~नरेश शाक्य~
तिम्रो बमभन्दा धेरै संहारक छ
मेरो कविताको शक्ति
यसको निशाना अचुक छ
यसले ताकेको गोलीले
सीधा शत्रुको छाती भेदन गर्छ
जिउँदाहरूको हड्डी
रगत, पसिना र आँसुले निर्मित
तिम्रो शोषणको महलमा
यसले धावा बोल्छ
र देख्दादेख्दै Continue reading
~नरेश शाक्य~
तिम्रो बमभन्दा धेरै संहारक छ
मेरो कविताको शक्ति
यसको निशाना अचुक छ
यसले ताकेको गोलीले
सीधा शत्रुको छाती भेदन गर्छ
जिउँदाहरूको हड्डी
रगत, पसिना र आँसुले निर्मित
तिम्रो शोषणको महलमा
यसले धावा बोल्छ
र देख्दादेख्दै Continue reading
~प्रतिमान सिवा~
लुक्दै-छिप्दै चियाउँदै आउँछिन उनि
रात बिरात सपनीमा सधैं धाउँछिन उनि ।
मेरो माया अजम्बरी हो कि होईन
जोखी तौली जाँच्न भ्याउँछिन उनि । Continue reading
~अरुणबहादुर खत्री “नदी”~
आउँछु भनेर विश्वास दियौं
तिमीले मलाई
उषाकालदेखि तिमी आउने
बाटो हेरिरहे ।
घरका सबैलाई अन्तै पठाएर
एक्लै तिम्रै प्रतीक्षामा
म खाटमा पल्टिरहे । Continue reading
~नन्दलाल आचार्य~
पात्रहरू
आमा : अढाई शताब्दी पचाएकीले र नाना भाँतीका पीडा झेलेकीले मलिन मुद्रामा
हिरण्य : असाध्य अग्लो भौतिक स्वरूप भएको
पर्वत : मध्यम उचाइको तर फर्याकफुरुक गर्ने
तमोर : सामान्य उचाइको
(रङ्गमञ्चको पर्दा बिस्तारै खुल्दै जान्छ । मञ्चमा उदास लाग्दा हिमाल, पहाड र तराई/मधेसका तस्बिरहरू देखिन्छन् । हिरण्य, पर्वत र तमोर आआफ्नै धुनमा क्रमश: हिमाल, पहाड र तराई/मधेसका तस्बिरहरू एकटकले ओल्टाइपल्टाई हेर्दछन् । उनीहरू कहिले घोरिन्छन्, कहिले रिसले बटारिन्छन् । आमा एउटा कुनामा झोक्रिरहेकी छिन् । Continue reading
~राज आशातीत~
मेरो एउटै साथी छ
जो
आंखाका काप हुँदै
बगिरहन्छ … मेरै दैनिकिमा
दैनिकजसो
अहो!
मेरो दुश्वप्न
भौंतारीरहंदा जिवनको खोजमा
जीवन….
कुनै डिलमा छाडेर परेलिको …
बस् पर्खनु छ ….मृत्यु! Continue reading
~हरिकृष्ण काफ्ले~
निरन्तर सिकाए सुगा पनि बोल्ने हुन्छ
कुनै बोली छुरा जस्तो छाती छिचोल्ने हुन्छ!
त्यसैले मान्छे भन्छन् ठूलै रूखको ओत लाग्नु Continue reading
~शकुन्तला जोशी~
त्यो तीखा आँखा भएको बाज जसरी
माथिमाथि उडेर दुनियाँ हेर्न पाए
मलाई छेकी उभिएको पर्खालभित्र
के के होलान् ?
