कविता : देश

~तिर्थ प्रसाइ ‘अभिनव’~Tirtha Prasai 'Abhinav'

हिजो आज,
मेरो ड्युटी पर्या छ
मेरी स्टोप्सको छेउछाउ तिर
बिषाद आँखाभरी बोकेर
त्यहाँ आँउँछन
टाइट जिन्समा
कुमारीहरु,
अनी
एक घण्टा पछी निस्कन्छन
रुग्ण अनुहार लिएर
उनी हरुको आँखामा
बाँच्नुको सन्त्राश
झुन्डिएको हुन्छ

म
त्यहाँ देश पढ्दैछु
बाहिर
तिनिहरुलाई
पर्खिरहेका हुन्छन
खिईएका युवकहरु
“काम सकियो?”
बिरामी स्वरमा
उत्तर आउँछ–
सकियो तर साह्रै दुख्यो।

अब
सेफ्टी प्रयोग गर्नु पर्छ जानू!
ऊ भन्छ,
मेरो अनुहार भरी
सल्बलाउंछन
देश, असुरक्षा
र फालिएका भ्रुणहरु
चिथोरिएका ममताहरु

आजकाल
म
देश पढिरहेछु
गम्भिर भएर–
अनी
देख्छु– देशलाई
कन्डोम चाहिएको छ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.