~विजय महर्जन ‘श्रीजय’~
।। अनुभूती १ ।।
निष्पट अन्धकार चिर्दै
अनन्त उज्यालो छर्दै
निरन्तर आफू जल्दै
हावाहुरी झेल्दै
छोटिदो आयूसँग
पालाको दियोको,
अनवरत जीवन संघर्ष।
।। अनुभूती २ ।। Continue reading
~विजय महर्जन ‘श्रीजय’~
।। अनुभूती १ ।।
निष्पट अन्धकार चिर्दै
अनन्त उज्यालो छर्दै
निरन्तर आफू जल्दै
हावाहुरी झेल्दै
छोटिदो आयूसँग
पालाको दियोको,
अनवरत जीवन संघर्ष।
।। अनुभूती २ ।। Continue reading
~दिपक अधिकारि~
सोर्गकि अप्सरापो हौ कि तिमी भनि,
दुर्बिनलिई हेरुँ-हेरुँ लाग्यो मलाई पनि,
बुढेसकालका आँखा मेरा बादल लागे सरी,
ढाकिईछौ तुँवालोमा देखुँ कसो गरी?
देख्छु म त चारैतिर ईट्टा थुप्रो जस्तो,
पहिले-पहिले हेर्दा चाँही थिएन नि यस्तो, Continue reading
~राम अप्रिय~
– हामी बुढाबुढीवीच फोनमा गफ प्रायः हप्तामा एकचोटि हुन्थ्यो ।
– हिजो मात्रै सुखदुःखका कुरा गरेर एकहप्ताको लागि बिदा भएका थियौ ।
– तर आज बिहानै अचानक बुढीको फोन आयो । Continue reading
~उषा शेरचन~
तिम्रो मनको संकुचित आकाशभित्र
-मेरो प्रेमको बिशालता अटाउनै सकेन
तिम्रो अहंकारको क्षितिजभित्र
-मेरो प्रेमको लहरा फैलनै सकेन
खिया लागेका तिम्रा सोचाइहरु
-प्रदुषित भएर जताततै
-ह्वास्स ह्वास्स गनाइरहन्छ
सुगा रटाइका तिम्रा पुनरास्वरहरु
-काँडे झार भएर जताततै
-च्वास्स च्वास्स बिझाइरहन्छ Continue reading
~घनेन्द्र ओझा~
फूलसँग डर लाग्छ
काँडाको नै भर लाग्छ ।
यस्तो किन हुन्छ भन
तिमीमै नजर लाग्छ । Continue reading
~मुकुन्द आचार्य~
काठमाडौंको चिसोमा जाँड नखाने त कमै पाइन्छन् । तर जाँड खाएर भाँडभैलो गर्ने पनि कमै हुन्छन् । भातको माँडको साटो जाँड खाने साहसी गोर्खाली पनि कम्ता हुँदैनन् ।
बिहानैदेखि टिल्ल भएर फतफताइरहने एउटा यस्तै चरित्र हाम्रो समाजमा ‘ट्वाँके’ को नामले सुपरिचित छ । यस्तो व्यक्तिसँग बोल्न पनि डरै लाग्छ । कतिखेर जाँडको सुरमा त्यसले के गर्छ– क्यै भन्नै, बुझ्नै गार्हो । त्यसैले यस्तालाई म परैबाट नमस्कार गरेर बाटो काटेर हिंड्ने गर्छु । Continue reading
~ नवीन पौड्याल~
१. आमुख :
साहित्यमा कविता विधा सबैभन्दा लोकप्रिय र बहुप्रायोगिक देखिन्छ। एक हरफेदेखि लिएर लाखौं हरफसम्मका कवितात्मक स्वरूप पाइन्छन्। कविताका विविध ढाँचा, तरिका र प्रयोगबाट लेखिने गरिन्छ। कविता एउटा ठुलो विधा हो भने हाइकु, गीत, खण्डकाव्य, महाकाव्य, गजल आदि उपविधाका रूपमा रहेका छन्। कविता विधाभित्रको एउटा उपविधाका रूपमा रहेको गीत खुबै लोकप्रिय