~राजेन्द्र थापा~
भूँईचालो गएपछि हलचल त भईहाल्छ
जिन्दगीकै उलटपुलटमा खलबल त भईहाल्छ
हृदयको छोड आँसु पुछ्दै साईतमा
नयाँ यात्रा थाल्दा केही अलमल त भईहाल्छ Continue reading
~राजेन्द्र थापा~
भूँईचालो गएपछि हलचल त भईहाल्छ
जिन्दगीकै उलटपुलटमा खलबल त भईहाल्छ
हृदयको छोड आँसु पुछ्दै साईतमा
नयाँ यात्रा थाल्दा केही अलमल त भईहाल्छ Continue reading
~हरि अधिकारी~
चर्चित महिला अधिकारवादी, अभियानकर्ता, समाजशास्त्री एवं पत्रकार मञ्जु थापाले आफ्नी आमा ईश्वरादेवीको जीवनी जीवन संघर्षका पलहरू लेख्नुको आवश्यकता र औचित्यलाई यी शब्दहरूमा स्थापित गर्न खोजेकी छन्, “महिलाहरूको जीवनीलेखन मूलत: तीनवटा कारणले महत्त्वपूर्ण छ। पहिलो, कुनै अमुक महिलाले भोगेको जीवनले तत्कालीन समाज, त्यहाँका आममहिलाहरूको अवस्था र त्यस समाजसँग महिलाहरूको सम्बन्ध बुझ्न मद्दत गर्छ। दोस्रो, ती अमुक महिलाले खास समयमा गरेको विशिष्ट योगदान छ भने त्यसको अभिलेखीकरण हुन्छ र तेस्रो, ती महिलाका पीडा, संघर्ष र उपलब्धिहरूबाट पछिल्लो पुस्ताले प्रेरणा पाउन सक्छन्।” Continue reading
~राम बिनय~
उसको नाम जवाहर सञ्जेल हो । देशमा ठूलो आन्दोलनपछि लोकतन्त्र आयो । गणतन्त्र आयो । राजतन्त्रको प्रमुख राजा दरबारबाट बाहिरिए । जवाहरलाई भने गणतन्त्र आएको र राजतन्त्र गएको कत्ति पनि मन परेको थिएन । एक पटक त ऊ राजालाई बाटोमा रोक्नसम्म दगु¥यो । प्रहरीले रोकेर मात्र नत्र गाडीको अगाडि लम्पसार पर्ने उसको सुर थियो । तर, उसको केही लागेन । राजाकै गाडी दरबारबाट बिस्तारै–बिस्तारै निस्केर गयो । ऊ ट्वाल्ल परेर हेरिरह्यो । गणतन्त्र ल्याउनेहरुलाई सत्तोसराप गरिरह्यो । मुर्मुरिएर यताउता डुलिरह्यो । उसले राजा÷महाराजाहरुलाई खुब सम्झियो । जिन्दगीभर तिनीहरुको गुणगान गर्ने, इज्जत गर्ने, चाकरी गर्ने र थुप्रै अवसर प्राप्त गरेर सुखसयल गर्ने र अरुलाई Continue reading
~शार्दूल भट्टराई~
भण्डार ! रामेछापको एउटा गाउँ । जिरीनाम्चे पैदल यात्राका क्रममा भेटिने विभिन्न रमणीय ठाउँहरूमध्ये एक । पहाडको काखमा भिरालो परेको फराकिलो चउर । चउर छेउछाउमा ससाना घरहरू ।
लक्ष्य त हाम्रो पहाडको टुप्पोमा रहेको देउराली पुग्ने थियो । बिहानको भात त्यहीँ खाने विचार गरेका थियौँ । तर हिँड्न सकिएन ।
रातोमाटोले लिपिएको सानो घर । सफा आँगन । आँगनको एक छेउमा भर्खरै माझेर टिलिक्कै टल्काइएका भाँडाहरू सुकाइएका छन् । घरका दायाँबायाँ फूलका बोटहरू । पिँढीको एक छेउमा सुन्दर ढङ्गले सजाएर राखिएको पसल । अर्को छेउमा साना दुईवटा बेन्च र एउटा टेबुल । होटल नै हो कि जस्तो पनि लाग्यो । त्यस Continue reading
~के आर शर्मा~
विश्वको नक्सा नेपाल खोज्दा भेटन गाह्रो छ
तेसैमा पनि कर्णाली पिडा देख्नको सारो छ
स्वदेश बसी जल्दैन चुलो जागिर हुँदैन
कर्णाली रुदा नेताको मन सम्झेर रुदैन
न यहाँ कुनै बिकास भयो न कुनै सुबिधा
गर्छन् कुरा बिदेशी बरु परेर दुबिधा
गाउका युबा पुरुष सबै बिदेश धाएर
बन्दैन देश भाषण मात्रै नेताले गाएर Continue reading
~अज्ञात~
एकादेशको एउटा गाँउमा ‘जसे’ नाम गरेको एउटा एकदम छट्टु मान्छे थियो । आफ्नो घर चलाउन सार्है कठिन भएपछि उसलाई सार्है खेद लाग्यो र उसले विचार गर्यो- “यो संसारमा सोझो भएर काम चल्दैन । केही बठ्याईं नगरे अब त भोकै मरिन्छ क्यारे ।” यस्तो सोचेर ऊ भोलिपल्टै घरबाट निस्कियो ।
जाँदा जाँदा बाटोमा उसले कमेरो (सेतो माटो) भेट्यो र त्यो माटो महँगो भाउमा बेच्ने सुरले चारमाना जति लिएर अगाडि बढ्यो । जाँदै गर्दा चार कोस जति हिंडेपछि उसले खेतमा गोरु जोतिरहेको एउटा मानिसलाई भेट्यो । हलोमा एउटा गोरु सेतो र अर्को कैलो थियो । Continue reading
~अमर त्यागी~
-अस्तिसम्म उसको जागिर थियो र ऊ मसँग टाढिएर हिँड्थ्यो।
-हिजो ऊ भ्रष्टाचारमा पर्यो र उसको जागिर गयो।
-आज उसले मसँग मित्रता गाँसेको छ र जागिर मिलाइदिन आग्रह गर्दैछ। Continue reading
~गोपालप्रसाद रिमाल~
पानीको छलबलमा
छरिइरहेको घामझैँ
हरियोमाथि फुलहरु तार्किएझैं खेलिरहेका थिए हावामा ।
तिनीहरुको चञ्चल छाया
मृत्युको कालो हाँसोजस्तो थियो—
त्यो दृश्य नै यही भन्दथ्यो ।
दुई दिनपछि
घाममा हाँसिरहेका ती फूलहरु
छायामा निदाउरिँदै सुक्दै गए ।
Continue reading
~रत्नशम्सेर थापा~
पन्छीमा डाँफे राम्रो फूलमा लाली गुराँस
हामीलाई लाग्छ राम्रो नेपाली धरती आकास
कुहिरोको पर्दा खोली घामका झुल्का च्याउँछन्
सिन्दूरे रंगमा रंगी हिमालका थुम्का रमाउँछन् Continue reading
~Bikrant Koirala~
I couldn’t be in time, is that some kind of grave sacrilege or serious apocalypse that I am to be blamed of. I called her and told, I had some work to do. And I was not lying or pretending. In the mean time I was about to set off, this ugly four eyed approached and looking through his thick glasses said passively, “Could you do this? It’s quite urgent.” I was mad at him, the moment he said that. But I had to do it, the ugly mean bastard, I always hated working under him.
It’s damn cold, and the crowd. As soon as the sun sets, all of a sudden, Continue reading
~नारायण तिवारी~
त्यो दिन म नगरपालिका पुगेको थिएँ । जग्गा पास गराउन नगरपालिकाले मालपोतलाई लेखिदिनु पर्ने अरे– निजको यो जग्गामा घर छैन ।
घर नभएको खाली जग्गा बेच्नु पर्ने थियो र पनि नगरपालिकाले नलेखदिए नहुने अरे ।
मेरो घर भएको नौधुर जग्गाको लालपूर्जा र घर नभएको दशधुर जग्गाको लालपूर्जा एउटै थियो । त्यो एउटै पूर्जामा दुईथान जग्गा नराखेको भए चाहिँ हुने थियो अरे । Continue reading
~गोपाल झापाली~
यात्रीको खचाखच भिड । लखनपुर देखि दमक सम्मको यात्रा । सानो, थोत्रो ट्याक्सिका वरिपरि झुण्डिएर पनि गन्तब्यमा पुग्न आतुरहरु । मानौं एउटा मरेको फटेङ्ग्रोलाई कमिलाको गोलाले तानिरहेको छ । साँगुरो सडकमा दगुर्ने रिक्सा र उस्तै थोत्रा ट्रक तथा बसलाई बाटो छोड्दै गुडेको अर्थात म झुण्डिएको ट्याक्सि कोल्टिएर उत्तर लाग्दा हातैपो फुत्किएलाकि भन्ने औडाहाको कुडुँलोले मन बाँधेको छ । यो जोखिममा पनि एउटा १२,१४ वर्षको झै लाग्ने ठिटो भाडा उठाउँदैछ ।
पुर्व पश्चिम राजमार्गमा पाडाजुङ्गिी– गौरिगञ्ज सडकको अैजेरु पलाएको ठाँउ । पाडाजुङ्गिीमा ट्याक्सि रोकियो । अगाडिको थुतुनाको घपनि उठाएर चालकले ईन्जिमा पानी हाल्न थाले । धापिएको ईन्जिनले पानी पिउँदा उडेको वाफ र उसले उडाएको चुरोटको धुँवाको सम्भोग पनि मलाई त कामुक लाग्दै थियो । बिद्यालयको पोशाक लगाएकी ,त्यहि भाडा उठाउने ठिटाकी दामले नानी ट्याक्सिबाट उत्रिन र भाडा सोधिन । कति दिनु ? उस्ले लजाउँदै भन्यो – ‘ भो पर्दैन ?’ Continue reading
~लीला लुइटेल~
१. परिचय: विषयप्रवेश
ज्ञान, विज्ञान, प्रविधि, विचार र चिन्तनका क्षेत्रमा पलपल परिवर्तन हु“दै विश्व विद्युतीय सञ्चारको युगमा पुगिसक्दा पनि अधिकांश दक्षिण एसियाली महिलाको स्थिति अभैm पनि अत्यन्त नाजुक र दयनीय रहेको छ । यस क्षेत्रमा प्रचलित कतिपय धार्मिक, सामाजिक तथा राजनैतिक क्षेत्रका क्रियाकलापहरू महिलालाई सामाजिक एवं मनोवैज्ञानिक रूपले अवमूल्यन गर्ने खालका देखिन्छन् । एक्काईसौं शताब्दीमा प्रचलित मानव अधिकारको अवधारणालाई चुनौती दिँदै मानवीय मूल्यको उपहास गर्ने यस्ता महिला विरोधी क्रियाकलापहरू अभैm पनि शिक्षित तथा सभ्य कहलिएकाहरूको समाजमा परम्परा एवं संस्कारका नाममा जरो गाडेर बसिरहेका छन् । महिलाविरोधी यस्ता क्रियाकलाप न्यून गराउ“दै महिलालाई सिङ्गो मानवका रूपमा जीवन यापन गर्ने वातावरण सिर्जना गर्न यस क्षेत्रका परिवार, समाज तथा प्रशासन कसैको पनि ध्यान पुगेको देखिँदैन । जसले गर्दा यस क्षेत्रका महिलाहरू अहिले पनि मध्ययुगीन बर्बरता र पाशविकताको सिकार बनेर बाँच्न बाध्य छन् । Continue reading
~अनन्त निरौला~
मर्मले
चोटले
तिरस्कारले
मान्छे जिउँदै
चाना चानामा परिणत भएको देखेको छु।
निकै मै हुँ भन्नेहरु पनि अन्तत:
फत्रक्क भुइँमा गिरेको देखेको छु। Continue reading
~भीष्म उप्रेती~
मलाई सानो छोराले सोध्यो –
‘बाबा, आकाश खस्यो भने के हुन्छ ?’
मैले पहिला उसलाई हेरेँ
र पछि हेरेँ आकाशलाई ।
आकाश जसलाई म आस्था मान्छु
पवित्र आस्था,
आकाश जसलाई म विश्वास मान्छु Continue reading
~डा. सरोज धिताल~
कुनै बेला म पनि भूमिगत भएको थिएँ– राज्यविरोधी गतिविधि गरिरहेको एउटा क्रान्तिकारी पार्टीको कार्यकर्ताका रुपमा । आफूमाथि कुनै संकट आइलागेर लुक्नुपरेको स्थिति थिएन । स्वेच्छाले अचानक हराएको थिएँ । संगठनको निर्णय थियो तर नेताका आग्रहले भन्दा पनि आफैँले मागेर भूमिगत जीवन रोजेको थिएँ । २६ वर्षको भइसकेको थिएँ त्यसबेला । तर, अहिले फर्केर हेर्दा लाग्छ, अझै प्रशस्त बालापन बाँकी थियो । त्यसबेलाका सपनाहरु सम्झँदा लाग्छ, एउटा सुन्दर निर्बोध पवित्रता थियो । विभिन्न देशमा भएका क्रान्तिका कथाहरुले प्रभावित दिमागमा ‘क्रान्तिकारी रोमान्टिसिज्म’ले पनि बास गरेको होला । Continue reading
~विमल निभा~
सुरक्षित राख्नोस्
यो थाललाई
यही आशय हो मेरो
दिदी र बहिनीहरु
यसको विषयमा सोच्न थाल्नोस्
अहिलेदेखि नै
(जतिसक्दो छिटो)
हामीसँग त्यति समय छैन Continue reading
~भिम बहादुर थापा~
उन्मत्त
सुर हराएको
विवेकशुन्य
मानव परिसर,
दण्डहीनता फुल्दैको
बद्नामी
निरीह नाम-राज्य,
अघिल्तिर
आँखै अगाडी
समूह-समूहमा
गुट-उपगुटमा Continue reading
~गोविन्ददेव आचार्य~
छन्द :- मालिनी
सुजन र मनकारी गाँस बाँडेर खान्छ
कुटिल दमनकारी चैन भाँडेर जान्छ
फगत सुखविलासी द्रव्यमै फुत्त बिक्छन्
हिटलर अनुयायी अस्त्र हानेर टिक्छन् ।।
“जहर बमन गर्ने” सर्पको दैनिकी हो
“चरण नमन सेवा” चाकरीको छडी हो
चसचस तन घोच्दै मासुमै घुस्छ काँडा
परमिलन बिथोल्दै गिद्ध झैँ घुम्छ “भाँडा” ।। Continue reading
~यादव खरेल~
केटा
न मेरो घरै छ न जागीरको भरै छ
न त मेरो धन छ खाली एउटा मन छ
भन आँट्छौ त मसँग यही वैसाखैमा
केटी
न मेरो रुपै छ न जोवनको धुपै छ
न त केही ज्ञान छ खाली एउटा ज्यान छ
भन लान्छौ त मागेर यही वैसाखैमा Continue reading
~नारायण पोखरेल~
अक्सर यस्तै हुन्छ ।कुनै सपनाको कारण आधा रातमा निंद टुट्छ । म एकदम हडबडाएर उठ्छु । निंद टुटेपछि केहिबेर सम्म मलाई नै थाहा हुदैन कि म कहाँ छु ? कुन कोठामा छु ? कस्को घरमा छु ? कुन सहरमा छु ? जब पुरै होस् मा आउँछु तब मात्र थाहा हुन्छ म जापानको आफ्नै कोठामा रहेछु । यस्तो सिर्फ रातमा मात्र हुदैन । दिउसो पनि कहिले काहिँ थकित भएर सुतेको हुन्छु तब निंद खुल्यो भने एकैछिनको लागि चिन्दैन आफ्नै कोठालाई , म स्तब्ध भएर अगाडिका कुर्सी , टेबल , टि.बी , किताबहरुलाई हेर्छु । सब चिजहरुलाई यसरी हेरिरहेको हुन्छु कि यि चिजहरुसँग मेरो कुनै सम्बन्ध नै छैन । केहि क्षणको लागि लाग्छ म कोहि अन्जान Continue reading
~मणी भट्टराई~
आफ्नो छोरो ‘सि’ ग्रेड र आफ्नै घरको एउटा कोठामा ४/५जनाको सिंगो परिवार बस्दै आएको डेरावाल इन्द्रजीत को छोरो सुन्दरलाल ‘ए प्लस’ ग्रेडमा पास भएको सुनेपछि घर मालिकले पहिलो पटक आफ्नो घर बाहिर उभिएर आफ्नो बडेमाको घरलाई धेरैबेर नियालिरह्यो । घर भित्र पसेर छोरालाई र बुढीलाई हेर्यो । सबै कुरालाई अनौठो पाराले हेरिरह्यो र अन्तत: बाथरूममा गएर आफ्नो अनुहार हेर्यो । चिट्चिट् पसिना आइरहेको थियो ।
पल्ला कोठामा छोरालाई पढ्न बाधा हुन्छ भनेर बेलैमा टिभी निभाएर सुतेको सम्झ्यो । डेरावालका छोराछोरीको संगत नगर भनेर छोरालाई हप्काएको संझियो । उसले छोरालाई पढाउन गरेका हर मेहनत संझेर ल्यायो । त्यसपछि डेरावाल ईन्द्रजीत र उसको एउटा सानो कोठा, टिभी त्यही, भान्सा कोठा त्यही, दुई- Continue reading
~अरुणबहादुर खत्री “नदी”~
सृष्टि सिर्जनाको यस संसारमा
मान्छे भएर जन्मेपछि
केही आशा अनि उमङ्ग लिएर
उभिएका ती मनहरू
जन्मेर आफ्नो भविष्यका लागि
केही कुरा सोचेको हुन्छ Continue reading
~दिलिप योन्जन~
आफै भुले आफ्नो खुसी
निस्ठुरीको माया जालमा परी।
ढुखि रहने मुटु पाए
बाचुन्जेली सधै-सधै भरी।।
कसरी बुझ्नु मनको कुरा
सधै हुन्थि हासी-खुसी। Continue reading
~प्रेम प्रसाद पौडेल~
जन्मीए तनहूँ पवीत्र नगरी नेपाल भूमी महाँ
पँडीत्को कुल भानु आदि कबि नै बन्दै रहेछन् जहाँ ।
जुन् हो छन्द त आज लोक प्रिय भो शार्दूलबीक्रीडित
त्यसैका गुरु भानुभक्त कहिए श्रेयै भयो सञ्जित ।। १
यिन्कै हात महाँ थियो बल बहुत् सीर्जीय रामायण
माला , भक्ति, बधू ,रसै अरु अनेक् प्राचीन पारायण । Continue reading
~इन्द्रकुमार श्रेष्ठ~
निर्मोही व्यास (खास नाम वेदव्यास न्यौपाने, जन्म : २००४ भदौ ९, कलैया, भवानीपुर,बारा), नेपाली साहित्यका एक विशिष्ट एवं बहुमुखी प्रतिभा हुन् । उनका काव्य, कवितासंग्रह, कथासंग्रह र उपन्यास प्रकाशित छन् । यीभन्दा पनि बढी संख्यामा चाहिं उनका यात्रा संस्मरणात्मक तथा स्मृति निबन्ध संग्रहहरू (आधा दर्जनभन्दा बढी) प्रकाशित छन् । (विद्यावारिधि पनि उहाँले, यात्रा साहित्य वा नियात्रा साहित्यमै गर्नुभएको हो ।) तीमध्ये यहाँ, उहाँको सम्भवामि युगे युगे नामको स्मृति–निबन्ध संग्रह को चर्चा गरेर पाठकहरूलाई जानकारी एवं मनोरञ्जन दिलाउने प्रयास गरिन्छ :
