कविता : अदृश्य

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

थाहा छैन
तर,
किन नहुनु
थाहा छ
एकदम थाहा छ,
यो मध्यानीमा
त्यो मध्यरातमा
एक्लो
सिर्फ एक्लो
म घोत्लिइरहँदा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : व्यस्त

~कात्यायन~dhanwantari-mishra-katyayan

– कुरा अनिष्टकारी भू-कम्प पछिको हो | सबैजना व्यस्त देखिन्थे | कोही चाऊ-चाऊ खोज्नमा व्यस्त थिए त कोही चाऊ-चाऊ लुकाउनमा | कोही राहत बाँड्नमा व्यस्त थिए त कोही राहत खोस्नमा |

– कोही भू-कम्पले भत्किन लागेको घर कसरि भत्काउने भनेर चिन्तित थिए, त कोही नभत्किएको जिर्ण घर कसरि भत्काएर “रातो-कार्ड” लिने भन्ने गृह-कार्यमा व्यस्त थिए | Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : लुते कुकुर

~रजित ओझा~Rajit Ojha

चर्को गर्मी , वाटोको मुटुमा ट्याक्टरले डाम छोडेका छन्, पानी परुन्जेल नमेटिने।उसको अनुहार बाट पनि तप तप पसिना चुहिएको छ भान्छाको भुईँका केहि अंश भिजिने गरी । एउटा झ्याल अनि ठ्याक्क झ्याल बाहिर भरखरै वन्न आँटेको नयाँ विल्डिंगको भित्तो। उसलाई उसको नयाँ बन्न आँटेको छिमेकी देखि यहि रिस छ। नयाँ छिमेकीले उसको भागको हावामा पनि भागवण्डा लाएको छ। सानो घरका मान्छेले हावा पाउनु हुँदैन भनेर कहाँ लेखेको छ ? कहिलेकाहिँ उसलाई लाग्छ नेपालमा नयाँ वन्ने सम्विधानमा हावा सम्वन्धी धारा पनि हुनुपर्छ ” प्रत्येक नेपालीको नेपालमा वग्ने हावामाथी वरावरको हक हुनेछ, कसैको विल्डिंग तिन तल्ले भएको भरमा वढी हावा लिएमा सामाजिक अपराध मानी कारवाही हुनेछ ।”

उसको घरको छिँडीमा एउटा लुते कुकुर वस्छ। उ त्यो लुते कुकुरलाई हेर्छ। उसलाई आफु जस्तै लाग्छ त्यो लुते Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : छ लडेको मान्छे

~केडी रेम्नीसीङ~

उठेर नि हिड्नु नै छ लडेको मान्छे,
उही लड्छ जो छ अघि बढेको मान्छे ।

खोई केको कमी हुँदा हिड्ने बाटोमा,
भूईँ झर्छ धेरै माथि चढेको मान्छे, Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीति कविता : सिमानाहरु

~दिलिप योन्जन~Dilip Yonjan

सारिएका सिमानाहरु, पुरानै डोबमा गाड्नु छ
खुम्चिएको देशको नक्सा, फेरि नयाँ कोर्नु छ
टिष्टा र कांगडा फिर्ता, लिन लड्न बाँकी नै छ
उठ है उठ युवाहरु हो, देशको मुहार फेर्नु छ।

सन्धि र सम्झौतामा, मेरो देशको माटो हराइरहेछ
कहिले कोशी कहिले गन्डकी, पटक2 बिक्री भइरहेछ Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

लेख : लघुकथा लेख्दा हेक्का राख्नु पर्ने विशेष कुरा

~मोहनराज शर्मा~mohanraj-sharma

साहित्यका चार वटा मूल विधामध्ये एउटा आख्यान हो । आख्यानका तिन वटाउपविधा वा भेद छन्, जसमध्ये एउटा उपन्यास, अर्को कथा र तेस्रो लघुकथा हो ।बाह्य संरचना एवं आकारमा उपन्यास बृहत्तम आख्यान, कथा मझौला आख्यान र लघुकथा लघुतम आख्यान हुन्छ । आख्यान भएकाले यी तिन वटैमा घटना हुन्छन्, तर बृहत् भएकाले उपन्यामा जति पनि घटना रहनसक्छ भने मझौला भएकाले कथामा केही मात्र घटना र लघु भएकाले लघुकथामा दुईतिन स्वतन्त्र घटना मात्र रहनसक्छन् । आकार सानोठुलो भए पनि यी तिनै समान रूपमा पूर्ण र स्वनिष्ठ हुन्छन् । ‘पूर्ण’ हुनु भनेको आदि, मध्य र अन्त्य भाग हुनु र ‘स्वनिष्ठ’ भनेको आफैंमा उभिनु हो ।

लघुकथा केवल एक पङ्क्तिको पनि हुनसक्छ तापनि यो सामन्यत: ५०० शब्दका वरपर रहनु उपयुक्त देखिन्छ । यसले १००० शब्द नाघ्दा कथाको संरचनामा प्रवेश गर्ने र ५०० शब्दभन्दा निकै सानो हुँदा चुटकुला Continue reading →

Posted in लेख | Tagged | Leave a comment

गजल : माया चल्छ बिस्तारै

~पशुपति कर्माचार्य~

जसै अल्झिन्छ प्रेममा माया चल्छ बिस्तारै
तिमीलाई भेट्ने चाहना अरू बढ्छ बिस्तारै

जहाँ गए पनि तिम्रै यादले सताउँछ नै
र त तिमीलाई भेट्ने उपाए बन्छ बिस्तारै Continue reading →

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : बालकृष्ण सम र उनको मुकुन्द इन्दिरा नाटक

~कृष्णप्रसाद कोइराला~

१. नेपाली नाटक र नाट्यसम्राट् बालकृष्ण सम

नाटक दृश्यकाव्यको सशक्त रूप हो । यद्यपि नेपाली साहित्यको विशाल प्राङ्गणमा नाटक विधा तुलनात्मक रूपमा कान्छो विधा भए पनि मोटामोटी नेपाली नाटकलाई तीन चरणमा विश्लेषण गर्ने परम्परा छ । विक्रम संवत् १९४४ देखि १९८५ सम्मको प्रथम चरणमा नेपाली समाज नाटक संस्कृतका केही अनूदित र रूपान्तरित स्वरूपमा देखा परेको नेपाली नाट्यविधा वि. सं. १९८६ देखि वि. सं २००७ सम्मको दोस्रो चरणमा सामाजिक, मौलिक, शिल्पगत नवीनता, संवादात्मक संक्षिप्तता, स्वच्छन्दता र पाश्चात्य नाटक सिद्धान्तद्वारा प्रभावित देखिन्छ र वि. सं. २००८ देखि हालसम्मको तेस्रो चरणमा मनोविश्लेषणात्मक, व्यङ्ग्यात्मक, प्रतिकात्मक, भावात्मक, आञ्चलिक आदि विशेषताहरू दिँदै अघि बढेको पाइन्छ । नेपाली नाट्य साहित्यलाई आधुनिकताको पाइलामा पदार्पण गराउने श्रेय नाट्य सम्राट् बालकृष्ण समलाई जान्छ ।

१.१ समको जीवनीसार Continue reading →

Posted in समीक्षा | Tagged | 2 Comments

Poem : You are so beautiful

~Lekhnath Kafle ‘Rajan’~

Angels are jealous on your beauty
Moon wants to date with you
Flowers are ready to be your cloths
Fresh air seems to blow around you
Because you are so beautiful Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : जँड्याहा द्वन्द

~गोपालप्रसाद पौडेल~

डाँडा रोहिरहेछ
वेँसी रोहिरहेछ
हरेक नेपालीको आँखा
रगत रोहिरहेछ
पसिनाको अवमुल्यन गरिँदैछ
टोपि ठाउँठाऊंमा प्वाल परेको छ
अस्तित्व संकटमा छ
दौरासुरुवालको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : धामीको आव्हान र घोषणा-पत्रको प्रतिक्षा

~अशोक ‘खलानको मान्छे’~

देशलाई वोक्सी लागेको छ भनी
बन्झाक्री बनी हिंडेका हरु
नयाँ घोषणा पत्रको आव्हानमा
सयौ धामीका सभा राख्ने हरु
निर्दोश्लाई बोक्सीको आरोप लगाइ
उठिबास त गराए गराए
झाक्री बसेको हेर्न आत्तुर हामीहरु
जात्रे बनेका छौ , बिजोग सहेका छौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : को पशु ?

~पुष्पा भण्डारी~

“हैन कति पाल्छौ यी पाल्तुलाई अब त हामीले लग्नु पर्यो .“

सधै जस्तै हाम्रो मोल तोल हुदै थियो . मेरा बा पनि यहि ठाउँ बाट  येस्तै समयमा जानु भएको थियो रे आमा ले भन्नुभएको .

“मलाइ पनि सहर लागे भने पैला बुबा खोज्ने सोच्य छु. “ मैले आमा अनि भाइ बहिनि लाइ भने .

अब त भाइ बहिनि पनि ठुलो  भइसके बा नभए पनि मैले उनीहरुलाई त्यो अनुभब हुने मौका दिइन .  सानै देखी तिनको  दुख सबै मैले नै हेरे त्या माथि मलाइ सिकाउने अराउने आमा पनि हुनुन्थ्यो .  म कुनै हालतमा नि Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मुक्तक : बातबहादुरहरु

~चित्र लक्ष्मी~chitra-bahadur-chaudhari-laxmi

छाती भएकाले आँटको कुरा गर्छन्
कला भएकाले छाँटको कुरा गर्छन्
तारादेखि तर्सने Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : मसान घाट

~सिसम पाण्डे~

मसान घाटमा सलो बलिरहेको थियो
सलो माथी मृत शरिर जलीरहेको थियो

मान्छे रुपी स्वार्थी मलामीको मन पनि
आखीर केहि रहेनछ भनि गलीरहेको थियो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : भीजिट भीसा

~केसरी अम्गाईंं~

साँच्चै यस्तै हुन्छ भन्ने थाहा पाएको भए ऊ यहाँ आउदैनथ्यो ।

यो मरुभूमिको देश तातो घाममा भक्भकी पाकेर सास्ती खानुभन्दा आफ्नै घरमा गुन्द्रुक र ढिंडो खाएर भकारा सोर्नु धेरै बेश– उसलाई यस्तै लाग्दै थियो । चालीस चालीस दिनसम्म दुबईको सारा चाहार्दा पनि काम नपाए पछि निरास प्रविण पार्कमा बसेर आफ्नै अतितलाई सम्झदै थियो । यहाँ आएकोमा आफैलाई धिक्कार्दै, पछुताउदै थियो तर अब पछुताएर कुनै अर्थ थिएन ।

दुबई अन्तराष्ट्रिय विमानस्थलमा पाइला टेकेको दिन उसको भुईमा खुट्टा थिएन । सपनाको देशमा आइपुगेपछि सबै कुरा तुरुन्त ठीक भईहाल्छ । “दुबइ ओर्लिए पछि मलाई फोन गर्नु विमानस्थल भित्रबाट निःशुल्क फोन गर्न पाइन्छ, म लिन आउने छु ।” गाउँले दाजुको कुरालाई सम्झिरहे पनि ओर्लनासाथ उसले फोन गरेन । दुबई आइपुगेको खुसीमा नेपालको विमानस्थलमा भोग्नु परेको झमेला र सास्ती उसले बिर्सिएको थियो । ऊ सम्झदै छ त्यो क्षण– Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ङा चेपाङ

~केशव सिलवाल~

ङा नाङकाइ झाकङल
अर्थात म तिमीलाई मन पराउँदिन

कारण –
म चेपाङ हुँ
च्यापिँदा च्यापिँदा चेप्टिएको
ओडारमा लुकि राखेको
चे ग्वेभारा बन्न नसकेको चे
तर पनि म सँग छ मेरो आत्मीय पाङ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सुन चाहिंदैन

~सुको साइबर~

चोखो माया भए पुग्छ सुन चाहिंदैन
अलिनो नै खान सक्छु नुन चाहिंदैन

तिमी मेरो दिल्मा बस्नु म चैं तिम्रो दिल्मा
दुबै मिली गाउ गीत धुन चाहिंदैन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : सवाल

~वाग्ले प्रकाश ‘बगर’~

देश छाडें प्रदेशी यो माटो अर्कैभो
स्वदेश प्रति प्रेमको पाटो अर्कैभो Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : पोख्न पाए हुन्थ्यो

~राई रमेश “गाउले”~

उनकै सामु मनको भाव, पोख्न पाए हुन्थ्यो
कतिमाया गर्छु उनलाई , जोख्न पाए हुन्थ्यो

क्षितिज वारी क्षितिज पारी, हामी दुइको यात्रा
दोबाटोमा भेट भई ,रोक्न पाए हुन्थ्यो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : हास्ने खेल्ने दिन आमा

~के.आर.बिबश राङ्खानी~

कहिले आउला गरीबको हास्ने खेल्ने दिन आमा
साढेसाती लागि राख्ने हाम्लाई मात्रै किन आमा

दु:ख बिमार ठुला रोग गरीबलाई लाग्नु पर्ने
के गरेर तिर्ने होला साहुको सबै रिन आमा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

नेपाली भजन : मन पनि हरि भो,तन पनि हरि भो

~राममणी रिसाल ~

मन पनि हरि भो,तन पनि हरि भो
भज भज प्राणी हरि नै भर हो ।

मैले सम्झें म चाँहीं तर तिमी मन मै बस्छौ आई
जानी नजानी बोल्छे रचना, भव भए नै हो यो सब रटना Continue reading →

Posted in नेपाली भजन | Tagged | Leave a comment

समीक्षा : रुद्र ज्ञवालीका कथाहरुलाई हेर्दा

~नारायणप्रसाद पौडेल~

समसामयिक नेपाली कथाका क्षेत्रमा कलम दगुराउने सशक्त स्रष्टा हुन् रुद्र ज्ञवाली । वि.सं. २०२० कार्तिक १ गते गुल्मीको ग्वादीमा जन्मेका ज्ञवालीका निर्वासन कथा संग्रह (२०५८), सपना फुल्ने रातहरु गजल संग्रह (२०६१),विवरुका कथाहरु संयुक्त लेखन (२०६६) प्रकाशित रहेका छन् । अत्यन्त प्राचीन र रोचक विधा कथा मानवीय संवेदनालाई रोचक ढंगले प्रस्तुत गर्ने भएकाले यो पछिल्लो समयमा लोकप्रिय हुँदै गएको देखिन्छ । छोटो किस्सा, सीमित पात्र, सीमित उद्देश्य, सीमित परिवेश र कल्पना भन्दा बढी यथार्थ प्रकट हुनु कथाको मूल विषेशता हो । कथाकार ज्ञवालीले यिनै कुराहरुलाई समेटेर कथा लेख्ने गरेको पाइन्छ । अझ विषेशगरी उनले आफ्ना कथाहरुमा हराउँदै गएको मानवीयता, अस्तित्वविहीन जीवन , दैनिक रुपमा घट्ने घटनाको यथार्थ चित्रण, जुनसुकै शासन पद्धति प्रारम्भ भए पनि सर्वसाधरण जनताहरुले सास्ती खेप्नु पर्ने बाध्यता आदिलाई कथाको विषयमा समेटेको पाइन्छ । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : तारा

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

निशिको बेला, चल्छु अकेला,
मिरमिर सडककिनार ।
अरण्य सदृश यो जगतीतलको
फोटो खिच्छ गगनले जलको,
जनमन–आँशु हजाराँ !
पवन, रुदित शिशु, शिथिल निदाउँछ,
घोप्टी द्रुमको सहारा !
थोपा चुहाउँछ कहिलेकाहीँ,
मूर्छित स्मृतिको किनारा !
बुद्ध चलेथे यी जलकण भनी
फोटो निहारी निज उरको, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

रामप्रसाद ज्ञवालीका बीस छोटा कविताहरु

~रामप्रसाद ज्ञवाली~

महान् बन्ने भए इच्छा सुनौला सिर्जना गर
श्रम-त्याग-तपस्याले बन्दछन् सृष्टि सुन्दर ।
त्यसका निम्ति मान्छेले साधना गर्नुपर्दछ
बर्सिन्नन् अन्नका दाना, बिउ नै छर्नुपर्दछ ।।

स्वादे जिब्रो सधैँ गर्छ स्वादकै निम्ति ‘उद्यम’ !
स्वादकै निम्ति मान्छेले गर्छ ‘यत्न-पराक्रम’ !
‘खा खा’ भन्दछ ‘जिब्रो’ले, ‘नखा’ भन्दछ ‘स्वास्थ्य’ले
जित्यो भने त जिब्रोले हार्दो रहेछ स्वास्थ्यले ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मनसरा

~निभा शाह~Nibha Shah

मनसरा
पसिना बगेर
दुनियाँ बदलिने भए
भरियाको दुनिया
उहिल्यै बदलिसक्थ्यो मनसरा ।

रगत बगेर
दुनियाँ बदलिने भए
जनताको दुनियाँ
उहिल्यौ बदलिसक्थ्यो मनसरा ।

जब कि मनसरा ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : मायाले मेरो मायाले

~म. बि. बि. शाह~

मायाले मेरो मायाले टाढै बसे पनि
नसम्झेरै पनि रुवाऊँछ किन यो मायाले ।

ओठको हाँसो खोसेर लग्यो पापीले Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : यो कस्तो बिवस्ता

~प्रदिप बुढाथोकी~

छयासी वर्ष पुग्न लाग्नुभएकी मेरी वृद्धा आमा कोठामा पस्नासाथ कोठै ह्वास्स गन्हाउँछ । मेरा चौध वर्षीय छोरो मनिष, बाह्र वर्षीया छोरी सुमी र मेरी पत्नी मानवीले नाक खुम्च्याउँदै एकअर्काको अनुहारमा हेर्दछन् । मलाई बडो असजिलो लागेर आउँछ । मनले नचाहँदा-नचाहँदै पनि म आमातिर हेरेर भन्दछु- “आमा जानुहोस्, कोठामा गएर सुत्नुहोस् ।” मेरो कुरो टुगिनासाथ मानवी कुरो थप्दै भन्छिन्- “हो त नि ! यहाँ यी भुराभुरीहरूसँग बसेर के गर्नु ? बरु कोठामा गएर आरामसँग सुत्नुहोस् ।”

हाम्रो कुरो सुनेपछि आमा केही नबोलीकन एकटक लाएर मतिर मात्रै हेरिरहरनुहुन्छ, त्यो क्षण आमाका ती विषादपूर्ण दृष्टिमा निहित असङ्ख्य गुनासाहरूले मलाई भित्रभित्रै मर्माहत तुल्याउँछन्, तर म मौन रहन्छु । आमा शिथिल गतिमा आफ्नो कोठातिर लाग्नुहुन्छ । मलाई Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बुद्ध थिएँ

~सुरज सोडारी~

देवकोटा बनेँ -पागल भने
गोर्की बनें -गरिब भने
कालिदास बनें- मूर्ख भने
चर्चिल बनें-बुद्दु भने
परिक्षणमा
कुनै दिन मलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : रुन्छु नभन

~बच्चु कैलाश~

रुन्छु नभन
सम्झी मलाई जुनेली रातैमा
भेटी मलाई सपनाको देशैमा
विरही बन्छु नभन ।।

मन मनको पूजा हो यो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कतै टाढा तिमीबाट पुगेँ भने

~बिक्रम गुरुङ~

कतै टाढा तिमीबाट पुगेँ भने
कल्पेर नबस्नू
ठूलो छ संसार हजार छन् मुटु
आफैंमा हराई बर्बाद नहुनू

कति बात अधुरो छन्
कति थपिने पनि छन् Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

युद्ध कथा : कमरेड नमुना

~राजु स्याङतान~

म एमाओवादीको महाअधिवेशनमा भात पकाउन एउटा टेन्टबाट खटिएको थिएँ । मेरो काम भाडाँ माझ्ने थियो । भाडा माझ्ने ठाँउबाट माओवादीको भाषण बेलाबेलामा कानैमा गुन्जिन आउँथ्यो ।

दोस्रो दिन एउटा नारी आवाज वरपर गुन्जियो । कतै सुने सुने जस्तो, उक्त आवाज पछ्याउँदै गएँ । जति जति नजिक पुग्यो, त्यति त्यति परिचित लाग्न थाल्यो । भान्सेको परिचय पत्र देखाएर टेन्टको प्वालबाट स्टेजमा चिहाएँ । खचाखच भरिएको महाधिवेशनहल । सजिसजावट रोस्टममा उभिएर धाराप्रवाह बोलिरहेकी थिई एउटी महिला नेतृ ।

नियालेर हेरें, उही मेरो कमाण्डर कमरेड नमुना । उनी बोलिरहेकी थिई अविरल सागर उर्ले सरि । आँधी गर्जे सरि । अनायासै म भने खै कता डुँबे थाहै पाईन । टेन्टको सानो प्वालबाट विस्मृतिमा छोडी आएको त Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सालिकहरूको मृत्यु

~मदन राई ‘लामाखुले’~ Madan Rai 'Lamakhule'

सालिकहरू को मृत्यु
मृत्यु भएर सालिकहरू नै
सालिक बनेकाछन्
सालिकहरूको मृत्यु भएर
घलौट का मूर्तिहरू
उभिएकाछन् चोकहरूमा,
धलौटका मूर्तिहरू,
अनेक प्रतिकहरू, Continue reading →

Posted in कविता | Tagged | Leave a comment