कविता : भोलि भनिने कथा

~विमल भौकाजी~

धेरै वर्षअघि
सपना हरायो एउटा देशको
र, सपना खोज्दै जाँदा
देश हरायो विश्व–मानचित्रबाट ।

उत्तरबाट दक्षिण बग्ने
एउटा सम्भावना थियो देशको,
कतै पश्चिमबाट पूर्व सर्छ कि ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पौराणिक बाल कथा : वल्मीकोदरस्थसर्प

~उमाशङ्कर द्विवेदी~

कुनै नगरमा देवशक्ति नाम गरेका राजा बस्दथ्ये । उनको छोराको भुँडीमा एउटा सर्प बस्दथ्यो । उदरस्थ त्यस सर्पको कारणले त्यो राजकुमार दिन प्रतिदिन दुब्लाउँदै गएर क्षीण हुँदै गइरहेका थिए । असल असल वैद्यहरूको शास्त्रीय विधिको उपचार तथा औषधिले पनि नछोएर राजकुमार स्वस्थ्य हुन सकिरहेका थिएनन् । अन्त्यमा राजकुमार आफ्नो जीवनबाट निराश भएर विरक्त भई आफ्नो राज्य स्वेच्छाले त्याग गरेर विदेश गए । त्यहाँ कुनै नगरमा उनी भिक्षाटन गरेर आफ्नो जीविका चलाउन थाले तथा रात परेपछि त्यहि अवस्थित एउटा विशाल देवालयमा विश्राम गरेर आफ्नो समय व्यतीत गर्न थाले ।

जुन नगरमा राजकुमार निवास गर्दथ्ये त्यस नगरका राजाको नाम Continue reading →

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

कविता : सपना

~हेम हमाल~

१
म सधैँ
बसाइँ सरेको सपना देख्छु
नयाँ गाउँमा पुग्छु
इँटा जोडेर नयाँ घर बनाइरहेको हुन्छु
कता हो कता

पहाडको टुप्पामा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : यो हो गीत तिमीलाई

~शान्ती सिंह शाह~

(यो हो गीत तिमीलाई
यो हो प्रीत तिमीलाई
सपनामा कथे थें
विपनामा गाएछु
सम्झी लेऊ फरर
हृदयको पाना गनेर)x2

(उडी हिंड्ने चरीले Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मान्छेहरू र मान्छेहरू

~सुवास खनाल~subash-khanal

स्वर्गबाट झरेका कोमलकोमल सपनाहरू
तिनकै बारीमा उम्रिनेछन्
त्यसैले
नपढाऊ मान्छेलाई बारुदका अक्षरहरू
बरू बनाऊ स्वप्नहरूको ताजमहल
झिलमिलझिलमिल
र सजाऊ ध्वजापताका रहरहरूको
नौलानौला इच्छा र उच्छवासहरूको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : माकुरो र माकुराहरु………..

~गणेश खड्का~Ganesh Khadka

उहिले……………..नै
धे………….रै पहिला
जुगौं……………अघी
यहाँ,
भव्य जाल फिंजाएर बसेको
ठू ……..लो माकुरो थिएछ
बडेमानको – भिमकाय
पित्तलभूँडे माकुरो ,
मैले देखिन, मैले भोगिन
भेटें त ईतिहासका पानाहरुमा
देखें त टुँडिखेलकुनाका शालिकहरुमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : कौण्डिन्य गोत्रको प्रारम्भ द्वापर युगमा

~मदनमणि दीक्षित~madan-mani-dixit_large_1979bs

ज्ञान मण्डल लिमिटेड वाराणसीद्वारा प्रकाशित ‘वृहत हिन्दी कोश’मा कौण्डिन्य भनी कुण्डिन ऋषिको गोत्रमा उत्पन्न व्यक्ति भनेको छ । त्यस्तै वामन शिवराम आप्टेको स्तरीय र मान्य भनी विद्वानहरूले स्वीकार गर्दै आएको ‘संस्कृत हिन्दी कोश’ले एक ऋषिको नाउँ भनी कौण्डिन्यको व्युत्पत्ति भनेर कुण्डिन±ष्यञ दिएको छ । ‘नेपाली वृहत शब्दकोश’ले भने कौण्डिन्य भनी पराशर र कौण्डिनीबाट जन्मिएका गोत्र प्रवर्तक ऋषि भनेको छ ।

यी तीनवटा शब्दकोशले दिएका अर्थमा समानता पाइदैन । नेपाली वृहत् शब्दकोशले कौण्डिन्यलाई गोत्र प्रवर्तक ऋषि भने तापनि प्राचीन संस्कृत वाङ्मयमा न कौण्डिन्य भन्ने शब्द नै कतै पाइन्छ न त ती कुनै स्रोतले तिनीलाई गोत्र प्रवर्तक नै भनेको छ । कौण्डिन्य भनी कुण्डिन ऋषिको गोत्रमा उत्पन्न भनेर वृहत् हिन्दी कोशले Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : खौल परेको देश दाम्ला परेका नेता

~पुरुषोत्तम सुवेदी~Purushotam Subedi

थिए तिनका कुनै घडी सिखा टुपिका – जुल्पी लर्काउने भए ।
थियो सोझो जमाना शान्त पटलमा – नेता भनाउदा भए ।।

थान्कोट देखी सुरुहुने भुमि जनतालाई – बुझाई नेपालको थियो ।
शोझा जनता देउतासरी थिए त्यसबखतमा – सास्ती राणाले दियो ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : टुँडिखेल

~मणिराज सिंह~Maniraj Singh

नचाहँदा नचाहँदै फुलेका
तितेपानीको फूलझैँ
सून्य हृदय र रित्तो आकाश छामेर
गरीब बाबुको
तरुनी छोरीले
यौवनको उन्माद
थाम्न नसकेर
आकर्षण, तिरस्कार र चाहनाको शूल रोपेझैँ
चुपचाप निस्सासिरहेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : मायाको संसार

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

यो कस्तो विवशता कस्तो बिडम्बना
न सम्हाल्न सके न पन्छाउन सके
माया को संसार गाह्रो भो मलाई २

यस्तै जिन्दगी हो भन्दै,कोहि बाची दिन्छ
मन पखाली आँशुले, कोहि हांसी दिन्छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

सूत्रकथा : चीर निद्रा

~भूधरा उपाध्याय~bhudhara-upadhyay

– भूकम्पको माहाविनाशपछि टुहुरी नातिनी र हजुरबुवा पालमा बस्थे।

– रातभरि हिउँ पर्यो। हजुरबुवा निदाएको मौका पारेर ऊ हिउँ खेल्न गई। Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : छाउपडी

~आकाश जङ्ग कट्टेल~

 इन्डुस भ्याल्ली बाट ब्राम्ह्ण जातका मानिसहरु मध्य एसिया तिर आए। उनिहरुले आफु सँगै एउटा नयाँ संस्क्रिती र धर्म पनि लिएर आए। जसलाई पछी हिन्दू धर्मको नाम बाट चिन्न थालियो मानब सभ्यताको बिकास क्रममा यही धर्म विश्वको पहिलो धर्म थियो।

“एकदिन यही एक ब्राम्हणको दरवारमा एक अनौठो घटना घट्यो। दरवारको खान पिनको लागि भनेर पलिएका सबै गाई भैंसी एक-एक गरेर मर्न थाले। प्रकितिको खेल भन्ने या संयोग त्यसपछी लामो समयसम्म पानी नपरेर खडेरि चल्यो। खोला नाला पनि सुक्न थालेपछी अब के गर्ने भनेर सबै तर्सिएका थिए। यतिकैमा एउटा साधु घुम्दै फिर्दै यो दरबारमा भिख माग्न आयो। साधुलाई राजाले आफ्नो दरवारभित्र बोलाउन लगाएर सम्पूर्ण ब्रितान्त सुनाए। साधुले आफुसँग भगवानहरुको शक्ती भएको भन्दै राजालाई पत्ता लगाउने बचन दिए Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

लामो कथा : सपना

~आकाश जंग कट्टेल~

भाग १

म त्रिचन्द्र कलेजको बिएस्सी फिजिकल ग्रुप चौथो बर्षमा अध्ययनरत विद्यार्थी। बसोबास बानेश्वरको ह्याप्पी होम होस्टल। आजको कक्षा सकेर कामको सिलसिलामा बालुवाटार पुगेर फर्कदा साझ ६ बजिसकेको थियो। कोठामा पुगेर कपडा चेन्ज गर्दा गर्दै बाहिरबाट “ढक ढक” आवाज आयो आधा कट्टु तान्दै कोहो भनेर भित्रैबाट भने। बाहिर बाट “दाई म आयुश भनेको आवाज आयो।” मान्छे चिनिसकेको थिए तैपनी कट्टु लगाइसकेको थीइन त्यतिकै नचिनेझै गरेर एकछिन समय मिलाउनलाई तिखो स्वर निकाल्दै भन्दिए-“को आयुश ?”

फेरी आवाज आयो- “म के दाई तपाईंको भाई।” उ सँग चिनजान भएको एक महिना जती भएको थियो घर मोरङ पथरी। दुबैजना पूर्बेली भएकाले बोलचाल राम्रो थियो। मैले कट्टु लगाइसकेर ढोका खोलिदिए। अनी हालखबर सोधे उसले सबै ठीक भएको बतायो। एकछिन दुबैजना बोलेनौ म फेसबूक खोल्न थाले। मौनता भङ्ग गर्दै उसले सोध्यो- “दाई तपाईं कथा लेख्नु हुन्छ रे हो?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : तिम्रो चौकी भत्काइदिन्छु

~कार्तिकेय घिमिरे~kartikeya ghimire

“गे रामजनम” – रामजनमकी आमा झिजिया चिच्याउदै कराई। उसको आवाज सुन्नासाथ सबै केटाकेटी सतर्क भए। उनीहरू हतार-हतार किनारामा निस्किएर कट्टु गन्जी लगाउँदै घरतिर दौडिए।

रामजनम डराउँदै-डराउँदै आमा छेउमा गएर उभियो। मोटी थाक्सी गजधम्म शरीर भएकी उसकी आमा देख्दै डरलाग्दी थिई। ठूला ठूला आँखा, मोटा-मोटा हात। रामजनमको हात च्याप्प समात्दै जुरूक्क उचालेर उसकी आमाले उसलाई भान्सामा लगेर पछारी। रामजनम हुँ हुँ हुँ गर्दै रून लाग्यो। उसको अगाडि सिलाबरे कचौरामा तारेको झिंगे माछा र चिउरा आइपुग्यो। खानेकुरा देखेपछि ऊ दंग पर्दै खान थाल्यो। झिजिया छोराले खाएको आनन्द मान्दै हेर्न थाली। Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : श्वेत छबि

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

एउटा छबि
सुकोमल चरित्र मनमा ।
मनको साँधमा पुगेर
बह बनेर पोखि दिन्छ ।
कहिले काँहि चिआउने गर ।
मनको ढोकामा छेल्लिएर ।
बतास बहन छोड्छ तब,
शितलता आफै भित्र खोज्ने गर ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : शोक–गीत

~कात्यायनी~
अनुवाद : सङ्गीत श्रोता

बस्, यस्तै यस्तैमा बितिगयो
एक बारको जिन्दगी !

न लेख्न सकियो कुनै महान् काव्य
न हुन सकियो पाठकको आँखाको नानी
न पाउन सकियो वरिष्ठ समालोचकको लाडप्यार
आफ्नो त
बस्, यस्तै यस्तैमा बितिगयो
सारा जिन्दगी ! Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : अस्तित्व सोच

~गोविन्द वर्तमान~Gobinda Adhikari 'Bartaman'_1

मेरा क्रोधहरू सकिएपछि
अन्यायमाथिका
मेरा प्रतिक्रियाहरू सकिनेछन्
अपराधहरूमाथि
मेरो आक्रोश पुग्ने छैन
त्यसबेला म स्वयं सकिनेछु

म सकिएपछि घामका किरणहरूले बनाउने अर्बौँ छायाँहरूमध्ये
घट्नेछ एउटा छायाँ
उज्यालो संसारको एउटा चेत सकिनेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : गाली दिन नलगाउ अब

~हरी गौतम~

उस्को हातमा फोन थमाई,गाली दिन नलगाउ अब!!
फोन लगाई यस्तो भन्नु,भनी तिम्ले नअह्राउ अब!!

अरू जस्तै तिम्रो रूपमा,विक्ने मान्छे परीन म
कागजको डुङ्गा वनाई,फकाई सागर नतराउ अब!! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : प्रभात हुन्छ

~मनोज न्यौपाने~manoj-neupane

रात छिप्पिंदै गई प्रभात हुन्छ,
अन्तिम पछि फेरि सुरुवात हुन्छ ।

फेरि सुने तिमीलाई मनपर्ने गीत,
फेरि यी आँखाबाट वर्षात् हुन्छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : आमाबाबुको मुख हेर्ने

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

बिहे गरेर अर्काको घरमा पठाएको छोरी कृष्णाले बाबुको मुख हेर्ने कुसे औंसीको दिनमा मीठा मीठा परिकारहरू बोकेर आफ्नो बाबुको मुख हेर्न पुगिन् ! माइत पुगेपछि उनले आफ्नो बाबुको मुखमा लगेर मिठाई खुवाइन् !

कृष्णाको दाजुको नाबालक छोरा आभुषणले “फुपू दिदी हजुरले आज किन हजुरबाको मुखमा लगेर मिठाइ खुवाइदिनु भएको” भने !

“आज तिमीहरूले आफ्नो बाबुलाई Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘गेस्टापो’ कमजोर आदर्श

~राजेन्द्र पराजुली~book cover - Krishna Dharabasi - Gestapo

दोस्रो विश्वयुद्धले ध्वस्त पारेको जर्मनी लगायतका युरोपेली मुलुक अहिले समृद्धिको शिखरमा छन् । युद्धोपरान्त विकास पथमा लम्कन ती मुलुकका दलहरु राजनीतिक पद्धति, वाक स्वतन्त्रता, अर्थतन्त्रको ढाँचा जस्ता मूलभूत मुद्दाहरुमा एकमत रहे । यसै कारण ती मुलुकहरुमा आर्थिक क्रान्ति सम्भव भयो । द्वन्द्वपछिको अवस्थामा तिनले अंगिकार गरेको राज्य सञ्चालन पद्धति युगानुकूल रहेका कारण नै आज ती देशहरु विकासको चूलीमा पुगेका हुन् । कुनै पनि मुलुकलाई अन्ध राष्ट्रवादले अग्रगामी बाटोमा हिंडाउँदैन । समयानुकूल राष्ट्रवाद मात्रै व्यावहारिक हुन्छ । कृष्ण धरावासीको उपन्यास गेस्टापो को मूल सन्देश यही हो ।

उल्लिखित सन्देश दिन उपन्यासकारले विश्व इतिहास र त्यसमा पनि खासगरी दोस्रो विश्वयुद्धबाट ध्वस्त जर्मनी Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : सुनौलो घाम बाँकी छ

~पदम गौतम~

पहेँलो साँझमा रोयौ, सुनौलो घाम बाँकी छ
अँध्यारो रातले के भो, उषाको लाम बाँकी छ

चढाई फूल च्यातेर, भयो के लौ बताऊ है
ढले त्यो मन्दिरै के भो, मनैमा राम बाँकी छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : म मृत्यु स्वीकार्न सक्दिन

~छविलाल कोपिला~chhabilal-kopila

म, मेरो खुशीको लागि
ईष्र्याको कम्बल ओढेर
कसैको सुख चोर्न सक्दिन,
वेदनाको शूल बाँडेर
कसैका सहानुभूतिहरु जोड्न पनि सक्दिन ।
म त आँसु पिएर बाँचेको मान्छे
यो जिन्दगीसंग
म हार स्वीकारेर
मृत्यु स्वीकार्न सक्दिन ।

थाहा छ मलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वप्न सुन्दरी ॥

~सुबेश घिमिरे~subesh-ghimire

सृष्टिको भब्यता फूलको पत्रमा
स्वप्नको सप्तरंगी अहो! लोकमा
नित्य देखिन्छ उछ्वासमा, सासमा
वागमा, रागमा, व्योमको साजमा॥१॥

कल्पना रासको फक्रदाँ यत्नले
चाहना यौनका मौन भै वर्षिए
दिब्य आभाष यो! मात्तिएँ आह! म Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : बीरबलकी छोरी र बाघको दूध !

~अज्ञात~

अकबर बादशाहको दरवारमा बीरबलको प्रवेश भएपछि अरु सभासदस्यहरुको महत्व नै घट्न थालेको थियो । अकबर बादशाहले बीरबललाई अरु सभासदस्यहरुलाई भन्दा बढी चाहन्थे र विश्वास गर्थे । साथै उनी बीरबलको सम्मान पनि गर्थे । अकबर बादशाहको दरवारमा एउटा हिन्दूले यति ठूलो स्थान पाएको कुरा अरु सभासदस्यहरुलाई मनपरेको थिएन । उनीहरु कसरी बीरबललाई पन्छाएर आफूहरु अगाडि आउने भन्ने कुरामा चिन्तित थिए ।

कुन बेला मौका आउँछ र त्यस मौका Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : बाध्यता

~सुरेस खनाल~

मैले हत्केलाले छोप्न खोज्दा खोज्दै
फुत्त निस्केर भागेको,
कुनै उड्दै गरेको
सिमलको भुवा जस्तो तिम्रो माया;
उड्दै उड्दै हावाको तालमा,
पटक पटक कालावाजी खाँदै,
तातो स्पर्शको क्षणिक मादमा,
घाम घाम चुलिँदै र ढल्किँदै,
चिसो भुइँमा बजारिँदा, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : कल्पना

~नारायण पोखरेल~

भर्खर एसएलसि सकिएर +2 शुरुवात गर्दै थिए । एसएलसि मा दोश्रो श्रेणिमा उत्तिर्ण भएको थिए ।सानैदेखि प्रथम हुदै आईरहेको म एसएलसि मा दोश्रो श्रेणिमा उत्तिर्ण भएको हुदा मेरो पढाई अोरालो लागेको थियो ।पढाइतिर त्यति चासो पनि दिएको थिएन । लाग्थ्यो कोहि पढ्नै नखोज्ने साथि बनाऊ ,र मज्जाले गफ गरेर बस्ने साथि बनोस ।सानैदेखि हाँस्ने बानि मेरो ,कसैको राम्रो कुरालाइ मजाकको कुरामा उडाईदिने यो त मेरो बानि नै बनिसकेको थियो ।त्यस माथि साथि पनि त्यस्तै खोजिरहेको थिए ताकि मेरो यो सबै कुरामा साथ दियोस ।र साथि बनाए पनि ।

Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीति कविता : भयभीत गीत

~क्षेत्र प्रताप अधिकारी~Chetra Pratap Adhikari

कस्तो होला हिमालको हिउँ पग्लेपछि
कस्तो होला समुद्रको पानी अग्लेपछि

सुन्दा पनि डरै लाग्छ
देख्नु परे के के होला नि !
हिउँबिनाको सगरमाथा Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : जीवन रित्तो रित्तो

~आचार्य प्रभा~acharya Prabha

रोइरहेको आकाश झै भयो यो मन
न त —खुशिमा फूल्न चाहेको छ
न त हाँसोमा भूल्न सकेको छ
केवल तड्पन छ,जलन छ
ह्रीदयभरी अट्टहास अनी चित्कार छ ,
खै!किन बैरागिएकोछ यो दिल ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : पर्दामा आमा बन्दा

~हरिवंश आचार्य~Haribansha acharya

सानो छँदा म छिमेककी आमैले बोलेको, कराएको सुनेर बस्थें र त्यसको नक्कल गरेर साथीभाइलाई हँसाउँथें। त्यसको धेरैपछि मदनकृष्ण दाइसँग एउटा दोहोरी गीत बनाउने योजना बन्यो। दोहोरीमा केटा र केटी हुनुपर्नेमा मैले बूढा–बूढी राखौं भनेर प्रस्ताव गरें। मदन दाइले बूढाको स्वरमा गाउनुभयो, मैले बाल्यकालदेखि साँचेर राखेको त्यही छिमेकी आमैको स्वरले गाएँ। पछि सुन्दा गजब लाग्यो।

त्यही दोहोरी गीतमा बूढीआमै बनेर मञ्चमा नाच्दा सबैले मन पराए। मेरो जीउडाल अग्लो भएकाले साडी लगाउँदा ताल न बेतालको भकारी जस्तो देखिए पनि ढाड कुप्रो पार्दा बूढीआमै सुहाउँदो भयो। स्वर पनि Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : दशा पिइएछ

~वियोगी बुढाथोकी~biyogi-budhathoki

नशा पिएँ भन्थें दशा पिइएछ
बोल्ने ओठलाई आफैँ सिइएछ

प्रेमको खोला तर्न भेट्न बोलाएँ
मायाको बदला चोट दिइएछ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : दार्शनिक बन्ने गोरेटोमा

~सङ्गीत आयाम~Sangeet Aayam

एकदिन कुनै परिचित व्यक्तिले मलाई देख्नासाथ एक्कासि भनेका थिए “तपाई त दार्शनिक हुनुपर्ने मान्छे’ । उनले किन मलाई दार्शनिक हुनुपर्ने भनेर भने त्यतिबेला मैले त्यस कुरालाई त्यति धेरै महत्व दिएको थिइन तर आज अनायासै उनले भनेका कुरामाथि गहिरो दृष्टि दिएर विचार गर्दा नसोचेका असङ्ख्य कुराहरु सामुन्ने आए । जसलाई मैले बिसिएर त्यति वास्ता गरेको थिइन आज त्यही कुराले मन र मस्तिष्क उद्वेलित बनाइरह्यो धेरै बेरसम्म ।

आज धेरै दिनपछि “तपाई त दार्शनिक हुनुपर्ने मान्छे” भन्ने सन्दर्भलाई लिएर म किन यतिबेला एकत्रित हुँदैछु यो एउटा यस्तो प्रश्न हो जुन प्रश्नले आनन्दको साथसाथै पीडा पनि दिइरहेछ । जीवन पनि आखिर प्रश्न नै प्रश्नहरुको गुजुल्टो त रहेछ जति फुकायो त्यति नै फुक्दै जाने । जति तन्कायो त्यति नै तन्किदै जाने । मात्र Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment