कथा : अम्रपाली

~जीवनकुमार शाक्य~

मेरो कोठाको उत्तरपट्टीको झ्यालको पर्दा खोल्दा स्वयम्भूको दर्शन गर्न पाईन्छ ।यहि मेरो जिन्दगिको सबै भन्दा महत्वपूर्ण दृष्य हो । काठमाण्डौ आएर यो फ्ल्याट किनेर कोठामा पसे देखि तल झरेकोपनि छैन र झर्नु पनि परेको छैन । मेरो स्यानो संसारमा मेरा सहयोगिहरु एकजना बहिनी छन् एउटा दाई छन् तर यि मेरो आमाले जन्माएका होईनन् । मैले कहिले देखि आफ्नो उपनाम आम्रपाली राखेछु भन्ने हेक्का सम्म पनि छैन । मेरो एउटा नियम छ म सित कोहि मोलतोल गर्न आउनु पर्दैन सबै दाईले मिलाउंछन् ।

त्यो दाईको घर कहांहो के जातको हो मैले अहिले सम्म सोधेकि पनि छैन केवल नाम थाहाछ संयोग रे । अनि बहिनीको नाम नम्रता रे उन्को पनि घर र थर केहि सोधेको छैन । नम्रताको काम केवल खाना बनाउनु र घरको सरसफाई गर्नु हो । कहिलेकाहीं मैले पनि सघाउंछु । संयोगदाईलाई एउटा मोबाईलको व्यवस्था Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : एक रात थियो भर्खरकै थियो

~जितेन्द्र वर्देवा~

एक रात थियो भर्खरकै थियो ऊसँग मेरो प्रीत
म मुस्काउदथे उ लजाउदथी त्यो रात नै उजेलो थियो
म छेउ सर्दथे उ पर सर्दथी त्यो भेट नै मौन थियो
एक रात थियो भर्खरकै थियो ऊसँग मेरो प्रीत Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : कपट नीति

~शैलेश आचार्य~

बैष्णवहरुले समेत सघाउने भएपछि उमानाथ “महादेव” बन्ने पक्कापक्की जस्तै भयो । बंशिधर आफ्नो भूमिका नपाएर छटपटाएको थियो । उसका झोले-तुम्बेहरु उत्तिकै चिन्तित थिए । उनिहरु बंशिधरलाई केही गर्न उक्साइरहेका थिए ।

एकदिन बिहानै बंशिधर बिष्णुकहां पुग्यो । संधै बिष्णुको विरोध गर्ने बंशिधर आज स्तुति गर्न लाग्यो । आफू पनि बैष्णव नै भएको र बैष्णवहरुले उमानाथलाई महादेव बनाउन लागेकोमा दुखेसो गर्न थाल्यो । प्रभु! कोहि बैष्णव Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : कौशीको घाम

~शिव अधिकारी~shiva-adhikari

घामलाई काँधमा हालेर
उकालो लागेको पहाड
रातोलाई सिम्रिक देख्छ
लालीगुराँस लालुपातेलाई…
नीलोलाई आकाश
आकाशको छायाँ
आभास
सरोवर
समुद्र समतुल्य
भेट्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सगरमाथा महान हेर

~माधब घिमिरे~Madhav Ghimire

सगरमाथा महान हेर
त्यहाँ नौलो बिहान हेर
सधैँ सधैँ स्वाधीन बन्ने
नेपालीको अडान हेर

धर्ती जहाँ मुस्कुराउँछिन् उघारेर अधर
जहाँ खुल्छ उत्तरमा हिउँचुलीको लहर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो मेरो र हाम्रो देश

~हेम हमाल~

देशमा गुजारा गर्थेँ
त्यो देशलाई आफ्नो निजी सम्पत्ति ठानेर
मैले उल्टाउने, पल्टाउने र च्यात्न थालेँ ।

देश नाङ्गो भए पनि
म कसिकसाउ हुँदै गएँ
कसैको हात पर्ला कि भनेर
चारैतिरबाट समुद्र बिछाएँ
र छालले छेकेँ
यो देशलाई मैले लुकाइराखेको छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : नभनिदेऊ मेरो माया छ भनेर

~बच्चु कैलाश~

नभनिदेऊ मेरो माया छ भनेर
मेरो पनि कोहि यहाँ छ भनेर

मैले हाँस्न खोजें भनें फूल वइलिदिन्छ
मैले बाँच्न खोजें भनें रात फैलिदिन्छ
के गर्नू र मेरो भाग्य मेरो भाग्य यस्तै छ यस्तै छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

Poem : Who Am I ?

