समीक्षा : मोरङ जिल्लाको सङ्क्षिप्त साहित्यिक परिचय

~विवश पोखरेल~

मोरङ जिल्ला राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक औधोगिक क्षेत्रमा मात्र नभएर भाषा साहित्य र कला संस्कृतिका क्षेत्रमा पनि समृद्ध जिल्ला हो । जसले एउटा आफ्नो बेग्लै अस्तित्व र गरिमा बोकेको छ ।

विशेषतः आजको मेरो विषय मोरङ जिल्लाको सङ्क्षिप्त परिचय प्रस्तुत गर्ने रहेकाले म संङ्क्षिप्त रूपमा भाषा र साहित्यको क्षेत्रमा मोरङको योगदानबारे यहाँहरूसमक्ष यो सानो आलेख प्रस्तुत गर्ने अनुमति माग्दछु ।

मलाई थाहा छ ,समयको व्यस्तता, अप्राप्य सामग्री र आफ्नो सीमित अध्ययन र अल्पज्ञानका कारणले गर्दा यो आलेख पूर्ण छैन, म मात्र आफ्नो जिम्मेवारी पूरा गर्न उभिएको छु । यो अपूर्ण भए तापनि मेरा अग्रजहरूका सल्लाह सुझावअनुसार यसलाई शंसोधन र परिमार्जन गर्ने वचनबद्धता पनि व्यक्त गर्दछु । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

लघुकथा : असल मान्छे

~रन्जु ‘मार्ग’~ranju-acharya-marga

+’तिमी के खोजिरहेका छौ ?’

-‘एउटा मान्छे |’

+’कस्तो मान्छे ?’

-‘असल मान्छे |’

+’कस्तो असल मान्छे ?’ Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : सत्ता

~दिनेश अधिकारी~Dinesh Adhikari

जसरी पनि
जालन्धरलाई मार्नैपर्ने
उद्देश्यमा समर्पित छ विष्णु
र, उसका लागि ठूलो चुनौती
बृन्दाको निष्ठा भएको छ ।

शक्तिले नसकेपछि
षड्यन्त्रमा ओर्लन्छ देउता पनि
विष्णु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : गुरु र विद्यार्थीका कथा

~सङ्गीत आयाम~Sangeet Aayam

हेर्नुहोस् न, आजभोलि आफ्ना कतिपय विद्यार्थीहरू सर्पकै रूप धारण गरेका कारणले गुरुहरू अत्यन्तै चिन्तित हु“दै गएका छन् । निश्चित रूपमा तपाई पनि कतै न कतै कतिपय विद्यार्थीहरूका गुरु हुनुहुन्छ । तपाईको त हक नै छ कि आफ्ना विद्यार्थीहरू गलत बाटोमा लागे भने उनीहरूलाई अनुशासन र आचरणको पाठ पढाएर सही मार्ग देखाउने । तपाईस“ग त अधिकार नै हुन्छ कि आफ्ना विद्यार्थीहरू बिग्रिए, भत्किए भने उनीहरूलाई सक्दो मेहनत गरेर सकारात्मक सोचको विकास गराउने । सत्य र न्यायका लागि आफ्ना विद्यार्थीहरूलाई लड्न सिकाउने तपाईको कर्तव्यमाथि कसैले हस्तक्षेप ग¥यो भने त्यो तपाईलाई कहिल्यै सह्य हु“दैन नै, हुन्छ त ? तपाई त स्वतन्त्रताका लागि पनि लड्नुहुन्छ Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गीत : कहाँ पोखूँ बह मनको

~रवि प्राञ्जल~Ravi Pranjal

मसँग छैन रातो गुलाब
June 23, 2015 at 8:08pm
-गजल-

मसँग छैन रातो गुलाब, भीरमा फुलेको फूल छ एउटा ।
सहेर आँधी-हुरी-बतास, पीरमा फुलेको फूल छ एउटा ।

म साँझ कुर्छु र रात कुर्छु, म जून हेर्छु र दाग पढ्छु,
छ दिलमा काँढा गडेको एउटा,शिरमा फुलेको फूल छ एउटा ।

दुस्वप्न भन्थेँ सुस्वप्न रैछ, सुस्वप्न ठान्थेँ दुश्वप्न रैछ,
सकिन झीरमा यो मुटु उन्न,झीरमा फुलेको फूल छ एउटा ।

नमाग प्रिय ! मसँग केही, बाँकी छ यही आँसु अमूल्य,
कहिल्यै नसुक्ने यी अश्रुदहका तीरमा फुलेको फूल छ एउटा ।

-रवि प्राञ्जल
८ असार २०७२,काठमाडौँ ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : नयाँ नेपाल

~शुभ श्री~

साथी हो हेर देउरालीमा
बिकास पलाउदै छ आज
एका बिहानै देखी यहाँ
मान्छेहरुको चहलपहल छ
वेल्दिङको झिल्का सँगै
केही अनुहारहरु अथक प्रयासमा
एउता सन्केत कोर्दै छन। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जोखीम

~नोवल निरौला~Nobal Niraula

तिर्न रिन लागेका, बस्न आफ्नै घरमा
पढाउन वालवच्चा, चलाउन जिवनमा
लागेथें म विदेश, कमाउन भनेर
वोकेका ति सपना, पुर्याउन भनेर

गार्हो भयो खाडिमा, मरुभुमी गन्हायो
पड्क्यो वम ईराकमा, छाति मेरो चर्कियो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हेरिएर गयो

~दीपक बस्याल~Deepak Basyal 'Dinbandhu'

सुन्दर बदन हेरिएर गयो
हेर्दा हेर्दै मन फेरिएर गयो

न तनले आट्यो, न मनले ढाट्यो
यौबन बिछयौनामा बेरिएर गयो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मलाई खाम चाहियो…

~नाइलु क्याबचा~

सुखको नाममा
अर्काको दास्वत्तो बोकेको हैन
दु:खै भए पनि मलाई
स्वाभिमानी काम चहियो,
परिवर्तनको नाममा
टुक्रा टुक्रा परेको हैन
मज्बुद बिसाल मलाई
सिङो नेपाल नाम चहियो ।

राडी र पाखिमा कती आनन्द छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : यो हाम्रो कस्तो मिलन हो

~धनेन्द्र विमल~dhanendra-bimal

यो हाम्रो कस्तो मिलन हो
शून्यताको जहाँ बास छ
केवल खुल्दुलीको खाली ढुकढुकीको
सानो सानो मिठो धुन छ

लाग्छ अब रात नढले हुन्थ्यो
तिम्रो मेरो साथ नछुट्टिए हुन्थ्यो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

यौनकथा : अर्को संसार

~श्रीरामसिंह वस्नेत~

चिठ्ठी पढेपछि दीपक छाँगोबाट खसेजस्तो भयो । उसले कहिल्यै पनि कल्पना समेत गरेको थिएन, यस्तो पनि हुनसक्ला भनेर । विवाह गरेर यस घरमा भित्रिएकी लगत्तैदेखि नै उसकी दुलही विपुलाको व्यवहार उसलाई केही अस्वाभाविक लाग्न थालेको थियो । ऊ आफ्नी नवविवाहिता दुलहीसँग जति नजिक हुन चाहन्थ्यो, विपुला भने त्यति नै टाढा हुन खोज्थी । सुहागरातमा उसले विपुलालाई अँगालोमा कसेर चुम्वन गर्न खोज्यो । तर विपुलाले मुख बिगारी, मुन्टो फर्काइ दिई ।

दीपकले कुनै पुस्तकमा ‘सुहागरातमा नव विवाहित दुलही नौलो परिवेशमा आएको कारण अप्ठ्यारो महसुस गरिरहेकी हुन्छे, त्यसैले पत्नीको सहमती छैन भने सुहागरातमै जवर्जस्ती यौन सम्पर्क राख्दा पछिसम्म नराम्रो असर पर्नसक्छ’ भन्ने कुरा पढेको सम्झ्यो । त्यसैले उसले जोड गर्न उचित ठानेन । विवाहको लठारोले वास्तवमा ऊ पनि थाकेको थियो । त्यसैले सुत्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो भय

~प्रकाश प्रधान~

त्यत्रो बलिदान, उपादान र अभयदानपछि
त्यत्रो हर्षोल्लास समारोहबीच
सबै मिली बालेको दिव्यज्योति फहराएको विजय पताका
त्यो महायज्ञको पुर्वाङ्गमा नै
साङ्गे नहुँदै निभ्ने ढल्ने त होइन कतै भन्ने डरले
मलाई किन हो अचेल सताइरहन्छ
यो डरबिना कारणको नहोला
दैनिकी काम चलाउन पूजा प्रसादको बेला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पगरी पागल

~कुन्दन काफ्ले~

रोगी भएँ मानसिक, हेला कति गर्दछौ ।
म पनि त मान्छे नै हुँँ, आँखा कति तर्दछौ ।
दृष्टि तिम्रो बुझाई हो, पागल भनी जो भन्दछ ।
भेदभाव र घृणाले, मान्छे पागल बन्दछ ।

कुण्ठाहरुले मन मेरो त भित्र भित्रै गलेछ पो ।
संकाको आगोले त मनकै लंका जलेछ पो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्दुक

~बिमल गुरुङ~bimal-gurung

बन्दुक के हो, अच्या …
म थुक्छु लाखौं लाख थुक
बेकार छ तिमीहरुको बन्दुक
बन्दुक … ?!
आच्या …
बज्र !
ओईरेऊ ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सालिक र देश

~निश्चल काउचा~Nischal Kaucha

चकमन्न अध्याँरोमा चित्-चित् एकोहोरो छेपारोको कराई
हाम्रो बज्यै भन्नु हुन्थ्यो
जव रातमा छेपारोलाई जाडो हुन्छ
बिहान भयो भने म घर बनाउछु भन्दै कराउछ रे
जव बिहान हुन्छ
न्यानो घाम लाग्छ
चेपारो पारिलो घाममा भुसुक्क निदाउछ
फेरी उही कथा दोहोरिन्छ
आजकल मलाई
नेपाली नेता र छेपारोको कथा उस्तै लाग्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अभियान

~टंक सम्वाहाम्फे~Tanka Samwahangfe

हामी अहिले अभियानमा छौ
कसैलाई थाहा होला
कसैलाई थाहा नहोला
के कस्तो अभियानमा छु होला भनेर
तर उ अभियानमा सम्मिलित भैसकेको हुन्छ
वास्तवमा अभियान
संकल्पको यात्रा हो
विश्वासकोगोरेटो हो
कसैले नगरेको हुन सक्छ संकल्प
कसैले नवुझेको हुनसक्छ दायित्व Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हुन नसक्ने कुरा

~प्रणिका कोयु~pranika-koyu

सादा कागजमा
तिम्रो नाम लेखें धेरै चोटी
मायाले लेखें
रीसमा लेखें
खुशि-दु:खमा लेखें
आशा-निराशा दुवैमा लेखें
लेखिरहें यसरी मैले धेरैचोटी सादा कागजमा तिम्रो नाम!

आकाशका सबै रंग
घामका सबै ताप Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रणय अनुराग

~हुसैन खाँ~hussain-khan

रमाएछ आँखा नयाँ कल्पनामा
रसाएछ छाती नयाँ भावनामा ।
सधैँ याद आयौ तिमी सम्झनामा
दिलै यो लगाई बसेँ साधनामा ।।

मनै भो विभोरै ऋतूराज आए
र नाङ्गा रुखैले नयाँ वस्त्र पाए ।
हँसाई–नचाई गरे मारुनीझैँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : स्वर हराएका भजन शिरोमणी – भक्तराज

~टीका भण्डारी~Tika Bhandari

जति चोट दिन्छौ देउ मायालु मुटु भित्र साँचेर राख्ने छु
जति आँशु दिन्छौ देउ मायालु दुई आँखाबाट झार्नेछु

यस्तै मानबिय संवेदनाका गीत गाउने लाखौँका प्रिय गायक हुन् भजन शिरोमणि भक्तराज आचार्य । यो उनकै कालजयी गीत हो जुन आज पनि उत्तिकै श्रोताको अनुरोधमा बज्ने गर्छ रेडियोहरुबाट । तर यस्ता कालजयी र अजम्बरी गीत गाउने ति गायक यसबेला कहाँ छन्, कसरि दिन बिताउँदैछन् भन्ने कुरा शायदै धेरैको जानकारी भन्दा बाहिर छ । उनि गुपचुप एकान्तमा छन् । उनको गायन शक्ती नै कसैले खोसेको छ, उनको अजर अमर जिब्रो नै कसैले लुछेको छ । उनले जीवनमा न कुनै गल्ति गरेकाहुन्, न अपराध, केवल राष्ट्रलाई सयौं बर्ष पुग्ने आधुनिक, भजन, स्वदेशगानहरु गाएका हुन् , त्यतिनै सफल संगीतहरु पनि गरेका हुन् । त्यसकै राप ता Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कविता : हाँसेर बाँच हाँसेर मर….

~दिलिप योन्जन~Dilip Yonjan

खुशीमा बाँच
हजारौ हजार शतब्दी
समानता र स्वतन्त्रमा
अन्याय र रुढिबादको बिरोधमा
उन्नति र प्रगतिको किरण छर्दै
बाँच्न त बाँच सधै हाँसेर
स्वार्थमा ढेश डुबाएर नबाँच Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : नेपालीका पहिलो जातीय कवि भानुभक्त

~डा. खगेन्द्रप्रसाद लुइटेल~Dr. Khagendra Prasad Luitel

नेपालीका आदिकविका रूपमा परिचित भानुभक्त नेपालका राष्ट्रिय विभूति पनि हुन् । द्विशतवार्षिकी मनाइसकिएका भानुभक्तलाई कुनै व्यक्ति, जात र धर्मविशेषमा सीमित नगराई समग्र नेपाली जातिका धरोहरका रूपमा लिनुपर्छ र उनलाई सीमित परिवेशमा खुम्च्याएर वैयक्तिक स्वार्थपूर्तिको साधन बनाउने प्रयत्न गरी उनको महिमा घटाउने काम गर्नु हुन्न । नेपालमा भानुभक्तलाई सीमित व्यक्तिहरूले सीमित परिवेशमा खुम्च्याउने प्रयत्न गरेका कारण भानुभक्तको महिमा नेपालभित्रभन्दा नेपालबाहिर बढी देखिन्छ । नेपालबाहिर भारतका विभिन्न ठाउ“मा मात्र नभई अमेरिकालगायतका मुलुकमा भानुभक्तका सालिक स्थापना गरी उनीप्रति सम्मानभाव दर्साइएको छ । भानुभक्त आचार्यको द्विशतवार्षिकीका अवसरमा अमेरिकाको वासिङ्टन डिसीमा भानुभक्तका सालिकको अनावरण यसै पङ्क्तिकारसमेतबाट भएको हो । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : के गर्नु ?

~विक्रम तिमिल्सिना~Bikram Timilsina

नचाहिने नाताहरू गाँसिन्छन् के गर्नु ?
बनाउँथेँ ताजमहल भासिन्छन् के गर्नु ?

मनभित्र सजिएका मनमै मर्दा रै’छन्
आफ्नै मनले नखाएका टाँसिन्छन् के गर्नु ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : रातो रानी फुले झैं साँझमा

~शम्भुजित बास्कोटा~shambhujit-baskota

रातो रानी फुले झैं साँझमा
तिमी भुल्यौ कलेजी माझमा
मनको रहर
कान्छीलाई घुमाउने काठमाण्डौं शहर

सिंदुर दिउँला पोते दिउँला मनै भाकेर
चन्द्र जस्तो तिम्रो मुहार दिलमा राखेर
म त आएँ मायालाई सम्झेर Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : लाल ख्वामित्

~निभा शाह~Nibha Shah

लाल ख्वामित महाराजकी
जय होस्, ख्वामित !

लाल ख्वामित !
तिमीलाई देवता बनाउन
थुप्रै लाल ‘सीता’हरू जले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सागरको भुमरी

~हिरण्यकुमारी पाठक~hiranya-kumari-pathak

आज धेरै समयपछि फेरि अतीतको पाना पल्टाउन मन लागिरहेछ । सान्फ्रान्सिस्कोको गोल्डेनब्रिजमा उभिँदा मलाई मेरा विगतका भयलाग्दा दृश्यहरूले पछ्यारहेछन् । ती कहालीलाग्दा घटनाहरू र अप्रत्याशित दुर्घटनाले मेरो जीवन छिन्नभिन्न कसरी बनाइदियो ।अकाल्पनिक भुमरीमा म कसरी फँसे, आफैँलाई विश्वास लाग्दैन । कहिले म ती दिनहरूको सम्झनालाई हुरी भएर पन्छाइदिन खोज्छु भने कहिले म ती तीता सपनाझैँ मेटी दिन चाहन्छु तर पनि बारम्बार उदासी-उदासी पलहरूमा मलाई तिनै सम्झनाले पछ्याइरहन्छन् । चिमोटिरहन्छन् । सायद म त्यसबाट मुक्ति पाउन्न सकिन होला । मेरो जीवनको एउटा पाटोझैँ ती भयावह दृश्यहरूले मलाई कहिले पनि छाड्दैन होला । म जति उसबा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : विजय

~डा. सरोज धिताल~

होला त भनी मैले तिम्रो कुरा सुनेँ
मेरो हीरो !
मिल्काएँ आफ्ना आग्रहहरू
र, तिमीले दिएको झेला भिरेँ ।

झेलामा एउटा कलम थियो
र, थियो एउटा बन्दुक
तिमीले भन्यौ
“कलमलाई हतियार बनाउ र, संहार गर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कुलुङ भाषी कविता : नेपालमी ङाली फात्तोलो

~केडी रेम्नीसीङ~

इनीक नीङदोङ फाइम
मिनारी दाचाम
चाक्चाकुरपी,
सोलु महाकुलुङमी पिल्मो
संखुसभामी छिङ्खा,
भोजपुरपाक कुलुङ,
सुनसरीम देवीगाउँ, Continue reading →

Posted in कुलुङ कविता | Tagged , , | 1 Comment

बाल गीत : माटो कति राम्रो ?

~दैवज्ञराज न्यौपाने~daibgya-raj-neupane

सुन राम्रो, चाँदी राम्रो, मोती झनै राम्रो
सबैभन्दा राम्रो धर्ती माटो कति राम्रो ?

सुन दिन्न खान मलाई चाँदी खान दिन्न
तिर्खा लाग्दा प्यँनु हुन्न मोती खान हुन्न
किन चाहियो बाबा, मलाई ? लोभ लाग्ने बानी Continue reading →

Posted in बाल गीत | Tagged | Leave a comment

बाल कथा : गलैँचाबाट फर्किएपछिको खुशी

~रामकुमार एलन~

म¥याङकोट गाउँका दुई बालक पराङ र कुन्साङ घरबाट भागेर काठमाडौं गए । उनीहरु गाउँकै स्कुलमा कक्षा ४ र ५ मा पढ्दै थिए । एकदिन गाउँमा आएका नयाँ मानिसले उनीहरुलाई फकाए । गाउँमा प्राथमिक तहको पढाईपछि थप पढ्न विद्यालय थिएन । आमाबाबुले पढाउन सक्ने अवस्था थिएन । त्यसैले तिमीहरु गोठालो लाग्ने र खेतिपातीमा लाग्ने त हो नि भनेर उनीले फकाएपछि दुई बालकको कलिलो मनमा त्यस्तै कुरा पस्यो । उनीहरु बरु अहिले नै पढाइ छाड्न तयार हुने कुरामा पुगे । उनीहरुले यो कुरा घरमा भनेका थिएनन् । ती मान्छेको कुरा सुनेर उनीहरु काठमाडौंमा गलैँचा बुन्न जाने कुरामा तयार भए । गलैँचा बुन्दा महिनामा पाँच हजार रुपियाँ भन्दा बढी कमाइ हुने भएकाले बरु केही रकम आमाबाबुलाई पठाउन पाए भागेर गए पनि रिस मर्छ भनेर उनीहरुलाई गलैँचामा जान फकाउनेले उक्साए । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कार्यपत्र : समकालीन नेपाली कथामा सांस्कृतिक चेतना

~पुरूषोत्तम सुवेदी~

सार

नेपाली आख्यानका कथा, नाटक र उपन्यासमा नेपाली संस्कृतिका अनेक पक्षहरूको रचनात्मक आरोपण गरिएको छ । भाषा, भेषभुषा, खाना, गीतसङ्गीत र नृत्य र पेशाका अनेक भँगालामा बाँडिएको नेपाली समाज यही विविधताबाट शक्ति प्राप्त गरेर राष्ट्रिय मूलधारमा हेलिएको छ । यस सन्दर्भमा संस्कृतिको अर्थ, आख्यानमा यसको चेतनाको प्रयोग र प्रभाव जस्ता विषयको साथसाथै प्रगतिशील संस्कृति, साइबर संस्कृति, कृषि संस्कृति, छुवाछुत र दलित संस्कृति जनजातीय तथा क्षेत्रीय संस्कृति, नारीवादी संस्कृति आदि संस्कृतिका सङ्केतहरू नेपाली आख्यानमा कसरी प्रयोग गरिएका छन् तथा मूलभूत रचनाकारहरूको रचनाबारे पनि संक्षिप्त प्रकाश पारिएको छ । सांस्कृतिक चेतना र समकालीन नेपाली कथाको मूल्यको पहिचान गर्दै समकालीन आख्यानको महत्त्वपूर्ण घटकको रूपमा संस्कृतिले स्थान बनाएको र कतिपय अवस्थामा संस्कृति राजनीति पनि हुन पुगेको निष्कर्ष निकालिएको छ । Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

सुनुवार भाषी कविता : दारशो मुरके हारशो लोः

~चेरेहामसो क्याबा~

दारशो मुरके हारशो लोः
खाइमि हिँअसि खारशो लो
नेल आन नोफामि मारिअबा Continue reading →

Posted in सुनुवार कविता | Tagged | Leave a comment

कविता : स्वदेशलाई सन्देश…

~सोम खनाल~som-khanal

शीखरै फुल्ने त्यो मेरो नेपाल, गुराँश थुंगाको
कस्तुरी डुल्ने ती डाडा पाखा, चप्लेटी ढुंगाको
स्म्रीती मीठो आतैमा बोकी छोडेर आको छु
मुटुमा रोपी देशको माया गोडेर आको छु ।

थाहा छ मलाई के फुल्छ सधै पाहाडी पाखामा
बिरह बनी के बग्छ सधै रसीला आखामा
म टाढा हुन्न ती आखाबाट ओझेल परेर
फर्केर आउछु म हैन गा’को बसाई सरेर । Continue reading →

Posted in कविता | Tagged | Leave a comment