~निरज थापा~
अक्षरगञ्जलाई थन्क्याएँ थाकमा। बासुदेवकोबाट ल्याएको मोक्षान्त:काठमान्डु फिबर-को सिल्भिया पढेर फेसबुक खोलेँ। सिल्भिया सिलिङफ्यानमा झुन्डिएकोले फ्यानसितै घुमेको दृष्यले आङ जिरिङ्ग भएको छ। फेसबुक खोलेँ अनि ग्रीन टि बनाउन थालेँ।
टि पिउँदै कवि भाइ ज्ञानेन्द्र यक्सोसित समावेशी सङ्कथनमा लागेँ। च्याट चल्दैछ ज्ञानेन्द्रसित मेरो। समावेशी र नागरीय जीवन सौन्दर्य-लाई विचार्दैछु म। हाम्रो चर्चा चलिरहेकै छ।
फेरि जनान्दोलनको कुरा छ नि के हुने हो? Continue reading