देखिन्छ। यो कोमल अनुभूतिहरूका लयात्मक अभिव्यक्ति हो। साहित्यमा रूचि नराख्ने व्यक्तिहरूसमेत गीतमा झुम्ने गर्छन्। गीतका तीन गायन, वाद्यवादन र लेखन गरी तीन पक्ष रहेका हुन्छन् औ यी तीनै कुराहरूको कुशल र सफल संयोजनाबाट मात्र असल गीतको निर्माण हुन्छ। गीतका तीन पक्षमध्ये लेखन पक्ष कमजोर भयो भने गीत नै कमजोर भइदिन्छ। गीतकारले सुन्दर भावधाराका गीत लेखे त्यो गीत असल हुन्छ। यहाँ गीतको गायन र वाद्य-वादन पक्षलाई नछोई लेखन पक्षमाथि मात्र अध्ययन प्रस्तुत गरिन्छ।
२. गीत लेखन र पुरण गिरी : Continue reading
~सूर्य सुवेदी~
रिठ्ठे झाँक्री निकै नामी झाँक्री हुन् । यी झँक्रीलाई धामीराख्न यिनको घरगाउँबाट मात्र होइन एकडेढ दिनको टाढाबाट पनि मानिसहरू लिन आउँछन् । रिठ्ठेको नाम रितबहादुर भएतापनि रिठ्ठे झाँक्री नै उनको परिचय बोकेको शब्द हो ।
रिठ्ठे झाँक्रीका घरमा कालो बोको, काला कुखुरा र काला परेवाका बच्चाहरूको मासु प्रायः टुटदैन । प्रायः उनी आफूले धामी बस्ने ठाउँमा भरसक कालो बोको वा कालो कम्वर पाठी -बोको नलागिसकेको) सो जुटाउन नसके कालो कुखुराको भाले वा पोथी वा काला परेवाका बच्चा पूजा गर्न सिफारिस गर्छन् । उनी शिकारी मन्छाउन, बोक्सी तर्काउन, भूतप्रेत र डाइनी मन्छाउन, मोचमार्न र मसान भगाउन निकै नामी मानिन्छन् ।
रिठ्ठे झाँक्री गाउँठाउँका अनपढ र अन्धविश्वासी आइमाइहरू बीच जान्ने नामले निकै कहलिएका झाँक्री हुन् । Continue reading
~दिलिप योन्जन~
कहिले माया घाम जस्तो
कहिले माया पानी
हासी खुसी बिताउ हामी
एक बारको जिन्दागानी।
दुख साटे सुख मिल्छ
जिबन भरी पल-पल
मरे पनि अमर हुन्छ
हाम्रो माया हरपल Continue reading
~लक्ष्मी प्रसाद देवकोटा~
प्रकृतिले जब व्यङ्ग्य रेखिन्
चेहरा तिनका बने
नेपालीको भान लेखिन्
बान् भो हाम्रो भने ।
सब गधाले खुशले ऐंके
भ्यागुताले गाए कें कें
भो भुजङ्गजाति प्रसन्न
मातृभूका पुष्प रोए
धन्य तिनको जन्म धन्य
(हुन त केवल शुक्र-कीरा!) Continue reading
~सुवास खनाल~
बर्खास्त
बादशाहको भग्नावशेष दरबार
त्यो नजिक आकाश छोेऊँझैँ
उभिरहेको क्रान्तिकारी नेताको आवासगृह
आवासगृहअघि आँसुको मोलमलाई
र पसिनाको किनबेच झेलिरहेका
सर्वसाधारण
सहरको एक कुनोमा Continue reading
~रुमन न्यौपाने ‘अमन्त’~
तिमीलाई छुन खोजे, तिमीलाई रोक्न खोजे
तर म चेतना सुन्य भए
पर्दा उचालेर हेरे घाम चियाईरहेछ, मुस्कुराईरहेछ
तर राफको म मा असर परेन, म स्तब्ध भए ।
तिम्रो झुकेको नजर लाई उठाएर मैले के गरे ?
म बिलीन भए, केबल उद्दार गरे, सानो प्रयास
समाए, कसेर समाए झन् बलिष्ठ संग
फुत्कीएला भन्ने डर भएन, न त्रास, न संत्रास । Continue reading
~रुमानी राई~
मान्छे ठूलो हुँदैन पदले
र,हुंदैन उसको कदले
स्वांग नपार मै हुँ ठानेर
पदको सान अनि मदले Continue reading
~कुमार काफ्ले~
-पहिलो भेटमा उनीहरू एकअर्कालाई दाजु बहिनी भनेर सम्बोधन गर्छन्।
-बिस्तारै दाजु बहिनी एकापसमा सहयोगी,सहृदयी र नजिक बन्दै जान्छन्।
-बहिनीले रक्षाबन्धनमा राखी र तिहारमा टीका लगाईदिन्छिन्। Continue reading
~हरि अधिकारी~
आफ्नो लेखनमा नयाँनयाँ प्रयोग गर्न रुचाउने मोहनराज शर्माले रचेको उपन्यास “सलिजो” कथावस्तुका दृष्टिले नौलो त छँदैछ, कथा कहने शैली र यसमा प्रयुक्त स्वैरकल्पनाको प्रचुरताका कारण पनि अनौठो बन्न पुगेको छ । झन्डै ५० वर्षपहिलेदेखि साहित्यको अनवरत साधना गर्दै आएका मोहनराज जीवन र जगत्लाई गहिरो अन्तरदृष्टिका साथ पर्गेलेर क्लासिक्सको कोटीमा राख्न मिल्ने कालजयी कृतिको सिर्जना गर्ने कु श्रेणीका लेखक होइनन् । उनको समग्र साहित्यको अध्ययन गर्दा थाहा हुन्छ, उनमा प्रयोगशीलता पर्याप्त मात्रामा छ, नेपाली भाषाको सौन्दर्य र माधुर्यलाई आफ्ना रचनामार्फत उद्भाषित गर्ने कला पनि छ र समाजमा रहेका गम्भीर प्रकृतिका समस्याहरूको उठान गर्ने दायित्वबोध पनि छ । तर, किन हो, यिनको साहित्यमा एक प्रकारको हलुकापन पाइन्छ, यिनले सिर्जना गर्ने साहित्यिक परिवेशमा विश्वसनीयता पाइँदैन, पात्रहरूको मनोलोक पनि कृत्रिमजस्तो लाग्छ, सबै कुरा एकदमै सतही र अगम्भीरजस्तो । शर्माको नवीनतम् कृति सलिजो पनि यी Continue reading
~तिवारी ‘जेठा’ बिपिन~
हे मेरो,
प्राण प्यारी,
मैले तिमीलाई,
कसम दिएको थिए,
आकाशको तारा टिपेर,
तिम्रो कालो केशमा,
सिउरी दिन्छु,
सुनको बिस्कुट खुवाउछु, भनेर !!
तर, आज तिमी, Continue reading
~कुन्दन काफ्ले~
प्यार जब रुन्छ , गीत बन्छ ।
हार जब रुन्छ , जीत बन्छ ।
खुशी जब रुन्छ , सीत बन्छ । Continue reading
~राजेन्द्र थापा~
नयाँ नेपाल ल्याइने हल्ला भा’छ
तर सल्ला भा’छैन
पुरानो नेपाल काँ फाल्ने सल्ला भा’छ
तर हल्ला भा’छैन
मेरो देश धेरै पटक ओथारो Continue reading
~सुबेश घिमिरे~
जुनको फींजमा शीतका थोपा
पग्लिएको देख्दा
बिदाईको पल तिम्रा
भिजेका परेली याद आउँछन् ।
पुन् डाँडाबाट झुल्के घाम हेर्दा
वतासले तिम्रो कुन्तल उडाएको;
राँके भञ्ज्याङको चिसो पवनले तिमीलाई Continue reading
~प्रमोद स्नेही~
भएर अन्धभक्त
सुनेर तिम्रो भजन
भ्रमिक शब्दहरूमा सधैं
नतमस्तक भएर
ताली ठोकिरहनुपर्छ भन्ने छैन सरकार … !
बाँधेर पट्टी
जबरजस्ती आँखामा
छेकेर किरण उज्यालोको Continue reading
~विमल निभा~
तिम्रो शासनको
एउटा कम्युनिष्ट हुँ म
यही हो मेरो सम्पूर्ण परिचय
म प्रेम गर्छु
तिम्री सुन्दरी छोरी प्रजातन्त्रलाई
उनको उर्लंदो जवानीमा
मुग्ध छु म Continue reading
पूर्व मेची महाकाली सबै हाम्रै त हो
मिलीजुली बसेदेखि सबै आफ्नै त हो
दिल ठूलो पार्नु पर्छ आफ्नो हुनलाई
भेदभाव गर्नुहुन्न मिली बस्नलाई।
आज तिमी मेरो भन्छौ भोली कस्को हुन्छ
थाहा छैन हिजो कस्को आज अर्कै हुन्छ Continue reading
~गोविन्ददेव आचार्य~
छन्द :- शार्दूलविक्रीडित
के हुन् मानव, जन्तु, सिन्धु,अवनी, आकाशको अर्थ के ?
स्रष्टा-सृष्टि, त्रिकाल, अंशु, रजनी या नाशको अर्थ के ?
के हो न्याय, समाज के समय के अन्याय के गर्व के ?
केके हुन् वलिदानका गुणहरू, उत्सर्गको अर्थ के ?
बत्तीछेउ झुमिन्छ मर्छ पुतली सौन्दर्यको भोकले
एकै झापडमा किचिन्छ भुसुनो टोकाइको झोकले
मर्छन् काल-अकालमा, समरमा, झुन्डेर मर्छन् कति
के सारा मृत जीव नै सहिद हुन् ? लड्ने र मर्ने जति ? Continue reading
~यादव खरेल~
तिम्रो आँखाको सागरमा लहर लहर दौडिरहेछ
त्यही लहरमाझमा मेरो सपना पौडिरहेछ
यो सपनालाई तिमी किनार समाउन देऊ
कति तृष्णा छन् यहाँ प्यासमा डुबेका
कति नदी तिम्रो गहिराइमा डुबेका Continue reading
राष्ट्रियता उसको नशा-नशामा रगत बनेर दौडिरहेथ्यो।
देशकै एक प्रतिष्ठित नेताको नजिकको आफन्तको रूपमा उसकै प्रत्यक्ष निगरानीमा ऊ हुर्केको थियो। अझ भनौँ राष्ट्रियताको मामिलामा ऊ साना ठूला सबैलाई सम्झाउन समेत भ्याउँथ्यो।
सीमा मिचाईको बिरोधमा होस् या बुद्ध जन्मभूमीको विषयमा होस् विद्यार्थी नेताको रूपमा उसको नेतृत्वमा युवाहरूको सागर उर्लने गर्थ्यो।
अध्ययनशील भएको कारणले Continue reading
~इलामेली टीकाराम दुलाल~
खट्छन लौ दिन रातका प्रहरमा आलो र पालो गरी
गोलीका अनि बिन्दुलीहरू सयौँ बाध्छन् पटूकी सरी
त्यो पालो पहरा गरेर जिउने जीवन छ साधा बरू
अर्कै नाम कमाउने छ बिचमा मर्दा सिपाहीहरू ।१।
जो आवेग लिएर आँउछ यता सर्कारको खातिर
रोक्नै पर्छ बरै बिचौँ र बिचमा पर्खाल झै भै स्थिर Continue reading
~जीवराज बुढाथोकी~
भाे नगर्दा हुन्छ धेर्, त्याे जवानीकाे कुरा ।
रित्तियाे त्याे केगराैं, जिन्दगानीकाे कुरा ।
घाउ हुन्थ्यो छातिमा, संझनामा प्रेमकाे,
रून्छु कल्पी साँझकाे, या विहानीकाे कुरा । Continue reading
~अनन्त लम्साल~
सँधै झैँ आज पनि, मन्दिरलाई एक फन्को मारेर ऊ अथवा अभि, चन्दन निधारमा लेप्न लामबद्ध भयो। काठमाण्डूको महँगीमा ज्यान पाल्ने मेसोमा पूजाका सर्दाम र बेलपत्रको पोको अगाडि राखेर मन्दिर परिसरमा धर्ना बसेका साना ठूला मानव आकृतीहरु टन्नै छन्। पूजारीले निधारमा चन्दन धसिदिएर हत्केलामा एक आचमानी पञ्चामृत तुर्क्याए। पञ्चामृत सुरुप्पऽऽऽ पारेर ऊ सरासर इन्द्रचोक पुग्यो। भैरव मन्दिर अघि फेरि एकपटक झुक्यो र आँखा चिम्म बनायो। चोक वरपर मान्छेको उपस्थिती बिस्तारै बाक्लिँदै छ, बिशेष गरी सडक छेउको पत्रिका बेच्ने ठाउँमा मान्छेहरु भरिएका छन्। थोरै किनेर धेरै फोकटमा पढ्नेहरुको जमातले पत्रिकाको पसल भनाउँदोलाई छपक्कै ढाकेको छ। किलागलको ठुटोलाई दायाँ पार्दै उसले न:घल छिर्ने बाटो पक्र्यो। उसलाई देखेर चिया पसले हात उठाएर ङिच्च हाँस्यो, उसले पनि उसै गर्यो। Continue reading
~निराजनप्रभात लुईटेल~
यदि समय सोमरस भए म तनतनी पिउँथे होला । समय बलवान रहेछ भाइ सक्दिन, योसँग जोरी खोज्न । म उ बेलादेखि समिप छु समयको तर पनि चिनजान भा छैन । मरुभुमिमा कायल भाछु, के यो मुटु दुख्ने दबाइ छ हजुरसँग ।
म हात बढाउछु, अहँ बोल्दैन समय । हुन त समय आफैँ पनि मलहम हो घाउको । समयको प्रवाहसँगै कोत पर्व भण्डारखाल पर्वको त खाटा बसेको छ यो ०५२ के होर ? सबैले भुल्ने छ त्यो क्रान्ति, त्यो बलिदान । के जीवन सस्तो हुनाले हामी हाम फाल्या हो र त्यो मरणको खेलमा ? के मलाई घर परिवारको माया थिएन र Continue reading
~Keshab Silwal~
Yuyutsu Sharma
The Flowers in their Baskets
The flowers in their baskets
do not smell of crisp books
or rhymes that sing of flowers of freedom.
Pale as pulp of their wiped out eyes Continue reading