प्रतीक प्रकाशनबाट २०५३ सालमा प्रकाशित यस संग्रहमा, जम्मा बीसवटा त्यस्ता निबन्धहरू छन् । पहिलो Continue reading
~सिमाना आत्रेय~
सानोमा सबै सानै हुन्छन् । हो, ऊ पनि सानो बच्चा थियो गोठालो जाँदा । उसको काकाले उसलाई काँधमा बोक्नुहुन्थ्यो । उहाँको दुवै हातमा लौरा हुन्थे वस्तुभाउ धपाउन र ठेगान लगाउन । ऊ मज्जैले काँधमा बस्थ्यो । कहिलेकाँही पिङ खेलेको या कोक्रोमा हल्लेर बसेको याद आउँदो हो बेस्सरी मच्चिन्थ्यो काँधमै ।
झण्डै उछिट्टेर मरेन काकाले समात्न भ्याउनु भयो र मात्रै । पख् तँलाई अब बस्लास् नि काँधमा । दुई खुट्टा केलाई बनाइदेका भगवान्ले । खुरुक्क हिडँ । काकाले ठुल्ठुला आँखा पारेर हप्काएपछि ऊ पिल्पिलाउँदो अनुहार पारेर खाली खुट्टै हिँड्थ्यो । बगरैबगर खाली खुट्टा हिँड्नुपर्दा ऊ अइ्या आत्थु भनिराख्थ्यो । काका बाध्य भएर झपार्दै अब यस्तो नगरेस् है कान्छा । मेरो प्यारे भतिज भनेपछि टाउको मज्जैले हल्लाइदिन्थ्यो हुन्छ भनेर । अनि काका सन्तुष्ट भएर कहिले काखमा, कहिले काँधमा त कहिले बुई बोक्थ्ये । Continue reading
~दिनेश श्रेष्ठ~
जसरी ढलेँ नपिएर नै
म उसै गलेँ नपिएर नै
मुटु भित्र राप र ताप छ
अनि पो जलेँ नपिएर नै Continue reading
~लोप्चन लामा~
म नेपाली
मेरो देश नेपाल
यो मुटुमा अझै
चन्द्र-सुर्य धडकिरहेको छ
मेरो प्रतेक पाइला-पाइलामा
मेरो उच्चा शिखरहरु लम्किरहेको छ
मेरो आगनहरुमा
सयौ थरी बाजा घन्किरहेको छ
तराइ-पहाड-हिमाल
पूर्व मेची-पक्षिम महाकाली अटाउने Continue reading
~भुवन सुब्बा खरेल~
कराईमा सब्जी ओइरिनै लागेकी थिएँ । फोनको घण्टी बज्यो । मलाई चटारो भयो । कामको बेला फोन आउँदा एक्लो मान्छेलाई ठूलै फसाद पर्छ । ग्यास निभाएर म भित्र कोठातिर लागेँ । नम्बर काठमाडौँको थियो । कसले गरेछ ? मैले फोन उठाएँ, “हजुर !”
“ए राधा, म काठमाडौँ आइपुगेँ । भोलि घर आइपुग्छु ।”
म छक्क परेँ । पतिदेवको अहिल्यै आउने कुरै थिएन । घरमा खबर भन्न पनि नभ्याई आएछ । त्यस्तो के काम परेछ ? सोधेँ– “कहिले आइपुग्नुभयो ? खबर पनि गर्नुभएन ?”
“ल, ल अहिले फोन राख । भरे बेलुका गर्छु ।” उसले हतार गर्यो । Continue reading