लघुकथा : समय/संस्कार

~मुरारीराज मिश्र~

हजुरबुबा : कुखुराले बाटाे काट्दा त्याे बाटो नै नहिंडी अर्कै बाटोबाट घर अाई नुहाएर जनै फेर्नुहुन्थ्यो,

बुवा : बाहुनले कुखुरा छुन पाे हुन्न तर कुखुराले काटेको बाटो हिंड्दा फरक पर्दैन भन्नुहुन्थ्यो, Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : समयको प्रवाहमा

~योगेन्द्र काउछा~

गहकिला शब्दका जलपभित्र
नौलो, अनौठो लाग्ने
आशा र विश्वास जगाउने
मानिसका आकृतिहरु
विचारका लहरहरु
मञ्चन हुँदा
लाग्थ्यो,
त्यो, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित निबन्ध : साहित्य : संघर्ष र साधनका दुई रूप

~फैज अहेमद फैज~

प्रत्येक साहित्कार कुनै न कुनै रूपमा समाजको एक एकाइ हुन्छ । साहित्यकारको आफ्नो समाजसित दुई किसिमको सम्बन्ध हुन्छ । एउटा व्यक्तिगत सम्बन्ध र दोस्रो साहित्यकारको सम्बन्ध । यी दुई सम्बन्धले साहित्यकारमा दोहोरो जिम्मेवारी सिर्जना गर्छ । एउटा सामान्य जिम्मेवारी, जुन कुनै समाजको सबै व्यक्ति या कुनै देशको नागरिकहरूका निम्ति एकैप्रकारको हुन्छ । दोस्रो विशेष जिम्मेवारी, जुन साहित्यकारहरूको आफ्नो कला या पेशासित जोडिएको हुन्छ । यी दुई सम्बन्ध र यसबाट उत्पन्न हुने जिम्मेवारी एकआपसमा बेग्लाबेग्लै होइनन्, बरू अन्तरसम्बन्धित हुन् ।

चिन्तकहरूको केही जत्था यो मान्यतासित सहमत छैनन् । एउटा स्कुलको मत के रहेको छ भने जब कुनै Continue reading →

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

कविता : उचाईमा जे अनुभव गरें

~अनिल नेम्बाङ~

के गर्दै छौ कान्छि?
स्पष्ट देखिन- अलि माथि उक्ल न
उध्रिएको चोली टालेको छैनौ?
गोठालो दाइ के गर्दैछन्? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : रारा तालको सौन्दर्य र मुगुको कठिन भूगोल

~विमल पोखरेल~

सिंजा उपत्यकामा स्याउका बगैंचाहरू अनगिन्ती भए पनि सबै बगैंचामा स्याउ फलिसकेका छैनन् । सिंजा हुँदै मुगु जोड्ने बाटो डोजर लगाएर खन्ने काम जारी छ । मुगुतिरबाट पनि खनिएको छ । यही वर्ष मुगु मोटरबाटो पु¥याउने लक्ष्य लिइएको छ । भीर, पहरा र चट्टानहरूले बाटो खन्ने कामलाई कठिन बनाइरहेका छन् । खलंगातिरको तिलाखोलाभन्दा सिंजाको हिमाखोलामा खेतका ठूलाठूला फाँटहरू छन् । त्यहाँ बाजागाजासहित रोपाईं भइरहेको थियो । कुनै घरमा छोरा जन्मेको वा छोराको विवाह भएको भए चोपाईं गरिंदो रहेछ । चोपाईं भनेको बाजा बजाउने, नाच्ने, विवाह भएको भए छोराबुहारी र बच्चा जन्मेको भए बच्चालाई बेठी (फूलको Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : जागरण

~हरिप्रसाद भन्डारी~

ऊ भोक र थकाइले लखतरान परेर कोठाभित्र पस्यो । लौरो भित्तामा अडायो, टोपी फुकालेर सुइया सुस्केरा हाल्दै खाटको छेउमा बस्यो ।

बत्तिको मधुरो प्रकाशमा कोठा मलिन देखिन्थ्यो । एकपट्टि कुनामा सात दिनकी सुत्केरी स्वास्नी सुतेकी थिई भने अर्कोपट्टि सानो छोरा पातलो च्यादर अव्यवस्थितरूपमा यत्रतत्र छरिएका थिए ।

ऊ आएको थाहा पाएपछि सानीकान्छीले सिरकले छोपेको मुख खोली । रिसाउँदै उसलाइ हेरी र केही नबोली पुनः मुख छोपी । सानो हेराइमा पनि स्वास्नी रिसाएकी र रोएकी छ भन्ने कुरा उसले अनुमान लगायो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिम्रो मोहनीमा

~निर्मोही व्यास~Nirmohi Vyas

तिमी मेरी घाम–जून, तिमी मेरी ऊर्जा
तिमीविना जिन्दगी यो खालि कलपुर्जा

सितारकी तार मेरी ! रुन्झुनाऊ नित्य
तिम्रो स्वरै सुन्दा पनि हुन्छ मन मत्त Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सयौं फूलहरु फुल्न देऊ

~गुरुप्रसाद कुमाल ‘बुलबुल’~guru-prasad-kumal-bulbul

ए ! वनमारा
फूलहरु हुर्कन देऊ
यो बगैचामा सैयौं फूलहरु फुल्न देऊ ।
त्यो हिमालयमा ‘झुमा’सँगै
लाली गुराँसलाई
मुस्कुराउँदै–मुस्कुराउँदै फुल्न देऊ ।
अनि अजम्बरी जस्तै
त्यो मखमली फुल्न देऊ
ए माहुरी
पराग सेचन गरी देऊ
यो बगैचामा सैंयो फूलहरु फुल्न दऊ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : लाहुरे

~निश्चल काउचा~Nischal Kaucha

हिमालको काखमा !
सानो झुपडी छ ।
त्यहि छ , मेरो ,
सानो संसार !
म सानो छदा !
बाजेले भन्नु हुन्थ्यो !
धेरै पदनु पर्छ ।
हामीले नपदेर धेरै दु:ख पायौ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रातोमाटे, रिसोर्ट र सपनाहरु

~कमल कुमार~kamal-kumar

म मजदूर
रातोमाटेको यो डाँडामा
खन्दैछु कुनै रिसोर्टका जगहरु
चुहाउँदैछु पसीना
तप्प तप्प

सम्झिन्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आरोप

~मनोज बोगटी~Manoj Bogati_1

तिमीले समातेर मात्र मेरो हात बलियो भएको होइन
किन भने हात समातिन्न।

हात समातेर राख्न सकिन्न
फुस्किन्छ
समात्नु र फुस्कनुको घर्षणले जन्मिन्छ
आरोप।

आरोप पनि आफ्नै सृजना हुन्छ
जसलाई कसैले स्वीकार्दैन। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित लघुकथा : अँध्यारो नगरी

~खालिल जीब्रान~Khalil Gibran
अनु : मनोज न्यौपाने

राजमहलमा रात्रिभोज थियो ।

एउटा मान्छे त्यहाँ आयो र राजालाई दण्डवत् गरेर लम्पसार पर्यो । भोजमा आएका सबैले उसलाई हेर्न थाले । उसको आँखा निकालिएको थियो र त्यहाँबाट रगत बगिरहेको थियो ।

राजाले उसलाई सोधे, ‘तिम्रो यो अवस्था कसरी भयो ?’

उसले भन्यो, ‘महाराज ! पेसाले म एक चोर हुँ । आैंसीको राति म एक धनी पसलेकहाँ चोरी गर्न गएँ । Continue reading →

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

बाल कथा : नाक

~सुधा रिसाल शर्मा~

रमा धेरैबेर आफ्नो अनुहार ऐनामा हेर्ने गर्थिन् । उसको यो बानी देखेर घरका सबै जना वाक्क भएका थिए । रमाकी आमा त सधैँ ऐना रमाले नभेट्टाउने ठाउँमा लगेर लुकाउँथिन् । रमा भने ऐना जसरी भएपनि खोज्थिन् । रमाको यो

रमा धेरैबेर आफ्नो अनुहार ऐनामा हेर्ने गर्थिन् । उसको यो बानी देखेर घरका सबै जना वाक्क भएका थिए । रमाकी आमा त सधैँ ऐना रमाले नभेट्टाउने ठाउँमा लगेर लुकाउँथिन् । रमा भने ऐना जसरी भएपनि खोज्थिन् । रमाको यो बानी देखेर घरका सबैजना उसलाई कहिले गाली गर्थे भने कहिले हाँस्ने गर्थे ।

स्कुलमा पनि रमा सधैँ झ्यालको छेउमा बस्ने गर्थिन् अनि घरीघरी झ्यालको सिसामा आफ्नो अनुहार हेर्ने गर्थिन् । यसरी आफ्नो अनुहार ऐनामा हेर्न थालेपछि उसलाई वरिपरि के भइरहेछ थाहा नै हुँदैनथ्यो । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : फर्की हेर त बाबुराम

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ratnanidhi-regmi-shukracharya

बाबुराम भनेर मानिसहरू गर्थे बडो आदर
विद्वान् मानिस ठानी भित्री मनले नुग्थे झुकाई शिर
राम्रो हो गुणवान, स्वच्छ छविको ठान्थे निकै सत्जन
यस्तो व्यक्ति हुँदैन सम्भव कबै संसारमा जन्मन !

धेरै काल बिते अनेक थरीका चर्चा–विचर्चा गरी
छापे झन् अखबारले पनि उनी छन् रे विवेकी, गुणी !
सत्ताको जब वागडोर उनको नेतृत्वमा आउँदा
छक्कै पर्नु भयो समस्त मुलुकै सन्त्रासले छाउँदा । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : छोरीहरु

~सीता थारू ‘निश्छल’~sita-nischal

जानु पर्ने अरुकै घरमा छोरीहरु ।
अनि बाँच्ने अर्काको रहरमा छोरीहरु ।

जन्मघर आमा–बुवा सबथोक छोडेर
चिनाउँछन् अरुकै थरमा छोरीहरु । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मात्र फरक तारतम्य

~कणाद महर्षि~Kanad Maharshi_1

आँधी आयो,
भूकम्प गयो,
प्रलय भयो
-उल्कापात मच्चियो
-परिवर्तन भयो ।

अनि म गम्छु, केही विचार गर्छु
र फेरि बोध गर्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : जब म मरेँ

~बिक्रम ज्ञवाली~Bikram Gyawali

एक्कासी एकदम आनन्द आयो। फेरि मलाई निकै गाह्रो पनि त भएको थियो। मेरो कानले सुन्न त सक्थ्यो तर मुखले सुनेको कुरा फर्काउन सकिरहेको थिएन। मेरो अगाडि आउने मान्छे मलाई चिनिस् भनेर सोध्थ्यो तर खै को रहेछ ठम्याउनै सक्थिएन।

एक त बुढो भएको शरीर, त्यसमाथि धेरै रोग। तर आज अचानक सबै दु:खाइ सकियो। अनि फेरि मैले आफू लडेर सुतेको आफैँले देखेको छु। न त मैले देखेको ‘म’ ले सास फेरेको थियो, न कुनै हलचल। एकछिनपछि छोरी आई र बाबा भनेर रुन लागी। श्रीमती चिच्चाएर डाँको छोड्दै कराउँदै “मलाई एक्लै छोडेर किन जानु भयो लैजानुस् सँगै ………. ” भनेर रुन लागी। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हल्ला

~विप्लव ढकाल~Viplav Dhakal

कक्षाकोठाभरि हल्ला छ
किन पढ्दैनन् नानीहरु ?
म इतिहास पढाउन खोज्छु
उनीहरु जङ्गली चरा जस्तै
हल्ला गर्छन् !

म गणित पढाउन खोज्छु
उनीहरु पहाडी खोला जस्तै Continue reading →

Posted in कविता | Tagged | 1 Comment

कविता : गाँउको अन्तरा

~प्रवीण खालिङ~prabin-khaling

गाँउको धारामा संगीत बज्छ
पँधेराबाट दिन उँदाउछ
घरको घुरीले बादल जन्माएपछि
गाँउमा बिहान हुन्छ
अनि
नागबेली गोरेटाहरू भएर गाँउ शहर पस्छ
दुधको साइत बोकेर महलहरूमा पस्छ
गाँउले हरेक बिहान शहरलाई बिउँझाउछ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कविहरुलाई चिठी

~उदय निरौला~

कवि श्यामल ।
तिमी त पतलैयाकै शशीश्यामल हौ
चारकोसे झाडी नै हौ
तिम्रो त्यो हेडलाइट बिनाको ट्रक
जंगलजंगल दौडिरहेछ अझ
गन्तव्य बिना
अँध्यारोमा भीर तिर ।

रावलको तबेलाको घोडा तबेलाबाट फुक्यो
बुर्कुसी रहेछ
बिना लक्ष्य कता हानिने हो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : भएछ रङीन

~दिनेश श्रेष्ठ~dinesh-shrestha

सिउँदो तिम्रो भएछ रङीन
गलाको हार रहेछ रङीन

डढेर मन खरानी खरानी
डोलीमा रानी चढेछ रङीन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : अँगालो र चुम्बन पाएको पटक

~क्षितिज समर्पण~Kshitij Samarpan

‘शुभयात्रा रोहित ! राम्रोसँग जानू ।’

कलङ्की चोकनेर पुगेको थिएँ । मोबाइलमा मेसेजको ट्युन बज्यो । गाडीमा मेसेजको ट्युनले मात्र के थाहा पाउँदो हुँ । मोबाइल भाइब्रेट भएपछि मात्रै थाहा पाएँ । यस्तै कोलाहल र होहल्लामा काम लाग्ला भनेरै होला मोबाइलमा भाइब्रेट सुविधा राखिएको ।
हेरेँ, सन्ध्यको मेसेज रैछ ।

‘थ्याङ्क्यु डियर । मिसिङ यू अ लट ! टेक केयर ।’

बढी लेख्न सक्ने अवस्थामा थिइनँ । मन यसै पनि भारी भएको थियो । कालो बादल थोपरिएको आकाशभन्दा पनि धुम्म भएको हुँदो हो सायद त्यो बेला । ठूलो भारीले थिचे जस्तै गह्रुँगो महशुस भइरहेको थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आज पराई भयो

~बसन्त मोहन अधिकारी~Basanta Mohan Adhikari

जसको लागी बाँच्थे मर्थे उही आज पराई भयो ।
उनको बाटो पर्खि बस्दा चितामाथी सुताई भयो ।

उनको माया संगालेर मिठो सपना सजाएथेँ
सपना जली आज मेरो दागवती खुवाई भयो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : एउटा मान्छे !

~विप्लप प्रतीक~biplav-prateek

म देखिरहेछु त्यो एउटा मान्छे
एक्लै हिँडिरहेछ- मानिसहरूको विशाल भीडमा ।
ठोक्किन्छ एक्लै, सम्हालिन्छ एक्लै
रुन्छ एक्लै, सहन्छ एक्लै
अनि मुसुक्क हाँस्छ- आफू एक्लै ।
उभिन्छ, हेर्छ, मोडिन्छ अनि फेरि हिँड्छ
उकाली ओरालीमा, समथर मैदानमा
हिमाल, पहाड र मरुभूमिमा- एक्लैएक्लै । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रसंग कतिपय

~लक्ष्मी राई ‘लारा’~Laxmi Rai 'LARA'

केन्याकी क्यारोल भन्छे, ‘आर्कषक डिलडौलका लोग्नेभन्दा असल तथा जिम्मेवार लोग्ने पाउनु भाग्य सम्झिनुपर्छ।’ तर, घानाकी डोरिसको भिन्दै राय छ। ऊ भन्छे— ‘मलाई चौडा छाति, करिब ६ फिट उचाई भएको बलिष्ठ पुरुष मनपर्छ। बिहे गरेपछि देखा जाएगा नि! मलाई फेरि यो छोरा—छोरी बनाउनै पर्छ भन्ने रहर छैन। यदि भविष्यको मेरो पार्टनरले मान्यो भने एडप्ट गर्न सकिन्छ। अनाथहरुको के हाम्रो अफ्रिकन मुलुकमा कमि छ र!’

यी अफ्रिकन मूलका दुई भिन्दै धारणा बोकेका सहकर्मीहरुको वार्तालाप म सुनिरहन्छु।

विमति यहीँबाट सुरु हुन्छ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : असोज १७ गते

~रमेश दियाली~Ramesh Diyali

हे ! ईश्वर यो कस्तो दुबिधा ? कस्तो टाउको दुखेको, फुट्छ की क्या हो ? पहाड खसे झै भैराछ । यस्तो त कहिल्यै भा थेन । बरै । शरीरभरि काँडा उम्रे । २० को १९ भा छैन । ३ महिनादेखि ओछ्यानको ओछ्यानमै छन्, बा । घर लथालिङ्ग छ । खेत जोत्ने मान्छे छैनन् । कोदो पनि रोप्नुपर्ने । खेताला खोज्नुपर्ने । बाच्छो हराएको ५ दिन भईसकेछ । यता बा आज हो की भोली हो । सोचें, म बाहिर सुत्नुपर्‍र्यो । बिहान गोरूलाई घाँस हाल्न सजिलो हुन्छ । निन्द्रा पटक्कै लाग्या छैन । लगभग रातको ३ बजेको हुँदो हो । म झपक्क निदाएछु । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : राधाकृष्ण रिसाउँदा ‌. . . . .

~निर्मोही व्यास~Nirmohi Vyas

१
यतै तिमी, उतै तिमी, जताततै तिमी तिमी
हरेक कोणमा तिमी, हरेक मोडमा तिमी
तिमी हरेक फूलमा र पातपातमा तिमी
तिमी दिवा र रातमा, प्रभातमा तिमी तिमी ।

२
तिमी त पाइलैपिछे र धड्कनैपिछे तिमी
हरेक तिर्सनापिछे र सम्झनैपिछे तिमी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आशङ्का

~दिनेश अधिकारी~Dinesh Adhikari

कट्कटी काटिएको आफ्नो मन लिएर
थरथर काँपिरहेको
आक्रोशयुक्त‚ वरमा
कुनै एकदिन
वी.वी. अनुरागी
मसँग भनिरहेथे –
दाइ ! धर्मको नाममा
जिजुबाजे, बाजे र बा मात्र हैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सुनुवार भाषी कविता : माकुशो ’ख्लिनो

~सुर्य प्रकाश सुनुवार चेरेहामसो~

सै सै गो आऽइच बाअ्ङानु
नाबबे सालमि ’ख्लिनो कुशो ने,
आँ किकिम आँकालि देँऽशो,
गो हिललो पाता ख्लिनो दोदे कुइबा ?
किकिम आँकालि देँऽता,
ख्लिनो कुमेनु खाप हिमसिअ्बा,
राग्य हिमसिअ्बा, मुनु कोःरो दुःरो ’लाइब, Continue reading →

Posted in सुनुवार कविता | Tagged | Leave a comment

कविता : तस्वीर

~भीष्म उप्रेती~Bhishma Upreti_1

तिमीले भन्यौ –
म तिम्रो तस्वीर खिच्न चाहन्छु ।

मसँग त
दुःखका कोर्राले निर्मम पिटेको
उदास र थकित अनुहार पनि छ
भोकको नङ्ग्राहरुले त्रुूरतापूर्वक चिथोरेको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : निर्दोष तिमी…..

~कुन्दन काफ्ले~

फूल हेर्दा पनि किन पातमा नजर जान्छ ?
जून हेर्दा पनि किन रातमा नजर जान्छ ?
सुन हेर्दा पनि किन हातमा नजर जान्छ ?
गुन हेर्दा पनि किन बातमा नजर जान्छ ?

हेराईको दोष हो यो, दोष हो की नजरको ?
देखाईको दोष हो यो, दोष हो की असरको ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : धार हुनै पर्छ

~हरी गौतम~

वार गर्नु पूर्व खुकुरीमा धार हुनै पर्छ.!!
चुप्प लागेर भएन अब… खुङ्खार हुनै पर्छ.!!

नेपाल आमालाई बिभाजीत गर्न खोज्नेहरू सुन
सेनाहरूको आक्रोश हो यो..लाचार हुनै पर्छ.!! Continue reading →

Posted in गजल | Tagged | Leave a comment