सेदोका : शरणार्थी

~शान्तिनारायण श्रेष्ठ~shantinarayan-shrestha

आफू जन्मेको
आफ्नै गाउँ ठाउँमा
शरणार्थी बनेर Continue reading →

Posted in सेदोका | Tagged , | Leave a comment

कथा : नीना

~महेशविक्रम शाह~Mahesh Bikram Shah

म नीना ! माला मेरी मुटु । मेरो जीवनकी एक महत्त्वपूर्ण मोड थिई माला ! ऊसँग मेरो पहिलो भेट सहरको एक हेल्थ क्लबमा भएको थियो । म सुरुमा आफ्नो लोग्नेसँग त्यहाँ गएकी थिएँ । ऊसले भनेको थियो, ‘बिहान यसो जुम्बा, साल्सा गर । नयाँ साथीहरू पनि बन्छन् । शरीर पनि फ्रेस, मन पनि फ्रेस ! तिमी फ्रेस भयौ भने म पनि फ्रेस !’ सुरुमा झ्याउ लागे पनि पछि लौ गइहेरौं न त कस्तो रहेछ भन्ने मनमा लाग्यो र म हब्बीसँग हेल्थ क्लब गएँ ।

त्यहाँको वातावरण गजबको थियो । मैले कहिल्यै नदेखेका मान्छेहरू त्यहाँ थिए । सुरुसुरुमा जुम्बा गरेँ । पछि हब्बीले भन्यो, ‘साल्सा गर । साल्सामा बढी आनन्द आउँछ । पार्टीहरूमा नाच्नुपर्‌यो भने काम लाग्छ ।’ मलाई Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : हेर्नुस त

~बाबु त्रिपाठी~babu-tripathi

कुमालेको त्यो कला हेर्नुस त
पृथबि जत्रो गमला हेर्नुस त

दाइजो नल्याएको झोंकमा
रेटीएकी अबला हेर्नुस त Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : रत्नपार्क

~योगेन्द्र रिजाल~

एउटा मान्छे, रत्नपार्कतिर
छाता किन्छ-समय ओढ्छ ।
घडी किन्छ-समय हेर्छ ।
किताब किन्छ-समय पढ्छ ।
चस्मा किन्छ र देख्छ समय-
निलो,पहेंलो,कालो,रातो………
व्यस्त फुटपाथको
एउटा कुनामा,
अक्टोपस-ज्योतिषले हात हेर्यो, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अतृप्त शरीर

~लक्ष्मण अधिकारी~laxman-adhikari

उसले पछाडिबाट च्याप्प समाती । रातको अध्याँरो छ, म भ¥याङ उक्लदै छु । मैले बल गरेँ, बेल्ट पाइन्टसहित ओरालो लाग्दै छ । उसले छोडेकै होइन । माथिबाट कोही आएको पदचापले पसिना फुटायो । ढुकढुीले गति लियो, छाती बेलुन जस्तै उचालिदो छ । घरपटीकि नयाँ बुहारी मेरो कुमारत्वमा धावा बोल्न मैदानमा उत्रिएकि छे । म त्यो चक्रव्यूहुबाट फुत्किन खोज्दै छु । स्वर निकालेर कराउन पनि नमिल्ने । उसले खित्का छोड्दै भनी, अव लु त………………… । उसको स्वरमा निर्धक्कपन छ, व्यवहारमा निर्लज्जता । उ छिल्लिदै छे । म फुत्किन जोड गर्दै ।

उ सँग बोल्ने अहिलेसम्म काम परेको थिएन । बाटोमा उभिएर उसैले, आउनु भो ? चिया खानु भो ? राम्रो भ र काँ जान लाग्या ? यस्तै कुरा सोध्छे । कहिले बाटो छेक्दै हिँड्छे । उ अलि उच्छृङ्खल लाग्छे । समग्रमा उ मेरो लागि अलि खतरै थिई । उसले मलाई कुन दिन अवर पार्छे भन्ने लाग्या थ्यो । उस्तै परे निचोर्न बेर लगाउँदिन, Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बम

