कविता : बत्ती निभेको साँझ

~गोविन्द गिरी प्रेरणा~

बत्ती निभेको साँझ !
आफ्नो बचेरालाई
सर्पले आहारा बनाएर
रित्तो पारेको गुँडमा
टामाटुमी परेका
ढुक्कुरका जोडीको
उदास आँखाजस्तो
बत्ती निभेको साँझ ।

गाउँदा गाउँदैको गीत Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सर्वत्र चर्चा छ यो

~वामदेव पण्डित~

सारा यो वर्तमानको विषय ती लेखेर के साध्य छ ।।
नेताबाट बनेर वाक्क दुनियाँ अर्कै दिशा ढल्दछ ।।१।।

पाखण्डी गतिले अगाडि बढने नेता भएको हुँदा ।
पक्कै आउँछ दुर्दशा अब भनी थाहा सबै पाउँदा ।।२।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : गुरुपूर्णिमा

~रामचन्द्र खतिवडा~ramchandra-khatiwada

धेरै वर्षअगाडि म बद्री गुरुको छात्र थिएँ । उहाँ राम्रो पढाउनुहुन्थ्यो र विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप गराएर पुरस्कारसमेत दिनुहुन्थ्यो । एक दिन उहाँले कक्षामा ‘फूल मैले रोपे हुन्छ’ भन्ने शीर्षकमा कविता लेख्न दिनुभयो । सबै विद्यार्थीले कविता लेख्यौँ । ती कवितामध्ये उहाँलाई मेरो कविता मन परेछ र उहाँले मलाई कलम पुरस्कार दिनुभयो । उहाँले गरेको त्यस मूल्याङ्कनलाई मैले कहिल्यै बिर्सिनँ । आज बीस वर्ष भयो बद्री गुरु र मेरो भेट नभएको । सोचेँ, आज गुरुपूर्णिमा हो, बद्री Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : गाँउको कुरा

~प्रवीण खालिङ~prabin-khaling

अचेल गाँउ भुसुक्कै निदाइ पठाउँछ
झिसमिसेमा उठ्ने बानी हरायो गाँउमा
भालेको डाकमा उठ्ने क्रम टुट्दैछ
अचेल गाँउ नारा र झण्डा बोकेर शहरतिर कुद्दै छ।

***

अबेरसम्म सुत्छ गाँउ
शीताम्मे गोरेटो भएर एका बिहानै शहर पस्छ गाँउ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खगेन्द्र संग्रौलाको काँध

~विनोदविक्रम केसी~Binod Bikram KC

यो देशको ठूलो लेखक
बुढेसकालमा
किन उठ्छ बिहान चार बजे
किन बागी मजदुरी गर्छ किबोर्डमा
र, पहरो फोर्छ अखबारमा?

इतिहासले सुम्पेको
के त्यस्तो अभिभारा छ
उसको काँधमा?

देशमा अचेल बदनाम छ Continue reading →

Posted in कविता | Tagged | 1 Comment

कथा : पेट्रोल पम्पमा बसेको ‘पिरती’ छुट्यो तेल भर्ने बेलामा

~मिलन तिमिल्सिना~Milan Timilsina

३२ लटको बाइक, शुक्रबार तेल भर्ने पालो । बिहीबार पालो हुनेहरुले मंगलबार नै लाइनमा राखेका थिए । आफूले नि यसो नगरे पेट्रोल नपाउने डर । त्यसैले बिहीबार अफिसबाट फर्कने बेला सरोज सिधै पेट्रोलपम्पतिर लाग्यो । पम्पमा आजै पालो भएका बाइकले तेल भर्न पाएका छैनन् । सडकको वल्लो छेउमा आज पालो हुनेको लाइन, पल्लो छेउमा भोलि पालो हुनेको लाइन । घण्टौं लाइनमा बसेर बल्लतल्ल तेल भर्न पाएकाहरु युद्ध जिते झैं गरी फर्किंदैछन् ।

‘हेलो अँ भरें, अब फर्किंदैछु, खाना थोरै बनाउ, फर्किंदा एक किलो लड्डु ल्याउँछु’ पेट्रोल भरेर फर्कन लागेका एकजनाले मोबाइलमा कुरा गरेको सरोजले सुन्यो । ‘मैले पनि भोलि तेल भरेपछि फर्किंदा यसैगरी लड्डु लैजानुपर्ला’ सरोजले मनमनै सोच्यो र पल्लो पट्टिको लाइनको पछिल्लो छेउ खोज्न अघि बढ्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : विनाशकारी होइन कल्याणकारी हुनुपर्छ

~प्रमोद स्नेही~

अब तैँले अरुको आलोचना खेप्ने होइन,
सबैको समर्थन जुटाउनु पर्छ
सदभाव बटुल्नु पर्छ
हो,
तेरो निधारमा लागेको कलंकको टीका
आजैबाट तैँले मेट्नुपर्छ ।

तेरो केन्द्रविन्दु गरिबको झुपडीमा होइन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : भोट हालौँ

~डा. लेख निरौला~Dr Lekh Niraula

छन्द : झ्याउरे

चुनावी नारा सबैका प्यारा सपना बुनेका
भविष्य राम्रो नेपाली हाम्रो भनेझैँ चुनेका ।
गीतका भाका चुनावीताका सुनेरै जुरुक्क …
मानिस मन जाग्दो छ अहो ! उमङ्ग फुरुक्क ।।

माइक सुन्ने को छैन यहाँ निकै नै घन्किन्छ
तालीको पालि आएछ क्यार पटट्ट पट्किन्छ ।
परेको पानी रोकिन्न उस्तै बाटो नै हिलो छ Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : छोरासँगको भेट

~घनश्याम ढकाल~ghanashyam-dhakal

भविसराले गह्रौँ मनले हिसाब गरी । अविरल घर नआएको पनि पूरा एक वर्ष भइसकेछ । सामान्य घटना हुन्थ्यो भने उहिल्यै विस्मृतिको गर्भमा बिलाइसक्ने थियो होला तर उसको जीवनमा यो असामान्य मोडको आरम्भ थियो । पुत्र र पतिको मृत्यु वियोगको घाउ निको नभए पनि कालक्रमले पुरानो हुँदै गएको थियो । कुनै घटना यस्तो पनि हुँदो रहेछ, जुन पुरानो हुनुसट्टा प्रतिदिन नयाँ हुँदै जाँदोरहेछ । भविसरालाई यस्तै भइरहेको थियो । बिर्सन असम्भव थियो । त्यसैले केवल सम्झने सम्झनाका तरेलीहरूको रास लगाएकी छे उसले । जिन्दगीको यस्तो अवस्थामा पु¥याएको थियो, जहाँ उभिएर उसले युद्धरत पुत्रको प्रतीक्षा गर्दै थिई । युद्धसँग जोडिएको अविरलको पुनरागमन त्यति सहज र सरल भने थिएन ।

छ महिनाअगाडि आमाछोराको भेट भएको थियो बिच बाटोमा । देखादेख भएको मात्र भने हुन्थ्यो । लामो बातचित केही हुन पाएन । सुखदुःखका गन्थन र घरव्यवहारका कुराहरू त्यत्तिकै थाती रहे । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : काँडाहरू बाटो छेक्छन्

~निर्मोही व्यास~Nirmohi Vyas

आँखाहरू रातदिन हजूरकै स्वप्न देख्छन्
नजिकिन पाउ चाल्दा काँडाहरू बाटो छेक्छन्

एकान्त यो दुख्छ मलाई भीड झनै साह्रो दुख्छ
आँसु लुक्छ हाँस्दा–बोल्दा मन हजूर कहाँ लुक्छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : एक्लो जीवन

~खिमानन्द पोखरेल~khimananda-pokharel_1

एक्लो जीवनमा
बाँच्नेहरूको
निराशालाई हेरेँ
मलिन अनुहारका
परेलीहरूलाई हेरेँ
परेलीभित्र छरिएका
प्रतिविम्बित आकृतिहरूलाई हेरेँ
आकृतिभित्र छरिएका
छायाँहरूलाई हेरेँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : चाकु

~सुधा रिसाल शर्मा~

माघे संक्रान्ति आउन केही दिन मात्र बाँकी थियो । सख्खरको मगमग बास्नाले सुरी बिरालोको मन नै थामिएन । ऊ लुसुक्क बूढी बज्यैको भान्छा कोठामा पस्यो । वरिपरि हे¥यो । काँहाबाट यस्तरी मीठो बास्ना चलेको होला भन्दै खोज्न थाल्यो । त्यत्तिकैमा उसले एउटा ठूलो थालमा केही कुरा देख्यो । ऊ बिस्तारै थाल नजिक गयो । हात थालमा हाल्यो र खानेकुरा निकाल्न खोज्यो ।

खानेकुरा त हातमा आएन बरु सुरीको हात नै खानेकुरामा टाँसियो । एकै छिन अगाडि मात्र घरकी बू्ढी बज्यैले चाकु बनाउन सख्खर र पानी पकाएर बाक्लो पाग बनाएर थालमा खनाएकी थिइन् । त्यही बाक्लो पागमा Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : न सम्झुँ भन्छु तिमीलाई

~हरिभक्त कटुवाल~Haribhakta Katuwal

न सम्झुँ भन्छु तिमीलाई
नसम्झी बस्न के सक्थें?
नहेरूँ भन्छु तिमीलाई
नहेरी बस्न के सक्थें?

कि तिम्रो सम्झना उस्तो
कि मेरो छाती नै उस्तो
कहालिन्छ जव छाती Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : सेता झिंगाहरु

~अलेक्सान्द्र त्रोफिमोभ~alexander-trofimov
अनु. कृष्णप्रकाश श्रेष्ठ.

पातहरु हाँसे, पहिला फूलहरु मुस्कुराए, पुतलीहरु नाच्न थाले, रंगीन प्वाँख फट्फटाएर भमराहरु भुँभुँ गर्न लागे । हुन सक्छ, भुवाको लुगामा पसीनाले लथपथ भएर झिंगाहरु पनि एक दोस्रालाई उछिन्दै उड्न थाले ।

अहो, वसन्त कति रमाइलो हुन्छ ।

बर्खे गँडेउलाहरु भुइँको मुनि रहेको आप्लनो घरबाट बाहिर निस्केर फोहार पानीमा मजा मान्दै नुहाउन तल्लीन भए । उनीहरु जमीनमुनिको वाल्सनृत्य नाच्दै थिए । उनीहरुको वासस्थानमा यो नाच निकै लोकप्रिय हुँदो हो । झरीवर्षा र बाजागाजाको साथमा बर्खे गँडेउलाको निम्ति यस्तो वाल्सनाच मनमोहक हुन्छ । उनीहरुको लागि कथामा जत्तिकै रमाइलो भइरहेको थियो । Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : हिराका मोल भएका कवाडहरु

~गुरुप्रसाद कुमाल ‘बुलबुल’~guru-prasad-kumal-bulbul

दुनियाँले कवाड भनेर फ्याक्ने गरेका कवाडहरु,
हो, त्यही कवाड बडुल्ने म कवाडी हुँ ।
ती मूल्यहीन भनेर फ्याक्ने गरेका,
कवाडहरुको मूल्य खोजिरहेछु,
त्यसैले त म कवाडी भएँ ।
जुन चिज आज तिमीले,
कवाडको मूल्यमा बेचिरहेछौ,
त्यो चि भोलि हिराको मोलमा नपाइन सक्छ,
त्यसैले कवाड भन्नु भन्दा पहिले एक पटक सोंच, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चिन्तनको पिनास

~सुवास खनाल~subash-khanal

यो भयानक हुँदोरहेछ
चिन्तनको पिनास

पिनास लागेपछि
प्रिय हुँदोरहेछ
–एकै किसिमको मात्र गन्ध

भुलिँदोरहेछ –
दुश्मनले पनि कहिलेकाहीँ
गाउन सक्छ सुमधुर गीत
वैरी मानिनेको आँगनमा पनि
हुर्किन्छ भन्ने –विचारको सयपत्री Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म प्रेमको भवसागर – फेवा ताल हुँ !

~ध्रुबकुमार सापकोटा~Dhruba kumar Sapkota

म सागर हैन
मेरो कुनै छाल छैन
मेरो कुनै तरंग छैन
मेरा निम्ती के औँशी
के चाँदनी रात
मेरो छातीमा ज्वारभाटा उठदैन
म सधैं एक नास -एउटै धुनमा
लम्पसार छु
तर म सुन्दर छु
त्यसैले त तिमी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : इज्जत

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

खरिदार रामनाथले आफ्नो विवाह गर्दा ससुरालीबाट दाइजो स्वरुप आएको मोटरसाइकल चढेर कार्यालयमा जाने गर्थ्यो । आफ्नो श्रीमतीको माइतीले दिएको मोटरसाइकल चढ्न पाएपछि उसले आफूसँगै काम गर्ने सुब्बासाहेब भरतप्रसादलाई होच्याउदै भन्यो “सुब्बासाहेब हजुरले पनि भोलिदेखि मोटरसाइकल चढेर आउनु पर्यो ।”

“मोटरसाइकल किन्ने क्षमता मसँग छैन मैले मोटरसाइकल चलाउन पनि सक्दिन” भरतप्रसादले भने । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : तिम्रो वियोगमा

~यल्जी विवश~l-g-biwash

मुटु चिरि-दिउँ लाग्छ, तिम्रो वियोगमा
अलिकति पिउँ लाग्छ, तिम्रो वियोगमा !

हजार जन्म सँगै बाँचौ,भन्ने गर्थ्यौ तिमी
एक्लै अब जिउँ लाग्छ,तिम्रो बियोगमा ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : भ्रष्ट भगवान

~मनु ब्राजाकी~Manu Brajaki

सामन्त शिरोमणि सिंहासनबाट गए ।
तर्साउनका लागि इतिहास भूत भयो ।
बल्ल अब सामन्ती प्रजातन्त्र आयो ।
गनवादी गनतन्त्र पनि आयो ।
विभेदकारी धार्मिक जातीय संघीयता पनि आयो ।
जंगल सहरमा आयो, सहर जंगली भयो ।
राजनीतिले यसै जंगलमा मंगल सुरु गर्‍यो ।
नयाँ नेपालको जग हो कि चिहान खनिन थाल्यो ।

अर्थात्- Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गीत गाउन नजान्नेहरु

~लेखनाथ छेत्री~lekhnath-chhetri

गीत गाउनलाई उनीहरुसँग
आँसुले खिया परेका
धमिलो आँखाहरु छैनन् ।

नभए,
बाँझो समय चपाएर
थोते भैसकेका
गिजाहरु छैनन् उनीहरुसँग ।

तर अचम्म! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : विचलन

~आनन्द राई~

ए, झर्नुभो आमा ? यतै आउनुहोस् न।

घरबेटी आमैलाई पसलभित्र बस्ने ठाउँ छोडी दिँदै पसल्नी चाहिँ नखोलेको साबुनको कार्टुनमाथि बसिन्। दिउँसोको समय हुनाले पसलमा ग्राहकहरु थिएनन्। बानेश्वरको यो शाखा सडकलाई चैते घाम र धुलिकणयुक्त बतासले लतारिरहेको थियो।

अँ, के गर्दैछस् सुमनकी आमा ? ठाडै निदाइस् कि क्या हो ? तिमेरु बीसे-बाइसे तरुनीहरुलाई त निद्राले पनि खुब मन पराउँछ। नातिनी पनि तेरो भानिजसँग पढ्ने झरिगई। एकछिन सुत्‍न पर्‍यो भनेर पल्टेकी थिएँ, निद्रा लाग्नु त कता हो कता ढाड मात्रै बिझायो। …अनि यता झरेकी पहिला, हातले टेकेर अडी अडी बस्दै आमैले भनिन्, उमेरले छोडेपछि उठ्न पनि गार्‍हो बस्न पनि गार्‍हो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मौन आग्रह

~अनुकुल प्रकाश~Anukul Prakash

मनको आँखा खोली पढ मेरो सजिव चित्र,
भेट्टाउछौ कि?आफ्नो बच्पन् मेरो विम्बभित्र!!

बाँकी भाका तिम्रा जीवन-ब्रीत्त गर्छु पुरा,
खालि-खाली अवोध मन्मा भर ज्ञानी कुरा!! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सुनुवार भाषी कविता : सेकसेक सेलेलेलेलेले

~थरि कयाबा~

रागिङा केाँइचबु चामसिने फेलेले ,
केाँइच तमि ,चैमि सादिने फेलेले ,
शेापिने शाँबु राँकुमि देलेले ,
गिल , कास पा सिलपै सेकसेक सेलेलेलेलेले ।।१।।

अगुन सगुन सादय दामदामपा , Continue reading →

Posted in सुनुवार कविता | Tagged | Leave a comment

कविता : जुक्ति रेखा, सम्बोधन र जोड़िने टुक्रा

~मनोज बोगटी~Manoj Bogati_1

जुक्ति रेखा, सम्बोधन र जोड़िने टुक्रा
कसले हो मेरो टुप्पीमा बसेर
मेरो आँखामा तीर राख्छ र हिँड़ भन्छ।
मलाई मात्र के सबलाई भन्छ।

आफ्नै शीरको खुइलिएको भरोसा
छ्‌याप्पै भिज्छ
कमारो पसीनाले।
मेरो मात्र के सबको भिज्छ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : लियौ नारा

~प्रकाश खड्का~

लियौ नारा समान हकको उज्यालो पार्न लाई
कुण्ठा सारा हटाई मनको अँध्यारो खार्न लाई

झरे आज मोति रुपी दाना गरेर परिश्रम
फल्छ सुन भोलिका दिनमा दरिद्र बार्न लाई Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : बा-आमाले खाई नखाई

~हरी गौतम~

छोराहरू हुर्खाउछन,बा-आमाले खाई नखाई!!
आज उनी एक्लै हुदा,आँशु पुछ्ने भएन कोई!!

त्यही वोटका फुल हौं सबै,भन्ने कुरा विर्सीएर”
एक-आपसमा तेरो मेरो,गर्न थाल्छन् दाजु-भाई!! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : लालीगुराँस अजम्बरी चाँप

~बुद्धवीर लामा~buddha-bir-lama

लालीगुराँस अजम्बरी चाँप चमेली
जे भने नि हुन्छ हजुर म त नेपाली
डाली डालीमा
फुलिरहुँ लाग्छ नि दिलको बारीमा

सुनगाभा हो भीरमा पनि हाँस्न सक्छु नि
नेपाली हुँ पीरमा पनि बाँच्न सक्छु नि Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : श्रद्धान्जली शिवलाई

~आचार्य प्रभा~acharya Prabha

हे शिव!
तिमी कुन हत्तारमा थियौ
त्यसैले जिन्दगीको अन्तिम घडीलाई निम्त्यायौ
हावाको बेग झै रफ्तारमा
बहनु पर्ने के त्यस्तो बाध्यता थियो ?
तिमी मीठो अभिष्ट पालेर
बिदेसिएका थियौ शायद —
अमीट आकाङ्क्षा बोकेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : सपना टुटेर के भो

~कमल कुमार~kamal-kumar

सपना टुटेर के भो
म फेरि पनि निदाइदिन्छु
म दोबाटोमा छुटेर के भो
म अर्कै गोरेटो भेटाइदिन्छु

मलाई छैन चाहत Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : नओडनु है काली

~नविन आचार्य ‘लेटांगे’~Nabin Acharya 'Letange'

पराइको घुम्टो तिमी, नओडनु है काली
भुलेरनी अन्तै नाता, नजोडनु है काली

उतार चडाब जिन्दगीको, रित नै हो बुझ
दुख पर्दा मेरो साथ, नछोडनु है काली Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : त्रि-पाल

~कात्यायन~dhanwantari-mishra-katyayan

– “यो कस्तो साहुको फेला परिएछ !” – एउटा नाम कहलिएको साहु राति झ्याल खोलेर सत्तो-सराप गरिरहेकोथियो | संधै झैं उसको घरको पेटीमा एउटा माग्ने आनन्दले सुतिरहेकोथियो | शब्दकोषभरिको सबै नराम्रा गाली गर्दा पनि त्यो उठ्दैन | आफ्नो घरमा भए जति पानी बर्साउंदा पनि त्यो डेग चल्दैन | घरभरिको सबै फोहोरले पुरिदिंदा पनि त्यो टसको-मस गर्दैन | यी सबै प्रयासहरू त उल्टै त्रि-पालको काम गरिरहे झैं भान हुन्थ्यो त्यसलाई |

– त्यो प्रक्रिया, युगौं-युगदेखि चलिरहेकोथियो साहु र माग्नेको ! त्यो थाकेर आएको हुन्थ्यो र मस्त निदाउंथ्यो Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment