फुल्दथ्यो सपनाका गुराँसहरु

हावा चल्दा
नाच्दथे
बेसीँमा धानका बालाहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : बम कि आत्महत्या!

~ध्रुब सापकोटा~

म साइबर क्याफेमा छु । प्रत्येक दिन दर्ुइ बजे म साइबर क्याफेमा प्रवेश गर्छर्ुु आफ्नो मेल खोल्छु । मेरा लागि यो नशाजस्तै भएको छ । अखबारको नशाजस्तो । समाचारको नशाजस्तो । चुरोटको नशाजस्तो । म एउटै क्याफेमा केन्द्रित छैन । मान्छेको कम चहलपहल भएको ठाउँ खोज्छु । पाउँदिनँ । जताततै युवकयुवतीको भीड देख्छु । यिनीहरू कलेज खोजिरहेका छन् । पढ्ने र कमाउने खोज यिनीहरूको छ । यिनीहरू अमेरकिा खोजिरहेका छन् । क्याफेको संसारमा प्रवेश गरेपछि लाग्छ- देशका सारा युवापुस्ता खासगरी सहरी पुस्ता यो देशबाट बाहिरनि चाहिरहेको छ । म अस्पताल जान्छु । रोगीको भीड देख्छु । मलाई लाग्छ, यस देशका सारा मान्छे कुनै न कुनै रोगले ग्रस्त छन् । म घाटमा जान्छु । मर्ुदाहरू जलाउन घाटमा लाइनमा राखिएको छ । मलाई लाग्छ, हामीकहाँ मृत्युदर बढी छ । म जुलुसको नजिक पुग्छु । मलाई लाग्छ- मान्छेहरू नारा लगाउनुलाई नै मुख्य काम बनाइरहेका छन् । लाग्नु र यथार्थबीच धेरै अन्तर छ र पनि लाग्छ ।

प्रत्येक दिन २ बजे म इमेल खोल्छु । २ बजे के मेरा लागि शुभसाइत हो – कि बाध्यता – मैले कुनै नोकरीमा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : राजधानी

~गोविन्दप्रसाद आचार्य~

कसैले नधानेर खुट्टा कमाउँदै, सुस्त चालमा चलिरहेछ राजधानी
विकृतिको पोको बोकेर गन्ध सुघाउँदै, हिंडिरहेछ राजधानी
भ्रष्टचारको तीर्थ जानेहरू सबैलाई जल, प्रसाद बाँडिरहेछन्
महापन्डितहरू अस्पष्ट अर्थमा भ्रष्टाचारका पुराण सुनाइरहेछन्
राजधानीको पाचनप्रणाली अति बलियो भएर होला कृति विकृति पचाइरहेछ
हुने नहुने सबै देखाएर ठूलो डिलर पसलको मालिक भैरहेछ
पसलमा के के छन् बेच्नेलाई थाहा छैन जे खोज्यो त्यो बेचिरहेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : आगो

~कात्यायन~dhanwantari-mishra-katyayan

– आँगनको अंगेनामा हामीहरू आगो फुक्न तल्लिन थियौं |

– आगोमा हुर्किएका मधेशका आन्दोलनका आगोले हामीहरूलाई भान्सामा हैन, आँगनमा आगो फुक्न बाध्य तुलाएको थियो | बल्न गाह्रो मानिरहेका काँचा दाउराबाट निस्केका धुँवालेभन्दा गाँसको अभावको निरन्तरताले बढी पोलिरहेको थियो | नाकाबन्दी खुलिसकेको भएता पनि; गाँस डिपो, नेपाल आयल निगमदेखि माथिसम्मकोलाई सराप्दा-सराप्दै हामी थकित भएका थियौं | तर पनि मनमा आगो बाल्दै, आगो सल्काउन अभ्यस्त भैसकेकाथियौं | Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : फेसबुके प्रेम

~केडी रेम्नीसीङ~

कोलाम साइबर क्याफेको एक कुनामा बेलुकीको कफी लिदैँ फेसबुकमै गफिदैँ थिएँ एक एनआरएनसँग । झापाको भुटानी क्याम्पबाट पाँचवर्ष अघि अमेरिका सिफ्ट भएको कुरा गर्दै थिइन् उनी । मैले सोधेँ, ‘कति वर्षकी थियौ उतिखेर?’ जवाफ आयो, ‘२० वर्ष’ मैले एक स्माइली र ‘वाउ’सँगै पठाएँ । केही वेर रिप्लाई आएन । कलेजको साथीसँग कुराकानी सुरु गर्दै थिएँ रिप्लाई आयो,‘किन वाउ चाहिँ?’ लेखेँ, ‘सो यु आर नाउ ट्वेन्टी फाइभ इयर्स, आइम टू ।’ तुरुन्त एक स्माइली आयो र केही छिनमै, ‘बट यु आर टु लेट, आइम अल्रेडी इङ्गेज्ड’ जवाफ आयो । ‘हेहेहे……’ लेखेँ अनि साथमा ‘ह्याभ यु गट एनि यङ्गर सिस्टर?’ भनी पठाएँ । जवाफमा ‘सिल्ली ब्वाय’ भनेर लामो हासो पठाइन् ।

यस्तैमा ‘मेरो फेसबुक खोलिदिनु न’ भन्दै एक अधबैंशे महिला आइन् । मैले उनलाई महिला भनेर सम्बोधन Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : लैजा चरी मेरो खबर

~दिनेश अधिकारी~Dinesh Adhikari

कुरा सुन्छु नानथरी गाँठो पर्छ छातीभरि
बह पोख्ने ठाउँ छैन बसेकी छु बाटो हेरी
लैजा चरी मेरो खबर जहाँ होला उसको शहर

हातमाथि हात राखी देवी देउता सबै भाकी
लाएको त्यो चोखो माया कतै बिर्सिदिने हो कि Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : ए साथि सुन न एता

~ढक बहादुर बस्नेत ‘आकाश’~Dhak Bahadur Basnet - Akaash

साथि तिमि म सित भयेउ टाढा किन !
लुकि लुकि, बांगि बांगि हिड्छेउ हरेकछिन !!

साथि भनि मैले सम्झंथे हरेक दिन !
किन येसरि साथि को माया मारि तर्किंछौ दिन दिन !!

तिमि त थियेउ अर्कैको कहिले मेरो हौ भनेको थियेन !
तिमि त मेरो सिर्फ बिस्वासि सथि थियेउ, जोडि मिलाउ भनेको थियेन !! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : फेसबुक वास्तविकता

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

‘हाइ डियर !’

‘हाइ !’

‘तिमीसँग च्याट नगर्नु नै ठीक होला ।’

‘किन ?’

‘एकाएक हराउँछौ ।’

‘हेर न अफिसको कामले रिपोटिङ्ग गर्न दुर्गम जिल्लामा आउनु पर्यो । तिमीसँग च्याट गर्न नै पाइन ।’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तिम्रो हाम्रो मनको दुरी

~क्षेत्र प्रताप अधिकारी~Chetra Pratap Adhikari

धेरै देखेँ सपनीमा धेरै लेखें चिठी
एउटा उत्तर पाए नि रिमै मायाबिना सित्ती
दोधारेको पारा माथि चढेजस्तो छ
तिम्रो हाम्रो मनको दुरी बढे जस्तो छ

मैले पनि सपनीमा नदेखेको हैन
बस्न पाउन प्रतिउत्तर नलेखेको हैन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : माया बस्या

~केदार श्रेष्ठ “गगन”~Kedar Shrestha 'Gagan'

मलाई छाडि के भो र अर्कै माया पायौ होला
धोका दिन मलाई जस्तै झूटो कसम खायौ होला ।

झूटो नाटक गर्न सक्छौ मेरो अघि रोए जस्तै
रुँदै हाँस्दै उसलाई पनि साहनुसम्म सायौ होला । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : च्यातिएको छाया

~मनोज बोगटी~Manoj Bogati_1

5 नम्बर स्वास्नीको हात कोखिलामा चेपेर कालेबुङको पारसहाटमा अघिदेखि घुमिरहेका छन्‌ ज्याकप झुमा। तिनी साउथ अफ्रिकाका राष्ट्रपति हुन्‌। अघिल्लो वर्ष तिनी दार्जीलिङको एउटा सस्तो होटलमा चौथो स्वास्नीको हात यसैगरी कोखिलामा चेपेर तोङ्‌बा तानिरहेका थिए।

उसले मलाई भनिन्‌- ‘यो मान्छे धनी छन्‌। यसकारण पॉंचौं स्वास्नीको हात कोखिलामा चेपेर तिनी निर्धक्कसित तिम्रो समाजमा घुमिरहेका… छन्‌। तिमीले धेरै कुरा थाहा नगरेर त्यसै चिप्लिरहेका छन्‌। सलभकुमार लामिछानेले घरैमा स्वास्नी हुँदा किन एउटी विधवालाई भित्रायो? थाहा छ तिमीलाई?’

‘मलाई उदाहरण चाहिएको होइन, म बुझ्छु’-उसले भनी। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित लघुकथा : बोर्खेज र म

~खोर्खे लुई बोर्खेज~jorge-luis-borges

त्यो जो ‘दोस्रो’ हो, त्यो नै बोर्खेज हो, जससँग घटना घटित भएको छ ।

म बुएनोस आयरेसमा भौँतारिँदै कुनै तोरणको अर्धवृत्ताकार भाग वा फलामको ढोकालाई नियाल्दै ढकढकाउँदै, अब कदाचित् यन्त्रवत् । मलाई बोर्खेजको सूचना हुलाकबाट प्राप्त हुन्छ र कुनै विद्वत्परिषद्को सदस्य–सूचीमा वा सङ्क्षिप्त जीवनीहरूको कोशमा उसको नाउँ देख्तछु ।

बालुवाघडी, नक्सा, अठारौँ शताब्दीको टाइपोग्राफी, कफीको स्वाद र स्टिभेन्सनका गद्य मलाई राम्रो लाग्दछ । ‘दोस्रो’ यी रुचिहरूमा म जस्तै रुचि लिन्छ, यद्यपि कस्तो व्यर्थ तरिकाबाट भने जसबाट ऊ कुनै अभिनेताका Continue reading →

Posted in अनूदित लघुकथा | Tagged | Leave a comment

चलचित्र गीत : विरताको चिनो

~कुसुम गजमेर~
~तुलसी घिमिरे~Tulsi Ghimire

विरताको चिनो, वीरको सन्तान
शहिदको रगत, लाहुरेको निशानी
अब तिम्रो हातले लेख्नु छ, युगले भुलेको हाम्रो कहानी

जन्म लियौ, यो भीर पखेरामा, रोज्नु छ आफै तिमीले यो माटो
उभिन खोज्ने कलिला खुट्टा खोज्नु छ आफै तिमीले गोरेटो
अब तिम्रो हातमा उदाउने छ, नयाँ इतिहासको नौलो बिहानी Continue reading →

Posted in नेपाली गीत | Tagged , | Leave a comment

बाल कथा : मेरी सानी बहिनी

~कार्तिकेय घिमिरे~kartikeya ghimire

जाँच सकिएकाले मेरो मन फुरुंग भएको छ । आज बिहान मैले ड्राइभर अंकललाई आँगनको कुनामा टोलाएर रुँदै बसेको देखेँ । सोधेँ, ‘अंकल, किन रुनुभएको ?’

उनी भुइँतिर हेरेर टोलाउन थाले, केही बोलेनन् । फेरि सोधेँ, ‘भन्नुुुस् न, तपाईंलाईं के भयो ?’ अबचाहिँ उनी केही बोल्न खोज्दै थिए, तर बाबाले बोलाइहाल्नुभो, ‘ल राम दाइ, छिटो गाडी निकाल, धुलिखेलतिर जानुपर्ने भयो ।’

गाडी बाहिर निस्कियो । म ड्राइभर अंकललाई हेरेको हेर्‍यै भएँ । बाबाले ‘बाई छोरी’ भन्दा पो झसंग भएँ । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : सन्तोष

~महेश पौड्याल~Mahesh Paudyal

सन्तोष दुई कक्षा पास गरेर तीनमा पुग्नुलाई ठूलै समाचार मानियो । ऊ कक्षामा निकै कमजोर मानिएको विद्यार्थी थियो । बुवाआमा सधैँ स्कुलमा आएर गुनासो गरिरहन्थे । उसको पढाइमा खासै सुधार नभएकोमा सबै चिन्तित् थिए । स्वस्थ सन्तोष, जिउ पनि तन्दुरुस्त नै थियो । घरमा पनि पढेलेखेका बावुआमा । ऊ कमजोर नहुनु पर्ने । तर कमजोर निस्कियो, र सबैलाई दुःखी तुल्याइदियो । उसको व्यवहार र चरित्रमा भने कुनै समस्या थिएन । हेर्दा पनि राम्रो र टुपुक्क परेका थियो । सबै उसलाई असाध्य माया गर्थे ।

परीक्षा चलिरहेको थियो, र त्यसदिन नेपाली विषय परेको थियो । निवन्धमा आफ्नो परिवारको वारेमा लेख्न भनिएको थियो, र बुवा आमको कस्तो जागिर छ भनेर विषेश उल्लेख गर्नू भन्ने निर्देशन थियो । सन्तोषले Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

यात्रा संस्मरण : हात्तीवाङ्-खालीहात नजानोस् !

~भुवनहरि सिग्देल~bhuwanhari-sigdel

मलाई हात्तीवाङ् जाने काम आइलाग्छ जुन बखत म धादिङको जोगीमारामा काम गर्थें । म उभिएको विन्दुबाट हात्तीवाङ् पुग्न मात्रै पाँच-छ घण्टा लाग्छ, म सहरबजारमा बस्ने मानिस भएको कुँज्याइले । काठमाडौँको भीमसेन थानको उकालो चढ्दा स्वाँस्वाँ गर्ने मेरो सङ्कीर्ण फोक्सो लैताकको उकालो सम्झिँदैमा काम्न थाल्नु अनौठो कुरो हुँदैनथ्यो तर मानिसलाई अवस्था र बाध्यताले नै हो लैताकको उकालो चढाउने पनि ।

अघिल्लो दिन योजना बन्छ-भोलि हात्तीवाङ् जाने । राति चार मिनेट निद्रा बिग्रन्छ-भोलिको अत्यास सुरु भएको हुनाले । करङतिर उपियाँजस्ता सगसगाउँछ । त्यहाँ उपियाँ छैन मलाई थाहा हुन्छ । त्यो सगबग हात्तीवाङ्को हो, करङ भित्रपट्टिको । थाकेको शरीरलाई निदाउन करैलाग्ने हुनाले मलाई थाहै नदिई निदाइसक्छ-एउटा अन्तरालमा । Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment