कविता : रंग र हामी

~छविलाल कोपिला~chhabilal-kopila

अचेल,
मेरा नयनका अदूर पर्दाभरि
पोतिएका छन्
रंगी–विरंगी वैचारिक रंगहरु
हरियो, बैजनी, रातो अनि के–के हो के–के ।

हरेक बिहान निस्कन्छन्
विकासका नारा लिएर
सानेपाका हरियो जुलुसहरु,
बल्खुका बैजनी किरणहरु, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

केस्रा : सुझाव

~रुमानी राई~rumani-rai

बन्द गर यो घर झगडा
दाजुभाइबीचको लफडा

घर भन्नु हाम्रो इज्जत हो
नबनाऊ घृणाको अखडा Continue reading →

Posted in केस्रा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘प्रवाह’ उपन्यास पढ्दा

~गुरुप्रसाद शर्मा रेग्मी~

सरला रेग्मीको “प्रवाह” उपन्यास हातमा प¥यो । पुस्तकको पहिलो पाना पल्टाउँदा प्रचण्ड र वैद्यको शुभभाव देख्दा जनयुद्धको विषयवस्तुलाई समेटेर लेखेको उपन्यास रहेछ । उपन्यास पढ्दा व्रह्मले जे देख्यो र जे जस्ता अनुभूतिहरु ग¥यो त्यसैलाई समेटेर विवेचना गर्ने प्रयास गरेको छु । १४० पृष्ठ रहेको यो प्रवाह उपन्यासलाई सत्र भागमा विभक्त गरी लेखिएको छ । यस उपन्यासको कथावस्तु जनयुद्धभन्दा पहिलेको राजनीतिक, सामािजक अवस्था र व्यवस्थाबाट श्री गणेश गरेर जनयुद्धको उत्तराद्र्धमा टुंगिन गएको छ । त्यसैले यस उपन्यासमा पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्था र माओवादीले चलाएको १० वर्षे जनयुद्धका सीमित क्षेत्रका घटनाक्रमहरुलाई शब्दांकन गरिएको छ । यो उपन्यास राप्ती, भेरी र सेती अञ्चलको सेरोफेरोमा केन्द्रित भएकाले जनयुद्धको पूर्णरुपमा दिग्दर्शन गराउनसकेको छैन । उपन्यासका कथा वस्तु र पात्रहरु प Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : जीवनको खाल्टो

~दीपक घिमिरे~

सायद दुःखी मान्छेको जीवनमा सुख भन्ने कहिल्यै लेखेको हुँदैन होला । त्यही भएर होला आजको दिनसम्म पनि म खुशी भएर बाँच्न सकेको छैन । हो, बाबु आमाले खुशी राख्न खोजे तर त्यो बेलाको समयले मलाई खुशी रहन दिएन र अहिले म आफैं खुशी हुन सक्दिनँ कारण म आफै पनि हुन सक्छ । आमाले नौ महिना गर्भमा राखेर जन्म दिएकै दिनदेखि सायद म दुखी छु अथवा हुँ भन्ने सबैले थाहा पाए होलान् किनभने जन्म दिएको केही दिन मै भावीले निधारमा भाग्य कोरिदिन्छन रे र त्यो मैले देख्न सक्दिन । तर, सबैले देखेको थिए होला ।

जन्मिएर थाहा पाउने हुनासाथ मलाई सबैले मायाले नै हुर्काएको मलाई राम्रोसँग याद छ । सबैको काखमा रमाउने मलाई कहिले एक्लोपनको अनुभूति भएन होला किनभने मेरो साथमा कहिले Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : बाबु ! तिमी के बन्ने ?

~प्रमोद अधिकारी~

गुन्जिरहन्छ अहिले पनि तिनै शब्दहरु, म झस्किरहन्छु, मानौं कि तिनै शब्दहरुले पछ्याई रहेछन् अहिलेसम्म पनि । तपाईंलाई पनि याद छ होला, साना छँदा हरेकले सुनेका, भोगेका प्रश्नहरु, जिज्ञासाहरु हुन् यि, “बाबु ! तिमी के बन्ने ?, तिमी ठूलो भएर के बन्छ्यौ ?” यस्तै-यस्तै ।

त्यहि त हो नि, बाल्यावस्था आफुलाई केमा छाप परेको छ, कोबाट प्रभावित भइएको छ, जुन कुराको अभाब छ, दरिलो छाप छोड्न सफल भएका कुराहरुमा मन अडिरहेको हुन्छ, अनि भनिन्छ, आमा बिरामी भएको र गाउँमा डाक्टर नभएको सम्झिएर “म डाक्टर बन्छु”, साँझ पर्नासाथ चुँइक्क रोयो या फटाइ गर्नासाथ बा-आमाले “ऊ पुलिस आयो” भनेर डराएको सम्झदै अनि आफुपनि पुलिस जस्तै शक्तिशालि बन्ने कल्पना गरेर “म पुलिस बन्छु” अनि “म इन्जिनियर बन्छु” आकाशमा हवाइज Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : अस्तित्व

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

हजारान् यात्री
थरीथरी मान्छेहरु
बहुरङ्गी सपनाको
तीर्थस्थल
घनघोर व्यस्तता
अविराम कोलाहल,
उफ्
हराभरा, चम्किलो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हराएको शब्द!

~नबराज घिमिरे~

बाबा !!
अन्जान बालापनमा,
अनायास लुटिएको,
प्यारो शब्द।

जीवनका उकाली ओरालिहरुमा
सङ्हर्सका दौरानहरुमा,
सुस्केरामा आइरहेको थियो।
ग्लानी,पस्चाताप र अभावमा
रुदै सम्झदै,फेरि रुदै
भावनामा डुब्ने गर्थें । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एक खिल्ली सिगरेट

~बिना थिङ तामाङ~Bina Theeng Tamang SUNGAVA

एक खिल्ली सिगरेट
जसलाई तिमी बडो तन्मयका साथ ओठले स्पर्श गर्छौ
र प्रेमको काँटी सल्काउँछौ
म सिङ्गो सिगरेट
मेरो सिङ्गो अस्तित्व थियो
अब विस्तारै म खण्डित हुन्छु
म तिम्रो आशक्तीमा आकारबिहिन धुवाँ धुवाँ बनिदिन्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : देश हाँक्ने चैँ कैले

~राजेन्द्र थापा~Rajendra Thapa

गफ त खुबै हाँक्दै हुनुहुन्छ
देश हाँक्ने चैँ कैले नि
आमूल परिवर्तन भन्नुहुन्छ
सिन्का भाँच्ने चैँ कैले नि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : मेरो सानो मन

~कृष्ण वस्ती~Krishna Wasti_1

फूल भए वसन्तलाई पर्खी-पर्खी फुल्थें।
मूल भए सुसाउँदै मुहानलाई भुल्थें ।।
बार-बार नपाइने जिन्दगानी कस्तो ?
झरेपछि बिलाउँने शीत-दाना जस्तो ।।

भोको पेट खोज्दोरैछ भोजनको गाँस । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सुरभित तिमी

~नीराजन थापा ‘शिरीष’~Nirajan thapa Sirish

म अकिञ्चन*
म नादान*
असमर्थ छु म
सुन्दरताको तिम्रो
गर्नलाई बख्यान ।

ख्वै ढाँटेर वा साँच्चिकै
पौडिदै नयनहरुमा
आफ्ना प्रियतमाका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : श्रीमान श्रीमती र सपना

~हरि थापा ‘दोलखे’~

जिवनको लक्ष्य पुरा गर्ने क्रममा नयाँ ठाउ, नयाँ परिवेश, रहनसहन घुलमिल हुन साह्रै कठिन जागिरको शिलसिलामा कहिले पुर्व कहिले पश्चिम खुब दोैडधुप गरियो असफलमा हरेश पट्टकै खाईन,मेहनत को कुरा छाडोैँ शब्दमा बयान गर्ने सकिदैन सम्झिदा पनि मुटु जलेर चिरचिर पसिना अाउँछ ।

असाध्यै कष्ट गरियो एक सय जनाको मागमा दशलाख जति अावेदक भएछन सबै पहुचवाला पैसावाला थिए गत वर्ष पनि झेलि गर्दै पैसा र पावर हुनेहरुको नाम निष्कियो भित्तामा सुचना टासिएको थियो कसैले घुस लिने दिने गरेमा कडा कारबाहि हुनेछ त्यो त भित्ताको पोष्टरमा सिमित रह्यो नियम एकातिर कार्यन्वयन एकातिर कठै नेपालको नियम कानुन कति जानेका होलान धाजली गर्न सोझा साझा जनताको अाखाँमा छारो हाल्न कसले सक्ने यस्ता छलकपट गर्नेहरुलाई के नियम के कानुन पहुचवालाले नै जानुन जनताले केहि बुझ्दैनन् । Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : सञ्चयकोष

~उमालाल आचार्य~

छिमेकी, नातागोता र आफन्तसँग ऋण सर–सापट गरी जम्मा पारेको पैसाले बाको उपचार गर्न अझैं पुगेन । अप्रेसन गर्न थप रकम चाहिने भएपछि सञ्चयकोषमा संकलित रकम निकाल्न म काठमाडौं जानुपर्ने भयो, बिरामी बालाई भिनाजु र फुपाजुको जिम्मामा छोडेर । बालाई त्यसरी छोडी जान लाग्दा आमा श्रीमती र बहिनीले चित्त दुखाइरहेका थिए । मेरो अनुपस्थितिमा बाको तलबितल प¥यो भने ठूलो विपत पर्छ कि भनी आमाको मौन अनुहारले शंका गरिरहेको थियो । बोलेर आमाले मलाई काठमाडौं जा भन्न सकिरहनुभएको थिएन र नजा भन्न पनि सकिरहनुभएको थिएन ।

‘बा म काठमाडौंबाट पैसा लिएर छिट्टै फर्कि आउँछु, तपाई नआत्तिनु होला है !’

‘जमाना खराब छ, आफ्नो ख्याल राखेस बाबु ।’ थरथर कामेको हातले मलाई मुसार्दै बाले भन्नुभयो । बासँग थप Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मलाई खल्बलाएर कहाँ गयो त्यो हेन्डसम ?

~सविता सापकोटा~

चियामा पनि निकोटिनको मात्रा बढी हुन्छ र चुरोटमा पनि । सायद चियालाई ब्वाईफ्रेन्ड र चुरोटलाई गलफ्रेन्ड या भाईस भर्सा सम्झिन्छन् कि ।

चैत लागे पनि जाडो हटेको थिएन् । बिहानको समय चिया पसलमा चियाको चुस्किसँगै जाडोलाई भगाउने कोसिस गर्दै थिए । भर्खर झुल्किदै गरेको घामले त्यो गोरो वर्णलाई चम्काएको थियो । उसको साथमै बसेको अर्काे मुहारमा पनि गोरो बनाउने अवियान घामले चलाईरहेको थियो । अन्यको मुहारमा पनि आफ्नै हिसाबले झुल्किदै गरेको घामले वर्ण अनुसार चमक दिदँै थियो । चिया ल्याउँदै थिए सानो भाईले । आफ्नो कपको चिया सकिए पनि फेरी अर्काे कप थप्ने अनुमति दिदँै थियो जाडोले । अर्को कप चिया अर्डर गरे । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रवासकाे चित्कार

~बिमला शर्मा ढुङ्गाना~

प्रिय तिम्रा ती यादहरु
मेरो मनको बाटो हुँदै
समुन्द्री छाल सरि उर्लिदै
मेरा यी नयन सम्म आएर
आँशु बनेर पोखिन्छन्।
र… दिनमा सुर्यको किरणले सुक्दछन
त रातमा सिरानी सम्म भिजाउछन् निथ्रुक्क हुनेगरी
अनि न, यी ठुला महलहरुले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो नामको बैंस

~बिमला ढुंगाना~

एक हाते फरिया र एक बित्ते चोली भित्र लपेटिएको
तिम्रो नामको बैंस
स्वप्निल संसारको भुँइचालोबाट क्षत-बिक्षत भई
इमान्दारीको धरहरालाई बाध्यताले टुक्रा टुक्रा पारि ढालेको छ
तर पनि मन भने धुजाहरु बटुलेर सिउंन खोज्दै छ |
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना बेचेर कान्छा बा

~केडी रेम्नीसीङ~

सपना बेचेर सपना किन्न हिँडेको कान्छो,
निरन्तर यसरी नै, बर्षौंदेखि
किन्दो छ सपना भारीसँगै,
बेच्दो छ सपना भारीसँगै,
हरियो जिरी जुत्ता
कहिले खाली खुट्टा
पाँच हजारको उचाइमा
नहिँडे त कुइरेको भारीसँग Continue reading →

Posted in कविता | Tagged | Leave a comment

डि. पि. खकुरेलका ८ मुक्तकहरु

~डि. पि. खकुरेल~

फक्री सक्यो लाली-जोवन भुरी नभन्नु है भन्छिन्
डाएटिङ् गर्या जिरो फिगर् लुरी नभन्नु है भन्छिन्
मोडल् बन्ने रहर मेरो क्याट-वाक गर्नै पर्छ
क्याट-वाक गरें भन्दैमा सुरी नभन्नु है भन्छिन्

उनी पारी मैले खोला तर्न नसकेर
वारि आउँदा छेउमै पर्न नसकेर
चम्सुरी त लुरे सगँ भागिछे नि बरै Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

लघुकथा : गमलाको फूल

~एकदेव अधिकारी~Ek Dev Adhikari

“के छ यार खबर?” कफि पसलमा पत्रिका हेर्दै गर्दा अप्रत्यासित रूपमा आएको यो आवाजले झस्कँदै पछाडि फर्केँ। मेरो कलेजको सहपाठी हात मिलाउन अगाडि बढाउँदै मुस्कुराइ रहेको थियो।

“ठीक छ यार।” हात मिलाउँदै उसको लागि पनि कफिको अर्डर गरेँ।

कलेजका स्मृति मानसपटलमा चलचित्र झैँ घुम्न थाल्यो। आफू भने सामान्य परिवारबाट भए पनि धनाढ्य परिवारको दिनेश मलाई खुब मन पराउँथ्यो। उसको दैनन्दिनिका कुनै पनि घटना मेरा लागि नौलो हुँदैनथ्यो।

एकपटक सरिष्माको Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : पिर भयो जिन्दगी

~रिता खड्का ‘त्रिलता’~

आज भोलि खै किन!! पिर भयो जिन्दगी
भाग्य लेख्ने भावीको तक्दिर भयो जिन्दगी

न मेटाउन सक्छु न मेटिएरै जाने भयो याद
इतिहास मै सजाएको तस्बिर भयो जिन्दगी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : मिठाे बाेल्ने परदेशीले

~सबिता चौलागाई~

बेला बेला झस्काँउछ लाै मिठाे बाेल्ने परदेशीले,
किन किन विस्वास गर्छ दिलै खाेल्ने परदेशीले।

मिठा मिठा कुरा गर्दै मख्याएर हैरान मलाइ,
हरेक पल माया गर्दै अमृत घाेल्ने परदेशीले। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : काठमाडौँमा जीवन

~रमेश भट्टराई ‘सहृदयी’~

संस्कृत शब्दको “काष्ठमण्डप” को अपभ्रंशबाट बनेको काठमाडौँ शब्दलाई नेपालको राजधानीको रुपमा चिनिन्छ । जीवनदर्शनको खोजीमा सबै लालची बन्छन् नै । जीवन के हो ? कहाँको जीवन र कस्तो जीवन सुखदायी बन्छ ? यी त्रिकालदर्शी मुनी पनि जान्न असमर्थ हुन्छन् । ब्रह्माण्डमा जीवन, अन्तरिक्षमा जीवन, धर्तीमा जीवन, देशमा जीवन, जिल्लाको सहरमा जीवन, गाउँमा जीवन एउटा परिवारमा जीवन धेरै खालका जीवन भेटिन्छन् । जीवन त्यो हो जुन आमाको गर्भ भित्रदेखि लिएर बाहिर निस्केपछि श्वास चल्यो र अन्तिम श्वास जहिलेसम्म चल्छ, त्यो समय अर्थात् जन्म र मृत्युको बीचको अबधि नै जीवन हो । त्यसैले मैले आमाको कोखबाट जन्मेर जीवन जिउँदै गर्दा काठमाडौँमा जीवनलाई जिएको छु । स्वासको चालसँग बितेको छ – मेरो काठमाडौँमा जीवन । Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : म कहाँ भेट्न सक्छु

~रमेश भट्टराई ‘सहृदयी’~

त्यो क्षितिजले प्रेम बोल्छ म कहाँ भेट्न सक्छु
एकपछि पीडा अर्को न त म घचेट्न सक्छु

जिन्दगी दौड यो भिरको साँघुरो गोरेटोमा
लाग्छ ईश्वरीय जाँचमा छु न लखेट्न सक्छु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : इतिहासलाई साक्षी राखेर

~राज आशातीत~raj-ashatit

चिसो चुल्हो ..
बाउले मन पराइदेकी जहान
अनि
गोडा चारेक छिचिमिरा!
स्याउलाले बारेको महलमा
आकासको छानामुनी
असरल्ल छाडेर…

झण्डै हजार सुर्यहरुको
उदय अनि अस्त पश्चात Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : वसन्तको संसार तिमीलाई

~सावित्री सिलवाल सापकोटा~

फूलै फूल वसन्तको संसार तिमीलाई ।
नौलाख जूनताराको उपहार तिमीलाई ।।

म गरीब भिखारी के नै पो दिन सक्छु र ?
झरझर गर्ने झरनाको झंकार तिमीलाई।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो माईती गाउँ

~सावित्री सिलवाल सापकोटा~

सिराईचुलीको काखमा छ मेरो सुन्दर शान्त गाउँ
शक्तिखोरकी छोरी हुँ म मेरो सावित्री हो नाउँ

चारैतिर डाँडाकाँडा बीचमा अवस्थित छ गाउँ
स्वर्गकै एकटुक्रा खसे झैँ नै लाग्छ नि त्यो ठाउँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : माग गरेको छ

~कुमार आङदेम्बे अबि~

आजको यूगले इमान्दार माग गरेको छ ।
राष्ट्रिय हितको सरकार माग गरेको छ ।

प्रजातन्त्र हटाएर गणतन्त्रले के दियो र?
देशले बिकासको पुर्वाधार माग गरेको छ। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : प्रदर्शनमा राखिदिएँ

~कमल सरोवर~

केही आगो केही पानी प्रदर्शनमा राखिदिएँ
त्यसपछि मस्त जवानी प्रदर्शनमा राखिदिएँ

यसको नतिजा के कस्तो पो आउने हुन् यार??
राख्न त पुरै जिन्दगानी प्रदर्शनमा राखिदिएँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : गन्न गाह्रो छ

~सुरेश काफले “विदारक”~

धेरै आफु पुरिदैछन् गन्न गाह्रो छ,
उसलाई भनि खाल्टो यहाँ खन्न गाह्रो छ ।

उदाउछ चन्द्र यहाँ औसी छेकीदिन्छ,
औसीलाई नाङ्लाबाट निफन्न गाह्रोछ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : दबावमा छु

~डा‍. घनश्याम परिश्रमी~

उता कसैको दबावमा छु
यता म तिम्रो अभावमा छु

तिमी खुसीको उचाइमा छौ
यहाँ म हरदम तनावमा छु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : ठाउँ खोजेको छु !

~खोजराज गोले तामाङ~

कसैले’नि नचिन्ने त्यो ठाउँ खोजेको छु !
तिमी लिई भाग्न यौटा गाउँ खोजेको छु !!

यो हप्तैमा निस्कनु छ तयार हुनु तिमी !
झिस्मिसेमै कोशी तर्न नाउँ खोजेको छु !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : मर्द

~दिनेश बस्नेत~

श्रीमती आफन्तकहाँ विवाहको निम्तो मान्न गएकी छ । छोराछोरी स्कुल गएका छन् । बहिनी क्याम्पस । बाउ पिँढीमा बसेर एफ.एम. रेडियो सुनिरहेका छन् । ऊ बाउको नजिक जान्छ र टाउको कन्याउँदै भन्छ-‘बा, एक-दुई सय रुपैयाँ भए दिनुहोस् ।’
‘के गर्ने हो ? पक्कै पनि गतिलो काम गर्न पैसा मागेको होइन होलास् तैपनि मसँग छैन ।’ बाउको कुराले ऊ खिन्न हुन्छ ।

उसका औंला धेरै दिनदेखि तास खेल्न नपाएर छटपटाइरहेका छन् । ओठ रक्सीको चुस्की लिन नपाएर तड्पिरहेका छन् । ऊ घरी आँगनमा उभिन्छ । घरी पिँढीमा बस्छ । घरी ओछ्यानमा पल्टन्छ । ऊ यसरी तलबलाएको छ, मानौं ऊभित्रको धैर्यले कावा खाइरहेको छ, मनमा अस्थिरताका कीरा सलबलाइरहेका छन् । ऊ लुगाको खल्ती-खल्ती छाम्छ, कतै पैसा छ कि भनेर तर कतै फेला पार्दैन । एउटा ठूलै आशा बोकेर Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment