कविता : आइतेको देश कहाँ छ ?

~निभा शाह~Nibha Shah

आइतेकै रगत पसिनाले
देश बन्छ,
आइतेको देश कहाँ छ ?
आइतेको देश सिँहदरबार भित्र छ, भनु भने,
आइतेकी जोइ, मर्दा
आइते कात्रो किन्न नसकेर,
मुग्लान पस्यो की
बागमति पस्यो,
आइतेको कुनै खोजखबर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सुन्दरतालाई पनी जितेको थियो

~अशोक ‘खलानको मान्छे’~

उनको लावन्डेताले फुलको सुन्दरतालाई पनी जितेको थियो!
चन्चल सुकुमार हाशोले फुलको शुवास लाई पनी जितेको थियो!!

फुल राम्रो की उनि,छुट्याउनै मुस्किल गुरासै गालामा फुली दिदा!
सिर-बन्दिमा छोपेको सिउदो बादल जस्तो केश खुलेको थियो!! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : उपनामको जन्म

~नारायण पोखरेल~

म आफुलाई
आफ्नै बाटोहरुमा
डोराउने मान्छे !
म अरुका कुराहरुमा भुल्दैन ,
अरुले दिएका लालचमा झुल्दैन ,
एउटा अटल स्वभाव भएको मान्छे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : च्याङ्गबाको मन

~मदन राई ‘लामाखुले’~ Madan Rai 'Lamakhule'

कैलेकाही त,
च्याङ्गवाको मन भताभुङ्ग फाट्छ
कुईरोमा अलमलिन्छ उस्को मन
धेरै टाढा.. टाढा सम्म डुलेर,
फेरी चौंरीको आङ्गमा ठोकिन्छ उस्काआँखा,
अनि हिमाल देखी पनि पारी.. सम्म Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सहारा

~हरिहर तिमिल्सिना~

ऊ हो मेरो जीवन सहारा र त म बगाउँछु प्रेमधारा अनवरत, अनन्त उसमाथि। म उसलाई अँगाल्न मन पराउँछु र सुकोमल हातहरूले उसको टाउको र अङ्गप्रत्यङ्ग मुसार्छु कृतकृत्य मनले। चुमिदिन्छु उसलाई छातीमा टाँसेर उसका ओठ, अधर र नजरहरू। ऊ खुसी भएर स्वीकृतिका दृष्टिहरू फ्याँक्छ मतिर र अघि बढ्छ, म लुरुलुरू उसको पछि लाग्छु।

जीवनका मोडहरूमा अनेकौँ यात्रीहरू आए गए तर ऊ… ऊ… मुटुभन्दा प्यारो छ। उसलाई जति अँगालो हाले पनि मुटुको कुवा भरिँदैन, जति चुम्बन गरे पनि मनको प्यास बुझ्दैन। म अनुगृहीत हुन्छु ऊप्रति र कहिले Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

स्थान परिचय : पर्वतले कसेको गाँठो

~रमेश भट्टराई ‘सहृदयी’~

तपस्वीको तपस्थल, ज्ञानीको ज्ञानभूमि, प्रकृतिप्रेमी कविको भाव अङ्कुरित क्षेत्र, विज्ञानको अनुसन्धान पृष्ठभूमि, रोगीको ओखती भण्डार पर्वत मालाले नेपाली सौन्दर्य गाथालाई स्वाभिमानसँगै एकाकार गरेको छ । भूबनोटको पृथक कलासङ्गम नेपालभूमिका पर्वत लहरमा अर्थतन्त्रको जग छ । श्रद्धा र प्रेम द्रवित भएर मेचीदेखि महाकाली बगेका छन् । झरनाका आभुषणले रजनी बाधा हटाउने दिव्य ज्योति जादुको सामर्थ्य लुकाएको छ । हिमाली शिरताजको हिम स्वच्छताले मितेरी गाँस्ने पर्वतीय कथासँग शिव पार्वतीको अकाट्य नाता घनिभूत भइरहन्छ । समथर फाँटमा सीता र जनकको आदर्श भाव प्रवाहित छ । प्रकृतिको विलक्षण कला सङ्गम नेपाली वक्षस्थल Continue reading →

Posted in स्थान परिचय | Tagged | Leave a comment

छन्द कविता : माटाको सौन्दर्यता

~चूडा निर्भीक~

छन्द : शार्दूलविक्रीडित

माटो जीवन हो यथार्थ पनि हो यो मृत्युको जन्मको ।
माटो अन्न र सास दिन्छ नि सदा माटो त सर्वस्व हो ।।
माटो यो कविता कथा गजल हो माटो रह्यो मुक्तक ।
माटो काव्य बनेर फुट्छ कविको साहित्यको चिन्तक ।।

माटाको गुणगान गर्छु म यहाँ प्यारो छ यो प्राण झैं ।
माटो सृष्टि गरेर दिन्छ सबमा खाना यहाँ स्वादकै ।।
माटाको हररात देख्छु सपना संसार निर्माणमा ।
माटै खेल्दछु साथमा र विपना भैदिन्छ सत्मार्गमा ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : सुपरम्यान र हारजित

~भरत मरहठ्ठा~

छोरीलाई बोर्डिंङ् पुर्याउन सुनिता तयार भैसक्दा बाउले घरबारी बैंकमा धरौटी राखेर किनिदिएको मोटरसाइकल हुइक्याउदै ऊ आइपुग्छ l

“ल ल नानु बस l” आफ्नै छोरीलाई भने झैँ भन्छ l

“अंकललाई राम्रोसंग समाउ है l” सुनिता बाइकको पछाडी छोरीलाई हालीदिन्छे l फर्कन ज्यादै हतार भएझैँ मोटरसाइकल रफ्तारसंग हुइकिन्छ l

“ओ हो बाबु ! नानीलाई पुर्र्याएर कति चाडै फर्किनु भाको त? तपाई त सुपरम्यान नै हो कि क्या हो! ल कफी पिउनुस l” सुनिता प्रशंशा गर्छे l

“सुपरम्यान जे कुरामा पनि सुपर नै छैन र भाउजू?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ना.२.ख. ४३१७

~रजित ओझा~Rajit Ojha

उ रातका अन्तिम प्रहरमा खुइय सुस्केरा काड्दै भन्छ।

” मलाई थाहा छ म तँलाई माया गर्दिन। तर एउटा प्रश्नले मलाई पिरोल्छ सँधै, तँ मलाई माया गर्छेस् कि गर्दिनस् !”

म उत्तर खोज्छु। भेट्दिन, अनि जवाफ फर्काउँछु ।

“मैले माया के हो कहिल्यै थाहा पाइन, मैले त जे गरेँ मात्र सम्झौता गरेँ !” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाँसुरीको धुन

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

तीन वर्षपछि म माइत आएकी थिएँ । घरमा चारैतिर मेरो आगमनले एक किसिमको रोमाञ्चकता छाएको थियो । विवाह भएपछि एकपल्ट मैतालु फर्काएपछि मैले श्रीमानसँगै विदेश जान पाएकी थिएँ । तीन वर्षम्म माइत आउन नपाएकी चेली म आउने खबर तीन महिना अघि नै चारैतिर फैलिसकेको थियो । अझ म आउने दिन र समय पनि धेरै जसोलाई कण्ठस्थ थियो । मैले पनि बा-आमा, काका-काकी, दाजु-भाउजू, ठूलोबुवा-ठूलीआमा, सानोबुवा-सानीआमा आदिलाई गच्छेअनुसारको उपहार ल्याएकी थिए । आफूभन्दा सानालाई भागअनुसारको भागबण्डा लगाइदिएकी थिएँ । विदेशी साडी, घडी, खेलौना, कपडामा खुसीहरू साटिएका थिए । त्यो दिनभर घरका कुना कुनामा खुसी र उमङ्गका लहरहरू फैलिएको थियो । विदेशी गफ र फोटोहरूमा घडीको सुई चलिरहेको थियो ।

लोग्नेमान्छे खलक मेरो श्रीमानसँग र स्वास्नीमान्छे खलक मसँग गप्फिन व्यस्त थिए । मेरी काखकी छोरीले झन् Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आभास

~भेषराज रिजाल~

तिमी थियौ आभास थिएन
स्पर्श थियो विश्वास थिएन
थाहा भयो बल्ल आज –
चड्डा उडिरहँदा,
प्राण कमजोर धागोमा रहेछ
बसिरहेछु चिसो काली किनार Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : भाउजू विधवा भइन् (?)

~सञ्जय बिष्ट~Sanjay Bista

आजसम्ममा भिन्ना-भिन्नै दुईवटा कारणले, भिन्ना-भिन्नै दुईवटा शैलीमा, दुईपल्ट देखेँ मैले भाउजू रोएकी। नयॉं सुन्ने, नयॉं बुझ्ने र नयॉं हेर्ने इच्छाको तर म सानै थिएँ त्यो समय। ठुलो सॉंझ परिसकेको थियो, आमाहरूले थाहा पाएर कुरा गरेको सुन्दा। भात पस्की आमाले। चुह्लाको छेउमा आमाकै छेउमा बसेर खाई सकेर हेर्ने इच्छाको म ओछ्यानमा पसेँ। रातभरि निद्राले खोसेपछि त्यो इच्छा भोलिपल्ट बिहानै ब्युझेको मलाई फकाई दिएकी थिई।हिजो ठुलो सॉंझको इच्छाकै भएर मैले आमालाई सोधेको थिएँ,

‘‘जाऊँ आमा?’’

‘‘पर्दैन इत्रु भएर,’’ एघारको म इत्रु नै थिएछु। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated Poem : Laxmi Lekali

~Yuyutsu Sharma~

Laxmi Lekali
sister of our butchered dreams

Laxmi Lekali
the foolish cops who conspired

to dictate awe of your slogans
who plotted to smash the heightened pagodas Continue reading →

Posted in Translated Poem | Tagged | Leave a comment

कथा : कथाकारहरूको कथा

~धनराज गिरी~Dhanraj Giri

“ए भाइ एउटा रोयल स्टेग ल्याऊ ।” एउटा ठिटो कथाकार, सोमरस ऊमाथि हावी भइसकेको छ । चारघण्टा अघिदेखि कथाकारहरूको टोली यो भट्टीमा सुरापान गरिरहेका छन् ।

“त्यो साले मण्डले पनि कथाकार अरे । आफ्नै साथीलाई समीक्षा गराएर आफूलाई महान् आख्यानकारमा दर्ज गराउन तम्सिएको छ । त्यस्तो पनि कथा हुन्छ ।” मात्तिएको स्वरमा अलि प्रौढ देखिने अर्को कथाकार । भट्टीमा काम गर्ने केटो अघिको माग पूरा गरेर फर्किन लाग्छ । अर्को लर्बराएको स्वरमा मागपत्र पेस गर्दछ, ‘भाइ, Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आँखा पर्नु हुन्न

~सुवासचन्द्र ढुङ्गेल~subash-chandra-dhungel

धेरै माथि उडेपछि सिनोमा आँखा पर्नु हुन्न
फाइदाको कुरो देख्यो कि तलतल झर्नु हुन्न ।

सम्पत्ति सबैलाई चाहिन्छ जिन्दगी बाँच्नलाई
तर पैसाका लागि बजारमा नाम छर्नु हुन्न । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : म हुनेछु

~बुद्धिसागर~Buddhisagar

बसमा
अगाडिपट्ट, आमाको काखमा उफ्रिंदै
मुस्कुराइरहेको बालकलाई
आँखा झिम्काउँदै
मुस्कुराइदिनू,
त्यही मेरो
कलिलो मुस्कान हुनेछ ।

बाटोमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : मेरो संसार तिमी नै हो

~कृष्णहरि बराल~Krishnahari Baral

मेरो संसार तिमी नै हो
मेरो आधार तिमी नै हौ
मलाई स्वर्गको यो प्यारो
प्यारो उपहार तिमी नै हौ

तिमी आयौ मेरो मनको
अँधरीमा जून छायो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : छोरी

~विजय सागर~

रातको दस बजी सक्दा पनि ऐलिना घर आईपुगेकी थिइन् । श्यामप्रसाद निरौला र उनकी पत्नी राधा भित्र भित्र डरले काँपी रहेका थिए ।

श्यामप्रसादले पटक पटक ऐलिनाको मोबाइलमा ‘कल’ गर्दा मोबाइल उठ्दैनथ्यो ।

दाजु हरिप्रसादको एकलौटी सन्तान ऐलिना बी.बी.एस. पढ्न काठमाण्डौ श्यामप्रसादकोमा बसेकी थिई । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : वास्तविकता

~वासुदेव गुरागाईं~Basudev guragain_Pindalu Pandit

छेत्रीको कुलमा जन्म लिएर पनि धर्मकर्मका विषयमा कुलबहादुर आधुनिक ‘जात’ का ब्राह्मणका त के कुरा ! राम्रै नाम चलेका मै हूँ भत्रे पुराना ‘कर्म’ का पण्डितहरुलाई पनि आच्छुआच्छु पार्थे । परम्परादेखि चलिआएको रीतिरिवाजमा उनी अडिग थिए । धर्मकर्ममा उनको ठूलो विश्वास थियो । कसैको केही बिगार गर्दैनथे । कसैलाई भनी बिझाउँदैनथे । पाप चिताउँदैनथे । उनले गर्ने नित्यकर्म, सामाजिक व्यवहार आदिलाई नियाल्दा उनलाई ‘जात’ को छेत्री, ‘कर्म’ को ब्राह्मण भन्दा हुन्थ्यो । त्यसै भएर पनि उनलाई कसैले कहिल्यै छेत्रीको छोरो सम्झेर व्यवहार गरेनन् ।

तुलसीको मठ वरिपरि राम्रोसँग गाईको गोबरले हरियो बनाएर लिपिएको थियो । पूर्वतिर सिरान बनाएर बूढालाई सुताइएको थियो । घरपरिवार र आफन्तजनले बेलाबेलामा तुलसीजल खुवाइरहेका  थिए । बूढा Continue reading →

Posted in नेपाली कथा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : दिव्योपदेशमाथि एक दृष्टि

~डा. खगेन्द्रप्रसाद लुइटेल~Dr. Khagendra Prasad Luitel

१. परिचय

ससाना टुक्रे राज्यहरूलाई एकीकरण गरी आधुनिक विशाल नेपालको निर्माण गर्ने पृथ्वीनारायण शाह (१७७९–१८३१) को भूमिका नेपालको इतिहासमा महŒवपूर्ण रहेको छ । विगत केही समयदेखि नेपाल राज्यका एकीकरणकर्ता पृथ्वीनारायण शाहका सालिकसमेत तोडेर अनि राष्ट्रिय एकता दिवस हटाएर यिनको राष्ट्रनिर्माणको गौरवमय कार्यलाई अपमानित गरेको पाइन्छ । विनिर्माणवादीले निर्माणवादीप्रति गरिएको यस्तो व्यवहारले सिङ्गो नेपाली जातिकै सिर निहुरिएको छ । पृथ्वीनारायण शाहलाई आÇनो देशमा सालिकसमेत तोडेर अनि राष्ट्रिय एकता दिवस हटाएर चरम अपमान गरिरहेकै बेला यसै पङ्क्तिकारद्वारा भारतको गौहाटी विश्वविद्यालयमा यिनको दिव्योपदेश एम.ए. नेपालीको पाठ्यक्रममा Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

सूत्रकथा : वृध्दालय

~अमर त्यागी~amar-tyagi

देशमा चर्केको द्वन्द्वको फाइदा उठाउँदै उनी द्वन्द्वपीडितको रूपमा शरणार्थी भएर सपनाको देशतिर बसाईँ गए।

जीवनका सम्पूर्ण श्रम,सीप र ऊर्जा उतै खर्च गरे।अहिले वृध्द र अशक्त अवस्थामा आफ्नै देशमा शरणार्थी Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

मनोविश्लेषणात्मक कथा : अनौँठो, अन्जान, अदृश्य !!

~बिकिरण~

साँझको समय थियो, भींड चाही केको थियो याद भएन तर म त्यो भींडसित रमाईराखेको थिएँ । म जत्तिकै सबैजना खुसीनै देखिन्थेँ । के को खुसियाली हो थाहा नहुँदै म पनि आफ्नै तालमा बिना संगीतको त्यो उत्सवमा नाचिरहेथे हांसिरहेथे। एक्कासी मेरो हातमा कसैले समायो र उतर्फ मलाई तान्यो । एकछिन त म स्तब्ध भएँ उनको त्यो सुन्दरता देखेर अनि टोलाएर उनीलाई हेर्नु सिवाय मैले केही भन्न अनि गर्न सकिन ।

गोरो रुप, हँसिलो अनुहार, पातलो शरीर अनि त्यो उनको पहिरनले मलाई लठ्ठ बनायो । गुलाफी सारीमा सजिएकी साँच्चै उनी गुलाफ झैँ लागिरहेथ्यो । सुगन्धले मदहोस बनाउने परी अप्सरा मध्य कोही एक हुनुपर्छ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : समवेदनाको मलामी

~विश्वराज अधिकारी~Bishwa Raj Adhikari

मेरो एक वयोवृद्ध छिमेकीको अन्त्येष्टिमा भाग लिन म पशुपतिनाथ मन्दिरनजिक रहेको आर्यघाटमा पुगेको थिएँ । मृतकका पाँच छोराहरूसहित करिब ३० या ३५ का सङ्ख्यामा मलामीहरू उपस्थित थिए, त्यहाँ । चिता जलिरहेको थियो, अर्कोतिर मलामीहरू कुराकानी गर्दै थिए ।

मृतकको जेठो छोराले भने,“बुबाले निकै दु:ख पाउनुभएको थियो । दश वर्षदेखि ओछ्यानमा नै हुनुहुन्थ्यो । दिसापिसाब सबै ओछ्यानमा नै हुन्थ्यो । उहाँले अब यो दु:खबाट मुक्ति पाउनुभयो ।” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : तिम्रो लागि रोएँ

~सुबिसुधा आचार्य~SubiSudha Acharya

आज फेरि सम्झनामा तिम्रो लागि रोएँ
छिट्टै भेट होस् भन्दै देवता भाकी रोएँ

के भो निदरीमा जम्मै हिजो आइदियो
ब्यूँझेपछि झिसमिसेमा सपना साँची रोएँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : भगवानको रुप

~शुभ श्री~

हजारौ बर्षदेखी घाम र पानी झेल्दै
लहरा र घास सँगै लुकामारी गर्दै
बितेका दिनहरु भिर र पाखाहरुमा
बर्षा र खहरेहरु कती आए गए
खियौदा खियौदै मलाई सानो बनाए
पहिरो सँगै झर्दै म तल तल आए
गोथालाको हसिया पनि उदौन थाले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : असंसारीक

~प्रविण अर्याल~pravin-aryal

सकिदैनन् सबै कुरा
शव्दमा व्यक्त गर्न ।
भनिदैनन् सवै कुरा
अरूलाई सुनाऊँन ।।

बुझिदैन त्यस्तो भाषा
मनभित्रका कुराहरूको । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : सरगमको सपनामा पैसाको पसल

~नवराज लम्साल~Nabaraj Lamsal

चानचुन नब्बे वर्षभयो- मेलवादेवीले झन् पर जान्छु झन् माया लाग्छ सानु रेलैमा… गीत रेकर्ड गराउनु भएको । चन्द्र शमशेरको दरबारमा उनका करिब तीन सय सुसारेहरुमध्ये कुनै एउटीले मेलवादेवीको स्वरको डाहा गरेर स्वर बिग्रने पदार्थ विशेष खुवाइन् । चन्द्र शमशेरले मेलवादेवीलाई धेरै माया गरे भनेर यसो गरिएको रहेछ । स्वतन्त्र मनकी कलाकार मेलवादेवीलाई यस्तो दुष्टता मन परेन । उनले चन्द्र शमशेरको दरबार छोडिन्, बिहे गरिन् र सुन्दर घरबार शुरु गरिन् । लगातार छोरी जन्मेपछि पुत्र मोहमा लालायित उनका पतिले छोरी मात्र पाउने मेलवादेवीलाई घरबाट निकालिदिए । उनी विरक्त भएर छोरीहरु सहित परदेश भासिइन् । रेल चढेर कलकत्तातिर पलायन हुँदा Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : याद

~सुरज राना~Suraj Rana

तिमिले सम्झ भनेकि थिएनौ
न मैले नबिर्सने बाचा गरेको थिए
बिना कारण , बिना सर्त
तिमिलाइ सम्झी रहनु आदत बनेकोछ

जब म तिमिलाइ नसम्झिने प्रयत्न गर्छु
ठिक त्यही समय देखि
दुनियाको हरेक चिज मेरो विरुद्धमा जुट्छन
जस्तो कि किरण Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फगत यी बिम्बहरु

~दिवाकर सिग्देल~

म हराउन खोज्दछु,
घरि घरि म हुनुको पहिचान मलाई तान्न खोज्दछ।
हाडहरु मा मासुले बेरिएको म,
ताप् र चाप ले बलेको छु ।
आकाश छिर्छ म भित्र,
म आकाश भित्र छिरेको छु ।
झुत्रिएको छु ,
कराएको छु ,
अनेक बिलौना गर्छु ,
बिबष भै वरी परि टोलाएर हेर्छु ,
हवा बोल्दैन , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : ए छोरी पो

~क्रान्ति पराजुली~kranti-parajuli

‘रीमा दिदी सबै जना किन यस्तो निराश ? ….रीमा दिदीका आँखामा आँशु भरिए तर मुखबाट आवाज निस्किएन । हिजो साँझ हतार हतार गरी पाटन हस्पिटल पुगेँ । रीमा दिदी दोस्रो पटक आमा भएको समाचार सुनेर म खुशी हुँदै पुगेकी थिएँ । हस्पिटल पुग्दा रुवावासी थियो । बच्चा एकातिर रोइरहेको । बच्चा जन्मिएको एक घण्टा वितिसक्दा पनि बच्चालाई आमाको दुध चुसाइएको थिएन । रीमा दिदी लास भै लडिरहेकी थिइन ओछ्यानमा । श्रीमान् अर्कोतर्फ मुन्टो फर्काएर एकोहोरिरहेका थिए । सासु र ससुरा छेउका कुर्सीमा बसेर आँखाबाट आँशुका ढिक्का खसाइरहेका थिए ।

‘आमा र बच्चाको स्वास्थ्य अवस्था कस्तो छ ?’ नर्सलाई सोधेँ ।

‘दुबैको स्वाथ्य एकदमै राम्रो छ बच्चाको तौल पनि ठीक छ’ नर्सले भनिन् । म रीमा दिदीको छेउमा गएर बसेँ । त्यसबेला पनि कोहीसँग कोही बोलिरहेका थिएनन् । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सुन्दा छौं कर्णालीले डाँको छाड्यो रे !

~दीपक जडित~Deepak Jadit

सुन्दा छौं
ठुलै डाँको छाड्यो रे
कर्णालीले काठ्माण्डुमा
आजकल त
काठ्माण्डौका मान्छेले
खोजी खोजी नक्सामा कर्णाली हेर्दाछन् रे
ए हजुर !
हाम्ले कैले देखम्ला
नेपाल देश नक्सामा कस्तो देखिँदो हो ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दोष

~सोम खनाल~som-khanal

कसैलाई केही भन्नु छैन,
आफैंलाई भन्नु पर्ने धेरै छ
कसैको के दोष र यो संसारमा
दोष जति छ, मेरै छ ।

मै हुं फुर्कने र भित्र भित्रै हुर्कने
मै हुंकिशोर, र किशोरबाट प्रौढ हुने
मै हुं सधै नाच्न चाहने,
सधै बाच्न चाहने,
मै हु भवसागर तर्न चाहने
मै हु तर कहिलै मर्न नचाहने । Continue reading →

Posted in कविता | Tagged | Leave a comment