~बिमल गिरी~
कस्तो सम्योग जुरो आज भेटभो तिमीसँग
दुई आँखाको मिलनसङै मन भयो उमङग
पिडादयी नहोस् यात्रा गन्तब्यमा पुग्नलाई
जिबन हाम्रो बिम्ब बनोस जुन ताराले थाहा नपाई Continue reading
~बिमल गिरी~
कस्तो सम्योग जुरो आज भेटभो तिमीसँग
दुई आँखाको मिलनसङै मन भयो उमङग
पिडादयी नहोस् यात्रा गन्तब्यमा पुग्नलाई
जिबन हाम्रो बिम्ब बनोस जुन ताराले थाहा नपाई Continue reading
~बि. टि. छेत्री~
सपनिमा किन खोज्नू बिपनिमै तर्कनेले
आलोघाउ देख्दा देख्दै नूनचूक छर्कनेले
नजरको जालहानी मधहोस पारिहाल्यौ
सफाईपो किन दिनू एक्लोपारी फर्कनेले Continue reading
~धनबहादुर खड्का~
हाम्रो भेट चार वर्षअघि भएको थियो। ऊ मोडलिङको सानदार दुनियाँमा पाइला सार्दै थिई, म पत्रकारितामा बामे सर्दै थिएँ। शुक्रवार निस्कने एक श्यामश्वेत साप्ताहिकको अन्तिम पृष्ठमा ‘फरक पाटो’ भन्ने कोलममा नवप्रवेशी मोडल/गायिकाको अन्तर्वार्ता लिन्थेँ म। यसैमा छापिदिन उसैको गाउँको मेरो साथीले चिनाएको थियो। त्यो दिन बागबजारको एउटा क्याफेमा मम खाँदै गर्दा त्यो साथीले भनेको थियो, ‘ओई, पत्रकार यसको इन्टरभ्यू छाप् न।’ के भनेर छाप्ने? ‘मोडल हो नि। अस्ति भर्खर याक एन्ड यतिमा भएको फेशन शोमा हिँडेकी थिई,’ उसले भन्यो। अनुहार ठीकै थियो, तर जिउडाल चाहिँ असाध्यै मिलेको थियो। गजबको थियो बान्की। मैले अन्तर्वार्ता गर्ने मोडलले कम्तीमा दुइटासम्म म्युजिक भिडियोमा अभिनय गरेको हुनैपर्थ्याे। त्यसैले म सरी भनेर पन्छिएँ। Continue reading
‘बुबा’, चिया लिस्योस् ।
‘मम्मीहजुर’ लाई पनि बोलाइस्योस् । चिया सेलाउला । म जान्छु ।
सन्तुमायाको दैनिकी हो यो । जाडो होस् वा गर्मी । शिशिर होस् वा बसन्त । बाह्रै महिना बाह्रै काल बिहान चार बजे उठिसकेकी हुन्छिन् उनी । घरको बढारकुँढार, लिपपोत लगायत सबै काम सकेर बिहान छ बजे ओछ्यानमा चिया पुगिसक्नु पर्ने । दस वर्षकी कलिली केटी । आमाले सानैमा बिदा लिइन् । घर व्यवहार धात्रेनिहुँमा बाबुले सौतेनी आमा जुटाइदिए । दिदीबहिनी, दाजुभाइको सङ्ख्या पनि चलनचल्तीको भन्दा Continue reading
“वा हेर त !” उसकी छोरीले फेरि हात देखाई।रेखाहरु काला,धुस्रेमुस्रे, भविष्य नै कालो जस्तो,हत्केला चिरा परेका!
“के हेर्नु ?” उसले हातमा खासै चासो देखाएन।
“मेरो हात नी ! भाँडा माँझ्दा माँझ्दा यस्तो भइसक्यो !”
“विहे गरे पछी राख्छ नी तँलाई राजकुमारी वनार तेरो लोग्नेले !” उसले आँगनको कुनामा खैनी पिच्च थुक्यो। कुखुराको सुली र खैनी उस्तै उस्तै देखियो आँगनको कुनामा! उसको जीवन नै त त्यहि सुली र खैनीमा अड्किएको छ।एउटाले उसको जिव्रोलाई चलाउँछ एउटाले उसको जीवनलाई! Continue reading
~निश्चल काउचा~
चरम बलत्कारको शिकार भई
अर्धचेतन अवस्था लडिरहेको सडक
टायरको कालो मुस्लो धुँवातिर हेर्दै
बर्बराएको सुनिन्छ ।
ए मुर्खहरू !
आफ्नै सन्ततीको भबिष्य किन अन्धाकार बनाउदैछौ ?
बलत्कारीहरू सगरमाथा शिर चुमे सरि
अट्टाहास हाँसो हाँस्दैछन । Continue reading
~रामचन्द्र कार्की~
काँडा बन चाहे तिमी, फूल बनि बास्ना देउ,
पर पर सर्यौ तिमी, किन आउथ्यौ मेरो छेउ ।
डाँडाकाँडा पहाड पर्वत, स्वर्गरुपी संसारमा,
मेरो माया थन्काई दियौ, धुरी चुहिने धन्सारमा ।
जति अग्लो बन्छु भन्छ, हेर बाँस निउरी राछ,
राख्छु भन्थ्यो शीरमा फूल, तर काँडा सिउरी राछ । Continue reading
~कुन्दन काफ्ले~
लेखेर त्यो प्रेम पत्र, कति पटक काटें होला ।
देखेर ती निश्चल आँखा, कति पटक ढाँटे होला ।
नढाँट्नु ढाँटे मैले आफैंलाई पटक–पटक ।
मनलाई आश्वासन मीठो कति पटक बाँटें होला ।
सफलता मिल्नु पर्छ, तिमीलाई फेरी पनि । Continue reading
~हरि अधिकारी~
“पाखाको” जस्तो अनौठो तर अनाकर्षक नाम दिइएको कथासंग्रहका लेखक बाबुराम लामिछाने (जन्म विसं २००९) समसामयिक नेपाली कथाकारहरूमध्ये तुलनात्मक रूपमा कम चर्चित र समीक्षकहरूको दृष्टिबाट प्रायशः ओझेल परेका कथाकार हुन् । भित्री मधेसमा जन्मिएका र सरकारी कर्मचारीका हैसियतले जीवनको अधिकांश समय राजधानीबाहिर बिताएका लामिछानेले साहित्यसेवालाई मौन साधनाका रूपमा लिएको देखिन्छ । स्वान्त सुखायः आख्यानको दुनियाँमा रमाएका लामिछानेले विगत तीन-चार दशकदेखि निरन्तर सिर्जनारत रहेर नेपाली साहित्यको श्रीवृद्धिमा योगदान गरेका छन् । आलोचक-समालोचक, पुरस्कार गुठीहरूका कर्ताधर्ता वा साहित्यका विद्यार्थीहरूका नजरमा त्यति गहिरोसँग चढ्न नसके पनि आफ्नो रचनात्मक सामर्थ्यका बलमा बाबुरामले आख्यानको उपविधा कथाको क्ष्ाेत्रमा सार्थक उपस्थिति जनाएका Continue reading
~शर्मिला खड्का दाहाल~
प्रेम शक्तिको निकास बन्छ । प्रेम बहाव हो । सिर्जनात्मक हो प्रेम । त्यसैले ऊ बहन्छ र तृप्ति ल्याउँछ । त्यो तृप्ति यौनको तृप्तिभन्दा अधिक धेरै मूल्यवान र गहिरो हुन्छ । जसलाई त्यो तृप्ति मिल्यो ऊ फेरि पत्थर खोज्दैन, जसलाई हीरा जवाहरात प्राप्त हुनसक्छ । – आचार्य रजनीश
हृदयमा प्रेमको ताजमहल थियो । प्रेम नै नभए कसरी ताजमहल बन्दथ्यो होइन र ? वरिपरि प्रेमको सुगन्धसहित ताजमहलको सौन्दर्य मगमगाइरहेको थियो । म सोही सुगन्ध लिएर तिम्रो सामु उपस्थित थिएँ । म प्रेषित गर्न चाहन्थे तिमीलाई मेरो ताजमहलको सौन्दर्य । तर त्योभन्दा पहिलो तिम्रा गहिरा के बोलुँला के बोलुँलाझैँ गर्ने आँखाहरूको परिभाषा बुझन् चाहन्थेँ म । म प्रतीक्षारत थिएँ । धेरै बेर बाटो हेरेँ, ती एक जोर Continue reading
~सुस्मिता नेपाल~
कहिलेकाहीँ दुःख पर्दा म बेस्सरी आत्तिने गर्छु । मनभित्र अनगिन्ती कुराहरूले किचेको अनुभव गर्ने गर्छु । संसार नै अन्धकार हुँदै गएको देख्न थाल्छु । मनभित्र अनगिन्ती तरङ्गहरू फैलिन थाल्छन् । कहिले बाहिर कहिले भित्र गर्न थाल्छु । केही गरे पनि मन शान्त नभएपछि घरको बरण्डामा गएर बस्छु । वरिपरिका वातावरणको अनुहार हेर्दा हेर्दै कतिबेला कतिबेला बाहिरी वातावरणले मेरो मन रमाउन थाल्छ । आफ्नो मन देखेर आफै छक्क पर्न थाल्छु ।
अस्तिको दिनमात्र आँधीहुरी र वषर्ाले वातावरण अस्तव्यस्त पारेको थियो । फुलेका फूलहरू भुइँभरि छरिएका थिए । फूलको हाँगाबाट आफू छुटिएर भुइँमा अलपत्र परेकोमा दुःखी भएका थिए । आँधीहुरी र वषर्ाले रूखहरूमाथि दुःख प्रहार गरेको थियो । चट्याङले पनि नमिठो थप्पड हानेको थियो । असिनाले रूखका हाँगाहरूका पातहरूलाई अलग्ग पनि पारिदिएको थियो । रूखका हातहरू भएर फैलिएका हाँगाहरू पनि नमज्जाले भाँचिदिएको थियो । कठै ! कति दुःखको सामना गर्नु परेको थियो यी रूखहरूले Continue reading
~आर आर छुछुनर~
मेरो कक्षामा मात्रै होइन, मेरो विद्यालयमा नै सबैभन्दा खत्तम विद्यार्थी भनेर शिक्षकहरूले मेरो प्रशंसा गर्नुहुन्थ्यो । एउटी शिक्षिकाले मेरो कक्षामा क, ख, ग, घ पढाउँदै गर्दा ‘राम्री म’ भनेर विद्यार्थीलाई घोकाउँदा मैले ‘नराम्रो म’ भनेर जोडले चिच्याउँदा गालामा चड्कन–चिउरा खाएर मेरो अनुहार हनुमानजस्तो सुन्निएको मलाई राम्ररी सम्झना छ । कोही साँच्चिकै सुन्दर शिक्षिकाले आपूmलाई ‘राम्री म’ भनेर सत्य कुरा बोल्दा सबै शिक्षिकहरूले नै भन्ने गरेकोजस्तो ‘नराम्रो म’ भनेर बोल्दा गोदाइ खानुपरेको घटनाले पढाइप्रति म झन् ‘जस्तो थिएँ, त्यस्तै भएँ ।’
अरूलाई सबैले सोध्थे– तिम्रो कुन विषय कमजोर छ ? त्यही बेला मलाई सोधिन्थ्यो– तिम्रो कुन विषय राम्रो छ ? म पनि त्यत्तिकै बाठो मान्छे । कसैले मलाई धेरै सोधेर दुःख देला भनेर जुन विषयको प्रश्न ग¥यो, त्यो Continue reading
~अशोक ‘खलानको मान्छे’~
तिमी नभयर पनी त घाम झुल्कन्छ पाहाडबाट
मेरो माया घामको पाईला संगै खोजी हिड्छ बिहानी बट
तिमी नभएर पनि, Continue reading
~कात्यायन~
– “काँधमा थप जिम्मेवारी !”
– कुनै एक-दिन सर्वदलीय सभामा हामीहरू सहभागी भएकाथियौं | थुप्रै साथीहरू आ-आफ्नै मोबाईलका खेलमा व्यस्त थिए | मेरो एकजना मित्र पनि फेस-बुकको एउटा खेलमा सम्मिलित थियो | खेलको नाम थियो, – “तपाईंको फोटो नेपाली राष्ट्रिय दैनिकको मुख्यपृष्ठमा”|
– “काँधमा थप जिम्मेवारी” सहितको उसको सुन्दरफोटो एउटा राष्ट्रिय दैनिक पत्रिकाको मुख्यपृष्ठमा अंकित थियो | साथी पुलकित थियो | मनमनै मोबाईल र फेस-बुकप्रति आभार व्यक्त गरिरहेको आभास हुन्थ्यो ! Continue reading
~दिलिप योन्जन~
हिडेर कहिले, छुइएन छितिज, यात्रा भो अधुरो
आसाको दियो, आँसुले भिज्दा, भै गयो मधुरो।
भाग्यमा नभै, खोजेर मात्रै, पाइएन केही पनी
आखाको सामु, पराए भयो, चाहेको माया नि Continue reading
~मसान उपासक~
जानु अघि शहरतिर
हेर्नु —आमाको पुरानो मजेत्रो
भन्नु —अर्को साल फेरौाला
सुन्नु—बाबाको युगौादेखिको सपना
सम्झाउनु—अव नयाा सपना देख्नुपर्छ
नविर्सने गरी हेर्नु —आफ्नो दौतरी अनुहार
देखाउनु—देब्रे गालाको खत
अलिकति याद छाड्नु यतैकतै
भन्दिनु फूलमायालाई त्यही यादले बाच्नु पर्छ । Continue reading
~दिवाकर स्वप्नील~
भाग्दैछु पर__तिमीदेखी!
पाउँछु तिमीभित्रै आफुलाइ ।
मायावी जालले पछ्याइरहन्छ निरन्तर।
म भित्र तिमी छौ या तिमीभित्र म ?
म उही दोधारमा पल्टिरहेँ-
तिमी र कविता ?
पहिल्याउँदै तिम्रो आत्माको मार्ग
विचरण गर्दै मनको भित्तामा
तिम्रो मनकै परिभाषा कोरेँ ।
अपूर्ण__अपूर्ण ! Continue reading
~श्यामसुन्दर अग्रवाल~
अनाथ केटाको दूधजस्तो उज्यालो कपडातर्फ ध्यान दिंदै जग्गुले सोध्यो– “तँ विद्यालय जान्छस् ?”
“अँ, अनाथालयका सबै बच्चाहरू जान्छन् ।”
“ठूलो भाग्यमानी छस् ?” जग्गुले अनाथ केटालाई कृपादृष्टिले हेर्दै भन्यो । Continue reading
~मीरा प्रसाईं~
अनुज शैलीका धुन रच्न अनि गीतमा संगीत भर्न हप्ताको सातै दिन जसो ब्यस्त हुन्छु । आजको शनिबार भने शारीरिक र मानसिक थकानलाई तङ्ग्र्याउने उदेश्यका साथ बडो मुस्किलले समय मिलाएको थिए ।
ब्यस्तताको बाबजुद थकित र गलित भए पनि साझमा पशुपति परिसरको चक्कर लगाए पछि मात्र मेरो मनमा शान्तिको शङ्खघोस हुन्छ । आज पनि साबिक जस्तै पशुपतिवाट फर्कदै थिए । पुसको कठ्याग्रीदो जाडो शुरु भै सकेको छ । साझको एस्तै सात बजेको हुनु पर्छ झलमल्ल बिजुलि बत्तिको रंगीचंगी उज्यालोले काठमान्डु शहर धपक्कै बलेको थियो । ” बिबाह पछि नब दुलहिको अनुहार सिन्दुर र पोतेको चमकले धपक्कै भएको जस्तो ।” अनायासै एक अधबैसे आइमाइ टोलाइ रहेको देखे मृगस्थलिको सुनसान गल्लीमा । उनि अर्ध मुर्च्छित झै देखिन्थिन देख्ने जो सुकैले सहजै अनुमान लगाउन सक्थे । लाग्थ्यो , यो बाटो हुँदै को आयो को गयो केही थाहा पाएकी छैनन र समय पन्क्षी सरि भुरुरुरु…. उडेको सत्यतासङग पनि बेखबर Continue reading
~श्रीराम अधिकारि~
कस्तो लाछी पानी मरुवा बुढो पाईछु नि दैब, केही गर्ने हुती छैन, आँट छैन साहास छैन छि! यस्तो नामर्दले किन बिहे गरेको होला मलाई, घर परिवारको सानो सानो ईक्ष्या पनि पुरा गर्न नसक्ने ।
पार्बती एकोहोरो सरापी रहन्छिन, मोहनले पार्वतीको सबै कुरा सुनिरहेको हुन्छ, श्रीमतिले भनेका कुराहरुलाई उस्ले सुने नसुने झै गर्छ । आखिर उस्ले कोशीस नगरेको पनि त हैन, ग्राजुएट सम्मको अध्ययन सकेको मोहनले जागिर खानको लागि के मात्रा गरेन, कहाँ मात्र गएन र ? बिना भन्सुन र बिना घुस आफ्नै योग्यता र खुबीले जागिर खानुपर्छ भन्ने मान्यता राख्छ उ ।
पार्वतीको एकोहोरो टोकसोले मोहन गहिरो चिन्तनमा पुग्छ, न त कसैको आशा न भरो Continue reading
~बिना थिङ तामाङ~
अनन्त उसले त्यो क्रुर मान्छेलाई घरमा ल्यायो ।पछिल्लो केहि दिनदेखिको मेरो अनुरोधलाई आज उसले स्वीकारेको छ ।अनि म बडो सतर्कताका साथ क्रुर मान्छेको हातभरि पिपलका दाना पाके झै पाकेका घाउहरु सफा गर्दैछु । यति साबधानीका साथ कि कतै मैले प्रयोग गरेको कपासले पनि उसलाई नदुखोस ।
मेरो सारा ध्यान उसलाई सञ्चो पार्नेतिर छ ।शुन्यतालाई चिर्दै उसको मुखबाट निस्किएको सिकसिकाहट कोठाभरि गुञ्जयमान हुन्छ।सायद पीडा अत्यधिक बढेर गएको छ। आँखाहरु कहिलेकाँहि उसको आँखामा गएर ठोकिन्छ । म देख्छु उ एकतमासले मलाई हेरिरहेछ् हातहरु जबरजस्ती बाँध्न खोज्छ ।सायद यतिबेला त्यो क्रुर मान्छे जिब्रो चलाउन नसके पनि म संग क्षमायाचना गर्न हातहरु जोड्न चाहन्छ। आत्मग्लानीले होला आँखाहरु भरिएछन् । कस्तरी डढेछ् अनुहार त पुरै कोईला जस्तै देखिएछ Continue reading
~दिनेस काफ्ले~
म फेरी आलुको नालिबेली खोज्न चाहिन । एस क साखा सन्तान सात पुस्ता को बारेमा कि त उनै भैरे गलत भैरब आर्यल नै जान्लान कि त भाशाशास्त्री म त एती मात्र जानेको छु कि खादा मा मिठो हेर्दा मा राम्रो किन्न मा सस्तो आलुको आलुबादलाई अगाली ति अरु के के हुन बाद हरु अ मास्क्बाद लेलिनबाद हैद्राबाद माओबादलाई छोडौ ।
यि त सबै बाजेको चीया पसलमा पुसको मुटु थर थर्ती काम्ने जाडोमा खेतमा बाली नालीको काम नहुँदा लडौनी फुस्रा चिल्ला गफबाजी मात्र हो ।आज कल यडाँकादा आफु लाई कलेज मा पढ्एको भनिइ ठान्नी अत्तर छर्की पन्च ज्ञानिन्द्री इस्नान गरी जुल्फे पारामा हीड्नी ठीटा हरु आफु लाई मन पर्नी प्रेमेका लाई प्रस्ताब राक्न डराइ आइ लभ यु भन्न सीदा भन्न नसकेर आलु को बीउ भन्न समेत Continue reading
~दीपक राज~
सत्य युगमा एक दिन शनी महाराज र लक्ष्मी को बिच मा को ठुलो भन्नेबिबाद परेछ यसको टुङो लगाउन महादेव थिम पुगेछन महादेब ले कस्लाई ठुलो भनौ एक लाई ठुलो भनौत अर्कोरिसाउने फलानो ठुलो भन्न भन्दा अन्तै पठाइदिय बेस सम्झेर महादेव ले नारद मुनी कहाँ पठाएछन ।
महादेव लाई जस्तै नारद्लाई नि फ Continue reading
~पार्वती शाही~
चकमन्न रातको अँध्यारो साम्राज्य बीच, सुनसान समयमा म एकाएक झसङ्ग ब्युझिएँ । स्मृतिपटलको ढोका अनयासै खुल्न पुग्छ । एकाएक सम्झनाको हुरिले बिगतको धमिलिएको एल्बमलाइ पल्टाई दिन्छ । म बाध्य हुन्छु ।
एल्बमका चहकिला तस्बिर नियाल्न । हो, चाँदनी ! धेरै पछि आज, यो मध्ये रातमा मक्किएको बिगतबाट मुर्झाई सकेको अतितलाई हुकाई रहेकोेछु । निभि सकेको सलेदोमा फेरी बल्झाईको तेल थपेर सल्काईरहेको छु । खाटा बसी सकेको घाउँबाट फेरी सम्झनाका पाप्रा उब्काउँदै छु म । मलाई सबै थाहा छ ।
तर …..तर जानि जानिकन पनि किन ? निको हुन थालेको घाउँलाई कोट्याउने प्रयास गर्दैछु । अस्तिसम्म त्यहि Continue reading
~रञ्जुश्री पराजुली~
म आमाबुबाकी मायालु छोरी थिएँ। त्यसैले उनीहरूले मेरो नाम माया राखेका रहेछन्। गाउँमा जन्मिएर मेरो घरमा धनको छेलोखेलो नभए पनि प्रेमको अभाव थिएन। मभन्दा दुई वर्ष जेठा मेरा दाजुको नाम पनि प्रेम नै राखेका रहेछन् उनीहरूले। माया र प्रेमको बाललीलामा डुबुल्की लगाउँदै हामीलाई हरहालतमा स्वस्थ र सक्षम बनाउने चेतना उनीहरूमा थियो।
नाम्ले गाउँमा हाम्रो सानो घर थियो। आँगन वरिपरि हाँस-कुखुरा चर्थे। बाख्रा-पाठा र एउटा दुहुनु गाईले गोठको शोभा बढाएको थियो। गाई-बाख्राको दूध खाएर हामी हुर्किएका थियौं। गाउँमा पाठशाला थियो। हामी दाजु-बहिनी पनि पाठशाला जान्थ्यौं। गाउँका अल्लारे केटाहरूको संगतले दाजु बरालिन थाल्यो। भेट्टाएसम्म घरका सामान पनि बेचेर साथीहरूसँग मस्ती गर्ने लत उसमा बस्यो। छोरा Continue reading
~सुरज सोडारी~
हेडलाईनमा उत्तिकै महत्वको
गर्व गरिरहेका हुन्छन जब
छुट्टा-छुट्टै दुई समचारहरु
१. “अन्तरमहादिपिया ब्यालेस्टिक मिसाइल परिक्षाण” र
२.” जाजरकोटमा सिटामोलको अभाब”
यस्तो लाग्छ ,
नांग्लो ठटाएर लुतो निबारणको
उत्तेजना सुसेल्ने मान्छे हामी
कतै युगले धिकारिरहेको त छैन??
सोच्छु, Continue reading
~सरोजकुमार अर्याल~
भन्छन यो एउटा शक्ति हो। जो भीडमा पनि एक्लिन सक्छन्, म पनि त्यस्तै भएकी छु तर त्यो ममा पलाएको कुनै शक्ति होइन। त्यो त एउटा रोग हो, एक्लोपनको।
घरी घरी कान छेउबाट गोली हावा चलाउँदै जाँदा झस्कन्छु। बस त्यत्ती हो म जिउँदै छु भन्ने सबुत।
“प्रतीमा” कसैले मलाई ठुलो आवाज निकालेर चिच्याउदै झड्कालेर पाखुरा स Continue reading
~चट्याङ मास्टर~
संविधान X १ = संविधान
संविधान X २ = अन्तरिम संविधान
संविधान X ३ = मस्यौदा नयाँ संविधान
संविधान X ४ = सहमतीय नयाँ नेपालको संविधान
संविधान X ५ = बहुमतीय गणतान्त्रिक पहिचान सहितको संविधान Continue reading
~आचार्य प्रभा~
चन्द्रमाको
आभासँग कल्पनाको
चुम्बन साट्दै
तिर्खालु ती अधरहरु
तृप्त बन्छन्
र टोल्हाउँछन्
आफैभित्र
मदमस्त भएर। Continue reading
~प्रकाश सुनुवार ‘निराकार’~
सुन्दर आदिम बस्तीहरुमा
विष बोकेर केहि सर्पहरु पसे
तिनीहरुले बस्तीहरुको
घाँसपातहरुलाई छोए – घाँसपातहरु मरे
माटोलाई टेके – माटो पनि म¥यो
हावालाई चलाउ – हावा पनि दुषित भयो
वचेखुचेका वनजंगल, माटो, हावालाई पनि कब्जा गरे
आप्mनो अधिनमा पारे
नोकर÷दास बनाए
बस्तीको सुन्दरतालाई तहसनहस वनाए Continue reading
~मीना बज्राचार्य~
मेरो सानो फूलबारी
नजिकै छ घरबारी
फूलहरू छन् थरीथरी
फूलका रंग कति थरी
पुतली र भमराहरू Continue reading
~भूधरा उपाध्याय~
– श्यामले संसद बैठकमा धेरैजसो सांसदहरु हाई गर्दै निदाएको देख्यो।
– त्यसको केही दिनपछि सांसदहरुको तलब बढेको Continue reading