~Manish Basistha~

Who am I and where am I from?
Where am I going when I will be gone?
Why was I here and for what reason?
Who was that who had me in vision?

Will I be leading an ordinary life?
Where can I find a real insight? Continue reading →

Posted in Poem | Tagged | Leave a comment

गीत : बिर्सेंको भए बितेका कुरा

~म. बि. बि. शाह~

बिर्सेंको भए बितेका कुरा पापीको मनले
सम्झायो पुरानो माया त्यो चिसो हावाले
लेकाली फूल सितका थोपा फूलका मुनाले
ब्युँझायो होला सुतेको माया बिहानी पखले ।

त्यो मुटु बिच गडेको याद जमेको हिउँले
सम्झायो होला पुरानो माया चर्केको घामले Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेपाली भजन : भक्ती नभइकन

~राममणी रिसाल~

भक्ती नभईकन भजन भएन
भजन बिना त्यो पाउ मिलेन ।।
(पाउ मिलेन)X3

के गरुँ कसरी पार म पाउँ
भगवान तिम्रै नाम पुकारुँ ।। Continue reading →

Posted in नेपाली भजन | Tagged | Leave a comment

कथा : उनको ओठमा नफापेको मुस्कान

~कार्तिकेय घिमिरे~kartikeya ghimire

मेरो उपस्थितिले न उनलाई गलायो न हँसायो नै । हुन त मेरो हैसियत नै के छ र जसले उनलाई हँसाओस् या गलाओस् । म किन आएँ यहाँ थाहा छैन । म किन यहाँबाट जाँदैछु, त्यो पनि थाहा छैन । चारैतिर ‘थाहा छैन’ मडारिएको छ । सब थोक छ यहाँ जुन प्राप्तिको लागि म लहसिएको थिएँ । तर आज ती सब मेरा लागि निरर्थक साबित भएका छन् । मैले सोच्दै नसोचेको वस्तु पाएको थिएँ र आज गुमाएको पनि छु । किशन ! म झस्कन्छु । तन्द्रा भङ्ग हुन्छ । सोच्छु के यो त्यही सानी लीना हो । जसलाई मैले काखमा राखेर खेलाएको थिएँ । काखमा पिसाब गरिदिँदा हप्काएकै भरमा रुवाएको थिएँ या भनौँ रुवाउने गर्थे, तर आज मलाई किन उसको आँखामा आँसु देख्नु हुन्न, मन भक्कानिन्छ । किन उसको प्रस्ताव अस्वीकार्न मन लाग्दैन, किन म आफू रित्तिएर भए पनि उसलाई मुस्कान दिन चाहन्छु, त्यो पनि मलाई थाहा छैन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : जालमा फस्नु न हो

~मोतीराम भट्ट~Motiram Bhatta

यस बखतमा प्रित गर्नु जालमा फस्नु न हो
आशमा पर्नु त चोखो धारमा बस्नु न हो ।।

हेर्दैमा मन पनि हजार टुक्रा भईदिने
शान गर्नु कटारी छातीमा धस्नु न हो ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : धरावासीको ‘आधाबाटो’ हिंडेपछि

~विजय सुब्बा~Book Cover - aadha bato - Krishna Dharabasi

कवि, निवन्धकार, समालोचक र पछिका उपन्यासकार कृष्ण धरावासीको ‘आधाबाटो’ ‘शरणार्थी’ पछिको उपन्यास हो २०५९ सालमा प्रकाशित भएको । उनको ‘शरणार्थी’ उपन्यास चाहिं २०५६ चैत्रमा प्रकाशित भएको थियो । पत्रकारको पनि विशेषण गाँसिएका उनी आफ्ना कलममा कति विश्वस्त रहेछन्, भन्ने कुरा नयाँ उपन्यास (भनिएको) आधाबाटो’ ले प्रष्ट पारेको छ । ‘आधाबाटो’ उपन्यासको नाममा निक्लेको छ । यसलाई कसैले धरावासीको ‘शरणार्थी’ले दिएको उँचाइ घटाउने पुस्तक भने, कसैले यो मात्र जीवनी हो भने मात्र आत्मवृत्तान्त । तर म धरावासीको भनाइमा सहमत छु त्यो पनि शत प्रतिशत । ‘आधाबाटो’लाई उपन्यास भन्दा केही बिग्रँदैन। स्थापित व्यक्तित्वहरूले चाहिं जे लेख्यो त्यही प्रयोगको नाममा मान पाउने अनि साना तिनाले गर्दा अप्रयोग हुने Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : तार हौ कि तिमी

~छविलाल कोपिला~chhabilal-kopila

गीत उन्ने सारंगीको तार हौ कि तिमी
थाहा छैना खुकुरीको धार हौ कि तिमी

राती फुल्ने कमल हौ, तिमी फूल रानी
थाहा छैन पोखरीको झार हौ कि तिमी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

केस्रा : क्रान्ति

~रुमानी राई~rumani-rai

क्रान्तिकारी गीत अब गाइदैन
मर्ने वा मार्ने कसम खाइदैन

आफ्नै दाजुभाइको हत्या गरेर
रातो रगतको टिका लाईदैन Continue reading →

Posted in केस्रा | Tagged | Leave a comment

संस्मरण : हिस्सीदार मुहार

~निर्मोही व्यास~Nirmohi Vyas

यो २०६८ सालको कार्त्तिक महिना हो । अस्ति भदौको ४ गतेदेखि उमेरको साठीऔँ खुड्किलो उक्लिसकेको छु म । केही दिनअघि प्रज्ञाको सभाकक्षमा आयोजित एउटा साहित्यिक कार्यक्रममा निम्त्याइएर गएको बेला कार्यक्रमको समापनपछि बाहिर लबीमा खाजा खान लाग्दा पहिले अन्त कतै पनि नदेखे-नभेटेकी एउटी सम्मोहक रूप र जीउडालकी किशोरी झुलुक्क देखा परिन् । त्यसरी अचानक उनलाई त्यहाँ देखेपछि एकछिन म टोलाएर हेरेकोहेर्‍यै भएँ र आफ्नो किशोरकालीन प्रारम्भिक दिनको एउटा प्रसङ्ग झल्झली झल्किन थाल्यो मेरो स्मृतिको रङ्गीन पर्दामा सवाक् चलचित्र भएर । अनि त ओहो ! कस्तो काटीकुटी मिल्ती हँ ! भन्ने हर्षर विष्मयमिश्रति सुरम्य अनुभूतिको कञ्चन तलाउमा डुबुल्की मार्दै त्यहाँ उभिएको उभियै सुदूर अतीतको सुमधुर यात्रामा राम्रैगरी हराउन पुगेँ म केही बेर Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

छोक : गुलाफको अभिमान

~कृष्ण वस्ती~Krishna Wasti_1

घामले दिएको न्यानो ओढ्यो,
हावाले पठाएको शीतलता टेक्यो,
र Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पौराणिक बाल कथा : बिकाल राक्षस र बाँदर

~उमाशङ्कर द्विवेदी~

कुनै नगरमा भद्रसेन नाम गरेका एउटा राजा बस्दथे । उनकी रत्नवती नाम गरेकी सम्पूर्ण लक्षणले युक्त एउटी सुन्दरी कन्या थिइन्, जसलाई एउटा राक्षसले हरण गर्न चाहन्थ्यो । रात्रिको समयमा त्यो राक्षस राजकुमारीको खोपीमा पसेर नानाथरी उत्पात मचाउँथ्यो तर तन्त्रमन्त्रद्वारा रक्षित रहेकी कन्यालाई राक्षसले आफूखुशी हरण गर्न सकिरहेको थिएन । राजकुमारीले त्यस राक्षसलाई प्रत्यक्षरूपले हेर्न नसके पनि खोपीमा राक्षसको उपस्थितिलाई अपरोक्षरूपमा महसुस गर्दथिइन् ।

यस्तै क्रमले दिनहरू व्यतित हुँदै थियो । एक रात्रि त्यो राक्षस खोपीमा आएर एउटा कुनामा लुकेर बस्यो । उसको उपस्थितिको आभास पाएर राजकुमारीले आफ्नी सखीसित भनिन्,“हे सखी, हेर एउटा बिकाल Continue reading →

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

मुक्तक : पत्त्यायौ

~चित्र लक्ष्मी~chitra-bahadur-chaudhari-laxmi

पत्त्यायौ,भातले नपत्त्याएको भातेलाई
पत्त्यायौ,सडकले लत्त्याएको खातेलाई
सधैं अनुत्तरित रह्यो Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : संयोग होइन मिल्न गए यो कथा

Chandrabir Tumbapo~चन्द्रवीर तुम्वापो~

थपक्कै फक्रन्थ्यो सामूहिक पकन्दीका
शिरबन्दी जस्ता घाम–जून
लब्रेडाँडाको ठिक्क निधारमाथि
र फूल्थे आशाका रङ्गी–चङ्गी किरण
मनहरूको कान्ला–कान्ला
बग्थ्यो लगातार
उत्साहको संगीत– सिवाखोला।

आकाश ओर्लेर बास बस्न आइपुग्थ्यो आँगनमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : सिफलमा छुटेका धर्मबुबा

~विप्लप प्रतीक~biplav-prateek

बिछडिएकालाई अचानक भेट्नु वा विगतलाई सम्झनाका मयूर प्वाँखले ओल्टाउँदै-पल्टाउँदै आँखा चिम्लेर अतीतको शयर गर्नुमध्ये कुन आनन्ददायी होला ? यो सवाल मनमा आएका कारण के छ भने यतिखेर दुवै खालका आनन्दका रसायन बग्दा छन्, मेरा तन्तुहरूमा । समयको सुरुङमा सम्झनाको सुरेली खेल्दै जाँदा म त्यहाँ पुग्छु, जहाँ बाल्यकालका मधुर स्मृति छन् । केही स्थिर र केही सिनेमाका रलिजस्तै चलायमान छविहरू सम्झनाका रजतपटमा सलबलाएका छन् ।

समीरा दिदी सम्झनामा हुनुहुन्छ अहिले । बालखैमा उहाँ र हामी छुटेका थियौँ । कहिलेकाहीँ सम्झनामा बाहेक उहाँसँग कहिल्यै पनि सशरीर भेट भएको छैन । त्यस्तो मान्छेसँग करबि साढे चार दशकपछि अचानक फोनमा भेट भयो, त्यो पनि अमेरकिामा ! बिलकुल सन् ‘७० को दशकका हिन्दी सिनेमामा मेलामा छुटेकाहरू भेटिएझैँ । यो अनौठो संयोग थियो र यतिखेर उहाँ मेरो सम्झनामा आउने कारण पनि त्यही हो । कल्पनाभन्दा Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : प्रिय कलाकार

~केशव शिलवाल~keshab-silwal

कलाकार साथी !
मेरो पनि एउटा चित्र बनाऊ
भोकले दोब्रिएको मेरो पेट
कस्तो देखिन्छ ?
मूर्त छ या अमूर्त ?
तेलचित्र
बनाउँछौ या रेखाचित्र ?
तिम्रो चित्रमा
उज्यालोको परिभाषा के Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : लय

~अमर गिरी ~amar-giri

एक लय छ नदीहरूसँग
वृक्षहरूसँग एक लय छ

हावालाई अँगालो हालेर
शारदीय घाममा
नाचिरहेका धानका बाला
प्रचण्ड घामले
बनाएका घाउहरूलाई सुमसुम्याउँदै
फक्रिरहेका गुलाफ
पुसको चिसोमा
खोरिया खनिरहेका किसान Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : कोही शहीद, कसैको सिउँदो रङ्गिदै

~रोहित शाही~

हातमा बाँधेको साइको फाइभ घडि हेरेँ, समय घर्किदो थियो । सर्ट आर्इसाइटको पावरले घनिभूत मेरा आँखाहरु पर परसम्म कसैलाई खोजिरहेका थिए । पर टाढैबाट एयरपोर्ट जाने बस ृई ३४े आउँदै थियो, यता मेरो मन छटपटाइरहेको थियो । म कसै गरिकन पनि यो बस मिस गर्न सक्दिनथेँ । काममा सँधै समयमै हाजीर हुने मेरो गत पाँच वर्ष देखिको रेकर्डलाई कत्ति पनि खराब गर्न चाहँदिनथेँ तर के आज मैले मेरो त्यो रेकर्डलाई खल्बलाइदिऊँ त ?आखिर किन ? मेरै मन भित्रबाट कसैले मलाई जिस्काउँदै सोधिरहेको थियो । अँ हँ, कसै गरिकन पनि यो बस मिस गर्नु हुँदैन । ‘दयाटस् इट’ १ अन्तरमनको लडाइँ निष्कर्षमा नपुग्दै बस आइपुग्यो । अब भने मेरा आँखा मेरैवरपर डुल्न पुगे तर यसपालि पनि मेरा आँखाहरु निराश भए । यस्तै Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : समयसँग युद्ध

~ठाकुर वेलबासे~Thakur Belbase

बिहानीसँगसँगै
उदाएका हजारौं सूर्यहरू
कहाँ हराउँदै छन्
कहाँ हराउँदै छन्
सपनाका लाखौँ ताराहरू
किन आकाश यसरी रित्तो बन्दैछ ?

आआफ्ना गीत गाउँदै
चराका बथानहरू एकसाथ उड्न सक्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देश

~तिर्थ प्रसाइ ‘अभिनव’~Tirtha Prasai 'Abhinav'

हिजो आज,
मेरो ड्युटी पर्या छ
मेरी स्टोप्सको छेउछाउ तिर
बिषाद आँखाभरी बोकेर
त्यहाँ आँउँछन
टाइट जिन्समा
कुमारीहरु,
अनी
एक घण्टा पछी निस्कन्छन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गधा जीवनको मुक्तिमार्ग

~मनु लोहरुङ राई~Manu Lohorung Rai

रहरमा बाँच्नु पर्थ्यो जीवन-
जिउनुलाई अल्झेको उझिन्डो बाध्यता-
परान राख्न डाँडाल्नु भरी
तरान छेस्को बोकेर “गधा”जीवन।
अनमोल पसिनाका थोपाहरु
बिनामोल बगेका छन्।

आँशुका नहरहरु मिसिएर…..
नियतीको चुटाईले “गधा” Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटो र बाङ्गा गोरेटाहरू

~वैरागी जेठा~bairagi-jetha

मुढेको चिसोहावा पिउँदै
घुट घुट
बाटो रबाङ्गा गोरेटाहरूमा
म गुडिरहेछु
लाली गुँरास तपतप झार्छ आँसु
चिमाल शिर झुकाउँछ
साहित्यिक उत्सर्जनमा
म र मेरा सहयात्रिहरू
अँधेरी जङ्गलहरूमा
जोखिम समाएर
पानी अमलाझैँ हाँसेर
बाटो र बाङ्गा गोरेटाहरू ओर्लिरहेछौँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हॉस्न मनाही छ

~बलराम तिमिल्सिना~Balaram Timilsina

भो नहॉस चुपलाग अरुलाई हॉस्न देऊ
किन नाच्न तम्सिएको अरुलाई नॉच्न देऊ
हॉसे पनि आधि हॉस एउटा ओठ नफुकाऊ
नॉचे पनि हल्का नॉच दुवै खुट्टा नचलाऊ