~डिल्ली मल्ल~dilli-malla

अचेल साँझ नपर्दै
पड्किन थाल्छन् सहर छेऊमै
“बहिस्कारवादी सकेट बम”हरु
र, तर्साउन खोज्छन् ब्यालेट बक्सहरुलाई
तर, किन–किन मलाई
बम पड्किदा पनि रमाइलै लाग्छ ।

अचेल हरेक बिहान Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : धन्य हो लोकतन्त्र

~हुसैन खाँ~hussain-khan

यताउता जतासुकै कुरा चल्यो फसादको
कि अन्ध भो स्वदेश यो हुरी चल्यो विषादको
चुसेर रक्त दीनको मजा लिने मनुष्य हो
मनुष्यलाइ विश्वमा सताउने मनुष्य हो
(१)

सभा भयो कठैबरा ! कराउने- तताउने
बढ्यो स्वभाव दानवी दबाउने- सताउने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : प्यारी छिन् हाम्रै धर्तिमाता

~आचार्य प्रभा~acharya Prabha

सगरमाथा शिर हाम्रो,अन्नपूर्ण छाती
मकालु र लाम्टाङ हिमाल बस्छन शिरमाथी —

पशुपती पुज्ने थलो,आस्था भद्रकाली
एकचित्त ध्यान दिइ पूज्छन गोरखाली — Continue reading →

Posted in नेपाली गीत | Tagged , | Leave a comment

कविता : समयको अनुहार

~कुमार आले~Kumar Ale

समयको अनुहार खस्न नपाउंदै
अनुहार सम्हाल्न
विचारको खेती उमारेर
एउटै खलामा
अन्त्यहीन छलफलको सामना गर्न
आऊ
ए ! दाइ साइलाहरु! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति लिएर आऊ

~निर्मला अवस्थी~Nirmala Awasthi_1

यसपाली त तिमी आउंदा प्रेम र मायाका
लहरहरु लिएर आऊ
सुरीला मीठा धुनहरु सुसेल्दै
सबैको अनुहारमा हांसो र खुशि लिएर आऊ
पर्दैन भो अरु कोसेली
तिमी स्वस्थ्य भएर आऊ
नयां वर्ष तिमी शान्ति लिएर आऊ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जन्मदिन

~रिशब आत्रेय~

आँखा चिम्लिएको छु .
चोर र बुढी औंलाले
आँखा छोपी बस्दा
पहिलो तस्बिर
बासुरीको आउछ ।
बाँसुरी !
आफ्नो मुल्य
रु १०० बस ! काफी भो . Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम दिवसको प्रेम गीत

~राजेश राई~Rajesh Rai

मैले कुनै प्रेम दिवसमा
मेरो प्रियसीलाई भनेको थिए।
दन्त्यकथाको वायुपङ्गी घोडा जस्तै वन्न सक्छु ।
तिमीलाई एकादेशको राजकुमारले जस्तै
सुनको आकाश ओढ्न र
फुलको धर्ती टेक्न दिन्छु ।

हो मेरा प्रिय मित्रहरु! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : गर्छु हार मलाई..!!

~हरी गौतम~

चाँहीदैन जितबरु, स्विकार गर्छु हार मलाई..!!
तिमी खुसी भईदिए, नदीनु भो प्यार मलाई..!!

बिच बाटोमा देखी कहीले,तिव्र घृणा जाग्यो भनें
सहन्छु म अझै पनी, दिनु पिडा हजार मलाई..!! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : राज्यसँग एकालाप

~विप्लव ढकाल~Viplav Dhakal

तिम्रो तिर्खा मेटाउन
मैले आफ्नो रगत दिएँ

तिम्रो नग्नता ढाक्न
मैले आफ्नो छाला दिएँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कार्यपत्र : खेली गीत र रोइला गीतका भिन्नता

~तुलसी प्रवास~Tulasi Prawas

१. पृष्ठभूमि

खेली गीत र रोइला गीत नेपाली लोक गीतका भिन्न भिन्न प्रकार हुन् । यी गीतहरूको व्युत्पत्ति, परिभाषा, संरचना, लय/छन्द, गायन स्थल, गायन अवसर, गाउने जाति आदिमा धेरै नै भिन्नता पाइन्छ । लोकमा गएर अनुसन्धान गरिएका तथ्यहरूले यस कुराको पुष्टि गर्दछन् । खेली र रोइला गीतको सम्बन्धमा अग्रज लेखक तथा अनुसन्धानकर्ताहरूका विचारमा एकरुपता पाइदैन । पुस्तकहरूमा पनि अन्योलपूर्ण रुपमा यी गीतहरूलाई प्रस्तुत गरिएको छ । यी गीतलाई यहाँ लोककै बोली अनुसार नामकरण गर्दै तिनीहरूको व्युत्पत्ति, परिभाषा, प्रकार, संरचना, लय÷छन्द, गायन स्थल, गायन अवसर, गाउने जातिका आधारमा तथ्यपूर्ण उदाहरण सहित तिनका बीचको भिन्नता पहिल्याएर विश्लेषण गरी निष्कर्ष निकाल्ने काम गरिएको छ ।

२. खेली गीत Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कविता : आज मैले माने!

~नोवल निरौला~

कति वोक्छौ डोको आमा, कति खन्छौ वारी
गर्छौ कति मेलापात, दु:ख गरी गरी
फूलि सक्यो कपाल तिम्रो, चाउरि पर्यो गाला
लाग्दो होला आसा कति, लाग्दा वुढेस काल

यस्तै यस्तै कुरा गर्यो, फूनमा छोराले
घुम्न आउँछौ काठमाडौ, सोध्यो कालेले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अजाकिएका मनहरु ब्यूँझाउदै

~विरबहादुर के.सी ‘अपराजय’~

जलजलाको बक्षस्थलमा
फूलेका लालिगुराँसहरुमा
समयको परिवर्तनसँगै
एकहुल मान्छेहरु
गुट र उपगुटका नाराहरु लगाउँदै
जलजलाको आत्ममा छुरा हान्दै
यतिबेला
यत्रतत्र सर्बत्र
प्रतिगमनका गीत निरन्तर गाइरहेका हुनेछन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : एकदिन पक्कै सुदिन फर्किन्छ भाइ

~देबेन्द्र बस्याल~devendra-basyal

टोक्योको ब्यस्त सडक, प्रचण्ड गर्मी, सडक देखि केही भित्र सानो इन्डियन रेष्टुरेन्ट, बाहिर मानिसहरु खरेनान खान लाईन लगाइरहेका छन् । जापानीजहरुको बानी सानो कुरामा पनि ठ्याक्क लाइनमा बस्ने र पालो कुर्ने हुन्छ । काम गर्नेहरुले पनि कसैलाई पनि भेदभाव नगरी समानताका आधारमा सेवा उपलब्ध गराउने चलन छ । नाताबाद र कृपाबाद यहाँ चल्दैन । सबै बरावर भन्ने यहाँको मेन प्रिन्सीपल देखिन्छ । चन्द्रे र दले कुक किचनमा व्यस्त छन भने साहु वेटर गर्दछन हलमा । चन्द्रेले करी बनाउछ भने दलेले तन्दुरी हेर्छ । उनीहरुलाई भ्याइनभ्याइछ, रस्साकस्सी छ त्यहाँ ।

“यस्तो पनि नान हुन्छ ?” साहुले त्यही नानले कुकलाई हिर्र्काए तर दले तर्कीयो र बच्यो । उनी रिषको झोकमा आफै तन्दुरमा गएर नान हाने । तन्दुरको विटले हात पोलेछ साहुले पोलेको ठाउँमा चाटे । एक छिन पछि Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : आषाढस्य प्रथम दिवसे

~चन्द्रकान्त आचार्य~

मैले मास्को उत्रेको केही दिनभित्रै पार्कहरुमा, मेटूोमा र बाटोमा पनि युवायुवतीहरु स्वच्छन्दतापूर्वक एक अर्कोको अँगालोमा कँस्एिर चुम्बन गरिरहेका दृश्य देखें । किन यस्तो स्वच्छन्दता ? के यो आवश्यकता हो या अश्लीलता प्रदर्शन गर्ने बाहना हो ? मलाई निर्णय लिन कठिन परुयो । म काठमाडौं एयरपोर्टमा आफ्नी श्रीमतीसँग बिदा हुँदा उनका आँखामा आँसु देखिएलान् भनेर छुने बेलामा नजिकिनसम्म सकिन । त्यस बेलामा उनलाई अँगालोमा कँसेर चुम्बन गरेको भए के हुन्थ्यो ? एकजना पश्चिमी पर्यटकले त्यस्तो मेरो रुखो बिदाइ देखेको भए के भन्थे होलान् ? Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : रुँदैछु म गैरी खेतमा

~बुद्धवीर लामा~buddha-bir-lama

रुँदैछु म गैरी खेतमा तिमी परदेशमा
सपनीमा मात्रै आउँछौ नौलो नौलो भेषमा

आज बिहान डाले कौवा किन करायो
कस्तो खबर आउँछ भनी यो मन डरायो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : बिहेको निम्तोमा

~सुबिन भट्टराई~Subin Bhattarai

माघको महिना थियो, झन् त्यहाँ माथि बिहानैदेखि आकाश धुम्म थियो । सिरक छाडेर पटक्कै उठ्न मन लागेको थिएन । तर त्यो दिन बिहेका ६ वटा निम्तो परेकाले कुल परिवारको ४ जनाको सङ्ख्यालाई निम्तो मान्न जाने ठाउको बाँड˚ाँड गर्दा धन्न मेरो भागमा चैँ यौटै मात्र प¥यो र त्यसमा पनि खुशी हुने कुरो के थियो भने त्यो बिहेको निम्तो मान्न जाने ठाउँ टाढा नभइ छिमेकीकै घर थियो । यो सब भागबन्डा अघिल्लै दिन तय भैसकेको थियो । अनि हाम्रो परिवारको चलन के थियो भने कार्डमा ‘सपरिवार’ वा ‘चुु’ लेखिएको भएतापनि १ जना भन्दा बढी त्यहाँ उपस्थित नहुने । तर यो नियम अत्यन्त नजिकको नातेदारको हकमा लागु हुन्नथ्यो—अर्थात् त्यहाँ भ्याएसम्म सपरिवार नै उपस्थित हुन्थ्याँैै, त्यो भन्दा त केही दिन अगाढिदेखि काम सघाउन गइएकैै हुन्थ्यो, त्यो भिन्न कुरो ।

त्यो दिन मैैले जानु पर्ने निम्तो ‘छोरी’ को तर्˚बाट बोलाइएको थियो र बिहे यस्तैै १२ या १ बजेको हुँदो हो । छिमेकी युवतीसित मेरो राम्रै सम्बन्ध थियो । हामीमा उमेरको त्यस्तो पार्थक्य केही बढ्ता छ जस्तो लाग्दैनथ्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : झेल भो धेरै जिन्दगीमा

~कालीप्रसाद रिजाल~Kali Prasad Rijal

झेल भो धेरै जिन्दगीमा
झेलै झेल भो
मेरो माया उसको लागि
हाँस्ने खेल भो

के दुख्थ्यो र कलेजी यो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : तिम्रो नाउँ लेखिएछ

~सुवासचन्द्र ढुङ्गेल~subash-chandra-dhungel

तिम्रो नाउँ लेखिएछ आफ्नो नाउँ लेखौं भन्दा
ऐनामा त तिमी देखें आफ्नो रुप हेरौं भन्दा