कस्तो होला हावा जसरी हुरुरु कुद्दै
तिम्रो बगैंचामा पसेर
रूखरूखमा हाँगाहाँगामा
पिङ खेल्न पाए ? Continue reading
~प्रवीण वानिया~
अध्याय एक–
नानीहरु–
झोलाभरि सुकिला अक्षरहरु बोकेर
सुदूर गाउँको पाठशाला धाइरेछन्
र, पढिरहेछन्–
यो देशका उन्नत सपनाहरु ।
नानीहरु–
चेतनाले नबुझेरै पनि Continue reading
~निष्प्रभ सजी~
मैले आफ्नै भाईलाई
विना सनाखत गाडेको छु
र
बालाई भाई फर्किन्छ
भनेर
ढाँटेको छु
तिमीले ढलाउ भन्यौ
मैले ढलाइदिएँ Continue reading
~कल्पना आचार्य ओली~
मान्छेलाई लोभै लोभ मनमा राखिदिएको छ ।
र त माया पनि पापी धनमा राखिदिएको छ ।
जाउ प्यारा दुई चार पैसा कमाएर आउ
विज्ञानले प्रवास पनि आँगनमा राखिदिएको छ । Continue reading
~खेमलाल पहारी~
उत्तर भारत बिहारको रामनगर थाना स्थित रामग्राम नाउँको एउटा सानो गाउँमा नेपालीहरुको बाक्लो बस्ती थियो। त्यस बस्तीमा खासगरी २००७ सालको एतिहासिक क्रान्तिको समयमा नेपालबाट भागेर आएका राणाहरू वा त्यो घटना भन्दा अघि-पछि आफन्तको खोजिगर्दै आएर बसेका साधारण नेपालीहरू थिए।
बिच बस्तीमा मुलबाटोको दुबैतर्फ राणा परिवारका आलिसान महलहरु, राणाजीहरूको पछि लागेर आएका उनीहरूका छाते, चम्चे, हुक्केहरुका पक्की घरहरू र राणाहरूले आफ्नो सेवागर्न नेपालबाट ल्याएका नोकर चाकरका फुस्का घरहरू थिए भने बस्तीको सिह्रान र पुछारमा राणाहरुका नातेदार भारतीयहरूको बसोबास थियो। कार्तिक महिनाको निक्लँदो बेला साँझको समय थियो। नेपाली बस्तीको एउटा सुन्दर घरमा एउटी अन्दाजी पचपन्न बर्सकी बुढीआमा भित्र बाहिर गरि रहेकी थिईन्। Continue reading
~कुमार नगरकोटी~
कोरागाउँको नामोत्पत्ति प्रसंगबाट कथा शुरू गर्दा गज्जब बात भइजान्छ भन्ने हाम्लाई लाइरा’छ। त्यो गाउँको नाम कसो गरी कोरागाउँ रहन गयो भन्नेबारे एउटा चाखलाग्दो घटना छ। विषय वा प्रसंगले अन्यार्थ नलागे त्यसको चर्चा गर्नु मुनासिब देखियो।
तपाईंको अनुमति छ भने त्यो कहन्छु है त!
वृद्धाजनद्वय अहेव कलापति नेपाली र हल्कारा कामुक आजाद नेपालीका कथोपकथन अनुसार विक्रम सम्वत् दुई हजार छ्यालीस– छको खुट्टा काटेकोमा माफ गर्नुस्– सालको जनआन्दोलन पश्चात् गठन भएको प्रथम निर्वाचित सरकार डङरङ्ग ढलेपछि गाउँको सतासी वर्षीय मुखिया कालमोचन पिया नेपालीले केश मुण्डन गरे, जूठो बारे। Continue reading
~उदय निरौला~
पुतलीसडकको त्यो सेकुवा पसल नजिकै
प्रतीक्षारत त्यो अप्सरा
मसाज टेबुलभित्रबाट बाहिरिएकी छे
पत्रकार क्यामरा क्लिक गर्छ
नेता भटमास लिएर बङ्गुर चपाउँदैछ
प्रतीक्षारत त्यो बिचरी
समय व्यर्थ बढार्छे ।
जून हाँस्दैहाँस्दै आफ्नो अक्षमा Continue reading
~प्रमोद स्नेही~
दुखाउँछ मान्छेलाई सानो कुराले पनि
यसै भन्नुहुन्थ्यो मलाई, हाम्रा बाले पनि
व्युझन्छु प्रत्येक रातहरूमा ऐठन परेर
सुत्नै दिदैन मान्छेलाई, सपनाले पनि Continue reading
~सुरेश प्राञ्जली~
‘हाई’, प्रकृति अनलाइनमै रैछे, च्याटमा लेखिहाली । तर, मैले अल्लिबेर केही नलेखेपछि उसले जिस्क्याउँदै फेरि लेखी, ‘नबोल्ने व्रत लेको?’
‘होइन, बोल्ने व्रत’, मैले लेखेँ।
‘अनि किन त?’
‘सोँची रा’को’, मैले लेखेँ, ‘र्यापिड फायर राउन्ड हो र, सोध्नेबित्तिक्कै जवाफ फर्काइहाल्नुपर्ने?’
‘म नि सोच्दैछु’, उसले फेरि लेखी। Continue reading
~मनोज बोगटी~
अलैंचीको बोटमा ल्यापल्याप टॉंस्सिन्छ
बाजेको
सड़िएको सपनाको छाला।
छालारङ सर्छ दानातिर
फूलको सुगन्ध
गाउँले थाहा पाउँदैन
शहरले थाहा पाउँछ।
अलैंची टिप्ने हातमा, औंलामा लागेको काया पखाल्ने Continue reading
~सुरेशजंग शाह~
हाई …….हल्लो…….. हाउ आर यु के भनेर सम्बोधन गरौं कहाँबाट सुरु गरौं । कति मीठो मायाँको नाता थियो, त्यो टुटाइ हाल्यौं….। जुनी काट्ने भरोस थियो त्यो पनि छुटाइ हाल्यौं …..। तिम्रो माया त नक्कली रहेछ …. आज एउटा भोलि अर्को सँग …। तिमीलाई नाटक गर्न अति नै आउने रहेछ ….जहिले फोन गरेपनि फोन नगर्नु म भाइ कहाँ छु. भन्थ्यौ । त्यो त बहाना रहेछ ….। कहिले पाप गरे भनेर हात भित्तामा बजाथ्र्यो । अब त टाउको नै बजार्नुपर्ने हो, मेरै अगाडि अर्कोसँग लडबदिँदा शब्दमा वार्तालाप गर्दा प्रत्यक्ष थाहा पाएँ, तिमी त मेरी होइन अर्कैकी रहिछ्यौं । सुनेको थिएं, संगत गुनाको फल भनेर, तिम्रो साथी जस्तै तिमी रहिछ्यौ फरक यत्ति हो उनी देखाउँछिन् तिमी लुकाउँछ्यौं ।
तिम्रो फोन धेरै व्यस्त हुन्थ्यो । मलाई त केवल courtsey call मात्रै गर्दथ्र्यो । केवल आधा मिनेटको कति रुखो व्यवहार, कठै म विचरा तिम्रो मायाको अन्धोभक्त । तिम्रो छुट्टी कहिले हो ?, तिमीलाई भेट्न सकिन्छ ?, म Continue reading
~दिनेश अधिकारी~
रात आज तँ सुत
म जाग्राम बस्छु !
आज म अँध्यारो खेल्छु
आज म चकमन्नता बोल्छु
आज म नीरवता सुमसुम्याउँछु
हेर्नु छ
मलाई छोप्न नपाउँदा सिरक आज कसरी छट्पटाउँछ Continue reading
~सिम्पल केटा~
खाँउ भने पिरतिलाई, धोका हुने डर
नखाँउ त पिरतिलाई, भोकै हुने डर
हिँडूम भने त्यो बाटोमा, उस्लाई भेट्ने डर
नहिँडूम त त्यो बाटोमा, त्यतै पर्छ घर Continue reading
~लोप्चन लामा~
बाह्र बर्ष गोली बर्सायो
कलीला हातहरुमा बम -बन्दुक थमायो
गाविसा-चौकी लडायो,टावर-पुल उढायो
भएको संरक्षण भत्कानु-भत्कायो
युवा शक्ती बिदेश भगायो
सिङो देश अन्धकारमा सुतायो Continue reading
~घनश्याम प्याकुरेल~
हिजो जे जे थियो त्यो आज छैन
जस्तो बिहान त्यस्तो साँझ छैन।
आज जे जे छ त्यो हिजो थिएन
बुझ्नुपर्ने कुरा तर याद छैन। Continue reading
~डा. आनन्द जोशी~
हुन त यसपटक पनि
हरियो जीवनका लागि निकै इच्छाहरु
जोगाएर
वसन्त हेर्न आएको छ हामीकहाँ
तर, खेतको माटो अझै बेहोस छ ।
पानी नपाएर
खेतका माटो अझ चिराचिरा परेका छन । Continue reading
~अनन्त निरौला~
तिमीले निष्फिक्री आऊँदा हुन्छ
मैले हारेर पनि जित्न जानेको छु
स्वागत छ तिम्रो निर्दयी बेगलाई,
म त पैले देखि नै यी लामा हरिया घाँसहरु जस्तो
झुकेर लमतन्न परि दि सकेको छु तिम्रो सामु।
स्वागत छ तिम्रो कर्कश प्रबाहलाई, Continue reading
~सोम डेमनडौरा~
नेंढान टर्नि आज पुरा फिटान् बा । डोक्ल्याक डोक्ल्याक न्याँगटा सल् गल्ली । ज्यान कुन्टलसे ढ्यार हुइहिंस् । साँवर, ठुल ढ्यांग, डर लग्टिक अउर छन्डान जिऊ । पच्छिउँसे डौंक्टी आइटा ।
“टेरी गुन्डा सारे । आज टुहिन् चिर्के टोर मुटु कर्जा खैबु आझ । टैं कहाँ जैबे जे । टोर हिम्मट बा महिसे लर्ना । गुण्डा सारे । टुहिं ट बाउँ हाँठ्ले उसार् डारम् । ”
गुन्डा यानिकि नेंढान टर्निक ठर्वा । घरक अक्कल्हे छावा । बिचारक जिउ फे भारि निहुइटिस् । मुस्किलले ४६ किलो हुई । न ड्वांगिल् । खाई निपाइल् हस् बा । नाऊँ केल् गुन्डा । Continue reading
~केडी रेम्नीसीङ~
लेखिएको गजलै हो रहरमा लेखेँहुँला,
ठानीराथेँ आफूले त बहरमा लेखेँहुँला ।
ठूलै मान्छे हुनलाई गाउँबाट हिँडेको म,
लेख्नेजति सबैकुरा शहरमा लेखेँहुँला ।
Continue reading
~रुमन न्यौपाने ‘अमन्त’~
कुलेसो बग्यो
खालि पारेर पानी
अजुँली रित्तै ।
चोखो भो जल
चेपुवा बाट भेल
पिएर लाग्ने । Continue reading
~आचार्य प्रभा~
मेरो मनलाई तड्पाइ तिमीले छली गयौ
मलबिनाको बिरुवाझै ,रुखो बनाइ ढलिगयौ /
बस्छु भन्थ्यौ मेरो मनमा जीवनभरी म सँगै
थाहा नदि सुटुक्क, एक्लो बनाइ चलिगयौ / Continue reading
~भिम बहादुर थापा~
भेलको अनगिन्ती झापड खाए नि
बर्षाको बहुलठ्ठी भोगे नि
मेरो बैखोलोले
मेरो मुरली खोलोले
कहिल्यै बदलाव सोचेन
कहिल्यै बेईमानी गरेन
म त
तिनकै चिसो पानीले पोषिएको मान्छे
शितल छादनमुनि Continue reading
~अमर त्यागी~
नेपाली साहित्यका वर्तमान कालखण्डका कुशल सर्जक बाबुराम लामिछानेको प्रशासनिक र साहित्यिक दुवै व्यक्तित्व सवल र सशक्त रहेको छ । उनी प्रशासक भएर विभिन्न जिल्लामा बस्दा अनुभूत व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनका सत्यतथ्यहरू पाखाको कथासङ्ग्रहमा सहज र सम्प्रेष्यरूपमा उद्घाटित छन् । प्रतिद्वन्द्वीको खोजी (२०५३) कविताकृति र हातभन्दा पर (२०६०) कथा कृतिपछि प्रकाशित कथा सर्जक बाबुराम लामिछानेको पाखाको (२०६६) भित्रका कथाहरू यस्तै खिरिला, भरिला र रसिला छन् । जम्मा एक्काइस थान कथानक भावविम्बहरू रहेको यस कथाकृतिको पहिलो भावविम्ब ‘बाबरीको महक’मा नारी अस्मिताको विज्ञापन, अस्तित्वबोधको पीडा, नारीलाई भोग्या वस्तुको रूपमा प्रयोग, नारी विज्ञापनबाट आर्थिक आर्जन, पतिको निकृष्ट स्वार्थी मनोवृत्ति, नारीप्रतिको भेदभाव र कुदृष्टि एवम् नारी मनोदशाको जिउँदो तस्बिर Continue reading
~बिस्नु प्रवा सापकोटा~
हजुरबाले
गुराँस जस्तो रक्तिम जवानी
राणाका महलहरुको गाह्रो चिन्दै बिताए ।
ओइलिए पछी बैस
कसैले सपना देखाइदियो
अब राज्यमा तिमी जस्ता जनताले
शासन गर्नु पर्छ ।
जाडोले कठाङ्रिएको बिरुवालाई
घामको न्यानो किरणले Continue reading
~अनिल नेम्बाङ~
बेलाबेला दोधारमा पर्छु
फूल माग्दा सोल्टिनीले म दोधारमा परेथेँ-
फूलको थुँगा या फूलको बिरुवा?
दोधारमै बिरुवा दिएथेँ
मानिलिएँ, बिरुवा-
नयाँ हो
सुरुवात हो
जीवन हो
विनिर्माण हो+
टपक्क टिपेको फूलको थुँगामा
सुन्दरता र अर्थ त देखेँ
सँगसँगै निकट अन्त्य पनि
परम्परागत चमेलीको थुँगा दिएर
मारिन मायालू सम्बोधनलाई
थुँगा त भगवानको ठुटाको लागि पो त।
बेलाबेला दोधारमा पर्छु
सानोमा गुरुबाले लक्ष सोध्नुभा’थ्यो-डाक्टर या इन्जिनियर?
परम्परागत उत्तर दिएथेँ- डाक्टर
तर
मलाई बाँस बन्ने मन थियो
कवाडि कागज बन्ने मन थियो
कवाडि बोतल बन्ने मन थियो
थुक्क, मान्छे बनेछु!
अनि त बिकार मात्र छचल्किन्छ
मिठो धुन निकाल्ने बाँसुरी बन्ने थिएँ-बाँस बनेको भए
ताल परे इतिहास बन्ने थिएँ-कवाडि कागज बनेको भए
विष अटाउने सिसी त पक्कै बन्ने थिएँ-कवाडि बोतल बनेको भए।
डाक्टर र इन्जिनियर त मान्छे पो बन्छन।
बेलाबेला दोधारमा पर्छु
फेरी फूल मागे’थिन सोल्टिनीले फुङ्सिङ मेलामा
म दोधारमा परेथें-फुङ दिने या फूल दिने?
मैले धेरै परको फ्लावर दिएथें
फुङ र फूल भन्दा सुन्दर विल्कुल थिएन फ्लावर
मानिलिएं, फ्लावर-
व्यापकता हो
ग्लोबल हो
नयाँ उचाई हो
फैलावट हो
यो भुगोल भन्दा परको भुगोल हो
ढिक्का भुगोल पनि हुन सक्छ
सुन्दरता त सापेक्षित छ।
प्राय दोधारमा पर्छु
हिजो आज पनि एउटा जुरेली झ्यालको सिसामा ठोक्किई बस्छ
झ्यालको पर्दामा पोतिएको लोभ लाग्दो मखमलि फूलले गर्दा
दोधारमा पर्छु- झ्याल खोलिदिउँ या पर्दा हटाइदिउँ?
दोधारैमा झ्यालको पर्दा हटाइदिन्छु
मानिलिन्छु-
पर्दाको फूल एउटा भ्रम हो।
जुरेलीले टेकेको मकैको ढोड एउटा सत्यता हो।
बेलाबेला दोधारमा पर्छु
तर विश्वस्त भएर नयाँ धार कल्पिन्छु।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)
~प्रेम प्रसाद पौडेल~
छन्द : शार्दूलवीक्रीडित
मेरो देश भनी भन्यौ तर अहो देखिन्न राष्ट्रियता
मेची विव्हलमा छ रोदन गरी काली कता हो कता ?
मेरो ठाउँ यहाँ, कहाँ अरु बसे – भन्दै लछारो यहाँ
व्यर्थैमा झगडा परे दिनदिनै देखी रहेछौं जहाँ ।। १
पार्ने रे जगतै चिरा अभयले संघीयको नाममा
कौनै जात अरे त कौन कुन हो – यस्तै कुनै भानमा ।
नेता खण्डित नै हुँदा जगतमा विश्वास घट्दै गए Continue reading