कथा : भलाद्‍मी चोर

~बिटु केसी बराल~Bitu KC Baral

क्रिस्मस भर्खरै सकिएको थियो, व्यापार व्यवसायको मन्दीले ग्वाम्ल्वाङग अँगालो मारेको थियो अमेरिकालार्इ । त्यसो त गर्मी हुने ठाउँ तर जनवरीको जाडोसँग कामिरहेको थियो टेक्सासको हुस्टन शहर । चाँदिका गहनापसल कुरेर बसिरहेकी थी मन्दिरा । घन्टौं भैसकेको थियो ग्राहक नआएको । हार्इ, हार्इ गर्दै बारम्बार घडी हेर्ने बाहेक अर्को विकल्प थिएन उसँग । समय काट्‍न मुश्किल परेको बेला एउटा बडो भलादमी ग्राहक पसल भित्र पस्यो ।उमेरले पैसाठ्ठी नाघिसकेको होला तर प्रभावशाली देखिन्थ्यो उसको व्यक्तित्व । अग्लो कद, ठुला ठुला कैला आँखा गोरोपनमा मिसिएको रातो वर्ण गर्धनसम्म लर्किएका कैला कपाल, समग्रमा गम्भीर तर आकर्षक थियो ऊ । दार्शनिक जस्तो ! गफ सुन्न, गर्न पाए केही चाहिदैन थियो मन्दिरालार्इ । झन् हेर्दै बुद्धीजिबी लाग्ने भलाद्‍मी उसको अगाडि उभिएपछी के चाहीयो र ? मन्दिरालार्इ समय बिताउने यो राम्रो अवसर थियो ग्राहक अनी गफ ।

सामान्य आैपचारिकतापछि ग्राहकलार्इ सोधी उसले – “हाउ क्यान आइ हेल्प यू ? ह्वाट डु यू वान्ट टु सी सर ? आइ लाइक टु सी सम जेम्स स्टोन्स , क्यान यू सो मी ?”

आफूले लगाएको चाँदिका आैंठीहरु मा जडिएका रत्नहरु देखाउदै ग्राहकले सोध्यो । स्टोनहरु देखाउदा ग्राहकको नामदेखि कामसम्म सोधी उसले । ज्याक हेनरिक थियो ग्राहकको नाम । जर्मनको एउटा सामाजिक संगठनमा काम गर्दोरहेछ । दुर्इ महिना सेमिनारमा भाग लिन आएको रहेछ ऊ अमेरिका । अमेरिका घुमाइको आनन्द उठाइरहेको थियो ऊ सेमिनार सकेर । ती स्टोनहरु देखाउदै गर्दा जर्मन र अमेरिकी र्इतिहास, समाज परिवेशका कुराहरु भयो उनिहरुबिच । ह्वाइट हाउसदेखि हिटलरको नुरिनबर्गम्मका चर्चा पनि भए । मन्दिरा उसका कुराहरु खुब चाख दिएर सुनिरहेकी थीइ । बिस्र्तारै र कम बोल्ने त्यो ग्राहक साँच्चै दार्शनिक जस्तो लाग्थ्यो हेर्दा । मन्दिरालार्इ त्यो दार्शनिक जस्तो देखिने ग्राहकबाट अझै धेरै कुरा जान्ने मन भैरहेको थियो । जीवन दर्शनको कुरा सुन्ने चाहना भैरेहेथ्यो । कुरैकुरामा आफू पनि किताबहरु खुब पढ्‍न रुचाउने बताइ उसले । ग्राहकले आफूले भिरेको झोलाबाट दुइवटा पुस्तक निकाल्यो र देखायो । दुबै पुराना जर्मनी उपन्यास थिए ।

आधा घण्टाभन्दा बढि नै उनिहरुबीच कुराकानी भैसकेको थियो । ऊ प्रश्नको गोलमटोल जवाफ दिन्थ्यो र वेप्रसंगको कुराहरु गर्थ्यो । सुरुमा देख्ने बित्तकिै कस्तो उत्साह जागेको थियो उसलार्इ त्यो ग्राहकप्रति दार्शनिक नै होला भनेर । तर सोचे अनुसारको बौधीकता ग्राहकमा नभएको अनुभव हुनथाल्यो मन्दिरालार्इ । बुझ्न कठिन लाग्दै गइरहेको थियो उसलार्इ त्यो ग्राहक । हुन त मानिसलार्इ सजिलै बुझ्न कहाँ सकिन्छ र ! दार्शनिक त यस्तो हुन नपर्ने मनमनै भन्थी ऊ । तर उसले साँच्चै दार्शनिकलार्इ पहिले भेटेकिनै पनि कहाँ थीइ र ? किताबहरुमा बाहेक । पसलको योदेखि त्यो कुनासम्म सबै थोक हेर्न भ्याइसक्दा पनि त्यो ग्राहकले किन्ने प्रयास नगरेको देख्दा भने दार्शनिकप्रतिको मन्दिराको भ्रम घट्‍दै जान थाल्यो । एउटै सामान दोहोर्‍याइ तेहेर्‍याइ देखाउ भन्दा संकोच नमान्ने ग्राहकप्रति मन्दिरालार्इ शंका लाग्न थाल्यो । दार्शनिक वा ठुलै विद्वान मान्छे होला भनेर त्यत्रो सम्मान दिएकी उसले । नरम र मिठो लवजमा कुरा गरेकी थीइ उसले । के आश्चर्य ! जर्मनी ग्राहक त आँखा छलेर हात लामो पार्ने प्रयत्न पो गर्दै रहेछ । ट्रेमा राखिएको आैंठीहरु आफ्नो फैलिएको हत्केलाभित्र लुकाउने कोशिश गर्दै थियो ऊ । अघीदेखी यो हेरौं र त्यो हेरौंको खेल त बल्ल उसले बुझी ! उसलार्इ रिस उठेर आयो । देखाउँदिन भन्न नी नमिल्ने, कति देखाउनु ? नानाथरी हेरेर दिक्क पार्नसम्म पार्‍यो ।

ग्राहकसँग उसको गफको सिलसिला अघिनै खतम भैसकेको थियो । अब उसलार्इ यो मात्र हेर्न थियो, उसले सज्जन ठानेको व्यक्ति कुन हदसम्म झर्न सक्ने रहेछ । वाच एन्ड सी को फर्मुला अवलम्वन गरि उसले ।एउटा फरक अनुभव भैरहेथ्यो उसलार्इ । चोरले चोर्दैछ भन्ने मन्दिरालार्इ थाहा थियो र त्यो चोरलार्इ पनि मन्दिराले थाहा पाइरहेकीछे भन्ने अनुमान थियो । न उसले चोरलार्इ उसले रोक्न सकी न चोरले चोर्ने प्रयासलार्इ छोड्‍यो । देखाउँदा देखाउँदै उसले हातै हातबाट दुइवटा चाँदिका आैंठी चट पारिसकेछ । चोरले बडो राम्ररी हातको सफाइ गरिसकेको थियो । उसलार्इ खुब रिस उड्‍यो, तत्कालै पुलिसलार्इ बोलाएर चोरको जिम्मा लगाउन सक्थी तर उसले त्यसो गरिन । किनकी, जानिजानि चोरलार्इ चोर्न दिएकी उसैले हो । उसलार्इ त हेर्न थियो, भलादमी चोर हुन्छ की हुदैन ? उसको अनुमान सहि हुन्छ की गलत ? ।दुबै आैंठीको मुल्य अमेरिकी डलर पचास गएको भन्दापनि उसलार्इ आफ्नो गलत अनुमानप्रति पश्चाताप भयो । त्यो मान्छेलार्इ त्यती धेरै आदर गरी गफ गरेर बेकार समय फालेछु भन्नेमा अफसोच लाग्यो । उतिनैखेर पसलमा अर्को ग्राहक आयो, उसको ध्यान नयाँ ग्राहकतफ मोडियो । चोर पनि यही मौकामा उम्केछ त्यहाँबाट । मन्दिरालार्इ खिन्न लागिरह्यो । पसल बन्द नगरुन्जेल त्यही ग्राहकको अनुहार घुमिरह्यो उसको आँखामा ।

त्यस साँझ नमिठो अनुभवसँग पसल बन्द गरि उसले । साँचो व्यागभित्र राख्न लाग्दा ढोका सँगैको झ्यालमा उसको आँखा पर्‍यो । चोर ग्राहकले देखाएको अघीको ती दुबै किताब थपक्क रखिएको थियो त्यहाँ । आश्चार्य मिश्रित रिस उठ्‍यो उसलार्इ । सरस्वती माताको स्वरुप झलक्क भएर मात्रै नत्र टिपेर रद्दीको टोकरिमा हाल्दिउ जस्तो लागेकोथ्यो उसलार्इ । किताबलार्इ नदेखे जस्तोगरी उ सरासासर पार्क गरिरहेको आफ्नो गाडीतफ लम्किइ ।

हुस्टन, टेक्सास

(स्रोत : श्री रुपरेखा)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.