अरु हॉस्या देख्नै हुन्न हॉस्न अघि सऱ्या किन ?
कोही नाच्या देख्नै हुन्न नॉचौं नॉचौं गऱ्या किन ?
हॉसे पनि मुख छोपी हॉस भन्या सुन्यौ न र ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : विसर्जित प्रेम

~सुरेश गिरी~Suresh Giri

आज पनि पटक्कै निन्द्रा परेन अह ३ घण्टा अगाडी बाट सुत्ने कोशिश आज पनि खेर गयो । उठेर सलाई कोरे अनि सल्काए उही सुर्तिले भरिएको सेतो खोल रुपी कागज । आत्मियता प्रेमले मात्र झल्काउदैन कहिलेकाही शाब्दिक बिनाशता पनि आत्मियताको परिभाषा बन्न जादो रहेछ जस्तो कि अहिले मैले सल्काई रहेको चुरोट जुन उसको समाप्तीमा पनि मेरो आत्मीय बन्दैछ , दुइ औला बीच च्यापिएर ।

साथहरु पनि तानेर फ्यालिएको चुरोटको धुवा जस्तै रहेछन फोक्सोमा पुगुन्जेल असिम आनन्द दिएझै भान गराउने अनि फोक्सो बाट बाहिर निस्कियपछी क्यान्सर प्रजातिको उल्लास मनाउने । एउटा चुरोट पुरै सकिदा पनि निन्द्रा लागेन सायद निन्द्रा कतै भागेको छ तिम्रो याद जस्तै मेरो मनमा समय संग जोडिएका तिम्रो तस्बिर Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सम्हालेकि छु

~उर्मिला थपलिया~Urmila Thapaliya

उस्ले छोडेर गएका
सबै सबै कुरा मैले सम्हालेकि छु
गोठभित्रका गाइबस्तु सम्हालेकि छु
घर भित्रका बा आमा सम्हालेकि छु
लालाबाला सम्हालेकि छु
तर पनि
ढिकिमा चामल सरि कुटीन्छ यो मन
कहिले हाडीमा मकै सरि भुटीन्छ यो मन
अति भए आँखा बाट अश्रुधारा खसाउदै
खोला सरि हुनहुनाउदै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : गन्तब्यहिन यात्रा

~रामजी बलामी~Ramji Balami

“ प्यारी त्यसरी पिर नगर्नु दुई वर्षमा त फर्किहाल्छु नि त्यसपछि ल्याएको केही कमाईले बावुलाई पनि राम्रै स्कुलमा पढाउँला ।” रमेश हिड्ने दिनको अघिल्लो राती सुत्ने बेलामा आँसु पुछ्दै आफुलाई काखमा राख्दै भनेका यि वाक्य अन्जुको मनमा अहिले पनि ताजै छ ।

रमेशको यस्तो भावी योजना र एक प्रकारको लोभले उनको मन फुरुङ्ग भएको थियो । एक्कासी छोराको भावी उज्यालो जीवनको सपना देखेकी थिइन त्यो दिन उनले । रातभर आफ्नो जिवनसंगीसंग भावी जीवनका मिठा मिठा रुपरेखा कोरेर खाडी पसेका थिए रमेश । तर सोचे जस्तो कहां सरल थियो र खाडी जीवन । मरुभूमिमा गोरुजोताईसरहको काम र खल्खल्ती बगेको पसिनाले घरको झल्झल्ती याद आउथ्यो उसलाई याद आएर के गर्नु आफ्नो छोराको भविष्य र जीवनसंगीसँग बाँडेका सपनाहरु जसरी नि पुरा गर्नुछ उसलाई । नयाँ घर बनाउने आमावुवाको सपना साकार पार्ने र एउटा छोरालाई राम्रो स्कुलमा पढाउने रहर थियो उसको । तर ति रहरहरु रहरमै सिमित हुन बाध्य भयो । धेरै दिन टिक्न सकेन उनीहरुले बुनेका ति सपना र रहरहरु । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment