कविता : यो मन

~प्रतिमान सिवा~

यो मन,
कहिले कही त नदुखाउँ भन्छु ।
तर,
बिनासित्ती दुखिई रहन्छ ।

कहिले तिमीलाई सम्झेर दुख्छ,
कहिले तिमीलाई भुलेर दुख्छ ।
कहिले दुख्दा दुख्दै झस्केर दुख्छ,
कहिले तिम्रो मुस्कानमा मस्केरै दुख्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : पुस्ता:न्तरण

~कात्यायन~dhanwantari-mishra-katyayan

– खै: उसको हजूर-बाले नौसिन्देमा जागीर खाँदा के-कति घर-जाम जोडे थाहा थिएन उसलाई |

– नब्बे रुपैंया हात पर्दा यी सबै घडेरी जोडेको हो भनेर सुनाउंथे उसको बा | Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : आँसुले भिजेका पाइलाहरू

~भेषराज रिजाल~

अस्पतालमा कुरुवा बस्न थालेको आठौँदिन पूरा भइसकेको थियो । ती आठदिनले मलाई जीवन र मृत्युको अर्थ सिकाइरहेका थिए । मातृ सघन उपचार कक्षमा राखिएकी जीवन सङ्गिनीको हेरचाहका लागि बाहिरपट्टिको लामखुट्टे लाग्ने चिसो भुईंमा गुडुल्किएर अस्पतालका कहर र पीडाहरूको प्रत्यक्ष्यदर्शी भएको थिएँ म । अप्रेशन गरेपछि उनलाई ब्लड र स्लाइन चढाइएको थियो । उनको सुस्केरामिश्रित नबुझिने बोली हरक्षण मेरा कानमा ठोक्किइरहेझैँ लाग्थ्यो । अप्रेशनपछि केहीदिन ज्वरो आएकोले उनको शरीर शिथिल देखिन्थ्यो । दुईरात मसँगै अस्पताल बसेकी सानी छोरीलाई आमा आएर घर लैजानुभएको थियो । असीवर्ष पार भएका बुवा बिरामी हुनुहुन्थ्यो घरमा । बिरामी बुवा र घरका अरू सारा परिस्थिति आमाले नै सम्हाल्नुपर्ने भएकोले आमालाई घर जानुपरेको थियो । ममी दाने भन्ने छोरीको जिद्दी कम गर्न सम्झाएपछि छोरीले भन्ने गरेका शब्द सम्झेर फेरि आफैँ मर्माहत हुन्थेँ Continue reading →

Posted in संस्मरण | Tagged | 2 Comments

कविता : धरहराले भनिरहेछ …..

~रन्जु ‘मार्ग’~ranju-acharya-marga

ए मान्छेहरु !
म धरहरा ,
मलाई बनाउँदा- कतिका औंलाहरू खिय होलान्
– कतिका रगतहरु बगे होलान्
– कतिका पसिनाहरू तप्के होलान्
भोक -भोकै कतिले इँट्टा र माटो ओसारे होलान्
एक पल्ट सम्झ त तिम्रा ती निरीह पुर्खाहरुलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : यो मन भन्छ कहाँ जाऊँ

~बुद्धवीर लामा~buddha-bir-lama

यो मन भन्छ कहाँ जाऊँ
कसले नि देला बस्ने ठाउँ
मै दुखीको बिरानो भो
आहै आफ्नै घर गाउँ

कोरस-
हुँदा आफ्नै नहुँदा सबै बिरानो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

छन्दबद्ध गजल : हराएँ म

~जीवराज बुढाथोकी~

छन्द : मेची

कल्पना मै हराएँ म ।
तर्कना मै रमाएँ म ।

मन्भरी तिर्सना बोकी,
पाउ चाल्नै डराएँ म । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : उस्को मन खाली थियो

~निर्मला अवस्थी~Nirmala Awasthi_1

मैले बास माग्न जाँदा उस्को मन खाली थियो
दूई जना अटाउने सानो एउटा पाली थियो।।

रमाइदिएँ त्यै पालीमा गुराँस जस्तै फूलिदिएँ
हाम्रो बाग सजाउने उ चाहीं राम्रो माली थियो।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो साथी

~निर्मला अवस्थी~Nirmala Awasthi_1

बल्ल मैले पाएको छु भने जस्तो साथी
कहिले राख्छु आफ्नै काखमा कहिले टेबुल माथी।।

मेरा मनका कुराहरु सबै टिपोट गरी
जोगाएर राखिदन्छ पाना भरी भरी ।। Continue reading →

Posted in कविता | Tagged | 1 Comment

गजल : सबै खाली खाली

~निर्मला अवस्थी~Nirmala Awasthi_1

के हुनु र मस्तिष्कमा सबै खाली खाली
सोच्नै केही सकिएन नेता परे जाली।।

बिकास र योजनाका काम ठप्प पारी
खाने बेला सबै मिली बजाउँछन ताली।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : मलाई सर्न मन लाग्यो

~निर्मला अवस्थी~Nirmala Awasthi_1

तिम्रो मुटु नजिक मलाई सर्न मन लाग्यो
तिम्रै आँखा वरिपरी चर्न मन लाग्यो।।

तिम्रा दु:ख पीडा सबै उखेलेर फाली
रंगीचंगी फूलको बिऊ छर्न मन लाग्यो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : चल्न देउ

~निर्मला अवस्थी~Nirmala Awasthi_1

नचाहिदा हल्लाहरु चल्छ भने चल्न देउ
तिम्रो मेरो बिचमा कोही जल्छ भने जल्न देउ।।

हामी दुई बिचको साइनो अजम्बरी हुने गरी
झ्याङ्गिएर लटरम्म फल्छ भने फल्न देउ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : पशुपंक्षी बली नदेउ

~निर्मला अवस्थी~Nirmala Awasthi_1

अक्षता र फूल-पाती यति भए पुग्छ
मनमा श्रध्दा विश्वास राखी आइदिए हुन्छ
सन्तान र आमाको हो तिम्रो मेरो नाता
पशुपंक्षी बली नदेउ भन्छिन् दुर्गे माता।

माया जस्तो ठूलो कुरा के छ अरु दिने
सोच्नुहुन्न कहिलेपनि अरुको प्राण लिने
सबैको म संरक्षक हुँ छैन अर्को नाता Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मन

~निर्मला अवस्थी~Nirmala Awasthi_1

कहिले यो मन पथ्थर जस्तो
कहिले शीशा जस्तो
कहिले हुन्छ फूल जस्तो
किन हुन्छ यस्तो?

घरी घरी रुन्छ यो मन
कहिले हाँसिरहन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गोली चलिरहेछ

~बिमल गुरुङ~bimal-gurung

ढुँगाहरु छानामाथि बर्सिरहेछन्
बर्षाको पानी के !
ढुँगाहरु बर्सिरहेछन्
थाना बाहिरको प्रहरी भ्यान चकनाचुर भइरहेछ
गोली चलिरहेछ ।

केटाहरु बाहिरबाट ढुँगा हानिरहेछन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : भुमरी

~चंकी श्रेष्ठ ‘अभय’~chanki shrestha - abhaya

केवल धागोमा बाँधिएको एउटा सिन्का जसले तिनीहरूको जीवनमा शान्ति ल्याएको थियो ।

ऊ दिउँसो सुत्थ्यो, रातभरि उठ्थ्यो । कुनै दैनिक अखबारमा मुखपृष्ठको पाण्डुलिपि सम्पादक थियो । यसकारण रातभरि समाचारका तथ्य, भाषा, अक्षर र क्यारेक्टर केलाउनु उसको बाध्यता थियो । रातको दुई वा तीन बजे डेराघरको मूलढोका आइपुग्थ्यो । यो, त्यति बेलाको कथा थियो जब देशमा भर्खरै प्रजातन्त्र पुनस्र्थापना भएको थियो र देशमा मोबाइल फोन सेवा छिरिसकेको थिएन ।

ढोकाको चौकोसमाथि सेतो पातलो धागो झुण्डिएको हुन्थ्यो । त्यसमा एउटा सानो सिन्का बाँधिएको हुन्थ्यो । ऊ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अक्षर चिन

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

सकेन
उसले अक्षरहरु
राम्ररी चिन्न
उसको हातले
जानेन कलम चलाउन
तर,
बन्दुक चलाएको छ उसले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म पागल !

~कृष्णराज खनाल~krishnaraj-khanal

जरुर सभासद म पागल !
यस्तै छ मेरो हाल !
अस्पतालको एउटा अँधेरो कोठामा
हाड छालाको मेरो शरीर
मृत्युसँग जिस्किँदै
धिकिर धिकिर हावा खाएर बाँचिरहेछ ।
म तिनका भाषा बुझ्छु
म तिनका लेखा राख्छु
पैसाको आडमा, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गैंडोपासना

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
प्रभु गैँडा ! प्रभु गैँडा !
देऊ घिउ, चिनी, मैदा !
तातो हलुवा गर पैदा !
कर्कलोले पेट दुख्यो अति !
खल्लो भयो अब कैँडा !
अभावदेखिन् विरक्त भएका भक्तहरुको आवाज सुन !
दुःख सागरमा सुख–वन्दरगाह
खोजी चल्दा हामीहरुको
पार लगाऊ बेडा !

ख.
सङ्कट–युग छ ! सताइरहेछन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : नेताहरूको शरीरमा मृतात्माहरू

~विश्वराज अधिकारी~

अमेरिकामा नोभेम्बर महिना शुरू हुनुको अर्थ चाडपर्वहरू आउन शुरू हुनु हो । नोभेम्बर महिनाको अन्तिम बिहीवार थैंक्स गिभिङ पर्दछ । जोड, बिजोड जस्तो वर्ष होस् हरेक वर्षको नोभेम्बर महिनाको अन्तिम बिहीवार थैंक्स गिभिङ पर्छ नै । बिहीवार हुने थैंक्स गिभिङको बिदालाई लामो पार्न केही संस्थाहरूले थैंक्स गिभिङको भोलिपल्टको शुक्रवार पनि बिदा दिन्छन् र शुक्रवारपछि शनिवार र आइतवार पनि बिदा पर्ने हुनाले थैंक्स गिभिङमा चार दिनको बिदा हुन पुग्दछ । यो चाड यसरी चारे दिने चाड हुन पुग्दछ र मान्छेहरूले यो चाडलाई टर्की खाएर निकै धूमधामका साथ मनाउँछन् । यसैगरी, नोभेम्बर महिना समाप्त हुनासाथ सबैभन्दा ठूलो चाड क्रिसमसको तयारी प्रारम्भ हुन्छ । एकले अर्काेलाई उपहार दिएर अनि घरका सबै सदस्यहरू जम्मा भएर मनाइने यो चाड पनि चार/पाँच दिनसम्म मनाइन्छ । क्रिसमस इभ र क्रिसमसमा भने चारैतिर उज्यालो गरी विशेष किसिमले अति भव्यताका साथ मनाइन्छ । अनि क्रिसमस समाप्त हुनासाथ अर्काे वर्षको चाडको आगमन हुन्छ । अर्काे चाड, नयाँ वर्षको आगमन भएको पहिलो दिन, जनवरी एक तारिखको दिन, मनाइन्छ । जनवरी एक तारिखलाई नयाँ वर्ष Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नयाँ मान्छे

~टंक सम्वाहाम्फे~Tanka Samwahangfe

उ नयाँ युगको नयाँ मान्छे
अथवा यो देशको नयाँ मान्छे
हाम्रै समुदायवाट जन्मेको नयाँ मान्छे
जसरी परिभाषा गरेपनि
उ नयाँ युगको नयाँ मान्छे हो
हामी जस्तै भएर पनि
यो देशको लागि नयाँ भएर आएको छ
त्यसैले उसलाई नयाँ देखिरहेकाछौ
हिजो उ हामीसँगै हिड्दा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : कति राम्रो देश हेर

~निर्मला अवस्थी~Nirmala Awasthi_1

सगरमाथा शिरमाथी कति राम्रो देश हेर
अझै राम्रो छ है हाम्रो आफ्नै भाषा भेष हेर ।।

बिर्सिने पो हुन कि अब नेपालीले नेपाली पन
दौरा सुरुवाल गुन्यु चोली बिर्से लाग्छ ठेस हेर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : आफ्नै छायाले

~दिलिप योन्जन~Dilip Yonjan

मनमा बसि मनै त खाए उनी
हासी हासी रुई रने पारे उनी
आफ्नै छायाले

ख्याल ठट्टा गरेर छाड्यो मायाले।
आधी खोला उर्लिन्दा मनमा हुन्थ्यो सन्चो
बिना बादल मनै भत्कि गईरन्छ पहिरो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जान देउ नानीलाई शान्तिसँग

~प्रणिका कोयु~pranika-koyu

कोही मरे वास्ता हुन्न
कोही मरे वास्तैवास्ता
आँशु सबैको, सबै किसिमको बग्छ
आँशु पिडाको
आँशु मायाको
आँशु रिसको
आँशु डर र लाजको
तिम्रो लागि कसले-कसरी-कहाँ-किन बगे
तिमीले थाहा पाउन्नौ – आहा कति राम्रो! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वागत छ नव बिहानिलाई

~आचार्य प्रभा~acharya Prabha

बिक्षिप्त मनका धमिला सोचाइहरु पखाल्दै
नव पालुवारूपी पाइलाहरु अघी बढाउँ
बिगतका बिझाइहरुका खोटहरुलाई
नव बर्षको उत्साही मल्हमले
शितल गराउँ/
अनिष्ट बिचार अनी रिस र द्वेशहरुलाई
हर्ष र खुशी अनी नव उमङका आँशुहरुले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : अलिअलि चोट देऊ

~विक्रम तिमिल्सिना~Bikram Timilsina

मायामात्र कस्तो-कस्तो अलिअलि चोट देऊ
अलौकिक होइनौ भने अलिअलि खोट देऊ

जताततै प्रेम भेटेँ, तरल जिन्दगानी लेखेँ
थोरै कडा हुने मन छ, त्यसैले अठोट देऊ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : जुन तारा नढाकिदेऊ

~निर्मला अवस्थी~Nirmala Awasthi_1

नढाकिदेऊ बादलु गगनलाई नढाकिदेऊ
खुल्न देऊ सगरभरी जून तारा नढाकिदेऊ

टुकी बनी आउँछु म तिमी पर्खि बसिरहनु
भनेको हो जूनले मलाई तिमी कहिल्यै नआत्तिनु
सितारा लिएर आउँछु म तारा मलाई भन्दै थियो
हेर्दा हेर्दै सगरमा तिमीले सबै ढाकिदियौ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरुषहरुको बस्तीमा महिला

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

महिलाहरु
गर्वमा हुंदै मारिनु पर्ने
जन्मीने वित्तिकै मारिनु पर्ने
दोश्रो दर्जाको रुपमा हेरिनुपर्ने
पुरुषहरु एसो गर्छन्
आफुलाई माथि राख्न खोज्छन्
आप्mनो वंश चलाउन एसो गर्छन्
आमा पनि महिला हुन् भन्ने विर्सन्छन्
वंश चलाउन आमा नै चाहिन्छ भन्ने पनि विर्सन्छन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : समय सोध्ने केटी

~पदम भण्डारी~Padam Bhandari

यात्राको क्रममा एकदिन म छुुट्टीमा घर जाँदै थिएँ । झण्डै दश वर्षपछि मेरो गोबिन्दसँग भेट भयो । ऊ पनि बसमै यात्रा गर्दै थियो, तर अर्को बसमा ।
उसलाई देख्नेबित्तिकै ऊछेउ गएँ र भनें– नमस्कार ! चिने चिनेजस्तो लाग्यो ।

‘ऊ मज्जैले हाँस्यो र भन्यो– ‘चिने चिनेजस्तो मात्रै हैन साँच्चै चिनेको नि ।’ दुवैजनाले हात मिलायौं । मैले सोधें– अहिले कता नि । ’ऊ जिस्कियो– ‘अहिले त यहीँ नि !’ मैले भनें– ‘कुरो बुझिएन ।’

उसले भन्यो– ‘घर जान लागेको ।’ मैले भनें– ‘उर्लाबारी ?’ उसले भन्यो– ’हैन । सानो घर बनाएको छु काठमाण्डौंमा ।’ काठमाण्डौं कहाँ भनेर सोधिहाल्छ भनेर होला, मैले सोध्न नभ्याउँदै उसले भन्यो– ‘मिन Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शिलाले माइत त्यागिन्

~चन्त वनेम~Chanta Wanem

‘ए शिला ! बस्तु खोल्ने बेला भएन ?’ गल्लीबाट गीताले कराइन् ।

‘म तल पित्तोलुङमा चराउँदै गर्छु, बस्तु त्यतै लिएर आइज है’ भन्दै बस्तु लिएर ओरालो झरिन् ।

शिला सुन्तलाको रुखबाट कराई, ‘म आई हाल्छु हिँड्दै गर, सुन्तला र ज्यामिर टिपेर नुन खुर्सानी पिसेर ल्याउँछु मजाले खानु पर्छ ।’ नभन्दै गीताले पित्तोलुङमा पुगेर बस्तु जङगलतिर मात्र लगाएकी थिइन् शिला बस्तु लिएर आइपुगी हालिन् ।

दुबै मिलेर बस्तु जङ्गलमा धपाएपछि नुन खुर्सानीसँग ज्यामिर र सुन्तला खान थाले । अमिलो खाँदै गाउँघरका लोकभाखाको “दाइ साइला दाइ छ, मै जाने ठाउँमा मायालु रैछ” भन्ने गीत गाएर वननै घन्काउन थाले ।

‘ए शिला हिजो तँसँग गफ गर्ने को हो नि ? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निमिसा र मनिष

~भावना परिष्कृत सुनुवार~Bhawana Parishkrit Sunuwar

निमिसा र कुन्दनको प्रेमकथा पर्दाफास भएपछि नरनारायणको परिवारमा बज्रपात प-यो । दुई वर्ष त यी प्रेमिले जोडीहरूको सम्बन्ध विषयमा कसैलाई भनक थिएन । गुजुरगुइँठे नाम गरेको व्यक्ति जसको काम टोल छिमेक, पुरै गाउँभरिका विषयमा चियो चर्चा गर्दै हिँड्नु थियो । उनै गुजुरगुइँठेले भनक पाएपछि गाउँमा बेजोडको हल्ला मच्चियो । सामाजिक नीति नियम र मर्यादा विपरीत आचरण गरेवापत कुन्दनलाई मरणासन्न हुने गरी पिटियो । उनी कथित निच जातिले कथित उच्च जातिकी कन्या बिमिसासँग प्रेम गरेर महाअपराध गरेकोले ज्यानै लिनु पर्छ भन्ने तर्कमा पुगेका थिए त्यो गाउँका उच्च जातिका बुद्धिमानहरू । कुन्दनलाई हत्या गरेको खण्डमा आफूले पनि आत्महत्या गर्ने हठ निर्णय सुनाइन Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भोकको संगीत

~भूपिन व्याकुल~Bhupin Byakul

छाताको अङ्कुसी इस्टकोटको पिठ्युँतिरको भागमा घुसाएर मेरो हात समात्दै बाले गाउँको सरकारी स्कुलमा भर्ना गर्न लगेको श्यामश्वेत सम्झना अझै बाँकी छ। रातको चकमन्नतामा उहाँको चर्को घुराइले तर्सिएर अर्धनिद्रामा रात छिचोलेका स्मरण पनि छन्। घुर्दाघुर्दै सास रोकेर निकै लामो समयपछि प्रश्वास गर्ने बाको मलाई मन नपर्ने एकमात्र बानी थियो। अब बा यो संसारमा हुनुहुन्न।

गाउँको तत्कालीन जनता माविबाट एसएलसी गरेपछि बा मलाई जीवविज्ञान पढाउन चाहनुहुन्थ्यो तर मैले जीवविज्ञानमा भर्ना भएको तीन महिनापछि भौतिकशास्त्र पढ्न सुरु गरेँ। जीवविज्ञान पढेपछि मात्र तेरो छोरा डाक्टर बन्न सक्छ भनेर केही शिक्षित आफन्तले उक्साइदिएका थिए। उहाँ मलाई डाक्टर नै बनाउन चाहनुहुन्थ्यो। त्यो सायद उहाँको जीवनको सबैभन्दा चर्को महŒवाकाङ्क्षा थियो। मैले भौतिकशास्त्र पढ्न Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो नेपाल

~हुसैन खाँ~hussain-khan

धरामा सुमेरू छ नेपाल मेरो
यही नै दिलैको सुसञ्जाल मेरो
तरार्इ-पहाडी-हिमाली स्वरूप
मिलेरै बनेको छ मायालु रूप
।१।

कहीँ देउराली कहीँ दून-डाँडा
यहाँ भीरपाखा रहेछन् हजार
कतै लेक-बेसी कतै खर्च-टार Continue reading →

Posted in कविता | Tagged | Leave a comment