चोटहरू मीठो लाग्ने दिन पनि आउँदो रैछ
सक्तिन म तिम्रो नाउँ नलिई सास फेरौं भन्दा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : मैले गन्न बाँकी थियो

~ललिजन रावल~Lalijan Rawal

कति दियौ पीडाहरू मैले गन्न बाँकी थियो
तिमी भने हिंडी हाल्यौ केही भन्न बाँकी थियो

खानुसम्म खायौं हिजो, आज अनिकाल पर्दा
नयाँ बाली लगाउन बीउ धन्न बाँकी थियो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : त्यहाँ त बैंस खुल्छ रे

~नवराज लम्साल~Nabaraj Lamsal

जसै म फुल्छु प्रेममा त्यहाँ त बैंस खुल्छ रे
जवान जोश होशको इमान फूल फुल्छ रे

हतार बन्छ जिन्दगी तनाव बढ्छ सुस्तरी
पवित्र मित्र फूलमा अमूल्य मूल्य झुल्छ रे Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : गणतान्त्रिक धुन

~टंक सम्वाहाम्फे~Tanka Samwahangfe

आजभोलि गणतान्त्रिक धुन
निरन्तर वजिरहेछ
हामी त्यहि धुन सुनेर
खुशीयाली मनाईरहेछौ
यी धुनहरुसंगै
अरु धुनहरु पनि वज्न थालेकाछन्
र तालहरु पनि फेरिन थालेकाछन्
त्यसैले धुनहरुमा अनेकता पाईन थालेकाछन्
धुनहरुमा विभिन्नता देखिन थालेकाछन्
यसरी हामीहरु आआफ्नै धुनमा
खुशीयाली मनाईरहेछौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : गुफापोखरीमा मेन्छ्यामको छायाँ

~एकु घिमिरे~eaku-ghimire

‘हटयो सारा हिलो मैलो ‘ भन्ने कविशिरोमणीको कवितालाई पछि पार्दै २०७३ को दसैंको टीकाको दिनदेखि परेको पानी खुरुखुरु तीन दिन परिरह्यो । पानी रहनसाथ जागिर जोगाउन म एक्लै इलामबाट कर्मस्थल चैनपुर्-संखुवासभातिर लागेँ । धरान बास बसेर बिहानको गाडीमा उकालिएँ । झरीपछिको आकाश खुलेर भेडेटारदेखि नै पहाडी सुन्दरताले जिस्क्याउन थाल्यो । आकाशमा बादल नउँडेका दिन मेरो मन चाहीँ उँडने गर्छ । मन उडेपछि आँखाले नौलो देख्ने अवसर पाउँछन्।गाडी जती माथि-माथि गयो उती सुन्दर आकाश , डाँडाकाँडा र हिमालहरु देखिन थाले । गाडीको गतिले ती म सँग सानो नानी जिस्केझैँ लुकामारी पो खेल्न लागे । भाडा चैनपुर सम्मकै तिरेको हुँदा म झर्न पनि सकिनँ । मन लागुन्जेल सुन्दर दृश्यहरू हेर्न पनि पाइँन । भोको बालकलाई खानेकुरा देखाएर खान नदिएको जस्तो बनायो नियतिले मलाई । माउले चारो ल्याएर हालिदिने बानी परेका बचेराले अरु केही छेउछाउ जाँदा मुख आँ गरेजस्तै खुलिरहे लोभि आँखाहरु । तर धित नमर्दै साँझमा तिनलाई मैले चैनपुरको अँध्यारो कोठामा लगेर थन्काइदिएँ । Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : यो सेतु हो

~अनन्त निरौला~

यसपाली लक्ष्मी पूजामा
घरमा रङ्ग लाउनु पर्ने।
छोरी पनि ठुली भइ
कुटुम्ब खोज्नु पर्ने।
छोराको ईन्जिनियरङ्ग सकेको कुरा
बैदारनी बजै खसेको कुरा
घरमा पूजा लाउने भए पछि
आफन्त र छरछिमेकीहरुले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सर्वोत्कृष्ट र सुन्दर !

~लक्ष्मण अर्याल~

भिन्न भिन्न पृष्ठभूमिका पाँच चित्रकार आपसमा मिलेर एक संयुक्त मानव चित्राकृति निर्माण गर्दै थिए | पूर्व महान् चित्रकार लिओनार्दो दा भिन्चीको ‘मोना लिसा’ भन्दा पनि उत्कृष्ट कलाकृति निर्माण गरेर अमर हुने लक्ष्यका साथ त्यो कार्य सम्पन्न हुँदै थियो | आकृति कोर्ने विषयमा वहस चल्यो | वहस मात्र चलेन – ताकाताक नै भयो | पहिलोले भन्यो – पाखुरा ठूलो, दोस्रोले भन्यो – पाखुरा सानो, तेस्रोले भन्यो – चिम्सा आँखा, चौथोले भन्यो – लाम्चो नाक, पाँचौंले भन्यो – निधारमा टीका | ———– गलफत्तीका बिच जेनतेन आकृति कोरियो | Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : उत्सव

~एकदेव अधिकारी~Ek Dev Adhikari

“म तपाईँलाई हजुरबुबा भनेर बोलाउँछु है।” अचानक पछाडिबाट आएको आवाजले झस्किए उनी। नाकको डाँडीमा अडिएको चश्मा मिलाउँदै उनले आगन्तुक तर्फ हेरे। रसाएको आँखाले देखेको धुमिल आकृति बिस्तारै प्रष्ट हुँदै गयो। त्यस्तै अठार – उन्नाइस वर्षको ठिटो उनी भएतिर आउँदैथियो।

उसको अनुहारमा एक चमक उनले देख्न सक्थे। उनलाई थाहा थियो यो चमक आजको लागि मात्र थियो। भोलिबाट उसको पनि हबिगत त्यहाँ भएका अन्य सबैको व्यक्तिको जस्तै हुने थियो। तर यो भाव उनी आफ्नो अनुहारमा ल्याउन चाहन्थेनन् त्यसैले मुसुक्क हाँस्दै जवाफ फर्काए – “हुन्छ बाबु। आखिर तिमी पनि मेरो नाति सरह नै त हौ नि। अनि बाबु कहाँबाट आएको हो नि? यहाँ प्रवेश कसरी पायौ त?” – उनले थप जिज्ञासा राखे। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : नमुनामा आ’को छैन

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

झल्लु नै छु अहिले सम्म नमुनामा आ’को छैन
अरू जान्छन तितर बितर मैले रेष्ट पा’को छैन ।

जति खेल्यो पिटी परेड सधै मेहनत गरे पनि
भन्नु हुन्छ गुरूबाले अझै दुरूस्त भा’को छैन । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : ब्रह्मनाल

~ध्रुब सापकोटा~

हामीहरू हलमा बसेमा छौ । हामीहरू दुःखित छौ । हामीहरू चिन्तित छौ । हामीहरू निराश छौ । हामीहरू किर्ंकर्तव्यविमूढ छौ । हामीहरू बसेको हलमा मधुरो उज्यालो छ । त्यस उज्यालोमा एक अर्कालाई देख्न सकिन्छ । उज्यालाका आवाजहरू कम हुदै गएका छन् । अँध्यारोका आवाजहरू बज्न थालेका छन् । अध्यारोका आवाजहरू छरिन थालेका छन् । अँध्यारोका आवाजहरू सुनिन थालेका छन् । वस्तुहरूको आफ्नो आकार हराउँदै गएका छन् ।

हलसगै लहरै कोठाहरू छन् । ती कोठाहरूमध्ये एउटा विशेष कोठा छ । त्यो कोठामा एक जना मान्छे मात्र Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment