अरुका बारे खासै चासो नराख्नु, कसैले हेल्लो भन्दा फिस्स हाँसी हाई भन्दै मित्रवत ब्यवहार गर्नु, सिमीत मान्छेसँग मात्र सम्पर्कमा रहनु, आफ्नो सम्झिनेलाई ज्यान दिन पनि तयार हुनु यी सबै गुण अस्मिताका हुन्। ऊसँग मेरा अधिकाशं आनीबानी मिल्छन्। त्यसैले त हामी वर्षौंदेखि निकट छौं।
अस्मिता र मेरो भेट एक कार्यक्रममा भएको हो। पेशा विल्कुलै फरक, भेट पनि पातलै हुन्थ्यो तर विस्तारै हामीबीच निकटता बढ्दै गयो। कयौं पटक एक अर्काका दुःखमा अंगालो मारेर रोयौं। सयौं पटक खुशीले बुर्कसी मार्दै सँगै नाच्यौं। साना ठुला कुरा आपसमा बाड्यौं। गफ गरेर कहिल्यै नथाक्ने जोडी मध्ये एक हामी पनि हौं।
पृथ्वीको गोलाइसंगै घुमिरहेको मेरो अस्तित्व सँधै एकै ठाँउमा आएर एकाकार भैदिन्छ । म हिंड्दै छु अनि एकोहोरो पारामा आफैंलाई हिंडाउँदै छु । मलाई आफ्नै कथा देखेर छक्क लाग्छ अनि कोर्न मन लाग्छ आफ्नै कथा, सायद जीवन नै कथा भएर होला । हरेक मानिसभित्र आफ्नो आकृतिलाई कोर्न पुग्छु । यात्रा पनि टुंगिदैन, म बेफ्वाँकमा आफूलाई घचेट्न पुग्छु ।
मान्छे के होला, अनि उसको भोगाइ के हो ? यो सायद अनुत्तरित प्रश्न हुन सक्छ । बजारमा अनि गल्लि-गल्लिमा मान्छेहरु व्यस्त छन्, भींडमा आफैं हराइरहेछन । तर, म निर Continue reading →
आज फेसबुकमा एउटी साथीले “ रंगीचंगी फुल फुल्दा हिउंजस्तै पग्लिएछु आफनो रुप ऐना हेर्दा अलि चांडो जिन्मिएछु आफनो त जमानामा…॥” भनेर अलिकति पीर पोखीछन साथीहरुलाइ । उनको सोचाइलाइ अलिकति भएपनि सान्त्वना होस ए ममात्र रहेनछु यस्तो सोच्ने अरुपनि रहेछन भनेर मैले पनि उनलाइ म त ऐनादेखि भागेको धेरै भैसक्यो त भनेर लेखिदिएं । त्यही बेला अर्कीलाइ पनि काउकुती लगाउन मन लाग्यो र उनलाइ लेखे “ए साथी निकै राम्री देखिन्छयौ त लिला त उमेर गयो भन्छिन के छ विचार हाम्रो दलमा सामेल हुने कि एक्लै बस्ने ” भनेर । उनले पनि उतिखेरै जवाफ दिइन “मलाइ त त्यस्तो लाग्दैन तर तिमीहरु भन्छौ भने म साथ दिउला” भनिन ।यो उमेरको कुराले मलाइ धेरै पहिला देखि नै केही लेखुं लेखुंजस्तो भैराखेको थियो । बल्ल समय Continue reading →
लोकसेवा आयोगको परीक्षा पास गरी खरिदार पदमा नाम निकालेपछि गाविस सचिवका रूपमा मेरा दाजुको कार्यक्षेत्र दाङ, प्युठान र रोल्पाको सीमाना रहेको त्रिवेणी गाउँमा प¥यो । दाङ र रोल्पाको सीमानाबाट बगेको अरङखोला, प्यूठान र रोल्पाको सीमाबाट बगेको लाँकुरी खोला र दाङ–प्युठानको सीमाबाट बगेको खुर्पी खोला त्रिवेणीमा मिसिन्छन् । त्यही ठाउँको नामबाट गाविसको नाम त्रिवेणी राखिएको छ ।
वरिपरि पहाडले घेरेको सानो उपत्यकाभित्र रहेको समथर ठाउँ छ, यहाँ । त्यहीँ गाविस कार्यालय छ । गाविस कार्यालयबाट दुई सय मिटर उत्तरमा हेल्थपोस्ट र पाँच सय मिटर पश्चिमतिर एउटा प्राथमिक विद्यालय छ । यिनै तीन कार्यालय यो गाउँका जनताले अनुभूत गर्ने स्थानीय सरकार हुन् Continue reading →
मौसम परिवर्तनको कारण होला अलि विसञ्चो छु, त्यहाँ स–परिवार आरामै हुनु होला भनि आशा गर्दछु ।
६ वर्ष कतार बसाईको पिडाको अनुभुति त त्यही आएर संगै बस्दा सुनाउँला तर पनि वैचारिक रूपबाट विमुख हुंदाको पिडालाई नचाहेर पनि ह््रदयमा लुकाएर राख्नु पर्दाको पिडावोध भएको थियो त्यसबाट मुक्ति पाउँदा हर्र्षले विभोर बन्दै पत्र लेख्ने साहस गरें अन्यथा नलिनु होला ।
क्रान्तिको वेदीमा जीवनलाई बलिदानी दिने रहर साहसले मात्र नहुंदो रहेछ । क्रान्तिले खोज्नु र माग्नु पनि पर्दो Continue reading →
उसले पुरस्कार पाइसकेपछि पत्रिकाहरुमा निरन्तर शुभकामना र बधाईका कोलमहरु बढ्दै गए । संस्थाको वार्षिकोत्सवका दिन उसलाई पुरस्कार दिइनेवाला थियो । त्यसअघि नै पत्रपत्रिकाबाट एक किसिमले पुरस्कृत भइसकेको थियो । जति शुभकामना र बधाईहरु छापिएका थिए, त्यो बराबर त उसले कहिल्यै साहित्य श्रृजना पनि गरेको थिएन ।
अँध्यारामा बाँच्नेहरू एकाङ्की एकाङ्कीकार मनबहादुर मुखिया (२००२) द्वारा रचना गरिएको नाट्यरचना हो । यो उनको अँध्यारामा बाँच्नेहरू नामबाट प्रकाशित एकाङ्कीसङ्ग्रहको सातौँ क्रममा रहेको सिर्जना हो । यस एकाङ्कीको शीर्षकले सङ्केत गरेबमोजिम नै यसमा चेतना र शिक्षाको आलोकबाट ओझेल परेर गरिबी, दरिद्रता, शोषणको जालोले झ्वाप्प छोप्ता अन्धकारमा लुटपुटिँदै बाँच्न बाध्य ग्रामीण नेपाली श्रमजीवीहरूको दुःखद तथा वेदनापूर्ण चित्कारलाई अभिव्यञ्जित गरिएको छ ।
१. कथानक
पैसा कमाउन दार्जिलिङ पुगेका थेबा वाइबा, फुरी सेर्पा त्यहाँकै एउटा पुलिस स्टेसनमा थुनिएर वेदनापूर्ण चित्कार गर्दै गरेको अवस्थाबाट एकाङ्कीको कथावस्तु आरम्भ भएको छ । थेबा वाइबा पक्राउ पर्नाले आफ्नी श्रीमतीलाई सुनका गहना, राम्रा लुगा किनिदिने र दुईचार पैसा कमाउने उसको सपनामा तुषारापात भएको छ Continue reading →
छैन भरोसा यो जिवनको अंधकार व्याप्त वरीपरी
रोग चाहिन्न मरणलाई जिवन आफै रोगभरी
दृष्टि मात्र आडम्वर हो काफी घमण्ड गर्नलाई
रोग चाहिन्न मरणलाई अनि महारोग सर्नलाई ।
मेरो मात्र जिवन अमूल्य कहाँको हो स्वार्थ यो
भन्ने लाग्थ्यो मलाई तर पनि कुन मन मान्दथ्यो
दुई गोडा सकुसल अनि हात दुबै बलिया छन् Continue reading →
Beautiful World
Those eyes…..
Which can observe an intense light
in the darkened cave
Which can view rainbow everytime
in the sky
Which only see the dreams Continue reading →
आमाको आज्ञाकारी छोरी बन्ने सपना आफ्नै केही क्षणको रमाइलोले चकानाचुर भएको थियो । त्यसैले आफ्नै जिन्दगी समाप्त पार्ने कोशशि गर्दै गर्दा हस्पिटलमा भर्ना भएकी छ ।जीवन मरणको दोसाँधमा बाँचिरहेकी उसलाई के होला भन्ने त्रास सबैमा फैलिएको छ ।
गरीबीले पिल्सिएर उसको बाबा उ सानै छँदा उपचारको अभावमा यस संसारबाट बिदा भएका थिए । बाबा आमा दुबैको लाड, प्यार दिएर आमाले उसलाई कहिल्यै कुनै कुराको कमी हुन दिएकी थिइनन्। उनको सुन्दर भविष्यको खातिर बेरोजगारको मारले गाजिरहँदा बूढो रुख फुल्न र फल्न छाडे झैँ उजाड जिन्दगीमा खुशीको बहार ल्याउन बिदेश लागिन् । छोरीलाई मामाको घरमा छोडेर । आमा बिदेशिदा उ धेरै रोइ । आमा पनि बलिन्द्र आँशु झार्दै छोरी रामरी पढ्नु । ज्ञानी हुनु, तिमी नै मेरो एक सहारा हौ। भन्दै बिदा भइन ।
मामा घरमा उ सरहका साथीहरु कमै थिएँ । खेल्ने,बोल्ने साथी स्कूलका मात्र थिएँ । आफ्ना Continue reading →
रातीको यस्तै १२ बजेको हुँदो हो । सारा गाउँ निदाएको थियो । आकाश भरी टहटहाउँदा ताराहरुको विस्कुन अनी भुई भरी पूर्णिमाको जुनेली च्यादर । आहा ! कति सुन्दर थियो त्यो रात । निकै दिनदेखि बुनिदै गरेको हाम्रो योजना अनुरुप नितान्त दैनिक आवश्यकताका मेरा अवशेषलाई पोको पारी सकेकि थिएँ मैले । मनभरी अनेक किसिमका निरुत्तरित विचारहरुको अन्तरद्धन्द्धले थिल्थिलाएको गरुङगो शरीर लिएर एक्लै ओछ्यानमा छट्पटाई रहेकी थिए म ।
यत्तिकैमा सिरानी निरको सानो झ्यालबाट रातीको सन्नटालाई तोड्दै परिचित आवाज आएर मेरो कानमा ठोकिन्छ । कानलाई झ्यालमै टाँसेर सुनें । कसैले डाक्दै थियो … “सुमी ! सुमी !!” मैले प्रतिउत्तर दिएं । उसले फेरि भन्छ – “छिटो आउ”, अहो ! यतिवेला त म त्यही ओछ्यानमा Continue reading →
कुनै वनमा मदोत्कट नामक सिंह बस्दथ्यो। बाघ, काग तथा स्याल तीनजना उसका सहायक थिए। एक दिन आफ्नो झुन्डबाट छुट्टिएको कथनक नामक एक्लो उँट देखा पर्यो। त्यस उँटलाई देखेर सिंह छक्क पर्यो। सिंहले आफ्ना सहायकहरूलाई बोलाएर भन्यो–हेर त, यो कस्तो अनौठो जीव देखा पर्यो ? गएर पत्ता लगाऊ यो ग्राम्य पशु हो अथवा वन्यप्राणी हो। सिंहको कुरा सुनेर कागले भन्यो–सरकार, यो उँट भनिने ग्राम्य पशु हो। यो जनावर सरकारको भक्ष्य हो। अत: सरकारले यसलाइ मारेर खाँदा बेस हुन्छ। सिंहले भन्यो–म घरमा आएको अतिथिलाई मारेर खाने गरेको छैन। तिमीहरू उसलाई अभय प्रदान गरेर यहाँ बोलाएर ल्याऊ। म ऊसित यहाँ आउनको कारण सोध्न चाहन्छु। सिंहको यस्तो आदेश पाएर ती प्राणीहरू त्यस उँटलाई अभय प्रदान गरी विश्वासमा लिएर बोलाएर ल्याए। उँट खुशीपूर्वक निर्भय भएर सिंहको दरबारमा आएर आदरका साथ नमस्कार गरी बस्यो। सिंहले सोधेपछि उसले आफ्नो झुन्डबाट वियोग भएको सम्पूर्ण वृत्तान्त अद्योपान्त सुनायो। उसको वृत्तान्त सुनेर सिंहले भन्यो–कथनक, तिमी फेरि गाउँमा गई भारी बोक्ने जस्तो कष्टकर काम किन गर्ने ? बरु तिमी यही वनमा निर्भय भएर हामीसँगै बस, कलिला घाँस चर तथा मोज गर। सरकारको जो हुकुम–भनेर कथनक उँट त्यहीं उनीहरूसँगै रमाएर बस्न थाल्यो।
एक दिन मदोत्कट सिंह र वनको ठूलो हात्तीसँग भीषण लडाइँ पर्यो जसमा सिंहको न राम्रो पराजय भयो। ठूलो चोटपटक लागेर हिंडडुल पनि गर्न नसक्ने गरी सिंह घाइते भयो। सिंह अशक्त भएपछि उसले आहारका लागि कुनै जनावर मार्न सकेन। सिंहका साथै ऊसित रहेका काग, बाघ र स्याल पनि भोकभोकै मर्न थाले। यो अवस्था देखेर सिंहले भन्यो–तिमीहरूले वनमा गई कुनै यस्तो जनावर खोजेर ल्याऊ जसलाई म यस अवस्थामा पनि मार्न सकूँ र तिमीहरूको भोजनको व्यवस्था गर्न सकूँ। सिंहको आदेशानुसार सहायकहरू शिकारको खोजीमा वनमा डुल्न थाले। जति डुलेपनि उनीहरूले शिकारलायक कुनै जनावर फेला पार्न सकेनन्। थकित भएर एक ठाँउमा भेला भएर आपसमा विचार गर्न थाले। स्यालले भन्यो– मित्र काग, वनमा व्यर्थ डुलिरहँदा के लाभ ? कथनक उँट हामीसँगै बसिरहेको छ। यसलाई नै मारेर स्वामीको भोजनको व्यवस्था गर्दा ठीक हुन्छ कि, कसो ? कागले भन्यो–मित्र तपाईंले भनेको कुरा त ठीक हो तर कथनक उँटलाइ त स्वामीले अभयदान गरेर विश्वासपूर्वक राख्नुभएको कुरा हामीले बिर्सनुहुन्न नि । कागको कुरा सुनेर स्यालले भन्यो–मित्रहरू, तपाईंहरू यही बसिराख्नुस्। म गएर स्वामीसित उँटलाइ मार्ने आज्ञा लिएर आउँछु। अथवा म कुनै यस्तो उपाय गर्नेछु जसले गर्दा स्वामी आफैंले उँट मार्न प्रस्तुत हुनुहुनेछ। यति भनेर स्यालले छिटो सिंह छेउमा गएर बिन्ति बिसायो–सरकार, वनमा हामी शिकारको खोजीमा निकै डुल्यौं तर पनि कुनै जनावर फेला पार्न सकेनौं। अब के गर्ने ? स्थिति यो छ कि भोकको कारण अब हाम्रो प्राण अन्त्य होला जस्तो भइसकेको छ। भोजनबिना सरकारको अवस्था पनि दयनीय भइसकेको छ। यस्तो स्थितिमा यदि सरकारको आज्ञा हुन्छ भने आज कथनक उँटकै मासुले सरकारको पथ्यको व्यवस्था गरौं कि ? सरकारको जो हुकुम १ स्यालको कुरा सुनेर सिंह रिसाउँदै भन्यो–चण्डाल, तैंले यस्तो कुरा फेरि पनि भनिस् भने म तँलाई अहिले नै मारिदिन्छु। मैले उसलाई अभयदान दिएको छु। मैले उसलाई कसरी मार्न सक्दछु ? पाजी। सिंहको कुरा सुनेर स्यालले फेरि भन्यो –सरकार रिसानी माफ होस्, मैले भन्न खोजेको कुरा त्यसो होइन। अभयदान दिएकोलाई आफूखुशी मार्दा पो पाप लाग्छ तर यदि उसले स्वयं स्वामीभक्तिका कारण आफ्नो जीवनदान दिन्छ भने त्यस्तो स्थितिमा उसलाई मार्दा पाप लाग्दैन कि, सरकार ? यदि उसले स्वयं नै आफ्नो जीवन सरकारलाई अर्पण गर्यो भने मार्नुहोला । यदि उसले यस्तो गर्न मानेन भने हामी तीनजनामध्ये कुनै एकलाई मारेर पथ्यको व्यवस्था गर्नु उचित होला। किनकि भोजनको अभावमा सरकारलाई कुनै अनिष्ट भइहाल्यो भने हामीजस्ता सेवक बाँचेर पनि के काम ? स्वामीको जीवन नरहेमा हाम्रो जीवन पनि रहने छैन। स्यालको कुरा सुनेर सिंहले भन्यो–त्यसो हो भने तिमीहरूको जे चाहना छ त्यस्तै गर। राजाको आज्ञा पाउने बित्तिकै स्याल तत्कालै गएर आफ्ना साथीहरूसित भन्यो–साथीहरू हो, भोकको कारणले स्वामीको प्राणान्त हुने बेला भइसकेको छ। यस्तो अवस्थामा हामीले आफ्नो कर्तव्य सम्झिनुपर्छ। स्वामी नै नरहे पछि हाम्रो रक्षा कसले गर्नेछ ? अत: हामीले आफ्नो प्राण त्यागेर भए पनि स्वामीको प्राण रक्षा गर्नुपर्दछ। हामीले तत्काल आफ्नो शरीर स्वामीलाई अर्पण गरिदिनुपर्दछ जसलाई खाएर स्वामीको प्राण रक्षा हुन सकोस्। स्यालको कुरा सुनेपछि ती जम्मै मदोत्कट सिंहछेउ पुगे । उनीहरूलाई देखेर सिंहले सोध्यो–क्या, हो ? तिमीहरूले केही पायौ ? कागले भन्यो–सरकार, वनमा जति खोज्दा पनि हामीले कुनै जानवर फेला पार्न सकेनौं। अत: आज मलाई नै खाएर सरकार आफ्नो प्राणको रक्षा गर्नुहोस्। यसले गर्दा सरकारलाई केही शक्ति तथा मलाई मुक्ति प्राप्त हुनेछ। किनकि स्वामीको लागि प्राण त्याग गर्ने सेवकको मुक्ति हुन्छ भन्ने कुरा शास्त्रहरूमा लेखिएको छ। कागको कुरा सुनेर स्यालले भन्यो – मित्र, तपाईंको शरीरमा मासुको मात्रा थोरै छ। त्यो खाएर स्वामीको प्राण रक्षा हुन सक्दैन तथा व्यर्थको जीवहत्याको पाप लाग्छ। तपाईंले आफ्नो स्वामीभक्ति प्रमाणित गरिसक्नुभयो। अत: तपाईं त्यहाँबाट हट्नुस्, म स्वामीसित केही निवेदन गरूँ। काग त्यहाँबाट हटेपछि सिंहको सामु गएर बिन्ति गर्यो–सरकार, आज मलाई नै खाएर आफ्नो प्राणको रक्षा गर्नुहोस् तथा मलाई यशको भागी हुन दिनुहोस्। स्यालको कुरा सुनेर बाघले भन्यो– मित्र, तपाईं एक त स्वजातीय हुनुहुन्छ, अर्को तपाईंको शरीरमा पनि मासुको मात्रा थोरै छ। स्वजातीय भक्षण शास्त्रमा निषेधित भएको हुनाले तपाईंको मासु स्वामीको लागि अभक्ष्य छ। तपाईंले यति कुरा गरेर आफ्नो कुलीनताको परिचय दिइहाल्नुभयो। अब तपाईं त्यहाँबाट हट्नुस् सरकारसित मैले केही निवेदन गर्नुछ। स्याल त्यहाँबाट हटेपछि बाघले सिंहको सामु बिन्ति बिसायो–सरकार, आज मेरो मासु खाएर आफ्नो प्राणको रक्षा गर्नुहोस् र मलाई स्वर्गमा अक्षयवास गर्ने मौका दिनुहोस्।
बाघको कुरा सुनेर कथनक उँट मनमनै विचार गर्न थाल्यो–यी जीवहरूले आफ्नो प्राण अर्पण गर्नेजस्तो मीठो कुरा गरेर स्वामीको दृष्टिमा आफ्नो स्थान बनाइहाले। स्वामीले कसैको पनि हत्या गरेनन्। अत: समयानुसार मैले पनि यस्तो निवेदन गर्नुपर्दछ। यस प्रकारको निश्चय गरेर उँटले भन्यो–महाशय, तपाईं्रले ठीक भन्नुभयो, तर तपाईं पनि त स्वामीका स्वजातीय नै हुनुहुन्छ। अत: तपाईंको मासु स्वामीले कसरी खान सक्नुहुन्छ ? तपाईं पनि हट्नुस्, मैले पनि केही निवेदन गर्नुछ। यस प्रकारको कुरा सुनेर बाघ मनमनै खुशी हुँदै त्यहाँबाट पर गएर बस्यो। बाघ हटिसकेपछि कथनक उँटले सिंहको सामु बिन्ति बिसायो–सरकार यी जम्मै सरकारका लागि अभक्ष्य जीव हुन्। अत: आज मेरो मासु खाएर आफ्नो प्राणको रक्षा गर्नुहोस् र मलाई पनि दिव्यलोक पाउने सुअवसर प्रदान गर्नुहोस्। कथनक उँटको यस प्रकारको निवेदन सुनेर सिंहको आज्ञाले बाघ र स्यालले उसको हत्या गरेर भोकले पीडित सिंह, स्याल, बाघ तथा कागले मासु खाए। त्यसैले भनिएको छ–
अर्थात् धेरै छट्टू, क्षूद्र तथा मायावी जीवहरू एकत्र भएपछि उचित वा अनुचित केही न केही अवश्य नै गर्दछन् जस्तो कि काग र स्यालजस्ता जीवहरूले विशालकाय उँटजस्तो जनावरलाई मारेर खाए।
म सँगएउटा रातो रुमाल थियो
मेरो थोत्रो आस्कोटको खल्तीमा
पसिनाको गन्ध सुँघेर रमाउथ्यो
म किसानको
एउटै सारथी
एउटै सपना
एउटै साहारा
एउटै आशा
त्यै रातो रुमाल थियो . Continue reading →
एउटा खाइलाग्दो ज्यान भएको, घोर्ले गाउँले ठिटो जसलाई सबैले सञ्जीव भन्थे । त्यही सन्जीव १९/२० वर्ष भएपछि अरबतिर हानियो । पासपोर्ट भिसा आदिको तयारीका क्रममा भन्थ्यो, “धेरै–धेरै पढेकाले त जागिर नपाउने यो देशमा म जस्तो आइए पनि नपढेकाले के गर्ने ?” तीन वर्षसम्म ऊ घर आएन । बेलाबेलामा चिठीहरु आइरहे, पैसा पनि ठिकै ठिकै पठाइरह्यो । छुट्टिमा गाउँमा आएका दुर्गाप्रसाद, शोभाकर अनि अरु २।३ जनाले उसको खबर पनि ल्याइरहे । “कम्पनीमा काम गर्छ, राम्रै छ, त्यस्तो गाह्रो छैन, नआत्तिनु होला । ३ वर्ष पुगेपछि घर आउने छुट्टि मिल्छ आदि आदि ।” चाडबाडमा न्यास्रो लागे पनि सञ्जीवका बाबु–आमा छोराको प्रगतिमा खुशी नै थिए । घरमा बा–आमा अनि भाइबहिनीलाई खान लगाउन मनग्य पुर्यायो, आफू जादाँ लागेको एक डेढ लाख ऋण तिर्यो, आठ दशलाख हालेर सदरमुकामको छेउमा घडेरी किन्यो । उसका बाबुलाई Continue reading →