लघुकथा : उर्दी

~कात्यायन~dhanwantari-mishra-katyayan

– कुनै दिनको कुरा थियो |

– उसले झ्याल बाहिर नियाल्यो – केही देखेन | केही सुनेन | बोल्न खोज्यो, बोल्न सकेन | कोही बोलेनन् |

– भर्खरैमात्र उसले टीभी हेर्दै थियो | समाचार पनि सुन्दैथियो | परिवारसंग कुरा पनि गर्दैथियो | एक्कासि Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : पल्लो घ’राँ राती फेरी

~केडी रेम्नीसीङ~

के को हल्ला हुँदै थियो पल्लो घ’राँ राती फेरी,
क्रिडास्थल भयो क्यारे कसैको त छाती फेरी ।

पिडाका नै आवाजहरु सुनिनमा आ’का थिए,
चल्यो कि त वज्य्रो कि त कसैको त लाठी फेरी । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

एकाङ्की : परिवर्तन

~नन्दलाल आचार्य~

पात्रहरू : सूत्रधार, देवराज, गङ्गाप्रसाद र पुष्पराज

(सामान्य घरको बैठककोठा । बस्ने प्रयोजनका लागि टेबल, कुर्सी, डेक्स र बेन्चहरू राखिएका छन् । भित्तामा विश्व प्रसिद्ध राजनीतिज्ञ, कलाकार, साहित्यकार, दार्शनिक एवं धार्मिक व्यक्तित्वका तस्बिरहरू झुन्ड्याइएका छन् । त्यहाँ महामानव गौतम बुद्ध, महाकवि लक्ष्मीप्रसाद देवकोटा, ओशो, माओत्सेतुङ, सेक्सपियर जस्ता व्यक्तित्वका महावाणी पनि लेखिएका छन् । पिर्लिकपिर्लिक पल्टाउन मिल्ने पाटी पनि त्यहाँ राखिएको छ । पाटीका दुवै पाटामा भिन्नभिन्न तस्बिर छन् । अहिले देखिरहेको पाटोमा २५ वर्ष अघिको मानेगाउँ देख्न सकिन्छ । गाउँको बीचमा ठूलो चौडाइ भएको तर खाल्टाखुल्टी परेको बाटो छ । बाटोको उत्तरतिर फराकिलो धानखेत । फाट्टफुट्ट झुप्राझुप्री घर अनि फराकिलो उखडबाखड बाटो । त्यसपछि Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

कविता : नियोजनको निरुपण

~केदार वाशिष्ठ~Kedar Bashistha

बनेका छौ
यस्तो उन्मत्त
मानौँ कि
डामेर छाडेका हुन्
तिमीलाई
कसैका बा आमाका नाममा ।

हुन्छन्
सबै खेलका
नियमहरु
सिक तिनीहरुलाई
आत्मसात गर्न
अनि छाड
ग्वाँ गर्दा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : देखाई र भोगाईको चित्रण ‘मेरो रसुवा रोइरहेछ’

~प्रेम प्रसाद पौडेल~book-cover-furpa-tamang-mero-rasuwa-roirahechha

राजनीति, संस्कृति, जैविक विविधता, तामाङ जातिको भाषा,धर्म तथा पहिचानका कुरा लेख्ने फूर्पा तामाङका धेरै लेखहरू विभिन्न सञ्चार माध्यममा छापिने गर्छन् । ‘ठिम्छोक पङ्पल ता इक्बा’ -संविधान सभा भनेको के हो ?) लाई तामाङ भाषामा अनुवाद २०६४ तथा ‘जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म संस्कृति’ २०६८ पुस्तक प्रकाशन गरेका फूर्पा तामाङले  यस पटक तपाइँ हाम्रा माझ कविता संग्रह लिएर आएका छन् ‘मेरो रसुवा रोइरहेछ ।’

     पत्रपत्रिकाका पानाहरूमा छापिने लेख होस् वा कविता,  ती कुनै कल्पनाका रचना हुँदैनन्  बरु देखेका, भोगेका  र समाधान गर्न सकिने समस्याहरू उठान  गर्छन् उनी । सिर्जनामा उठान गरिएका समस्याको समाधान गर्न खोजिन्छ या खोजिदैन त्यो भिन्न कुरा हो तर उनले उठाएका समस्याको समाधान भने पक्कै छ । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : तिम्रो लागि जहर भयो !

~निश्चल काउचा~Nischal Kaucha

अमृत जस्तो मेरो माया ,तिम्रो लागि जहर भयो !
बाँचा थियो सागर पुग्ने, छुट्टीएर नहर भयो !!

पँक्षी सरी गगनमा उर्डै, मायाको बस्ती बसायौ !
त्यहि बस्ती आज, तिम्रो लागि बिरानो शहर भयो !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : काले

~विजय महर्जन ‘श्रीजय’~Bijay Maharjan

अध्याय एक

काले आज निदाउन सकिरहेको छैन। निदाओस् पनि कसरी, भोलि डोजर बाटो खन्दै तल्लो गाउँमा आइपुग्ने हल्ला छ। काले ओछ्यानमा उत्तानो पल्टियो अनि ध्वाँसोले आफ्नै अनुहार भन्दा पनि कालो बनाइदिएको दलिनतिर टोलाएर सोच्न थाल्यो,”भोलि त उठ्ने बित्तिकै डोजर हेर्न जान पर्छ बाबै पल्लो न्यार गाम्मा। झन् भोलि त शनिबार, क्या मज्जा!” हुन त काले आज दिउँसो नै स्कुलबाट भागेर साथीहरुसँग झन्डै एक कोश टाढाको बाटो डोजर हेर्न गएको थियो। “आम्मै! घराँ था’पा भे मार्थे।” कालेले ङ्याक्क पारेर जिब्रो टोक्यो। उसले त्यति ठूलो र रमाइलो चिज कहिल्यै देखेको थिएन। काले फेरी घोप्टियो ओछ्यानतिर, सिरानीमुनि टाउको जोत्यो अनी कल्पना गर्न थाल्यो। कालेको घर भएको कामीडाँडामा पनि डोजरले बाटो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : रंग ल्यायौ राजनीतिको

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

रंग ल्यायौ, रंग ल्यायौ राजनीतिको ।
रंग घोल्ने, रंग घोल्ने मानिस ल्यायौ उतैको ।
आश्वासन बाँड्यौ , बाँड्यौ सप्तरंगीको ।
त्यो त सौगात रहेछ , तिमीलाई बिदेशीको ।
रंगायौ , रंगायौ शरिर आखिर आ–आफ्नै ।
आखिर छलछाम रहेछ नेपाल र नेपालीलाई । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कात्रो

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

जिवन
खाली ह्याड्गर जस्तै वर्षों देखी
कात्रो ओढ्ने पर्खाईमा !

विभिन्न चरित्र बोकेका पात्रहरू
आ आफ्नो चरित्रको अभिनय गर्दै
शत्रुतापूर्ण बैभव बोकेर
घमण्डको श्रिपेच पैरीएर
राजनैतिक प्रतिशोध साँधेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : यो सालको तिजमा..!!

~हरी गौतम~

केछ विचार? भन प्यारी, यो सालको तिजमा..!!
गर्दै छौ त….के तयारी? यो सालको तिजमा…!!

वर्त पुजा राखी हौली…,वाधा अड़्चन हर्न…!
देवी देउता खुशी पारी, यो सालको तिजमा…!! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : भूकम्प ओछ्याएको भूगोल

~भेषराज रिजाल~

‘यस्तरी पनि भत्किँदो रहेछ घर’, भूकम्प भोगेदेखि आजपर्यन्त कत्तिचोटी उर्ले होला मनको वह । कसलाई सुनाउनु खोइ मनको वह ? त्यो वह शूल नबनोस् भनेर पोखेँ हूँला मैले– आफूले टेकेका पाइलाहरूसँग, अन्तरकुन्तरका भग्न उद्वेगहरूसँग ।

बहत्तर सालको असारको पहिलोसाता दोलखालाई गन्तब्य बनाएर एकाबिहानै काठमाडौं छोड्यौँ हामीले । मेरो साथमा खटिएका थिए ईश्वरी पन्थी र गंगाराम महर्जन । रहरले हाम्रो पछि लागेका थिए श्रीराम क्षेत्री र प्रबिन महर्जन ।

त्यसरी हुइँकिएका थियौँ हामी जसरी भूकम्पले ह Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

गीत : अलि मुस्कुराऊ

~रवि प्राञ्जल~Ravi Pranjal

गुलाबी अधर त्यो अलि मुस्कुराऊ,
लजाएर नजर अरु न झुकाऊ ।

तिम्रो छेउ आउँदा ढुकढुकी बढ्छ,
सक्दिन थाम्न नजिक नआऊ । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : रहर

~निर्मला अवस्थी~Nirmala Awasthi_1

रहर थियो मेरो शिखरलाई चुम्ने
तर फेदीमै रोकिएँ म।
जानी नजानी गरें कोशिस धेरै
जीवनको उत्तरार्धमा ठोकिएँ म।
कठोर पो रहेछ जीवनको भोगाई
सहज ठानेको थिएँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मास्टर साहेब

~अकेला यात्री~akela-yatri

जो आजका पाठमा धूमपानका हानीहरू पढाएर फर्केको छ
जो आजका पाठमा मद्यपानका बेफाइदाहरू पढाएर फर्केको छ ।
प्रायशः मास्टर साहेबलाई देख्छु अचेल
अबेरसम्म यो भट्टीपसलमा……!
जो समयको महत्त्व बुझाएर फर्केको छ ।

गिलासको चुस्की, चुरोटको धुवाँ र अर्धचेतमा
प्रायश: अचेल मास्टर साहेबलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : घर एउटा कविता

~राजव~Janardan Pudasaini Rajab

तिनताक म राष्ट्रिय वाणिज्य बैंकको बुढानीलकण्ठ शाखामा प्रबन्धक थिएँ । शुक्रबार आधा दिनमात्र चल्ने भएकाले म बैंकको दैनिक कारोबार बन्द गर्ने तरखरमा भएकै बेला ईश्वरबल्लभ दाइको फोन आयो । उहाँले घरमा आउने निम्तो गर्नुभयो, त्यही दिन ।

किन डाकेको होला ? पिलाउन पो हो कि ? उहाँले एकपटक यसैगरी डाक्नुभएको थियो र हामीले भोड्का पिउँदै तीन घन्टा बिताएका थियौँ ।

२०५३ सालको जेठको महिना थियो त्यो । तालु डढाउने चर्का घाममा म मोटारसाइकलमा थापाथलीस्थित ईश्वर Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : गणित

~पुरुषोत्तम सुवेदी~Purushotam Subedi

एकएक आधुनिकता
तरबार, गितार र कम्प्युटर
प्रजातन्त्रको पछिल्लो अनुहार
निर्वाचन, भर्ती र कमिसनसग
पूरै मिलेको देखियो,
सहमतिमा बाजी थापिएका
भ्रष्टाचार र क्रुर्सिंह
सत्ताको विषालु बारीमा हुर्केका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सानी

~रजित ओझा~Rajit Ojha

उसले आफ्नो व्यस्त समयवाट आफ्नो कपाल मिलाउन लाई फुर्सद निकाली। किन किन उसले कपाल कान पछाडी छिराएको भन्दा मलाई उसको गालामैँ झुण्डिएको मन पर्छ। कानको झुम्का विस रुपैँया पर्ने हो त्यो । सानीलाई नै दिनुपर्ला भनेर हटियामा मैले पनि हेरेको थिएँ। त्यहि दिन मोरीले पनि किनिछे। मैले आफ्नो कोठामा पुगेर किनेर ल्याएको झुम्कालाई आफ्नो सिरानी मुनी हालेँ, दिन पाइन भनेर । त्यो त्यहि सिरानी मुनी गुम्सियो , मेरा मनका कुराहरु मनमैँ गुम्सिएजस्तो।

“पाक्यो, तरकारी पनि ,अहिले नै खानुहुन्छ कि सेलाए पछि? अहिले त धेरै नै तातो हुन्छ”

” मेरो जिब्रो खुइलिन्छ भन्ने साह्रै नै चिन्ता छ है तँलाई?” मैले उसलाई जिस्क्याएँ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिम्रो सपना र म

~मणिराज सिंह~Maniraj Singh

आलुबारीमा गोडेको
तिम्रो सपना
र रातको अन्धकारमा भौतारिएको
तिम्रो यौवनको लाली
बाँसको झ्याङ्बाट बगेको
बतासको गाढा सुसाई
हत्केलामा नअटेको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : परदेशीलाई……

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

निद छैन परेलीमा, डाँडापरि जून उदायो
किरण झर्यो आगनीमा ,फेरी तिम्रो याद आयो

मनको डोरी चुडाएर एकलै किन छाडीराख्यौ
कलिलो यो जोबनलाई,कुन बन्धनमा पारीराख्यौ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

सूत्रकथा : भुलेको वास्तविकता

~भूधरा उपाध्याय~bhudhara-upadhyay

– रामे सोढसीलाई देखेर जिस्क्याउदै छेउमा गयो।

– युवतीले हाँस्दै एेनातिर इशारा गरी।

– एेनामा पक्कै केही सङ्केत छोडेकी होली भन्ने सोचेर Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

गीत : जीवन साथी

~केदार श्रेष्ठ “गगन”~Kedar Shrestha 'Gagan'

बसेको छु तिमीलाई पर्खि यो तन चोखो राखी
मनको राजा चाँडै आइदेऊ मेरो जीवन साथी ।

यो मन सधैँ सँगै हुन्छ तिमी टाढा भए पनि
सँगे मर्छु ,जिउँछु छाडि्दन म ज्यानै गए पनि Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : बिहे संविधान बनेपछि..

~दीपक घिमिरे~

‘संविधान बनेसी गरम्ला नि हुँदैन !’

आजभोलि जे कुरालाई पनि यसै भन्दै टार्दै आइरहेको छु ।

‘पढाउन खोजेकै हुँ हेर ठूले, पढ्न सकिनस् ! अब लाउर जा, सक्दिनँ पाल्न मैले । यत्रो लाठे छोरो भएर पनि मै बूढोलाई काममा जानुपर्ने !’

बाले पहिलो चोटी दुखेसो पोख्नासाथ उत्तर दिए ।

‘पख्नु न बा, पैला देशमा संबिधान त बन्न दिनुस् । संबिधान बनेसी बल्ल पासपोर्ट बनान्छु अनि जान्छु ।’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म फेरी आउनेछु

~अशोक ‘खलानको मान्छे’~

सपना बोकेर आउनेछु
तिम्रो नयनको
तारा बनी आउनेछु ।

म फेरी आउनेछु
सितको थोपा बनि आउनेछु
सुन्दर् बिहानिमा चिरर्बिर गरी आउनेछु
तिमी पर्खी राख है
म तिम्रो बाटो बनी आउनेछु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सङ्घर्ष र अप्रत्याशित खुसी

~गीता केशरी~Geeta Keshari

बिहानको साढे पाँच बज्न पाउँदैन, त्यति बेलादेखि भानु बसेको घरको तल्लो भुइँ तलामा हल्लीखल्ली सुरू हुन्छ । ट्याम्पोचालक एक महिला आफ्नो परिवारसहित बस्न आएकी छन् । भनेको सुनिन्छ उनलाई बिहानै ६ बजे ग्यारेजमा पुगेर ट्याम्पो लिई रूटसर्भिस चलाउनका लागि हाल्नु पर्छ नत्र उनी एक्लैको कमाइले घर खर्च धान्न नै गाह्रो पर्छ । तिन छोराछोरी र एक बूढी सासुको जिम्मा उनी एक्लैको काँधमा आइपरेको छ ।

पैसा कमाएर सुख पाउँला भन्ने आश लिई भएका घरखेत बेची मलेसिया पुगेका उनका पतिलाई काठमाडौँको छट्टु म्यानपावर कम्पनीले नक्कली भिसा लगाएर पठाइदिएकोले त्यहाँ पुग्नासाथ उनी र उनका त्यस्तै सिधासिधा साथीहरूलाई एअरपोर्टदेखि नै गैरकानुनी तरिकाले प्रवेश गरेको भनेर थुनिदिएकाले न त कमाइ गर्न पाएका थिए, न त घर फर्किन नै । चकनाचुर भएका सपनाहरू केलाउँदै तिनीहरू त्यहाँ थुनिएर समय बिताउन थालेका छन् भने यता गाउँमा तिनका परिवारहरू खस्कँदो आर्थिक अवस्था र बेइज्जतीले गर्दा बस्न, टिक्न नसकी यताउता लाग्न थालेका छन् । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बाबा

~लेखनाथ छेत्री~lekhnath-chhetri

कुनै पनि बेला
आकाशमा बादल भेला हुन सक्छन्
र एकाएक दर्के झरी पर्नेछ

अनिकालको बेला
बारीमा गाडिराखेको बिउले फेरेको सास
अथवा त्यसको ढुकढुकी
माटोमा कान थापेर सुन्न
आतुर छन् बाबा।

कोइरीमा बालुवा उठाइरहँदा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अठोट

~राजेन्द्रप्रसाद अर्याल~Rajendra Aryal

विछ्यौनामा पल्टिइरहेको बेला चमेलीको आगमन हुन्छ। मैले विरामीको अभिनय गर्नु परेको थियो। उनले मेरी श्रीमती भएर मलाई माया गरेको देखाउनु थियो। विछ्यौनाको एक छेउमा वसिन् र मेरो निधारमा छाम्दै “कस्तो छ हजुरलाई ?” भनिन्। मैले केही नभनिकन उनको मुखमण्डलमा दृष्टि लगाइरहेँ। उनले अझ आत्तिँदै, हतारिँदै उही संवाद दोहर्याइन् “कस्तो छ हजुरलाई –”। ठीक छ, ठीक छ। मैले यति त भनेँ तर मनको गहिरो भावनामा वग्न पुगेछु म त। झण्डै “एक्सन” भनेको धेरै बेरसम्म पनि संवाद बोल्न बिर्सिरहेको। उनको मायालु स्पर्सले त मलाई अतीतको अर्कै संसारमा पुर्‍याइदिइसकेको पत्तै भएन छ।

म विवाह गर्दिन भनेर कस्सिइ बसेको मान्छे। मैले योभन्दा अघि पनि चलचित्रमा प्रसस्त अभिनय गरेको हुँ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : थपडी

~दीपक जडित~Deepak Jadit

घर उस्तै छ। आमा उस्तै छिन्। गाउँ समाज उस्तै छ। अझ सिँगो देश नै उस्तै छ। परिवर्तन हुँदै नभएको पनि हैन तर हुनुपर्ने परिवर्तन हुन सकेन भन्ने गुनासो जताततै छ। खै त समाज बदल्छु , देश बदल्छु भनेर हिँडेको यौटा म पनि त हुँ। के म आफूमात्र बदलिएको हुँ त ? के मैले समाज , देश बदल्नको लागि केही गर्नै नसकेको हुँ त ? पुरानो नेपालमा परिवर्तनको अठोटले मुठ्ठी कसेर हिँडेको म नयाँ नेपाल बनाएको यतिका पछि आज आफ्नै घरमा आएर सोचमग्न भएँ। सम्झनामा अघि सरेर अर्चला आई। ऊ पनि त उस्तै छे। त्यसदिन उसलाई मैले सबै कुरा खोलेर भन्दा कस्सेर एक मुक्का हानेकी थिई उसले मलाई पछिल्तिरबाट ढाडमा। झण्डै हुरुक्कै भएको थिएँ तर सम्हालिएँ। कृष्णहरी बरालको त्यो बेला भर्खर भर्खरै पढेको गजल याद आएथ्यो – ‘……….पिरतीमा त अहो ! चिप्लेर लड्दा पनि………’ त्यै भएर होला सहनु मात्र हैन ऊतिर फर्केर मुस्कुराएँ बरु। कानमा ‘ ऐले मारिदिन्छु अनि ‘ गुञ्जँदैथियो। ढाडमा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उत्तरआधुनिक प्रेम

~अशोक सिलवाल~Ashok Silwal

स्काइनेट अघिदेखि नै ब्युँझेर अफिमजस्तो एउटा आवाज प्रतीक्षा गरिरहेको छ।

सिरानीमा रहेको मोबाइल बज्छ, ‘ऋतुहरूमा तिमी हरियाली वसन्त हौ, नदीहरूमा तिमी हो…।’

गीत बज्नासाथ हत्तपत्त मोनिटर हेर्छ। थाहा थियो उसलाई– त्यो पावरवानकै आवाज हुन्छ।

म हिँडे, ‘उसले भन्छे।’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : महिमा फूलको

~वामदेव पण्डित~

रोनाष्टोले भनेको हो, केही अगाडि कालमा ।।
राँके भूत बताएका, नौलो थियो यथार्थमा ।।

भन्यो है उसले हाल, विचित्र फूलको कुरो ।।
राम्रो हो तर निक्लेन, लुक्यो गम्भीरको चुरो ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : पानीक रिब

~कालिकाप्रसाद उपाध्याय~kalika-prasad-upadhyay

बलमुवाँ मदारिक डँडुवामन् बैठ्के सजना भाखाक् गीत गाइठ चिल्लाकेः हर्किन्देबु बजरिया केवरिया रे…….सुखावो सुखनी…। वकर गैया व भैंस चरटाइँ अारक्षक किनारम व उ देखठ एक्ठो पानीक् खड्डा जहाँ फुलल्बा कट्कुइयाँ (कमल) । उ एक्ठो कट्कुइयाँक् फुला उखाडठ् व बनाइठ वकर माला ।

अारक्षक उपारसे ३,४ बठनियाँ अाइटाइँ, मुरिम ढकिया व ढकियाम कोसम, जाम लइके । बलमुवाँ देखठ वकर मनरख्नी झिगनियाँ फे बाटइँ । झिगनियाकिहिन उ मन पराइठ मनों झिगनियाकिहिन यी बातक कैान पता नाइँ हो, बस एकतर्फी मयाँ । झिगनियाँ खुब बढिया, जवान व चट्पटिया बठनियाँ, सुन्दर जीउडाल, हरबार हँस्के रखना वा सक्कुसे बढिया व्यवहार करना उनक बानि से गाँवभर व सबके प्यारी रही । भर्खर १८ वर्षक् उमरम व उपर स्वर्गक अप्सरा जमीनम् अाइल जैसिन देख्ठी । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गाईजात्रा

~मुक्तिनाथ शर्मा~Muktinath Sharma

अहिले गाईजात्राको प्रसङ्ग छ यतातिर
लाखे नाच चलिराछन् टोलभित्र र बाहिर
बहर मात्तिएका छन् कोरलीहरू मस्त छन्
जात्रा जात्रा निहालेर जनताहरू बस्तछन् ।

र्सकारै गाईजात्रे भो न नाच्छ न बजाउँछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : धनेश च्यामे

~रामचन्द्र खतिवडा~ramchandra-khatiwada

धनेश एयरपोर्ट छेउको सुकुमवासी बस्तीमा बस्थ्यो । ऊ नेवारभित्रको दलितमा पथ्र्यो । उसको काम हवाईजहाजभित्रको फोहोर सफा गर्नु थियो ।

एकदिन उसले फोहोरभित्र सुनको बाह्र–तेह्र किलोको डल्लो भेट्यो । बीस–पच्चीस वर्ष पहिले मेसिन उपकरण Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment