छन्द – मनोक्रान्ति
दुखाई मनै यो छोडेर जाने पापी !
हिंडेको पथै त्यो मोडेर जाने पापी !
कहानी अनौठो कोरेर दोबाटोमा
भरोशा सबै यो तोडेर जाने पापी ! Continue reading
छन्द – मनोक्रान्ति
दुखाई मनै यो छोडेर जाने पापी !
हिंडेको पथै त्यो मोडेर जाने पापी !
कहानी अनौठो कोरेर दोबाटोमा
भरोशा सबै यो तोडेर जाने पापी ! Continue reading
उज्यालो दिन सक्न त जल्नु पर्ने रहेछ
आफू खरानी भएर बल्नु पर्ने रहेछ
मै हुँ भनेर घमण्ड गर्न त जो पनि सक्छ
निहुरन सक्नलाई फल्नु पर्ने रहेछ Continue reading
~बुद्धवीर लामा~
बादलुको घुम्टोले इलाम बजार छोपिंदा
मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिंदा
छमछम पाउजु बजाउँदै हिंड्थ्यौ मेरी मायालु
चियाबारीको एकान्तमा भेट्न आउँथ्यौ मायालु Continue reading
~नवीन प्यासी~
तिमी होली खेल्न सिपालु मान्छे ।
कति पटक प्रहार गर्यौ ?
मेरो निधार निचोरेर मेरै छातीमाथि
तिम्रो अस्तित्वको लोला !
कति पटक रङ्ग्यायौ ?
मेरो रगत सुकाएर मेरै अनुहार
तिम्रो पहिचानको रङ्गले !
कति पटक मेट्यौ ? Continue reading
कुमारी सपनाहरु हुलका हुल
विहानीले
आँखा नउघार्दै
ताजा हावाको स्पर्श लिएर
वाधिन खोज्छन् मेरो आलिङ्गनमा
र
सपनाहरुको न्यानो मायाँ
ताप्न नपाउँदै
त्यसै त्यसै टाढीएर जान्छन् हरेक दिन
थकथक लाग्छ Continue reading
~दिलिप योन्जन~
मस्त जवानीमा
सात समुन्द्रपारी
कल्पनामा डुब्दै
यातनामा जल्दै
सम्झनामा रुँदै
एकान्तमा भुल्दै
रुन्चे हाँसो हाँसेर
मान्छेहरुको भिडमा
ज्यानको बाजि लगाएर
युद्घको तयारीमा
मेसिनगन पड्काएर Continue reading
~सुर्य प्रकाश सुनुवार चेरेहामसो~
माजोअ्थु मादुमशो,
मातुइथु मादुमशो,
गो इयिँके ल्वो ।
गो इयिँकेला ममे,
एको राग्यङा नेल इयिँके ल्वो,
साऽमचा ’प्लेँऽचा मादुमशो Continue reading
~ललिता ‘दोषी’~
सानो-सानो सेतो-सेतो
राम्रो खरायो
मैले आऊ भनेको त
परै हरायो
खुर्र यता, खुर्र उता
आमा छोडी जान्छ
दुबो घाँस जे पाए नि
कुटुकुटु खान्छ Continue reading
~विमल निभा~
कालो अँध्यारोमा देखिन्छ
उसको शरीरको पहेंलो बुट्टा
र फैलँदै–फैलँदै जान्छ
पहाड, उपत्यका र तराई
(कस्तो चमत्कार हो यो !
बिस्तारै–बिस्तारै एउटा देश
परिणत हुन्छ जङ्गलमा
घनघोर जङ्गलमा)
रगतको स्वाद सम्झेर
जब–जब निस्कन्छ ऊ Continue reading
~केदार शर्मा~
विडम्बना
भिष्मलाई
गोरु बेचेको साइनो नपर्नेहरू समेत पितामह भन्छन्।
आफ्नै बाबुको अनैतिक वासनाकालागि
जवानी खेरफाल्ने उसको अस्वाभाविक प्रतिज्ञालाई
अहिले पनि मानिसहरू आदर्श मान्छन्
अहिले पनि,
मुखले शिखण्डीलाई हियाइरहन्छन् Continue reading
हेरिसकें
प्लेयरको छेउ
झ्यालतिर
टेबुलतिर
खै कता परेछ?
देखिएन चाबी
पित्तलको चाबी ।
अघिदेखि
मेरो प्यारो खैरो कुकुर Continue reading
~निश्चल काउचा~
‘नेपाल’,नाम सुन्न बित्तिकै । उनले भनिन । ‘ए नेपाल हिमालय, सगरमाथाको देश’
मैले गर्वले छाती फुलाउदै ‘हो’भने उनी अर्थात मिस एलिजा स्विजरल्याण्डबाट पदन कोरिया आएकी ।
‘तिमी पनि पदन आएका हौ’? उनको प्रश्न तेर्सियो मतिर ।
‘होईन’ म त काम गर्न आएको’ मैले भने Continue reading
~नरदेन रुम्बा~
बादलुको दरबारमा पहाडको मेला
बन डाँडाले गाउँछ सँधै साँझ बिहान बेला
ओर्ली आकाश त्यहीँ खेल्छ नानारंगी खेला
आरु फूल लजाएको गोरेटो नै भरि
कुहिरोले सास फेर्छ मस्ति छरि छरि Continue reading
~उज्ज्वल जी.सी.~
“छत्रजी ! हिजोको फाइल झिक्नुस् त ! ठेकेदार बिहानै घरमा आ’थ्यो । काम मिलेपछि दुःख हेर्छु भन्या छ । के गर्नु नमिलाएर पनि ? आफ्नो छोरीको बिहे गर्नुपर्ने बेला भइसक्यो । एउटा नेकलेस नहालि भा’छैन । हिजोको टिप्पणीलाई फेरेर अर्को उठाई दिनुस् न ! तपाईंलाई पनि राम्रै फाइदा हुन्छ ।”
“हस् हजुर” भन्दै छत्रबहादुरले आज्ञाको पालन गर्छ । हाकिमको आदेशलाई शिरोपर गर्दै आए बापत उसले पनि पारिश्रमिकको हिस्सा पाउँदै आएको छ, जसबाट पॉंचजना छोरीहरुलाई बोर्डिङ्गमा पढाई इज्जतपूर्वक काठमाडौँको आधुनिक घरमा फ्ल्याट लिएर बस्न सक्षम छ । Continue reading
~कुसुम गजमेर~
कसरी भनूँ म मनको कुरा यो
पहिलो पहिलो हो यो माया हजुरलाई
भनिदेन ए चरी मेरो हजुरलाई
सिरिरिरि लाग्छ जसरी पवन
नयाँ नयाँ लाग्छ धरती गगन
भनिदेन ए चरी मेरो हजुरलाई Continue reading
~निरज थापा~
मर्चा बेच्थ्यो रे
मेरो बोउले।
त्यसैले नामै बन्यो
मर्चावाला कान्छा।
मर्चावाला कान्छा हिट नाम।
जब जब मेरो बोउ प्रत्येक गाउँको
कुना कुना, चेपचेप
जानुहुन्थ्यो रे Continue reading
~विनोद रोका~
आमा बाबा भन्नु हृुन्छ तिमी कति ज्ञानी ।
सानैदेखि बसाउदै छौ राम्रा राम्रा बानी ।।
बिहानै उठी सफा भई ताजा खाजा खान्छु ।
स्कुलमा खान पनि घरबाटै लान्छु ।।। Continue reading
~प्रकाश सुनुवार ‘निराकार’~
हामी उभिएको धरातल
बलिदानले सिञ्चित भएको छ
र त यतिखेर हाम्रो स्वाभिमान
गौरबशाली भएर उठेको छ ।
लरखराउंदै उठ्न खोजिरहेका
तानाशाहहरुलाई परास्त गर्न
स्वतन्त्रताका पक्षधरहरु
थप बलिदानका लागि तयार भएका छन् ।
सम्पुर्ण न्यायप्रेमिहरुको Continue reading
~ध्रुबकुमार सापकोटा~
साहित्यमा शीर्षक जे पनि हुन सक्छ
लेखे एकजना भाईले – ” हिउँले आगो पगालेर ”
देखे अर्का दाईले – ” जुनको चुम्बन ”
देख्छु अब म पनि
लेख्छु अब म पनि
– ” पत्थरको आँशु ”
– ” राछसको प्रेम ”
– “बर्खा यामको तुसारो ” Continue reading
~दिपेन घिसिङ्~
उहिल्यै ढुङ्गाले चार छेउ बाँधेर
मझधारमा खदाको फेटा लाएर एउटा खाम्बो गाडियो।
त्यसको खुट्टामुनि
अलिकति सुनपाति/ भैरूङपाति
अलिकति चामल
र एक रूपियाँको सिक्का राखिदियो।
खाम्बो उठेको त्यही दिनदेखि त्यो मेरो बाऊको निम्ति बुद्ध भए।
आमाको निम्ति बन्बो भए।
मैँले भनेँ- घरका ढोकाले कञ्चन हिमाल देखोस्। Continue reading
~सुमिता शर्मा~
हाम्रो चिनाजानी भएको धेरै भएको थिएन। तैपनि हामी एकअर्कासँग अत्यन्तै घनिष्ठ थियौँ, मानौ हामी बाल्यकालदेखि कै साथी हौँ। हाम्रो विचार मिल्ने, धारणा पनि उस्तै। त्यस्तै दुई महिना जति अगाडिबाट हामी एकअर्कासँग परिचित छौँ। तैपनि हाम्रो चिनारी पुरानो होइन जस्तो कहिले नलाग्ने।
जाडोको आगमन सँगसँगै स्वीडेनमा दिन पनि तीब्र गतिमा छोट्टिँदै गयो। कलेज सकाएर बाहिर निस्कँदा अँध्यारो भइहाल्ने। गर्मी याममा बाहिरतिर घुम्न जान रमाइलो हुन्थ्यो। जाडो लागेपछि जताततै अन्धकार र चिसो मात्रै। तसर्थ कोठामै खुम्चिएर बस्नुपर्ने बाध्यता थियो। कलेजबाट फर्किएर सबै असाइन्मेन्ट्स सकेर, खाना बनाएर खाँदासम्म पनि साढे सात, आठ मात्र बजेको हुने। अनि समय बिताउने एक मात्र विकल्प भनेको कम्प्युटर नै थियो। गेम खेल्यो, गीत सुन्यो, अनि कोही साथी, आफन्त अनलाइनमा भेटिए च्याटमा कुराकानी गर्यो, जस्ले गर्दा एक्लोपना महसुस हुन पाउँदैनथ्यो। अनि कोही पनि अनलाइनमा नभेटिए याहू च्याटबाट Continue reading
~दीपक जडित~
‘ जसो गर जे भन जतासुकै लैजाउ मलाई यो मन त मेरो …. ‘ उसको सेलफोनमा रिँगटोन बज्यो यो गीत ।
‘ Hello ‘ , उसले फोन उठायो ।
‘ Hey D , are you ready yet ? ‘ , लट्पटिएर बोलेझैं स्वरमा पाउलाले सोधी ।
‘ I don wanna wake up in vain on my dayoff ‘ बब मार्लीको गीत गाएझैं गर्दै जवाफ दियो उसले ।
‘ What the hell D ? get up , we’re Continue reading
~डा. दुबसु क्षेत्री~
दौरा सुरुवाल र कालो कोटभित्र
सबै कुरा छोपिन्छ भन्दो हो साले
जति छोपे पनि कहीं न कहींबाट
आत्मविस्वास चुहिरहेको देखिन्छ
कहीं न कहींबाट
स्वाभिमान नुहिरहेको देखिन्छ
दौरा सुरुवालले छोपेर
लासलाई जिउँदो बनाउन के सक्थ्यो
बिचरा Continue reading
~शार्दूल भट्टराई~
एकाबिहानै चाबहिल चोकमा रमेश विकल उभिइरहनु भएको थियो। अलि ढिलै आउनु हुन्थ्यो, आज यति चाँडै किन आउनु भएछ भन्ने लाग्यो।
म सरासर पत्रिका पसलमा गएँ। समाचारहरूबारे सामान्य जानकारी लिने उद्देश्यले कुनै एउटा पत्रिकातिर हात लम्काउँदै थिएँ, पत्रिका टिप्न नपाउँदै पसलका मालिक वसन्त रजिालले भने, “दुःखको खबर थाहा पाउनुभयो?”
“छैन,” पत्रिका हातमा लिँदै मैले जवाफ दिएँ।
“ए ! अहिलेसम्म थाहा छैन?” उनले फेरि प्रश्न गरे। Continue reading
~चिज कुमार श्रेष्ठ~
ए, कम्प्युटर हिजो तँलाई INSTALL गर्ने म
आज मै लाई REMOVE गर्न खोज्ने तँ –
म झनक्क रिसाएको बेला तँ फनक्क फन्किन्छ
चलाएको बेला तँ VIRUS को लाठी र बुट वनि वर्षछस्
तँलाई टिलिक्क परेको टेवलमाथि सजाएर राख्दा पनि Continue reading
~हुसैन खाँ~
सद्भावको जुहारी खेल्दै छ देश मेरो
पीठो नमूछि रोटी बेल्दै छ देश मेरो ।
ईष्या र द्वेष घृणा, बढ्दै छ यो जुनीमा
आफन्तको कुटाई झेल्दै छ देश मेरो । Continue reading
~प्रदीप नेपाल~
तिबेला पार्टीले मलाई मेची अञ्चलको जिम्मेवारी दिएर काम सम्हाल्न पठाएको थियो । एउटा अनौठो द्वन्द थियो मुलुकको राजनीतिमा । ०३६ सालको विद्यार्थी आन्दोलनले एकातिर राजनीतिलाई थोरै भए पनि खुकुल्याएको थियो । विद्यार्थी समुदायका गतिविधिहरू धेरै खुल्ला भएका थिए र राजनीतिक पार्टीहरू पनि साप्ताहिक अखबारहरूमा पार्टीहरूको नाम अघिल्तिर पु. लेखेर आफ्नो अस्तित्व देखाउन सक्ने हैसियतमा पुगेका थिए । पु.नेपाली काँग्रेस, पु. नेपाल कम्युनिस्ट पार्टी भनेर लेखिन्थे साप्ताहिक छापाहरूमा । जनमतसङ्ग्रह अगाडिको गाउँफर्के आतङ्कको दाँजोमा यो पर्याप्त फराकिलो दायरा लाग्थ्यो त्यतिबेला । Continue reading
~डेभिन बाबु~
यो बैशाख बाट –
अनुष्ठान हुँदैछ मेरो शुभेच्छुकवाद !
दिक्भ्रम यायावरहरुलाई लिएर
आरम्भ गर्दैछु म
दिग्विजयको यात्रा ! !
मेरो उर्दी छ,
यो चेतयुद्धको समराङ्गणामा
प्रत्यक सँग फूलहरुका तरवार होस्
प्रत्यक सँग पुष्पाञ्जलिका कवच होस्
घामहरु हारेर हरेक किङ्करहरुका चिरिएका पाऊहरुमा Continue reading
~नारायणप्रसाद पौडेल~
वि.स. २००६ चैत्रमा पाल्पाको तानसेनमा जन्मिएका परिपक्व तथा समसामयिक वरिष्ठ कथाकार वनमाली निराकार आधुनिक नेपाली कथाको दोस्रो चरणका सशक्त हस्ताक्षरका रुपमा परिचित छन् ।प्राध्यापन पेशामा आबद्ध निराकारका ‘समयको पर्खाल’ कथा संग्रह(२०४६) ,‘लोकतन्त्रको शङ्खनाद’ कविता संग्रह(२०६२) , ‘पत्र संचयन’ (२०६३) जस्ता कृतिहरु प्रकाशित छन् । वर्तमान सम्म पनि कलमको संगत गरिरहेका उनको पछिल्लो पटक वि.सं. २०६३ आषाढमा विवरुका कथाहरु नामक कथा सँगालो प्रकाशित भएको छ । विजय सागर, वनमाली निराकार र रुद्र ज्ञवाली गरि तीन जना स्रष्टाका ५।५ वटा कथाका दरले १५ वटा कथाहरु संग्रहित रहेका छन् । यी तीनै जना स्रष्टालो नेपालको पश्चिम तराईलाई आफ्नो कर्मथलो बनाई साहित्यको श्रीवृद्धिका लागि होमिईरहेको देखिन्छ । यस सँगालोका १५ वटै कथाले समसामयिक विषयलाई टपक्क टिपेर प्रस्तुत गरेकाले जीवन्त बन्न पुगेका छन् । Continue reading
~नाइलु क्याबचा~
आ थु ङा ङमम् नम् फुइस्श्या ख्डुइताङ इन्कलि थु फुइल्लि
इन नेमि पश्या नेल लोसि सोइत्ताङ ब्लेश्या ल्बेस्पोइति ।
निलोमि जातिनि ङम दुम्श्या साप्पा श्यातिनि कुल सुम्श्या
छुल्ल बोश्या आका प्लापसेले ला:इनि को आ थु नेल शुम्श्या
मिम्ति दे प्लेदि थु खाइत शोइत्ताङ ङश्या मिच फुइल्लि Continue reading
~रामप्रसाद गौतम~
बितेको ३० बर्षदेखि उसलाई एउटा कोठाको अगाडि राखिएको थियो। त्यहाँ उसलाई खाने, बस्ने, सुत्ने सबै सुबिधा थियो। उसले काम गर्नु केही पर्दैनथ्यो। बस्, बस्ने मात्र। उसको अगाडि एउटा ढोका थियो। त्यो ढोकाभित्र के छ भन्ने कुरा न उसलाई थाहा थियो, न उसले जान्ने कोशिस नै गर्यो। उसको मासिक तलव निश्चित थियो। तर कति उसलाई थाहा छैन। कुरो रहस्यमय छ। शाब्दिक रूपमा उसले तलव भनेको के हो त्यो पनि बुझ्दैन। तर उसको तलव उसकी दृष्टिविहीन आमालाई गाउँमा बुझाइन्छ। गाउँकी पढेलेखेकी एउटी शिक्षिकाले त्यहाँ तोकिएको रकम आएको भन्ने विश्वास दिएपछि उसकी आमालाई गाउँको पीसीओम्म ल्याइन्छ। उनले छोरालई फोन गर्छिन्, पैसा आयो भन्छिन्। त्यो फोन सधैँ सुन्नाइन्थ्यो तर उसले कुनै प्रतिक्रिया दिँदैनथ्यो। सायद उसले यो कुरा कति महत्त्वपूर्ण हो, बुझेको थिएन। सायद उसले आमालाई चिन्दैन। अर्थात उसलाई सम्झना छैन, आमाको अनुहार र उहाँको वात्सल्यको। एउटा घनघोर असमञ्जस्यताबीच ऊ र उसको जिन्दगी चलिरहेको छ। Continue reading
~शिलु अज्ञात~
क्षितिज पारीपट्टी को कथा !!,
निरीह जीबन चक्र ,
एउटा लम्पसार बर्तमान ,
मरणासन्न आशा ,आकांक्ष्या हरु ,
मलामी लाशहरू,
पाखा पर्बत हरु आशु खसाल्दैनन ,
अक्ष्यर हरु राजधानी दौडी दैनन ,
क्यामारा माँ कैद ,दृश्य सर्माउछ, Continue reading